~दीक्षा भट्ट~
मैले माने
असफलताका सिद्धान्तहरूको
पहिलो परिक्षण
ममाथि गरेर नै
सफल भएको
थियो
तर Continue reading
~दीक्षा भट्ट~
मैले माने
असफलताका सिद्धान्तहरूको
पहिलो परिक्षण
ममाथि गरेर नै
सफल भएको
थियो
तर Continue reading
~दीक्षा भट्ट~
कैदीहरू त छन् यो संसारमा ! स्वतन्त्र को छ र यहाँ ?
घर कहाँ छन् ? यी सबै त कारागार होइनन् र ?
दुर्भाग्य भनौं वा सौभाग्य, जहाँ म कैद भएको छु त्यहाँ न झ्याल छ न ढोका नै ! बस् माथी एक सानो प्वाल छ जहाँबाट सिन्कोझै पातलो किरण आउँछ। आफूसँग अलिकति उज्यालो लिएर, थाहा छैन यो आशाको किरण हो वा समाप्तीको सूचक। Continue reading
~कृति अधिकारी~
मस्त निदाएको बेला कसैले उचालेरै पछारे पनि पत्तो नपाउने देवी त्यस दिन आफ्नो कोठामा कसैले ‘खासखुस’ गरेको आभासले ब्यूँझी । खुट्टापट्टिको सिरकमुनिबाट चिसो पस्नुको साथै अब मुटुको वेग पनि थामिनै नसकिने गरी ढुकढुक गरिरहेको थियो । जस्तै गर्मीमा पनि सिरकले जीउ र समर ब्लाङ्केटले टाउको छोपेर सुत्ने ऊ ब्यूँझेको सायदै कसैले थाहा पाउँथ्यो । उसले समर ब्लाङ्केट र सिरकबीचमा गुटमुटिएको अनुहार खुम्च्याउँदै बिस्तारै आफ्नो देब्रे आँखा खोली । Continue reading
~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~
वि. सं. १९३३ मङ्सिरको कुरा हो । त्यतिबेला राणा प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणा ६० वर्ष पुगेका थिए । उनी पत्थरघट्टामा सिकार खेल्न गएका थिए । उनले त्यहाँ मनग्य सिकार खेले । कैयन् बाघ, भालु, हरिण, मृग मारे । समय यसरी नै बितिरहेको थियो ।
उता त्यसै समयमा पत्थरघट्टामा बस्ने एक तामाङ (थोकर) युवकको भर्खरै बिहे भएको थियो । दुलही अति सुन्दरी थिइन् जसको चर्चा पत्थरघट्टाभरि हावासरि फैलियो । एक कान दुई कान मैदान भनेझैँ यो कुरा जङ्गबहादुरको कानमा पुग्यो । भोगविलासका साथै सुन्दरी भनेपछि हुरुक्कै हुने जङ्गबहादुरको स्वभाव थियो । उनले ती नवदुलहीलाई अनेक प्रलोभनमा पारी रखौटी बनाए । Continue reading
~वीरेन्द्र कानु~
अइसन बा दियरी
कि
प्रकाश हि देवेला
सहेला लाखो दुःख
लेकिन
पेनि ना फुटेला
फेर
इ कइसन बा आदमी Continue reading
~वीरेन्द्र कानु~
माघ शुक्ल पञ्चमीके दिनके बसन्त पञ्चमी कहलजाला । इ दिनके वाणीपूजा, वागीश्वरी पूजा तथा सरस्वती पूजनोत्सवके रूपमे मनावलजाला । इहे दिन रतिकाम महोत्सव, आम्रमञ्जरी भक्षण महोत्सव तथा लेखनी पूजन महोत्सव भि विभिन्न जगहमे मनावल गइल मिलेला । हमनीके देशके पहाड तथा तराई दुनु ठावमे खासकके वाग्देवी सरस्वतीके पूजनोत्सव धूमधामसे मनावल जाला । खासकके विद्यालय तथा क्याम्पसनमे सरस्वती पूजनोत्सवके तयारी प्रायः माघ महिनाके शुरूवेसे कइलजाला । स्कूलके विद्यार्थी खातिर इ पूजन उत्सवके रूपमे मनावल गइल मिलेला । माघ शुक्ल पञ्चमीके दिन विद्यार्थीलोग सबेरे उठके नहाधोवाके अगरबत्ती, पुष्पगुच्छा तथा अन्य पूजन सामग्रीलेके आ–आपन विद्यालयमे पहुचेलन आ सरस्वती पूजा भक्ति तथा उत्साहके रूपमे करेलन । सरस्वती पूजाके प्रसाद ग्रहण करेलन आ रातितक विभिन्न सांस्कृतिक कार्यक्रम करके Continue reading
~वीरेन्द्र कानु~
सांझ के समय रहे, नया सिजनके लिचि आ आम बजारमे एक दु दिनसे खुबे आवे जेसे बजार मे अउरी दिनके तुलना मे तनी भिड जादा होजात रहे । हरिहर तरकारीसे त बजारे भरल रहे ।
एकजने साहेब बहादुर अपन पत्नीसंगे तर–तरकारी किने मे लागल रलन । एतनेमे एगो लङ्गड भिखमंगा उहा Continue reading
~ममता मृगतृष्णा~
हाँस्दा हाँस्दै
मुख छोपेर रुन मन लाग्छ |
लाग्छ रोएर सारा चोट बगाई दिउँ|
तर जति रुन्छु
चोट माथी लागेका खिया मेटिदै जान्छन्,
अनि Continue reading
~नीलकण्ठ पोखरेल~
मन्तब्य
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्र्तगत रत्नराज्यलक्ष्मी क्याम्पस नेपाली Continue reading
मेरो अनुहार
मेरो भएर पनि मेरो होइन
यो रगतको प्रतिविम्ब मात्र हो ।
मेरो गीत
मेरो भएर पनि मेरो हुन सकेन । Continue reading
~रवीन्द्र शाह~
माया गयो झन पर पर
नौ डाँडा काटेर कुन घर
नौ डाँडा काटेर कुन घर
माया गयो झन पर पर
ृजाने गयो परदेश तिर
माया साथै लिएर गएने…२
बाँचु भने खातिर कसको
अब उनको भरोसै रहेन Continue reading
~संकलन: करुणाकर वैद्य~
एकादेशमा एउटा गाउँमा केही किसानहरू बस्थे । उनीहरूले खेतीपाती गरेर आफ्नो जीविका चलाउनुपर्थ्यो । त्यो गाउँ चारैतिरबाट भयंकर जङ्गलले घेरिएको थियो जसमा गाउँलेहरू बथान मिलेर सिकार खेल्न जान्थे र आफूले पारेको सिकार खाने गर्थे ।
त्यसै गाउँमा एउटा तुलसी नाम गरेको अधबैँसे किसान बस्थे । उसको परिवारमा उसका बाबुआमा र एउटी स्वास्नी थिई । ऊ आफ्नो स्वास्नीलाई धेरै माया गर्थ्यो ।
भर्खरभखरै गाउँलेहरू आफ्नो खेतीपाती सिध्याएर आराम गर्न लागेका थिए । यस कारण सबैले एक दिन Continue reading
~भीम विराग~
मागेर पाइन्न माया खोसेर पाइँदैन
व्यापार हैन माया किनेर पाइँदैन
छ मिल्ने प्रयत्न जारी उज्यालो अँध्यारोको
अनायास पाइन्छ माया प्रयासले पाइँदैन Continue reading
~किरण खरेल~
हृदयभरिको मेरो
हृदयभरिको मेरो शुभकामना तिमीलाई
मेरो उमेर लिएर तिमी धेरै बर्ष बाँच
म तिम्रो आँशु लिन्छु तिमी सुखसँग हाँस
हृदयभरिको मेरो
हिजोको दिन बितिसक्यो हिजो त एक कहाँनी हो Continue reading
~वासु शशी~
रूख माथि माथि जाँदा जाँदा
निहुरन्छ !
माथि गएर सब थोक हेर्ने
उसको इच्छाका
पातहरू फतफति मर्छन् !
जाँदा जाँदा ऊ जान्दछ
कि जान सकिन्न ! Continue reading
~वासु शशी~
रूख एक पल्ट निस्कन्छ धरतीबाट
र सदाका लागि बाहिर पर्छ !
पहिले पृथ्वीको भित्री तहलाई सकसक लाग्छ
बाहिर के भइरहेछ हेर्न !
सँगसँगै आफूलाई पनि Continue reading
~कणाद महर्षि~
आज वर्षा ऋतुको कुनै एक महिनाको पहिलो शनिबार ।हरेक महिनाको पहिलो शनिबार प्रदर्शनीमार्गस्थित एक क्याम्पसमा साहित्य सन्ध्याले नियमित रूपमा कविता गोष्ठीको आयोजना गर्दै आइरहेको छ।
सधैँ झैं आज पनि उसले कविता सुनायो । कार्यक्रम सकिएपछि बाहिर निस्कियो । वर्षायाम भएकाले अलमल नगरी आफ्नो घर चाबेलतिर जाने बसमा चढ्यो । बस गुड्यो, बस बाहिर राम्रैसँग पानी पर्न थाल्यो । बसभित्र ऊ सोच्न थाल्यो- आज आफूले सुनाएको कविता र स्रोताहरूले दिएको प्रतिक्रिया। प्रतिक्रिया प्रायः राम्रै थिए । ठाउँठाउँमा रोक्दै यात्रुहरूलाई ओराल्दै, चढाउँदै बस चाबेल चोकमा आइपुग्यो र रोकियो । ऊ ओर्लियो ।
मैले भन्नै बिर्सेको (सायद म पनि भुलक्कड) ऊ अर्थात् कवि परिवेश । अझ खासमा उसको पूरा नाम त Continue reading
~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~
उहिलेको कुरा हो । परिश्रमी व्यक्तिहरूको देश थियो । जहाँ मोक्तान थरी चङरी बोन (झाँक्री) बस्दथे । जसका दुईवटी स्वास्नीहरूमध्ये एक थिङ थरी र अर्को ब्लोन थरी थिए ।
कान्छी गर्भवती हुँदाकै बखत माइत गएकी थिइन् । त्यस्तो अवस्थामा माइत गएकी हुनाले लोग्ने रिसाएर लिनै गएनन् । कान्छी पनि लोग्ने लिन नआएका कारण घरमा फर्किनन् । अन्तत: उनी माउतमा नै सुत्केरी भइन् र एउटा सुन्दर छोरो नै जन्माइन् । तामाङ परम्परा अनुसार चङरीको नयाँ शिशुको न्वारन माइती घरमै भयो । शिशु मामाघर (स्याङदिम) मा जन्मिएका कारण स्याङदिम भन्दाभन्दै स्याङदन नामकरण गरियो । Continue reading
~विजय मल्ल~
यो कसको सपना फुरिरहेछ ?
अन्यायले लुछ्तै हिँड्ने,
बोक्सी दिउँसै डुल्ने,
मानिस चुसिदै गल्ने,
यस्तो भूमण्डलमा-
आज निर्धक्क भई मुक्तकण्ठले यो कसको स्वर गुजिरहेछ ? Continue reading
~ममता मृगतृष्णा~
दिएर गयौ तिमी ,यो प्यार अनौठो
एक्लो छू यहाॅ लाग्छ संसार अनौठो।।
छैन स्पर्श कतै तिम्रो बहने पवनमा
तर पनि म जिउने छ आधार अनौठो।। Continue reading
~वासु शशी~
रूख आफ्नै छायामा पनि गएर
सुस्ताउन पाउँदैन !
उ त्यसलाई वर्षाको पनि
छानेको पानीले धुन्छ !
घाममा सुकाएर Continue reading
~भुवन ढुङ्गाना~
चारपाटे
सानो सुकुलमा
देशको नक्सा खोजिरहेछु
कतै परिभाषा खोजिरहेछु
जिउनु पनि त एउटा कला हो
म पनि यसमा पारङ्गत छु
र, जिउँदै छु
जिउने परिभाषा खोजिरहेछु
Continue reading
~ममता मृगतृष्णा~
सिरानीले मुख छोपी रुँदा थाहा पायौ कि नाई ।।
तिम्रो चिनो आँशुले धुँदा थाहा पायौ कि नाई ।।
जहाँकही तिम्रो अस्थित्व मात्र भाग्य अपवाद भो
यही पिरमा मा पागल हुँदा थाहा पायौ कि नाई ।। Continue reading
~कालिदास~
अनुवाद : विश्वराज अधिकारी
पूर्व मेघ
कश्र्चित् कान्ताविरह्गुरूणा स्वाधिकारत्प्रमत्त:
शापेनास्तङ्गमितमहिमा वर्षभोग्येण भर्तु:।
यक्षश्र्चक्रे जनकतनयास्नानपुण्योदकेषु
स्निग्धच्छायातरुषु वसतिं रामगिर्याश्रमेषु।। १।।
आफूले गर्नु पर्ने कार्य उचित किसिमले नगरेको दण्डस्वरुप कुनै सेवक यक्षले मालिक कुवेरले दिएको दण्ड भोग्नु पर्ने हुन्छ। दण्ड बापत उसले रामगिरी पर्वतको एक छाप्रोमा पत्नीसँग छुटिएर गाह्रो र विरक्तिएर एक वर्षसम्म बस्नु पर्ने हुन्छ। रामगिरी पर्वत यस्तो पर्वत हो जसको पानी जनक पुत्री सीताजीबाट स्नानाका लागि प्रयोग गरिएकोले उहाँबाट आशिष प्राप्त छ। यस पर्वतका नमेरु वृक्षहरूले चिसो र बढी छाया दिन्छन्।
तस्मिन्नद्रौ कतिचिदबलाविप्रयुक्त: स कामी
नीत्वा मासान् कनकवलयभ्रंशरिक्तप्रकोष्ठ:।
आषाढस्य प्र(श) थमदिवसे मेघमाश्र्लिष्टसानुं
वप्रक्रीडापरिणतगजप्रेक्षणीयं ददर्श।।२।। Continue reading
धेरैबेरदेखि सङ्घारमा कसैको आहटले
कसैको पदचापले
ढोका ढक्ढकाइरहेजस्तो
धेरै दिनदेखि
आकाशमा कागले बादललाई जिस्काइरेहजस्तो
कोही आउने सन्देश लिएर बिहानीमा सूर्यले पुलिन्दा ल्याएजस्तो
हुलाकीले चिठी लुकाएर डाँडामाथिबाट चिहाएजस्तो
वर्षौंवर्षदेखि दाहिने आँखा फर्फराइरहेको छ
यो परदेशमा ।
दैलो खोली हेर्दा Continue reading
~सरुभक्त~
लोककवि अली मियाँ (विसं १९७५ फागुन १५–२०६३ साउन १८) ले जीवनका दुःखहरुको गीत रचे, प्रकृतिको गीत रचे, संस्कृतिको गीत रचे, क्रान्तिको गीत रचे । अली मियाँसँग असल संगतमा रहेका कवि सरूभक्त भन्छन्, ‘उनका गीतहरु कविता थिए, कविताहरु गीत थिए ।’ अली मियाँ स्मृति दिवस (साउन १८) को सन्दर्भमा उनको सम्झना :
जन्मेको हुन्छ नेपाली भिजेर आफ्नै माटोमा
नाचेको हुन्छ नेपाली गाउँ र ब्याँसी फाँटैमा
खाँटी नेपालीत्वको महिमायुक्त गीत गायन गर्ने लोककवि अली मियाँले यो धर्तीमा जन्मेर, लामो सिर्जनात्मक जीवन बाँचेर नश्वर देह त्याग गरेको पनि चौध पन्ध्र वर्ष बितिसकेछ । यो डेढ दशकको समयावधिमा उनको अनुपस्थितिलाई हामीले कति अनुभूत गरेका छौं, अनुपस्थितिमा उपस्थितिको कति आभास सिर्जना गरेका छौं, सायद यो एक अमूर्तजस्तो कुरा हुन सक्छ । तर, सत्यको अर्को पाटो पनि छ, जहाँ उनी हामी पोखरेली र समग्रमा नेपाली साहित्य–वाङ्मय प्रेमीहरूका स्मृतिविम्बमा विस्मृन भएका छैनन् । Continue reading
~पुरु लम्साल~
१. थालनी
साहित्यका विविध विधामा संस्कृतिको प्रभाव रहेजस्तै रङ्गमञ्चमा यसको अधिकता रहन्छ । नेपाली नाटकमा पनि मिथक र संस्कृतिको प्रयोग ज्यादा रहेको छ । नेपाली नृत्य, नाटक, कथा, सङ्गीत आदिमा संस्कृतिको प्रयोग भएको छ । वास्तवमा नाटक र संस्कृतिको सम्बन्ध नङ् र मासुको जस्तै हुन्छ । नेपाल संस्कृतिमा धनी देश हो । हाम्रो जीवन कला साहित्य आदिमा परम्पराको महत्व निरन्तर बनिरहन्छ । यस कार्यपत्रमा संस्कृति र मिथकको परिचय दिँदै नेपाली नाटकमा यसको प्रयोग केकसरी भएको छ उल्लेख गरिएको छ ।
२. नेपाली नाटकमा संस्कृतिको अस्तित्व
संस्कृति कुनै समाजमा गहिराइसम्म व्याप्त गुणहरूको समग्र रूपको नाम हो जुन त्यो समाजका व्यक्तिहरूले Continue reading
~रवीन्द्र शाह~
म फूलसँग भुलूँ कि म दिलसँग झुलूँ कि
आफ्नोआफ्नो रङ्गमा आफ्नोआफ्नो ढङ्गमा
म धर्तीमा एक्लै चलूँ कि
मलाई उनको चाह छ, मुटुभित्र आह छ
म एक्लै बाँच्न सक्दिनँ, म एक्लै हाँस्न सक्दिनँ
म प्रीतको बोली बोलूँ कि, म रीतको बाजी भुलूँ कि Continue reading
म कविता भएर
तिम्रो ओठमा आउन चाहन्थेँ
तिमीले मलाई
शब्द शब्दमा उनेर Continue reading
~हेमन्त श्रेष्ठ~
कुरा कुरा कुरा कुरा कुरा
कुरा कुरा कुरा कुरा
कुरा कुरा कुरा
कुरा कुरा
कुरा !
राता, पहेला, हरिया, नीला
लहलह
अहा ! कति मजाले झुलेका छन् Continue reading
~राबत~
गाउँमा घाम
करेसाबारीको शिरबाट उदाउँछ
सहरमा घाम
पक्की भवनको शिरमा टाँगिएको
पेटिकोट वा कछाड मुनिबाट उदाउँछ
यत्ति फरक छ! गाउँ र सहरको बिहानीमा ।
गाउँ दिनभरि-
मुटुजस्ता पातहरूको
हरियो झण्डा फर्फराउँदै दायाँबायाँ
निर्बाध हिँड्छ/दौडन्छ
पाखा-पर्वतको कानकानमा
सुसुल्दै प्रीतको गीत,
सहर दिनभरि
जितको गीत गाउन भनी Continue reading
~भीम विराग~
गलत मोडमा जब मोडिन्छ जिन्दगी
आफूदेखि आफ्नै तोडिन्छ जिन्दगी
बाटो हो कि कुबाटो अन्धोलाई के मतलब
आँखै हुनेको पनि ठोकिन्छ जिन्दगी Continue reading