कविता : पर्खाई

~राजेन्द्र समन~

तिम्रो पर्खाईको मैले कदर गर्नै पर्छ
म त बिदेशिए, भासिएं, यहि रमाएं
तर तिमी बीना थकान पर्खिरह्यौ
म आउने बाटो तिमी हेरिरह्यौं

तिम्रो महानताको मैले कदर गर्नै पर्छ
अनेक बहानामा मैले तिमीलाई बिर्सिने प्रयास गरिरहेछु
तर तिमी मलाई बिचलित नभई सम्भिmरह्यौ
म आउने बाटो तिमी पर्खिरह्यौ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आखिर

~रीता सञ्जेल~

आखिर मानव जीवन नै हो
र पनि कसैलाई सानो झ्याल त
कसैलाई खुल्ला आकाश पो भाग परेछ ।

आखिर प्रकृति नै हो
कतै समथर त कतै अग्लाहोचा भुभाग छ
कहिँ सुविधा त कतै असहज पो परिरहेछ । Continue reading

Posted in कविता | Tagged | Leave a comment

दीपक सुवेदीका तीन मुक्तकहरु

~दीपक सुवेदी~


सारा मेरै साम्राज्य हो भनि खोक्नु किन ?
पित्तललाई सुनै हो भनि बोक्नु किन ?
अकबरीमा कसी नलाए भैहाल्थ्यो नि
कुकुर बनी मान्छेलाई नै टोक्नु किन ?


घोडा चढ्न नजाने, गिर्ने गर्छ मान्छे Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : फुरुङ्ग फुर्बानहरु

~फुर्बान रायमाझी~

आखिर रोप्न र छोप्न मिल्ने
अनि रोपेको ओइलाउन थालेपछी
कहिकतै माटो चुहिन थालेपछि
धोइपखाली महँगो मुल्यको स्टिकर टाँसेर
कतै छोपिनुपर्ने नछोपिए पनि
कतै नच्यातिनुपर्ने ठाँउमा च्यातिएपनि
नयाँ फेसन भन्दै धमाधम बेचिनेछन
हाम्लाई मन पर्ने दामी पाईन्टहरु
हाम्रो शहरमा। Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : डर

~प्रकाश लामिछाने~

‘फेरी गाउँ डुल्चस यस्तैगरी?’

‘नाँइ आमा….जान्न….’

‘फेरी बाँदर लखेट्न जान्चस यस्तैगरी?’

नाँइ आमा…. अब जान्न।…..साँच्ची आमा, अब कतै पनि जान्न हजुरलाई नसोधी……।’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पिकासो केटी

~पञ्चम अधिकारी~

त्यो दिन पनि सोनियाको हातमा एउटा म्यागजिन थियो र एकाग्र पढीरहेकी थिई । प्रबलले पानाको हाइलाइट झट्ट पढ्यो र सोच्यो- यो केटी जहिले पनि यस्तैयस्तै पढिरहेकी हुन्छे ।

प्रबलकी नयाँ साथी सत्यकथाकी अम्मली थिई । ती सत्यकथाहरू ज्यादाजसो यौनअपराध वा राजा-महाराजाबारे हुन्थे । प्रबललाई सोनियाको लत अरू केटीहरूको भन्दा फरक पक्कै लागेको थियो तर कहिल्यै व्यक्त गरेन । किनकि सोनियाप्रति ऊ यसरी लिप्त थियो कि ऊ कसैगरी नभड्कियोस्, चित्त नदुखोस्, विवाद नउल्झोस् भनेर अत्यधिक सावधानी अपनाउँथ्यो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : छातीमा कविता

~कौशिला रिसाल~

म आमाको गर्भाशयमा
नौ महिना रोकिएको
रजस्वलाको मानव आकार हु ।

मेरो बाको एकथोपा
शक्तिशाली विर्यलाई
आफ्नो गर्भाशयमा
नौ महिना हुर्काएर Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सहिदभूमि

~विनय कसजू~

काठमाडौँ पहिलो पल्ट घुम्न गएको गाउँले केटोले सहिद गेट देखेपछि टँुडिखेल वरिपरिका घोडा चढेका फर्ूर्तिला मर्ूर्तिहरुतिर देखाउँदै सोध्यो, “ती पनि सहिदहरु हुन् कि -“

सात सालको क्रान्तिपछि नेपालमा चार जना सहिद घोषित भए । सहिद गेटमा राजाको सालिकमुन्तिर उनीहरुको सालिक स्थापना गरियो । पंचायती व्यवस्थामा सहिदहरुको संख्या निक्कै बढयो । प्रजातान्त्रिक सरकारले धेरै जनालई सहिद घोषित गर्‍यो र Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : एक रुपियाँ

~भूपेन्द्र खड्का~

एक रुपियाँ
एक सय पैसा
पाँच पैसामा गन्दा बीसवटा गाई पैसा
दस पैसामा गन्दा दसवटा चरी पैसा
पच्चीस पैसामा गन्दा चारवटा जै पैसा
पचास पैसामा गन्दा दर्ुइवटा स्वस्ितक पैसा
एक रुपियाँले केही किन्न सकिन्न, सबै किन्न सकिन्छ
सुख-सयल, अमन-चैन, घर-दौलत Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : तीनजना शिक्षक–तीन अचम्मका झलक

~लक्ष्मीकान्त वैष्णव~
अनुवाद : महेन्द्र महक

पहिलो झलक : पहिलो शिक्षक

शिक्षक (मास्टर) रित्तो झोला बोकेर खाद्यान्न भण्डार केन्द्रमा लाइनमा लागेको छ । उसका अगाडि र पछाडि थुप्रै मान्छे पनि लाइनमा उभिएका छन् । धेरै बेरदेखि मास्टर लाइनमा उभिएको छ । उसको पछाडिका

मान्छेहरु उसलाई ठेल्दै पेल्दै अगाडि बढिरहेका छन् । मास्टर अगाडि बढ्नका लागि रस्साकस्सी गर्छ तर यही बेला अर्को भुसतिघ्रे मान्छेले उसको पेटमा कुहिनाले बजाउँछ । मारको पीडा असहृय भएपछि पेट मिच्दै भुइँमा थचारिन्छ । Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : कत्रो साइज

~अर्जुन पराजुली~

सकारात्मक संकेतले
“…” कहिले गर्ने हो ?
बिन्तिपत्र चढाउने साइत
कहिले पर्ने हो ?
प्रतिगमन सच्चिन सुरु फेरि
कहिले गर्ने हो ? Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अनुभव अछुत हुदाको ……

~ध्रुव गजुरेल~

मुक्तिनाथ दर्शन गर्न जाने सल्लाह अनुसार
कलंकीबाट पेजरमा सम्पर्कको लागी खवर आयो
यहि महिनाको पहिलो शुक्रवार गाडी छुट्दैछ
जाने भए पैसा र सामान लिएर तु आओ
.
एक जना वृद्धले पैसा वुझेर हामीलाइ जिम्मा लगाए Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : टाढा जाउ ठाउँ छैन

~सिर्जना सिंखडा~

धिक्कारेर जिन्दगीलाई टाढा जाउ ठाउँ छैन।
नानाथरी आलोचना बस्न मिल्ने गाउँ छैन।।

भित्रभित्रै दुख्छ घाउ मलम छैन यो बजारमा।
साना तिना उपचारले निको हुने घाउ छैन।। Continue reading

Posted in गजल | Tagged | Leave a comment

गीत : मुटुभरि मायाँ

~सीता अर्याल~Sita Aryal

शिरैभरि आशिर्बाद मुटुभरि मायाँ
भुगोलले छेक्ने छैन आमा तिम्रो छायाँ

सपनामा देखेँ आमा गलो सुक्योकी
पोल्याछ कि मुटु आमा टाउको दुख्योकी
दुखी हुँदा मुसार्दथ्यौ त्यही शितलु हातले Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : बाँच केबल अर्काका लागि

~कुबेर काका~


हाम्रा दुर्गन्धित शहर गाऊँ र बस्तीहरूका
हरेक गोरेटा,गल्ली र सडकहरूमा
दुर्योधनको अहमता र अहङ्कार मुछिएर
पाइला राख्ने ओभानो ठाउँ भेटिँदैन ।
विचार बोक्नेहरूका वादका पाप्रा उक्किएर
कसैको आकृति ठम्याउन सकिँदैन । Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : तिम्रो लागि

~कृष्ण राजभण्डारी ~

धेरै दिन भो नभेटेको,
मनमा न्यास्रो लागिरा’ छ ।
जवानीको धुपले हो कि
भित्र प्यास जागिरा’ छ ।

आउछु भन्थ्यौ आएनौ नि? Continue reading

Posted in गीति कविता | Tagged | Leave a comment

सदानन्द अभागीका दुई मुक्तकहरु

~सदानन्द अभागी~

के छ मित्र

के छ मित्र शान तिम्रो हेर आज भोली
नजानेको कहाँ हो र ऐतिहासिक झोली
आप्mनो धरातलाई यदि बिर्सि गयो भने
मूल्याङ्कनमा पर्न जान्छ रित्तिएको सोली

कसैले कसैलाई Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : जून

~अनमोल मणि~

त्यो जून
तिमीले हेर्दा तिमीजस्तो हुन्छ
एक्लो एकान्ते
बादल जस्तै उड्छ सम्झना
र पानी जस्तै दर्किछ पीडा
तिमी भित्र पनि म भित्र पनि, Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : अपरिचित मान्छे

~राजु स्याङ्गतान~Raju Syangtan_1

उपत्यका बाहिरबाट काठमाण्डौंमा केहि गर्छु भनेर आउँनेहरुका लागि बाह्रमासे डिउटी हो कोठा खोज्नु ।

गाउँ घरमा लठेप्रोले जिवनसाथी सजिलै पाउला तर यहाँ कोठा पाउँन मुस्किल छ । बल्ल-बल्ल पाए पनि विविध अड्चन झेल्नु पर्छ । करिव तिन हप्ता खोजेपछि बानेश्वर बुद्धनगरमा एउटा मध्ययुगीन गुफा जस्तो कोठा पाएँ । घरबेटीले रंगरोघन गरे पनि बसौं लाग्ने भने थिएन । भान्साका टाटाहरु, कार्पेटको टुक्राटुक्रि, नपल्टिएको भित्तपात्रो, चुरोटका ठुटाठुटी, खैनीका घिनलाग्दा थुकहरु, फ्याँकिएका कपिहरु । बस् यी नै थिए कोठाको सौन्दर्य । भारी मन लिएर सफा गर्न थाले । छेउमा एउटा पुरानो कापी, झ्यालबाट फुत्किएर आएको हावासँगै फरफराई रहेको थियो । अगाडि पछाडिको भाग जलेको थियो। मुस्किलले ‘काठमाण्डु’ भन्ने शिर्षक पढेँ । हेर्दा दैनिकी जस्तो लाग्यो । जिज्ञाशा लाग्यो । सफा गर्न छोडेर पढ्न थालें । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हामी कहाँ छौँ ?

~गोविन्दप्रसाद आचार्य ~

खुर्सानीको धुलो पनि विदेशको खाने
झरना र नदीनाला विदेशले लाने
बसन्तको ऋतु लाग्यो हरियाली पनि
हामीसँग पानी लाने हेर कति धनि ?

हाम्रो पानी गाग्रोभरि घामलाई पठाएको
हामी पानी खानु पर्ने उसले अड्कलेको Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : एक्लै भएँ म

~बिभोर बराल~

सहरको भीडमा पनि एक्लै भएँ म
छेउमै छ सागर तर प्यासै रहेँ म

अरुको बारेमा सोच्न कसलाई फुर्सत यहाँ
खाटा परेका घाउहरु कोट्याउँदै बसेँ म Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : लछ्मी जी को नर्क यात्रा

~बिक्रमादित्य~

लामो मार्लोब्रो चुरोटको धुवाको मुस्लो हावामा पोको पर्दै पानिमा उठेका भुल्काहरुजस्तै गरी डल्लो परी बिलाउदैछन्। यता मोटा मोटा चोर औँला र माझ औँलामा च्यापीएको मार्लोब्रो चुरोट सल्कदै आफ्नो जीन्दगी खत्तम बनाईरहेछ र उता राता ओठमाथि बाक्ला,काला र तीखा जुगाँ, घरीघरी चुरोटको तापले डढिरहेछन्।राता पोटीला हेर्दा तुरुक्क चुहिहाल्ला जस्ता ओठहरुमाँझ पहेंलो फिल्टर च्यापीएको र मुटुभित्रैबाट श्वास तानि चुरोटको मुस्लो तानिरहेछन्,हट्टाकट्टा लछ्मी जी। एउटा ऊनको मजेत्रो ओडिरहेछन् जुन, चुरोटका खरानीले माछा मार्ने जाल जस्तै भएको छ। उनी एकपछि अर्को गर्दै तन्काईरहेछन्।अहिलेको परिस्तिथीमा हेर्ने हो भने उनकी प्रेमीका हुन् मार्लोब्रो चुरोट चुम्बन गर्न छाड्दैनन् चुमीरहन्छन् आफ्ना ओठहरुले। शायद आफ्नी प्रेमीकालाई अत्याधीक चुमेका कारणले हुनसक्छ पोलिदिन्छीन् लछ्मी जीका ओठहरु। अनि झल्याँस्स बिउझिँन्छन् निन्द्राबाट, यथार्थ संसारमा हेर्छन्, Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कविता : अन्तिम साससम्म

~अल्का सिन्हा~
अनुवाद : प्रमोद धिताल

ग्राहकलाई कपडा दिनुभन्दा ठीक पहिलेसम्म
कुनै सिलाई कुनै बटन
जोडिरहन्छ दर्जी ।

परीक्षकले पुस्तिका खोस्नुभन्दा पहिलेसम्म Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

गीत : तिमी मेरो हैन रहेछौ

~सौरभ रिजाल~

थाहा पाए तिमी मेरो
जीवन साथी हुने छैनौ
मलाई कतै दुख्यो भने
अब तिमी रुने छैनौ Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

Translated Poem : Motherland

~Namrata Guragain~
Translated by Sharad Acharya

Motherland is not the selective alcoholic drink
That you take to ease your tension of the day
Neither it is a prompt cup of bed tea
You drink as you awake of keep the laziness away.

Motherland is not that custom-office
Which use to get unfair wealth Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कथा : स्पेस निडलको सुई ठमेलतिर घुम्दा

~अश्रु सिन्धुलीय~

१.मैले रोजीलाई सियाटलको टावर मुनि एक्लै बसेको भेटेँ। अनायास आँखा जुधेपछि अमेरिकन पारामा हाइ–हेलो भनियो। संयोग कस्तो पर्‍यो भने उसले कफी खाने ठाउँ र हाम्रो एउटै पसलमा एउटै लाइनमा परेको रहेछ। फेरि आँखा जुधे, अबको हाइ दोस्रो भयो र लाइनमा उभिँदा उसले सोधी—तपाई कहाँबाट? मैले भनेँ— म नेपालबाट। उसले आँखीभौँ खुम्च्याई, केही सम्झेझैँ गरी र टाउको झट्कार्दै भनी— इटलीमा हो? मैले हाँसेर भनेँ— ‘म माउन्ट एभरेस्टबाट। हिमालयको देशबाट।’ उसले केही फरासिँदै भनी—एजिया? मैले उसलाई पुलुक्क हेर्दा भित्तामा एसियाको नक्सा देखेपछि उसले त्यतै इसारा गरी र मैले पनि नेपालतर्फ इसारा गर्दै भनेँ— ‘भारत र चीनको बीचमा रहेको एउटा स्वतन्त्र देश नेपाल हो।’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : भन्यौ धेरै धेरै बाँच

~राजेन्द्र चोथाले~

पिलाई विषको घुँट्को भन्यौ धेरै धेरै बाँच
देखाइ हाँसोका स्वप्ना छर्‍यौ मुटुभरि काँच

त्यो गोमन के विषालु छ, त्यो तिम्रो मुटुको सामु
तिमीमा दस होला त्यो विष, त्यो सर्पमा भए पाँच Continue reading

Posted in गजल | Tagged | Leave a comment

थारू भाषी गजल : तब तुफान आई

~मेन्जावीर चौधरी~

जब यी कलम चली तब तुफान आई
जब यी गजल बनी तब मुस्कान आई

आऊ तुहाथमेहाथ काँढमेकाँढ मिलाऊ
तब जाके हमार एकताके सान आई Continue reading

Posted in थारू गजल | Tagged | Leave a comment

कविता : मृत सपनाको अँगालोमा सहयात्रीहरु

~सुनील बाबु श्रेष्ठ~

हिजै मात्रै त हो साथी !
हत्केलामा जिन्दगी राखेर हामी
कठिनभन्दा कठिन एउटै बाटाहरु हिडेको ।
नाकै छुने बेतालका उकालो चढेर
माथि पहाडका हरिया नागीहरुमा पुग्दा
क्षितिजपारीको डाँडाका कापबाट चिहाइरहेका Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पेरिसको प्यास

~रेखा पन्त~

त्यहाँ
थिएनन् कुनै पधेर्नीहरु
कम्मरमा पटुकी
अनि
गुन्यु र बुट्टे चोली लगाइ
सङ्गीनीहरु सङ्ग
खितितिती खित्का छोड्दै
जिस्कदै
पानी भर्न आएका ।

न त थिए
मुखिया बा का बुहारीहरु Continue reading

Posted in कविता | Tagged | Leave a comment

नविन ध्यारका चार मुक्तकहरु

~नविन ध्यार~

भने जस्तै ब्यवहारी नभइदिनु तिमी
सोचे जस्तै प्यारी नबनिदिनु तिमी
आशाका तरंग पनि पालुवा जस्तै हुन्छन्
शिशिरमै बसन्त बनी नछाइदिनु तिमी ।।
*****
फुर्सदमा कुदिएको मुर्तिभए मन्दिरमा किन सजायौ Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : फरक लाग्यो

~दयामोहन आचार्य~

भकुण्डो उस्तै गर्ने, गोल फरक लाग्यो
जुत्ता उस्तै टेक्ने, सोल फरक लाग्यो

बलत्कारी ज्यानमारा, अपराध उस्तै
तर तिन्को, पोल फरक लाग्यो Continue reading

Posted in गजल | Tagged | Leave a comment