Tag Archives: खगेन्द्र संग्रौला – Khagendra Sangraula

कथा : देउताको छायानेर

~खगेन्द्र संग्रौला~ देउताको चोला उठ्यो । मध्ये बर्खामास । पवित्र पीपलको विशाल बोटनेर । फोहोरको अजङ्गको डङ्गुरछेवैमा । बरा देउताको चोला उठ्यो ! आस्थावान् नगरपालिकाले देउताको पवित्र लासलाई फुटपाथमा लम्पसार पर्न दियो । त्यो पनि एक दिन होइन, तीन–तीन दिनसम्म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Translated Story : My mother Bhagirathaa

~Khagendra Sangraula~ Translation : Manjushree Thapa A person’s name is very much a private medium through which to contact the world, a medium through which to interact with the world. Each person is a distinct singularity of the social whole, … Continue reading →

Posted in Translated Story | Tagged , | Leave a comment

अनूदित कथा : बुढी इजरगिल

~मेक्सिम गोर्की~ अनुवाद : खगेन्द्र संग्रौला यी कथाहरू मलाई मक्करमन नजिकैको बेस्सारियामा समुद्र किनारमा सुनाइएका हुन् । एक साँझ, दिनभरिको अङ्गुर टिप्ने काम सिद्धिएपछि मसँगै अङ्गुर टिप्ने मोल्दाबियावासीहरूको टोली समुद्र किनारतिर लाग्यो । इजरगिल नाम गरेकी एउटी बुढी र म … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : बुख्याँचा

~सत्यजित रे~ अनुवाद : खगेन्द्र संग्रौला उनीहरू पनाघरमा पुग्न लागेका के थिए, मृगान्कोबाबुको आशंकाको पुष्टि भइहाल्यो। उनका कारको पेट्रोल सकियो। निकै समययता पेट्रोल देखाउने यन्त्रले राम्ररी काम गर्न छाडेको थियो। आज बिहान बाटो लाग्नुअघि उनले यो कुरा उनको चालक सुधीरलाई … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

व्यक्तित्त्व समीक्षा : खाँटी अनुवादक

~राजकुमार बानियाँ~ थुप्रैचोटि अन्तिम घोषणा गरे खगेन्द्र संग्रौला, ७४, ले । अन्तिम, अन्तिम भन्दाभन्दै विदेशी भाषाका पुस्तक अनुवादको सुसेधन्दा छाड्न सकेनन् । जोन उडको माइक्रोसफ्टदेखि बाहुनडाँडाताका नै अनुवादलाई अन्तिम बनाउने संकल्प गरेका उनलाई चिनगिज आइतमातोभको उपन्यास प्रथम गुरु आइलाग्यो, त्यसपछि … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

भलाकुसारी : मेरो जीवनको नागबेली यात्रा तनावदेखि तनावसम्मको कथा

खगेन्द्र संग्रौला झन्डै ६ दशकदेखि आख्यान र गैरआख्यान दुबै विधामा निरन्तर कलम चलाइरहेका छन् । उनले नेपाली समाजमा व्याप्त विभेदको विरुद्ध आफ्नो लेखनमा प्रगतिशील स्वर भरिरहेका छन् । आख्यानको माध्यमबाट संग्रौलाले निमुखा पात्रको दुःख, पीडा र सकसलाई मात्र अनावरण गरेका … Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

पुस्तक समीक्षा : केही कमजोर र केही दह्रा निबन्धहरू

~हरि अधिकारी~ साहित्यकार खगेन्द्र संग्रौला आफ्नो विशिष्ट शैली, भाषालाई रोचक ढंगले खेलाउने कला अनि दिल र दिमागमा जमठ भएर बसेका केही कठोर आग्रहका कारण अरू हजारौँ नेपाली लेखकका भीडमा पनि सर्लक्कै चिनिने अग्ला कदका सर्जक हुन्। साहित्य सिर्जना उनका लागि … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : “आमालाई” कविता संगालो हेरेपछि

~खगेन्द्र संग्रौला~ पंचायती निरंकुशताको उत्कर्ष कालमा सुखानीको जंगलमा निरंकुशतन्त्रविरोधी वीरहरूको बलिदानको कथा लेखियो । सो कथाले जन्माएको उदात्त भावना र गहिरो पीडा नेपाली साहित्यको अर्धलिखित वा अल्पलिखित अध्याय हो । सुखानीका जंगलको वीरतापूर्ण कथालाई कि त एक तिलस्मी गाथाका रूपमा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

निबन्ध : मूर्तिभञ्जकको मूर्ति

~खगेन्द्र संग्रौला~ अजङ्गको कदका रुपचन्द्र बिष्ट एक जटिल ग्रन्थि, एक रोमाञ्चक रहस्य, एक विचित्र मानवजस्ता लाग्थे। पहिलो पटक भेटेर तिनका लय नमिलेका कुरा सुन्ने जोसुकैलाई पनि लाग्दो हो— यो मानिस तामसी हो, सन्काहा हो अथवा यो ‘ठिस्’ हो। यसको दिमागका … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : गुजाराको कथा

~खगेन्द्र संग्रौला~ लेखनबाट चलेको मेरो गुजाराको अन्तरकथा निकै भयानक छरु। मेरो लेखकीय जीवनमा एउटा कष्टकर प्रश्न लखेटी–लखेटी ममाथि झ्म्टा मार्न आइरहन्छ― लेखेर गुजारा चल्या छ, प्रिय बन्धु? यो प्रश्नको अप्रीतिकर उत्तर हर्दम मेरो मथिङ्गलको अग्रभागमा हाजिर छ र प्रश्न सुन्यो … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

संस्मरण : बिर्खे घर्तीपछिको म बिर्खे

~खगेन्द्र संग्रौला~ बिर्खे घर्ती ! म जन्मी हुर्केको मेरो गाउँको पुछारमा हुनहुनिदै कत्ति न टाढा पुगुँला भनेर अविराम बगिरहने तमोर नदीमा ऊबेलादेखि अहिलेसम्म कति कति पानी बगिसक्यो ! तैपनि बिर्खे घर्ती मेरो सम्झनाको दर्पणमा समयको यति लामो दूरीबाट पनि टड्कारै … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

लघुकथा : चोर चिहान

~खगेन्द्र संग्रौला~ रोमाञ्चक खबर विद्युत गतिमा टोलभिर फिंजियो – नेताले घडरी किने। हाम्रो टोलमा। घर बनाएर आफैं बसोबास गर्न। नेता ऐरेजैरे होइनन्, नम्बरी सुन हुन्। त्याग–बलिदानका कथा र पराक्रमका गाथाले उनको जीवन गरिमायम छ। जीवन–संग्राममा के मात्र झेलेनन् र उनले? … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : छोरी र बिराली

~खगेन्द्र संग्रौला~ मुसागणको सनातनी आतङ्कले सताइँदा म निरुपाय र हैरान भएको थिएँ । नाथेहरू वस्त्र भेटे वस्त्रै काट्ने । अन्न भेटे अन्नै बिमाख पार्ने । अनुशासन र मर्यादा एक पित्को जान्नु छैन, जथाभावी हगेर लिँडैलिँडको लस्कर बनाउने । हुँदाहुँदा यति … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

यात्रा साहित्य : नयाँ मुलुक घुम्न जाँदा

~खगेन्द्र संग्रौला~ अचम्म भयो । उन्मादी उत्तेजनाको चुचुरोमा चढेर हाम्रो बसतिर हान्निएको अस्त्रधारी झुन्ड उत्निखेरै स्थिर र शान्त भयो । बस रोकिएन, त्यो क्रीडाको किञ्चित परवाह नगरी आपmनै मुसे चालमा अगाडि गुडिरह्यो । यताउति सोधपुछ गर्दा पछि थाहा भयो, त्यो … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

लेख : दलहरू मौजाजस्ता, नेता मौजावाल

~खगेन्द्र संग्रौला~ चुनावी संग्रामपछि समानुपातिक कोटाको अंशबण्डाको याम छ । लक्षण भन्छ– यो याम बडो खराब छ । यसले मलाई हुकुमप्रमाङ्गीमा चल्ने राणा–शाह शासनको याद दिलाउँछ । यो याद झुर छ । समानुपातिकको अंशबण्डाको सामन्ती चरित्र देख्दा नाथे दलहरू मलाई … Continue reading →

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

लेख : सिद्धिचरण : एक रक्षाकवच

~खगेन्द्र सङ्ग्रौला~ कक्षा १० को नेपाली पाठ्य-पुस्तकमा पहिलोपटक भेटिएका थिए सिद्धिचरण श्रेष्ठ । त्यहाँ उनी आफ्नो जन्मथलोको न्यास्रोले रन्थनिएर बिघ्नै विरही मनोदशामा ‘मेरो प्यारो ओलखढुंगा’को लयमा धुरुधुरु रुँदै थिए । लाग्यो, सिद्धिचरण नाउँका यी जीव विचित्रका रुन्चे कवि रहेछन् । … Continue reading →

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : माप चिडियाखाना

~खगेन्द्र संग्रौला~ सहिदलाई सम्झेर नयाँ नेपालको मधुर कल्पना बुनिरहँदा विचित्रको सपना देखेँ । सपनामा नयाँ नेपालको एउटा दृश्य मेरा आँखासामु आएर छम्छम् नाच्न थाल्यो । खिरलिो जीउ भएको अग्लो गोरा हातमा नोटबुक र सिसाकलम बोकेर काँधमा क्यामरा भिरेर अघि लागेको … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : आफ्नै नजरमा आफ्नो दुर्गति

~खगेन्द्र संग्रौला~ ‘जय नेपाल’को लयमा फोन गुञ्जियो । विमल अर्याल रहेछन्- नागरिक आन्दोलनका फिल्डमार्सल । ‘जाने होइन दाइ हाइकिङ ? मलाई अघिल्लोचोटि लाँकुरी भञ्ज्याङमुनिको भिरालो, ओसिलो र चिप्लो

Posted in हास्य - व्यङ्ग्य | Tagged , | 1 Comment

लेख : माधव नेपालको भूमिगत डायरी

~खगेन्द्र संग्रौला~ हिजो के थिएँ, म आज के भएँ ! सम्झेर ल्याउँदा मेरो हृदय सात चिरा परेर धुरुधुरु रुन्छ । हेर्दाहेर्दै, कहाली लाग्दालाग्दै म राजनीतिको गरिमामय शिखरबाट तल फोहोर फेदीमा झ्वाम्मै खसेँ । आफू परियो नास्तिक, इहलोकमा ‘हे हरि’ भनेर … Continue reading →

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

लेख : भरतचर्चा

~खगेन्द्र संग्रौला~ परिचित र प्रिय कोही एकबारको जुनीबाट छुट्दा जिइरहने कोही पनि ऊसँगै गाभिएर एक अंश मर्छ। गोपाल योन्जन र नारायण गोपाल एकबारको जुनीबाट छुट्दा हुनुसम्म उदास भएका नगेन्द्र शर्माले कतै लेखेथे – यी दुई गोपाल मेरो जीवनको पनि जीवन … Continue reading →

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

कविता : अपराजिता पारिजात

~खगेन्द्र संग्रौला~ उदास जीवनको उजाड बगरमा मुना टुसायो एक दुबोको पारिजात अपराजिता पारिजात

Posted in कविता | Tagged | Leave a comment