बाल कथा : न्याहुल आज पनि रोई हिड्छ

~ध्रुव थापा~

एउटा जंगलको विचमा ठूलो पोखरी थियो, त्यहा हजारौ प्रजातिका चरा चुरुड्डी र वन्य जनावरहरु मिलेर बस्थे । त्यसै हुलमा एउटा न्याहुल र सु“गा पनि थियो । ’emको एक अर्कामा प्रगाढ प्रेम थियो । न्याहुल सधैं गाउने र सु“गा भने विभिन्न गितको शब्दहरु सृजना गरथ्यो । ’emमा मित्रता हुनुको मुख्य कारण पनि त्यही थियो । उनीहरुको मित्रता देखेर सबै जनावरहरु इश्र्या गर्दथे ।

समयको अन्तरालमा ’em माझ पनि असन्तुष्ट हुन थाल्यो एक अर्का प्रतिको प्रेम भाव, समर्पणको कमि देखिन थाल्यो एक दिन जंगलको राजाको मृत्य भयो, र अव जंगलको नियम अनसार नया राजाको चयन हने भयो । राजा वनाउन सवै आ आफनो समर्थन जोगाढ गर्न थाले र जंगलमा वर्षौदेखि मिलेर वसेका जनावरहरुमा मत भिन्नता देखिन थाल्यो । राजनितीले जहिलेपनि यस्तै विभाजन ल्याउछ । दैव संयोग न्याहुल चिलको पक्षमा लाग्यो भने सु“गा मयूरको पक्षमा लाग्यो । चिलले आफ्नो प्रतिनिधि स्वरुप न्याहुललाई उठायो तर सु“गा भने मौन सर्मथन झै बस्यो यसै बिच ’emको मित्रतामा शंकाको विजारोपन भयो, प्रेम खोक्रो भन्यो ।

समय र सागरले कसैलाई पर्खदैन,समयमा भोट भयो भयो मयूरले बहुमत पाएर विजय बन्यो भने चिल पराजित भई आत्मा ग्लानिले अन्यत्रै भागेर गयो – न्याहुल पनि हुलमा मिसिन छाड्यो एक्लै बस्ने भयो, उता सु“गा भने सवैको सहमतमा मन्त्री नियूत्त भयो तर उ दुःखी थियो यस पदमा कारण उसले आफ्नो परम मित्र गुमाएको थियो । सु“गाको लाखौं प्रयत्नमा पनि न्याहुलको हृदय जित्न सकेन बरु उ स्वयम चिन्ता र दुःखले अस्वस्थ्य भयो, दिन प्रतिदिन उसको अवस्था अझ करुण हुदै गयो । यसै शोकले एकदिन सु“गालाई अति सतायो उसको उपचारको निम्ति अन्यत्रै पठाइयो, धेरै चराचुरुड्डी उसको स्वास्थ्यको कामना गर्न आए तर न्याहुल आएन अब झन अति असहनिय भयो सु“गालार्ई । उसले अन्तमा मन्त्री पदबाट राजीनामा दिएर देश विदेशको भ्रमणमा निस्कियो उपचार गर्ने निहु“मा, हु“दा हुदा सु“गा धेरै देश घुमेर निकै अनुभव बटुल्दै लोकप्रियता हा“सिल गर्दै गयो र एक दिन सारा पशु पंक्षीले सु“गालाई आफ्नो राजा ठाने तर सु“गा यो सब स्विकार्न असमर्थ थियो कारण उ अति महत्वकाक्षी र न्यायप्रिय थियो यसै र उसलाई राजा हुन उचित लागेन कारण उसलाई मन नपराउने उसकै प्रिय साथी थियो ।

उसको विचारमा फेरि मित्रलाई भेट्ने प्रगाढ चाहना बढ्यो र आफ्नो पुरानो ठाउ“ फर्कने भयो । उसको यहा“ धुमधाम सित स्वागत भयो सारा पशुपंक्षीलाई निम्त्याइएको थियो उसको स्वागतको निम्ति तर त्यहा“ अफसोस न्याहुल आउन सकेको थिएन । सु“गालाई यो सारा स्वागत निरर्थक लाग्यो र उ विलह भई जंगलतर्फ लाग्यो आफ्नो पुरानो साथीको खोजमा । खोज्दा खोज्दा जंगल विचमा उस्ले न्याहुललाई एक्लै चुपचाप बसेको पायो । उ अति हर्षित भयो कारण न्याहुललाई उ सित फेरि फर्केर आउने छ उनिहरुको मित्रता यथावत कायम रहने छ तर न्याहुल भने अर्के भइसकेको थियो लाखौं मनाउदा पनि उ फर्कन चाहेन । उसलाई भिडमा आउन हिम्मत र साहस थिएन कारण उ सोच्दथ्योकि त्यहा उस्को अपमान हुनेछ भनेर, र आफ्नो अपमान कस्लाई मन पर्दछ र उ त्यहा जाओसे । सु“गाले धेरै विन्ति ग¥यो संझायो सारा पशुपंक्षीले तिम्रो प्रतिक्षा गरिरेहछन भन्यो तर न्याहुल आफ्नै अंहकार र घमण्डले मातिएको थियो सु“गाको याचनामा उसले व्यग्य देख्यो । अन्तयमा हार भएर सु“गा फर्कियो तर उ अति दुःखि हृदय लिएर त्यस स्वागत सभामा जान सकेन उसले आफ्नो सारा ज्ञान मान, प्रतिष्ठा सारा निरर्थक देख्यो उस्ले आफनै परम मित्रलाई खुशी तुल्याउन सकेको थिएन र आफुले हासिल गरेको सारा ज्ञान उस्लाई व्यर्थ लाग्यो । उसमा अझै आफूप्रति कमी र असन्तुष्टि पायो र अन्तमा सु“गाले मित्र विछोडको विरहमा आत्मा हत्या ग¥यो ।

यो खवर सारा जंगलमा फैलियो न्याहुलले पनि सुन्यो र अब भने उसको सारा घमण्ड समाप्त भयो बल्ल उसको आ“खा खुल्यो तर अफसोस अवधेरै ढिलो भइसकेको थियो । उसले स्वयमलाई सु“गाको हत्यारा ठान्यो र उसमा भएको कला त्यो सुमधुर गीत सदा–सदाको निम्ति हरायो फलस्वरुप आज पनि न्याहुल वन जंगलमा एक्लै रुदै विहल भएर मित्र वियोगमा लिप्त भएर एक्लै बन जंगलहरुमा रोई हिडेको देखिन्छ ।

This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.