समीक्षा : बौद्ध जातक कथा बारेमा

~जीवनकुमार शाक्य~

जातक या जातक पालि या जातक कथाहरु बौद्ध ग्रंथ त्रिपिटकको सुत्तपिटक अन्तर्गत खुद्दकनिकाय को १०औँ भाग हो । यि कथाहरुमा भगवान बुद्धको पूर्व जन्मको कथाहरु छन्। विश्वको प्राचीनतम लिखित कथाहरु जातक कथाहरु हो जस्मा लगभग ६०० कथाहरु संग्रह गरिएकोछ । यो ईस्वी संम्वत देखि से ३०० वर्ष पूर्वको घटना हुन । यि कथाहरुमा मनोरंजनको माध्यमबाट नीति र धर्म लाई सम्झाउने  प्रयास गरिएकोछ ।

जातक खुद्दक निकाय को दशौँ प्रसिद्ध ग्रन्थ हो । जातकलाई वस्तुतः ग्रन्थ न भनेर ग्रन्थ समूह नै भन्नु उपयुक्त होला । त्यस्को कुनै-कुनै कथानक पूरा ग्रन्थको रूपमा छ र कतै-कतै त्यस्को कथाहरुको रूप संक्षिप्त महाकाव्य-जस्तैछ । जातक शब्द जन धातुबाट बनेको छ । यस्को अर्थ हो भूत अथवा भाव। ‘जन्’ धातुमा ‘क्त’ प्रत्यय जोड़ेर यो शब्द निर्मित हुन्छ । धातुलाई भूत अर्थमा प्रयुक्त गरेर जब अर्थ किया जाता है तो जातभूत कथा एवं रूप बनता है। भाव अर्थ में प्रयुक्त करने पर जात-जनि-जनन-जन्म अर्थ बनता है। इस तरह ‘जातक’ शब्दको अर्थ हो, ‘जात’ अर्थात् जन्म-सम्बन्धीं। ‘जातक’ भगवान बुद्धको पूर्व जन्म सम्बन्धी कथाहरु हुन । बुद्धत्व प्राप्त गर्ने अवस्थाबाट पूर्व भगवान् बुद्ध बोधिसत्व भनिन्छ । वहाँ त्यस समय बुद्धत्वको लागि उम्मीदवार हुन्छन र दान, शील, मैत्री, सत्य आदि दस पारमिताहरु अथवा परिपूर्णताहरुको अभ्यास गर्नुहुन्छ । भूत-दया को लागि वहाँ आफ्नो प्राणको अनेक पटक बलिदान गर्नुहुन्छ । यस प्रकार वहाँ बुद्धत्वको योग्यताको सम्पादन गर्नुहुन्छ । बोधिसत्व शब्दको अर्थ नै बोधि को लागि उद्योगशील प्राणी हो । बोधिको लागिहो सत्व (सार) जस्को यस्तो अर्थ पनि केहि विद्वानहरुले गरेकोछ । पालि सुत्तहरमा हामी धेरैपटक पढ़छौँ, ‘‘सम्बोधि प्राप्त हुनुभन्दा अघि, बुद्ध नभएको समय, जब म बोधिसत्व नै थिएँ । अतः बोधिसत्वबाट स्पष्ट तात्पर्य ज्ञान, सत्य दया आदिको अभ्यास गर्ने मान्छ त्यस साधक सित छ जस्को पछि गएर बुद्ध हुनु निश्चित छ । भगवान बुद्ध पनि न केवल आफ्नो अन्तिम जन्ममा बुद्धत्व-प्राप्तिको अवस्था भन्दा  पूर्व बोधिसत्व हुनुहुन्थ्यो , बरु आफ्नो अनेक पूर्व जन्महरुमा पनि बोधिसत्वको चर्याको उहाँले पालन गर्नुभएकोथियो । जातकको कथाहरु भगवान् बुद्ध को यि विभिन्न पूर्वजन्महरु बाट जबकि उहाँ बोधिसत्व हुनुहुन्थ्यो , सम्बन्धित छ । अधिकान्स कथाहरमा उहाँ प्रधान पात्रको रूपमा चित्रित छन् । कथाको वहाँ स्वयं नायक हुन । कतै-कतै उहाँको स्थान एक साधारण पात्रको रूपमा गौण छ र कतै-कतै वहाँ एक दर्शकको रूपमा पनि गरिएकोछ। प्रायः प्रत्येक कथाको आरम्भ यस प्रकार हुन्छ-‘‘एक समय राजा ब्रह्मदत्तको वाराणसीमा राज्य गरिरहँदा समय (अतीते वाराणसिंय बह्मदत्ते रज्ज कारेन्ते) बोधिसत्व कुरंग मृगको योनिबाट उत्पन्न भएकाथिए अथवा … सिन्धु पारको घोड़ाको कुलमा उत्पन्न भएकाथिए अथवा ….. बोधिसत्व ब्रह्मदत्तको अमात्य थिए अथवा ..बोधिसत्व गोहीको योनिबाट उत्पन्न भएका थिए आदि, आदि।

जातकको कथाहरु मध्यबाट केहिको नामकरण तो जातकमा आएको गाथाको पहोले शब्दहरुबाट भयो, यथा-अपष्णक जातक; कुनैको प्रधान पात्र अनुसार, यथा वण्णुपथ जातक; कुनैको त्यस जन्महरुको अनुसार जुन बोधिसत्वले ग्रहण गरेका थिए यथा, निग्रेध मिग जातक, मच्छ जातक, आदि।

जातकहरुको निश्चित संख्या कति छ, यस्को निर्णय गर्नु बड़ो कठिन छ । लंका, बर्मा र सिआममा प्रचलित परम्परा अनुसार जातक ५५० छन् । समन्तपासादिकाको निदान कथामा पनि जातकहरुको यतिनै भनिएकोछ । ‘‘पण्णासा धकनि पञ्चसतानि जातकंति वेदितब्बं।‘‘ अट्ठसालिनीको निदान कथामा पनि -पण्णासाधिकानि पञ्चजातकसतानि‘‘ छ । संख्या अनुमानित नै निश्चित गरिएको छ । जातकको वर्तमान रूपमा ५४७ जातक कथाहरु पाईन्छ । तर यो सँख्या पनि माथि माथि छ। जातकट्ठवण्णनाकार ले विषयवस्तुको दृष्टिले यसलाई पाँच वर्गहरुमा विभाजित गरेकोछ-

  • १  पच्चुपन्नवत्थु – बुद्धको वर्तमान कथाहरुको संग्रह हो ।
  • २ अतीतवत्थु – यस्मा अतीतको कथाँहरु संगृहीत छ ।
  • ३  गाथा
  • ४  वैय्याकरण – गाथाहरु व्याख्यायित गरिएकोछ ।
  • ५  समोधन – यस्मा अतीतवत्थुको पात्रहरुको बुद्धको जीवनकालको पात्रहरु सित सम्बन्ध भनिएकोछ ।

जातकको केहि कथाहरु अल्प रूपान्तरको साथ दुई ठाउँ पनि पाईन्छ या एकअरुमा समाविष्ट पनि गरिएकोछ, र यसै प्रकार केहि जातक कथाहरु सुत्त-पिटक, विनय-पिटक, तथा अन्य पालि ग्रन्थहरुमा त पाईन्छ, तर जातकको वर्तमान रूपमा संगृहीत छैन। अतः जातकहरुको संख्यामा धेरै कमीको पनि अरु बृद्धिको पनि सम्भावना छ । उदाहरणतः मुनिक जातक(३०) र सालूक जातक(२८६) को कथावस्तु एकै जस्तो छ, तरकेवल भिन्न-भिन्न नामहरुबाट त्यो दुई ठाउँमा आएकोछ । यसलाई विपरीत ‘मुनिक जातक’ नामको दुई जातक हुँदै त्यस्को पनि कथा भिन्न-भिन्न छ ।

यही करा मच्छ जातक नामको दुई जातक पनि छ। कतै-कतै दूई स्वतन्त्र जातकहरु मिसाएर तेश्रो जातकको निर्माण गरेकोछ । उदाहरण को लागि पञ्चपण्डित जातक(५०८) र दकरक्खस जातक(५१७) यि दुबै जातक महाउमग्ग जातक(५४६) मा अन्तर्भावित छ । जुन कथाहरु जातक-कथाको रूपमा अन्यत्र पाईन्छ, यद्यपि जातक’ मा संगृहीत छैन, उन्को पनि केहि उल्लेख गर्नु  आवश्यक होला । मज्झिम निकाय को घटिकार- सुत्त या घटीकार सुत्त (२/४/१) एक यस्तो नै जातक कथाहो , जुन ‘जातक’ मा पाईदैन । यसै प्रकार दीर्घनिकायको महागोविन्द सुत्त(२/६) जुन स्वयं जातकको निदान कथामा पनि ‘महागोविन्द जातक’ को नामबाट निर्दिष्ट भएकोछ, जातकको भित्र पाईदैन । यसै प्रकार धम्मपदट्ठ कथा र मिलिन्द पञ्हमा पनि केहि यस्तो जातक-कथाहरु उद्धृत गरिएकोछ, जुन जातकमा संगृहीत छैन ।

अतः केहि जातक निश्चित रूपले कति छ यस्को ठिक निर्णय हुन सक्दैन । जब जातकहरुको संख्याको सम्बन्धमा विचार गर्छौ  तब जातकसित हाम्रो तात्पर्य एक विशेष शीर्षकको कथा सित हुन्छ, जस्मा बोधिसत्वको जीवन-सम्बन्धी कुनै घटनाको वर्णन होस, अनि चाहे त्यस एक जातकमा कति नै अवान्तर कथाहरु किन बनाईएको होस । यदि जम्मा कथाहरु गनीयो भने जातकमा करीब तीन हजार कथाहरु पाईन्छ । वास्तवमा जातकहरको संकलन सुत्त-पिटक र विनय-पिटकको आधारमा गरिएकोछ । सुत्त -पिटकमा अनेक यस्तो कथाहरु छ जस्को उपयोग वहाँ उपदेश दिनको लागि गरिएकोछ । यद्यपि बोधिसत्वको उल्लेख त्यस्मा छैन । यो काम पछि गरेर प्रत्येक कथालाई जातकको रूप दिईयो । तित्तिर जातक(३७) र दीघित कोसल जातक(३७१) को निमार्ण यसै प्रकार विनय-पिटक को क्रमशः चुल्लवग्ग र महावग्गबाट गरिएकोछ । मणिकंठ जातक(२५३) पनि विनय-पिटक मै आधारित छ । यसै प्रकार दीर्घ-निकायको कूटदन्त सुत्त(1१।५) र महासुदस्सन सुत्त(२/४) तथा मज्झिम निकायको मखादेव सुत्त(२/४/३) पनि परै अर्थहरुमा जातक हो । कम भन्दा कम१३ जातकहरुको खोज विद्वानहरुले सुत्त पिटक र विनय-पिटकमा गरेकोछ । यद्यपि राजकथा चोर-कथा एवं यसै प्रकारको भय, युद्ध, ग्राम, निगम, नगर, जनपद, महिला ,  पँधेरो, भूत-प्रेत आदि सम्बन्धी कथाहरुलाई तिरश्चीन (व्यर्थको, अधम) कथाहरु भनेर भिक्षु संघमा हेयता को दृष्टि ले हेरिन्थ्यो। त्यहिपनि उपदेशको लागि कथाहरको उपयोग भिक्षुहरु केहि-न-केहि मात्रामा गर्थे ले। स्वयं भगवानले पनि उपमाहरु र दृष्टान्तहरु द्वारा धर्मको उपदेश दिनुभएकोछ । बौद्ध संस्कृत ग्रन्थ सद्धर्मपुण्डरीक सूत्रको द्वितीय परिवर्त (उपाय कौशल्य-परिवर्त)मा पनि भनिएकोछ बुद्ध अनेक दृष्टान्तहरुबाट (दृष्टान्तशतेहि) तथा जातक(पूर्वजन्म सम्बन्धी कथाहरु)  द्वारा सबै प्राणिहरुको कल्याणार्थ उपदेश गर्नुहुन्छ । बुद्धको अतिरिक्त अन्य भारतीय सन्त पनि उपनिषदहरको कालबाट लिएर रामकृष्ण परमहंसको समय सम्म आख्यायिकाहरु र दृष्टान्तहरुको सहारामा धर्मोंपदेश गर्दैछन । यसै प्रवृत्तिको आधारमा जातककथाहरुको विकास भएकोछ । जन समाज मा प्रचलित कथाहरुलाई पनि कही-कहीं लिएकोछ, यद्यपि त्यसलाई एक नयाँ नैतिक रूप दिईएकोछ, जुन बौद्ध धर्मको एक विशेषता हो । अतः सबै जातक कथाहरमा बौद्ध धर्मको पूरै छाप छ । पूर्व परम्पराबाट आउँदै लोक-आख्यानहरको आधार उन्ममा हुन सक्छ, तर त्यस्को सम्पूर्ण ढाँचा बौद्ध धर्मको नैतिक आदर्शको अनुकूल छ। बुद्ध वचनहरुको वर्गीकरण नौ अंङ्गको रूपमा गरिएकोछ, जस्को नाम हुन –

१. सुत्त २. गेय ३. वेय्याकरण ४. गाथा ५. उदान ६. इतिबुत्तक ७. जातक ८. अब्भुतधम्म र ९. वेदल्ल।

  • सुत्त (सूत्र)को अर्थ हो सामान्यतः बुद्ध उपदेश। दीर्घ-निकाय सुत्त निपात आदिमा गद्यमा राखिएको भगवान बुद्धको उपदेश सुत्त हो।
  • गेय्य (गेय)- पद्य मिश्रित अंश (सगाथकं) गे य्य भनिन्छ। ‘‘सब्बं पि सगाथक सुत्तं गेय्यं वेदितब्बं।’’
  • वैय्याकरण (व्याकरण, विवरण, विवेचन) त्यो व्याख्यापरक साहित्य हो, जुन अभिधम्म-पिटक तथा अन्य यस्तै नै अंशहरुमा सन्निहीत छन्।
  • पद्यमा रचित अंग गाथा (पालि श्लोक) भनिन्छ, यथा धम्मपद आदिको गाथाहरु ।
  • उदान को अर्थ हो बुद्ध मुखबाट निस्केको भावमय प्रीति-उद्गार या ऊर्ध्व वचन। यि उद्गार सौमनस्यको अवस्थामा बुद्ध मुखबाट निस्केको ज्ञानमयिक गाथाहरुको रुपमा हो । ‘‘सोमनस्सञ्नाणमयिक गाथापटि संयुत्ता।‘‘
  • इतिवुत्तक को अर्थ हो- ‘यस्तो भनिएको या यस्तो तथागतले भन्नुभयो।’ ‘‘वुत्त हेतं भगवता‘‘ बाट आरम्भ हुने बुद्ध वचन इतिवुत्तक हो ।
  • जातक को अर्थ हो- (बुद्धको पूर्व) जन्म सम्बन्धी कथाहरु। यि जातकमा संगृहीतछ र केहि अन्यत्र पनि त्रिपिटकमा पाईन्छ ।
  • अब्भुत-धम्म (अद्भुत धर्म) ति सुत्त हुन, जुन अद्भुत वस्तुहरु योग सम्बन्धी विभूतिहरुको निरूपण गर्छ। अंगुत्तर निकायको ‘‘चत्तारोंमा भिक्खवे अच्छ रिया अब्भुत धम्मा आनन्दे‘‘ जस्तो अंश ‘अब्भुतधम्म’ हो ।
  • वेदल्ल ति उपदेश हुन जुन प्रश्न र उत्तरको रूपमा लेखिएकोछ , जस्मा आध्यात्मिक प्रसन्नता र सन्तोष प्राप्त गरेर प्रश्न सधियोस । ‘‘सब्बे पि वेदं च तुटिठं च लुद्धा पुचिछतसुत्तन्ता वेदल्लं ति वेदितब्बा।‘‘ चुल्ल वेदल्ल सुत्तन्त महा वेदल्ल सुत्तन्त, सम्मादिट्ठि सुत्तन्त, सक्कपञ्ह सुत्तन्त आदि यस्को उदाहरण हो ।

बुद्ध वचनहरुको यो नौ प्रकारको विभाजन उन्को शैली स्वरूपहरु या नमूनाहरुको दृष्टिले नै, ग्रन्थहरको दृष्टिले होईन । यति प्रकार को बुद्ध उपदेश हुन्थ्यो, यही यस वर्गीकरणको अभिप्राय हो । बुद्ध वचनहरको नौ अंङ्गहरुमा विभाजन जस्मा जातकको संख्या सातौँ हो र अत्यन्त प्राचीन हो। अतः जातक कथाहरु सर्वांशमा पालि-साहित्यको महत्वपूर्ण एवं आवश्यक अंग हो । त्यस्को संख्याको विषयमा अनिश्चितता विशेषतः त्यस्को समय-समयमार सुत्त पिटक र विनय-पिटक तथा अन्य श्रोतहरुबाट संकलनको कारण र स्वयं पालि पिटकको नाना वर्गीकरण र उस्को परस्पर संमिश्रणको कारणले उत्पन्न भएकोहो। चुल्ल निद्देसमा हामीलाई केवल ५०० जातकहरको (पञ्च जातक सतानि)को उल्लेख पाईन्छ । चीनी यात्री फाह्यानले पाँचौ शताब्दी ईस्वीमा ५०० जातकहरको चित्र लंका मा अंकित भएको देखेकाथिए। व्दितीय तृतीय शताब्दी ईस्वी पूर्वको भरहुत र साँचीको स्तूपाहरुमा जातकको चित्र अंकित पाईन्छ । जस्मध्य कमभन्दा कम २७ या २९ जातकहरुको चित्रहरुको पहिचान रायस डेविड्सले गरेकाथिए । तब देखि केहि अन्य जातक कथाहरुको पहचान पनि यि स्तूपाहरुको पाषाण-वेष्टनियहरुमा गरसकेकोछ । यि सबै तथ्य जातकको प्राचीनता र उस्को विकासको सूचक हो ।

स्थविरवादी पालि साहित्यको समान संस्कृत बौद्ध धर्मको ग्रन्थहरमा पनि जातक कथाहरु पाईन्छ । पालिको नवांग बुद्ध वचनको जस्तै यहाँ द्वादश अंग धर्मप्रवचन मानिएकोछ । यि दुबै नै ठाउँ जातक एक अंग या धर्म-प्रवचनको भागको रूपमा विद्यमान छन् । बौद्ध संस्कृत ग्रन्थ जातकमालामा जुन आर्यशूरको रचना भनिन्छ ३४ जातक कथाहरु पाईन्छ । आर्यशूरलाई लामा, तारनाथले अश्वघोषको नै अर्को नाम भनेकोछ यद्यपि यो ठीक लाग्दैन । सम्भवतः ति चतुर्थ शताब्दी ईस्वीका कवि थिए । लोकोत्तरवादिहरको प्रसिद्ध ग्रन्थ महावस्तुमा जुन २०० ई0 पूर्व देखि ४०० ई0 सम्मको बीचको कालमा लेखिएको, करीब ८० जातक कथाहरु पाईन्छ । यस्मध्य केहि पालि जातकको समान छन र केहि यस्तो पनि छ, जुन पालि जातकमा पाईदैन ।

रायस डेविड्सको भनाई छ कि जातकको संकलन र प्रणयन मध्य देशमा प्राचीन जनकथाहरको आधारमा भयो । विण्टरनित्जले पनि प्रायः यसै मतको प्रतिपादन गरेकोछ । अधिकांश जातक बुद्धकालिन छन् । साँची र भरहुतको स्तूपाहरको पाषाण-वेष्टनिहरमार उन्को दृश्यहरुको अंकित हुनु उन्का पूर्व अशोककालीन हुनुको पर्याप्त साक्षी दिन्छ। जातकको काल र कर्तृत्वको सम्बन्धमा धेरै प्रकाश उनको साहित्यिक रूप र विशेषताहरको विवेचनबाट पर्छ । प्रत्येक जातक कथा पाँच भागमा बिभाजित छ ।

१ . पञ्चुप्पन्नवत्थु २ . अतीतवत्थु ३ . गाथा ४ . वेय्याकरण या अत्यवण्णना र ५ . समोधन।

पञ्चुप्पन्नवत्थुको अर्थ हो वर्तमान कालको घटना या कथा। बुद्धको जीवन कालमा जुन घटना घटेको पच्चुप्पन्नवत्थु हो ।त्यस घटना ले भगवानलाई कुनै पूर्वजन्मको वृत्तलाई भन्ने अवसर दियो । यो पूर्वजन्मको वृत्त नैं अतीतवत्थु हो । प्रत्येक जातक को कथाको दृष्टि सबैभन्दा धेरै महत्वपूर्ण भाग यो अतीतवत्थु नै हो । यसैको अनुकूल पच्चप्पन्नवत्थु कतै-कतै बनाईएको लाग्छ । अतीतवत्थु पछि एक या अनेक गाथाहरु आउँछ । यि सम्बन्ध त्यस्तै त अतीतवत्थुबाट हुन्छ यद्यपि कतै-कतै पच्चप्पन्नवत्थु से भी होता है। गाथाएँ जातक के प्राचीनतम अंश हैं। वास्तव में गाथाएँ ही जातक हैं। पच्चुप्पन्नवत्थु आदि पाँच भागहरु सित समन्वित जातक त वास्तवमा जातकट्ठवण्णना या जातकमा वेय्याकरण या अत्थव गणना हुन्छ । यस्मा गाथाहरको व्याख्या र उन्को शब्दार्थ हुन्छ । सबैभन्दा अन्तमा समोधन(समवधान) आउँछ, जस्मा अतीतवत्थु को पात्रहरको बुद्ध को जीवन कालमा पात्रहरको साथ सम्बन्ध मिलाईन्छ, यथा त्यस समय अटारीबाट शिकार खेलनेवाला शिकारी अबको देवदत्त थियो र कुरूंग मृग त मै नैं थिएँ, आदि आदि।

जातकमां बुद्धको पूर्व जन्महरुको कथाहरु संगृहीत छ जबकि उहाँले बोधिसत्व को रूपमा विभिन्न पारमिताहरु पूरा गर्नुभयो र बुद्धत्वको लागि योग्यता सम्पादित गर्नुभयो । सुत्त-पिटकको प्रथम चार निकायहरुमा बुद्धको ऐतिहासिक रूपको नै प्रतिष्ठा छ। पछि जातकमा (तथा बुद्धवंस र चरिया-पिटकमा) उहाँको ऐतिहासिक जीवनलाई पूर्वको कथाहरु सित सम्बद्ध गरेको पाईन्छ । जातकट्ठकथाको निदान कथामा बुद्ध जीवनको तीन निदान भनिएकोछहैं, दूरे निदानमा अत्यन्त दूर अतीतको बुद्ध जीवनको कथा हो, यस्तो मानिन्छ कि अत्यन्त सुदूर अतीतमा बुद्ध सुमेध तपस्वी भएर उत्पन्न भएकाथिए । त्यस समय उहाँले दीपंकर बुद्धमा बड़ो निष्ठा देखाउनुभयो जस्को परिणामस्वरूप उहाँले पछि गएर बुद्ध हुने आशीर्वाद दिए । अनेक जन्महरु सम्म विभिन्न शरीर धारण गर्दै सुमेध तपस्वीको साधना चलिरहेको । अन्तमा वेस्सन्तर राजाको रूपमा शरीर त्याग गरेर वहाँ तुषित लोकमा गए । सुमेध तपस्वीको रूपबाट लिएर तुषित लोकमा जाँदासम्म बुद्धको यो साधना कथा दूर निदानको अन्तर्गत छ । ५४७ जातक कथाहरु अपण्णक जातकबाट लिएर वेस्सन्तर जातक सम्म बुद्ध जीवनीको यस दूरे निदान बाट नै सम्बन्धित छ । यि कथाहरुबाट यहाँ तात्पर्य छ यिनमा वर्णित अतीतवत्थु। यिनको सम्बन्ध बुद्धको जीवन-कथाको दूरे निदान सित छ अर्थात् यि धेरै टाढा अतीतको कथाहरु हो । लुम्बिनी वनमा जन्म लिने समय देखि लिएर बोधि-प्राप्ति हुँदा सम्मको कथा अविदूरे निदान सित सम्बन्धित छ । अर्थात त्यो त्यति टाढा अतीतको होईन । बोधि प्राप्ति देखि लिएर निर्वाण प्राप्ति सम्मको बुद्ध जीवनी सन्तिको निदानको अन्तर्गत हो अर्थात त्यो नजीकको हो ।

। जातकको पच्चुप्पन्नवत्थुमा यस्को केहि अंश प्रस्तावना रूपमा आउँछ । जातकको कहानिहरमा अतीतवत्थमा बुद्ध जीवनीको दूरे निदानको भित्र समाविष्ट उन्का पूर्व जन्महरको कथाहरु आउँछ । ऐतिहासिक बुद्धको जीवनको कुनै घटनाको उल्लेख गरेर यि  दूरे निदानको कथाहरु भन्नको लागि अवकाश निकालिएको हो । जुन वास्तवमा जातकको निर्माण गर्छ ।

प्रत्येक जातकको पाँच अंगहरको उपर्युक्त विवेचनबाट स्पष्ट छ कि जातक गद्य-पद्य मिश्रित रचनाहरु हुन । गाथा (पद्य) भाग जातकको प्राचीनतम भाग मानिन्छ । त्रिपिटकको अन्तर्भूत यस गाथा भागलाई नै मान्नु धेरै उपयुक्त होला । शेष सब अट्ठकथा हुन। परन्तु जातक-कथाहरुको प्रकृति यस्तो छ कि मूललाई व्याख्या देखि अलग गर्नाले केहिपनि नबुझिन सक्छ । केवल गाथाहरु कथाहरुको निर्माण गर्दैन । त्यसमाथि जब वर्तमान र अतीतको घटनाहरुलाई ढाँचा चढ़ाईन्छ तब कथावस्तु को निर्माण हुन्छ । अतः पूरै जातकमा उपर्युक्त पाँच अवयवहरु आवश्यकछ जस्मा गाथा-भागलाई छोड़ेर शेष सबै उस्को व्याख्या हो पछि जोडिएको हो । फेरिपनि सुविधाको लागि र ऐतिहासिक दृष्टिबाट गलत ढंगमा हामी त्यसलाई जातक भन्छौँ । वास्तवमा ५४७ जातक कथाहरुकझ संग्रहलाई जुन उपर्युक्त पाँच अंगहरु सित समन्वित छ, हामी जातक नभनेर जातकट्ठवण्णना (जातक को अर्थ को व्याख्या) या जातकटठकथा नै भन्नुपर्छ । फॉसबाल र कॉवलले जस्को क्रमशः रोमन लिपिमा र अंग्रेजीमा सम्पादन र अनुवाद गरेकोछ या हिन्दीमा भदन्त आनन्द कौसल्यायनले ‘जातक’ शीर्षकबाट ६ भागहरुमा अनुवाद गरेकोछ, त्यो वास्तवमा जातक नभएर जातकको व्याख्या हो। जातक कथाहरु त मूल रूपमा केवल गाथाहरु हो, शेष भाग त्यस्को व्याख्या हो ।

गाथा र जातकको शेष भागको कालक्रम आदिको दृष्टिले केपारस्परिक सम्बन्ध छ यो प्रश्न अगाडी आउँछ । अटठ्कथामा गाथा-भागलाई अभिसम्बुद्ध गाथा या भगवान् बुद्ध द्वारा भाषित गाथाहरु भनिएकोछ । ति बुद्धवचन हुन । अतः ति तिपिटक को अंगभूत थियो र त्यसलाई त्यहाँबाट संकलित गरेर त्यस्को माथि कथाहरको ढाँचा प्रस्तुत गरियो । सम्पूर्ण जातक ग्रन्थ को विषयवस्तुको जुन आधारमार वर्गीकरण भएकोछ,

त्यसबाट पनि यही स्पष्ट छ कि गाथा-भाग, याजसलाई पिण्टरनित्ज आदि विद्वानहरुले गाथा-जातक भनेकोछ, त्यहि त्यस्को मूलाधार हो। जातक ग्रन्थको वर्गीकरण विषय-वस्तुको आधारमा नभएर गाथाहरुको संख्याको आधारमा भएको छ । थेर-थेरी गाथाहरुको समान त्यो पनि निपातहरुमा विभक्त छ । जातकमा २२ निपात छन् । पहिला निपातमा१५० यस्तो कथाहरु छ जस्मा एकको एक गाथा पाईन्छ । दोश्रो निपातमा पनि १५० जातक कथाहरु छ तर यहाँ प्रत्येक कथामा दुई-दुई गाथाहरु पाईन्छ । यसै प्रकार तेस्रो र चौथो निपातमा पचास-पचास कथाहरु छन र गाथाहरुको संख्या क्रमशः तीन-तीन र चार-चार छन्। पछि पनि तेह्रौँ निपात सम्म प्रायः यही क्रम चल्छ । चौधौँ निपातको नाम पकिण्णक निपात हो । यस निपातमा गाथाहरुको संख्या नियमानुसार १४ नभएर विविध छ । यसैले यसको नाम पकिण्णक (प्रकीर्णक) रादिएको हो । यस निपातमा केहि कथाहरुमा १० गाथाहरु पनि पाईन्छ र केहिमा ४७ सम्म पनि पाईन्छ । पछिको निपातहरुमा गाथाहरको संख्या निरन्तर बढ़दै गएकोछ । पन्ध्रौँ निपातको शीर्षक हो वीस निपात, सोह्रौँको तिंस निपात, सत्रौँको चवालीस निपात, अट्ठारौँको पण्णास निपात ,उन्नाईसौँ सठ्ठि निपात, बीसौँको सत्ततिनिपात र एक्काईसौँको असीतिनिपात। बाइसौँ निपातमा केवल दस जातक कथाहरु छन तैपनि प्रत्येकमा गाथाहरुको संख्या सय भन्दा माथि छ । अन्तिक जातक (वेस्सन्तर जातक)मा त गाथाहरुको  संख्या सातसय भन्दा माथि छ ।

यि सबैबाट यो निष्कर्ष निस्कन्छ कि जातक कथाहरुको आधार गाथाहरु नै हुन । स्वयं अनेक जातक कथाहरको वेय्याकरण भागमा पालि र अट्ठकथाको बीच भेद देखाईएकोछ, जस्तै कि पालि सुत्तहरको अन्य अनेक अट्ठकथाहरु तथा विसुद्धिमग्गों आदि ग्रन्थहरमा पनि । जहाँ सम्म जातकको वेय्याकरण भागबाट सम्बन्ध छ, त्यहाँ पालिको अर्थ तिपिटक गत गाथानै हुनसक्छ । भाषाको साक्ष्यबाट पनि गाथा भाग धेरै प्राचीनताको द्योतक हो अपेक्षाकृत गद्य भागको । पिण्टरनित्जले भनेकाछन की सम्पूर्ण गाथाहरुलाई तिपिटकको मूल अंश मान्न सकिँदैन । त्यस्मा पनि पूर्वापर भेद छ। स्वयं जातकको वर्गीकरण बाट नै यो स्पष्ट छ । चौधौँ निपात (पकिण्णक निपात)मा प्रत्येक जातक कथाको गाथाहरुको संख्या नियमानुसार १४ नभएर कतै-कतै धेरै छ । यसै प्रकार बीसौँ निपात (सत्तति निपात)मा त्यस्को दुई जातक कथाहरुको संख्या सत्तरी-सत्तरी नभएर क्रमशः ९२ र ९३ हो । यि सबैबाट निष्कर्ष निकालीएको हो कि जातकको गाथाहरु अथवा गाथा जातकको मूल संख्या निपातको शीर्षकको संख्याको अनुकूल नै होला। र पछि त्यस्को संवर्द्धन गरीयो । अतः केहि गाथाहरु धेरै प्राचीन छन् र केहि अपेक्षाकृत कम प्राचीन छन् । यसै प्रकार गद्य भाग पनि केहि अत्यन्त प्राचीनताको लक्षण लिएकोछ र केहि अपेक्षाकृत अर्वाचीन छ । कुनै कुनै जातकमा गद्य र गाथा भागमा साम्य पनि देखिँदैन र कतै कतै शैलीमा पनि ब८ विभिन्नता छ । यि सबै भन्दा जातक को संकलनात्मक रूप र उस्को भाषारूपको विविधतामा प्रकाश पर्छ  जस्मा केहि रचनाहरु या संकलनकर्ताहरु कैयौँ शताब्दिहरुको योग रहेकोछ ।

जातकको गाथाहरुको प्राचीनता त निर्विवाद छ नै , त्यस्को अधिकांश गद्य भाग पनि अत्यन्त प्राचीन छ । भरहुत र साँची को स्तूपाहरुको पाषाण वेष्टनिहरमा जुन चित्र अंकित छ ति जातकको गद्य भाग बाट नै सम्बन्धित छ । अतः जातकको अधिकांश गद्य-भाग जुन प्राचीन छ, तृतीय, व्दतीय शताब्दी ईस्वी पूर्वमा यति लोकप्रिय त हुनै पर्छ कि त्यसलाई शिल्प कलाको आधार बनाउन सकियोस । अतः सामान्यतः हामी जातकलाई बुद्धकालीन भारतीय समाज र संस्कृतिको प्रतीक मान्न सक्छौँ । त्यस्मा केहि लक्षण र अवस्थाहरको चित्रण प्राग-बुद्धकालीन भारतको पनि छन र केहि बुद्धको कालको पछिको पनि छ । जहाँ सम्म गाथाहरको व्याख्या र त्यस्को शब्दार्थको सम्बन्ध छ त्यो सम्भवतः जातकको सबैभन्दा धेरै अर्वाचीन अंश छ। यस अंशको लेखक आचार्य बुद्ध घोष मानिन्छ । ‘गन्धवंस’ अनुसार आचार्य बुद्धघोष ले नै ‘जातकट्ठण्णना’को रचना गरे, तर यो सन्दिग्ध छ भनिनन्छ । भाषाशैलीको भिन्नता देखाउँदै केहि अन्य निषेधात्मक कारण दिँदै डॉ॰ टी. डब्ल्यू रायस डेविड्स ले बुद्धघोषलाई जातकट्ठवण्णनाको रचयिता वा संकलनकर्ता मानेकोछैन । स्वयं जातकट्ठकथाको उपोद्घातमा लेखकले आफ्नो परिचय दिँदै भनेकाछन ‘‘ ….शान्तचित्त पण्डित बुद्धमित्त भिक्षु बुद्धदेवले भनेमा …….. व्याख्या गरुँला । महिशासक सम्प्रदाय महाविहारको परम्परा भन्दा भिन्न एक बौद्ध सम्प्रदाय थियो । बुद्धघोषले जति अट्ठकथाहरु लेखेकाछन, शुद्ध महाविहारवासी भिक्षुहरको उपदेश विधिमा आधारित छ। अतः जातकट्ठकथाको लेखकलाई आचार्य बुद्धघोष सित मिसाउनु ठिक होईन  सम्भवतः यो कुनै अन्य सिंहली भिक्षु थिए, जस्को काल पाँचौ शताब्दी ईस्वी मान्न सकिन्छ ।

भवतु सब्ब मङ्गलम् ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.