समीक्षा : पालि भाषाको साहित्य

~जीवनकुमार शाक्य~

पालि साहित्यको विकास यात्रा

त्रिपिटकमा केहि यस्ता उल्लेख पाईन्छ जस्ले बुद्धको जीवनकालमा नै धर्म को केहि प्रकरणहरुको व्यवस्थित पाठ गरिने थाहा भएकोछ। उदाहरणार्थ, उदानमा वर्णन छ कि एक पटक सीण नामक भिक्षुबाट स्वयम् भगवानले सोध्नुभयो कि तिमीले धर्मलाई कसरी बुझ्यौ ? यस्को उत्तरमा त्यस भिक्षुले १६ अष्टक वर्गहरुलाई पूरै स्वरको साथ गाएर सुनायो । यस्को भगवानले प्रशम्सा पनि गर्नुभयो । विनयपिटक आदि ग्रन्थहरुमा बहुश्रुत, धर्मधर, विनयधर, मातृकाधर तथा पंचनेकायिक, भाणक, सुत्तंतिक जस्ता विशेषणहरुको प्रयोग पाईन्छ, जस्ले स्पष्ट छ कि बुद्धको उपदेशहरुको धारण, पारणको परम्परा उहाँको जीवनकाल देखि नै चलेको थियो । यस परम्पराको आधारमा बुद्धको उपदेशहरुलाई सुव्यवस्थित साहित्यिक रूप दिनको लागि तीन पटक संगीतिहरु गरिएको उल्लेख चुल्लवग्ग, दीपवंश, महावंश आदि ग्रन्थोंहरुमा पाईन्छ । प्रथम संगीति बुद्धनिर्वाणको चार महिना पछि नै राजगृहमा भयो जस्मा ५०० भिक्षुहरुले भाग लिए, जस्को कारण त्यो पंचशतिका नामले पनि प्रसिद्ध छ । यस्को अध्यक्षता महाकाश्यपले गरेका थिए की अरु उन्ले बुद्धको साक्षात् शिष्य भिक्षु उपालिबाट विनय सम्बन्धी तथा स्थविर आनन्दबाट सुत्त सम्बन्धी प्रश्न सोधेर अन्य भिक्षुहरुले अनुमोदनले त्यस विषयहरुको संग्रह गरियो । यसी प्रकारको दोश्रो संगीति बुद्ध निर्वाणको १०० वर्ष पछि वैशालीमा भयो जस्मा ७०० भिक्षुहरु सम्मिलित भए र यसैले त्यो सप्तशतिकाको नामले विख्यात भयो । यस्मा वैशालीका भिक्षुहरुको आचरणमा अनेक दोष देखाएर त्यसलाई विनयको विरुद्ध ठहराईयो र अनुमानत: विनयपिटकमा विशेष व्यवस्था ल्याईयो । बुद्धघोषको मतानुसार त यसै संगीति द्वारा बुद्ध वचनहरुको त्रिपिटक, पाँच निकाय, नौ अंग तथा चौरासी हजार धर्मस्कन्धहरुमा वर्गीकरण गरियो । तेङो संगीति बुद्धनिर्वाणको २२६ वर्ष पछि सम्राट् अशोकको राज्यकालमा पाटलिपुत्रमा भयो । यस्को अध्यक्षता मोग्गलिपुत्त तिस्सले गर्यो । यो सम्मेलन नौ महिना सम्म चल्यो र त्यसमा बुद्धवचनहरुलाई अन्तिम स्वरूप दिईयो । यसै बिच मोग्गलिपुत्त तिस्सले कथावत्युको रचना गरे जस्मा १८ मिथ्यादृष्टि बौद्ध सन्श्दाहरुको मान्यताहरुको निराकरण गरियो । यस रचनालाई पनि अभिधम्मपिटकमा सम्मिलित गरियो । यसै संगीतिको उल्लेख चुल्लवग्गमा छैन र न तिब्बती या चीनी महायान सम्प्रदायको सहित्यमा छ । अशोकको भाब्रू को लेख, जस्मा सात प्रकरणहरुको नाम पनि उद्धृत छ, त्यस्मा, अथवा अन्य धर्मलिपिहरुमा यस्तो कुनै संगीतिको कहीं कुनै उल्लेख गरिएन ।

वर्गीकरण

मूल पालि साहित्य या पिटक

मुख्य लेख: त्रिपिटक

मूल पालि साहित्य तीन भागमा बिभाजितछ, जस्लाई पिटक भनियो – “विनयपिटक”, “सुत्तपिटक” र “अभिधम्मपिटक”। यसमध्य प्रत्येक पिटकको भित्र आफ्नो विषय सित सम्बंन्ध राखिने अनेक स्यानो तिनो रचनाहरुको समावेश छ ।

पालिको यि तीन पिटकहरुमा ई. पूर्व छैठौ शताव्दिमा भयो भगवान बुद्धको विचारहरु र उपदेशहरुको एक विशेष शैलीमा संकलन गरिएकोछ । तीनै पिटकहरुमा परस्पर तारतम्य छ । विषयको मूलाधार सुत्तपिटक हो जस्मा भगवानको उपदेशहरुलाई श्रोताहरुलाई हृदयंगम गराउनको लागि सरल भन्दा सरल, रोचक कथात्मक शैलीको प्रयोग गरिएकोछ । यहाँ वस्तुलाई संक्षेपमा भन्ने प्रयत्न गरिएन । उद्देश्य हो नयाँ- नयाँ कुराहरुलाई सामान्य श्रोताहरुको ग्रहण योग्य बनाउनु र यसैले यहाँ उपदेशको मुख्य भागको पटक पटक पुनरावृत्ति गरिएकोछ । प्रसंगवश यि सुत्तहरुमा तत्कालीन धार्मिक, सामाजिक एवं राजनीतिक परिस्थितिहरुको चित्रण पनि आयएकोछ जुन प्राचीन इतिहासको दृष्टिले बड़ो महत्वपूर्ण छ। उदाहरणार्थ, दीघ निकायको समंञफल सुत्त, ब्रह्मजाल सुत्त एवं महापरिनिब्बान सुत्तमा बुद्धको समसामयिक धर्मप्रवर्तकहरु जस्तै मंखलिगोसाल, पकुधकच्चायन, अजित केस कंबलि, संजय बलट्ठिपुत्त निगंठनातपुत्त, आदिको आचार-विचारहरु तथा उनि द्वारा प्रवर्तित धर्म संप्रदायहरुको बौद्ध दृष्टिले आलोचना पाईन्छ र साथै तिनिन विषयहरुमा बौद्ध मान्यताको प्रतिपादन पनि पाईन्छ । सामाजिक चित्रण सुत्तपिटकमा छरिएकोछ, तथापि खुद्दक निकायको अंतर्गत जातकहरुमा यस्को प्रचुर सामग्री उपलब्ध छ । सुत्तहरुमा ठाउँ-ठाउँमा बुद्धकालीन मगधविदेहकोशलकाशी आदि १६ जनपदहरुको राजाहरुको तिन्का परस्पर सम्बन्धहरु एवं लड़ाई-झगड़ाहरु र दाँउ-पेंचहरुको उल्लेख भरिएकोछ । सुत्तहरुको उपदेशहरुमा जुन बौद्ध आचारको संकेत पाईन्छ, उन्कै भिक्षुहरुको योग्य सदाचारको नियमहरुको रूपमा विधि-निषेध-प्रणालीबाट व्यवस्था विनय पिटकमा पनि गरिएकोछ । यसै प्रकार सुत्तहरुमा जुन तत्वचिंतन को बीज सन्निहित छ, त्यस्को दार्शनिक शब्दावलीमा सैद्धांतिक रूपले प्रतिपादन र विवेचन अभिधम्म पिटकमा गरिएकोछ । यस परस्पर आनुषंगिकताको कारण बौद्धधर्मको पूरा सांगोपांग एवं सुव्यवस्थित परिज्ञान बिना त्रिपिटकको अवलोकनको हुन सक्तैन । यो पालि त्रिपिटक विषयको दृष्टिले स्वयं बुद्ध भगवानको उपदेशहरुमा आधारित छ । उपलब्ध ग्रन्थ रचनाको दृष्टिले ई. पूर्व तृतीय शताब्दीले पछिको सिद्ध हुँदैन । बौद्ध परंपरानुसार अशोक सम्राट्को कालमा नै उन्को पुत्र महेंद्र स्वयम् बौद्ध भिक्षु बनेर यस साहित्यलाई लंका लगे र त्यहाँ प्रथम शती ई. मा राजा बट्टगामणीको राज्यकालमा त्यसलाई त्यो लिखित रूप प्राप्त भयो जस्मा त्यो आज हामी पाउँछौ ।

वर्गीकरण

मूल पालि साहित्य या पिटक

त्रिपिटक

मूल पालि साहित्य तीन भागमा बिभाजितछन्, जस्लाई पिटक भनियो – “विनयपिटक”, “सुत्तपिटक” र “अभिधम्मपिटक”। यसमध्य प्रत्येक पिटकको भित्र आफ्नो विषय सित सम्बंन्ध राखिने अनेक स्यानो तिनो रचनाहरुको समावेश छ ।

पालिको यि तीन पिटकहरुमा ई. पूर्व छैठौ शताव्दिमा भयो भगवान बुद्धको विचारहरु र उपदेशहरुको एक विशेष शैलीमा संकलन गरिएकोछ । तीनै पिटकहरुमा परस्पर तारतम्य छ । विषयको मूलाधार सुत्तपिटक हो जस्मा भगवानको उपदेशहरुलाई श्रोताहरुलाई हृदयंगम गराउनको लागि सरल भन्दा सरल, रोचक कथात्मक शैलीको प्रयोग गरिएकोछ । यहाँ वस्तुलाई संक्षेपमा भन्ने प्रयत्न गरिएन । उद्देश्य हो नयाँ- नयाँ कुराहरुलाई सामान्य श्रोताहरुको ग्रहण योग्य बनाउनु र यसैले यहाँ उपदेशको मुख्य भागको पटक पटक पुनरावृत्ति गरिएकोछ । प्रसंगवश यि सुत्तहरुमा तत्कालीन धार्मिक, सामाजिक एवं राजनीतिक परिस्थितिहरुको चित्रण पनि आयएकोछ जुन प्राचीन इतिहासको दृष्टिले बड़ो महत्वपूर्ण छ। उदाहरणार्थ, दीघ निकायको समंञफल सुत्त, ब्रह्मजाल सुत्त एवं महापरिनिब्बान सुत्तमा बुद्धको समसामयिक धर्मप्रवर्तकहरु जस्तै मंखलिगोसाल, पकुधकच्चायन, अजित केस कंबलि, संजय बलट्ठिपुत्त निगंठनातपुत्त, आदिको आचार-विचारहरु तथा उनि द्वारा प्रवर्तित धर्म संप्रदायहरुको बौद्ध दृष्टिले आलोचना पाईन्छ र साथै तिनिन विषयहरुमा बौद्ध मान्यताको प्रतिपादन पनि पाईन्छ । सामाजिक चित्रण सुत्तपिटकमा छरिएकोछ, तथापि खुद्दक निकायको अंतर्गत जातकहरुमा यस्को प्रचुर सामग्री उपलब्ध छ । सुत्तहरुमा ठाउँ-ठाउँमा बुद्धकालीन मगधविदेहकोशलकाशी आदि १६ जनपदहरुको राजाहरुको तिन्का परस्पर सम्बन्धहरु एवं लड़ाई-झगड़ाहरु र दाँउ-पेंचहरुको उल्लेख भरिएकोछ । सुत्तहरुको उपदेशहरुमा जुन बौद्ध आचारको संकेत पाईन्छ, उन्कै भिक्षुहरुको योग्य सदाचारको नियमहरुको रूपमा विधि-निषेध-प्रणालीबाट व्यवस्था विनय पिटकमा पनि गरिएकोछ । यसै प्रकार सुत्तहरुमा जुन तत्वचिंतन को बीज सन्निहित छ, त्यस्को दार्शनिक शब्दावलीमा सैद्धांतिक रूपले प्रतिपादन र विवेचन अभिधम्म पिटकमा गरिएकोछ । यस परस्पर आनुषंगिकताको कारण बौद्धधर्मको पूरा सांगोपांग एवं सुव्यवस्थित परिज्ञान बिना त्रिपिटकको अवलोकनको हुन सक्तैन । यो पालि त्रिपिटक विषयको दृष्टिले स्वयं बुद्ध भगवानको उपदेशहरुमा आधारित छ । उपलब्ध ग्रन्थ रचनाको दृष्टिले ई. पूर्व तृतीय शताब्दीले पछिको सिद्ध हुँदैन । बौद्ध परंपरानुसार अशोक सम्राट्को कालमा नै उन्को पुत्र महेंद्र स्वयम् बौद्ध भिक्षु बनेर यस साहित्यलाई लंका लगे र त्यहाँ प्रथम शती ई. मा राजा बट्टगामणीको राज्यकालमा त्यसलाई त्यो लिखित रूप प्राप्त भयो जस्मा त्यो आज हामी पाउँछौ ।

विनयपिटक

आफ्नो नामानुसार विनयपिटकको विषय भिक्षुहरुले पालन योग्य सदाचारको नियम उपस्थित गर्नु हो । यस्को तीन अवान्तर विभाग छन – सुत्तविभंग, खन्धक र परिवार। सुत्तविभंगको पुन: दुई उपविभाग छन् – महावग्ग र चुल्लवग्ग। यस प्रकार आफ्नो यि उपविभागहरुको अपेक्षा विनयपिटक पाँच भागमा विभक्त छन् ।

सुत्तपिटक

सुत्तपिटक आफ्नो विषय, विस्तार तथा रचनाको दृष्टिले त्रिपिटकको सबैभन्दा महत्वपूर्ण भाग हो । यस्मा यस्तो सुत्तहरुको संग्रह गरिएकोछ जुन परम्परानुसार या त स्वयम् भगवान बुद्धले भन्नुभएका हुन या उहाँको साक्षात् शिष्य द्वारा उपदिष्ट हो र जस्को अनुमोदन स्वयम् भगवान बुद्धले गर्नुभएकोछ । सुत्तको संस्कृत रूपान्तर सूत्र गरिन्छ । तैपनि प्रस्तुत सुत्तहरुमा सूत्रको ति लक्षण दृष्टिगोचर हुँदैन जुन संस्कृत को प्राचीन सूत्ररचनाहरु, जस्तै वैदिक साहित्यको श्रौत सूत्र, गृह्म एवं धर्मसूत्र आदिमा पाईन्छ । सूत्रको विशेष लक्षण होस अति संक्षेपमा कम भन्दा कम शब्दहरुमा धेरै  भन्दा धेरै अर्थ व्यक्त गर्नु । त्यस्मा पुनरुक्तिको सर्वथा अभाव अविद्यमान छ । तैपनि यहाँ संक्षिप्त शैलीको विपरीत सुविस्तृत व्याख्यान तथा मुख्य कुराहरुको पटक-पटक पुनरावृत्तिको शैली अपनाईएकोछ । यस कारण सुत्तको सूत्र रूपान्तर उचित जस्तो लाग्दैन । विचार गर्दा अनुमान हुन्छ कि सुत्तको अभिप्राय मूलत: सूक्त सित रहेकोछ । वेदहरुको एक एक प्रकरणलाई पनि सूक्त नै भनिएकोछ । कुनै एक कुराको प्रतिपादनलाई सूक्त भन्नु सर्वथा उचित लाग्छ ।

सुत्तपिटकको पाँच भाग छन् जस्लाई निकाय भनिएकोछ – दीघनिकाय, मज्झिमनिकाय, संयुक्तनिकाय, अंगुत्तरनिकाय र खुद्दकनिकाय। दीर्घनिकाय तीन वर्गमा विभाजित छन् । प्रथम सीलक्खंधवग्गमा १३ सुत्त छन् , दोश्रो महावग्गमा १० तथा तेश्रो पाटिकवग्गमा ११ छन्। यस प्रकार दीर्घनिकायमा ३४ सुत्त छन् । यि सुत्त अन्य निकायहरुमा संगृहीत सुत्तहरुको अपेक्षा विस्तारमा धेरै लामो छ र यहि यस निकायको नामको सार्थकता हो ।

मज्झिमनिकाय मा मध्यमविस्तार को १५२ सुत्त छन् जुन १५ वर्गहरुमा विभक्त छन् –

(१) मूलपरियाय (२) सिँहनाद (३) ओपम्म (४) महायमक (५) चूलयमक

(६) गहपति (७) भिक्खू (८) परिव्वाजक (९) राज (1१०) ब्राह्मण

(११) देवदह (१२) अनुपद (१३) सुंञता (१४) विभंग र (१५) षडायतन।

यस मध्यबाट १४औँ वर्ग विभंगमा १२ सुत्त छन् र बाँकि सबैमा दश-दश।

संयुत्तनिकायमा स्यानो ठूलो सबै प्रकारको सुत्तहरुको संग्रह हो र यहि यस निकायको नामको सार्थकता हो । यसमा जम्मा ५६ सुत्त या संयुत्त छन जुन यि पाँच वर्गहरुमा विभाजित छन –

(१) सगाथ (२) निदान (३) खंध (४) षडायतन र (५) महावग्ग।

अंगुत्तर निकायको आफ्नो एक विशेषता छ । यस्मा सुत्तहरुको संग्रह एक व्यवस्था अनुसार गरिएकोछ । आदिमा यस्तो सुत्त छन जस्मा बुद्ध भगवानको एक संख्यात्मक पदार्थहरु विषयक उपदेशहरुको संग्रह हो, तत्पश्चात् दुई पदार्थहरु विषयक सुत्तहरुको र फेरि तीन, चार आदि। यसै क्रमबाट यस निकायको भित्र एककनिपात, दुकनिपात एवं तिक, चतुवक, पंचक, छक्क, सत्तक, अट्ठक, नवक, दसक र एकादसक यि नामहरुको एघार निपातहरुको संकलन हो । यि निपात पुन: वर्गहरुमा विभाजित छन् , जस्को संख्या निपात क्रमबाट २१, १६, १६, २६, १२, ९, ९, ९,२२ र ३ हो । यस प्रकार ११ निपातहरुमा जम्मा वर्गहरुको संख्या १६९ छन । प्रत्येक वर्गको भित्र अनेक सुत्त छन् जस्को संख्या एक वर्गमा कम भन्दा कम ७ र  धेरै भन्दा धेरै २६२ छन्। यस प्रकार अंगुत्तर निकायबाट सुत्तहरुको संख्या २३०८छन् ।

खुद्दक निकायमा विषय तथा रचनाको दृष्टिले प्राय: सर्वथा स्वतंत्र १५ रचनाहरुको समावेश छन, जस्को  नाम हुन –

(१) खुद्दक पाठ (२) धम्मपद (३) उदान (४) इतिवुत्तक (५) सुत्तनिपात

(६) विमानवत्थु (७) पेतवत्थु (८) थेरगाथा (९) थेरीगाथा (१०) जातक

(११) निद्देस (१२) पटिसंभिदामग्ग (१३) अपादान (१४) बुद्धवंस र (१५) चरियापिटक।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.