Category Archives: निबन्ध

निबन्ध / Essay

 निबन्ध : सन्काहा युवा 

~अन्वेश राई थुलुङ्ग~  आज ऊ बिच्केको छ । मैले उसको हात समातेर रोक्न धेरै प्रयास गरेँ । तर आफ्नै मनसँग असहमत रहने एउटा मानिसको प्रयास सिर्फ प्रयास मात्र होला, मैले उसलाई मनाउन सकिन । मेरो प्रयासले ऊ अझ आन्दोलित भएर … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : सारै जेठा–जेठीहरू

~श्यामप्रसाद~ एकजना साथीकहाँ नब्बे वर्ष नाघ्नुभएका बासँग भेट भयो । उहाँको स्वास्थ्य राम्रै रहेछ । हिंडडुल–कुराकानी आदि आवश्यक काम जति जम्मैजसो गर्न सक्नुहुँदोरहेछ । मलाई निकै खुसी लाग्यो । सारै बूढो भैसक्ता पनि मानिसले यस्तै निरोगी र हँसिलो–रसिलो रहिरहन सक्ने … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : केही खन्चुवाहरू

~होम सुवेदी~ मेरी पूज्या स्वर्गीय माताश्रीका अनुसार खन्चुवाहरूका उदाहरण यो दुनियाँमा मनग्गे छन् । उहाँ सबैभन्दा बढी खन्चुवाको उदाहरण दिनुपर्दा अगस्ति नै हो भनेर ठोकुवा गर्दै भन्नुहुन्छ । तर अगस्ति ऋषिले समुद्र सुकाएरै तरल पदार्थ धोक्र्याए पनि ठोस पदार्थ त्यसरी … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : पाथीभरा देवी मुक्कुलुङ

~नवराज सुब्बा~ पाथीभरा नाम लिनासाथ सबैको मन कुम्भकर्ण हिमालको काखमा रहेको अग्लो पहाडमा स्थापित पाथीभरा माताको मन्दिरमा पुग्दछ । ताप्लेजुङ जिल्लास्थित पाथीभरा मन्दिरमा जाने भीडमा आजकल आदिवासी किरात लिम्बू जाति भन्दा नेपालका विभिन्न जिल्ला र भारतबाट हिन्दू तीर्थालुको लर्को बढी … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : उज्यालोतिर

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ पूर्व : सूर्योदय उज्यालोको प्राप्ति । पश्चिम : सूर्यास्त अन्धकारमा पतन । पूर्व हुनु र पश्चिम हुनु बीचको भेद नै यस्तो छ कि प्रत्येक चेतनशील व्यक्ति पूर्वतिर अभिमुख हुन उत्पे्रित भइहाल्छ । जीवनलाई जगतका असल पक्षहरुले सुवासित … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : नारी

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ शक्तिको पूजा अर्चना गर्ने हाम्रो प्रचलन छ । तर शक्ति अर्थात् नारीको जति नै पूजा गरिएतापनि नमिठो कुरा के छभने अहिले हाम्रो समाजमा नारीहरुको स्थिति सन्तोषजनक छैन । यो लुकाउने र छोपछाप पार्ने कुरो होइनकि यहाँ वर्षेनी … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : युग चाहन्छ एक चाणक्य

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ एक विशाल साम्राज्यको संस्थापक सर्वशक्तिमान् व्यक्तित्व भएरपनि ‘पर्णकुटी’को बास र सत्तामोहबाट पूर्णतया मुक्त ! उनको एक इशारामा संसारका सब ऐश-आराम वैभव भौतिक सुख हाजिर हुने भएतापनि ती सबलाई त्याग्न सक्ने उनको जीवनचरित देख्दा आश्चर्य लाग्छकि यस्तापनि थिए … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : कट्टु हराएको देशमा

~डा. मधुसूदन गिरी~ ‘चपला अबलाहरू एक सुरमा/गुनकेशरीको फूल ली शिरमा ।’ उहिले भानुभक्त बाजेले मुक्त कण्ठले आरती उतारेकी आराध्या अलकापुरी, आज आएर या मानको विशेषण महा लगाएकी महानगरी, मेरी प्यारी सपनाकी रानी अमरावतीको रूप र लावण्यको बयान सुनेका दिनदेखि यस … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : जन्मदिवसमा तागामत चिन्तन

~मिङ लिवाङ~ आफ्नो सयौं जन्मदिन मनाएको केही दिनपछिको घटना हो यो । त्रासदी के भयो भने मैले राजनीतिक दाउपेच र नर्क साहित्य अकादमीमा आफ्नो लबी चलाएर अनि रुवाबासी गरेर जान-पहिचानको फाइदा उठाएर बलजफ्ती साहित्यमा किरातेश्वर पुरस्कार हत्याएपछि नर्कमा निकै खैला-बैला … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : चिप्ले

~कृष्ण शर्मा सुमु~ हुन त चिप्लो भन्ने बितिकै हजुरलाई खोलामा लेउ लागेको वा लडेको याद आयो होला। नभा बेसरी सब्जीमा तेल हालेर सब्जी नि बिग्रेको चिप्लो तेलको खाना आहा ..sss आजकल कुरा नगर्नु सब्सिडी नपसे पनि घर घरमा ग्यास नभएको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : नरभूपाल जन्माउने कसरत

~धीरेन्द्र प्रेमर्षि~ संसारमा धेरैथरीका प्रतियोगिताहरू हुन्छन् । संसारको के कुरा, संसारभरकिा अधोगामी प्रतियोगिताहरू त अचेल हाम्रै देशमा पनि छ्यालब्याल हुन थालेका छन् । सुन्दरी प्रतियोगिता भनेर शिशु सुन्दरीदेखि सासू सुन्दरीसम्मका प्रतियोगिता गराउन हामी खप्पिस भइसकेकै छौँ । यी प्रतियोगिताहरूको बजारभाउ … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : आफ्नै मानसिक भुमरीहरूको इतिहास

~राजव~ आख्यानको समानान्तर, नाटकको समानान्तर, निबन्धको समानान्तर, संस्मृतिको समानान्तर म कविता पनि लेखिरहन्छु । कविता मेरो सर्जनमनको उग्र बाध्यता हो । बाध्यताको यो लतबाट छुटाउने अहिलेसम्म मेरा लागि कुनै रिह्याव अर्थात् उपचार केन्द्र बनेको छैन । कविताको यो लतले मलाई कथा, उपन्यास, … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्गय : छिप्पेको प्रेमकथा

~कृष्ण शर्मा सुमु~ अब हेर्नू न, प्रेम कथा त हजुरले ईतिहास देखि वा भगवानको पालामा पनि अवस्य सुनु भयो, कथामा पक्का पनि। फेरि आजकलको झरी च्याउ जस्तो प्रेम कथा पनि नाला,मैदान,खोलातिर,पुल पुलिया,गार्डन् ,आदिमा देख्नु भयो वा कुनै फिल्ममा अवस्य हेर्नू … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : कुसंस्कारप्रति आभार

~धीरेन्द्र प्रेमर्षि~ आज अचानक मलाई मेरो संस्कारप्रति गर्व हुन थालेको छ। हिजोका दिनमा हाल मैले मिल्काइसकेका कतिपय संस्कारहरूमा कु जोड्ने गरेका मेरा शुभचिन्तकहरूको मथिंगलमा कान्छो छोरोलाई अह्राएर सू गराइदिन मन लागेको छ। त्यस्ता थुप्रै संस्कार, जसलाई मैले साथीहरूको लहैलहैमा लागेर … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : महत्वाका‌ंक्षा : विनाशको प्रतीक

~कृष्ण धरावासी~ हाम्रो तिर्खा मेट्नका लागि हैन, नत्र त पानीले घाँटी भिजेपछि तृप्ति भई जाने थियो ; हाम्रो खोजी प्राप्तिका लागि हैन, नत्र त प्राप्तिपछि विराम चिह्न देखिने थियो। त्यसो भए केका लागि त हाम्रो खोजी र तिर्खाहरू ? सायद … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : चोर माथिको पनि चण्डाल

~कृष्ण उफान~ “जो चोर उसको ठुलो स्वर”भन्ने उखान त पक्कै पनि सुनेको हुनु पर्छ । सुन्नु मात्र हो र जिन्दगिमा कयौँ पटक यस उखानको प्रयोग गरेर अर्कोलाई हियाउनु प्रयास पनि गर्नुभयो होला । जो जसले चोररै जिन्दगीको रथ हाकिरहनु भएको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : कोरोनाको पिडा परदेशमा

~दिलिप पौड्याल~ सबैलाई लाग्छ होला बिकशित देशहरुमा खाना र बस्नको लागि खासै समस्या हुदैन होला। यस्तो महामारीको बेला राज्यले सबै व्यवस्था गर्छ होला। दुख पाउने भनेको गरिब मुलुकमा बस्ने जनताहरुले मात्र हो। धनि मुलुकहरुमा तरकारी किन्न जान पर्दैन। दुध किन्न … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : भूतसभाको सन्त्रास

~कृष्ण उफान~ बाल्यकालमा आमा बुबाले,आफन्तजनले आफ्ञ्ना नानीहरूलाई फकाउन, डर देखाउन भूत आयो भूत आयो भन्दै तर्साउने गर्दथे ।रोएर हैरान पारेमा तै चुप लाग्छन् कि भनेर हाउगुजीले खान्छ भनेर तर्साउनु हुन्थ्यो । त्यसको असर जिन्दगीभर पर्दोरहेछ । अहिले पनि भूतको कुरा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : समाजको ऎना

~भरत खत्री~ तपाईंलाई कतिको याद छ, हामी बच्चा हुदा हजुरबुबा, हजुरआमा, बुवा, आमा वा समाजको हरकोहीले केही न केही कुराहरु गर्न बाट हामीहरुलाइ रोक लगाएको हुन्थ्यो । जस्तो कि पानीको मुहान वरपर दिसापिसाब गर्‍यो भने भगवानले कान काट्छ्न , पिपलको … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : कर, कर र करकर

~ब्रजेश~ तपाईं फाइँफुट्टीराजको पुरानो पाठक हुनुहुन्छ भने थाहै होला, उसलाई सधैं रत्नपार्कमा गएर टोपीले मुख छोपेर सुतेपछि मात्र फाइँफुट्टी फुर्छ  । यस पटक भने यहाँहरूलाई चकित पार्नका लागि फाफुराले विनिर्माणको शैलीमा नयाँ तरिका अपनाएको छ । आज उसलाई एउटा चुट्किलाबाट फाफुरा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : परिवर्तनको लहर र मेरो रहर

~चूडामणि खनाल~ म आफू हिन्दूधर्मी भएकाले होला, सधैं बिहान सबेरै उठेर देवीदेवताहरूको स्तुतिगान गर्छु । गानाबजाना सहित बुद्धवन्दना गरेपछिमात्र आफ्ना अन्य कामधन्दामा लाग्छु । मेरो राष्ट्र धर्मको हिसाबले हिन्दूधर्मी भएको वेलामा पनि मलाई बुद्धवन्दना गर्न कसैले रोकेको थिएन । आज … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : उखेल्नुपर्ने उखानहरु

~नगेन्द्र शर्मा~ नेपाली संसारलाई एउटा विराट् अनि उदार परिवार बनाउनलाई जति पनि हाम्रो साहित्यिक भाषाको भण्डारमा अमूल्य रत्नहरु छन्, मणि र ढुङ्गाका टुक्राहरु छन्, तिनको उपयुक्त छानबिन गर्ने बेला आएको छ । राष्ट्रिय र जातीय एकीकरण प्रत्येक समाजको उद्देश्य हुनुपर्छ … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

हास्यव्यङ्ग्य निबन्ध : उसिन्नु पर्ने अण्डा किन पकाइस् ?

~कृष्ण उफान~ “जुन खोलाको दुवाली उही खोलाको चपरी” ठाउँ अनुसारको रहनसहन हुन्छ । मान्छे अनुसारको बानी व्यहोरा हुन्छ । हरेक मावनमा केही न केही भिन्नता हुन्छ । यो दुनियामा भएका मानवका मानवीय स्वभाव नै यही हो । सबै एकै स्वभावका … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : बाध्यतावाद

~विक्रम सुब्बा~ मैले पनि एउटा साहित्यिक आन्दोलन प्रतिपादन गर्नु पर्‍यो भन्ने सोचेँ । सोचेपछि निस्किँदो रहेछ । सिद्धान्त निकालेर नाम राखेँ “बाध्यतावाद” । अब त्यसलाई सैद्धान्तिकीकरण गर्न थालेँ । जसरी पिएचडी गर्नेले पहिले दिमागमा पिएचडी गर्छ र त्यसपछि प्रोफेसरले दिएको … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : अमूर्त दुःख

~गोपाल विरही~ ‘मृत्युपछिको अभिव्यञ्जन’मा बालकृष्ण समले आफू मरेपछिको परिस्थिति चित्रण गरेका छन् । मरेपछिको शून्यको अवस्थामा समलाई केही दुःखेको छैन, केही बिझेको छैन । बौद्ध शून्यमा उनका दुःखहरू बिसाइएका छन् । भौतिक नभएर मरेका सम अभौतिक वा चेतन-शून्य स्थितिमा छन् … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : मुखरनहरू वाणीका

~तेजेश्वरबाबु ग्वंगः~ नभनी सुखै हुन्न । भन्नैपर्ने हुन्छ । मान्छे के हो ? प्रश्न पसारिन्छ । भन्न मन लागिदिन्छ । भनिहाल्छु । मान्छे, आखिर कौतूहल त रैछ । कौतूहल एक प्रवल इच्छा । प्रवल इच्छा-उत्सुकता । उत्सुकता-उत्कण्ठा । उत्कण्ठा कुनै … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : अत्याधुनिक घैँटो महात्म्य

~नरनाथ लुइटेल~    म सानैदेखि खेलकुद र उफ्रीपाफ्रीमा त्यति जाँगर नचल्ने स्वभावको मान्छे । स्कुलको फुच्चे छात्र हुँदा टिफिनको समयमा प्राय सबै मेरा दौँतरी उफ्रिपाफ्रीतिर निस्कन्थे । म भने कक्षाकोठामै कुचुक्क परेर बसिरहेको हुन्थेँ । एक पटक मलाई कृष्ण न्यौपाने सरले … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : उज्यालोको तृष्णा

~जीवनाथ धमला~ आमशिशुझैँ मैले पनि जन्मेकै दिन प्रकृतिप्रदत्त उज्यालोसँग साक्षात्कार गरेको हुनुपर्छ । तर, चेतनाले आकार ग्रहण गरी नसकुन्जेल मलाई त्यसको अर्थ थिएन । नवजातशिशुले आमासँगको अविच्छिन्न साक्षात्कारका साथै अटुट मातृत्वको पोषण प्राप्त गर्ने क्रमसँगै आफूमा चैतन्यको वीजारोपण पनि गर्दै … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : नेपाल सुन्दर शान्त विशाल

~श्रीधर खनाल~ विश्वमा सबभन्दा कुरूप र सबभन्दा गरिब मानिस पाइने औधी राम्रो र अचाक्ली धनी एक मात्र देश नेपाल हो । यसमा आफ्नो बाउ साछी राखेर सही गर्न तपाईंलाई कर लाग्छ । यहाँको तराईका समथर, पहाडी भेकका उपत्याका, तरेली परेका … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : धर्तिमाताको काख

~दीपक कुमार ज्ञवाली~ अरुको नकारात्मक कामले जब अन्तर्आत्मामा चसक्क घोच्छ अनि मलाईलाग्छ मेरो मातृभूमिलाई कहिं न कहीं पिडा (बोध) भएको छ । सुरम्य मातृभूमिको काख , भावना स्व– ब्यक्त गर्ने सामथ्र्यहीनतामा हामी कति निष्ठुरी, मातृभूमिको सुरम्य काखमा लडिबडि गर्दा पनि … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

हास्यव्यङ्ग्य निबन्ध : भुडी परीक्षण अभियान

~कृष्ण उफान~ तपाईको भुडी कस्तो आकार प्रकारको छ ? कहिल्यै अवलोकन गर्नुभएको छ ? मूल्याङ्कन गर्नुभएको छ ? भुडीको बारेमा कहिल्यै एकान्तमा बसेर घोत्लिनु भएको छ ? यदि छ भने तपाईलाई मुरी मुरी धन्यवाद । कमसेकम जीवनमा अरू केही गर्न … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : खुट्टाभरिका हिँडाइ र हिँडाइभरिका खुट्टाहरू

~तेजेश्वरबाबु ग्वंगः~ कहिले खुट्टाले हिँडाउँछ । कहिले खुट्टालाई हिँडाउँछु । जहिले खुट्टाले हिँडाउँछ, खुट्टामा लीन भइदिन्छु । जहिले खुट्टालाई हिँडाउँछु खुट्टा लीन हुन आउँछ । कुनै बेला खुट्टाको हुन्छु । कुनैबेला खुट्टा भइदिन्छ मेरो । रूपान्तरणको लीला अपरम्पार छ । … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment