Tag Archives: Hasyabyangya

व्यङ्ग्य निबन्ध : केही खन्चुवाहरू

~होम सुवेदी~ मेरी पूज्या स्वर्गीय माताश्रीका अनुसार खन्चुवाहरूका उदाहरण यो दुनियाँमा मनग्गे छन् । उहाँ सबैभन्दा बढी खन्चुवाको उदाहरण दिनुपर्दा अगस्ति नै हो भनेर ठोकुवा गर्दै भन्नुहुन्छ । तर अगस्ति ऋषिले समुद्र सुकाएरै तरल पदार्थ धोक्र्याए पनि ठोस पदार्थ त्यसरी … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : कान चिरेका जोगीहरु

~कुबेर काका~ १ यो व्यासको जन्म भूमि जन्मना साथ सालनाल सहित  आत्मनिर्भर बन्न हिडने नवजात शिशुहरुको हो यो माटो यो सिध्दार्थको ज्ञान भूमि बृद्ध भएर मृत्यु बरण गर्नु भन्दा मृत्यु टार्न अग्रसर हुने नवयुवकहरुको हो यो माटो

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : देश बन्नु किन पर्यो!

~अर्जुन पराजुली~ आँगनमा बसेर छिमेकीले सुन्ने गरी धारामा पानी आएन किन भन्नु पर्यो?! रिनको ब्याज कति लाग्यो भन्दै दिनका दिन औँला भाँचेर गन्नु किन पर्यो?! बिरामी हुँदा सिटामोल पाइएन

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : हाम्री होलीलाई स्वागत

~रिजाल किरण “अन्जान”~ घर दैलोमा नाच्दै होली आएकिछिन् यिनलाई हामीले राम्ररी स्वागत गर्नु पर्छ राम्रो सगँ मेजमानी गर्नु पर्छ सके रानी बनाएर भित्र्याउनु पर्छ नसके ठररा बोतलका बोतल नुहाएर स्वागत गर्नु पर्छ त्यतिले पनि नपुगे गनाउने नाला माथि लमतन्न बनेर … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

Translated Satire Essay : God’s Work

~Shankar Lamichhane~ Translation : Manjushree Thapa “What work does your father do, dear?” “He does god’s work.” My five-year-old daughter gives a simple answer to the question her teacher puts to her. Those who don’t have any knowledge about my … Continue reading →

Posted in Translated Essay | Tagged , , , | Leave a comment

Translated Satire Essay : The peace rally is about to begin

~Bimal Niva~ Translation : Manjushree Thapa I got nervous seeing policemen all over, but no sooner did I try to leave the place, a staff-wielding policeman said, almost in reprimand, “Did you come to take part in the peace rally?” … Continue reading →

Posted in Translated Essay | Tagged , , , | Leave a comment

व्यङ्ग्य कविता : नाठी स्वास्नी

~जीर्ण भागेदार~ लाज, घिन, इज्जत फाली अरुतिरै सल्केकी छे हुँदोखाँदो लोग्ने छाडी अरुतिरै पल्केकी छे लिपिस्टिक, क्रिम, पाउडर लगाई–लगाई ढल्केकी छे नाठो पोईका अगाडि टिलिक्कै टल्केकी छे । एकमिटरको कपडाले शरीर बेर्न पुगेकै छ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : कट्टु हराएको देशमा

~डा. मधुसूदन गिरी~ ‘चपला अबलाहरू एक सुरमा/गुनकेशरीको फूल ली शिरमा ।’ उहिले भानुभक्त बाजेले मुक्त कण्ठले आरती उतारेकी आराध्या अलकापुरी, आज आएर या मानको विशेषण महा लगाएकी महानगरी, मेरी प्यारी सपनाकी रानी अमरावतीको रूप र लावण्यको बयान सुनेका दिनदेखि यस … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : जन्मदिवसमा तागामत चिन्तन

~मिङ लिवाङ~ आफ्नो सयौं जन्मदिन मनाएको केही दिनपछिको घटना हो यो । त्रासदी के भयो भने मैले राजनीतिक दाउपेच र नर्क साहित्य अकादमीमा आफ्नो लबी चलाएर अनि रुवाबासी गरेर जान-पहिचानको फाइदा उठाएर बलजफ्ती साहित्यमा किरातेश्वर पुरस्कार हत्याएपछि नर्कमा निकै खैला-बैला … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : चिप्ले

~कृष्ण शर्मा सुमु~ हुन त चिप्लो भन्ने बितिकै हजुरलाई खोलामा लेउ लागेको वा लडेको याद आयो होला। नभा बेसरी सब्जीमा तेल हालेर सब्जी नि बिग्रेको चिप्लो तेलको खाना आहा ..sss आजकल कुरा नगर्नु सब्सिडी नपसे पनि घर घरमा ग्यास नभएको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : नरभूपाल जन्माउने कसरत

~धीरेन्द्र प्रेमर्षि~ संसारमा धेरैथरीका प्रतियोगिताहरू हुन्छन् । संसारको के कुरा, संसारभरकिा अधोगामी प्रतियोगिताहरू त अचेल हाम्रै देशमा पनि छ्यालब्याल हुन थालेका छन् । सुन्दरी प्रतियोगिता भनेर शिशु सुन्दरीदेखि सासू सुन्दरीसम्मका प्रतियोगिता गराउन हामी खप्पिस भइसकेकै छौँ । यी प्रतियोगिताहरूको बजारभाउ … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्गय : छिप्पेको प्रेमकथा

~कृष्ण शर्मा सुमु~ अब हेर्नू न, प्रेम कथा त हजुरले ईतिहास देखि वा भगवानको पालामा पनि अवस्य सुनु भयो, कथामा पक्का पनि। फेरि आजकलको झरी च्याउ जस्तो प्रेम कथा पनि नाला,मैदान,खोलातिर,पुल पुलिया,गार्डन् ,आदिमा देख्नु भयो वा कुनै फिल्ममा अवस्य हेर्नू … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य गजल : नेताजी काम कमाल

~इन्द्रकुमार ‘विकल्प’~ साम, दाम, दण्ड, भेद नेताजी काम कमाल भ्रष्टाचारी दुराचारी नेताजीका नाम कमाल जनतामा राम नामी खोकिलामा छुरा लुकाई सुरा सुन्दरीका सँगै नेताजीका साम कमाल

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : कुसंस्कारप्रति आभार

~धीरेन्द्र प्रेमर्षि~ आज अचानक मलाई मेरो संस्कारप्रति गर्व हुन थालेको छ। हिजोका दिनमा हाल मैले मिल्काइसकेका कतिपय संस्कारहरूमा कु जोड्ने गरेका मेरा शुभचिन्तकहरूको मथिंगलमा कान्छो छोरोलाई अह्राएर सू गराइदिन मन लागेको छ। त्यस्ता थुप्रै संस्कार, जसलाई मैले साथीहरूको लहैलहैमा लागेर … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : आउँदिन भाषण सुन्न

~प्रकाश सापकोटा~ झण्डा बोकिएन कि नारा घोकिएन कि जस-जसलाई देखाइदिनुभो उसैलाई गएर ठोकिएन कि के गरिएन ? ब्यानर कसिएन कि धर्ना बसिएन कि हजुरलाई जोगाउँदा ढाल बनेर पटक पटक आफू फसिएन कि के गरिएन ?

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : जागिर

~गोपाल विरही~ १. जागिरेहरू कागतीजस्ता– जति टुक्रा हुञ्जेल काटे पनि हुने जसरी निचोरे पनि हुने जसरी चुसे पनि हुने पानीमा हालेर सर्बत बनाउन सकिने चियामा हालेर ‘लेमन टी’ पनि बन्ने भातमा मुछेर पनि खान सकिने बारीमै फलाउन पनि सकिने बजारबाट … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य गजल : इँजार हुन पाइयोस्

~एकु घिमिरे~ नेताज्यूको सुरुवालको इँजार हुन पाइयोस् मन्त्रीज्यूको भेडा हेर्न, गाई दुहुन पाइयोस् । जता शक्ति, उतै भक्ति, के लाज –सरम ? अपच भई कट्टु छेर्दा गोप्य धुन पाइयोस् ।

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : आधुनिक भाइ

~राजकुमार बराल~ ए भाइ तिमीलाई च्याब्रुङ्ग बजाउँन आउँछ ? डेउडा नाँच्न ? झ्याम्टा बजाउन? ढोलक ठोक्न नि ? मारुनी नाँच्न ?

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : गर तयारी अलमल्ल नपरी

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ लडाइँ जब छ ब्वाँसा, फ्याउरा, स्यालहरुको के अर्थ परेवाहरु यता वा उता लाग्नुको । मदारी अरु नै कोही छ, प्रभु अर्कै छ उनीहरुको, नचाउँदैछ कोही अरुले नै उनीहरुलाई;

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : चोर माथिको पनि चण्डाल

~कृष्ण उफान~ “जो चोर उसको ठुलो स्वर”भन्ने उखान त पक्कै पनि सुनेको हुनु पर्छ । सुन्नु मात्र हो र जिन्दगिमा कयौँ पटक यस उखानको प्रयोग गरेर अर्कोलाई हियाउनु प्रयास पनि गर्नुभयो होला । जो जसले चोररै जिन्दगीको रथ हाकिरहनु भएको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : बोका हरायो – ४

~रामकुमार पाँडे~ बोका हरायो, बोका हरायो मेरो पार्टीको बोका हरायो । कतै बोकालाई बन्चरो प-यो कि (?) कतै बोका मातृसंस्था झ-यो कि (?)

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : भूतसभाको सन्त्रास

~कृष्ण उफान~ बाल्यकालमा आमा बुबाले,आफन्तजनले आफ्ञ्ना नानीहरूलाई फकाउन, डर देखाउन भूत आयो भूत आयो भन्दै तर्साउने गर्दथे ।रोएर हैरान पारेमा तै चुप लाग्छन् कि भनेर हाउगुजीले खान्छ भनेर तर्साउनु हुन्थ्यो । त्यसको असर जिन्दगीभर पर्दोरहेछ । अहिले पनि भूतको कुरा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : कर, कर र करकर

~ब्रजेश~ तपाईं फाइँफुट्टीराजको पुरानो पाठक हुनुहुन्छ भने थाहै होला, उसलाई सधैं रत्नपार्कमा गएर टोपीले मुख छोपेर सुतेपछि मात्र फाइँफुट्टी फुर्छ  । यस पटक भने यहाँहरूलाई चकित पार्नका लागि फाफुराले विनिर्माणको शैलीमा नयाँ तरिका अपनाएको छ । आज उसलाई एउटा चुट्किलाबाट फाफुरा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : परिवर्तनको लहर र मेरो रहर

~चूडामणि खनाल~ म आफू हिन्दूधर्मी भएकाले होला, सधैं बिहान सबेरै उठेर देवीदेवताहरूको स्तुतिगान गर्छु । गानाबजाना सहित बुद्धवन्दना गरेपछिमात्र आफ्ना अन्य कामधन्दामा लाग्छु । मेरो राष्ट्र धर्मको हिसाबले हिन्दूधर्मी भएको वेलामा पनि मलाई बुद्धवन्दना गर्न कसैले रोकेको थिएन । आज … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : एकदिन नारद कान्तिपुर पुगि गया

~ऋतुराज~ एकदिन नारद कान्तिपुर पुगि गया दर्शन म गर्छु भनी राजा त्याहीं थिया पर्‍या चरणमा राजन कि जय होस् भनी । नारद् विन्ती गर्‍या जसै निकट गै विँणा विर्साईकन गाथ्मा मंगल छैन कि किन हजूर वेचैन देख्नु तन । नारद्का … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्यव्यङ्ग्य निबन्ध : उसिन्नु पर्ने अण्डा किन पकाइस् ?

~कृष्ण उफान~ “जुन खोलाको दुवाली उही खोलाको चपरी” ठाउँ अनुसारको रहनसहन हुन्छ । मान्छे अनुसारको बानी व्यहोरा हुन्छ । हरेक मावनमा केही न केही भिन्नता हुन्छ । यो दुनियामा भएका मानवका मानवीय स्वभाव नै यही हो । सबै एकै स्वभावका … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : माग्ने

~चट्याङ मास्टर~ ऋण, दान, अनुदान जे मिल्छ उही माग्ने माग्दा माग्दा धनी हामी, दिने बन्नेछ माग्ने । धनी देशका सामु, गरिब छौँ, भनी माग्ने गरिबै भेटिए देश, नछोड्ने, डटी माग्ने छिमेकी देश धनि देखे, छिमेकमै गई माग्ने टाढाको देश धनि देखे, … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : मोर्चै मोर्चाको मुलुक

~मनोज गजुरेल~ माओवादी मोर्चै मोर्चाको भिडमा थप केही मोर्चाहरु प्रस्ताब गरेको छु । नेपाल व्राम्हण मुक्तिमोर्चा अन्तराष्ट्रिय छेकुवा (छेत्री-कुमाईं-वाहुन) मुक्तिमोर्चा राष्ट्रिय जनै मुक्तिमोर्चा अखिल नेपाल यौनकर्मी मोर्चा बिद्रोही सिपाहीं मुक्तिमोर्चा

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : अत्याधुनिक घैँटो महात्म्य

~नरनाथ लुइटेल~    म सानैदेखि खेलकुद र उफ्रीपाफ्रीमा त्यति जाँगर नचल्ने स्वभावको मान्छे । स्कुलको फुच्चे छात्र हुँदा टिफिनको समयमा प्राय सबै मेरा दौँतरी उफ्रिपाफ्रीतिर निस्कन्थे । म भने कक्षाकोठामै कुचुक्क परेर बसिरहेको हुन्थेँ । एक पटक मलाई कृष्ण न्यौपाने सरले … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : नेपाल सुन्दर शान्त विशाल

~श्रीधर खनाल~ विश्वमा सबभन्दा कुरूप र सबभन्दा गरिब मानिस पाइने औधी राम्रो र अचाक्ली धनी एक मात्र देश नेपाल हो । यसमा आफ्नो बाउ साछी राखेर सही गर्न तपाईंलाई कर लाग्छ । यहाँको तराईका समथर, पहाडी भेकका उपत्याका, तरेली परेका … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : यो देश यसै चलेको छ

~दयामोहन आचार्य~ कोही हात्ती घोडा चढेको छ कसैको गोडा गलेको छ सिमामा जङ्गे पिल्लर सरेको छ कहिले खैजेडी कहिले डम्फू बजेको छ चौतारी गफले गलेको छ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : कत्रो साइज

~अर्जुन पराजुली~ सकारात्मक संकेतले “…” कहिले गर्ने हो ? बिन्तिपत्र चढाउने साइत कहिले पर्ने हो ? प्रतिगमन सच्चिन सुरु फेरि कहिले गर्ने हो ?

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment