Tag Archives: Shardul Bhattarai

कथा : महादेवको पोस्टर

~शार्दूल भट्टराई~ यस्तो ठाउँमा त्यस्तो पोस्टर किन टाँसेको होला ? त्यो पोस्टर देखेदेखि नै मेरो दिमागले त्यसको कारण खोजिरहेको थियो । म त्यो पोस्टर टाँस्नुको कारणबारे जान्नका लागि उत्सुकतापूर्वक लागिरहेको थिएँ । अरूले भने मेरो उत्सुकतालाई बेकारको प्रयत्न ठानिरहेका थिए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जनैको डर

~शार्दूल भट्टराई~ पुस महिनाको जाडो। घाम झुल्किसके पनि त्यसको तापले सुदूरपश्चिमको यस पहाडी बजारलाई छुन सकेको थिएन। जाडो समयमा कुनै कुनै दिन काठमाडौँलाई हुस्सुले छोपेजस्तै डडेलधुरा सदरमुकामको यो बजार पनि छोपिएको थियो। त्यति साह्रो अँध्यारो भने थिएन। अलिकति वरपर स्पष्टैसँग … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : स्मृतिमा दुई परिदृश्य

~शार्दूल भट्टराई~ भण्डार ! रामेछापको एउटा गाउँ । जिरीनाम्चे पैदल यात्राका क्रममा भेटिने विभिन्न रमणीय ठाउँहरूमध्ये एक । पहाडको काखमा भिरालो परेको फराकिलो चउर । चउर छेउछाउमा ससाना घरहरू । लक्ष्य त हाम्रो पहाडको टुप्पोमा रहेको देउराली पुग्ने थियो । … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : विभ्रमको विहानी

~शार्दूल भट्टराई~ एकाबिहानै चाबहिल चोकमा रमेश विकल उभिइरहनु भएको थियो। अलि ढिलै आउनु हुन्थ्यो, आज यति चाँडै किन आउनु भएछ भन्ने लाग्यो। म सरासर पत्रिका पसलमा गएँ। समाचारहरूबारे सामान्य जानकारी लिने उद्देश्यले कुनै एउटा पत्रिकातिर हात लम्काउँदै थिएँ, पत्रिका टिप्न … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

पुस्तक समीक्षा : नियात्रामा नयाँ रङ

~शार्दूल भट्टराई~ युरोप सुन्दर छ। त्यहाँको कुरुपतालाई त्यहीँको सौन्दर्यले लुकाएको छ। युरोप सम्पन्न छ। त्यहाँको विपन्नतालाई त्यहीँको सम्पन्नताले किचेको छ। युरोप समृद्ध छ। त्यहाँका अभावहरुलाई त्यहीँको समृद्धिले थिचेको छ। युरोप शान्त छ। त्यहाँको अराजकता र अशान्तिलाई त्यहीँको कडा सुरक्षा र … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : बहसमा उत्तरसिद्धान्त

~शार्दूल भट्टराई~ अपरम्परित चिन्तनका गुरु र अस्तित्ववादका अग्रदूत मानिने नित्से सनातन सङ्घर्षका कारण नारी र पुरुष कहिल्यै समान हुन नसक्ने ठोकुवा गर्छन् । उनले नैतिकता कर्ममा होइन मनोविज्ञानमा आधारित मानेका छन् । ईश्वरको मृत्युको घोषणा गर्ने यिनको अतिमानववाद नाजीवादको प्रेरक … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : घनचक्करमा एकचक्कर

~शार्दूल भट्टराई~ कुनै घटना वा परिस्थितिले मान्छे पागल हुनसक्छ। तर एउटा सद्दे मान्छेलाई पागल घोषित गरियो भने त्यो मान्छेको मनोदशा कस्तो होला? पागल बनेका भन्दा जबर्जस्ती पागल बनाइएका व्यक्तिको मनोदशा बढी पीडादायी हुन्छ। ‘घनचक्कर’ देशको राजनीतिक द्वन्द्व र विसङ्गतिबाट प्रभावित … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : डायस्पोरिक उपन्यास “मोटेल अमेरिका”

~शार्दूल भट्टराई~ हिजोआज स्वेच्छिक आप्रवासीको जीवनमा आधारित लेखनलाई पनि डायस्पोरिक मानिन्छ । भी.एस. नयपालका अनुसार, सङ्क्रमणकालीन द्वैध मनोविज्ञानको आग्रहसहित तनाव र अभिघातका पात्रहरूका आधारमा डायस्पोरा साहित्य सिर्जना हुन्छ । आप्रवासीको जीवन सङ्घर्ष, विरानोपना, आत्मपहिचान, पीडाप्रद अनुभूति, मानसिक अवस्था आदि कुराहरू डायस्पोरा लेखनका … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

संस्मरण : बिर्सेको कुरा

~शार्दूल भट्टराई~ म बिहानै उहाँको घरमा पुगेँ। तर, उहाँ कतै निस्किसक्नु भएको रहेछ। सार्वजनिक बिदाको दिन थियो। दिउँसो कुनै समय आउनु पर्ला भन्ठान्दै फर्किएँ। दिउँसो फेरि पुगेँ। उहाँ आउनु त भएछ तर खाना खाएर फेरि निस्किसक्नु भएछ। कता जानु भएको … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

स्रष्टा जीवनी : कालजयी आख्यानकार रमेश विकल

~शार्दूल भट्टराई~ एउटा गौरवशाली नाम हो–रमेश विकल। यो नाम अत्यन्तै सम्माननीय,गरिमामय र लोकप्रिय रहेको छ नेपाली आख्यान साहित्यमा। साहित्यमा बहुविधाका सफल सर्जक हुनुहुन्छ– रमेश विकल। छ दशकभन्दा लामो सिर्जना यात्रामा उहाँ कथा,उपन्यास, नाटक,निबन्ध,यात्रा साहित्य ,बाल साहित्य तथा चित्रकलामा समेत सफलतासाथ … Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

संस्मरण : आँखाको भाषा

~शार्दूल भट्टराई~ हाम्रा लागि त्यो घर अपरिचित थिएन । हामी त्यो घरमा जान थालेको धेरै भइसकेको थियो । त्यो घरको चहलपहल बाहिरबाटै देखिन्थ्यो । त्यो घर–परिवारमा सबैको सक्रियता र व्यस्ततालाई घरभित्र र बाहिरको चहलपहलले पनि बताउँथ्यो । तर, त्यस दिन … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

पुस्तक समीक्षा : एक कविका अनेक कथा

~शार्दूल भट्टराई~ कणाद महर्षि मूलत: कवि हुन् । तर, उनको लेखन विधा कविता मात्र होइन । उनी राम्रा कथाकार पनि हुन् । कविता सँगसँगै उनले कथाहरू पनि लेखेका छन् । तापनि उनको चर्चा भने कविकै रूपमा मात्र हुने गरेको छ … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लेख : रिमाल, भूपी र विमल निभा

~शार्दूल भट्टराई~ कवि र कविता ! यी दुई विशिष्ट अर्थमा आफैँमा पर्याय हुन् । कवि भए कविता हुन्छ , कविता भए कवि हुन्छ । तर पनि कविताको नाममा सबै कवि र कविता पर्याय बन्न सक्दैनन् । कवि राम्रो नभई कविता … Continue reading →

Posted in लेख | Tagged | Leave a comment