Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

लघुकथा : एलियन बस्तीको कथा

~युवराज मैनाली~ हाम्रोभन्दा फरक नभएको ठ्याक्कै पृथ्वी जस्तै अर्को निकटतम संसारमा भएका गतिविधिलाई पृथ्वीका बासिन्दाहरूले नियालिरहेका थिए । मानिस जस्ता प्राणीले प्राविधिक विकासको बाबजुद, ग्लोबल वार्मिङको बढ्दो खतरालाई समेत बेवास्ता गरिरहे । तिनीहरू एक विरोधाभासी प्रजातिहरू थिए, जटिल दर्शन र … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : घोप्टेको घोप्टयाइँ

~युवराज मैनाली~ मेरो हजुरबा, सधैँ खुट्टो उचालिरहनुहुन्थ्यो । कुरा पनि सधैँ खुट्टा उचालिएको कुरा नै गर्नुहुन्थ्यो । कुरा गर्दागर्दै उहाँमा जानेर वा नजानेर हात टाउको मात्र होइन खुट्टै उचालेर खुट्टो उचालिएको कुरा गर्नुहुन्थ्यो । उमेरले नदिए पनि खुट्टो उचालिएर निकै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : चाड

~युवराज मैनाली~ हिँड्दाहिँड्दै टक्क रोकियो आशामान । यताउति पुलुक्क हेर्‍यो । जता हेरे पनि हेराइको केन्द्रबिन्दु त्यही थियो । तर त्यो हेर्ने कसैलाई फुर्सद थिएन । हुनसक्छ आशामानको हेराइझैँ हेर्ने आँखा अरूको थिएन । यसैले देखेनन् । देख्ने आशामान मात्रै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आउँदो दिन

~युवराज मैनाली~ बिलौना बजारको उद्घाटन गर्न पाल्नुभएका प्रमुखअतिथिको बोल्ने पालो आइसकेको थियो । उद्घोषक उहाँको देनको चर्चा गर्दै चाकडीमा तल्लीन थिए । यत्तिकैमा प्रमुखअतिथिको मोबाइलको घण्टी बज्यो । के कुरा भएछ कुन्नि प्रमुखअतिथि लुसुक्क ओर्लनुभयो । उद्घोषकले हाम्रा प्रमुख अतिथि…….. … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : तिरैतिर

~युवराज मैनाली~ “ए बूढा बा के बाटो रोकेर उभिराख्या ?” यो आवाज नाराको रूपमा घन्किएपछि म झसङ्ग बने । वरिपरि हेरेँ अगाडि केही जोडी बाहेक अरू केही थिएन । म बाहेक दायाँ झाँङमा नदेखिएका तर सुनिएको जोडीको सुनाई जसबाट मलाई … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा: सहमति

~प्रदीप नेपाल~ रात बिस्तारै उकालो लाग्दै थियो । ‘इन्डियन क्विजिन कर्नर’मा जमेर बसेका थिए चार जना । नाम जे भए पनि विदेशी रक्सीको रङ पहेँलो हुने भयो । सेकुवा भन्नेबित्तिकै जिब्रोमा पानी आउने नै भयो । एक टुक्रो सेकुवाले दुई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : देउताको छायानेर

~खगेन्द्र संग्रौला~ देउताको चोला उठ्यो । मध्ये बर्खामास । पवित्र पीपलको विशाल बोटनेर । फोहोरको अजङ्गको डङ्गुरछेवैमा । बरा देउताको चोला उठ्यो ! आस्थावान् नगरपालिकाले देउताको पवित्र लासलाई फुटपाथमा लम्पसार पर्न दियो । त्यो पनि एक दिन होइन, तीन–तीन दिनसम्म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा: रातो गुलाफ दिनुअघि

~पासाङ शेर्पा~ “हाइ, हाउ आर यू ? हाउ क्यान आइ असिस्ट यू टुडे ?” “स्योर, आइ’ड लाइक अ टी विथ वन सुगर एन्ड मिल्क, प्लीज ।” “अलराइट, एनीथिंग एल्स यू’ड लाइक टु एड टु योर अर्डर ?” “आइ’ड अल्सो लाइक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : शङ्का

~सन्ध्या आचार्य~ “हुन्छ होला ।” आशाले भन्यो। “किन डराइरहेको ?”

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रूपान्तरित

~सन्ध्या आचार्य~ -“खराब दिनहरूको चर्चा नगर्नू। आघात मात्रै पुरयाउने दिनहरू किन सम्झिरहन्छौ? के पा’को छौ अहिलेसम्म सम्झिएर?’ -‘सहेर के पायौँ? विरोध हुनुपर्छ ताकि भोलि हामीजस्तै अरुले खराबी भोग्न नपरोस । कष्ट यत्ति छिट्टै बिर्सियौ नि ?’

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : घोडा

~युवराज मैनाली~ भन्नेले धेरै भनेर गए । जाने गएपछि भनेको कुरा मान्न उनीहरूलाई अप्ठ्यारो प¥यो । पाँचै दाजुभाइको सल्लाह भयो –गुठी होइन ट्रस्ट राखौँ । त्यो थातीलाई काठी राखौँ, लगाम नराखौँ । चढ्ने चढोस् तर नहिँडोस् । लड्ने लडोस् तर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : “युँ”

~सन्ध्या आचार्य~ “असल र आशावादी मनोवृत्ति तयार गर्नका लागि यो उपयुक्त स्थान हुँदैहैन।” भुइँतिर हेरेर माथिल्लो लहरको दुईवटा दाँतको चेपबाट अर्कै पाराले पिच्च पिच्च थुक्दै टोलाइरह्यो त्यो। “जाने नै?” – सोध्छु म । वास्तवमा “न जा न प्लिज” भनेको हुँ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : कर्नेलको घोडा

~विश्‍वेश्‍वर प्रसाद कोइराला~ कर्नेल कर्नेल्नीलाई असाध्य माया गर्थे । बुढेसकालमा बिहा गरेकी तरूनी स्वास्नीलाई कसले माया गर्दैन ? तर कर्नेल्नीलाई ४५ वर्षको कर्नेलले गरेको मायाले पुग्दैनथ्यो । कर्नेल्नी थिइन् १९ वर्षकी । जैले पनि बाहिरबाट घर फर्कंदा दुलहीलाई खुसी पार्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : हेक्का

~युवराज मैनाली~ वर्गीय उत्थानका लामा लामा कुरा भए । जातीय स्वाभिमानका अनेकन् कुर्लाइहरू छरिए । हरिमान त झन् अगुवा त्यसमाथि प्रत्येक कुरामा प्रतिकृया जनाइ हाल्ने र सक्रियतापूर्वकको उनको आनीबानीले उनलाई नेता नै बनाइदिएको थियो । झन् त्यतिखेर जनआन्दोलन लगत्तै सपनाका … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

यौनकथा : राइटरबाजे

~विश्‍वेश्‍वर प्रसाद कोइराला~ मानवसमाजबाट यति टाढा पृथ्वीको एउटा कुनामा बसेर म आफ्नो शरीरलाई यसो निहार्छु । अब यसमा, यसका रेशा-रेशामा- महारोगका कीटाणु स्याउँ-स्याउँ गर्दै रङमगिरहेका छन्‌ । यो डुँडो खोरण्डो शरीर पटपट फुद्दैछ । कतिसम्म टलपल गरिरहेको पीप, पापको घडा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सान्नानी

~विश्‍वेश्‍वर प्रसाद कोइराला~ सृष्टिमा सबभन्दा असहाय प्राणी त्यो कृशकाय पीतवर्ण बालक हो जो एक्कासि शहरबाट चुँडिएर कुनै गाउँमा रोपिन आइपुग्छ । शहरमा जन्मेर शहरकै वातावरणमा त्यो हुर्किन्छ, तर एक दिन त्यो आफूलाई मध्यदेहातको एउटा क्षुद्र गाउँमा पाउँछ । निरीह भएर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

तामाङ लोककथा : बाँदर र डासिन डोल्मो

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~ उहिले सुरुमा संसारमा मानव नै थिएन । सर्वप्रथम बुद्धले आफ्नो चमत्कारपूर्ण शक्तिद्वारा बोधिसत्त्वको रूपमा एउटा बाँदरको सृष्टि गर्नुभयो । सो बाँदर डाँडाको गुफामा ध्यान गरी बस्दथ्यो । बुद्धलाई यो जानकारी हुन आयो कि … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

तामाङ लोककथा : याक र तामाङ थर

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~ धेरै पहिले तामाङ पुर्खा दोङ छेन्पो थिए । उनका पाँच वटी स्वास्नीहरू थिए । यिनै स्वास्नीहरूबाट उनका अठार जना छोराहरू भए । यिनै छोराहरू विभिन्न दिशामा छरिएर बसे । केही कालपछि उनले आफ्ना … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

ऐतिहासिक तामाङ लोककथा : गोसाइँकुण्डको उत्पत्ति

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~ उहिलेको कुरा हो । महादेउ र छोना दुई दाजुभाइ थिए । दाजुको नाम छोना (भैरव) र भाइको नाम महादेउ (महादेव) थियो । दुवै जना रहनबस्नका लागि मात्र नभई तप गर्न योग्य जमिन खोज्दै … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

ऐतिहासिक तामाङ लोककथा : कोको राजा र चोखो फूल

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~ उहिले कोको नामक एक तामाङ राजा थिए । उनी बुद्ध धर्मावलम्बी थिए । त्यसैले हरेक साँझ-बिहान आफ्ना आराध्य त्रिदेवका सामु चोखो पानी चढाई धुप-बत्तीहरू बाल्दथे । तर आफूले चढाएको पानी माछाले बिटुलो पारेको … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कथा : च्याटको मान्छे

~सन्ध्या आचार्य~ “जीवन साँच्चिकै गहिरो छ नि हौ!” अलिक नोस्टल्जिक बन्दै उसले लेखिपठाई यता । “आऽऽऽ, आफ्नो बुताअनुसार डुब्दा भैहाल्यो त !’ म लेखिदिन्छु, – ‘जत्तिसम्म पौडन सकिन्छ उत्ति पौढिने नि’, पनि थपिदिन्छु । “म केही हदसम्म उसको अतितसँग परिचित … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

 निबन्ध : सन्काहा युवा 

~अन्वेश राई थुलुङ्ग~  आज ऊ बिच्केको छ । मैले उसको हात समातेर रोक्न धेरै प्रयास गरेँ । तर आफ्नै मनसँग असहमत रहने एउटा मानिसको प्रयास सिर्फ प्रयास मात्र होला, मैले उसलाई मनाउन सकिन । मेरो प्रयासले ऊ अझ आन्दोलित भएर … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : नयाँ युग

~मनोज न्यौपाने~ सन् ४०५६ ईर्वाइन ”अहो ! कस्तो गर्मी भएको त ? पोहोर त यती धेरै गर्मी भएको जस्तो लाग्दैनथ्यो भन्या ।” दुईजना बसिरहेका थिए कंक्रिटले बनेको प्रतिक्षालयमा । तिनै दुईजना मध्ये एउटाको आवाज थियो त्यो । अर्को एकजना नबोलेरै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मुक्ति

~दीक्षा भट्ट~ कैदीहरू त छन् यो संसारमा ! स्वतन्त्र को छ र यहाँ ? घर कहाँ छन् ? यी सबै त कारागार होइनन् र ? दुर्भाग्य भनौं वा सौभाग्य, जहाँ म कैद भएको छु त्यहाँ न झ्याल छ न ढोका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टर्चलाइट

~कृति अधिकारी~ मस्त निदाएको बेला कसैले उचालेरै पछारे पनि पत्तो नपाउने देवी त्यस दिन आफ्नो कोठामा कसैले ‘खासखुस’ गरेको आभासले ब्यूँझी । खुट्टापट्टिको सिरकमुनिबाट चिसो पस्नुको साथै अब मुटुको वेग पनि थामिनै नसकिने गरी ढुकढुक गरिरहेको थियो । जस्तै गर्मीमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

ऐतिहासिक तामाङ लोककथा : श्री ३ जङ्गे र जार प्रथा

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~ वि. सं. १९३३ मङ्सिरको कुरा हो । त्यतिबेला राणा प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणा ६० वर्ष पुगेका थिए । उनी पत्थरघट्टामा सिकार खेल्न गएका थिए । उनले त्यहाँ मनग्य सिकार खेले । कैयन् … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

भेरी अञ्चलको लोककथा : भालु आइमाई

~संकलन: करुणाकर वैद्य~ एकादेशमा एउटा गाउँमा केही किसानहरू बस्थे । उनीहरूले खेतीपाती गरेर आफ्नो जीविका चलाउनुपर्थ्यो । त्यो गाउँ चारैतिरबाट भयंकर जङ्गलले घेरिएको थियो जसमा गाउँलेहरू बथान मिलेर सिकार खेल्न जान्थे र आफूले पारेको सिकार खाने गर्थे । त्यसै गाउँमा … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | 1 Comment

कथा : भुलक्कड परिवेश

~कणाद महर्षि~ आज वर्षा ऋतुको कुनै एक महिनाको पहिलो शनिबार ।हरेक महिनाको पहिलो शनिबार प्रदर्शनीमार्गस्थित एक क्याम्पसमा साहित्य सन्ध्याले नियमित रूपमा कविता गोष्ठीको आयोजना गर्दै आइरहेको छ। सधैँ झैं आज पनि उसले कविता सुनायो । कार्यक्रम सकिएपछि बाहिर निस्कियो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

तामाङ दन्त्यकथा : मोक्तान चङरी बोन र सगोत्री

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~ उहिलेको कुरा हो । परिश्रमी व्यक्तिहरूको देश थियो । जहाँ मोक्तान थरी चङरी बोन (झाँक्री) बस्दथे । जसका दुईवटी स्वास्नीहरूमध्ये एक थिङ थरी र अर्को ब्लोन थरी थिए । कान्छी गर्भवती हुँदाकै बखत … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , , | Leave a comment

किराँती दन्त्यकथा : न्याहुली चरी

~सङ्कलक: शिवकुमार श्रेष्ठ~ लाङ्सोदिङ भन्ने कुनै किरात देशमी एक दम्पति थिए । लोग्नेको नाम खेसेवा थियो भने स्वास्नूको नामचाहिँ मेन्दाङ्ना थियो । उनीहरू ओढारमी बस्दथे । उनीहरू जङ्गलबाट तरूल, भ्याकुर, गिठा ल्याई आफ्नो जीविका चलीउँथे । उनीहरू सिस्नको मुन्टी पनि … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

लामो कथा : प्रेम

~जीवनकुमार शाक्य~ साउन भदौको महिना मौसम झरी पर्ला जस्तो थियो । कति बेला पानी पर्नेहो ठेगानै थिएन । काम विशेषले काठमाण्डौको काम सिध्याएर म रात्री बसबाट घर जान प्रस्थान गरें । ए र्साईडको ११ नं.को सिट परेको रहेछ तर मलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

जातक कथा : बुद्ध र नालागिरी हात्ती

बुद्धको मामाको छोरा भाई देवदत्त सँधै स्यानै देखि बुद्धलाई बेईज्जत गर्न मै लागिरहन्थ्यो, तर उ जहिले पनि तर्कले हार्थ्यो। एकपटक बुद्ध जब कपिलवस्तु पुग्नुभयो त अनेक कुलीन शाक्यवंशी राजकुमार उहाँको अनुयायी बने। देवदत्त पनि उनि मध्य एक थिए । केहि … Continue reading →

Posted in जातक कथा | Tagged | Leave a comment