Tag Archives: अभिमन्यु निरवी – Abhimanyu Nirabi

कथा : आमा

~अभिमन्यु निरवी~ चिसो एक साँझ । रेस्टुरेन्टको भित्ताहरूमा कोरिएको अब्स्ट्रयाक्ट चित्रकलामा एक नजर फ्याँक्यो सुनयले । पृष्ठभूमिमा बजिरहेको प्रेमिल धुनको सुरमा टाउको दायाँबायाँ हल्लायो र सामु बसेकी प्रेमिकाको आँखामा हेर्‍यो । चोरायो आफूलाई । डुब्यो भित्र कतै । त्यही पल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परिवार

~अभिमन्यु निरवी~ डाँडाको टुप्पोमा पहेँलो घाम देखिन्छ। त्यो डुब्ने तरखर गर्दै छ। दिनभर उसले तताएको भित्री मधेस अझै हायलकायल छ। बारीमा भर्खर जन्मिएका हरिया मकैका बोटहरू दुई चुल्ठी बाटेर ठिंग उभिएका छन्। यस्तो लाग्छ कि तिनीहरू मलाई मेरो घरमै स्वागत … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेमास्पद चार वर्षहरू…

~अभिमन्यु निरवी~ हो म मरिसकें । तर मेरी श्रीमती र छोरीको मनमा म अझै जिउँदै छु । जब छोरीले हरेकपल्ट बाबा खोइ भनेर सोध्छे । तब म जोडले चिच्याउँछु– म याँ छु’ । तर न छोरीले सुन्छे, न कसैले । रामधुनीको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बजिबाङ्गे बा

~अभिमन्यु निरवी~ सानो, हरियो चौरको एकातिर म बसेको थिएँ । अर्कोतिर बजिबाङ्गबाट आएका बीरबहादुर बा र पौडेल्नी दिदी । ती दुबैसँग मेरो चिनजान थिएन तर भर्खरैबाट हामीले एकअर्कालाई चिनेका थियौं । पौडेल्नी दिदीको घर माथिको यो चौरबाट रोल्पाको लिवाङ बजार … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कलाकार प्रेमिका

~अभिमन्यु निरवी~ कुकुरहरू भुकिरहेको बाहिरको आवाजलाई उछिन्दै मोबाइल बज्यो। नचिनेको नम्बर स्त्रि्कनमा देखियो। “हेलो”, छिप्पिएको रातमा आफ्नै आवाज ठूलो लाग्यो। “सन्चै छौ?” “भन्नु पर्‍यो”, स्वर चिनेर मैले बेवास्ता गर्न खोजें। “म प्रीति… बिहान पत्रिकामा अन्तर्वार्ता पढेकी थिएँ।” “थ्यांक्यू।”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शोकेस

~अभिमन्यु निरवी~ फोन राखेपछि घुँगुरिएको मसिनो कपाल सुम्सुम्याउँदै उसले भन्यो, “मेरी साथी लुबी यही आम्स्टर्डममा काम गर्छे, आएको मौकामा भेट्न फोन गरेको …।” “कैले भेट्छौ त ?” “नट फिक्स्ड”, काला ढ्याब्रे ओंठभरि मुस्कान छर्दै उसले फेरि थप्यो, “लुबीको नम्बर उसैको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दुखेको रात

~अभिमन्यु निरवी~ पहाडको बाटो, हिँड्दाहिँड्दै झ्मक्क भयो। आकाशमा जून पनि खुलिसकेको थिएन। चिसो हावासँगै झयाउँकिरीको एकोहोरो आवाजले वातावरण गुञ्जायमान थियो। निकै उकालो चढिसकेपछि पर एउटा गाउँ देखियो। सन्तुष्टिको लामो सास फेरेर म त्यतैतिर हिँडें। गाउँ नजिकै पुग्दा विस्तारै मानिसहरूको आवाज

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साँघु

~अभिमन्यु निरवी~ विवाहको दिन ऊ निराश देखिएकी थिई । गरगहना, रातो सारी, झिलमिल सितारा जडिएको घुम्टो ओढेर पनि ऊ खुलेकी थिइन । के के नपुगे जस्तो, कताकता के बिगि्रए जस्तो विवाहको वातावरण खल्लो खल्लो थियो उसको लागि । मनमा केवल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment