Category Archives: लेख

लेख : अनुसन्धान तथा प्रतिवेदन लेखन संक्षीप्तमा

अनुसन्धान, अनुसन्धाता र निर्देशक अनुसन्धान, गवेषणा, शोध, अन्वेषण, खोज, खोजी सबै शब्द उस्तै अर्थमा प्रयोग भइरहेका हुन्छन् । ज्ञान आर्जनका पाँच प्रक्रिया (अनुभव, आप्तवाक्य, निगमन,आगमन र अनुसन्धान) मा पछिल्लो चाहिँ सर्वोत्तम हो । अनुसन्धानलाई विषय (भाषा,साहित्य,दर्शन,विज्ञान,आदि) समय ऐतिहासिक,समसामयक), अनुसन्धाता (एकल, सामूहिक), … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : सात्त्विक आहार

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ आहार भनेको सम्पूर्ण प्राणीहरूलाई जिउनका लागि नभइनहुने तŒव हो । आहारबाट नै प्राणीहरूले शक्ति वा कुनै पनि कार्य गर्ने क्षमता प्राप्त गर्दछन् । संसारमा विभिन्न प्राणीहरूका लागि विभिन्न प्रकारका आहार्य वस्तुको निर्माण भएको छ । एउटै वस्तु … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : कविता के हो ?

~कृष्ण प्रधान~ १ ➽ कविता भनेको सुत्रमै लेखिन्छ । यो कथा,कुथुंग्रीजस्तो गल्प होइन न निबन्धजस्तो छड.्छड.् छहरा बगेको नदी । कतिपय बिम्बले कतिपय प्रतीकले र कतिपय अन्दाजले पनि बुझ्न सकिन्छ कवितालाई । संक्षिप्तता, सुत्रवद्धता कविताका अनिवार्य आचार हुन् । रह्यो … Continue reading →

Posted in लेख, समीक्षा | Tagged | Leave a comment

लेख : साहित्यकार स्वर्गीय श्रीमती कमला आँशुका कृतिहरू

~अज्ञात~ सेतो गुलाफ-कथासंग्रह सन् 1995-मा प्रकाशित सन् 1970 कै दशकमा विभिन्न पत्र-पत्रिकामा उनका विभिन्न लेख, लघु कथा आदि प्रकाशित हुँदै आएको भए पनि पुस्तकाकारमा हिमगिरि प्रकाशन, गान्तोकबाट सन् 1995-मा उनको पहिलो कृति कथा संग्रह सेतो गुलाफ प्रकाशित भएको थियो। यो … Continue reading →

Posted in नेपाली कथा, लेख | Tagged , | Leave a comment

लेख : पहिचान, भाषा र मधेस

~कृष्ण धरावासी~ अमेरिका पुगेपछि मैले मातृभाषाको महत्त्व पहिलोपल्ट अनुभव गरेँ । नेपालमा जनजाति, आदिवासी र मधेसीहरूले मातृभाषाबारे सधैँ गर्ने बहसको घनत्व महसुस गरेँ । जब मैले त्यहाँ जानेको भाषामा आफ्ना कुरा चित्त बुझ्ने गरी बताउन सकिनँ र आफूलाई ‘लाटो’ जस्तो … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : केही सांस्कृतिक चिनारी

~डा खगेन शर्मा~  सबै जातिको संस्कृति तथा जातीय पहिचानका आधार संस्कार, भाषा, पोसाक, वाद्ययन्त्र, हात-हतियार ,भाँडाकुँडा, गीत-नृत्य आदि सबै थोक पर्छन्। यहाँ केही विषयको परिचय दिइँदै छ। 1.1 भेष-भूषा दौरा:  चारतिर तुना बाँधेर पु्रूषले शरीरको माथिल्लो भागमा लगाउने सांस्कृतिक पोषाक हो। सुरुवाल: पुरुषको पोसाक हो। … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : लोकसाहित्यका केही उपादान

~डा खगेन शर्मा~ गीत-नृत्य       नेपाली लोक संस्कृतिको चर्चा गर्दा गीत-नृत्यलाई समेटनु पर्ने हुन्छ। विशेषगरी नेपाली लोकगीत-नृत्यमा सम्पू्र्ण जातिको परिचय लुकेको हुन्छ। यहाँ नेपाली जातिका कतिपय गीत नृत्यहरूको छोटो परिचय दिइन्छ। झ्याउरे: बाह्रै महिना गाइने नेपाली समाजको सबभन्दा लोकप्रिय मनोरञ्जन … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

समीक्षात्मक लेख : शुद्धता र मातृभाषा रक्षा : भाषिक आन्दोलन २

~रमेश भट्टराई ‘सहृदयी’~ भाषिक रक्षामा उदारवादी सोच नेपाली भाषामा असचेत भाषिक मिश्रण तथा मातृभाषाको दोहनसँगै नेपालले मौलिकता र पहिचानलाई माटामा मिलाउँदै छ । आज विकासोन्मुख अवस्थामा भएकाले कमाइतर्फ ध्यान हुनु स्वाभाविक हो तर इतिहासलाई हेर्दा सम्पन्न मुलुकले भौतिक सम्पन्नताबाट असन्तुष्ट … Continue reading →

Posted in लेख, समीक्षा | Tagged | Leave a comment

समीक्षात्मक लेख : नेपाली शुद्धीकरण र मातृभाषा रक्षा : भाषिक आन्दोलन १

~रमेश भट्टराई ‘सहृदयी’~ अङ्ग्रेजी भाषाको विरोध हैन– मात्र सचेतना अब नेपालमा भाषिक आन्दोलनको नवीन प्रवृत्तिको खाँचो महसुस भएको छ । तथाकथित सभ्य भनिएको समाज र शिक्षा आर्जन गरी भविष्यको सपना तुन्नेको खोक्रो रवाफ बोक्दा नेपाली भाषा र मातृभाषाको प्रयोग गर्न … Continue reading →

Posted in लेख, समीक्षा | Tagged | Leave a comment

लेख : आफन्तले नचिनेका महिला साहित्यकार

~लीला लुइटेल~ नेपाली साहित्यका विभिन्न विधामा महिलाहरूले पुर्‍याएको योगदानबारे अध्ययन–अनुसन्धान गर्ने सिलसिलामा सामग्री खोजी गर्ने क्रममा अनेक खालका रोचक तथ्यहरू पनि फेला परे । यसमध्ये कतिपय महिला साहित्यकारका कृति प्रकाशित भएको बारेमा तिनका आफन्तलाई नै जानकारी नभएको पनि भेटियो । … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

अनूदित लेख : अनुवाद कला – केही आधारगत कुरा

~डा. हरेराम पाठक~ अनुवाद : खडगराज गिरी मानव सभ्यताको इतिहास जति नै पुरानो छ अनुवादको इतिहास, यसको रेङ्खाकन 3000 ई. पू. भनेर विद्ववानहरूले गरेका छन्, मिस्रको प्राचीन राजधानीस्थित सम्बद्ध अलीफेंटाइना नामक द्वीपमा दुई भिन्न भाषामा खोपिएका शिलालेख यसका साक्षी हुन्, … Continue reading →

Posted in लेख | Tagged , | Leave a comment

लेख : मातृ पूजाको परम्परा

~मित्रदेव शर्मा~ दक्ष्यकन्या सती देवीको कुण्डमा दहेको देह शोक विरहोन्माद महादेवले बोकेर विश्व परिभ्रमण गर्दा शवदेहका गलित अङ्गहरू टुक्रिँदै पृथ्वीमा झर्नथाल्छन्। अङ्ग आभूषण स्खलन भएका स्थानहरू भारतका चारकुनामा चार शक्तिपीठ तथा धेरै अरू स्थान भैरव तीर्थ रूपमा श्रद्धालुहरूका आकर्षण केन्द्र … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : हाइकु – जापानी कविता

~अर्जुन शर्मा~ साहित्यका धेरै विधाहरू छन् गद्य, पद्य, निबन्ध, निःयात्रा इत्यादि । यहाँ यो लेखमा पद्य तथा कविता सम्बन्धी केही चर्चा गरिनेछ । कविताका पनि धेरै रूपहरू छन् । आदि कालमा श्लोकबद्ध कविता लेखिन्थ्यो जो छन्दोबद्ध हुन्थ्यो । समयको अन्तरालसंगै … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : दुमी भाषाको त्रैभाषिक शब्दकोश

~डा. माधवप्रसाद पोखरेल~ नेपालमा झन्डै सय ओटा मातृभाषा होलान् भन्ने मैले अड्कल गरेको छु। नेपालका भाषाहरूको वास्तविक सङ्ख्या चाहिँ नेपाल सरकार, राष्ट्रिय योजना आयोगको प्रायोजनमा त्रिभुवन विश्‍वविद्यालय भाषाविज्ञान विभागले गरिरहेको नेपालका भाषाहरूको समाजभाषावैज्ञानिक सर्वेक्षणको परिणाम हातलागी भएपछि नै थाहा होला। … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : गजल र यसको इतिहास

~रवि प्राञ्जल~ कुनै पनि साहित्यिक बिधाको आरम्भ सबैभन्दा पहिले गेयात्मक वा पद्यात्मक रचनाबाटै भएको पाइन्छ । पूर्वीय साहित्यको आदि ग्रन्थ ऋग्वेदका ऋचाहरू हुन् वा होमरका इलियड अडिसी जस्ता पाश्चात्य प्राचिन ग्रन्थहरू हुन्, ती सबै पद्यमा नै लेखिएका छन् । साहित्यका … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : तीजको साँस्कृतिक परम्परा र वर्तमानमा देखिएका विकृति

~लता शर्मा~ हर्ष र उल्लासका साथ हरेक वर्ष हरितालिका तीज हिन्दू नारीहरुको महान पर्वको रुपमा मनाउने गरिन्छ । हिमालय पुत्री पार्वतीले पर्वतमा गएर लुकेर आफ्ना संगीनीहरुलाई मात्र डाकेर महादेव पति पाउँ भनेर दिनभर निराहार ब्रत बसी मध्य रातमा शिवको पूजा … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : लोप हुँदैछन् थारु लोककथा

~लक्की चौधरी~ अलिखितरुपमा कण्ठकै आधारमा भनिने कथाहरु नै लोककथा हुन् । थारुमा यसलाई ‘बटकुही’ भनिन्छ । यसमा सृजनात्मकता हुन्छ । श्रृङ्गारिकता हुन्छ । लयात्मकता र सुमधुररस समिश्रण हुन्छ । लोककथाहरु ग्रामीण परिवेशमा प्रायः हरेक पूर्खाका जनजीव्रोमा झुण्डिएका हुन्छन् । तर … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : गीत–संगीतको समय

~बुलु मुकारुङ~ नेपाली गीत–संगीतको विकासमा राजारानी, नेता, मन्त्री, सभासद्, प्रशासक, उद्योग–व्यवसायीदेखि सैनिक र प्रहरीसम्मको योगदान छ। हाम्रो लोकभाकाले भन्छ– आकाशै गर्छ लौ गड्याङगुडुङ झारपातमा पर्छ शीत, जसको मनमा विरह चल्छ उसैले गाउँछ गीत। विरह, वेदना वा दुःख–दर्दमा नपर्ने को नेपाली … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

विचार : बहुनायकत्वको लीलाचेतः लीलालेखन

~कृष्ण धरावासी~ बहुलता आजको युगचेतनाको मेरुदण्ड हो। बहुवाद आजको मानवसंस्कृतिको प्रारम्भ हो । विश्वको कुनै कुनामा पनि आज विकसित हुँदै आइरहेको कुरै यही हो। साहित्यमा, राजनीतिमा, कलामा, वैचारिकतामा, संस्कृतिमा सबैतिर पसेर सक्रिय भइरहेको यही नै अबको जीवन हिँड्ने बाटो हो। … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : समकालीन कविताका १० स्वर

~हरि अधिकारी~ नेपाली साहित्यको काव्य परम्परामा मुख्यत: क्रान्ति योद्धा कवि गोपालप्रसाद रिमालले सुरु गरेको मुक्त छन्द प्रयोगधर्मी आधुनिक कविता लेखनले लगभग सात दशक लामो रचनात्मक यात्रा पूरा गरेको छ । गोपालप्रसाद रिमाल, भवानी भिक्षु, महाकवि देवकोटा, सिद्धिचरण श्रेष्ठ आदि स्रष्टाका … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : गोस्ट राइटिङ दुनियाँ

~अच्युत कोइराला~ बेलायतमा डेढ सय वर्षअघि औपचारिकरूपमा ‘छाया लेखन’ अर्थात् ‘गोस्ट राइटिङ’ सुरु भएको मानिन्छ। तर, श्रुति परम्परामा विश्वास गर्ने पूर्वीय दर्शन हेर्ने हो भने गोस्ट राइटिङ सुरु भएको पाँच हजार वर्षभन्दा बढी भइसकेको देखिन्छ। ‘महाभारत’ घोस्ट राइटिङको उत्तम नमूना … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

अनूदित मन्तव्य : महाकवि देवकोटाको —’बहुचर्चित तास्कन्द भाषण-१९५८’

~लक्ष्मीप्रसाद देवकोटा~ अनुवाद : कृष्णप्रकाश श्रेष्ठ अति स्मरणीय तासकन्द सहरको यात्रा गर्ने आफ्नो चिरकल्पना साकार भएकोमा हामी आफूलाई अत्यन्त भाग्यमानी ठान्दछौँ। हामीले तपाईंहरूलाई नेपालका साहित्यकार र जनताको शुभेच्छा ल्याएका छौँ। तासकन्द निवासीहरू र सोभियत सङ्घका जनताप्रति हामी हार्दिक शुभकामना व्यक्त … Continue reading →

Posted in अनुवादित साहित्य, ईतिहास, लेख | Tagged , | Leave a comment

लेख : जोसमनी सन्त परम्परा र खस आर्य संस्कृति

~शशिधर भण्डारी~ वैदिक आर्यहरूको सांस्कृतिक धाराले लामो र युगिन सन्त परम्पराको इतिहास बोकेको छैन । वैदिक कर्मकाण्डका विरुद्धमा बुद्ध, महावीर, गुरूनानकहरू पैदा भए । वैदिक सभ्यताको जगमा उभिएको हिन्दू धर्म दर्शनभित्र पनि कैयौँ सुधारक र पन्थहरू पैदा भए तर भारतमा … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : स्वच्छन्दतावाद (Romanticism)

स्वच्छन्दतावाद (Romanticism), अन्य नाम: (रोमान्टिक धारा, रोमान्टिकवाद, रोमान्टिक मान्यता, छायावाद) अठारौं शताब्दीतिर विकसित कलात्मक, साहित्यिक, र बौद्धिक आन्दोलन मानिन्छ । परिचय Romance शब्दको प्रयोग प्राचीन समयदेखि नै विभिन्न अर्थमा गर्दै आएको पाइन्छ । प्रारम्भमा रोमेली भाषाहरूमा लेखिएका कृतिहरूलार्इ रोमान्स भानिन्थियो … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : पठन संस्कृति र नेपाली साहित्यको विकासका लागि राज्यको दायित्व

~लता शर्मा~ साहित्य भन्ने शब्द सुन्ने बित्तिकै हामीहरूले गीत, कविता, नाटक, लेख रचनाहरू हुन् भन्ने बुझ्दछौंं भने साहित्यकार भन्ने शब्द सुन्दा हामीहरूले गीत, कविता, नाटक तथा लेखहरू रचना गर्ने व्यक्तिहरू हुन् अर्थात् स्रष्टा भनेर बुझ्ने गर्दछौँ । कुनै व्यक्तिले साहित्यमा … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

थारू भाषी लेख : थारु भाषा एक परिचय

~तेजनारायण पञ्जीयार~ थारु भूण्डलके देश मधे जगजाहिर हिमाल पहाडके दखैनबैरिया काखमे आपन नेपाल देश सतयुगहैसे अवस्थित छै । नेपाल दुईटा वडका बडका ढोङ्गाके बीचमे पुनघलहा खमअरुवा लखा उत्तरमे चीन आ औरो तीन दिसरसे मोगलान देश घैरने छै । नेपालके क्षेत्रफल … Continue reading →

Posted in थारू भाषी रचना, लेख | Tagged | Leave a comment

लेख : चरी विम्बः गोलसिमलदेखि कर्‍याङकुरुङसम्म

~यमबहादुर दुरा~ विम्ब विधानमा नेपाली लोकजीवन समृद्ध छ । हाम्रो लोकवाङ्मय विम्बमय छ । लोकवाङ्मयमा असंख्य विम्ब प्रयोग हुन्छन् । लोकअभिव्यक्तिमा जून, घाम, हिमाल, नदी, रङ आदिजस्ता प्राकृतिक विम्बहरू अनन्त रूपमा प्रयोग हुँदै आएका छन् । विम्बको अथाह भीडमा ‘चरी’ … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : गजलको परिचय र संरचना, छोटो जानकारी

~ईश्वर दाहाल कविजी~ साहित्यका अरु विधा जस्तै गजल पनि परापूर्वकाल देखि नै चल्दै आएको विधा हो । गजलको उद्गम स्थल अरबलाई मानिन्छ । अरबी भाषामा ग को अर्थ वाणी, ज को अर्थ नारी र अल को अर्थ को वा सँग हुन्छ । गजल नामाकरण कसरी गरियो … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : बेखबर धरोहर

~प्रकट पगेनी ‘शिव’~ पोखराको मोहरिया टोल। छ्याछ्याप्ती सुनचाँदी पसल। एक–दुई कपडा पसल। त्यसमध्येको एक बजिमय वस्त्रालय। अक्सर त्यस घरमा दुईथरीका मानिसको भिड लाग्ने गर्थ्यो। कोही समरबहादुर बजिमयको पसलमा कपडा किन्न आउँथे, कोही साहित्यकार विजय बजिमयलाई भेट्न। समरबहादुर अर्थात् विजय बजिमयका … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

अनुसन्धान लेख : नेपाली लोकबाजा, विनायो–मुर्चुङ्गा : एक चर्चा

~नारदमणि हार्तम्छाली~ नेपाली लोक बाजाहरूको सांगीतिक चर्चा उठाउँदा त्यो परापूर्वकालीन (दुई–अढाई लाख वर्षअघि देखिकै) समाजको सांस्कृतिक बिम्ब र सांङ्केतिक भावभाषासँगै अर्मूत सांस्कृतिक सम्पदाको झलक–झिल्काहरू पनि साँझको जुनकिरीझैँ देखिन्छ । जसले एकातिर, विश्वमा नेपाली सांगीतिक पहिचानको स्वअस्तित्वलाई दर्ता गरिरहेको छ भने … Continue reading →

Posted in लेख, संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

लेख : बोलीमै वाङ्मय

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ साहित्यको संसार छुट्टै हुन्छ। कसैको यसले मनै हर्छ तर कसैले यसलाई एक रत्ति मन पराउँदैनन्। कृति निकालेरमात्र कुनै पनि साहित्य आमपाठकमाझ पुग्छ भन्ने छैन। त्यसलाई आमपाठकसम्म पुयाउनु छ भने आमसञ्चार माध्यमको सहारा लिनैपर्छ। चाहे त्यो छापा होस् … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : दशैं एक चिन्तन

~कृष्ण वस्ती~ दशैंको शुरुवात हुन अब केही दिनमात्र बाँकी छ तर यसको चर्चापरिचर्चाले भने नेपाली जनजीवनलाई लपक्कै ढाकिसकेकोछ ।देशविदेशमा रहेका आफन्त जन आउँने खबरले कसैको घरमा खुसी छाएको छ र घर फर्कन चाहनेहरू दिन गनेर रमाइरहेका छन् ।आफन्त मिलनको आनन्द … Continue reading →

Posted in लेख | Tagged | Leave a comment