कविता : शङ्का

~दीक्षा भट्ट~

मैले माने
असफलताका सिद्धान्तहरूको
पहिलो परिक्षण
ममाथि गरेर नै
सफल भएको
थियो
तर
मलाई एउटा कुरा जान्न मन छ !
त्यो महान आविष्कारक को होला?
जसले
म जन्मदै
मेरो अस्तित्वमाथि
असफलताको ट्याग लगाइदियो,
कतै, म बस्ने समाजले त हैन ?
मलाई शङ्का लागिरहेछ ।

(स्रोत : शब्दसोपान डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.