Tag Archives: प्रदिप नेपाल – Pradip Nepal

कथा: सहमति

~प्रदीप नेपाल~ रात बिस्तारै उकालो लाग्दै थियो । ‘इन्डियन क्विजिन कर्नर’मा जमेर बसेका थिए चार जना । नाम जे भए पनि विदेशी रक्सीको रङ पहेँलो हुने भयो । सेकुवा भन्नेबित्तिकै जिब्रोमा पानी आउने नै भयो । एक टुक्रो सेकुवाले दुई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाघमारेको लालसलाम

~प्रदीप नेपाल~ यो कथा हो राजारानी गाउँको। राजारानी गाउँ धनकुटामा पर्छ। यो कथा हो क्षेत्रजङ्ग आङबोहाङको। क्षेत्रजङ्ग एउटा ठूलो ज्यान र फराकिलो छाति भएको मान्छे हो। यो कथा हो क्षेत्रजङ्गको सौर्यको, उसको पौरखको। यो कथा हो कसैले कल्पना समेत नगरेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घामको राप

~प्रदीप नेपाल~ “नमस्कार, चिन्नु भो?” कंचनराज गिरीले आफ्नो अघिल्तिर उभिएका डेढ दर्जन केटाकेटीलाई पालैपालो नियालेर हेरे। अहं, उनले कुनै अनुहारलाई पनि चिनेका थिएनन्। कंचनराज गिरी भृकुटी माध्यमिक विद्यालयका प्रधानाध्यापक थिए। २०४१ सालमा भृकुटी स्कूल भनेर गाउँले पारामा बोलाइने भृकुटी प्राथमिक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खदग भण्डारी हराउद

~प्रदीप नेपाल~ बर्खायाममा उपत्यकाबाट देखिने काला पहाडहरुमा हिउँ परेको यस अघि कहिल्यै देखिएको थिएन। तर यसपालि बिचित्रै भयो। बर्खाको हिउँ हेर्न दामनको त कुरै छोडौँ, नगरकोट पनि जानु परेन। पुल्चोकमा उभिएर हेर्दा पूर्वउत्तरको कालो पहाड हिउँका छिर्काहरु छरिएपछि बिरालीबुट्टे भएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शान्तिरामका दुइ अध्याय

~प्रदीप नेपाल~ समय : २०६२ जेठ १२–१९ पोहोर साल, अर्थात २०६१ साल जेठ महिनाको कुरो हुनुपर्छ। होला त्यस्तै अठार बीस गतेको। बिहानै मन्दिरको घटी बजे जसरी टेलिफोनको घटी बजिरह्यो। पाँच बजे सहजरुपमा ब्युँझने मेरो आँखालाई त्यो घटीले खलबल्याएको थियो। मलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आकाशमा राहुको चलखेल

~प्रदीप नेपाल~ दुइ हजार उनान्साठी सालदेखि मैले दशैँ मान्न पाएको थिइन परिवारसँग रमाएर। त्यो साल आमाले चिठी पठाउनु भएको थियो, “तिमीहरु यसपालि दशैँ मान्न नआउनु। बुहारीलाई माइत पठाइदे, तँ त्यतै पशुपतिमा गएर निधारमा टिको थाप। हाम्रातिर दशैँ नमान्ने उर्दी जारी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रुपान्तरण

~प्रदीप नेपाल~ सेल्मेको टाउकामा घाम बास बस्नै आँटेको थियो। त्यो रातो भैसकेको थिएन, तर त्यसको रङ्गलाई पहेँलो मात्र भन्न पनि सकिँदैनथ्यो। अब बाटो तेर्सो थियो। त्यसैले भञ्ज्याङ्ग घर माथिको चौतारोमा एकछिन बसौँ भनेर मैले आफ्नो ज्यानको भारलाई चौतारोको ढुङ्गा माथि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रातो ओढारको फूल

~प्रदीप नेपाल~ साँझभर गज्याङगुजुङ भैरह्यो। त्यसैले पनि पासाङ रामरी निदाउन सकेन। मनको दुखाइले उसको निद्रालाई त्यसै पर पर भगाइरहेको थियो, त्यसमाथि दुर्वासा गड्याङ गुडुङ गरेर वर्षिन थालेपछि उसलाई निदाउनै मन लागेन। पल्लो खाटमा दुर्वासा सुतेको थियो। पासाङलाई डाहा लाग्यो दुर्वासाको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आधुनिक नेताको अवतरण

~प्रदीप नेपाल~ २०६० सालको वैशाखको कुरो हो यो। मौसम नराम्ररी बिग्रिएको थियो। चैतमा पनि नचलेको हावा हुडरीले धर्तीलाई तहसनहस पारेको थियो। मडारिएको बतासले मान्छेलाई फनफनी घुमाएर मार्ने, ठिङ्ग उभिएको रूखलाई मर्याक मुरूक पारेर लडाइदिने अनि ओतमा बसेको बेसहारालाई कच्याक किचिक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माओवादीको लस्कर

~प्रदीप नेपाल~ टाँकिचौरको ओरालोमा घामले बेस्सरी हानेको छ। रूखहरू पनि प्याक्प्याक् परिरहेका छन्। अहं, एक पित्को हावा चलेको छैन। उहिले केटाकेटीमा पढेको एउटा कथालाई ओरालो झरिरहेकाहरूले पालैपालो सम्भि्कए। घाम र बतासको कथा … एकादेशमा एउटा घाम थियो र अर्को एउटा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : नेपाली क्रान्ति कथा

~प्रदीप नेपाल~ नेपाली क्रान्ति कथा, बिहारका प्रसिद्ध कथाकार फणिश्वरनाथ रेणुको पुस्तकको शीर्षक हो । बिहारका भए पनि उनले नेपालको कोइराला परिवारसँग जोडिएर २००७ सालको क्रान्तिमा भाग लिएका थिए । उनले आपूm पनि त्यो क्रान्तिमा जोडिएको चर्चा गरेका छन् । त्यही … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

नियात्रा : टाटा सुमो हाईवे

~प्रदीप नेपाल~ बिहान ११ बजे कार्यक्रम उद्घाटन गर्ने निम्तो पाएको थिएँ मैले। पुग्नुपर्ने थियो हेटौँडा बजार। सिमराको पहिलो उडान गुण एयरवेजको रहेछ बिहान १० बजेको। काठमाडौं-सिमरा यात्राको समय १२-१५ मिनेटको मात्र हुने भएकाले जहाजबाटै जाने निश्चय पनि गरियो। बेलैमा उड्न … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

निबन्ध : ऋग्वेदमा देवीदेवता

~प्रदीप नेपाल~ म संस्कृतको ज्ञाता होइन, त्यसैले म यहाँ जे लेख्न गैरहेको छु त्यो नै अन्तिम सत्य हो भन्ने दाबी पनि म गर्न सक्दिन । संस्कृत साहित्य मेरा लागि स्तुत्य छ र आफूले हिजो संस्कृत पढ्न नपाएकोमा यतिबेला मभित्र पछुतो … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : उदास साँझ

~प्रदीप नेपाल~ रातलाई १२ घन्टा जिम्मा लगाएर एउटा उदास साँझ भर्खरै बाहिरएिको थियो । घर ठूलो थियो । चारैतिर दर्बिलो पर्खाल र पर्खालमाथि तिखा सुइरा भएका फलाम ठड्याइएको त्यो घर रातको अन्धकारमा एउटा भुताहा गढीजस्तो लाग्थ्यो । तर, त्यो कुनै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : आत्मस्वीकृति: नयाँ अध्यायको

~प्रदीप नेपाल~ शरीर थाकेको हो कि मन थाकेको थाहा छैन । हिजोको तुलनामा शरीर थाक्ने समयचाहिँ भइसकेको छ । राजनीति गर्नेले थकाइ मान्नुहुँदैन भन्नचाहिँ सजिलै हुन्छ । तर, शरीर सिद्धान्त होइन, त्यो जीवविज्ञान हो । केटाकेटीमा त्यो घिस्रिन्छ । युवावस्थामा … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : अप्रत्यासित

~प्रदीप नेपाल~ चार बजेपछि बाक्लो कफीको स्वादमा रमाउन मलाई यही कफी पसल मनपर्छ । यहाँको शान्ति, मौनता र सरसफाइ मेरो रुचिसँँग ठयाक्कै मिल्दछन् । म यहाँ चार बजे आउँछु अनि एक घण्टा यहाँको मौनतासँग रमाउँछु । कफी खाने सोख मैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सङ्घीयताको रूप

~प्रदीप नेपाल~ रेडियोबाट साझा सवाल कार्यक्रम आइरहेको थियो । विषय थियो सङ्घीयता । सबै आफ्आफ्ना तर्कहरू प्रस्तुत गरिरहेका थिए र आफूले भनेजस्तो सङ्घीय संरचना नभए संविधान नै अस्वीकार गर्ने उद्घोष गरिरहेका थिए । मिठै लाग्दै थियो बहस तर बहस नसकिँदै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : वैदिक इतिहासको नालीबेली

~प्रदीप नेपाल~ ‘कुनै पनि व्यक्ति जन्मले मात्र ब्राह्मण हुँदैन । त्यसमा कर्मका साथै ज्ञान हुनु पनि आवश्यक हुन्छ ।’ तीन हजार वर्षपहिले मिथिला राज्यका जनकले एउटा दासीपुत्रलाई शास्त्रार्थमा सहभागी बनाउन अनुमति दिँदै भनेको यो वाक्यले नेपालको उच्चस्तरीय चेतनालाई अहिले हामीले … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

संस्मरण : बराहक्षेत्रका महिमा गायकहरू

~प्रदीप नेपाल~ हाम्रा नेपालीले असाध्यै धेरै भक्तिभाव राख्ने बदरीनाथधामको यात्रा संस्मरणमा मैले बराहक्षेत्रको महिमाका बारेमा लेखेको थिएँ झण्डै दुई दशक अघि । बदरीनाथ यात्रामा जाँदा मैले थाहा पाएँ – हाम्रा नेपालीहरूमा बदरीनाथप्रति जति भक्तिभाव हुन्छ, त्योभन्दा धेरै भक्तिभाव हुँदोरहेछ बराहक्षेत्रप्रति … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

नियात्रा : मन दुख्यो लोमन्थाङ्गमा

~प्रदीप नेपाल~ धेरैका टिप्पणी, परिचयात्मक लेख र चियोचर्चाहरूले लोमन्थाङ्गलाई मेरो स्वप्नसंसार बनाइदिएका थिए । हिँडेर जाने जाँगर टरेको हुनाले ससानो टिम बनाएर जाउँ कि भन्ने त लागेन, तर अवसर पाइयो भने एकपल्ट त्यो लोमन्थाङ्ग कस्तो रहेछ भनेर थाहा पाउन चाहिँ … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : पुरस्कारसँग जोडिँदा

~प्रदीप नेपाल~ लेखनीको थालनी नै पुरस्कार प्राप्तिबाट भएको हुनाले लेख्नु भनेको पुरस्कार पाउनु हो भन्ने ज्ञानचेतना मभित्र हुर्किएकै थियो। गाउँकै सरस्वती मिडिल स्कुलमा पढथेँ म। कथाकार परशु प्रधान हुनुहुन्थ्यो हाम्रो स्कुलको हेड सर। पहिलोपटक तीन क्लासमा पढ्दा हुनुपर्छ, मैले एउटा … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : निर्वाचनपछि…

~प्रदीप नेपाल~ काठमाडौंको बालुवाटारमा निर्वाचन परिणामले आतङ्कै मच्चायो । भीमप्रसाद कट्टेलको घरमा एउटा बैठक बस्यो । “अब नेपाल बस्ने दिन सकिए,”भीमप्रसादले भन्यो, “काङ्ग्रेस, एमाले स्वाहा भए, माओवादीको राज आयो । अब नेपालमा बस्न नसकिने भैयो । माओवादीले सबैथोक राष्ट्रियकरण गर्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : दार्जीलिङको दौरा-सुरुवाल

~प्रदीप नेपाल~ तपाईं दार्जीलिङ जानु भा’छ – भनेर कसैले सोध्दा म न गा’छु भनेर जवाफ फर्काउन सक्थे”, न त गा’छैन भनेर नै जवाफ दिन सक्थे” । दार्जीलिङ गा’छैन भनु” भने दर्ुइ-तीनपटक त्यो बाटो म हि”डेको छु । गा’छु भनौ” भने … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : नेपाल आमाको सेवामा यतिकै दिन रहेछन् भन्ने लाग्यो

~प्रदीप नेपाल~ तिबेला पार्टीले मलाई मेची अञ्चलको जिम्मेवारी दिएर काम सम्हाल्न पठाएको थियो । एउटा अनौठो द्वन्द थियो मुलुकको राजनीतिमा । ०३६ सालको विद्यार्थी आन्दोलनले एकातिर राजनीतिलाई थोरै भए पनि खुकुल्याएको थियो । विद्यार्थी समुदायका गतिविधिहरू धेरै खुल्ला भएका थिए … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : सहमति

~प्रदीप नेपाल~ रात बिस्तारै उकालो लाग्दै थियो । ‘इन्डियन क्विजिन कर्नर’मा जमेर बसेका थिए चार जना । नाम जे भए पनि विदेशी रक्सीको रङ पहेँलो हुने भयो । सेकुवा भन्नेबित्तिकै जीव्रोमा पानी आउने नै भयो । एक टुक्रो सेकुवाले दुई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : महाकाव्यमा कर्णकथा

~प्रदीप नेपाल~ महाभारतको कथाका बारेमा हामी सबै जानकार छौँ। पाण्डव र कौरवबीच बाँडिएको यो युद्धकथामा धेरै उपकथा जोडिएका छन्। महाभारत कथामा सबैभन्दा ठूलो अन्यायमा परेका दुई पात्र छन्- बर्बरकि र कर्ण। दुवैलाई अन्यायमा पार्ने काम कृष्णबाटै भएको हुनाले मानिसहरू यी … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘जीवन एक, संघर्ष अनेक’मा क्यान्सर संघर्ष

~प्रदीप नेपाल~ रोग लुकाउनुपर्छ भन्ने नेपाली मानसको रोग हो । सामान्य जनताको के कुरा, ठूला भनिने नेता, प्रशासकसमेत रोगलाई लुकाउनुपर्छ भन्छन् । रोग लुकाउन हुन्न भन्ने पंक्तिकारजस्तो मान्छेले साथी पाउन सकेन लामो समयसम्म । सबै त्यस्ता छैनन् । आफ्नो पुस्तक … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : सिमानाको कथा

~प्रदीप नेपाल~ नेपाली भाषामा पृथक् परिचयको उपन्यास हो, गुलरको फूल । नेपालतिर नारायणी भनिएको नदी सिमाना काट्नेबित्तिकै भारतमा किन गण्डक हुन्छ भन्ने बालसुलभ प्रश्नको खोजीलाई तपाईंले उपन्यासको एउटा परिचय भनिदिनुुभए हुन्छ । यो उपन्यासमा सिमानाकृत र सिमान्तकृत दुवै खाले जनताको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : माधुरी दीक्षितको डायरी

~प्रदीप नेपाल~ केही वर्षपहिले भारतीय सिनेतारिका माधुरी दीक्षित काठमाडौँ आएकी थिइन्। उनले नेपाललाई भारतकै प्रान्त भनेर कतै प्रतिक्रिया दिएपछि नेपालमा ठूलै होहल्ला मच्चिएको थियो। माधुरी दीक्षितले खेलेका फिल्महरू बहिष्कार गर्नेसम्मको आन्दोलनको धम्की गयो। माधुरी दीक्षितले सायद कुनै सञ्चारमाध्यममार्फत माफी मागेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : दिउँसोको मस्को र उज्यालो रातको लेनिनग्राड

~प्रदीप नेपाल~ मस्कोमा मलाई हेर्न मन लागेको अब एउटा मात्र स्थान थियो – भूमिगत रेल । चर्चा खुबै सुनिएको थियो मस्को मेट्रोको । चर्चा गरिनलायक पनि रहेछ त्यहाँको भूमिगत रेल । मैले अमेरिका, चीन, हङकङ, भारतमा पनि मेट्रो चढेको छु … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

समीक्षा : पुराणको अन्यायमा परेका इन्द्र

~प्रदीप नेपाल~ हिन्दुहरूका एउटा देवताको नाम इन्द्र हो । इन्द्रको सामान्य चिनारीमा उनी असुरपुत्री शचीका पति हुन् । शचीलाई पनि उनले अपहरण गरेरै ल्याएका होलान् । उनी असाध्यै स्त्रीलम्पट पनि छन् । स्वास्नीमान्छे देख्नै नहुने । उनी अत्यन्तै काँतर पनि … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कथा : अनायक नागरिक

~प्रदीप नेपाल~ कथा कसैका लागि ? साता दिनदेखि म भौँतारएिको छु कथाको विषयवस्तु नभेट्टाएर । कथा खोज्न म एकदिन बूढानीलकण्ठमाथि जंगलमा पुगेँ । केको देओस् जंगलले कथाको विषय । एकदिन चन्द्रागिरकिो ढिस्कोमा गएर आकाशका बादलहरू पनि नियालेँ दिउँसोभर । अहँ, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment