लघुकथा : वहाँ कुन अफिसको?

~पदम भण्डारी~Padam Bhandari

यात्राको क्रममा एकदिन जीप रिजर्भ गरेर नेपालगञ्ज देखि सुर्खेतको यात्रा आरम्भ गरें । कोहलपुर पुगेपछि एकजना सभासदले फोन गरे । संयोगनै मान्नुपर्छ सभासद महोदय पनि सुर्खेत जानको कोहलपुरमै रहेछन् । हामीले एउटै जीपमा यात्रा गऱ्यौं । मैले पनि साथी भेट्टाएर ठीकै भयो भन्ठानें । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : चर्या तिन आमाका

~राशि पाण्डे~Rashi Pande_1

एक

उनी गत तिन महिनादेखि थलापरेकी थिइन् । जिउ सुकेर हाड छाला मात्र थियो । तर आँखा चहकिला रबोली प्रस्ट । माघकोे महिना, औँसीको चिसो रात ।

आकाशमा डम्म बादल लागेर पानी पर्लापर्ला जस्तोमौसम । वास्तवमा उनी मृत्युशय्यामा थिइन् । उनी आफ्नो विगतमा पुगिन् Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दिल्लीकट लाहुरे

~राशि पाण्डे~Rashi Pande_1

होटलमा खाना खाइरहेकी छु । एउटा लामो फल्याकमा दुईतिरबाट काठको किल्लाले अड््याएर टेबुल जस्तोबनाइएको छ । टुकीको मधुरो उज्यालामा मानिसका अनुहारहरू धूमिल देखिएका छन् ।

साझाको चामलह्वास्स गन्हाउँछ । म नरुचाइ नरुचाइ पेटसम्म भर्ने जुक्ति गरिरहेकी हुन्छु  । कोठाभरि सल्लाको धुवाँ,रक्सीको गन्ध र गफका चोक्टाहरू सगबगाइरहेका छन् ।
Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बलात्कारी वटवृक्ष

~राशि पाण्डे~Rashi Pande_1

धेरै दिनपछि षोडशी माइत जान हिँडेकी थिई । लोग्ने लाहुर गएको पनि छ वर्ष भइसकेको थियो । घरमासासूससुरा बाहेक अरू कोही थिएनन् । मध्यान्हको करिब दुई बजेको होला ? ठाडो उकालो ।

उनलाई थकाइलाग्यो । ऊ सुस्ताउन लागी ।  चौतारीमा बसेर, बिसाउन लागी । झ््याम्म परेको बरको रूख ।

हाँगाबाट निस्केका वायवीय जराहरू हात्तीका सुँढ समान यतायता झुलिरहेका। सरर्र बतास चल्यो । उसको भित्रसम्म शीतलताले छायो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सिङ्गथाजी

~राशि पाण्डे~Rashi Pande_1

अनि नीमा चरचरी बाझ्न लागी । फोहर फोहर शब्दले सराप्न थाली । धेरै दिनदेखि गुम्स्याएरराखेको रिस आज पोखियो । उसका पीडाहरू, आक्रोशहरू गाली भएर निस्किन लागे ।

मिङमरले होटलमा चासो लिन छाडिसकेको थियो । ऊ दिनभरि रक्सीमा टिल्ल रहन्थ्यो ।अनि साँझ पर्नासाथ गायब । दोर्जेकी स्वास्नीसँग लहसिएको, उससँग पल्केको अनि जारी तिरेर भए पनि नल्याई नछाड्ने निधो गरेको कुरा नीमाले कताकता सुइँको पाएकी थिई । लोग्नेलाई फकाउने, रिझाउने हर उपायगर्दा पनि उसको बानीबेहोरामा खास सुधार हुन सकेको थिएन ।

दिउँसोदेखि नै नीमाको पारा तातेकोथियो । डोल्माले एक डोको

Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आइमाई गिद्ध

~राशि पाण्डे~Rashi Pande_1

सम्पूर्ण व्यथालाई अाँखामा समेटेर प्रसववेदनाले भैँसी उठबस गरिरहेको छ । केटाकेटीहरू भैँसीलाईचारैतिरबाट घेरेर रमिता हेरिरहेका छन् । घरभरि खुसी छाएको छ ।

के ब्याउने हो ? घरधनीबुढी कुँडो पकाउँदै गुनिरहेकी छिन् । पाडो पाई भने त के काम ? मासु खान हुन्न,हलो जोत्न हुन्न । बित्थामा आधा दुध त त्यसैलाई पोस्दै ठिक हुन्छ ।

फेरि तिन, चार वर्ष पाल्यो, देवीलाईबलि चढाउनेहरूले कति नै दिइहाल्छन् र ? तिन, चार सय त हो नि ? दुध नै हजार–पन्ध्र्र्रसयको खाइदिन्छ ….. तराईमा त थुप्रै पैसा दिन्छ रे पाडाको पनि ? के गर्नु त्यहाँ दिएर ? लैजान सकिने होइन ? Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : देउकी

~राशि पाण्डे~Rashi Pande_1

हिँडाइको क्रममा जब तपाईंं कुनै अक्करको चुचुरोमा पुगेर एकछिन सुस्ताउँदै आफूले हिँडेकापाइतालाका डोबहरू पछ््याउनु हुन्छ, आफ्नो वरपरका दृश्यहरूमा विहङ्गम दृष्टिपात गर्नुहुन्छ ।

कहालीलागेर आउँछ, अत्यास लागेर आउँछ, त्यस्तो बाटो कसरी हिँड्न सकियो होला ? पाइलाका गोरेटाहरूमाउकाली ओह्राली आइ नै रहन्छन्, भिर टाकुरा, फाँटहरू परी नै रहन्छन्, तर जीवनको गोरेटामा त उकालीमात्र छ, चढाइ मात्र छ । गन्तव्य कहाँ छ ? थाहा छैन, केवल अनिश्चित दिशातर्फ हिँड्नु छ, मात्र हिँड्नु ।हामी सबै व्यस्त छौँ अदृश्य टाकुराको चढाइमा, क्षितिजमा धुमलिएको बिन्दुतिर …….. Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आनी

~राशि पाण्डे~Rashi Pande_1

– ताशी देलेह१ ?
–  खे राङ कुसुडेपो यिन पे२, खोलापारिबाट ठुलो आवाजमा मानिसहरू कराइरहेका थिए ।
– ल्या यिन ३ !” खोलावारिबाट रुन्चे जवाफ आइरहेको थियो ।
“खेला छेपा–गी४, ल्होछारको बेला तातोपानीमा लाग्ने परम्परागत जात्रामा विशेषरूपमा आनी, भिक्षु भिक्षुणीहरूका आफन्तजनहरू एकआपसमा भेटघाट गर्दछन् । छगामको रिम्पुछे गुम्बामा थुप्रै तिब्बती मूलका केटीहरू पनि आनी भएर बसेका छन् । नेपाली आनीहरूका आफन्तजनहरू चाहेको बेला गुम्बामा आएर भेट गर्न पाउँछन्, तर तिब्बती मूलका आनीहरूका परिवारजनहरूले यसै जात्रालाई पर्खनुपर्दछ ।

Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नैतिक कथा : बोल्ने कला

~दिलिप आचार्य ~

बोल्न जान्ने तर के बोल्दा के प्रभाव पर्छ भन्ने पत्तो नपाउने एकजना महाशयले आफ्नो घरमा रात्रि भोजको आयोजना गरेका रहेछन्। तर भोज शुरु हुने बेला सम्म पनि सबै पाहुनहरु उपस्थित भईसकेका रहेनछन् । ५० जना पाहुनाहरु आउनु पर्नेमा जम्मा ३० जना मात्रै उपस्थित देखेपछि उनले आफ्नो स्वाभाविक शैलीमा भनेछन् : “खै , आउनु पर्ने मान्छे त अझै आएनन् नि !” उनको कुरा सुनेर उपस्थित Continue reading

Posted in नैतिक कथा | Tagged | Leave a comment

लघुकथा : पेशा

~दिलिप आचार्य ~

आज बिहानैदेखी उ केहि चिन्तित देखिन्थ्यो , उसको अनुहारबाटै उसका मनका तरंग र मस्तिष्कमा तनावको लहर चलिरहेको अनुमान लगाउन सकिन्थ्यो । अत्यधिक चिन्ताका कारण ऊ निदाउन सकेको थिएन ।

आज बिहान मात्रै उसले Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ई-श्राध्द

~दिलिप आचार्य ~

२०९६ सालको बैशाख महिना, काठमाण्डौको कुनै यौटा घरको कौशीमा एकजना शुद्ध वस्त्र धारण गरेका व्यक्ति आफ्नो वरीपरी पूजा सामाग्री र नैव्यद्य आदि राखी श्राध्दको तयारी गर्दै थीए। आवश्यक सबै सामाग्री र तयारी देखीएपनि त्यँहा पुरेत बाजेको भने उपस्थीती थीएन ।

त्यत्तीकैमा ति व्यक्तिले आफ्नो ल्यापटप कम्प्यूटर खोले Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रक्सीको आदर्श

~दिलिप आचार्य ~

रातको समय, कम प्रकाश, बढि धूबाँ र विदेशी संगीतले भरीएको ‘बार’ को त्यो सानो कोठामा तीनजना भलादमीहरु देश बिकासको वारेमा ‘गहन चिन्तन्’ गर्दै थिए । जती जती बोतल रीतीन्थ्यो त्यती त्यती उनीहरुको राष्ट्र प्रेमका भावनाहरु पनि उजागार हुदैं थिए ।

” हेर … देश त झन झन बरबाद हुदैँ जान लाग्यो …” यौटा व्यक्तिले आफ्नो रित्तिन लागेको गिलास पूनः Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

सूत्रकथा : यहाँ यस्तै हुन्छ

~दिलिप आचार्य ~

एक

यौटा भेडा पानीमा हामफाल्दा सय वटा भेडा पछि पछि हामफाल्ने कथा बिद्यार्थीलाई पढाएर शिक्षक कक्षाकोठा बाट बाहिर निस्केका मात्रै थिए । बाहिर बाटोमा Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

सूत्रकथा : तीन सुत्र कथा

~दिलिप आचार्य ~

एक

मदिरा र नशालु पदार्थको रोकथामको लागि स्वदेशी ज्ञाताहरुको आयोजन र विदेशी दाताहरुको प्रायोजनमा एक दिने कार्यशाला गोष्ठि भयो । वुद्धिजीवी र गन्यमान्य व्यक्तिहरुले नशालु पदार्थको कूलतले समाजमा पारेको नकारात्मक प्रभाब वारे गहिरो चिन्ता व्यक्त गरे र समाधानको उपाय वारे वृहत विवेचना गरे ।

अन्तमा Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : आँपको रूख

~दीपक जडित~Deepak Jadit

‘मैले उसलाई भुँडी बोकाउनै नहुने……’ हठात् दिमागमा यो कुरा उब्ज्यो जब म त्यो आँपको रुख भए ठाउँमा पुगेथें । र यसैगरि उब्ज्यो ।

म यो कुरालाई सम्झँदा अलि ढँगले पनि सम्झन सक्थें । सोच्न सक्थें कि; ‘मैले उसलाई गर्भ बोकाउनै नहुने’ अथवा ‘मैले उसलाई गर्भवति बनाउनै नहुने’ । तर……… मैले त्यसैगरी सम्झिएँ । …………….

जे होस् उ गर्भवति Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मूर्छीत संस्कार

~दिलिप आचार्य~

त्यो गाँउमा बर्षौं देखि एकजना जमिनदारको राज चलेको थियो । थिचोमिचो को हद यत्ति सम्म थियो कि गाँउका हरेक चोक चोकमा जमिनदारका शालिक बनेका थिए र घर घरमा जमिनदारको तस्विर टाँगीएकै हुनु पथ्र्यो । गाँउमा जमिनदारको बोली नै कानून बराबर थियो र कसैले पनि त्यसको प्रतिकार गर्ने हिम्मत गर्दैनथे । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बिदा

~सुधीर ख्वबि~

आज शनिबार,अफिस बिदा। घर जाने हतारोमा चिया नै नपिई ऊ डेराबाट निस्क्यो। दायाँ बायाँ कतै न हेरिकन सरासर बसपार्कतिर लाग्यो। उसको मन मष्तिष्क घरको सम्झनाले निथ्रुक्क हुँदै आइरहेको छ। Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सम्झौता

~विश्वम्भर चन्चल~

एकदिन उनले मलाई भेटेर सुनाइन् “मलाई छोरो पाउने इच्छा छ, तिमी पूरा गराइदिन्छौ ?” अप्रत्याशित उनको यस कुराले म अवाक् भएँ र ट्वाल्ट्वाल्ती उनको अनुहारलाई हेरिरहेँ।

के हेरिरहेको ? उनले अनुहारको हाँसो लुकाउँदै सोधिन्, ममा छोरो पाउने गराइदिन तिमीमा सामर्थ्य छ भने म तिमीसँग सुत्न राजी छु।

उनको यस भनाईमा मेरो पौरुषमाथि एउटा हाँक झल्कन्थ्यो। उनलाई छोरो पाउने गराइदिन मलाई कुनै गाह्रो त थिएन तर उनले मसँग यस्ता कुरा त्यतिको आँट गर्नुमा मेरो म Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : चुकूल

~लक्ष्मीप्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
को यो फार्ने,
को यो पार्ने
मानिस,
मानिसमा अन्तर ?
यो हो चाँदी,
या हो कागत,
–बाट बनेको धूर्त चुकुल,
जिउँदो निरन्तर ! Continue reading

Posted in कविता, नेपाली काव्य | Tagged | Leave a comment

लघुकथा : मर्द

~दिलिप आचार्य ~Dilip Acharya

ऊ किसोर अबस्थाकै थियो, स्कुल जिवन मै उसको एकजना सहपाठीले उसलाई एक दिन चुरोट खान उक्सायो। शुरुमा उसले मनाहि गर्न खोज्यो तर उ भन्दा केहि ठूलो उसको साथीले सिधै उसको हीम्मतलाई लकार्‍यो : ” चुरोट खान पनि के केटी जस्तो लजाएको ?”, उसको साहश बढ्यो र

Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : हराएको एउटा मान्छे

~रजित ओझा~Rajit Ojha

उ दिनहुँ देखिन्थ्यो। केहि वरवराइरहन्थ्यो। उ वसेको कुर्सीमा सामान्यतय एक्लै हुन्थ्यो। शायद उ आफैँ सँग कुरा गर्थ्यो। आफैँ सँग कुरा गर्नेहरुको सवै भन्दा फाइदा एकान्त मा पनि त उ एक्लो हुँदैनथ्यो किनकी उ भित्रै उसको सन्सार हुन्थ्यो।वोली पनि त्यति स्पष्ट थिएन ।रागेपाटे ,रंग न ढंगका कुरा गर्थ्यो। पछि उसले Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poll

Posted in Misc | Leave a comment

गजल : मैले पिएँ आज

~आशांक उपाध्याय~

नप्यूने बाचा खाएर पनी किन मैले पिएँ आज !
हाँसी खुसी बाच्ने कसम तोडी किन रोएँ आज !!

सधैं हिड्ने गल्ली पनी उराठ उराठ लाग्न लाग्यो,
किन अनी कसको नामले यस्तो उदास भएँ आज !! Continue reading

Posted in गजल | Tagged | Leave a comment