कविता : अनुनयावलि

~रुद्रराज पाँडे~

गगन्मा छ क्यै हेर नक्षत्र शेष
लिई रात्रिले श्वेत वैधव्य भेष ।
भनूँ क्यै भने छैन फुर्सत् मलाई
सलाम् गर्दछु तैपनी जानलाई ।।१।।

मा जान्छू बसे साँझमा अउनेछू
पछी फेरि यै काखमा राखनेछू ।
नमाने रती शोक दिनभर् तिमीले
कसैको पनी जान्न दिन् एक रीतले ।।२।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गद्य गीत : आकाश रोयो होला

~विजय मल्ल~

त्यो पर माथि आकाशमा,
दिउसै दिन रोएको, छटपटाएको,
आँसु-झारेको
तिमीले देख्यौ ?
यसरी विस्मयले सोधेको
मलाई अहिले संझना छ ।
प्रिय ! उहिले वायुमा ओसारिएका
सुस्केराहरुलाई Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता: परिचय

~हेमन्त श्रेष्ठ~

आवेदनपत्र भर्दाभर्दै
एक दिन मैले
बाबुको नाम आकाश लेखेँ
आमाको नाम धरती
आफ्नो मान्छे मान्छे
र ठेगाना लेखेँ सडक ।

कसको छोरो हुँ था’ छैन
कसको नाति हुँ था’ छैन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

किराँती दन्त्यकथा : न्याहुली चरी

~सङ्कलक: शिवकुमार श्रेष्ठ~

लाङ्सोदिङ भन्ने कुनै किरात देशमी एक दम्पति थिए । लोग्नेको नाम खेसेवा थियो भने स्वास्नूको नामचाहिँ मेन्दाङ्ना थियो । उनीहरू ओढारमी बस्दथे । उनीहरू जङ्गलबाट तरूल, भ्याकुर, गिठा ल्याई आफ्नो जीविका चलीउँथे । उनीहरू सिस्नको मुन्टी पनि पकाई खान्थे ।

एक दिन उनीहरूको एउटा छोरो जन्मियो । छोराको नाम सेल्लोक राखियो । छोरो जन्मेकाले खेसेवा र मेन्दाङ्ना साह्रै खुसी थिए । छोरो जन्मेपछि उनीहरू जहाँ गए पनि नाच्दै गाउँदै हिँड्ने गर्दथे । एक दिन दुवै जना दाउरा, सिस्नु, तरूल, भ्याकुर, गिठा आदि खोज्न जङ्गलमा गए । उनीहरूले आफ्नो छोरालाई ओढारमा नै छोडेर गएका थिए । बालक सेल्लोक त्यस बेला वामे सर्न थालेको थियो । आमाबाबु जङ्गलमा गएकोले उसलाई हेर्ने कोही भएन । ऊ वामे सर्दैलसिस्नुको झ्याङमा पुग्यो र उसलाई सिस्नुले पोल्यो। उसको शरूरभरि फोकाहरू उठे । ऊ रून -कराउन थाल्यो । बेलुका आमाबाबु जङ्गलबाट फर्के र छोरीको त्यस्तो हालत देखेर Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

लामो कथा : प्रेम

~जीवनकुमार शाक्य~

साउन भदौको महिना मौसम झरी पर्ला जस्तो थियो । कति बेला पानी पर्नेहो ठेगानै थिएन । काम विशेषले काठमाण्डौको काम सिध्याएर म रात्री बसबाट घर जान प्रस्थान गरें । ए र्साईडको ११ नं.को सिट परेको रहेछ तर मलाई थाहा थिएन बसमा चढेपछि बल्ल टिकट हेरेर पत्तो लाग्यो ४ बजेपछि गोंगबु बसपार्कबाट गाडी प्रस्थान ग-यो । निदाउने बेहोसी औषधी खाएको मान्छे जस्तोपो भएकि रहेछु । रात धेरै बेर भएको रहेछ बस भित्रका मान्छेहरु कराएको हल्ला मेर।े कानमा सपनामै ….पैरो ले बाटो बन्द छ । अब रात बस भित्रै हुनेभो कस्तो उम्सो भन्दै कराएको सुने पछि बिउंझें फेरि म उस्तै त्यो अपरिचित मान्छेको कांधमा आराम सित टाउको बिसाएकि रहेछु । यता उति हेरे अनि केभो कहां पुग्यौं हामी – भनेर सोधें कहां पो हो कुन्नी कस्तो सुत्न सकेको हो यस्तो हल्लाखोर हुंदा पनि पहिरोे गएको छरे ,हिंडेर जानु पर्छ रे ,गाडी जान सक्तैन भनेर एउटा मान्छे अलि कड्केर बोल्यो । के गर्ने मौसमको कुरा हो कतिबेला कहां के हुन्छ कस्लाई के थाहा जेपर्छ सामना गर्नै पर्छ अब रात काट्नै पर्छ भोली बिहान भएपछि थाहा होला कहां के भएको छ भनेर संगैको सिटको मान्छेले सान्त्वना दिएर भन्यो । म आत्तिएकि थिए पानी बिदो भए पछि बिहान ५ बजे पछि सबैजनाले आ-आफ्नो सामान निकालेर बाहिर निस्के । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एक दिन

~हेमन्त श्रेष्ठ~

त्यो एकदिन
सम्पूर्ण कुराहरू हुनेछन्
जो कहिल्यै हुँदैन

आँखाले
वरण गर्नेछन्
यावत यथार्थहरू
सदृश्य

सूर्य हिमदह बन्नेछ
र तप्कनेछन् हिमकिरणहरू
फूलले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : लिम्बू लोकपद्यमा केसामको अध्ययन

~मधुराज केरुङ~

१. विषयप्रवेश

लिम्बू लोकपद्यमा विभिन्न प्रकारका छन्दहरू छन् । अहिलेसम्मको खोज अन्वेषणमा चौध पन्ध्र वटाभन्दा बढी लिम्बू लोकछन्दहरू पाइएका छन् । हाक्पारे, पालाम्, ख्याली, नुवाप्मा र ताम्के, तुवाहरूजस्तै केसाम पनि एक किसिमको लिम्बू लोक छन्द हो । लिम्बू लोकगीत केसामको विषयमा कुरा गर्दा ‘के र केलाङको अलिकति प्रसंग नजोडिकन केसाम छन्दको कुरा पूर्ण हुँदैन । के, के–लाःङ र के–सामको अन्योन्याश्रित त्रिपक्षीय सम्बन्ध रहेको पाइन्छ । ‘के’ भनेको च्याब्रङ, लाःङ भनेको नाच र साम भनेको गीत हो । यदि के–लाःङबिना के–सामको कुरा गरियो भने बिनामष्तिस्कको मानिसको चेतनाको कुरा गरेजस्तो मात्र ठहरिन आउँछ । सामान्यतया के–लाःङ नाच्दा गाइने किसिमको लोक गीतलाई नै के–साम भनिएको हो । के– Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

गीत : टाढा टाढा जानु छ साथी

~बच्चुकैलाश~

टाढा टाढा जानु छ साथी एकफेर हाँसीदेऊ
छुटिसकेको मायालाई फेरी एकफेर गाँसीदेऊ –२

यो फूलबारी उजाडिएला केहिछिन बसेथ्यौँ – २
बहानै सही आँखामा आँशु लिएर रोएथ्यौँ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : ऐना नभए आफ्नो अनुहार

~किरण खरेल~

ऐना नभए आफ्नो अनुहार कहाँ हेर्थ्यौ तिमी ?
तिम्रो नयनमा -२
मुटु नभए आफ्नो माया कहाँ राख्थ्यौ तिमी ?
तिम्रो बदनमा -२

रातको आयु लम्बिएर बाह्र बर्षै भए हुन्थ्यो -२
तिमी सामु हौ घाम नलागे मलाई हर्षै कती हुन्थ्यो -२ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यो दिन उज्यालो भएन

~राममान तृषित~

यो दिन उज्यालो भएन मेरो साथ हजुर नहुँदा
आँखामा निद भएन दुइ रात हजुर नहुँदा –२

हजुरैको याद दिएर यहाँ फूल फूलेको हुन्छ -२
सन्ध्या खुलेको हुन्छ बत्ती बलेको हुन्छ
आगोसरी भो बल्ने बर्षात हजुर नहुँदा
आँखामा निद भएन दुइ रात हजुर नहुँदा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : म त्यही दिन पर्खीरहुँला

~कल्याण रिमाल~

हा हा हा हो ओ
म त्यही दिन पर्खीरहुँला
अनी यही गीत गाईरहुँला
अनी यही गीत गाईरहुँला
म त्यही दिन पर्खीरहुँला

मेरो हृदयभित्र तिम्रै कथा छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : चाँडै आउ है

~किरण खरेल~

उल्ले अंगालो हालेर भनि चाँडै आउ है x2
आँखाको बत्ती बालेर भनि चाँडै आउ है x2
चाँडै आउ है

[केहि छिन्न बाँकि नै छ
केहि भन्न बाँकि नै छ
को हुँ के हुँ कस्को हुँ म
सायद चिन्न बाँकि नै छ] x2 Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

जातक कथा : बुद्ध र नालागिरी हात्ती

बुद्धको मामाको छोरा भाई देवदत्त सँधै स्यानै देखि बुद्धलाई बेईज्जत गर्न मै लागिरहन्थ्यो, तर उ जहिले पनि तर्कले हार्थ्यो।

एकपटक बुद्ध जब कपिलवस्तु पुग्नुभयो त अनेक कुलीन शाक्यवंशी राजकुमार उहाँको अनुयायी बने। देवदत्त पनि उनि मध्य एक थिए ।

केहि समय पछि देवदत्तले पनि केहि जादु शक्तिहरु प्राप्त गर्यो र एकपटक उस्को प्रदर्शन मगधको भावी सम्राट अजातशत्रु समक्ष गर्यो । त्यहाँ उ एक बालकको रुपमा प्रकट भयो जस्ले साँपको न्यारीमुसा बाँधेको थियो । तब देखि अजातशत्रु उसलाई परम आदरको दृष्टिले हेर्थ्यो । Continue reading →

Posted in जातक कथा | Tagged | Leave a comment

धर्मिक कथा : तिम्रो विचार नै तिम्रो कर्म हो

~ओशो~

शाक्यमुनी बुद्ध आफ्नो शिष्यहरुको साथमा बस्नुभएकोथियो । एक शिष्यले सोध्यो- भगवान “कर्म के हो ?”

बुद्धले भन्नुभयो- “मैले तिमीलाई एक कथा सुनाउँछु ।”

एक राजा हात्तीमा बसेर आफ्नो राज्यको भ्रमण गरिरहेकाथिए ।अचानक उ एक पसलकव अगाडी रोकीयो र आफ्नो मन्त्रिहरु सित भन्यो- “मलाई थाहा छैन किनहो, तर म यस पसलको मालीकलाई फाँसी दिन चाहान्छु ।”

यो सुनेर मन्त्रीलाई धेरै दु:ख लाग्यो । तर जबसम्म त्यो राजा सित कुनै कारण सोध्ला, तबसम्म राजा अघी बढ्यो। Continue reading →

Posted in धर्मिक कथा | Tagged , | Leave a comment

समीक्षा : बौद्ध जातक कथा बारेमा

~जीवनकुमार शाक्य~

जातक या जातक पालि या जातक कथाहरु बौद्ध ग्रंथ त्रिपिटकको सुत्तपिटक अन्तर्गत खुद्दकनिकाय को १०औँ भाग हो । यि कथाहरुमा भगवान बुद्धको पूर्व जन्मको कथाहरु छन्। विश्वको प्राचीनतम लिखित कथाहरु जातक कथाहरु हो जस्मा लगभग ६०० कथाहरु संग्रह गरिएकोछ । यो ईस्वी संम्वत देखि से ३०० वर्ष पूर्वको घटना हुन । यि कथाहरुमा मनोरंजनको माध्यमबाट नीति र धर्म लाई सम्झाउने  प्रयास गरिएकोछ ।

जातक खुद्दक निकाय को दशौँ प्रसिद्ध ग्रन्थ हो । जातकलाई वस्तुतः ग्रन्थ न भनेर ग्रन्थ समूह नै भन्नु उपयुक्त होला । त्यस्को कुनै-कुनै कथानक पूरा ग्रन्थको रूपमा छ र कतै-कतै त्यस्को कथाहरुको रूप संक्षिप्त महाकाव्य-जस्तैछ । जातक शब्द जन धातुबाट बनेको छ । यस्को अर्थ हो भूत अथवा भाव। Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : पालि भाषाको साहित्य

~जीवनकुमार शाक्य~

पालि साहित्यको विकास यात्रा

त्रिपिटकमा केहि यस्ता उल्लेख पाईन्छ जस्ले बुद्धको जीवनकालमा नै धर्म को केहि प्रकरणहरुको व्यवस्थित पाठ गरिने थाहा भएकोछ। उदाहरणार्थ, उदानमा वर्णन छ कि एक पटक सीण नामक भिक्षुबाट स्वयम् भगवानले सोध्नुभयो कि तिमीले धर्मलाई कसरी बुझ्यौ ? यस्को उत्तरमा त्यस भिक्षुले १६ अष्टक वर्गहरुलाई पूरै स्वरको साथ गाएर सुनायो । यस्को भगवानले प्रशम्सा पनि गर्नुभयो । विनयपिटक आदि ग्रन्थहरुमा बहुश्रुत, धर्मधर, विनयधर, मातृकाधर तथा पंचनेकायिक, भाणक, सुत्तंतिक जस्ता विशेषणहरुको प्रयोग पाईन्छ, जस्ले स्पष्ट छ कि बुद्धको उपदेशहरुको धारण, पारणको परम्परा उहाँको जीवनकाल देखि नै चलेको थियो । यस परम्पराको आधारमा बुद्धको उपदेशहरुलाई सुव्यवस्थित साहित्यिक रूप दिनको लागि तीन पटक संगीतिहरु गरिएको उल्लेख चुल्लवग्ग, दीपवंश, महावंश आदि ग्रन्थोंहरुमा पाईन्छ । प्रथम संगीति बुद्धनिर्वाणको चार Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : चैतको बतास

~भुवन ढुङ्गाना~

अनुभूतिले समातेकी छु
हातहरूले छुँदैनन्
यी वर्षहरू हुन्
पछाडि छुटेका ।

वर्षको अन्तिम महिना
चैत छुट्दैछ भारी बिसाएर
पुच्छरमा छ वैशाख झुन्डिएको
चैतको बतासले हल्लाउँछ
बतासले भुँवरी घुमेको छ
फनक्क बितेको यो वर्ष।

अनुभूतिले समातेकी छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : यस्तो बाजी हारेँ मैले

~रवीन्द्र शाह~Rabindra Shah

यस्तो बाजी हारेँ मैले जीत सारा तिम्रै भो’
यस्तोसित गाएँ मैले गीत सारा तिम्रै भो’

सगरभरि ताराहरू आपसमा हाँस्दो रैछन्
मुटुभरि जलन दिई मान्छे यहाँ बाँच्दो रैछन्
यस्तो माया लाएँ मैले हित सारा तिम्रै नै भो’ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : सास चल्छ तिम्रै नामको

~ममता मृगतृष्णा~

शरीर भित्र अझै पनि सास चल्छ तिम्रै नामको
फर्किन्छौ कि कतै तिमी आश चल्छ तिम्रै नामको

हलुङ्गो हावा पनि गर्हौ याद बोकी आउछ
पलपल तडपाउन बताश चल्छ तिम्रो नामको Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : बाटो टुङ्गिन्छ पाइलेपिच्छे

~वासु शशी~Basu Sashi

जब मलाई यो बताइयो कि हिँड्नाले मात्रै पुगिँदैन
तब मैले पुग्नुलाई छाडिदिए
र हिँड्नुलाई वरण गरे
त्यस दिनदेखि मेरा यात्रा र जीवन एउटै बने
मलाई थकाई लाग्न छाड्यो
मैले हतारिन छाडे । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ अर्थात् म

~लोकेन्द्र शाह~

सबैले विश्वासघात गरे
सडकमा ऊ एक्लै करायो
उसको बोलीमा कसैले ‘हो’ भनेन
जसले पहिलो ‘हो’ भन्ने गर्दथे
आफ्ना घरका झ्यालहरूबाट लुकेर उसलाई हेर्न थाले
ऊ फेरि एक्लै सडकमा थियो।
तपाईंले उसलाई चिन्नुभएन ?
ऊ भनेको मै हुँ
म एक्लै थिएँ
सपनाको खोजीमा, सडकमा ।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नाटक/नाटक

~लोकेन्द्र शाह~

मन्दिर—
म बनेको छु
ऊ बनेको छ
सबै बनेका छौँ ।
देउता—
कोही हुन तयार छैन
कसैले भन्छ—
म् देउता बन्छु तर मन्दिरभित्र बस्दिनँ
मूर्तिजस्तै भएर टाँसिएँ भने नि ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : यो हो गीत तिमीलाई यो हो प्रीत

~शान्ति शाह~

यो हो गीत तिमीलाई यो हो प्रीत तिमीलाई
सपनामा कथे थेँ बिपनामा गाएछु

संझीलेऊ फरर हृदयको पाना गनेर
यो हो गीत तिमीलाई यो हो प्रीत तिमीलाई
सपनामा कथे थेँ बिपनामा गाएछु
संझीलेऊ फरर हृदयको पाना गनेर Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आऊ न आऊ तिम्रो खुशी

~चाँदनी शाह~Chandani Shah

आऊ न आऊ तिम्रो खुशी
म त सधैं पर्खि रहुँला
आए पनि म हेरी रहुँला
गए पनि हेरी रहुँला

कहिलेकाहिं दृष्टि पनि
मुवाई भन्दा मिठो हुन्छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पलक झारी जमिन कोरी घुम्टोमा लुकेर

~म. बि. बि. शाह~

केटा-
पलक झारी जमिन कोरी घुम्टोमा लुकेर
दुलहीसरी मुसुक्क हाँस्ने त्यो मान्छे कस्तो छ ?
केटी-
झुल्केको घाम परेको सुनी सुन्दर प्रभात
दुई डाँडा टेक्ने इन्द्रेणीसरी त्यै मान्छे जस्तो छ ।

केटा-
उषाको बेला शीतको थोपा केशमा जडेर
सिम्रिक टीका गाजल कोर्ने त्यो मान्छे कस्तो छ ? Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : प्रश्न

~प्रेमराजेश्वरी थापा~

सङिनी, कसले अनजानैमा आकर्षणको खोल्यो द्वार ?
कुन पीडाको बीणामा यो बजीरहेछन् करुण पुकार ?
यी बीणामा यसरी सङिनी निक्ल्यो यस्तो झंकार ?
भावुक हृदय द्रवित भइ बग्दछ बेसुधजस्तो भइ उवसार ।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : गरौँला हामी सिर्जना अर्को

~म. बि. बि. शाह~

गरौँला हामी सिर्जना अर्को प्रीतिको जगतमा
सुन्दर मीठो भावना नयाँ भरेर दिलैमा

पुगौँला हामी सगरमाथा, ताराको छायामा
सम्झनाको झझल्को लिई, जुनेली रातमा
गरौँला हामी सिर्जना अर्को प्रीतिको जगतमा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

महाकाव्य : भानुभक्त रामायण : उत्तर काण्ड

~भानुभक्त आचार्य~

(१) बाल काण्ड
(२) अयोध्या काण्ड
(३) अरण्य काण्ड
(४) किष्किन्धा काण्ड
(५) सुन्दर काण्ड
(६) युद्ध काण्ड
(७) उत्तर काण्ड


उत्तर काण्ड


शम्भूका मुख देखि राज्य अभिषेक् राम्को सुनीथिन् जसै।

सोधिन् पार्वतिले सदाशिवजि थ्यैं लीला पछीका तसै॥

पृथ्वीमा कति वर्ष राज् हुन् गयो लीला तहाँ कुन् भया।

कस्ता रित् सित राज्य छोडि रघुनाथ् वैकुण्ठधाम्मा गया॥1॥ Continue reading →

Posted in महाकाव्य | Tagged , | Leave a comment

महाकाव्य : भानुभक्त रामायण : युद्ध काण्ड

~भानुभक्त आचार्य~

(१) बाल काण्ड
(२) अयोध्या काण्ड
(३) अरण्य काण्ड
(४) किष्किन्धा काण्ड
(५) सुन्दर काण्ड
(६) युद्ध काण्ड
(७) उत्तर काण्ड


युद्ध काण्ड


लङ्कापुरी सकल खाग् गरि सैन्य मारी।

फेरी समुद्र सहजै तरि आइ वारी॥

सीताजिको जब सबै समचार् बताया।

श्रीरामले ति हनुमान् कन खुप् सह्राया॥1॥ Continue reading →

Posted in महाकाव्य | Tagged , | Leave a comment

महाकाव्य : भानुभक्त रामायण : सुन्दर काण्ड

~भानुभक्त आचार्य~

(१) बाल काण्ड
(२) अयोध्या काण्ड
(३) अरण्य काण्ड
(४) किष्किन्धा काण्ड
(५) सुन्दर काण्ड
(६) युद्ध काण्ड
(७) उत्तर काण्ड


सुन्दर काण्ड


तर्छू क्षार समुद्र आज सहजै भन्न्या इरादा धरी।

श्रीराम्का चरणारविन्द मनले अत्यन्त चिन्तन् गरी॥

भन्छन् विर्हरुलाइ ताहिं हनुमान् हे वीर हो पार् तरी।

सीताजी कन भेट्दछू म अहिले जान्छू बडो वेग् धरी॥1॥ Continue reading →

Posted in महाकाव्य | Tagged , | Leave a comment

महाकाव्य : भानुभक्त रामायण : किष्किन्धा काण्ड

~भानुभक्त आचार्य~

(१) बाल काण्ड
(२) अयोध्या काण्ड
(३) अरण्य काण्ड
(४) किष्किन्धा काण्ड
(५) सुन्दर काण्ड
(६) युद्ध काण्ड
(७) उत्तर काण्ड


किष्किन्धा काण्ड


जस्सै मुक्त भई गइन् ति शबरी सब् बात् सुनी राम् पनी।

जान्छू आज म ऋष्यमूक गिरिमा सुग्रीव भेट्छू भनी॥

जान्थ्या कोस् भरिको तलाउ मिलिगो पम्पा भन्याको पनी।

चीह्न्या श्री रघुनाथले शबरिले यै हो भन्याको भनी॥1॥ Continue reading →

Posted in महाकाव्य | Tagged , | Leave a comment

महाकाव्य : भानुभक्त रामायण : अरण्य काण्ड

~भानुभक्त आचार्य~

(१) बाल काण्ड
(२) अयोध्या काण्ड
(३) अरण्य काण्ड
(४) किष्किन्धा काण्ड
(५) सुन्दर काण्ड
(६) युद्ध काण्ड
(७) उत्तर काण्ड


अरण्य काण्ड


अत्रीका आश्रमैमा बसि रघुपतिले प्रेमले दिन् बिताई।

दोस्रा दिन्मा सबेरै उठि कन वनमा जान मन्सुब् चिताई॥

अत्रीजीका नजिक्मा गइ कन अब ता जान्छु बीदा म पाऊँ।

रस्ता यो जाति होला भनिकन कहन्या एक् अगूवा म पाऊँ॥1॥ Continue reading →

Posted in महाकाव्य | Tagged , | Leave a comment