Tag Archives: राजव – Rajab

कथा : क्रूर मौन

~राजव~ अब उसको दृष्टिको भविष्य राता पुलिसको हातमा छ  । यो वाक्य ‘ऊ कुन चीज हो ?’ शीर्षकको मेरो कथाको अन्तिम वाक्य थियो । राजधानीको एक प्रतिष्ठित त्रैमासिकमा निकै पहिले यो कथा छापिएको थियो । प्रतिक्रियामा पाठकहरूले प्रयोग गरेको शब्दमा भन्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कवि

~राजव~ यी जो चाप्लुस छैनन् यी सब कवि हुन् यी धर्तीको हावा, पानी, वन, ताल, तलैया, प्रकाश, प्राण, पखेरु, तरुवर र जीवनको कुरा लेख्छन् यी सब कवि हुन्

Posted in कविता | Tagged | Leave a comment

कविता : जनता

~राजव~ यी जनता हुन् यी जनता हुन् यी जनता हुन् जनता हुन् यीसँग पर्याप्त दुःख छ यी जनता हुन् यी जनता हुन् यिनको घरभित्र छिर्नुस्

Posted in कविता | Tagged | Leave a comment

कविता : मौन शोषकको कला हो

~राजव~ मिलियन डलर, बिलियन डलर, ट्रिलियन डलरबीच सिर्फ बीस डलरले निर्धन जर्ज फ्लोयडको ज्यान धर्तीबाट खोस्यो म आफ्नो आक्रोश पोख्न कला पर्खिरहन्न चिच्याउँछु ब्ल्याक्स लाइफ म्याटर

Posted in कविता | Tagged | Leave a comment

कथा : मुर्दाहरू जागौं

~राजव~ ह्वाइट हाउसको मध्यरात्रीको जुलुसमा आजबाट म पनि भाग लिँदै छु । मेरो खुसी बतासमा छचल्किँदै छ  । एक महिनासम्म म अस्पतालमा थुनिएको थिएँ । आजबाट मुक्त भएँ । मेरो अपराध थियो बारमा पस्नु ।बारमा म पेस्तोल लिएर पसेको थिइन । न त्यहाँ कसैलाई  मुक्का नै मारेको थिएँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : आफ्नै मानसिक भुमरीहरूको इतिहास

~राजव~ आख्यानको समानान्तर, नाटकको समानान्तर, निबन्धको समानान्तर, संस्मृतिको समानान्तर म कविता पनि लेखिरहन्छु । कविता मेरो सर्जनमनको उग्र बाध्यता हो । बाध्यताको यो लतबाट छुटाउने अहिलेसम्म मेरा लागि कुनै रिह्याव अर्थात् उपचार केन्द्र बनेको छैन । कविताको यो लतले मलाई कथा, उपन्यास, … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : मासग्रेभ

~राजव~ हामी एकसाथ सत्र जना मरेका थियौं । सत्रै जना आइसियुमा थियौं । सबैको नाक, मुख, घाँटीमा भेन्टिलेटरबाट निस्किएको स्वास नली र पाइपहरू जोडिएको थियो । दस दिन हामी आइसियुमा संघर्षरत रहृयौं । र, हिजो एघारौं दिनमा हाम्रो संघर्ष सफल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Translated Poem : A Life Threatening Cold

~Rajab~ Translation : Manjushree Thapa Important persons in the office have come down with colds. This is why these important persons are not performing any work now. The important persons

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : एआई दासत्वमा बुद्धिहरू

~राजव~ कुनै घरमा एलेक्सा नामकी सानो गोल चक्कर पसी र पटापट धेरैलाई विस्थापित गरी समाचारको लागि अब अखबार किन्नु परेन, टिभी, रेडियो कुर्नु परेन लिभिङ्ग रुमको कुनामा वाइफाइसँग सम्बन्धन गरेर राखेको एलेक्सालाई अह्रायो एलेक्सा आजको ताजा समाचार भन,

Posted in कविता | Tagged | Leave a comment

कथा : त्यसपछि उसले काफ्कालाई भन्यो 

~राजव~ कतैबाट उसलाई फ्र्यान्ज काफ्काले हेरिरहेको रहेछ । ऊ भिसा काउन्टरको क्लर्कको कुरो सुन्दै थियो । अमेरिकी भिसाको लागि यो उसको सातौँ प्रयास थियो । काउन्सलरको क्लर्कले उसलाई पहिले जे सुनाएको हो त्यही सुनाइरहेको थियो, ‘तपाईं अमेरिका जानुपर्ने कुनै कारण देखिएन, सरी ।’ ‘घुम्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कोरोनाका छाप

~राजव~ डेभिडको छाया आफ्नो घरको लनअगाडि ठिंग उभिएको छ । कुनै बतासले उसलाई यहाँ भर्खर ल्याएर छाडेको थियो । मध्याह्न सुरु हुने वेला छ । हिमआँधी र कठ्यांग्रिने दिनका डिप्रेसिभ चिसो महिनाहरू बितिसकेका छन् । ढल्दो मे महिनाको दिन हो । मन रमाउने दिनहरू सुरु भएका छन् । आकाशको रंगमा कुनै दखल छैन । धर्तीमा घामले पूरै विस्तार पाएको छ । म्यापल, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता सङ्ग्रह : गणतन्त्रको खेती: आन्दोलन कविता २०६३

जनआन्दोलन २०६२-२०६३ मा सहादत प्राप्त गर्नु भएका सबै ज्ञात-अज्ञात सहीदहरूमा ससम्मान समर्पण गणतन्त्रको खेती: आन्दोलन कविता २०६३ – भाग – १ संयोजक नेपालीकविता डट कमको लागि विक्रम सुब्बा

Posted in कविता सङ्ग्रह | Tagged , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , | Leave a comment

कविता : देशको सबभन्दा ठूलो ठग को हो ?

~राजव~ जनतालाई थाहा छैन सामान्यज्ञानमा उल्लेख छैन म प्रश्न सोध्दै जवाफ माग्दै हिँडिरहेछु

Posted in कविता | Tagged | Leave a comment

कविता : ताली

~राजव~ तालीले बनाउँछ तानाशाह बन्द गर बन्द गर बन्द गर ताली तालीहरूले धेरै तानशाह जन्माएका छन्

Posted in कविता | Tagged | Leave a comment

कथा : पिक्कर

~राजव~ क्रेज लिस्टबारे तपाईंलाई थाहै होला । हो, यो काम मैले त्यसैको वेब पेज विचरण गर्दा भेटेको हुँ । त्यसमा विज्ञापित व्यहोरा हेरेपछि मैले आफू यो कामको लागि इच्छुक भएको व्यहोरा उसको इमेल बक्समा ड्रप गरेको थिएँ । त्यसको ३६ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जीवनी

~राजव~ म पिंढीमा बसेर क ख ग पढ्दै अक्षरहरुको बनोट सिक्दै हुन्थें बा गाउँलेका फााट, फाँटटका खेतहरुमा कोदाली खन्दै हिँड्थें किताबहरुले भरिएको झोला बोकेर म स्कुल हिाड्थें बा कााधमा कोदाली भिरेर

Posted in कविता | Tagged | Leave a comment

कथा : शाल्मलीजस्तै

~राजव~ अघिल्लो बिहान ऊसँग फोनमा कुरा भएको थियो । उसले सोधेको थियो’भोलि के छ ‘ ‘केही छैन किन ‘ ‘तँलाई फुस्रद छ कि भनेर…’ ‘छ किन? ‘ ‘काम छ…’ ‘के काम ‘

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डिजिटल चमकभित्र

~राजव~ चन्द्रादेवीलाई अमेरिका रमाइलो र आनन्दको लाग्न थालिसकेको छ । सात वर्षगाडि कसैको कृपाले उनी एक महिनामात्र बसेर घुम्ने गरी अमेरिका आएकी थिइन् तर अहिले सात वर्षबितिसक्दा पनि चन्द्रादेवीलाई नेपाल फर्कौँजस्तो भएको छैन । चन्द्रादेवी साधारण मध्यमवर्गीय परिवारकी घरेलु नेपाली … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : कविसँग

~राजव~ कविसँग क्रुरताको बारेमा धेरै कुरा कविलाई थाहा छ कविसँग अरू सौन्दर्य छैन यातना, पीडा, दुत्कार, त्रासका भयानक रूपहरू कविले भोगेको छ

Posted in कविता | Tagged | Leave a comment

कथा : सी यू टीकाको दिन

~राजव~ चाल्र्सटाउन हेल्थ केयर सेन्टरको डेस्कमा लगभग चालीस पार देखिने खैरेनी काम गर्दै थिई । निकै मोटी ऊ कुर्सीमा पूरै कोच्चिएकी थिई । म डेस्कमा उभिन आएको देखेपछि उसले आफ्ना नीला आँखा मतिर उचाल्दै सोधेकी थिई, “मे आई हेल्प यू … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : क्रूरको सौन्दर्यप्रेम

~राजव~ बाज पनि मुग्ध छ यो बिहान आफ्ना नङ्ग्राहरू हाँगोमा गाडेर मोहित महसुस गर्दै छ आफ्ना पखेटाका काप–

Posted in कविता | Tagged | Leave a comment

छोक : कवि

~राजव~ म तिमीलाई कलाका लागि हैन इमानका लागि पढ्छु कवि कलाका लागि पढ्नेहरू अरू नै पढुँन् म तिमीलाई पढ्छु कवि कलाका लागि पढ्न बजारमा थुप्रै आत्मलीन नामहरू छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यस उप्रान्त

~राजव~ सब दुःखहरूको निवारण हुनेछ क्रान्तिले सुख ल्याउनेछ सबलाई आश थियो, त्यस्तै हुनेछ । त्यसउपरान्त ठालू कोही हुनेछैन हरेकको हक बराबर हुनेछ त्यसउपरान्त सुखी हुनेछन् नेपाली ।

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : घर एउटा कविता

~राजव~ तिनताक म राष्ट्रिय वाणिज्य बैंकको बुढानीलकण्ठ शाखामा प्रबन्धक थिएँ । शुक्रबार आधा दिनमात्र चल्ने भएकाले म बैंकको दैनिक कारोबार बन्द गर्ने तरखरमा भएकै बेला ईश्वरबल्लभ दाइको फोन आयो । उहाँले घरमा आउने निम्तो गर्नुभयो, त्यही दिन । किन डाकेको … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : ऊ कुन् चीज हो

~राजव~ हरि सिंह कार्की चालीस वर्षअगाडि जङ्गल फाँडेर बसालेको तराइसँग जोडिएको वस्तीको मानिस हो । अठ्र्ठाईस वर्षअगाडि ऊ यहाँ जन्मिएको थियो । ऊ यहाँ जन्मिँदा उसका बाउआमा भर्खर पहाडबाट यहाँ बर्साईंसरेका थिए । त्यस बेला उसका बाउआमासँग यहाँ तीन बिगहा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुट्टामार

~राजव~ सुट्टामार बारे मलाई पटेलले सुनाएको हो। मेरो जानकारीमा त ऊ टम कार्सन थियो। उसले आफ्नो नाम यै भनेको थियो। साँवलो रंगको उसलाई देखेको साँझ्देखि नै म ऊसँग नजिकिन उत्सुक थिएँ। त्यो साँझ् पनि ऊ मेक्लिन पार्कको झाडीपट्टिको त्यै बेञ्चमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कार्लो रोसी

~राजव~ कार्लो रोसीलाई मैले अमेरिका आएपछि मात्र चिनेको हुँ। र, ऊ अमेरिका आएपछि नै ‘कार्लो रोसी’ भएको रहेछ। ऊ र म अमेरिका लगभग एकै समयमा आएका रहेछौँ। कार्लो रोसी हुनुपूर्व ऊ ‘काशीनाथ जोशी’ थियो रे। मैले उसलाई कार्लो रोसी भएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

स्रष्टा परिचय : “ग्याङ अफ फोर”का राजव

~श्यामल~ जहाँ सरुवा भएर गयो, त्यहीँको समाजमा हराउँछ र लेख्छ। खजुरा बस्यो र लेख्यो ‘जहाँ पिँजडा पनि कैद छ’। अमेरिका गयो र लेख्यो दर्जनौँ कथा र केही उपन्यास, केही कविता। जहाँ गए पनि र जस्तोसुकै समाजमा भए पनि तिनीहरूभित्र पसेर … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

कविता : जसरी चिच्याइरहेछन् म्यानमारका भिक्षुहरू

~राजव~ हिटलरसग मिल्ने मार्कोससग मिल्ने चाउचेस्कुसग मिल्ने कस्तो राष्ट्रपतिको अनुहार देखिने हो शासनमा देखियो भने के गर्ने – सम्पर्ूण्ा भूगोल थर्किने गरी चिच्याउने स्वतन्त्रता … स्वतन्त्रता … स्वतन्त्रता कही त्यो

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : यो शताब्दीमा बाँचिरहेको क्रूर

~राजव~ आज ई.सं.२००२ डिसेम्बर १ का दिन ने.फ्रा. कम्प्युटर सफ्टवेयर कम्पनीको बोर्डको बैठक चलिरहेछ। बैठक कोठामा पियन प्रवेश गर्छ। अध्यक्षलाई कागजको एउटा चिट दिन्छ। अध्यक्ष उक्त कागजको चिटमा लेखिएको कुरो पढेर एकाएक आश्चर्यमा पर्छ। त्यो चिट बोर्डका आठै सदस्य पढ्छन् … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : डायस्पोरिक उपन्यास “मोटेल अमेरिका”

~शार्दूल भट्टराई~ हिजोआज स्वेच्छिक आप्रवासीको जीवनमा आधारित लेखनलाई पनि डायस्पोरिक मानिन्छ । भी.एस. नयपालका अनुसार, सङ्क्रमणकालीन द्वैध मनोविज्ञानको आग्रहसहित तनाव र अभिघातका पात्रहरूका आधारमा डायस्पोरा साहित्य सिर्जना हुन्छ । आप्रवासीको जीवन सङ्घर्ष, विरानोपना, आत्मपहिचान, पीडाप्रद अनुभूति, मानसिक अवस्था आदि कुराहरू डायस्पोरा लेखनका … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

छोक : खोज

~राजव~ खोजेको प्रेम हो चाहे त्यो ईश्वरबाट पाइयोस् वा आमाको आत्माबाट वा बाको आँखाबाट चाहेको प्रेम हो ईश्वरबाट पाइयोस्

Posted in कविता | Tagged | Leave a comment