Category Archives: बाल साहित्य

बाल साहित्य / Children’s Literary Work

बाल कथा : न्याहुल आज पनि रोई हिड्छ

~ध्रुव थापा~ एउटा जंगलको विचमा ठूलो पोखरी थियो, त्यहा हजारौ प्रजातिका चरा चुरुड्डी र वन्य जनावरहरु मिलेर बस्थे । त्यसै हुलमा एउटा न्याहुल र सु“गा पनि थियो । ’emको एक अर्कामा प्रगाढ प्रेम थियो । न्याहुल सधैं गाउने र सु“गा … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : राम्रो बानी बसाल्नु

~अलका मल्ल~ सुत नानी सुत अबेर भो अंधेरी झ्याप्पै छाई सक्यो । टि.भी. धेरै हेर्न हुन्न समयको पालना हुन्न । भोली सबेर उठेर गृहकार्य गर्नु छ ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : किताब

~कृष्ण बाउसे~ ज्ञानी भई पढ्नेको झोलाभित्र पस्दछु अनपढलाई चिन्दिन बरु निदाई बस्दछु। थरीथरी अक्षर पानाभरि कुँद्दछु धेरै पाना मिलेर चाङ भई सुत्दछु। हिउँ धेरै थुप्रेर बन्छ हिम–आलय मेरा आफ्नै घर हुन् सबै पुस्तकालय। हाम्रा भेट्ने चौतरी किताबका पसल तिमीलाई भेटेर … Continue reading →

Posted in बाल कविता | Tagged | 1 Comment

बाल कविता : पानी

~कृष्ण बाउसे~ मूल भै फुट्छु तलतिर कुद्छु सिमसारमाथि उँघीउँघी सुत्छु। दहमा बस्छु नदी भै बग्छु

Posted in बाल कविता | Tagged | Leave a comment

बाल गीत : कोरोना कहर

~बिमला ढुंगाना~ कोरोना कहर गाउँ र शहर छायो है छायो है न देख्छ आँखा न घुम्छ पाखा के रोग आयो है लौन …..के रोग आयो है लागेमा एकलाई परिवार घरका भ्याउँछ जहानै श्वासमा सार्यो शरीरलाई गार्यो बृद्ध वा जवान नै

Posted in बाल गीत | Tagged | Leave a comment

बाल कथा : डोल्माको साहस

~नेत्र तामाङ~ नागबेली घुम्तीमा मोटरसाइकलले एकजना बटुवालाई ठोक्यो । ‘ऐया’ भन्दै बटुवा ढल्यो । उसले बोकेको दाउराको भारी उछिट्टिएर बाटोको छेउको भीरमा गुल्टियो । डोल्मा बुवासँग मोटर साइकलमा घर फर्कँदै थिइन् । उनी आठ कक्षा पास भएर नौमा पुगेकी थिगइन् … Continue reading →

Posted in बाल कथा | Tagged | 1 Comment

बाल कथा : निलिमाको नयाँ स्कुल

~माधव सयपत्री~ निलिमाको बाबा सहरमा जागिर खानुहुन्थ्यो । गाउँमा ६ कक्षा पास गरेपछि लिमालाई बाबाले सहर लैजानुभयो । आमा पनि सँगै जानुभयो । बाबाले सहरको सुविधासम्पन्न स्कुलमा निलिमालाई कक्षा ७ मा भर्ना गरिदिनुभयो । नयाँ स्कुलमा पिङ थियो । स्विमिङ्ग … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बालकथा : बिचरो कौवा

~हरिप्रसाद भण्डारी~ जङ्गलको बीचमा एउटा रूख थियो । रूखको हाँगामा कौवाको गुँड थियो । गुँडमा रहेका चल्लाहरू उड्ने तयारी गर्दै थिए । एउटा चल्लो गुँडबाट बाहिर निस्केर हाँगामा बसेको थियो । त्यस्तैमा नजिकै अर्को हाँगामा एउटी काली चरी आएर बसी … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : जुरेलीको गुंड

~भोला दुलाल~ “बा!बा! त्यो पैयुको हागा नकाट्नु है, तेसमा जुरेलीको गुंड छ। अस्तिमात्रै बच्चालाई चारो खुवाइरहेको मैले देखेको थिएँ। ” मैया बालाई सम्झाउदै थिइ। बा भने आफ्नो सुर छोड्नेमा हुनुहुदैनथ्यो। खुर्पा ढुङ्गामा घोट्दै आज यि पैयुका हागा नछिमोली भएन भनेर … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : आज्ञाकारी बालक

~मैथिल सुमन~ आज्ञाकारी बालक म असल मेरो बानी पढि-लेखी ठूलो भई बन्नेछु म त ज्ञानी अनेक छन् प्रतिभा म भित्र भन्छन सबले सिर्जनाको खानी चाहना छ मेरो पनि

Posted in बाल कविता | Tagged | Leave a comment

Story : A Boy’s Mission to the Death Valley

~Divyash Poudyal~ ‘ It is a very hot and barren place, I read in a book’ Dryash said. The people of that area used to call this place ‘Death Valley’; the place where nothing lives. In a small town not … Continue reading →

Posted in Story, बाल कथा | Tagged | Leave a comment

बाल कथा : सिङजस्तै गुलेली

~नेत्र तामाङ~ उसलाई सबै माइते भनी बोलाउँछन् । सानैदेखि मामाघरमा बस्थे । मामाघरको हजुरबाआमाले निकै माया गरी राखिदिएको नाम रे–माइते । उ मामाघरमै जन्म्यो, यही हुक्र्यो । आजभोलि उ स्कुल जान सक्ने भएका छन् । अझ उ त ठुलो मान्छे … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : गुन्ने र पुन्ने

~नेत्र तामाङ~ पुन्ने र गुन्ने निकै हिड्यो । ‘निकै थकिंसके, ‘अब हामी कता जाने हो ?’ पुन्नेले गुन्नेलाई सोध्यो । गुन्ने रोकियो र पुन्ने तिर फर्कियो । ‘हामी काठमाडौं जादैछौ, रमाईलो सहर, हाम्रो देशको राजधानी, काठमाडौंबारे धेरै कथा सुनेकै हो, … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

अनूदित बालकथा : फूलकुमारी

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास एउटी असाध्य जाती बूढी थिई । उसका छोराछोरी कोही थिएनन् र यही कुरामा ऊ सँधै पिरिइरहन्थी । तर एक दिन एउटी जादुगर्नी उसका अघिल्तिर टुप्लुक्क देखा परी र उसले कोदोजत्रो एक गेडा अन्न उसको हातमा … Continue reading →

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

अनूदित बालकथा : प्याउली फूल

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास लौ, अब कथा सुन्नुहोस् । सडकछेउको एउटा गाउँमा गर्मीका लागि भनेर बनाइएको एउटा घर थियो, तपाईले त्यस घरलाई देख्नुभएको होला । त्यसका अगाडिपट्ट सेतो काठेबार लगाएको सानो फूलबारी थियो र चउरमा सेता पहेँला ससाना प्याउली … Continue reading →

Posted in अनूदित कथा, बाल कथा | Tagged , | 1 Comment

अनूदित बालकथा : पाँच गेडा केराउको कथा

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास उहिले-उहिलेको कथा हो यो । कथाचाहिँ कोसाभित्रका पाँच गेडा केराउको हो । वास्तवमा ती केराउ बडो अनुशासनका साथ मिलेर रहेका थिए, पल्टनका जवानहरूजस्तै लाइन मिलेर आ-आफ्ना ठाउँमा डेग नचली खडा रहेका थिए । कोसो हरियो … Continue reading →

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

बाल कथा : फिरफिरेको बिहे

~नेत्र तामाङ~ आजभोलि फिरफिरे निकै खुसी देखिन्छन् । जाडो सकिनै लागेकोले हो कि, उसलाई उड्नउड्न मन लागिरहेको छ । फुर्रफर्र गरिरहेकैले उनको नाम फिरफिरे राखेको रे । खुसीको अर्को कारण पनि छ । केही दिनपछि उनको विहे हुदैछ । उनलाई … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : यकरको याकगाउँ

~नेत्र तामाङ~ जीउभरि साबुन लगाएर माडिसकेपछि यकरले जगबाट पानी उध्याउने खोजे । तर बाल्टी भेटिएन । आँखामो पिरो लागिसकेको थियो । हातले चारैतिर खोज्दा पनि बाल्टी भेटिएन । यसो हेरेको, बाल्टी ‘प्यान’ नजिकै घोप्टो परेको थियो । ‘चर्पीको ढोका चुकुल … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : विद्यालयमा पाहा पालन

~नेत्र तामाङ~ छिरिङ र ङिमा जुम्ल्याहा हुन् । दुबै गाउँकै विद्यालयको कक्षा ६ मा पढ्दैछन् । उनीहरु सँगै हिड्छन् । ङिमा अलि चकचके र सकसके छ । छिरिङ चलाख र धेरैको प्रिय छ । एकदिन दुबै गैरी पोखरीमा पौडी खेल्दै … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : दुबै हातमा लड्डु

~विनय कसजू~ चकचके मुसा र्सप नचाउने मानिसको घरभित्र पस्यो । त्यहाँ उसले बाँसका धेरै टोकरी देख्यो । सबै टोकरीमा बिर्को लागेको थियो । टोकरीभित्र के खाने कुरा छ भनी जान्न चकचके उत्सुक भयो । उसले एउटा टोकरीको विर्कोमा प्वाल पार्‍यो … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : सर्प र न्याउरीको खेल

~नेत्र तामाङ~ त्यति बेला सर्प र न्याउरीको सम्बन्ध निकै राम्रो थियो । जंगलमा ती दुईको मेल भएपछि कसैको केही जोर चल्दैन थियो । अरू त अरू जंगलका राजा सिंहसमेत उनीहरूको मेल देखेर डाह गथ्र्यो । सर्प र न्याउरीको मेलले मानिसलाई … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : कपिलका कपडा

~नेत्र तामाङ~ एउटा दशैं सम्झना छ कपिललाई । त्यतिबेला उसलाई निकै असजिलो लागेको थियो । कारण थियो बुवाले सहरबाट पठाइदिनुभएको कपडा । कपडा ओछ्याउने तन्ना जस्तै लाग्यो उसलाई । जुत्ता र टोपी मात्रै लाइहाल्न मिल्ने । यसअघि पठाउनु भएका कपडाहरु … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : सुनमाया

~भोला दुलाल~ डोल्मा र सुनमाया असाध्यै मिल्ने साथी थिए। ऊनीहरु एक आपसमा यति मिल्थेकी गाउँमा सुनमाया र डोल्माको उदाहरण नै दिन्थे गाउले हरु। पढाई पनि सुनमायाको र डाेल्माको असाध्यै तेज थियो। सुनमायाको गाउँ र डाेल्माको गाउँ अलि फरक थियो। ऊनीहरुको … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

अनूदित बाल कथा : माटाको खुत्रुके

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास खेलौनाहरूले भरिभराउ एउटा कोठा थियो । त्यो कोठा केटाकेटीहरूको थियो । दराजमाथि माटाको एउटा खत्रुके थियो । सुँगुरका ढाडमा पैसा खसाल्ने प्वाल थियो । त्यो प्वाल पहिले त सानो थियो तर पछि ठूला सिक्काहरू पनि … Continue reading →

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

बाल कथा : यो पढ्ने उमेर

~भोला दुलाल~ सानु मैचा कागती गाउँकी केटी हुन। ऊनी अहिले कक्षा सातमा पढ्दैछिन। असाध्यै मिहिनेती सानु मैचा पढ्नमा खुब मन लगाउछिन। कक्षामा राम्रो चित्र कोर्ने, मकैका दाना जस्तै हार मिलेका अक्षर लेख्न सिपालु ऊनी सर-मिसको माया पाएर झन हौसिएकि थिइन। … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

तामाङ भाषी बाल गीत : वाई हाजी वाई हाजी

~संकलक : नेत्र तामाङ~ वाई हाजी वाई हाजी च्यागो आले नाका मामा कोतेक्ची वाई हाजी वाई हाजी च्यागो आङा चिङ्ना ल ब्ला माजी कोतकोत कोतकोत, खित्खित् खित्खित्

Posted in तामाङ गीत, बाल गीत | Tagged , | Leave a comment

बालकथा : मामु बुझ्नुहुन्न

~विनय कसजू~ ‘बाबु, होमवर्क सिध्यायौ ? ’ ‘अघि नै सिध्याइसकेँ मामु !’ ‘त्यसो भए अब किताब पढ । गेम खेलेर नबस ।’

Posted in बाल कथा | Tagged | Leave a comment

अनूदित बालकथा : कुरूप टिउरो

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास गाउँमा गर्मीको रमाइलो मौसम थियो । सुनजस्तो पहेँलो मकै, हरियो जौ र चौरमा चाङ मिलाएर राखिएका परालका कुन्युको दृश्य राम्रो देखिन्थ्यो । सेतो सारस राता लामालामा खुट्टाले हिँडदै नबुझिने भाषामा कुरा गर्थ्यो । उसले आफ्नी … Continue reading →

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

बालकथा : कोरोना हजुर आमा

~हरि आत्रेय~ “भाइ बैनी हो, भोली देखी टिफिनमा जङ्क फुड नल्याउनु है । स्कुलमा यस्तो निर्णय भएको छ ।” छुट्टी हुने बेला मिसले सुनाउनु भयो । भोली पल्ट स्कुल जाने बेला भयो । ममिले टिफीनमा मलाई मन पर्ने चाउचाउ दिनुभयो … Continue reading →

Posted in बाल कथा | Tagged | 1 Comment

बाल कथा : ताल्चावाला झोला

~नेत्र तामाङ~ मनसरा र धनसराले स्कुलबाट फर्केपछि पिढींमा बसेर खाजा खाए । आमाले दुबैका लागि सानो डोको, नाम्लो र हसियाँ तयार पारिन् । ‘लु है, दुबैजना आओ, घाँस त आज अलि धेरै ल्याउनुपर्छ’ आमा आँगनमा पुगिन् । ‘म त जान्नँ … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : गाउँ पो राम्रो

~भोला दुलाल~ राजुको आमाले हिउँदको छुट्टीमा मामाघर लाने वाचा गर्नुभयो। पाँच-सात वर्ष गाउँ र शहरको भेद छुट्याउन नसक्ने बेलामा राजुलाई मामाघर लगेको रे। तर राजुलाई धेरै सानो भएकोले होला गाउँको बारेमा उतिसारो थाहा भएन। कक्षामा म्यामले मामाघर गएका छौ भनेर … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

लघुकथा : डर

~शोभा गुरुङ्ग~ सानी निकै ज्ञानी छिन । विहान सवेरै उठि फे्रस भई कालो चियामा घरमा भएको विस्कुट, रोटी खाई साईकल समाई घर देखि ४ किलोमीटर टाढा टयूसन पढन जानु उनको विहानीको दैनिकी शुरुवात हो । टयूसनबाट फर्किए पछि घरमा एकै … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment