बाल कविता : आज्ञाकारी बालक

~मैथिल सुमन~

आज्ञाकारी बालक म
असल मेरो बानी
पढि-लेखी ठूलो भई
बन्नेछु म त ज्ञानी

अनेक छन् प्रतिभा म भित्र
भन्छन सबले सिर्जनाको खानी
चाहना छ मेरो पनि
ल्याउने सुनौलो बिहानी

कलिला हातले कलम समाई
कोर्न सकू पौरखको निसानी
असहायलाई सहयोग गरी
पियासी पिलाऊ अमृतमय पानी

परिश्रमी शिष्य हूँ म
गुरुको आशिषले भएँ भाग्यमानी
अवसर पाएँ भने मैले त
अवश्य नै लेख्नेछु सफलताको कहानी

-हृदय नारायण यादव(मैथिल सुमन)
धनगढीमाई-१०,श्यामपुर(सिरहा)
अध्यक्ष
मिथिला स्टूडेण्ट यूनियन नेपाल
लहान-७,सिरहा

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in बाल कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.