व्यङ्ग्य निबन्ध : जय भुँडी

~भैरव अर्याल~Bhairab Aryal

व्यास बाजेले अठार पुराण लेखे, तर सबभन्दा जरुरी एउटा पुराणचाहिं लेख्न भुसुक्कै बिर्सेछन्। वेदव्यासको युगमा बिर्सेको कुरो आज वेदनाशको युगमा तैंले कसरी सम्झिस्? भन्नुहोला, मलाई पनि हिजै मात्र आफ्नी बुढी आमाले झट्ट सम्झाइदिइन्। साथै यस पुराणको माहात्म्य पनि मैले उनैबाट दृष्टान्तसहित बुझ्ने मौका पाएकोले अरु पुराणको प्रारम्भमा ‘शारदायै नम:’ भनेजस्तै पुराणको सुरुमा म भन्दछु – बूढी आमायै नम:। Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : असनको डबली

~भैरव अर्याल~Bhairab Aryal

“चामल पाथीको दस रुपियाँ! दस रुपियाँ? अब पनि भात खाएर साध्य भयो त? कृषिप्रधान देशमा अन्नको यो अनिकाल!”

“अँ, अन्नपूर्णाको दर्शन गर्न आएको; भाकल थियो। अरुभन्दा मलाई यिनै देवीको विश्वास लाग्छ। यी साक्षात देवी हुन्।” Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : मपाईं

~भैरव अर्याल~Bhairab Aryal

‘तँ’को आदरार्थी ‘तपाईं’ भएजस्तै ‘म’को आदरार्थी ‘मपाईं’ हुन्छ। त्यसैले सभ्य भाषामा ‘तँ’को ठाउँ तपाईंले ओगटेपछि ‘म’को ठाउँ ‘मपाईं’ले नलिनु किन? ‘म’लाऐ संस्कृत वैयाकरणहरुले उत्तम पुरुषको श्रेणीमा पुज्दै आएका छन् भने अरु भाषामा पनि ‘म’को स्थान प्रथमै छ। त्यसैले हामीले पनि बाह्रखरी पढ्दैदेखि ‘म’लाई राम्रो ‘म’ भनी मान गर्दै आएका छौं। जब सँगैको ‘तँ’ जाबोले पदोन्नति पाई ‘तपाईं’ भयो भने Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : पशु – पशुपति र मान्छे

~भैरव अर्याल~Bhairab Aryal

साँढेको नेतृत्वमा गएको पशूहरुको प्रतिनिधिमण्डलले एक दिन बिहानै पशुपतिको दख्खिन ढोका घचघच्यायो। पशुपतिले यसो हेरेका मात्र के थिए, जुरो हल्लाउँदै प्रतिनिधिमण्डलको नेताले नम्रतासाथ भन्यो – “तपाईं पशुका पति भएर पनि हामी पशुहरुमाथि कनुनै वास्ता गरिदिनुभएन। तपाईंलेपुलपुल्याइदिंदा आज मान्छेले गर्नुसम्म गरिसक्यो। रिसानी माफ हुन्छ भने हामी समस्त पशुहरुको एउटै आवाज छ – मान्छे मात्तियो, मात्तियो तर पशु बिचरो आत्तियो।”

यो मोरो पशुको जात, जहिले पनि रङ्ग न ढङ्गको कचकच गर्न आउँछ भन्ने ठानी पशुपतिले झर्किएर सोधे – “आखिर तिमीहरुको समस्या के हो?” Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : साँढे

~भैरव अर्याल~Bhairab Aryal

हिन्दुहरुले साँढेलाई महादेवको निजी वाहनको पदमा नियुक्त गरिदिएका छन्। महादेवलाई वाहनको आवश्यकता थियो-थिएन दैव जानोस्,तर आफूलाई जेजे चाहिन्छ देवीदेवताहरुलाऐ पनि त्यही चाहिन्छ भन्ने मान्छेको धारणा रहँदै आएको छ। आफू घोडा, हात्तीमा चढ्ने हुँदा हाम्रा पुर्खालले आफ्ना देवीदेवताहरुको लागि पनि चढेर हिंडने एकोटा जनावरको प्रबन्ध गरिदिएका छन्। जस्तै- विष्णुलाई गरुड,देवीलाई बाघ, यमराजलाई राँगो र गणेशलाई मुसो। आजको जमाना हुँदो हो त विष्णुलाई गरुडको सट्टा हेलिकोप्टर दिइँदो हो। यस्तै आरुलाई पनि दर्जा हेरी कार, स्कुटर, रिक्सा, साइकल आदि वितरण गर्दै गणेशजीलाई चाहिं गाडाकै प्रबन्ध गरिन्थ्यो कि? भन्नाको मतलब आजका हिन्दूले महादेवको बन्दोबस्त गर्नुपरेको भए वा महादेव अहिलेसम्म रहेका भए त्यही साँढे चढी के हिंड्दा हुन्? यताउति हिंड्न कमसेकम एउटा मर्सिडिज कार र हिमालयमा ससुराली जान एउटा विशेष किसिमको हेलिकोप्टर त उनीलाई चाहिन्थ्यो, चाहिन्थ्यो। तर जान दिऊँ उस बेला जे भयो, भयो। महादेवको विशेष वाहनमा श्रीमान् साँढे नै नियुक्त भयो। Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : आस्थाको फाइल

Bhairab Aryal~भैरव अर्याल~

संसार विभागका निर्देशक श्री ईश्वरदेव उमेरको हदम्याद पुगी खोसुवामा परे। खाईपिई आएको आस्था अर्चनाको एक लक्षांश उनको निवृत्तभरणको रुपमा पाउने भए।

निर्देशकको पद खाली हुनासाथ रोल मेरो भनी अन्धविस्वासले दाबा गर्यो। धर्म धुमधुमती पर्यो, कर्म कनपारो कन्याउन थाल्यो। भाग्यले भगवानको साख्ये भाइ म हुँ भनी किरिया खायो। ज्ञान गनगन गर्दै थियो, विज्ञानले सबैको दाबी निराधार हुन् भनी एक-एकको पर्दाफास गर्यो। बुद्दि खितितित्त हाँसी, विवेक ट्वाल्ल पर्यो। Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

मनोवाद : तिनको नकचरो पोइ

~बुद्ध चेम्जोंग~

सबिताको बिबाह भएको ८ महिना जति भएको छ, तिनको श्रीमान दिपक बैदेशिक रोजगारमा अरब दुबई सहरमा काम गर्छन l दिपक निकै मेहनेती अनि चलाक पनि छ, उ पहिलो छुट्टी आउदा सबितासंग मागी बिहे भएको हो l आमा बुवाले नै केटा हेरेर दिपकलाइ छानेका थिए, आखिर दिपक पनि अग्लो ह्यान्डसम अनि आइ. कम. सम्म पढेको केटो थियो l सबिताको दिपकसंग बिहे भए पछि मुस्किलले ३५ दिन सम्म संगै बसे होलान, के गर्नु दिपक दुबई सहर काममा फर्कनु नै थियो, आखिर घरको आर्थिक भार उसले नै थाम्नु थियो l घरमा ६५ बर्ष काटेको बुवा अनि सधै बिमारी भै रहने आमा बाहेक कोहि थिएनन् l Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

लघुकथा : वनकी चरी

~विवश पोखरेल~Biwash Pokharel

अदालत परिसरमा गम्भीर मुद्रामा बसेको यिो ऊ । झुस्स दाह्री पालेको उसले घँडामा चिउँडो अडाएको थियो । मलाई देख्नासाथ फिस्स हाँस्यो ऊ, एउटा खल्लो हाँसो । धेरै वर्षपछि भेट भएको थियो ऊसँग मेरो ।

‘अनि आज कताबाट यहाँ ?’ मैले सोधेँ ।

“सानो काम थियो ।” अप्ठयारो मान्दै छोटो उत्तर दियो उसले । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : जिन्दगीको अर्थशास्त्र

~विवश पोखरेल~Biwash Pokharel

‘अहो सर! लु बसौं, हेर गर्मीले ।’ अफिस पुग्नासाथ सधैंझैँं वस्ती सरका अगाडि कृपानाथले कुर्सी राखिदियो । उनी पसिनाले निथ्रुक्क भिजेका थिए ।

उसले फेरि थप्यो– ‘अनि सर आज पनि साइकलमा नै ।’

‘साइकलमा नै, यी हेर न यस्तो छ हालत ।’ खुइँय सुस्केरा हाल्दै वस्ती सर पसिनाले भिजेको सर्टको बटम खोलेर कृपानाथले राखिदिएको कुर्सीमाथि थ्याच्च बसे । कृपानाथले पङ्खा खोलिदियो ।

विचरा वस्ती सर कार्यालयमध्येकै सोझा, गाईप्राणी । कागका पूmल चोर्ने अधिकृतहरूका भीडमा एउटा अपवाद । सबैका हँसीमजाकका रसिक पात्र । कहिले कोही कसैसँग पनि नरिसाउने । खाएपनि सधैं बाघको Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा अनौठो भेट

~विश्वराज अधिकारी~Bishwa Raj Adhikari

मैले उनको दुवै हात समाते। मेरो त्यस्तो व्यवहारबाट उनले असजिलो नमानेकोले ती दुवै हातलाई मैले मेरो गालासम्म पुर्याए। फेरि कुनै विरोध भएन। म अलि बढी नै उत्साहित भए। मैले मेरो दाहिने हात उनको कांधमा राखे। उनको काँधमाथि राखेको मेरो हातलाई उनले विस्तारै आफ्नो दाहिने हातले समातिन्। मैले विस्तारै भने – म आज डराउदिन। म आज मनमा के लागेको छ पूर्णरुपमा व्यक्त गर्न चाहन्छु। उनले केही पनि बोलिनन्। मैले उनको हात समातेर विस्तारै टेबुलतिर ल्याए। हामी दुवै मेचमा बसौं।

उनले अर्थात शुष्माले विस्तारै भनिन् ‘कहिले आउनु भयो’?

मैले छोटो उत्तर दिए – एक हप्ता भयो। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अब कहिले शहर जान्न

~विश्वराज अधिकारी~Bishwa Raj Adhikari

‘अँ हँ, म त कहिले अब शहरतिर जान्न, बरु यै गाउँमा जिवन बिताउँछु। यै चिया पसलमा, यसरी नै चिया बेचेर। कति आनन्द आउँछ यो बाटो हिँडेर शहर पस्नेहरु र शहरबाट गाउँ झर्नेहरुको कुरा सुन्न, यो चिया पसलमा बसेर उनीहरुले चिया खाँदै गफ गर्दा। यहाँ कति रमाईलो छ कति। बिना सित्ति मुगलिन झरेर दुखमा मात्र पाएँ। मलाई त अब शहरको मान्छे देख्यो कि डर लाग्छ। तिनीहरुले ठग्लान कि भनि म त पिरोलिन थाल्छु, शहरका मान्छेहरु मेरो अगाडि पर्यो कि। अँ हँ, म त एक दुइ तिन, अब कहिले शहरतिर झर्दिन’ म सुन्तलीको कुरा कतै न अलमलिएर सुन्दै थिएँ। सुन्तलीको कुरा सुन्दा मेरो चिया सेलाएको मैले पत्तो पाइन। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नेता मोहन प्रसादले देखे डरलाग्दो सपना

~विश्वराज अधिकारी~Bishwa Raj Adhikari

भगवानको अप्रत्यासित आगमन बाट प्रसन्न हुँदै तर अलि डराएर नेता मोहन प्रसादले भने ‘प्रभु, मेरो घरमा बडो कृपा गरि पाल्नु भयो, म धन्य भए, हजूर यसरी आउनु होला भनी मैले कहिले चिताएको पनि थिन। नेताको कुरा सुनेर भगवानले हाँस्दै भन्नु भयो ‘नेता मोहन प्रसाद, तिमी त नास्तिक व्यक्ति, भगवान प्रति तिम्रो आस्था छैन रे, भन्दै हिँडछौ सारा संसारलाई। तिमी यति बढी आस्तिक हुँदा हुँदै पनि किन म नास्तिक हुँ भन्दै हिँडछौ त जनतालाई, हँ नेता मोहन प्रसाद?’

भगवानको कुराबाट नेता अलि लज्जित भए। नेताले आफ्नो त्यो लज्यामा हाँसो मिसाउँदै भने ‘प्रभु, म के को नास्तिक हुनु, म त एक नम्बर खाँटी आस्तिक मान्छे हो। हजूरलाई थाहा भएकै कुरा हो, भगवानमा मेरो पूरा विश्वास छ । म नास्तिक हो भनेर त केवल जनतालाई भनेको हो मैले। जनतालाई आज भोलि साँचो कुरा भने पछि पत्याउँदैनन्। जुन नेताले जति बढी झूठ बोल्यो उसलाई त्यतिकै बढी पत्याउँछन। अशल Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आज गीता आउँदै छिन

~विश्वराज अधिकारी~Bishwa Raj Adhikari

श्याम दाइ कहाँ म साँझमा पुगेको थिए। हुन त फोनमा कुरा गर्दा वहाँले भन्नु भएको थियो ‘सानो भाइ, मिल्छ भने दिउँसो नै आउन, है। शनिवार त के फुर्सत नै होला नि, अफिस हुने त कुरै भएन, होइन त? अँ रातिको खाना यतै खाने गरी आउनु नि।’ तैपनि म साँझ पुगेको थियो। म पुगेको थिएँ तेजारथटोल, बीरगंज।

म पुगे पछि श्याम दाइको खुसीको मात्रा झनै बढेको थियो। त्यो दिन अरु दिन भन्दा अलि बढी नै खुसी देखिनु भएको थियो वहाँ। त्यति बढी खुसी हुनुको कारण मैले बुझ्न सकेको थिन। हुन त मैले वहाँको त्यस्तो खुसीमा कुनै ठूलो नै कारण होला भनी संका गरि नै हाल्नु पर्ने स्थिति पनि थिएन। मलाइ श्याम दाइको बानी थाहा थियो। दुखी तुल्याउने सानो कुराले पनि ज्यादै दुखी हुने अनि सुखी तुल्याउने सानो कुराले खुसी पनि उत्तिकै हुने वहाँको बानी मेरो लागि नौलो थिएन। साहित्यकार मान्छेमा त्यस्तो विशेषता हुनु Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुहागरातको समाप्ति

~विमलेन्द्र मिश्र~

दिउँसोभरि जग्गेमा बिहे भयो । दुलाहा र दुलहीले पुरेतले भने झैँ अनेक थरि धार्मिक अनुष्ठान गरे । कहिले दुलहीको गोडाको बुढी औँला समाउने, कहिले एक अर्काबीच दही खुवाउनुपर्ने । दुलाहा पक्ष र दुलहीपक्षका बीच जुहारी नै चल्ने, रमाइलोनै हुने । दुलाहा र दुलहीबीच बिस्तारै परिचय हुँदै गयो ।

एकैदिनको विवाह चाँडैनै दुलहीलाई अन्माउने बेला पनि हुन लाग्यो । दुलही पक्षका सबैको मुख निन्याउरो र सानो भएको थियो । बाजा बज्न थाल्यो । दुलही अलि नरमाइलो मान्न थालिन । दुलहीका मनमा अनेक थरी कुरा खेल्न थाले । यो आफन्तसँगको बिछोड, पराई घरमा मिलनको सुरूवात थियो । दुलाहा सुबोध भने दुविधामा थियो । त्यसैले उसको मनमा पनि अनेक थरि कुरा खेलिरहेको थियो । दुबैले एक अर्काको मन बुझीसकेका थिएनन् । यो पे्रम विवाह थिएन । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : असल पुरुष

~बिमलेन्द्र मिश्र ~

सत्या वरदानसँग निकै नै आकषिर्त भइसकेकी थिइन् । वरदानकोप ढाइ र सादापनले सत्याको मन खिचेको थियो । जसको कारणल मित्रता पनि झाँगिदै थियो । लाइबे्ररीमा बसेर घण्टौँसम्म यिनीहरू अध्ययन गर्थे । एकदिन सुत्याले वरदानलाई भनिन् ।

सत्याः म एउटा कुरा भन्छु तपाईं मान्नुहुन्छ ?

वरदानः भनन के कुरा हो ?

सत्या मुस्कुराइन् । वरदान पनि मुस्कुरायो । ‘म तिमीलाई माया गर्छु’ – भनेर सोझै भन्न उनीलाई अप्ठ्यारो लाग्यो । उनले कुरा अन्तै मोड्दै भनिन् । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : संक्रमण काल

भाउपन्थी ~Tilak Prasad Sharma Khanal 'Bhaupanthi'

यो तस्बिरमा जुन मान्छे देखिइरहेको छ, यद्यपि त्यो तस्बिर यहाँ छाप्न सकिएन, त्यो मरिसकेको छ । गोपाल त्यो तस्बिर खल्तीमा राखेर हिँड्छ र उसको यो बानी भइसकेको छ, कहिलेदेखि हो त्यो भन्न सकिन्न, तर मैले उसलाई भेटेदेखि, चिनेदेखि भनौँ न, मैले थाहा पाइराखेको कुरो हो यो । ऊ अस्थायी मान्छे हो, भन्नाले कहीँ पनि स्थायी नोकरी पाउन सकेको छैन । परिवार पनि छन् । उसकी स्वास्नीको कुरो पनि छ । केटाकेटी त स्कुल जाँदै छन् तर उनीहरू सामान्यभन्दा अलि बढी खर्च लाग्ने स्कुलमा पढ्छन् र निश्चय नै यो उसको आम्दानीले थेग्न सक्ने होइन ।

यो गोपाल, गोपाल समथिङ्ग । यो नभनौँ थर के हो । बढी परिचित हुनु पनि छैन तपाईंलाई हामीसित । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वतन्त्रता

~भागीरथी श्रेष्ठ~Bhagirathi Shrestha

सुजनसँग बिहे हुने पक्कापक्की भएपछि सोचेँ, म जीवनको महत्त्वपुर्ण र पुर्ण आयामतिर अवतरति हुँदैछु । नयाँ फूलझैँ फक्रिएर नयाँ फूलबारीमा फुल्न जाँदैछु नितान्त नयाँ सुवास लिएर ।

इन्गेजमेन्ट भएको चौथो दिन सुजन मकहाँ आउँदै थिए, उनी आउने खबर फोनबाट सुनेपछि मनमा मनमोहक र रमणीय अनुभूतिको संसार उघ्रिएको थियो । त्यो संसारमा मैले देखेँ, जीवनका सात खुसीयाली Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विकास

~बखतबहादुर थापा~

प्रकृतिले मान्छेलाई जति लोभ्याउँछ, मान्छेले मान्छेलाई त्यति नै तर्साउँछ ।

नागबेली डाँडाहरूमा ढकमक्क फुलेका फुलहरू, वन्यजन्तुको लुकामारी, चराचुरुङ्गीको चहचह स्वर, झरनाको मोहक सुसेली । कति सुरभ्य प्रकृति ! यो हाम्रो प्रकृतिको अतिरञ्जित गुणगान हैन । प्राकृतिक Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : उद्धार

~बाबुराम खपाङ्गी~

विनाशकारी भूकम्पको सुरुवातसँगै म बेहोश भएँ । होश खुल्दा कम्मरमुनिको पूरै भाग पर्खालले किचेको अबस्थामा मैले आफूलाई पाएँ । ठूलो कोलाहल मच्चिरहेको थियो । घरहरू एउटै पनि सद्दे थिएनन् । लाशहरू यत्रतत्र छरिएका थिए । जीवित मान्छेहरू अनियन्त्रित पाराले यताउति दौडिरहेका थिए । कोही मजस्तै घरका खम्बा, पर्खाल, छत र अन्य गर्हौँ चीजले थिचिएका, चेपिएका थिए । घाइतेहरू हात पसारेर Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : क्यामेरा म्यान

~बबिता बस्नेत~

चकमन्न रातको मौनतालाई चिर्दै श्रीमतीले प्रश्न गरी, “अहिले म यति राती घर आएर तपाईंजस्तै टोलाएर बसेकी भए, तपाईं के भन्नुहुन्थ्यो – के अर्थ लगाउनुहुन्थ्यो -,” प्रश्नले ऊ झसङ्ग भयो । “केही होइन, भोलि बिहान चा“डै हि“ड्नु छ, कार्यक्रमस्थलको लोकेसनका बारेमा सोचिरहेको छु,” प्रश्नको जवाफ होइन, उसले आफू मौन रहनुको कारण बतायो । ऊ टेलिभिजनको क्यामराम्यान जो करिब दुइ दशकदेखि टेलिभिजन Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : राजकुमारी सम्पदा

~बबिता बस्नेत~

बगैंचामा लास… लौ न, बगैंचामा स्वास्नीमान्छेको लास…

एकाएक माली चिच्याएपछि दरबारभरि सनसनी फैलियो। अनुहार घोप्टो परेकोले तत्काल चिन्न कसैले सकेन। मानिसहरू जम्मा हुँदै गएपछि भीडबाट कसैले भन्यो― सम्पदा सरकार! लौन सरकारलाई के भयो? Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हाम्रो आन्दोलन जारी छ ……!

~बबिता बस्नेत~

ऊ… त्यही हो उसको घर तर अहिले घरमा मान्छे छन् कि छैनन् म यसै भन्न सक्दिनँ । एक अधवैँशेले बाँसको झ्याङनेरीबाट हातले इसारा गर्दै एउटा फुसको छानो भएको सानो झुपडी देखाइदिएपछि जेठ महिनाको त्यो मध्यगर्मीमा पसिना पुछ्दै हामी त्यता लाग्यौँ । केही दिनअघि मात्र आएको मुसलधारे वषर्ाले बाटो बिगि्रएकाले गाडी चल्न नसक्दा लहानबाट करबि तीन घन्टाको पैदल यात्रापछि हामी त्यो Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्षतिपूर्ति

~बबिता बस्नेत~

“हामी देशमा आमूल परिवर्तन ल्याउन चाहन्छौं, नयाँ नेपाल बनाउनबाट हामीलाई कसैले रोक्न सक्दैन।” कमरेडको मुस्कानले भरिपूर्ण मुहार देखेपछि ऊ हतारहतार टेलिभिजन बन्द गर्दै बत्ती निभाएर ‘छ्यानमा पल्टी र व्यङ्ग्यको शैलीमा कमरेडको बोली दोहोर्‍याई― परिवर्तन! Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विघटित सपना

~आत्माराम शर्मा~

उसले बलिन्द्रधारा आँसु झार्यो ।

धेरैको मुखबाट मैले सुनेको थिएँ- ‘मनको पीडा पखाल्न मानिसलाई रून दिनुपर्छ । मनमा थेगि्रएर रहेका वेदना र उकुसमुकुस आँसुले पखाल्छ । आफ्नो आँसुले आफ्नै पीडालाई पखालेपछि मान्छेको मन हलुङ्गो हुन्छ ।’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : तथास्तु

~अशेष मल्ल~ashesh-malla

रातको बाह्र बजेको थियो । कोठामा म थिए स्वास्नी थिई ।बिरामी र सोचिरहेको थिए अप्रेसनका लागि जुटाउनु पर्ने पाच लाख रुपिया कहाबाट ल्याउने ।एकाएक प्रकट भए भगवान् कोठामा । झस्किए । के भयो । के यो सत्य त हो । चिमोटे आफैलाई । रहेनछ यो कुनै सपना वा भ्रान्ति ।मुस्कुराउदै भने भगवानले, “ए । मनुवा के माग्छस् माग् ।” Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : तीन बिम्बहरु

~अजय दिक्षित ~

“ठूलोकान्छा, यसपालि त सतबीज छर्न पशुपतिनाथ लगिदे न है !” हजुरआमाले दोस्रोपटक नातिलाई पुकारिन् । हजुरआमाले कुरो गरेको बुझेपछि मोबाइल बन्द गर्दै ठूलोकान्छाले सोध्यो, “के भन्या आमा ?” “सतबीज छर्न लग्दे भन्या !”

“ए भइहाल्छ नि, अघिल्लो दिन बसस्टपमा आएर फोन गर्नु म अफिसबाट लिन आउँला ।” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : खडे संसद

~अच्युरमन अधिकारी ~

खडे सांसद झगडे सांसद निकै नै बहादुर हुँ भन्दछ ऊ । उसलाई त न आश नत्रास । यसभन्दा अघि पनि उसलाई मन्त्रीपदमा लान कसैले मानेन । खुबी छैन त्यस व्यक्तिको, त्यति मात्र होइन सोमत पनि छैन । त्यसकारण ऊ जनप्रिय छैन तर पनि पहिल्यैदेखि त्यो त्यता, उता र उताबाट धेरैको सेवा गर्दै आएको मानिस हुँदा यसपटकको सुरिलो संसदमा त्यो पनि मनोनित भएथ्यो क्या ! धेरै हत्ते गरेर, साह्रै अत्तो थापेर Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अकल्पनिय निमन्त्रणा

~आचार्य प्रभा~

सरोज र प्रकाश डाइनिङ्ग टेबुलमा राखिएका परिकारहरु बडो स्वादले भोजन गरिरहेका हुन्छन् । प्रकाशले एकथरिको मासुको परिकार सरोजको अगाडि सार्दै भन्छन् “यो परेवाको मासु चाख त मेरी श्रीमतिले बडो मीठो गरि पकाएकि छिन् । ” Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : आमा बन्न नसक्नुको पिडा

~आचार्य प्रभा~

सीमा एक्लै कोठामा झोक्र्याएर बसिरहेकी थिई। अनायस अर्को कोठाको हाँसो र कोलाहलले झस्किइ अनि जुरुक्क उठेर नियाली । उसको लोग्ने छोराछोरीहरूसँग बच्चा झैँ जिस्किएर खेलिरहेका थिए। मानौ ऊ पनि दस, बाह्र बर्षको बालक हो र ऊ आफ्नो सन्तुष्टी र खुशी छोराछोरीहरूमाथि बर्षाइरहेछ । उता निलिमा भने पलङमा पल्टिएर आनन्दले बिभोर भै उनीहरूको रमिता हँसिलो मुद्राले हेरिरहेकी थिई। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वार्थी चाहाना

~आचार्य प्रभा~

कान्छी छोरीको विवाह हुन नसकेकोमा उनी असाध्यै चिन्तित थिइन् । हुन पनि त हो, उमेर पुगिसक्दा समेत कुनै केटोले फर्केर नहेर्नु, माग्नसम्म न आउनु कुनै पनि आमाको लागि चिन्ताको बिषय नै बन्छ ।

एकदिन उनी दलानमा बसेर छोरीसँग कुरा गरिरहेकी थिइन् । छेउमा आफूले बच्चादेखी पालेको छाउरी Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दुखेको रात

~अभिमन्यु निरवी~Abhimanyu Nirabi

पहाडको बाटो, हिँड्दाहिँड्दै झ्मक्क भयो। आकाशमा जून पनि खुलिसकेको थिएन। चिसो हावासँगै झयाउँकिरीको एकोहोरो आवाजले वातावरण गुञ्जायमान थियो। निकै उकालो चढिसकेपछि पर एउटा गाउँ देखियो। सन्तुष्टिको लामो सास फेरेर म त्यतैतिर हिँडें। गाउँ नजिकै पुग्दा विस्तारै मानिसहरूको आवाज Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साँघु

~अभिमन्यु निरवी~Abhimanyu Nirabi

विवाहको दिन ऊ निराश देखिएकी थिई । गरगहना, रातो सारी, झिलमिल सितारा जडिएको घुम्टो ओढेर पनि ऊ खुलेकी थिइन । के के नपुगे जस्तो, कताकता के बिगि्रए जस्तो विवाहको वातावरण खल्लो खल्लो थियो उसको लागि । मनमा केवल पीडा र डरहरू मात्रै थिए । खुसीको एक चिम्टी पनि उसको अनुहारमा Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment