~किरण खरेल~
आ आ आ S S S S
बरु पत्थरको निर्जिव मुर्ती भएरै बाँचु
तर लाग्छ मन सधैँ नै यही अंगालोमा बाँचु –२
बरु पत्थरको निर्जिव मुर्ती भएरै बाँचु Continue reading
~किरण खरेल~
आ आ आ S S S S
बरु पत्थरको निर्जिव मुर्ती भएरै बाँचु
तर लाग्छ मन सधैँ नै यही अंगालोमा बाँचु –२
बरु पत्थरको निर्जिव मुर्ती भएरै बाँचु Continue reading
~सुधीर छेत्री~
अलि अलि हावाले हल्लाइरहने गुरॉंसका पातहरू
एक -एक झरेर जानलागेपछि
नबुझिने कविताका शल्यपरीक्षामा भेटिएका
सम्वेदनाका टुक्राटाक्री छेस्का बटुली आफैलाई खोज हिँडें म।
माइलौं कागजको यात्रा गरिसक्दा शरीरका व्यञ्जनाहरू
स्वरसितका सम्भोगमा स्खलित भइसके।
नाद सुक्ने भइसक्यो। गति, यति बरालिए।
म हिँडें, अनि धेरै टाढा आइपुगेछु Continue reading
~सुधीर छेत्री~
ओजोनको हजार आँख्ले डोको बोकेर
मेरी धरा-रानी
कसिङ्गरबाट
मिथेनको धुवॉं फ्यॉंक्छ।
चोली च्यातिएको जवान त्यसको उरोजलाई
गिजोलिबस्छ
हजार अदृश्य हातहरू।
पर्यावरणको रोगी अन्त्यानुप्रास
एकलयमा खोकिबस्छ अनि
स्लोगनहरूको अधिकतम सङ्ग्रहले
मोटाएको छ
म्यूचल फण्ड। Continue reading
~नन्दलाल आचार्य~
कोशी प्रदेशको उदयपुर जिल्लामा साहित्यिक संघसंस्था थुप्रै छन् । साहित्यकार अनगिन्ती छन् । यद्यपि उपन्यास लेख्नेहरु भने ज्यादै कम छन् । राममणि पोखरेल, पुण्य कार्की, कपिल ठकुरी, विश्वराज ढुंगाना, नन्दलाल आचार्य, सूर्यनारायण चौधरीहरुले यस अघि नै उपन्यास विधामा कृति प्रकाशन गरिसकेका छन् । त्यही लहरमा सामाजिक उपन्यासका साथ उभिन आइपुगेका छन् भीम पौडेल घाँसे (२०१८) ।
राममणि पोखरेल (२००४) को ‘साहिँली मैया र रसुवाघाट’ (२०६१), विश्वराज ढुङ्गाना (२००९) को ‘उपहार’, पुण्य कार्की (२०२७) को ‘जीवनयात्रा’ (२०५६), कपिल ठकुरी (२०२९) को ‘काउसोको माला’ (२०५५), Continue reading
~प्रदीप नेपाल~
रात बिस्तारै उकालो लाग्दै थियो । ‘इन्डियन क्विजिन कर्नर’मा जमेर बसेका थिए चार जना । नाम जे भए पनि विदेशी रक्सीको रङ पहेँलो हुने भयो । सेकुवा भन्नेबित्तिकै जिब्रोमा पानी आउने नै भयो । एक टुक्रो सेकुवाले दुई पेग तान्न भ्याइरहेका थिए तिनीहरूले ।
‘चूक भयो हामीबाट’ बाहिरको चिसोलाई पनि चुनौती दिने स्वरमा ओभरकोट लाएको ठूल्टाउकेले भन्यो, “यो आन्दोलन हाम्रो मात्र होइन, सिंगो मधेसका जनताको हो भनेर हामीले कसैलाई विश्वास दिलाउनै सकेनौँ ।”
सन्नाटा छायो टेबलमा ।
“आन्दोलनमा सघाउन पारिका मान्छे बोलाउने प्रस्ताव कसले गरेको हो ? ” उसैले सोध्यो । Continue reading
~खगेन्द्र संग्रौला~
देउताको चोला उठ्यो । मध्ये बर्खामास । पवित्र पीपलको विशाल बोटनेर । फोहोरको अजङ्गको डङ्गुरछेवैमा । बरा देउताको चोला उठ्यो ! आस्थावान् नगरपालिकाले देउताको पवित्र लासलाई फुटपाथमा लम्पसार पर्न दियो । त्यो पनि एक दिन होइन, तीन–तीन दिनसम्म ! भक्तजनले रहर पुगुन्जेल प्रिय देउताको अन्तिम दर्शन गर्न पाउन् भनेर होला सायद ।
पुच्छर लिँडो हुनाले देउताको नाउँ थियो– लिँडे । लिँडे देउताका बाउको नाउँ थियो– साँढे । साँढे बाउका सिङको निर्मम हनाइमा परेर लिँडे देउताको अकाल मरण भयो । जिउँदो छउन्जेल लिँडेले अचाक्ली अनिकालको जुनी बितायो । उसका ढाडमा कतै ताता छड डामिए । कतै बडा बडा ढुङ्गा हानिए । कतै उसका Continue reading
~पासाङ शेर्पा~
“हाइ, हाउ आर यू ? हाउ क्यान आइ असिस्ट यू टुडे ?”
“स्योर, आइ’ड लाइक अ टी विथ वन सुगर एन्ड मिल्क, प्लीज ।”
“अलराइट, एनीथिंग एल्स यू’ड लाइक टु एड टु योर अर्डर ?”
“आइ’ड अल्सो लाइक टु अर्डर वन व्हाइट चेडर बेगल विथ क्रीम चीज।”
“ग्रेट च्वाइस ! योर टोटल इज सेभेन डलर फिफ्टी सेन्ट। प्लीज पिक उप योर अर्डर फ्रम द अदर साइड।” Continue reading
~किरण खरेल~
मनमा माया
मनमा माया तनमा माया तैपनी माया खोज्न सकिनँ
मनमा जो छ तनमा जो छ उसलाई नै रोज्न सकिनँ
मनमा माया
हर जनममा तिमीसँग मिलु, हर बाटोमा तिमीसँग डुलुँ
तिमीलाई अङ्गालो हालेर, संसार भुलु अनि स्वर्ग भुलुँ Continue reading
~सन्ध्या आचार्य~
-“खराब दिनहरूको चर्चा नगर्नू। आघात मात्रै पुरयाउने दिनहरू किन सम्झिरहन्छौ? के पा’को छौ अहिलेसम्म सम्झिएर?’
-‘सहेर के पायौँ? विरोध हुनुपर्छ ताकि भोलि हामीजस्तै अरुले खराबी भोग्न नपरोस । कष्ट यत्ति छिट्टै बिर्सियौ नि ?’ Continue reading
~सुधीर छेत्री~
पहिरोको ठिक्क डिलमा
ठूलो ढुङ्गा अल्झिएजस्तै गरी
भुत्लाले ढाकिएको छातीमा
अप्ठेरोसित अड्किएको छ
ब्रा।
लिप्स्टिक चाटिरहेका उसका ओँठहरू
लियोनार्डो डि-क्याप्रियोका किशोर गाला चाट्नचाहन्छ। Continue reading
~सुधीर छेत्री~
सिलिकनका टापहरूले थर्किएर
आप्रावासी औंलाहरू कॉंप्छन्
तिहारका बाबरी फूलमाझ।
गोजीमा सिलिकनका कानेखुशीहरू
दिनभरि दही-चिउरा खान्छन्
अनि कसारका डल्लाजस्ता बटनहरू
रातो-पहेंलो बनी
मलाई मित्रताको सिग्नल दिइरहन्छन्। Continue reading
~सुधीर छेत्री~
सर्वविदितै छ,
जनगणनामा छोडिएको
उसको टाउको
बुनियादी खॉंचोको रासिनकार्डमा
सत्तालोलुपताको चेसगोटी भएको हो।
रोजगार-योजनाको पुरानो कार्बनपेपरमा
यथोचित चाप नभएर Continue reading
~सुधीर छेत्री~
लुगा सिलाउने मसिन जस्तो एउटा लुइरे शिक्षकले
दशपल्ट उध्रिरहने लास्ट-बेञ्चरहरूको दिमागलाई
खुटिरहन्छ।
यो कक्षाको ज्यामिति-बाकसभित्र
स-साना क म्पास र चॉंपहरू
बेमेलको बक्ररेखालाई
तन्काई-तन्काई
तेर्सो पार्ने प्रयासमा छन्।
मेरो श्रेणी कक्षा Continue reading
~सुधीर छेत्री~
एउटा अर्द्धवयस्क सेतै फुलेको नेता
विधानसभामा बोलिरहेथ्यो ह्न बोलिरहन्छ,
मेरो राज्यमा
एक हजार सत्तर हत्या भयो यसवर्ष
दुइसयजति बलात्कारहरू
जुन पोहोर-परारको आँकडाभन्दा धेरै कम छ।
हत्याको सङ्ख्या घटिरहेछ।
नेपथ्य :
गोसखानमा खसीहरू
कति काटिए यस वर्षको चॉंडमा, Continue reading
~सुधीर छेत्री~
1.घामको रातो पखेटा
चुडिएर झर्नलाग्यो अब जटायुको झैं,
डोकोभरि हरियो जङ्गल अनि
खुट्टामा लाएको सरगमी पाउजु
पोखिएको रगतमा पोतिनलागे,
ठाउँ ठाउँ पोखरी जमेको छ
अवस्थितिको धमिलो पानी।
2.ध्वॉंसे सूर्यग्रहण जस्तो आगतलाई ठेलेर Continue reading
~सुधीर छेत्री~
दन्दनी दावानलमा
जलिरहेछ माटो।
सॉंपले दंश बिछ्याएर नीलो हावामा
खैरे मरूभूमि अनुवाद गर्नचाहन्छ
अनि
बस्तीबाट निस्केका पराक्रमी रॉंकोहरू
उज्यालोको वान्ता गर्दै
धृतराष्ट्रलाई छायॉंको उपहार पस्किरहेछ। Continue reading
~सुधीर छेत्री~
बीन बजाएर सपेराले
एकजोड़ी सॉंपलाई बजार बीचमा भीड तान्नलाई
नचाइरहेछ।
त्यसलाई कत्रो पुरूष लागेको छ आफैलाई।
सॉंप जति नाचेजस्तो गर्छ
सपेराको स्वाभिमान आनन्दविभोर बन्छ
भोक बिर्सेर
तिर्खा बिर्सेर उ मातिदिन्छ, Continue reading
~सुधीर छेत्री~
1.भागका सिताहरू टिो निहुँमा कागले
बिहानलाई दोहोर्यााएर
मेरो बलेंसीमा ल्याउँछ सधैं।
2.यो साताभित्र
मेरो आँगनछेउ
रूखको कठीन प्रसवपीडापछि
ससाना कलिला बालिका बनेर हॉंगाका चेप अनि
पाखुराहरू चिरी Continue reading
~सुधीर छेत्री~
नखिँच्नू अबदेखि मेरा अर्द्धमुदित नयनहरू
रगतका भोका क्यामेराहरूले।
नटिप्नु डुब्नलागेको घाम रक्तपिपासु क्यामेराले।
सत्याग्रह खाएर डम्म अघाएका
अन्शनकारी सन्तोषहरू र
हावामा पौडी खेलिरहेका
स्वाभिमानी झण्डाका नक्शा उतार्नलाई Continue reading
~सुधीर छेत्री~
ससाना वैदिक टाउकाहरू
बालुवाको बगरमा क्रिकेट खेलिरहेछन्।
लामा उद्देश्यपरक दाह्रीले
गेरूवा-वस्त्रमाथि अल्झेको टाउकोबाट
योगको निमन्त्रणा दिइरहेछ।
पर पोखरीमा
छायॉं ढलपल गर्नु नै कत्रो अध्यात्म छ।
ताछेका टाउकाहरू
अहिले
विकेटहरूबीच कुद्दैछन्। Continue reading
~सुधीर छेत्री~
कङ्क्रिटका करङ्हरू उचालेर
एउटा अस्थिपञ्जरले तर्साउनखोज्छ दिउँसै।
भ्रमको गृहयुद्धमा
रथको पाङ्ग्रा फुस्किएर
कर्ण फूटपाथमा घस्रिरहेछ।
टेलिफोनको नम्बर गनाउँछ
डायरीको चेपबाट अङ्कहरू कुहेर,
धुँवाको आकार भएको मान्छे
चुरोटबाट निस्केर भाग्छ हावामा।
पातुलो रङ्गी-विरङ्गी रिबनले Continue reading
~Dhruva Thapa~
I am really missing my childhood days
Where I used to live in my own way
Like a bird anywhere I could fly
Those beautiful rivers and lakes
Where we used to swim till dawn
I still recall those beautiful days.
I misss My favorite luster mustard field Continue reading
~सुधीर छेत्री~
हाम्रो नजीकमा फुलिरहेका
लटरम्मे उज्यालोका फूलहरू
एक-एक गर्दै
अज्ञात प्रमेथियसले चोरिलगे,
अब अँध्यारोको बघैँचामा छौं हामी।
ईश्वरको
शस्त्र थुतेर
अब ईश्वरै ईश्वर छ गाउँभरि। Continue reading
~शरद् छेत्री~
समय भनेको परिपक्वता पनि हो
असाध्यको प्रवल छ जो, –
राष्ट्रको सुद्दृड़ संघटनमा समयको
प्रभावछ औधी प्रचण्डको ।
देशद्रोही ! तब के पो नाप्ने छौ तब उठाएर हतियार
हुनेछैन है समय, कुनै पनि पो, आक्रमणमा स्थिर ! Continue reading
~ध्रुव थापा~
एउटा जंगलको विचमा ठूलो पोखरी थियो, त्यहा हजारौ प्रजातिका चरा चुरुड्डी र वन्य जनावरहरु मिलेर बस्थे । त्यसै हुलमा एउटा न्याहुल र सु“गा पनि थियो । ’emको एक अर्कामा प्रगाढ प्रेम थियो । न्याहुल सधैं गाउने र सु“गा भने विभिन्न गितको शब्दहरु सृजना गरथ्यो । ’emमा मित्रता हुनुको मुख्य कारण पनि त्यही थियो । उनीहरुको मित्रता देखेर सबै जनावरहरु इश्र्या गर्दथे । Continue reading