~राजेन्द्र गिरी~
लेखसार
प्रस्तुत आलेखमा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ‘सान्नानी’ कथामा प्रजातीय अध्ययन गरिएको छ । यो समाजशास्त्रीय सिद्धान्तको मान्यतामा आधारित अध्ययन हो । समाजशास्त्रले साहित्यको समाजसँग रहेको वा रहने सम्बन्धको खोजी गर्दै त्यसको व्याख्या विश्लेषण गर्दछ । कलासाहित्यलाई व्यक्तिगत प्रतिभा र चिन्तनको उपज मानिन्छ । ती उपजहरुले सामाजिक मूल्य र मान्यता, परम्परा, विश्वास र आस्था प्राप्त गर्दछन् । त्यसैले, साहित्य व्यक्तिद्वारा सृजना गरिए पनि ती सामाजिक अभिव्यक्तिका रुपमा देखा पर्दछन् । साहित्यको समाजशास्त्रीय सिद्धान्तका विभिन्न आधारमध्ये प्रजाति, क्षण र परिवेश रहेको छ । तसर्थ, यस लेखमा विश्वेश्वरप्रसाद कोइरालाको ‘सान्नानी’ कथामा प्रजातीय अध्ययन गरिएको छ । प्रजातीय अध्ययनका विविध आधारमध्ये सहज आनुवंशिक गुण, समान सांस्कृतिक विशेषता, जलवायु र भूगोल, खानपान र शारीरिक संरचनालाई मुख्य आधार बनाई व्याख्या विश्लेषण गरिएको छ । Continue reading