हास्य एकाङ्की : परीक्षा केन्द्र : माने एक्जाम् हल

~रमेश विकल~Ramesh Bikal

स्थान : परीक्षा केन्द्र

पात्रहरू :
उल्फ के.सी. – खल पात्र
ज्याकिल शर्मा – अर्को पात्र
भ्यालेन्टाइन गुरुङ – एउटी पात्री
सेक्सी पाण्डे – मुख्य पात्री
फूलन के.सी. – खल पात्री
(अरु धेरै हल्लागिरी पात्र पात्रीहरू)
एङ्कर शर्मा – परीक्षा रेखदेख गर्ने शिक्षक Continue reading

Posted in एकाङ्की, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : लाहुरी भैंसी

~रमेश विकल~Ramesh Bikal

‘लुखुर्‍या’ घराँ त निकै रमझम देखिन्छ नि ? ‘आँगनाँ’ पनि निकै मान्छे झ्याम्मिएका छन् । द्वारेबाले आँगनको डिलबाट नियालेर हेरे, लुखुरेको आँगनमा एउटा कालो-कालो वस्तु पनि देखिन्थ्यो- क्या हो त्यो, लुखुरेको आँगनाँ ?’- उनी आफैं हडबडाए, मानौं त्यहाँ वरिपरि अर्को कुनै मानिस हर्दम उनको कुरामा सही थाप्न खडा भएर बसिरहेको हुन्छ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भीडसँगै हिंडिरहेको एउटा मान्छे

~रमेश विकल~Ramesh Bikal

भीड लगातार अगाडि बढिरहेको थियो । ऊ पनि भीडसँगसँगै हिंडिरहेको थियो । सँगै हिंडिरहेको एउटा साथीले सोध्यो – “होइन, तँ हामी (भीड) सँग छस् कि छैनस् – ”
Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पौराणिक कथा : विशाल किराँत प्रदेशको दुर्दान्त शिकारी शासक

~रमेश विकल~Ramesh Bikal

एकदिन किराँत प्रदेशको घना जङ्गलमा एउटा गौर वर्णको अत्यन्त तेजिलो सुन्दर युवकलाई विचरण गरिरहेको देखियो । शिकारी भेषमा देखिएको यो युवक त्यस भेगमा नौलो थियो । त्यसैले मानिसहरू खास गरी युवायुवतीहरू उसप्रति आकषिर्त भए तर उसको प्रखर तेज, दवङ्ग, व्यक्तित्व देखेर उसको नजिक जान हच्किरहेका थिए । Continue reading

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

कथा : कर्णेल सापको कुकुर बौलाएछ

~रमेश विकल~Ramesh Bikal

एक दिन कर्णेल जङ्गध्वज राणाको जर्मन शेफर्ड जातको लाइका कुकुर एक्कासी बौलाएछ । नत्र कहिल्यै उत्तेजित नहुने भद्र स्वभावको कुकुर आफ्नै मालिक्नी डल्फिन बेबीलाई बलात्कार गर्न किन जाइलाग्थ्यो र ? यो सबैका लागि अनौठो लाग्दै कुरा भएन र ? तर जति आश्चर्य लागे पनि कुरो चाहीं पक्कै हो । यस कुराका साक्षी डल्फिन बेबीका बाबु-आमा खुदै छन् । अझ उसकै भाइ टाइसन राणा र घरका अरु धाई सुसारे नोकर चाकर पनि छन् ।

एक साँझ ड्यूटीबाट फर्केर घरभित्र पस्तापस्तै आफ्नी किशोरी छोरी डल्फिन बेबीलाई आफ्नै घरको डाँगोले बलात्कार गर्न खोजेको देखेर कर्णेल राणाको आश्चर्य साथै रिसको सीमा रहेन । उनको खान्दानी राणा क्रोध चरम विन्दुमा पुग्यो । के यो डाँगो-लाइका बौलाएछ ? कर्णेलको हात आफ्नो कम्मरमा छालाको दापमा Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवनका गोरेटोहरू रहेछ

~राजेश नतांश~

साँच्चै जिन्दगीका हरेकपलहरू कष्टप्रद हुँदारहेछन् । जीवनपथका हरेक खुड्किलाहरू अप्ठ्यारा हुँदारहेछन् । हिँड्न नजान्दा लखराएर लडिदो रहेछ । लडेर के हुन्छ ? त्यो त परिस्थितिले नै बताउँदो रहेछ जीवनका मोडहरूमा ।त्यतिखेरका मेरा सुनौला दिनहरू निकै रोमाञ्चकारी भएर बित्ने गर्दथे । अथवा भनौं ती दिनहरू मेरो स्मृतिपटलमा अझैसम्म ताजै छन् । प्रवेशिका परीक्षामा पास भएकैले होला मनमा हर्षका रंगीन बुट्टाहरू पलाउँदै गरेका थिए । नयाँ जोश, जाँगर अनि हर्षा साथ क्याम्पस भर्ना भएको थिएँ । सानैदेखि मेरो धोको व्यवस्थापन विषय लिएर पढ्ने थियो र सोही अनुरूप अध्ययनमा तल्लीन भएँ । नौलो उमंग अनि हर्षहरू मनमा उम्रेका थिए । नयाँ-नयाँ साथीहरूसँग चिनजानले गर्दाका हरेकपलहरू अविस्मरणीय भएर बाँचेका थिए मेरा मनमा । ‘कृतिका’सँगको परिचयपश्चात त झन् यो संसार साँच्चै रौनकमय भएको थियो । यी बादलहरू अनि हावाका झोंकाहरू मेरो खुशीमा समाहित भएर रोमाञ्चित बनाएको भान हुन्थ्यो मलाई त्यतिखेर । यसलाई मैले जीवनको नौलो अनुभूतिको रूपमा ग्रहण गरेको थिएँ ।

साँच्चै कृतिका निकै लजालु तथा मिजासिली थिई अनि सहयोगी पनि । उनको सुन्दरताको वर्णन गर्नका लागि उपयुक्त शब्दावलीहरू भेट्न मुश्किल पर्दथ्यो मलाई । एक निमेषको हेराईले नै म लठ्ठ परेको थिएँ वा भनौं एकै नजरको त्यो हेराईले नै म आफैंमा हराउन पुगेको थिएँ । यसअघि मैले त्यस्तो अनुभुति कहिल्यै गरेको थिइनँ । उनीसँग कसरी परिचय गर्ने – मेरो लागि निकै ठूलो चुनौती थियो । आफ्नो कक्षा कहाँ छ ? भनेर अल्मलिएकी उनीलाई कक्षा देखाउनु मेरो परिचयको बहाना बन्यो । मानौँ, त्यसदिनदेखि हाम्रो मित्रताको आँकुरा लागेको थियो ।

कतिखेर हाम्रो मित्रता प्रेममा परिणत भयो हामीले थाहा पाएनौं भनौं हामीलाई प्रेमस्तावको कुनै आवश्यकता परेन । आखिर दुई मनहरूको मिलन भएपछि के नै चाहिन्छ र ? हामी एकअर्कामा समाहित भएका थियौं । एकदिन नदेख्दा पनि यी नजरहरू बैचैन हुने गर्दथे । विना समय परेको निष्ठुरी झरीझैं उराठलाग्दो हुन्थ्थे पलहरू ।

अहिले म जिन्दगीलाई नजिकबाट नियालिरहेको छु र सोचिरहेको छु कसरी मेरो जीवन यति निस्सारलाग्दा विरासिला भए ? सायद मेरो व्यवहारले मलाई यति निराश बनाएको छ । यो अरबको मरूभूमिमय खाँडीको जिन्दगी ४५ डिग्री तापक्रममा भत्भती पाकेको जिन्दगी । मेरा पौरखी हात निर्जीवजस्ता भइसकेका छन् यतिखेर । न समयमा खान पाइन्छ न त सुत्न नै । यस्तो निस्सारपूर्ण मेरो जिन्दगीप्रति अहिले आफैँलाई घीन लागेर आएको छ । हामी युवाहरूले गरेका यतिका मेहनतहरू आफ्नै जन्मथलो नेपालमा गर्न सकेको भए कति विकसित हुन्थ्यो हाम्रो नेपाल । कति भौतिक संरचनाहरू निर्माण गर्थे होलान् यी पौरखी हातहरूले । आज निकै प्रायश्चित गर्दैछु मैले चालेका पाइलाहरूको । यहाँ प्रत्येक निमूखा अनुहारका आ-आफ्नै कथाव्यथा छन् जसलाई सुन्नुबाहेक अरू विकल्प छैन ।

साँच्चै आमा विमारी नभएको भएँ म यसरी यो खाँडीमय संसारमा भासिने थिइन होला । नचाहँदानचाहँदै यिनीहरूको शोषणमा पर्ने थिइन होला । भर्खर १२ कक्षामा पढ्दै गरेको थिएँ म । फुर्सदका समयमा घर खर्च र्टार्न सानातिना कामहरू गर्दै थिए । कृतिका र मैले कति सपनाहरू सजाएका थियौँ । हामी दुई मिली सजाएका कल्पित सपनाहरू मिलेर पूरा गर्नु थियो हामीले । अचानक आमा काम गर्न नसकेर थला परेको दिन ममा ठूलो बज्रपात नै भयो । छदाखाँदाको पढाई, जागिर अनि अधुरा सपनाहरूलाई ताल्चा लगाउँदै श्रमका लागि भौतारिनु पर्यो मैले । ममा ठूलो जिम्मेबारी थोपरिएको थियो । जसरी भएपनि मेरा आश्रति परिवारका लागि साहारा बन्नुपर्ने पर्ने थियो । मेरा इच्छा, चाहना अनि आवश्यकताहरूलाई पाखा लगाउँदै परिवारको गर्जो टार्नका लागि खाडीको तातो हावा खान पीडादायी कुण्डमा होमिनुपरेको थियो ।

हिजो मात्र घरबाट टेलिफोन आएको थियो । आमा अचानक स्वर्गेबास हुनुभएछ । त्यो खबरले ममा वेचैनको सुनामी नै ल्यायो । पैसा कमाएर आमाको उपचार गरौँला, यहाँ आउँदा लिएका ऋणहरू चुक्ता गरौंला अनि आरामसँग नेपालमै बसी पौरख गरौँला भन्ने मेरा सपनाहरू सबै चकनाचुर भए । घण्टौंसम्म रोएँ म । त्यसरी रूनुको कुनै अर्थ थिएन । आखिर रोएर आमा फर्किने पनि त हैन । भावनाहीन र संवेदनाहीन विरानो सहरमा रूनुको कुनै अर्थ थिएन । यहाँ आँसुको कुनै मूल्य थिएन । आफूले आफैँलाई सम्हालेँ । अनायासै मैले परिस्थितिसँग सम्झौता गर्नुपर्यो ।

अहिले बहिनी घरमा एक्लै छे । विचरीलाई कति पीडा परेको होला यतिखेर । एक्लै भए भन्दै होली । अनि मेरी प्राणप्यारी यतिखेर मेरै प्रतिक्षामा दिन गन्दै होलिन् । मेरो सम्पूर्ण समवेदनाहरूलाई आफ्नै ठानी बिचरी मेरी कृतिकाले र मेरो घरको सम्पूर्ण व्यवहार थामिदिएकी छिन् । प्रिया, तिम्रो ‘विलम्ब’ चाँडै आउँदैछ तिमीलाई बादलपारिको देशबाट भेट्नलाई । अनायास मेरा ओठबाट यी शब्दहरू निस्कन्छन् ।

(श्रोत:- अन्तर्जाल अर्थात internet)

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अतीतका ती पलहरू

~राजेश नतांश~

अनायासै, मध्यरातमा एक्कासि म ब्यूझिएँ। सानो मैनबत्तिको धिपधिप गर्ने प्रकाशमा म केही लेख्न खोज्दै थिएँ। वातावरण सुनसान थियो। दिमागमा एकआपसमा पात्रहरू तयार भएर बसिरहेका थिए। बस् त्यसलाई कापीमा उतार्नुपर्ने थियो। छिमेकमा दुई बुढाबुढी एकआपसमा घर–सल्लाह गर्दै थिए। उनीहरूको प्रष्ट संवाद सोझै मेरो कानमा तरङ्गित भईरहेको थियो। उता उर्मि भने चाहिँ आफ्नो तन्द्रालाई अँगाल्न सकेकी थिइन। कसरी पाओस् त सुत्न। दिनभरि चर्किलो घाममा लेभरकाम गिट्टी, ढुङ्गा, इट्टा बोक्नुपर्ने बाध्यता त्यही माथि श्वासको बिमारी। उनको छोरो ‘संकल्प’ पनि बेस्सरी रूँदै थियो। उर्मि खोक्दै फुल्याउँदै थिई। त्यसलाई के भएको थियो कुन्नी थाहा थिएन।

मध्यरात। आकाशमा जुन ताराहरू लागिरहेका छन्। उज्यालो हुन लागेको हुन लागेको भाना भईरहेको थियो। चकमन्न त्यस समयमा एउटा आवाजले मलाई ब्युँझाएको थियो। गाउँमा कतै कहालीलाग्दो किसिमले कुकुर रोइरहेको थियो। त्यो कुन वेदनामा रोइरहेको थियो स्पष्ट थिएन। यसअघि मैले यसरी कुकुर रोएको कहिल्यै सुनेको थिइन।

रातको ठूलो घम्साघम्सीपछि विहानीको सूर्यको किरण मेरो ओछ्यानसम्म आइपुग्यो। उठ्न मन लागेको थिएन मलाई। त्यैपनि दैनिक कर्मकाण्डका लागि म उठेँ। बाहिर निक्कै हल्ला–खल्ला थियो। धेरै मान्छेहरू जम्मा भएका थिए, उर्मिको आँगनमा। कोही, “विचरी” अनि कोही चाहिँ, “अब यो कसरी बाँच्छ होला।” भन्दै थिए। मलाई के भएको हो भनि ठम्याउन मुश्किल पर्यो।

अचम्म! उर्मिलाई सेतो कपडाले बेरेर सुताइएको थियो। संकल्प,“आमा! आमा!!” भनेर उठाउन प्रयासरत थियो। तर त्यो कोमल आवाज उर्मिले सुनेकी थिइन। यस्तो उल्लासपूर्ण दृश्य देखेर म मलिन भएँ। अनायासै मेरा आँखाहरू रसाउन थाले। मैले आफूलाई रोक्नै सकिनँ। मैले उनको पीडादायक अतीतहरूलाई सम्झेँ।

कति दुःखी र मेहनती थिई उर्मि। कति सपनाहरू उनले मसँग सजाएकी थिई। उनलाई मेरो खाँचो थियो। उनको जीवनमा दुःख शिवाय अरू केही थिएन्। बिचरी! विहान सखारै उठ्थी। घर–कसेर लगाउँथी। हरेक सर्जाम गरेर बिहानीको खाजा तयार गर्थि। त्यही खाजाको भरमा दिनभर दुःखसँग लड्थी उर्मि। आफ्नो गर्जो भर्न दिनहुँ आफूभन्दा अजङ्गको भारी बोक्नुपर्ने बाध्यता थियो उनमा। सधैंजसो बिमारी परिरहन्थी ऊ। लाऊ–लाऊ, खाऊ–खाऊ भन्ने समयमा उनले जस्तो दुःख अरू कसैले गरेको थिएन।

ख्याउटी, पातली, दुब्ली उर्मि दिनभरिको कष्टप्रद क्षणलाई परास्त गरेर जब घर फर्किन्थी ऊ। म सधैँजसो पढिरहेको देखेर, आफ्नो सम्पूर्ण दुःख बिसाउँदै भन्ने गर्थि,“राजेश मैले पैसा जम्मा गरिसक्या छु, अब त संकल्पको स्कूल हाल्ने बेला पनि भयो होला, यसलाई नि पढ्न सिका हैं। के गर्नु! म भ्याउँदिन्। दिनभरिको कामले गलेर निद्रा लागिहाल्छ।”

लोग्ने भनाउँदो बुद्धिमान उर्मिलाई दोबाटो छाडेर कहाँ गएको थियो पत्तो थिएन। अनेकन वाचा–कसमहरू खाएर जालमा पारेको थियो त्यसले उर्मिलाई। रोमियो–जुलियट, लैला–मजनु, हिर–राँझा, सिरी–फरहद, मुना–मदन, शाहजहाँ–मुमताजजस्ताको आदर्श प्रेमलाई छविकरण गर्दै सँगै मर्ने, सँगै बाँच्ने कसम खाएको थियो उसले तर ति वाचा–कसमहरूलाई बिर्सिएर अदृश्य भएको थियो ऊ।

बिचरी उर्मिले आफ्नो लोग्नेलाई नखोजेको पनि होइन। थाना, अड्डा, प्रहरी, प्रशासन आदि सबैमा चहारेकी थिई उसले तर अफसोच भेट्न सकिन आफ्नो बुद्धिमानलाई।

उसले आफूभन्दा बढी माया गरेकी थिई बुद्धिमानलाई। उसको प्रेमका खातिर उर्मिले आफ्ना आमाबुवा, नातागोता, पढाई, मित्रजन सम्पूर्ण कुराहरूलाई त्यागेकी थिई तर अफसोच सम्पूर्ण कुराको त्याग गर्ने उर्मिलाई बुद्धिमानले विनाकारण नै त्यागेको थियो। तर महान छिन् उर्मि, यस्तो छलि संसारलाई चुनौती दिदैँ अन्ततः उनले आफ्नो नासोलाई जन्म दिने नै वाचा गरि।

“राजेश दादा! आमालाई के भो? किन आँगनमा सुत्नु भो?” यस्तो अबोध प्रश्नले म आफैँमा भस्किएँ। मैले त्यस बालकलाई कसरी ‘तेरो आमा मरि’ भनुँ। म कसरी ‘तेरो आमाले तलाई यो संसारबाट एक्लै छोडे गई’ भनुँ। म नाजवाफ भएँ। ऊ सधैँ मेरो घरमा आउथ्यो र अक्सर भन्ने गर्दथ्यो,“दादा म पनि थुलो भएर, तपाइ दस्तै कम्पुतर चलाउँछु, धेरै पध्छु र आमालाई पाल्छु।” म उसको यस्तो सपना देखेर म उसप्रति गर्भान्वित भएको थिएँ। किनकी उसको त्यो सपनामा आफ्नो आमालाई छुट्टाएको थिएन्, उसले आफ्नो आमाको दुःख देखेको थियो। तर आज ति सपनाहरू सबै चकनाचूर भएँ। खहरेमा आएको बाढीको भेलझँै उसका ती सपनाहरू भताभुङ्ग पारेर लगेको थियो। उर्मिले उसलाई टुहुरो बनाएर गएकी थिई। उसको सपनालाई तोडेर गएकी थिई।

(श्रोत:- अन्तर्जाल अर्थात internet)

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरा पात्रहरूसँगको रात

~राजेश नतांश~

चिसो हावा आफ्नै गतिमा प्रवाहित भइरहेको छ । सडकहरू सुनसान छन् । सडक छेऊका हाइपावरका सडक बत्तीहरूले सडक उज्यालो पारेका छन् । सडक बत्तीहरूमा पुतलीहरू झुम्मिरहेका छन् । लाग्छ त्यहाँ एक प्रकारको मोहनी मन्त्र लगाइएको होस् र त्यो तेजिलो प्रकाशमा त्यो तातो रापमा आफ्नो आहुति दिँदै छन तिनीहरू । आफ्नो प्राण पखेरु कतिखेर सिद्धिने हो अन्जान छन् उनीहरू । यस्तै दृश्यमा अनायासै म हराउन पुग्छु । चिसो हावाले मलाई र्स्पर्श गर्छ । शरीरमा चिसा तरङ्गहरू फैलिन्छन् । मलाई एक प्रकारको आनन्दको महसुस हुन्छ ।

मलाई आज घर जान मन लागेको छैन । मेरा पाइलाहरू चल्न चाहँदैनन् । सडक सुनसान छ । एकाध मान्छेहरू आफ्नो गन्तव्य पथमा लम्कदैछन् । आसपासका पसलहरू बन्द हुने तरखरमा छन् । यस्तै वातावरण आज मलाई प्यारो लागिरहेको छ । हजारौंको भागदौड, दौडधुप र तिखो कर्कस ध्वनीले अस्तव्यस्त हुने सडक, यतिखेर शान्त छ । अनायासै आज म यो सडकलाई नियालिरहको छु । जीवनको ४० औं बसन्त पार गरीसक्दा आजसम्म पनि मैले यस्तो अनुभव गरेको थिइन । मेरा जीवनका विम्बहरूले मलाई घेर्छन् ।

जीवनको अर्थपूर्ण यात्रा मैले यै सडकबाट गरेको थिएँ । म यो सडकको गल्ली-गल्ली हिँडेको छु । मैले प्रत्येक पल यही सडकमा बिताएको छु । मैले कैयौँ ऋतुहरू यही सडकमा फेरेको छु । आज मलाई यही सडक प्यारो लागिरहेछ । मलाई अतीतका पलहरू सम्झदाँ भयावह लाग्छ । अनि आफैँ झस्कन पुग्छु, तर्सन पुग्छु ।

“एक्लै हो दाइ ?”

म एक्कासि झस्कन्छु । अन्दाजी २०/२५ वर्षी जस्ती देखिने प्रौढ युवती मेरो नजिक आईपुग्छे । छोटो मिनीर्स्कर्ट र टिर्सटमा सजिएकी अनि यौवनले भरिपूर्ण भएकी ऊ वाचाल छे । अनकन्टार जस्तो लाग्ने यो मध्यरातमा मेरो नजिक आइपुग्दा म छक्क पर्छु ।

“अँ ! बैनी एकैछिन चौतारीमा बसेर आराम गरेको ।”

“कहाँबाट आउनु भा’को ? जाऊ हिँड्नुहोस् मेरो गेष्ट हाउसमा । आज मलाई सेवा गर्ने मौका दिनुहोस् ?”

“घर नजिकै छ । तर मैले तिमीले भनेको कुरा बुझिन ?”

“बुझी-बुझी कस्तो बुझ पचाएको ! (छेऊमा टाँसिएर बस्छे ।) मात्र पान सय हो क्या ! रातभर फूल्ली स्याटिस्फाई गराउछु !”

“ओ ! बैनी तिम्ले मलाई गलत बुझयौं । तिम्ले सोचेजस्तो मान्छे म होइन । म बिवाहित हुँ ।”

“बिहे गरे बाल भयो र ! हिँड्नु न ‘डिस्काउन्ट’ गरिदिन्छु क्या ।”

“‘एक्सट्रेम्ली सरी बैनी’ तिमीलाई चाहिँएको भएँ । यो ५ सय लैजाउँ ।”

हत्तपत्त पैसा हातबाट लिँदै ऊ आफ्नो बाटो लाग्छे । म घोत्लिन पुग्छु, आफ्नै संसारमा । साँच्चै जीवनपथका हरेका बाटोहरू थुनिँदा मान्छे लाचार बन्दो रै’छ । परिस्थितिसँग मान्छे हार्दो रहेछ । अनि बाँच्नकै लागि जत्रो ठूलो खतरा पनि मोल्न पछि पदैन मान्छे । आजकल समय बद्लियो, मान्छे प्रतिस्पर्धी भए भनिन्छ । आखिर जीउने आधार नै नभए के प्रतिस्पर्धाको कुरा !, के इज्जतको कुरा ! अनि के अस्मिताको कुरा ! बाँच्नकै लागि मान्छे जीवनको दाउपेज लगाउँदो रहेछ । मेरा स्मृतिपटलमा यही कुराहरू आउँछन् ।

“सर ! २० रुपैयाँ दिनु न !!”

अन्दाजी १५/१६ वर्षो जस्तो देखिने केटो मेरो अगाडि आइपुग्छ । थोत्रो र महिँलो लगाएको जस्तो देखिने ऊ । आफ्नो हात पसारेर मलाई केही माग्दैछ । म त्यस केटामा हराउन पुग्छु । मेरो ध्यान उसप्रति आकृष्ट हुन्छ ।

“किन चाहियो तिमीलाई २० रुपैयाँ, अनि तिमी को हौ ?”

“हजुर ! म बर्खे । त्यो टेम्पुमा काम गर्छु आज बन्दले टेम्पु चलेन । केही खा’को छुइन । तपाईलाई धन्य हुन्छ सर ! आज मेरो पेट भरिदिनुहोस् !!”

म आफैँमा हराउन पुग्छु । मेरा विगतका दिनहरू मेरो स्मृतिपटलमा द्रविभूत हुनपुग्छन् । आजको समाज निकै पराआश्रति भएछ । मान्छै परजीवि बन्दै गएको छ । मान्छे आफ्नो पौरखलाई विश्वास गर्दैन । अनि ‘सर्टकर्ट’मा मान्छे उपलब्धि हासिल गर्न खोज्छ । विगतका मेरा दुःख, वेदनाहरूलाई त्यस केटासँग तुलना गर्न खोज्छु । आकाश जमिनको फरक पाउँछु ।

अनायासै, चिसो हावाले मलाई फेरि एकचोटी स्पर्श गर्छ । म पहिलेकै अवस्थामा आइपुग्छु सडकहरू अब मानवविहीन भइसकेका छन् । सडक बत्तीहरू पनि मलाई मधुरो लाग्छ । एक्कासि मानसिक सन्तुलन गुमाए जस्तो देखिने मान्छे मेरो नजिक आइपुग्छ । आफूसँग भएको चिउरा चपाउन थाल्छ । स्तब्ध छ ऊ । मलाई बोलाउँदैन । आफैँमा पूर्ण छ ऊ । ऊ के गर्छ म अड्कल काट्न सक्दिनँ । ऊ आफ्नै धुनमा मस्त छ ।

म आफ्नो ल्यापटपमा ‘मेल’ चेक गर्न हतारिन्छु । इन्टरनेटको गतिले मलाई निन्द्रा लगाउँछ । भारतमा हुन गइरहेको गरिबी निवारणसम्बन्धी कार्यशाला गोष्ठिमा मलाई वक्ताको रुपमा आमन्त्रण गरिएको रहेछ । यथासक्य चाँडो मैले आफ्नो विचार प्रेषित गर्नुपर्ने रै’छ ।

‘सयौं थुङ्गा फूलका….नेपाली….’ अनायासै मेरो मोबाइल बज्छ । श्रीमतीको फोन आएको रैछ । कानका श्रीमतीको स्वर गुन्जिन पुग्छ -”हैन यतिखेरसम्म कहाँ हराएको ? आज छोरीको बर्थ-डे होइन ? छोरी पर्खिरहेकी छे । झट्ट आउनु यहाँ !”

(श्रोत:- अन्तर्जाल अर्थात internet)

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : समयचक्रमा विकल सर

~राजेश नतांश~

निकै ‘रोमान्टिक’ थिए विकल सर । मोटो, ओग्लो, हृस्टपुष्ट थियो शरीर । सेतो चस्मा लगाउँथे । स्वीटर, पेन्ट, सर्ट मनपर्ने पहिरनहरू थिए । पढाईका हरेक सन्दर्भमा मजाक गर्ने बानी रमाइलो थियो उनको । सबै विद्यार्थीलाईं हँसाई-हँसाई पढाउँने गर्दथे । हेर्दै सरल, सभ्य र हृष्टपुष्टताले गर्दा जो कोहि पनि उनीप्रति आर्कषित हुन पुग्थें । झन् क्याम्पसका केटीहरू त ज्यानै दिन खोज्थे । हरपल झुमिरहन्थे उनीहरू । क्याम्पसमा उनी अंग्रेजी विषय पढाउँथे । सार्‍है सिर्जनात्मक थिए । उनको सफलताका पछि उनको संघर्षको अर्को पाटो थियो । बुबा-आमा सानै उमेरका बितेका थिए । धेरै वर्ष संघर्ष गरेर यो स्थानसम्म आएका थिए उनी ।

बिहान सबेरै उठ्ने गर्दथे । दैनिक कर्मकाण्ड सकेर, खाना पकाउने, भाडा माझ्ने, लुगा धुने र घर पुछ्ने लगायतका कामहरू कति पनि झन्झट नमानी सम्पन्न गर्दथे । ठिक १० बजे सम्पूर्ण कामहरू सकेर तयारी हुन्थे । निकै मेहनत गर्दथे दिनहुँ विकल सर । आधा दर्जन बढी क्याम्पसहरूमा ठूलो दौडधुपका साथ पढाउन पुग्थे । दिनमा उनलाई खाजा खाने समयको समेत फुर्सद मिल्दैन थियो । उनको हरेक यात्रामा उनको थोत्रे मोटरसाइकलले ठूलो साथ दिएको थियो । कुनै पनि काममा विलम्ब गर्दैन्थे उनी ।

विनु उनकी सहचारिका, जीवन सङ्गीनी, अर्धाङ्गिनी थिई र मेरी आत्मिय साथी । हामी एउटै कक्षामा अध्ययन गर्दथ्यौ, सार्‍है मिल्दथ्यौ । सम्पूर्ण आत्मिय कुराहरू हामीमाझ साटासाट हुन्थे । हेर्दा सोझी, सीधा देखिने विनु उनको प्रशंसा गर्न सकिदैन थियो । उनलाई उनको रुपप्रतिको घमण्ड कति पनि थिएन । सबैलाई सहयोग गर्ने, सबैको भावना बुझ्ने, हरेक समस्यासँग लड्ने अनौठो गुण थियो उनमा ।

यति विध्न गुणहरू भएकी विनुलाई अप्रत्यासित रुपमा विकल सरले मन पराएका रहेछन् । विनु विकल सरसँग नजिकिदै जाँदा उनले पनि थाहा पाएछन् कि विनुले आफूलाई मन पराउँछें भनेर । यसरी सम्बन्ध बढ्दै जाँदा दुवैजनाले विर्सिएछन् सर विद्यार्थीको सम्बन्ध । आखिर प्रेम न हो । कोसँग हुन्छ, कस्तोसँग हुन्छ, किन हुन्छ भन्ने कुराको मनन् गरिदैन् । उनीहरू एकअर्कालाई निकै प्रेम गर्दथे । एकदिन विनु क्याम्पस नआउँदा छट्पटिन पुग्थे विकल सर ।

दुवैजना दाम्पत्य जीवनमा बाँधिएको धेरै समय बितिसकेको थियो । उनको जीवनमा विनुको प्रवेशपछि निकै सरल र सुन्दर बनेको थियो । उनको हरेका पाइला-पाइलामा साथ दिएकी थिई विनुले । बैवाहिक जीवनमा बाँधिएपनि विनुको पढाई प्रखर थियो । झन् गूरु नै आफ्नो श्रीमान् भएपछि त उनको पढाईमा सुनमाथि सुगन्ध नै थपिएझैँ भएको थियो ।

छुट्टीका समयमा उनीहरू जहिल्यै नयाँ पार्क, रिर्र्सोट, स्मारक, संग्राहलय, मठमन्दिर घुम्न पुग्थे । राती अबेरसम्म घुमफिर गर्दथे । साँच्चै यी दुई जनाको दाम्पत्य जीवन सबै दाम्पत्य जोडीहरूका लागि उदाहरणीय बनेको थियो । विकल सरभन्दा कम पढेकी, कम उमेरकी भएपनि विनुले एउटा असल र निपुण श्रीमतीको भूमिका निभाएकी थिई । उनीहरूको दाम्पत्य जीवनमा कुनै असहमतिका खाल्डाहरू थिएनन् । कुनै छलकपट, रिस, राग, शंका-उपशंका थिएनन् । विकल सरले विनुलाई सधैं सम्मान गर्दथे ।

हामीलाई पढाउन मात्र के सूरु गरेका थिए विकल सरले । उनको मोबाइल बज्यो । फोन ‘रिसिभ’ गरेपछि उनको अनुहार एक्कासि फेरियो । अनुहार भयावह भएको थियो । निकै आर्श्चर्यजनक थियो उनको अनुहार । हतारिदैँ उनी कक्षा छोडेर निस्किए । हामीहरू अचम्ममा पर्यौं । क्याम्पसैभरि खैलाबैला मच्चियो ।

विकल सर निकै दिन हामीलाई पढाउन आएनन् । क्याम्पस प्रशासनमा पनि सम्पर्क राख्दा केही थाहा नभएको सूचना पाइयो । पछि सम्पूर्ण कुराहरू थाहा पाएपछि हामी छाँगाबाट खसेजस्तै भयौँ । विनुलाई ट्याक्टरले ठक्कर दिएको रहेछ । बजारमा किनमेल गर्न जादाँ । उनको हालत निकै खराब रहेछ । उनी जीवन र मृत्यूसँग संघर्ष गरिरहेकी रहिछिन् ।

विकल सर बौलाहाएको जस्तो देखिन्थे । आफू भन्दा बढी माया गर्थे विनुलाई । ट्याक्टरको ठक्करपछि दिनहुँ बेचैन जस्तो देखिन्थे । शरीर सारा सुकेर ख्याउटेजस्तो भएको थियो । पढाईमा पनि विलम्ब गर्दथे । उनको मजाक गर्ने बानी पनि हराई सकेको थियो । किनकी उनकी प्राणझैं प्यारी श्रीमती विनु मृत्यूसँग खेलवाड गर्दै ओछ्यानमा लडिरहेकी थिई ।

Posted in संस्मरण | Tagged | Leave a comment

लघुकथा : चकित जनता

~राजेश खनाल~

पहिलो दलका नेताः

हामीले कति महान् कार्य गर्दै आएका थियौँ तर हाम्रो त्यो कार्यलाई देखी सहेन्न र हामी तल ओर्लनु पर्‍यो । तर धन्दा नमान्नुस्, हाम्रा ती विरोधीहरूलाई नेपाली जनताले देखाउनेछन् ।

दोस्रो दलका नेताः

करिब साढे दुई सय वर्षपछि हामीले हाम्रो स्थान पाएका छौँ । तर यहाँ पनि हामीलाई धोका दिन खोजिँदै छ । खवरदार धोकेवाजहरू । तिमीहरूलाई नेपाली जनताले ठीक पार्नेछन् ।

अर्को दलका नेताः

को कति पानीमा छन्, त्यसलाई नेपाली जनताले हेरिरहेका छन् । को सही, को गलत त्यसको मूल्याङ्कन गरेर नेपाली जनताले तिनलाई तह लगाउनेछन् ।

फेरि अर्का स्वतन्त्र नेताः

हामीले नेपाली जनताले सुख पाउलान् भन्ने सोचेका थियौँ । जनताको अहिलेको अवस्थालाई हामी हेरिरहेका पनि छौँ तर पनि केही होला जस्तो छैन । अब नेपाली जनताले नै केही गर्ने समय आएको छ । मलाई विश्वास छ नेपाली जनताले नै अब केही गर्नेछन् ।

यी हुन थरीथरीका नेता र थरीथरीका भनाई । जसले जनतालाई नै अगाडि सारेका छन् । तर जनता भने चकित छन् र खुट्याउन खोज्दैछन् आफू नेपाली जनता या दलका जनता भनेर ।

(श्रोत :- मधुपर्क)

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : लण्ड्री प्रेम

Rajab (USLT95641's conflicted copy 2014-09-22)~राजव~

घरबाट उसलाई बिहे गर्न नेपाल डाक्याडाक्यै थिए। हरेक पटकको फोनमा अरू कुराभन्दा बढी उसलाई बिहे गर्नु पर्‍यो, बूढो हुन लागिसकिस् आइज भनिरहन्थे। उसलाई पनि घरकाहरूको यो कुरो ठीक लाग्न लागिरहेको थियो। त्यसकारण उसले फोनमा बाउलाई सुनाएको थियो, “हुन्छ मङ्सिरमा आउँला।” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रिटर्न टिकट

~राजव ~Rajab (USLT95641's conflicted copy 2014-09-22)

यताको मौसम सुधि्रएपछि म आइपुगेँ। अन्तिम अप्रिलको दिन, वातावरणमा न्यानो फैलन थालेको थियो। म आइपुगेको लगत्तैको बिहान मे महिना शुरु भयो।

“घमाइलो दिन भर्खर हो शुरु हुन थालेको”, छोरोले भन्यो।
“तर यहाँको घाममा ताप अझ् बढ्न सकेको रहेनछ, काठमाडौंमा त घाम निकै चर्किन थालिसकेको थियो।”
“यता घामको ताप ढिलै बढ्छ। फेब्रुअरीभरि लगातार परेर थुप्रिएको हिउँ मार्चसम्म पनि पग्लिएको थिएन”, छोरोले सुनायो।
“कार्यक्रम अलि ढिलै राखेको भए हुन्थ्यो कि .?”

“हैन बुबा, त्यस्तो आत्तिनुपर्दैन। अब जाडो हुँदैन। अप्रिल लागेपछि त चिसो घट्न थालिहाल्यो नि।”
“चिसो त मेरो शरीरलाई हुँदैहुँदैन।”
“त्यसैले त मेको प्रोग्राम राखेर अन्तिम अप्रिलको टिकट पठाइदिएको बुबालाई।”

“काठमाडांैमा पनि चैत-वैशाखदेखिकै मौसम प्यारो लाग्छ। कात्तिक कटेपछिका चिसा दिन मलाई कहिल्यै मनपरेन।”
मे लागिसके पनि ठिहीले महिनौँ कठाङ्ग्रिएका रूखमा ज्यान लागेको थिएन। ठिहीले सुकेका तिनका हाँगामा भर्खर पालुवाका गर्भ लाग्न थालेका थिए। त्यसकारण पार्क, सडक र घरबगैंचाका वृक्षहरू मृतजस्ता जर्जर देखिन्थे। नगरमा प्रकृतिको हरित रमाइलो शुरु हुन बाँकी नै थियो।

“जूनदेखि त चारैतिर हरियोपरियो र फूलैफूल देखिनेछ बुबा”, यसरी भावी मौसमबारे मलाई आश्वस्त पार्न खोज्दै छोरोले भन्यो।

त्यस बिहान हामी चाँडै बिउँझ्िएर सडकमा ‘र्लियौँ। सूर्य शहरका गगनोन्मुखी दैत्यभवनभन्दा अझ्ै तलै देखिन्थ्यो। घामका कलिला किरणले ती भवनका शिशाहरू आल्हादक रूपमा टल्किरहेका थिए। हामी फूटपाथमा अनौठो पाइला चाल्दै थियौँ। सडकमा बाहनका गतिहरूको अटुट ‘इरो लाग्न थालेको थियो। म भित्रभित्रै पुलकित भइरहेको थिएँ। तर, मेरी श्रीमती मजत्तिको रमाउन सकिरहेकी थिइन। उसलाई अझ्ै छोरोको कुरोको ह्याङ्ग’भरले छोडेको थिएन। नेपालमै भन्दै थिईः “जानुस् तपाईं मात्रै।”

वास्तवमा मेरै करबल र सम्झ्ाइबुझ्ाइले ऊ आउन राजी भएकी हो। उसको हिसाबले त एक, दुई, तीन नआउनेमा थिई। उसले मलाई रन्केर र सन्केर भनेकी थिईः “म एक जान्न, दुई जान्न, तीन जान्न …।”

६ वर्षअगाडि छोरो पढ्न अमेरिका उडेको थियो। ऊ पीएचडी गर्न यता आएको थियो।जुन विश्वविद्यालयमा फेलो थियो, त्यहीँ प्रोफेसर पनि भयो। बिहे पनि यतै गर्‍यो। ऊ नेपाल फर्किएला र उसको बिहे गरिदिउँला भन्ठानेको थिएँ। मेरी श्रीमतीले त केटी खोजी, रोजी पनि गरिसकेकी थिई। तर, हामी दुवैको योजना र सोच विपरितको कुरो उसले एकदिन फोनमा पोख्यो। त्यस दिनदेखि रन्थनिएकी मेरी श्रीमती शान्त हुनसकेकी थिइन।

उग्र असन्तुष्टि र दुःखी मन बोकेरै ऊ मसँग अमेरिका उडी। त्यसकारण त्यस बिहान पहिलो पटक देखिएको अधुनातन अमेरिकी नगरको वैभवपूर्ण स्वरुपले पनि उसको अनुहार रमाएन। छोरोको बिहे नेपालमा धुमधामसँग गरौँला भन्ने थियो उसलाई। उसले आफ्नै रुचि र विचारकी केटी छानेकी थिई। मैले पनि सहमति दिएको थिएँ। त्यो सहमतिमा ल्याप्चे लाउन हामी छोरो अमेरिकाबाट फर्किने दिन कुरिरहेका थियौँ। तर, छोरोले दुई महिनागाडि फोन गरेर हाम्रो आशमा धक्का दिँदै भन्योः “यस पटक पनि नेपाल आउन सक्दिनँ, विश्वविद्यालयमा भर्खर जागिर लागेको छ।”

“अनि कहिले आउँछस् त?” हामीले सोधेका थियौँ। तर, उसले लटरपटर जवाफ दिँदै भन्यो, “अर्को साल हेरौँला।”
“हेरौँला होइन, आउने ठेगान पनि दे। हामीले यहाँ केटी ठीक …”

तर उसले केटी त अमेरिकामै ठीक पारेको रेछ। त्यो भेद खुलस्त हुनुअगाडिको एउटा फोनमा उसले भनेको थियोः “बुबा तपाईंहरूलाई अमेरिका आउन भिसाको लागि म चिठी पठाउँदैछु, हुन्न?”

उसले हामीलाई अमेरिका डाकिदिए र घुमाइदिए हुन्थ्यो भन्ने आश त हामीले पनि पालिरहेका थियौँ, मुख फोर्न मात्र सकेका थिएनौँ। तर, त्यस दिन उसैले एकाएक त्यसो भनेपछि हामी बूढाबूढी पुलकित नहुने कुरै थिएन। हामीले भनिहाल्यौँः “हुन्छ, कहिले पठाउँदै छस्?”

“पर्सि त्यता आउने मान्छे भेटेको छु, उसैको हात पठाइदिन्छु।”
उसले त्यसो भनेको क्षणदेखि हामी दङ्ग पर्न थालिहाल्यौँ। त्यसको केही दिनमा त हामीले त्यो मान्छेबाट भिसाको लागि उसले पठाएका कागजात पनि पायौँ। त्यसै साँझ् छोरोको फोन पनि आएको थियो। हामीले उसले पठाएको चिठी र कागजातहरू पाएको कुरो सुन्नेवित्तिकै आतुरी नै परे झ्ैँ उसले भन्योः “भोलि नै अप्लाई गरिहाल्नुस् बुबा।”
वास्तवमा हामीभन्दा पनि हाम्रो भिसाको लागि ऊ हतारिएको बुझ्ियो। त्यसको भोलिपल्ट फेरि उसले फोन गरेर भन्योः “हिजो भन्नै बिर्सेछु बुबा, कार्यक्रम चाहिँ मेको दोस्रो हप्ता राखेको छु।”

हाम्रो लागि त्यस्तो विशेष के कार्यक्रम राखेछ भन्ने जिज्ञासाले मैले हत्तपत्त सोधेको थिएँः “के कार्यक्रम बाबु?”
तर जवाफ दिन हिच्किचाउँदै उसैले सोध्योः “भाइले भनेन बुबा?”
“अहँ भनेन त …”, मैले भनेको थिएँ।
त्यसपछि उसले हडबड भएझ्ैँ भन्योः “सबै कुरो भाइलाई भनेको छु, बुबालाई भाइले भन्छ। अहिले मलाई युनिभर्सिटी जान हतार छ, म भोलि कुरा गर्छु।”

त्यसपछि उसले तीन-चार दिन फोन गरेन। उसको कन्थो सबै उसको भाइले सुनायो। कान्छो छोरोबाट ठूलोको सारा वृत्तान्त सुन्नेवित्तिकै उसकी आमा आगो भइहाली। उसलाई निभाउन मलाई हम्मे पर्‍यो। मैले उसलाई भनेको थिएँः “छोराछोरीमाथि जबर्जस्ती गर्ने जमाना छैन। आफ्नो खुशी र भविष्यको हिफाजत गर्ने काम उनीहरूकै हो। मनपराएकी केटी बिहे गर्छ भने गरोस्। नगर भने पनि गर्छ, बरु भनेर हाम्रो इज्जत राखिदियो। त्यसकारण चुप लाग्नु नै बेस।”
“हाम्रो पनि त खुशी, रहर हुन्छ …”, भन्दै ऊ रुन थालेकी थिई।

वास्तवमा उसको रुने, रिसाउने र घुर्क्याउने क्रम जारी थियो। म यात्राको लागि गर्नुपर्ने काम गर्दै, दैनिक उसलाई सम्झ्ाउँदै पनि थिएँ।
अमेरिका आइपुगेको बिहानसम्म पनि उसको अनुहार उजेलिन सकेको थिएन। तर, यहाँ उसलाई सम्झ्ाउने जिम्मा छोरोलाई दिएर म केही हल्का भएँ। मलाई पनि छोरोको निर्णय बिझ्ाउन छाडेको त थिएन, कताकता सामाजिक रूपमा ठगिएको अनुभव भइरहेको थियो। त्यसकारण यहाँ हुन लागेको छोरोको बिहेसँग मेरो पनि उत्साह पूरा जोडिन सकेको थिएन। तर, म छोरोको अगाडि आफ्ना निराशाका भेद नखुलुन् भन्ने कोशिशमा थिएँ।

उसले आफ्नै विश्वविद्यालयमा पढेकी केटी रोजेको रेछ। केटी एमबीए गर्दै रेछे। भेटघाट, चिनापर्ची, आवतजावत, प्रेमजस्ता शब्दहरूसँग उनीहरू जोडिएछन्। र, बिहे पनि गर्ने भएपछि हामीलाई खबर गरेछन्।
हामी बिहेको कार्यक्रमभन्दा १५ दिनअगाडि त्यसरी अमेरिका आइपुग्यौँ। दुई-चार दिन त मेरी श्रीमतीले छोरोसँग बोलिव्यवहार बारिरही। त्यसपछि उसलाई छोरोको ममताले पेल्न थालेछ र ऊ केटीबारे छोरोसँग सोधपुछ गर्न थाली। वास्तवमा ऊ केटीको रङ्गरोगन, घर, जातपातबारे ज्यादै केरकार गर्दै थिई। उसको केरकारले लछारपाटो लाउनसक्ने त केही थिएन, आफ्नो अहम् तुष्ट गर्न मात्र त्यस्तो गरेकी हो। त्यसकारण छोरोको जवाफबाट उसको चित्त केही बुझ्ेको थियो, केही बुझ्ेको थिएन। समग्रमा ऊ खुशी हुनसकेकी थिइन। बिहेको दिनको प्रक्रियाले त झ्न् उसलाई पोलेको थियो।
त्यस दिन हामी छोरोको अपार्टमेन्ट भन्दा एक घण्टा परको एउटा भारतीय मन्दिरमा भेला भयौँ। त्यहाँ हामी ६ वटा कारमा दुई अमेरिकन र नौ नेपाली गरेर ११ जना पुगेका थियौँ।

मन्दिरमा पुगेपछि हामीले दुलही पक्षकालाई अढाइ घण्टा कुर्नु पर्‍यो। दुलहीसहित उनीहरू त्यही बिहान शिकागोबाट युनाइटेड एअरलाइन्सको प्लेनमा आउँदैथिए। एअरपोर्टमा ‘र्लिएपछि उनीहरूले हामीलाई फोन गरेर अब एक घण्टामा आइपुग्नेछौँ भनेका थिए। तर, त्यसो भनेको डेढ घण्टापछि मात्र आइपुगे। कुराइको त्यो लम्बाइले मेरी श्रीमती भित्रभित्रै झ्न् चिढिएकी थिई, तर भन्न केही सकिरहेकी थिइन। एक घण्टा त उसले मन्दिरमा भएका १२-१३ देउता घुम्दै र नमस्कार गर्दै बिताई। त्यसपछिको बाँकी समय ऊ बर्बराई नै रही। मैले उसलाई त्यसरी धेरै नफतफताउन सम्झ्ाई नै रहेँ। उसको फतफत छोरोका साथीले सुन्लान् भनेर मैले उसलाई पटक, पटक मन्दिरको बगैँचातिर लगेको थिएँ।

हामीलाई त्यसरी कुराएर दुलहीसहितको १० जनाको जत्था साढेबाह्र बजे आइपुग्यो। उनीहरूमध्ये कसैले मेरो छोरोलाई नमस्कार गर्दै भनेको थियोः “एअरपोर्टबाट सीधै हान्निएका हौँ, तर जामले गर्दा एकनासको स्पिडमा आउन सकेनौँ। बीच-बीचमा फँस्दै आउन पर्‍यो।”

ढिला हुनुको कारण भन्ने र कुराएकोमा क्षमा माग्ने काम सकिएपछि परिचयको कार्यक्रम शुरु भएको थियो। सबभन्दा पहिले दुलहीलाई अघि सार्दै मामा पर्नेले भन्योः “यी बेहुली मेरी भान्जी।”

त्यसपछि अलि लाज मान्दै मेरो छोरोले हामी बूढाबूढीलाई देखाउँदै बेहुलीलाई भन्योः “ड्याडी, मम्मी …।”
उसले स्वाभाविक लजालु मुस्कानले नमस्कार गरी, मैले फर्काएँ। तर, मेरी श्रीमतीको हात बाँधिई नै रह्यो। उसले दुलहीको पैन्ट-सर्टको पहिरनतिर हेर्दै मुख बङ्ग्याएकी थिई। मलाई चाहिँ उसको रङ्गरोगन र दृष्टि मनपरेको थियो।

छोरोले पनि दुलहीबाहेक अरूलाई चिनेको रहेनछ। त्यसकारण सबैसँग क्रमशः परिचयको सिलसिला चल्यो। केटीका बाबुआमा केही कारणले आउन पाएनछन्। त्यसकारण गार्जियनसमेतको जिम्मेवारी त्यही मामा पर्ने शिवप्रसाद जटायुले लिएको रहेछ। केटीको तर्फबाट आएकामध्ये तीन आईमाई र सात पुरुष थिए।

परिचयको कार्यक्रम सकिएपछि हामी सब मन्दिरभित्र पस्यौँ। आईमाईको ग्रुप चाहिँ दुलही लिएर मन्दिरभित्रको अर्को कोठाभित्र गयो। हामी पुरुषहरू चाहिँ मन्दिरको विशाल भूतल कक्षमा ‘र्लियौँ। त्यहाँ रेडिमेड विवाहमण्डप रहेछ। दुलाहादुलही पक्षका सब त्यही मण्डप वरिपरि राखिएका कुर्सीमा बस्यौँ र कल्याङमल्याङ गर्न थाल्यौँ। लगभग ३५ मिनेटपछि बनारसी सारी, चोलो, घुम्टो र गहनाहरूमा सिँगारिएकी दुलहीलाई लिएर महिलाहरू पनि ‘र्लिए र दुलहीलाई मण्डपको चकटीमा लगेर बसाए।

मण्डपमा भारतीय बाहुन विधिविधान पूरा गरेर मन्त्र जप्दै थियो। दुलही प्रकट भएपछि उसले दुलाहालाई पनि डाक्यो। दुवै दुलाहादुलही मण्डपमा बसेपछि हामी पनि कुर्सी सार्दै घेर्न पुग्यौँ। दुलाहादुलही जग्गे (मण्डप) मा बसेको लगभग २० मिनेटभित्र बिहे सम्पन्न भयो। बाहुनलाई त्यही समयभित्र सक्न भनिएको थियो। त्यसकारण उसले व्यावसायिक चातुर्यका साथ द्रूतगतिमा विवाहविधान पूरा गरिदियो। मेरी श्रीमती यो सब गतिविधि जिल परेर हेरिरहेकी थिई। जग्गेबाट उठेपछि बुहारीले आएर खुट्टामा ढोग्न टाउको निहुराउन खोजेझ्ैँ गरेकी थिई, तर उसले भैगो भन्दै आशीर्वाद मात्र दिई।

बिहेको विधान सकिएपछि हामी भूतल कक्षकै डाइनिङ्ग हलभित्र पस्यौँ। त्यहाँ तोस्कन नामक इटालियन रेस्टुरेन्टको क्याटरिङ्ग सर्भिसबाट राखिएका १५-१६ परिकार थिए। हामी तिनै परिकार प्लेटमा टिप्दै खान थाल्यौँ। खाउन्जेल मेरी श्रीमती बुहारीसँग गफ गरिरहेकी थिई। त्यसपछि बुहारी छोरोसँग एउटा कुनातिर लागेर गफ गर्न थाली। हामी उनीहरूलाई छोडेर माथि मन्दिर परिसरमा उक्ल्यौँर कुर्न थाल्यौँ। दश-आठ मिनेटपछि उनीहरू आएर बुहारीलाई त्यतै छोडेर छोरो हामी भएतिर आयो। बुहारी र अन्य महिला मन्दिर परिसरको पहिलेकै सिँगारिएको कोठाभित्र पसे। त्यसपछि बुहारीको मामा पर्ने उही शिवप्रसाद जटायुले मनजिक आएर गफिन खोज्दै भन्योः
“हजुर आज त बुहारी घर लैजान पाउनुहुन्न, उनलाई आजै शिकागो फर्कनुपर्छ। भोलि बिहान अफिसको मिटिङमा उनले कुनै पनि हालतमा उपस्थित हुनुपर्ने रहेछ, त्यसकारण अहिले चार बजे उड्ने प्लेनको रिटर्न टिकट लिएर आजको बिहेको साइत छोप्न मात्र आएकी हुन्। ५-६ दिनपछि फर्कने छिन्, दुःख नमान्नुहोला। यस्तै हो, यस विषयमा ज्वाइँ-छोरीले सल्लाह गरिसकेका छन्, ज्वाइँले हजुरलाई विस्तार गरिसेला नै, हीँ…हीँ…”
उसको कुरो सकिँदा नसकिँदै बुहारी र अन्य महिला त्यो सिँगार कोठाबाट निस्किए। बुहारी उनीहरूसँग त्यो कोठामा लुगा फेर्न पसेकी रेछे, बाहिर निस्कँदा दुलहीको भेसका लुगाहरू फुकालेर आउँदाकै कमिज-पाइन्टमा बाहिर निस्किएकी थिई। ऊसँग दुलही हुँदाको बेलाको नाक, कान, गर्धनका गहना र अनुहारको कस्मेटिक मात्र बाँकी थिए।
ती महिलाहरूलाई छोडेर फेरि बुहारी छोरोसँग एकान्ततिर लागी। त्यतै एकछिन् उभिएर उनीहरूले गफ गरेको देखियो। त्यसपछि हामी भएतिर आएर छोरो निकै अप्ठेरो मानेर उभिइरह्यो। बुहारीले आदर सम्प्रेषण गर्दै भनीः “दर्शन बुबा, मम्मी …”
त्यसपछि ऊ आफूसँग आएका महिला-पुरुषको डफ्फासँग मन्दिर परिसरपछाडिको पार्किङ लटतिर लागी। हामीहरूको फौज पनि त्यतै लाग्यो। पार्किङ लटमा कतिपयले परस्पर बिदाइको हात हल्लाए। छोरा-बुहारीले पनि आपसमा त्यस्तै गरे। त्यसपछि सब आ-आफ्ना कारभित्र पसे।

पार्किङ लटबाट बिहेमा आएका कारहरू धमाधम सडकमा निस्कन थाले। म आफू चढेको कारको शिशाबाट निकै अगाडि हुँइकिएको दुलही चढेको हरियो कार अनायास च्याउन थालेछु। मेरो त्यो दृष्टि नियाल्दै छोरोले भन्योः “भोलि बिहानै उसले अफिसको महत्वपूर्ण मिटिङ एटेण्ड गर्नुपर्ने रहेछ बुबा, त्यसकारण बिहेको साइत छोप्न मात्र रिटर्न टिकट लिएर आएकी रेछे। फ्लाइट चार बजेकै भएकोले पनि फर्कन हतारो भयो, नत्र …”
म केही बोलिनँ। बरु श्रीमतीतिर हेरेँ। उसको पुरानो अनुहार केही लुटिएजस्तो देखिँदैथियो।
छोरोले फेरि मलाई सुनायोः “ऊ अफिसमा बिदा लिएर सात दिनमा फर्कन्छे बुबा। हामी त्यस दिन उसलाई लिन एअरपोर्ट जानेछौँ।”

अगाडि ड्राइभर सिटमा बसेर उसको साथी कार तीब्र गतिमा चलाइरहेको थियो। कार आठ लेनको व्यस्त हाइवेको देब्रे लेनमा कुदिरहेको थियो। म केही नबोली झयालबाहिर अरू कारका गति हेरिरहेको थिएँ। मलाई बोल्नु आवश्यक पनि थिएन। मेरो मौनको अर्थ लखकाट्न खोज्दै छोरोले भनेको थियोः “के गर्ने बुबा व्यस्त हुनुपर्ने जब छ उसको, ऊ आएपछि बुबामम्मीलाई लिएर हवाइ घुम्न जाने प्लान छ हाम्रो।”

तर म चुप नै रहिरहेँ। ऊ मैले केही बोलिदिए हुन्थ्यो जस्तो गरिरहेको थियोर त्यही हिसाबले बोलिरहेको थियो। वास्तवमा म भित्रभित्रै ऊप्रति अगाध मायाले भरिन थालेको थिएँ। तर, मेरी श्रीमतीले अचानक त्यो पोखिदिईः
“बुबालाई बुहारी मनपरेको छ बाबु!”

(श्रोत :- हिमाल खबर  )

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सडकबासी

~रत्न प्रजापति~Ratna Prajapati

“यही असार १५ गते आइतबारसम्म बाँकी सबै महिनाको भाडा चाहिन्छ । म अब अरू कुर्न सक्दिनँ । होइन भने…!”

पाँच दिनअगाडि घरबेटीले चेतावनी दिएको थियो । घरबेटीले भनेको असार १५ गते संयोगले आजै परेको छ । बितेका करबि दुई साता उसले पाँच महिनाको भाडाबापत घरबेटीलाई तिर्नुपर्ने पाँच हजार रुपियाँ सापटी खोज्दाखोज्दै बितेको थियो र ती पाँच दिन कति छिट्टै बिते उसलाई पत्तै भएन ।

आजै बिहान ऊ घरबाट निस्कने बेलामा घरबेटीको त्यो चेतावनी मनमा सम्‍झिदैँ सम्‍झिदैँ निस्केको थियो । अनि मनमनै अठोट पनि गरेको थियो- आज त जसरी भए पनि पाँच हजार रुपियाँ सापटी मागेर त्यो कन्जुस घरबेटीको घरभाडा त्यसको छातीमै फालिदिन्छु । अति नै गर्‍यो त्यसको गनगनले ।

हुन त हिजोअस्ति पनि ऊ यसरी नै मनमा अठोट गरेर निस्कन्थ्यो, जोसँग भए पनि पाँच हजार रुपियाँ सापटी मागेर घरभाडा चुक्ता गरिदिन्छु । तर, उसले त्यो पाँच हजार सापटी कसैबाट पाउन सकेको थिएन । सापटी माग्न जाँदा चिनेजानेका साथीहरूले उसलाई चियाचमेना खुवाए । कसैले भातै, कसैले टन्न जाँड पनि खुवाए तर उसलाई पाँच हजार रुपियाँ सापटी कसैले दिएनन् । सबैले एउटा न एउटा बहाना बनाएर टारे । उसलाई त्यो पाँच हजार रुपियाँ कसैबाट प्राप्त हुन सकेन । सबैतिरबाट ऊ निराश भएर फक्र्यो । कसैले उसलाई पत्याएनन् ।

अलिकति पैसा पठाइदिनू भनेर उसले घरमा खबर पनि पठाएको थियो तर त्यसको जवाफ यसरी आयो कि त्यसपछि उसले घरमा पैसा माग्नै छाड्यो । घरमा उसका बूढा बाबु, आमा र बिहे गर्न हतार भएकी एउटी बहिनी थिई । अलिकति पैसा मागेको जवाफमा बाबुले यस्तो खबर पठाएका थिए, “तँलाई जन्माएदेखि जति दिन पाल्नुपर्ने हो दुःखसुख गरेर पालिसक्यौँ । अब हामी तँलाई पाल्न सक्दैनौँ । अब त तेरो पालो हो हामी बूढाबूढीलाई पाल्ने । अब तँ हामीबाट पैसाको आश नगर बाबू † बरु सक्छस् भने अलिअलि घर्रखर्च पठाइदिनू ।”

हुनलाई त ऊ रोजगार नै थियो । एउटा प्राइभेट कम्पनीको मार्केटिङ् अफिसर थियो ऊ । तलब राम्रै पाइरहेको हुँदा उसको जीवन राम्रैसित चलिरहेको थियो । समयमा भाडा बुझाउँदा उसको घरबेटी पनि खुसी नै थियो । उसकी एउटी प्रेमिका पनि थिई, जो साँझबिहान उसलाई फोन गर्थी र कहाँ, कहिले र कतिखेर भेट्ने भनेर सोधिरहन्थी । ऊ अफिसबाट र्फकंदा उसकी प्रेमिका बाटोमा उसलाई कुरेर बसिरहेकी हुन्थी । अनि, दुवै जना कहिले कतै पार्कमा, कहिले कुनै रस्टुराँमा गएर कफी पिउँदै अथवा मःम खाँदै मीठोमीठो गफ गरेर समय बिताउँथे । यस्तो बेलामा उसकी प्रेमिका उसलाई खुब माया गरेजस्तो गर्थी । उससित लाडिन्थी । उससित टाँस्सिन्थी र उससित रत्तिन्थी । उसलाई नै आफ्नो जिन्दगी हो भन्थी र र्सवस्व उसलाई सुम्पन्थी । अनि, ऊ पनि प्रेमिकाको र्सवस्व ग्रहण गरेर त्यसको राम्रोसित उपभोग गथ्र्यो । अनि त उसकी प्रेमिका खुसी र ऊ झनै खुसी ।

जब देशमा सशस्त्र द्वन्द्व सुरु भयो, तब व्यापार व्यवसाय घट्दै गयो । चलिरहेका उद्योगधन्दाहरू क्रमशः बन्द हुनथाले । यसै क्रममा उसले काम गर्ने कम्पनी पनि निरन्तर घाटामा गएर बन्द गर्नुपर्ने अवस्थामा पुग्यो । कम्पनी बन्दसँगै उसको रोजगारी पनि बन्द भयो । कति प्रयास गर्दा पनि उसले रोजगारी पाउन सकेन । रोजगारको खोजीमा उसले निरन्तर जुत्ता खियाइरह्यो ।

देशमा चलेको सशस्त्र द्वन्द्वको प्रभाव आममानिसजस्तै उसलाई पनि पर्‍यो । मुख्य कुरो त उसको छँदाखाँदाको रोजगारी गुम्यो । यसले उसको जिन्दगीमा पनि परविर्तन आयो । शान्त र व्यवस्थित जिन्दगीमा एक्कासि अभावको आँधी चल्यो । अभावग्रस्त जिन्दगीदेखि तर्सिएर अथवा भनौँ अब ऊसँग आफ्नो भविष्य सुरक्षित हुने नठानेर अथवा आफ्नो आवश्यकता शारीरकिबाहेक अरु पूरा हुने नठानेर आफ्नो र्सवस्व सुम्पने उसकी प्रेमिका पनि परविर्तित भई । हेर्दाहेर्र्दै उसकी प्रेमिकाले कुनै एउटा प्राइभेट ब्याङ्कको जागिरे, पल्सर बाइकवाला केटालाई आफ्नो प्रेमी बनाई र उसकै अगाडि बाइकमा त्यो केटाको पिठ्यूँमा लपक्क टाँस्सिएर हुइँकिन थाली । त्यो देखेर उसलाई यति रसि उठ्यो, त्यसको घाँटी निचोरेर मारूँजस्तो लाग्यो । तर, उसले त्यसो गर्न सकेन । ऊ विवश थियो । किनभने, कमजोरी त उसकै थियो । उसको कमजोरी भनेको प्रेमिकाको भौतिक आवश्यकता पूरा गर्न नसक्नु थियो ।

समाजमा धेरै स्वास्नीमान्छेहरू यस्ता हुन्छन्, जो आफ्नो पुरुषले जतिसुकै भौतिक सुखसुविधा दिए पनि शारीरकि सुख दिन सकेन भने त्यस्ता पुरुषलाई नामर्द सम्झन्छन् । तर, उसकी प्रेमिका अलि भिन्न स्वभावकी र आधुनिक खालकी परी । उसलाई शारीरकि सुखसँगसँगै भौतिक सुख पनि बराबर चाहिने हुँदा उसबाट त्यो सम्भव नदेखेर उसले आफ्नो प्रेमी नै परविर्तन गरी । निश्चय नै दोष उसैको हो । बेलाबेलामा सिनेमा, पिकनिक र पार्टीमा जानका लागि अथवा नगरकोट, धुलिखेल र ककनीको लामो सफरमा सररर घुम्नका लागि एउटा पल्सर बाइकको त कुरै छोडौँ, जिउनका लागि नभइनहुने एउटा नाथे जागिर पनि नभएको बबुरोसित कसले प्रेम गरेर बसोस्

बेरोजगार भएपछि त साथीहरूले पनि विश्वास गर्न छाड्दा रहेछन् † पाँच हजार रुपियाँ सापटी माग्दा पनि अनेक बहाना गरेर टारे ।
मनमा यस्तै तीतो अनुभव बोकेर ऊ एउटा साथीको डेराबाट निराश हुँदै फर्किंदै थियो । हिँड्दाहिँड्दै उसलाई एक्कासि घरबेटीको चेतावनी सम्झना भयो, “असार १५ गते आइतबारसम्ममा भाडा चाहिन्छ … होइन भने… !” ऊ झल्याँस्स भयो । गर्नैपर्ने जरुरी काम गर्न बिर्सिराखेजस्तो एउटा ठूलो कर्तव्यबोध भएजस्तो भयो उसलाई । चिन्ताले ग्रस्त बनाउन थाल्यो उसलाई । चिन्तित हुँदै उसले फेरि एकपटक घरबेटीका वाक्यलाई दोहोर्‍याएर सम्झ्यो । जसरी पनि उसले आज घरभाडा तिर्नैपर्छ । होइन भने …! होइन भने के गर्छ त्यो घरबेटीले ? होइन भने उसलाई कोठाबाट निकालिदिन्छ । होइन भने उसका सामानहरू बाहिर फालिदिन्छ । होइन भने ढोका नै खोलिदिँदैन । ढोका नै खोलिदिएन भने कसरी घरभित्र पस्ने ?

यस्तैयस्तै सोच्दैसोच्दै ऊ हिँडिरहेको थियो । हिँड्दाहिँड्दै उसको मनमा यस्तो सोच आयो कि आज कोठामै नजाऊँ ! कोठामै नगएपछि टन्टै खत्तम ! भोलि जे पर्लापर्ला । तर, यसो भनेर यो राती हुँदो कसकहाँ शरण पर्न जाने ? उसको जाने ठाउँ पनि कतै बाँकी थिएन । साथीभाइ र चिनेजानेका भएसम्म सबैकहाँ उसले पाहुना लागेर रात काटिसकेको थियो । यति छिट्टै दोहोर्‍याएर पाहुना लाग्न कसकहाँ जानूँ ? कसैकहाँ जानु उचित लागेन उसलाई । त्यसैले आफ्नै कोठामा नगई सुखै भएन उसलाई ।

बाध्य भएर फेरि घरबेटीकै बारेमा सोच्न थाल्यो, कसरी मनाउने ? ऊ सडकको पेटीमा थचक्क बस्यो । तत्काल उसको मनमा केही उपाय सुझेन । भएसम्मका उपायहरूको उपयोग उसले पहिले नै गरसिकेको थियो । अब अरू केही उपाय बाँकी थिएन । ऊ डराउन थाल्यो, कतै घरबेटीले मालसामान बाहिर फालिदियो भने ? कसरी सहनु यस्तो बेइज्जती ? त्यसैले उसले अन्त्यमा हार मानेर एउटा निष्कर्षनिकाल्यो, ‘अरू केही दिन पर्खिदिनू भनेर हात जोड्छु, विनम्रतापूर्वक अनुरोध गर्छु त्यतिले पनि मानेन भने त्यो घरबेटीको पाउ पर्छु’ यस्तो सोच्दासोच्दै ऊ कल्पनामा हराउन थाल्यो । कल्पनामा उसले देख्यो, ऊ घरबेटीको खुट्टा समातेर भनिरहेछ, “घरबेटी साहुजी, अरू केही दिन पर्खिदिनूस्, म जसरी भए पनि तपाईंको भाडा तिर्छु” अनि, घरबेटीचाहिँ उसको पाखुरा समातेर उसलाई उठाउँदै भनिरहेछ, “यति सानो कुरामा पनि पीर मान्नुपर्छ र ! जतिखेर हुन्छ त्यतिखेर तिरे भइहाल्छ नि !” अनि ऊ दङ्ग पर्‍यो कति महान् घरबेटी भन्दै ।

एक्कासि उसको कल्पना भङ्ग भयो । कतिबेर अघिदेखि नै उसको एउटा साथीले उसलाई झकझक्याइरहेको रहेछ । “ओ महाशय, कुन सपनाको दुनियाँमा हराइरहेको थिइस् यो सडकको पेटीमा बसेर ?” उसको साथीले अलिकति ठट्टा गर्दै सोध्यो । साथीको ठट्टा पनि उसलाई बेसरी बिझायो र उसले गम्भीर भएर भन्यो, “के गर्नु यार, सपनामै त रमाउनु रहेछ हामीजस्ताको जिन्दगीमा, विपनाले त बिझाइरहन्छ ।”

अनि, उनीहरू यसरी वार्तालाप गर्न थाले- “कविता नसुना न यार, कविता सुन्ने मुड छैन । बरु भन् न, किन यहाँ यसरी बसिरहेको ?”

“दिक्क लागेर ।”

“किन दिक्क लाग्यो त ?”

“घरभाडा नतिरेको पाँच महिना भयो । धेरैसित सापटी मागेँ, कसैले पत्याएनन् । घरबेटीले आजै भाडा बुझाउनु भनेर चेतावनी दिएको छ । त्यसै भएर दिक्क लाग्यो ।”

“यो समस्या तेरो मात्रै होइन । मैले पनि भाडा नतिरेको तीन महिना भइसक्यो । कोठामा गयो कि घरबेटीले भाडा मागेर हैरान पार्छ । एउटा न एउटा बहाना गरेर टार्दै आएको छु । उता आफू काम गर्ने कारखानामा मजदुर हडतालले गर्दा उत्पादन बन्द भएको भन्दै तलब नदिएको पनि चार महिना भइसक्यो । यस्तै हो हामीजस्ता न्यून र मध्यम वर्गीयको समस्या ।”

“के गर्ने त यार ?”

“यसो गरौँ, आज कोठामा नजाऔँ । टन्न जाँड खाऔँ र रातभरि सडकमै सुतौँ । अनि, बिहान सबेरै उठेर हिँडौँ । सडक सबैको साझा हो, यहाँ सुतेको भाडा लाग्दैन ।”

“तर, पैसा छैन, जाँड कसले खुवाउँछ ?”

“त्यसको चिन्ता किन, उधारो खाऔँला ।”

“कसले दिन्छ उधारो ?”

“सबैले दिन्छन् । यहाँ चामल उधारो दिँदैनन्, नून उधारो दिँदैनन् तर जाँड सबैले उधारो दिन्छन् ।”

“किन ?”

“यसको उत्तर मलाई पनि थाहा छैन ।”

त्यसपछि उनीहरू कुनै भट्टीपसलमा गए । साहुनीसित जिस्किँदै टन्न जाँड खाए । जाँडले मातेर ढुनमुनिँदै सडकमा आए र सडकको एक छेउमा थचक्क बसे । अनि, कोही कसैको वास्ता नगरेर मुढाझैँ त्यहीँ लम्पसार परे ।

भोलि फेरि आउँछ, घरबेटीको भाडाको तरबार उनीहरूको घाँटीमा फेरि तेर्सिन्छ । तर, यतिखेर उनीहरू निश्चिन्त छन् । लाग्छ, उनीहरूले फेरि त्यस भोलिको सामना गर्नै पर्दैन ।

(श्रोत :- नेपाल साप्ताहिक ३०२)

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फागुको रङले तरङ्गएिको मन

~रत्न प्रजापति~Ratna Prajapati

उसले औँला भाँचेर गन्ती गरी- ठ्याक्कै दुई वर्ष भएछ उसको लोग्ने विदेश गएको ।

देशमा द्वन्द्व चर्किर्एपछि गाउँमा टिक्न नसकेर उनीहरू सहर पसे । सहर पसेर मात्रै उनीहरूको हैरानी सकिएन । बाँच्नै पर्‍यो र बाँच्नका लागि खानै पर्‍यो । अनि खानका लागि कमाइ हुनै पर्‍यो तर उनीहरूको भरपर्दो कमाइको स्रोत केही पनि थिएन सहरमा । लोग्नेस्वास्नी एउटा कोठा भाडामा लिएर बसेका थिए । त्यही कोठाको भाडा पनि समयमा तिर्न नसकिने स्थिति उत्पन्न हुँदै गइरहेको थियो उनीहरूको । लोग्ने दिनभरि काम खोजेर साँझ लखतरान भएर कोठामा र्फकन्थ्यो र दुखी समाचार सुनाउँथ्यो- आज पनि कतै कामको कुरो मिलेन । सुनेर ऊ पनि दुखी हुन्थी तर केही गर्न सक्दिनथी । अनि ऊ चुप लागेर लोग्नेको मुख हेरेर टोलाएर बस्थी ।

उनीहरूको भर्खरै बिहे भएको थियो । त्यसैले बाँच्नेक्रममा आˆनो गरिखाने घरखेत र गाउँ छोडेर सहर पस्दाको दुःख त थियो नै तर लोग्नेस्वास्नीको आत्मीय प्रेमको सुख पनि साथै थियो । विरानो सहरमा बेरोजगार भई बस्नु पर्दाको दुःख जतिसुकै भए पनि लोग्नेस्वास्नी सँगै भइसकेपछि उनीहरूले सारा दुःखलाई बिर्सेर प्रेम गर्न भने कहिल्यै भुलेनन् । लोग्नेको मीठो स्पर्श मात्रैले ऊ सारा दुःख बिर्सन्थी भने उसको उस्तै मीठो समर्पणले उसको लोग्नेले पनि आˆना सारा तनावहरू बिर्सन्थ्यो ।

दिनहरू यसैगरी बित्दै गए । एक दिन उसको लोग्नेले एउटा प्राइभेट कम्पनीमा जागिर पायो । जागिर पाएको खुसीमा उसको लोग्नेले त्यस दिन एक जना साथीसित सापटी मागेरै भए पनि आधा किलो मासु लिएर आयो । त्यो दिन उनीहरूका लागि ठूलो खुसीको दिन भयो । सहर पसिसकेपछि त्यसै दिन मात्रै उनीहरूले सुखको अनुभूति गरे । सोचे – अब जिन्दगीको नाउ सहज ढङ्गले चल्नेछ ।

चल्दै गयो जिन्दगीको नाउ तर अब जिन्दगीको नाउ जसरी चल्छ भनेर उनीहरूले सोचेका थिए, त्यसरी भने चल्न सकेन । प्राइभेट कम्पनीको जागिरको सीमित कमाइले सहरको जिन्दगी त्यति सहज ढङ्गमा चल्नु सम्भव पनि थिएन । हरेक कुरामा महँगी यसरी चुलिएको थियो, त्यो चुलीलाई उसको कमाइले कहिल्यै भेट्न सकेन । त्यसैले उनीहरूको जिन्दगीलाई फेरि पनि अभावले लखेट्न छोडेन । अभावको अघिअघि भाग्दाभाग्दै सहरको जिन्दगीले केही महिना पार गर्‍यो । यसैबीच ऊ उनीहरूको गहिरो प्रेमको प्रतिफलस्वरूप आमा बन्ने भई तर जिन्दगीमा पहिलोपटक प्राप्त यस्तो खुसीको बेलामा पनि उनीहरू खुलेर खुसी हुन सकेनन् किनभने अभावको पीडाले उनीहरूलाई कताकता घोचिरहेको थियो ।

‘के छ र जिन्दगी, यसैगरी बिताइदिन्छु ।’ कुनै कविको कविताको अंश हो यो । उनीहरूले पनि यही कविताजस्तै उसैगरी जिन्दगी बिताउने अठोट नगरेका होइनन् तर अभावको पीडाले कहिलेकहिले कताकता दुख्न भने छोडेन उनीहरूको जिन्दगीमा । अनि यही दुखाइ कम गर्न एक दिन उसको लोग्नेले धेरै कमाइ हुने आशामा काम गर्न विदेश जाने निधो गर्‍यो ।

अरूले जस्तै उसको लोग्ने पनि साथीभाइ र आफन्तसँग ऋणपान गरेर अरू धेरै जनासित काम गर्न विदेश गयो । दुई जीउ भएकी उसलाई एक्लै छोडेर उसको लोग्ने विदेश गयो । लोग्ने विदेश गएको दुई महिनामै उसले छोरा जन्माई । तथापि छोरो जन्मिएको खुसीमा रम्न उसले आˆनो तन र मन दुवै मिल्ने साथी पनि पाइन । लोग्ने सँगै हुँदो हो त उनीहरू कति खुसी हुँदा हुन् । लोग्ने साथमा नभएको हुँदा सँगैको कोठामा भाडामा बस्नेहरूले नै उसलाई मद्दत गरे र उनीहरूसितै उसले आˆनो खुसी बाँडी । यो खुसी कागजमा लेखेर उसले लोग्नेसम्म पुर्‍याई । लोग्नेले पनि विदेशमै पटकपटक त्यो कागजलाई चुमेर आˆनो खुसी प्रकट गर्‍यो ।

लोग्नेले विदेशबाट कमाइ गरेर पठाएपछि उसलाई बाँच्नका लागि नभई नहुने धनको अभाव भएन । तैपनि कुनै कुराको अभावको महसुस भने हुन छोडेन । सायद त्यो कसैको तनको अभाव थियो र मनको अभाव थियो । एउटा त्यस्तो तन जससित अँगालोमा बाँधिएर सुखदुःख बाँड्न सकियोस् र त्यस्तो मन जससित छातीभित्रबाट अटेसमटेस गर्दै उर्लिएर आउने भावनाहरू साट्न सकियोस् । हो, उसलाई त्यस्तै तन र मनको अभाव महसुस हुनथाल्यो ।

दुई वर्ष भएछ उसले लोग्नेलाई नछोएको र उसको लोग्नेले उसलाई नछोएको । एकले अर्कोलाई छुँदा पनि कस्तो मीठो तृप्ति मिल्थ्यो त्यसबेला । उसले त्यो तृप्ति नपाएको पनि दुई वर्ष भएछ । अहिले फेरि उसका हातका औँलाहरू सलबलाउन थालेका छन् लोग्नेलाई स्पर्श गर्नलाई । उसैगरी उसको शरीरका अङ्गअङ्गहरूमा लोग्नेले स्पर्श गर्दाका काउकुतीको अनुभव हुन थालिरहेछ उसलाई तर खोई उसले लोग्नेलाई एकपटक यसो छुन पाएको ? अनि खोइ उसको लोग्नेले उसका काउकुती लाग्ने अङ्गहरूमा सुस्तरीसुस्तरी स्पर्श गरेको ? एकले अर्कोलाई स्पर्श गर्ने कुरा सोचेर अझ भनुँ सम्झेर ऊ भित्रभित्रै रोमाञ्चित हुन थालेकी छ । ऊ सोच्न थालेकी छ- एकले अर्कोलाई एकपटक पनि नछोइकन कसरी बिते यी दुई वर्ष ?

ऊ सोच्न थालेकी छ- कस्तो अनुभव हुन्छ होला अब लोग्नेमान्छेलाई छुँदा ? अथवा लोग्नेमान्छेले आफूलाई छुँदा ? यस्तो सोचेर मात्रै पनि ऊ रोमाञ्चित भई । लाजले उसको शरीर खुम्चेजस्तो भयो । शरीरको कोमल अङ्गमा कसैले स्पर्श गरेजस्तो लाग्यो । कताकता काउकुती लागेजस्तो भयो । अनि ऊ खितखिताएर हाँसी ।

‘किन हाँस्नु भो भाउजू ?’ सँगैको कोठामा बस्ने तन्नेरी लोग्नेमान्छेले ऊ हाँसेको सुनेर सोध्यो ।

ऊ झसङ्ग भई । हाँस्नका लागि कोठामा ऊबाहेक अरू कोही थिएन । उसको छोरो आनन्दले सुतिरहेको थियो । अब किन हाँसेको भन्ने ? ऊ अलमल्ल परी । अनि एकछिन् सोचेर भनी, ”यत्तिकै ।”

‘ए.. ।’ उता कोठाबाट लोग्नेमान्छेले यस्तो भनेको सुनियो । ऊ भने भर्खरै आफू एक्लै हाँसेको र लोग्नेमान्छेले सुनेको कुराले झनै रोमाञ्चित भइरही ।

अब उसको मन त्यही लोग्नेमान्छेतिर एकोहोरिन थाल्यो । त्यो लोग्नेमान्छेलाई लिएर ऊ केके कुरा सोच्न थाली । मैले उसलाई छोएँ भने कस्तो अनुभव हुन्छ होला ? उसले यस्तो सोची । मैले छुँदा उसको प्रतिक्रिया कस्तो हुन्छ होला ? उसले यस्तो पनि सोची । ऊ अब यस्तैयस्तै मात्र सोच्नथाली । ऊ लोग्नेमान्छेलाई छुन आतुर हुनथाली ।

ऊ बाहिर घाममा निस्की । त्यो लोग्नेमान्छे पनि बाहिर घाम तापिरहेको थियो । त्यसलाई देखेर ऊ एकपटक झस्की । दुवैका आँखा जुधे । अनि अघिको कुरा सम्झेर ऊ फेरि एकपटक फिस्स हाँसी । त्यो लोग्नेमान्छे पनि हाँस्यो । उसलाई कताकता लाज लागेजस्तो भयो । कताकता काउकुती लागेजस्तो पनि भयो । अनि त्यो लोग्नेमान्छे निहुरिरहेको मौका पारेर उसले त्यसलाई नियालेर हेरी । त्यो लोग्नेमान्छे साँच्चै नै सुन्दर थियो । त्यसका बलिष्ठ बाहु, चौंडा छाती र कस्सिएका तिघ्राले उसलाई निकै आकषिर्त गर्‍यो । उसले ख्यालै गरेकी रहिनछ त्यो लोग्नेमान्छे त्यति लोभलाग्दो रहेछ ।

उसको भित्री मनमा कताकता एकपटक त्यही लोग्नेमान्छेलाई छोइ हेर्न रहर लाग्यो तर के भनेर छुने ? ऊ अलमलमा परी । फेरि छोएर मात्रै के नै पो हुन्छ र  अलिकति यसो छातीमा मुख लुकाउन पाए पो  ऊ सोचमग्न हुनथाली । अनि उसले यस्तो पनि सोची- उसको मनमा यस्ता भावनाहरू किन आइरहेछन् ? किन लोग्नेमान्छेलाई छुने रहर लागिरहेछ उसलाई ? किन लोग्नेमान्छेको स्पर्श पाउने रहर लागिरहेछ उसलाई ? यो कस्तो तृष्णा जागिरहेछ उसलाई ? आˆनो लोग्ने आफूसित नहुँदा सबै स्वास्नीमान्छेलाई यस्तै हुन्छ ? ऊ मनमनै आफैँलाई प्रश्न गरिरहेकी छे ।

उसले विदेशमा रहेको आˆनो लोग्नेलाई सम्झी तर उसको आँखामा लोग्नेको तस्बिर आएन । बरु त्यही लोग्नेमान्छेको तस्बिर आयो उसका आँखामा । ऊ झसङ्ग भई । यो के भयो मलाई ? उसले आफैँलाई प्रश्न गरी । अनि फेरि उसले आँखा चिम्म गरी र आˆनो लोग्नेलाई सम्झी । फेरि पनि उसको आँखामा त्यही लोग्नेमान्छे नै देखापर्‍यो । त्यसपछि भने उसको मुटुको धड्कन तेज हुनथाल्यो । कुन्नि यो के हुनथाल्यो उसलाई ।

अब भने उसलाई एकपटक त्यो लोग्नेमान्छेलाई नियालेर हेर्न मन लाग्यो । उसले त्यो लोग्नेमान्छेको कोठाको ढोकाबाट भित्र चियाएर हेरी । त्यो लोग्नेमान्छे किताब पढिरहेको रहेछ । त्यसले उसलाई देख्यो र भन्यो- ”किन त्यहाँ उभिइराख्नुभएको, भित्रै आउनुस् न ।”

आफूले लुकीलुकी हेरेको त्यो लोग्नेमान्छेले थाहा पाएको हुँदा उसलाई निकै अप्ठ्यारो लाग्यो । मुटुको धड्कन झन् तेज भयो । उसलाई के गरुँ के गरुँ भयो । लोग्नेमान्छे मात्रै बसेको कोठामा ऊ भित्र पस्नु हुन्छ कि हुँदैन भन्ने कुरा उसले सोच्नै भ्याइन । त्यो लोग्नेमान्छेको बोलीले तानिएझैँ ऊ खुरुखुरु कोठाभित्र पसी तर ऊ त्यहाँ उभिइरहन सकिन । उसको मुटुको धड्कन एक्कासि बढेर आयो र उसलाई उकुसमुकुस हुनथाल्यो । अनि त्यो लोग्नेमान्छेले केही भन्नुभन्दा अघि नै ऊ त्यहाँबाट दौडिँदै आˆनै कोठामा पुगी र ढ्याम्म ढोका लगाई । छोरालाई सुताइराखेको खाटमा ऊ पनि डङ्रङ्ग पल्टी र छातीमा हात राखेर छिटोछिटो सास फेर्न थाली ।

‘हे भगवान्, मलाई यो के हुन लागिरहेछ ?’ यसो भनेर उसले एक छिन आँखा चिम्म गरी र फेरि खोली । यसपटक उसको आँखा भित्तामा झुण्डिरहेको लोग्नेको तस्बिरमा पर्‍यो । अनि ऊ एकछिनसम्म त्यही तस्बिर हेरेर टोलाइरही । उसलाई आˆनो लोग्नेको अनुहार अरू बेलाभन्दा बढी मायालाग्दो लाग्यो ।

एकातिर लोग्नेमान्छेको स्पर्श पाउने रहर र अर्कोतिर आˆनै आँखामा आˆनो लोग्ने परपर र त्यो लोग्नेमान्छे आफ्नो वरवर आइरहनुको डरले गर्दा ऊ सोचमग्न हुनथाली । अनि एकातिर छातीभित्र भावनाको भुसे आगो विस्तारै बल्दै गइरहेछ भने अकोतिर चिन्ताले मुटु जल्दै गइरहेछ । यसैले गर्दा उसलाई बिसन्चो महसुस हुनथाल्यो । ऊ विस्तारै आफैँभित्र हराउन थाली । हिजोअस्तिसम्म वास्तै नगरेको त्यो लोग्नेमान्छेको बारेमा पनि अब उसले बेलाबेलामा सोच्नथाली ।

उसको केही बद्लिएको र अनौठो व्यवहार देखेर त्यो लोग्नेमान्छेले पनि उसलाई अनौठोसित हेर्नथाल्यो । त्यसको मनमा पनि उसका बारेमा विभिन्न भावनाहरू आउन थाले । उसको व्यवहारप्रति त्यो लोग्नेमान्छेलाई चासो लाग्नथाल्यो । ऊ भित्रबाहिर गर्दा त्यो लोग्नेमान्छेले उत्सुकतापूर्वक उसलाई नियाल्न थाल्यो । स्वास्नीमान्छेलाई देखेर अथवा नजिक पाएर हरेक लोग्नेमान्छेको मनमा उठ्ने तरङ्ग र भावनाहरू त्यो लोग्नेमान्छेको मनमा पनि आउन थाले । अनि त्यसले अनेक उपायले उससित नजिक हुने प्रयत्न गर्न थाल्यो ।

उसलाई पनि त्यो लोग्नेमान्छे आफूसित नजिक हुन खोजिरहेको आभास हुनथाल्यो । कताकता ऊ स्वयं पनि त्यो लोग्नेमान्छेको नजिक हुँदै गएकी हो कि जस्तो लाग्नथाल्यो । यसरी दुवै जनामा जानीनजानी नजिक हुने क्रम चली नै रहृयो । एकआपसमा विस्तारैविस्तारै नजिक हुँदाहुँदै फागु पूणिर्माको दिन फागु खेल्ने निहुँमा उनीहरूको जम्काभेट भयो र जेजे हुनुपर्ने हो त्यही दिन भयो ।

फागु पूणिर्माको दिन । बिहानैदेखि केटाकेटीहरू लुकेर लोला र पिच्कारीले हान्ने, रङ दल्ने र पानी छ्याप्ने गरिरहेका थिए । घरको छतमा बसेर सँगैको घरका छतहरूमा लोला हान्ने क्रम निरन्तर चलिरहेको थियो । विशेषगरी केटाकेटी र युवायुवतीहरू फागुको रङमा रमाइरहेका थिए । मध्यान्ह भएपछि घरका गृहिणीहरू पनि घरधन्दा सकेर केटाकेटी र युवायुवतीसँगै फागु उत्सवमा सामेल हुनथाले । एकले अर्कालाई रङ दलिदिने र पानी छ्याप्ने तथा बाल्टिनबाट जीउभरि पानी खन्याइदिने काममा सबै उमेरका मानिसहरू सहभागी हुनथाले । कहिले लुक्दै, कहिले छल्दै र कहिले भाग्दै रङ र पानी छ्याप्दै रमाइलो गर्ने क्रम चलिरहृयो ।

त्यो लोग्नेमान्छे पनि विभिन्न रङहरूले रङ्गिइसकेको थियो । त्यसको हातमा पनि रङको पोको थियो र कसलाई दलिदिउँ भनेर मौका हेरिबसेको थियो । यता ऊ पनि झ्यालको पर्दापछाडिबाट बाहिरको रमिता हेरिरहेकी थिई । अरू रमाएको देखेर उसलाई पनि त्यो रङ र पानीको रमाइलो खेलमा सामेल हुन रहर लागिसकेको थियो । तैपनि रङ खेल्नुभन्दा त्यो रमाइलो हेर्ने मनसाय लिएर ऊ कोठाबाट बाहिर निस्की । ऊ बाहिर निस्कनेबित्तिकै अघिदेखि मौका पर्खिबसेको त्यो लोग्नेमान्छेले उसलाई रङ दलिदिने प्रयास गर्‍यो । ऊ भागेजस्तो गरेर आˆनै कोठाभित्र पसी । त्यो लोग्नेमान्छेले भने उसको पिछा छोडेन र कोठाभित्रैसम्म आएर उसलाई गालाभरि रङ दलिदियो । उसले पनि दुई हातले छेकेजस्तो गरिरही तर त्यसले भने रङ नदली छोडेन । उसको हात समातेरै भए पनि दुवै गाला राताम्मे हुनेगरी त्यसले रङ दलिदियो ।

त्यो लोग्नेमान्छेले त्यसरी जबरजस्ती रङ दलिदिँदा उसलाई रिस उठ्नुपर्ने हो तर उठेन । त्यो लोग्नेमान्छेले उसको गालामा हात रगडीरगडी रङ दलिदिँदा र उसको हात पन्छाउने क्रममा उसको हात बेसरी अँठ्याउँदा उसलाई धेरै दिनपछि एक किसिमको आनन्द र तृप्ति मिलेजस्तो भयो । त्यो लोग्नेमान्छेको हातको स्पर्शले उसलाई असीम सुखद अनुभूति भयो । उसलाई धेरै दिनदेखि नपाएको कुरा बल्ल पाएजस्तो भयो । उसलाई एकदमै सन्चो अनुभव भयो । जुन कुराको उसलाई धेरै दिनदेखि प्रतीक्षा थियो, त्यो आज पूरा भएजस्तो लाग्यो । धेरै दिनदेखि लोग्नेमान्छेलाई छोएर सुखद अनुभूति प्राप्त गर्ने उसको मनको रहर पनि आजै पूरा भयो । त्यसैले ऊ भित्रभित्रै खुसी भई ।

(श्रोत:- अन्तर्जाल अर्थात internet)

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पछ्यौटे अग्रगमन

~मनु ब्राजाकी~Manu Brajaki

गणतान्त्रिक नयाँ नेपालको थाप्लोमाथि पुरानो साबिक सूर्य उदायो ।

वाग्मती भनिने ढलमतीको एउटा किनारमा पौराणिक भए पनि उत्तरआधुनिक देब्रे ढल्किएको शिवलिङ्ग पूजा प्राप्त गर्न ठडिएको छ । साबिक सूर्यको धूमिल गुलाफी प्रकाशमा कतैबाट एउटा भुस्याहा र लुत्याहा कुकुर प्रकट हुन्छ ।

अनि, त्यस पौराणिक कम, उत्तरआधुनिक बाङ्गो शिवलिङ्गमाथि आफ्नो र आफ्ना गणको क्षेत्र निर्धारण गर्न बलैसँग एक मानोजति मूत्राभिषेक गर्छ । लुतोग्रस्त स्वानको स्वानमूत्रले त्यस बाङ्गो शिवलिङ्गको योनिसदृश्य खोबिल्टे भाग मूत्रमय हुन्छ । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भैगो दिनुपर्दैन

~मनु ब्राजाकी~Manu Brajaki

एहे खर्दारनी बजै ! आउनुस् आउनुस् कताबाट ?

आफ्नो भताभुङ्ग कोठामा बसेर खरदार सुन्दैछ र आफ्नो जनैको जुम्रा विक्षुब्ध भएर मार्दैछ। मार्दैछ र आफ्नो नङ्लाई नङ्ग्रा सम्झने भूल गर्दैछ जसले जुम्राबाहेक अरु केही मार्न सकेन- न आफ्नो अभाव, न अर्काको प्रभाव, न भोक, न शोक। ऊ झ्यालबाट देख्छ, खरदारनी बजै (ऊ आफू खरदार भैटोपलेकोले) पल्लो घर पोर्टिकोमा उभिएकी रहिछ। चाइजिन इँटको रातो बंगलाभित्रैबाट घन्किँदै रहेछ।

बाहिर किन ? भित्र आउनुस्। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गरीब

~डम्बर पौडेल~Dambar Paudel

धेरै कथा लेख्छन यिनको
धेरै ब्यथा पोख्छन तिनको
यिनकै नाम बेचेर
कयौं राजनेता बने
सयौं समाजसेबी बने
कोहि कबि , पत्रकार र लेखक
के के बने बने
लेखि साध्य छैन
यिनकै नाममा हजारौं सस्था खुले
सयौं एन. जी. ओ. र आई. एन. जी. ओ. बने
तर ऊ बिचरा गरीब
जहाको त्यहि छ
उहि झुत्रे लुगा , त्यहि चाउरी परेको अनुहार
नाङ्गो खुट्टा र जिङगीङग कपाल बोकेर
एउटै लुगा दश ठाउमा टालेर
खुल्ला आकाश मुनि रात बिताउदै
सडक सडक भौतारीरहेछ
गाउ बस्ती र सहर बजार चाहारीरहेछ
खान नपाएर भोको पेटमा
आशुका प्याला पिउदै बाचिरहेछ | Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : बाघले झम्ट्यो

~ गोबिन्द बेल्बासे ~

भान्ज विदुरलाई मोवाइलमा फोन गरेको, उनको मोवाइल फोनको स्वीच नै अफ रहेछ। अफिसको नम्वरमा फोन गर्दा सिधै उनले उठाउँदैनन्। त्यो पिएले को बोल्नुभएको, के काम थियो? भन्ने निदीखुदी पार्छिन्। तै पनि फोन नगरी भएन। मोवाइल उठ्दै नउठेपछि के गर्नु त ! अफिसको लेनलाइन मै फोन गरेँ। उताबाट आवाज आयो ?

हेलो ..

मैले एकै सासमा भनेँ त्यहाँ विदुर शारुलाई दिनुस् न, म विदुरको मामा बोल्दै छु।

उताबाट उही आइमाईको स्वर सुनियो : हजुर, सर त मिटिङमा हुनुहुन्छ। अति गोप्य मिटिङ छ डिस्टर्व नगर्नु भन्नु भएको छ । के खवर हो भन्नुस् न ..।

म अलमल परेँ, मन छट्पटाइरहेको छ। मुटु पनि छिटो छिटो चलेजस्तो लाग्छ। के गर्नु के नगर्नु भैरहेको अवस्थामा, बोली आफै फुट्यो ..ल हुन दिनुस् बरु, सकेसम्म चाँडै मामाको मोवाइलमा फोन गर्न भनिदिनुस् न है।

एक मन त बसेको कोठामा एक्कासी बाघले झम्टियो, तर फुत्त बाहिर निस्केर ढोका लगाएँ। बाघ भित्रै छ भनेर भनिदिनुस् भन्ने पनि मनमा आयो। तर अर्को मनले यस्तो पत्यार नै नलाग्ने कुरा भनेर वास्ता गर्दैनन् होला भनेर त्यस्तो केही नभनी फोन राखिदिएँ।

वल्लो पल्लो घर पनि कसैलाई चिनेको छैन। कसलाई भन्नु। यसो ढोकामा कान थापेर भित्रको त्यो मलाई झम्टने बाघले केही गर्दै छ कि भन्ने बुझ्न प्रयास गरेँ। तर टिभीमा के के कार्यक्रमको आवाज बाहेक केही सुनिएन। शान्त छ, भित्र त। धन्न् बाघको झम्टाइबाट बच्न फुत्त ढोकाबाहिर फुत्किँदा मोवाइल भने खल्ती मै रै छ। नत्र फोन कसरी गर्ने, भन्ने अर्को समस्या पर्ने थियो। साचो त बरु ढोकामै झुण्डिएको रहेछ। ढोका लगाएर अस्पतालमा रीता (श्रीमती) छिन् नै जाउँ भने पनि लुङ्गी र सर्ट मात्र लगाएको छु यही पहिरनमा कसरी जानु। चिन्ने जान्ने भेटिए भने के भन्लान् भन्ने डर। रातभरि विरामी रीतालाई कुर्दा सुत्न पाएको होइन। दुई घ48टा जति आराम गरेर अस्पताल जानुपर्ला भनेँर लुङ्गी लगाएर आराम गरेँ। यो लुङ्गीले पनि यता न उता पार्योट। ढोका खोलेर भित्र गएर कपडा फेरम भने त्यो बाघले खत्तम पार्ला भन्ने डर। मोवाइलको घण्टि बजेको थाहा पाएर हत्त न पत्त फोन उठाएँ।

हेलो …

उताबाट आवाज आयो– दाई ..म दिवाकर बोलेको भाउजुलाई कस्तो छ? यताको चिन्ता नगर्नुस्। यहाँ हामीले सबै हेरिहाल्छौँ। निर्धक्क भाउजूको उपचार गरेर सञ्चो भएपछि आउनुहोला।

महेश सरसँग आज बिहान भेट भएको थियो। यहाँको केही पीर नगरेर राम्रोसँग मेडमको उपचार गराउन भन्नुहोला हेडसरलाई भन्दै हुनुहुन्थ्यो। भाउजुलाई कस्तो छ अव ..?

उसको प्रश्नले मलाई झस्कायो। म त यो काठमाडौंको शहरभित्र कोठा भित्रै बाघले झम्टियो भन्ने कुरा भनु कि नभनु! भने पनि पत्याउलान्, नपत्याउलान्। अहिले भित्र पनि बाघको कुनै सुइंको छैन, कतै मेरो भ्रम मात्र हो कि भन्ने कुरा मनमा खेलाउँदै उसका कुरा सुन्दै थिएँ। प्रश्नले झस्कायो अनि भनेँ –अँ रीतालाई अलि ठीक छ। सबै एक्सरे भयो। खुट्टा भाँचिएकोले प्लास्टर गरेर भोलि डिस्चार्ज गर्ने भनेको छ। अरु त्यताको हालखवर सुना .. भनेर मेरो कुरा छोट्याएँ। भाईले मेरो आवाज बदलिएको र नआत्तिन भन्दै फोनमा भन्दै गयो हर्कजितले दुध दुहुने, घाँसपात गर्ने, सबै गर्योआ। म बिहानै आन्द्रेखोला झरेर धानमा पानी लाएर आएँ। यताको कुनै चिन्ता लिन पर्दैन। मेरो पढाइको पनि खासै त्यस्तो माचो छैन। दुई चार दिन पढाई छुटे पनि साथीहरुको नोट मागेर पढिहाल्छु। भाउजूलाई राम्ररी सञ्चो भएपछि मात्र आउनुहोला। यता मैले सबै सम्हाल्छु। तपाईहरु आएपछि मात्र म हेटौंडा गए पछि मेरो पढाई कभर गरिहाल्छु।

मैले अँ अँ भन्दै गएँ। उसले फोनमा एकोहोरो भन्दै गयो। अस्पतालमा सुत्न नपाएर र थाकेर पनि होला तपाईको स्वर फेरिएको छ। आराम गर्नुहोला। बरु विदुर भाञ्जालाई कस्तो छ। उहाँलाई अफिसबाट विदा लिएर अस्पतालमा कुर्न तपाईलाई पालो दिन लगाउनुहोला।

मैले आफु घरभित्रको बाघको डरले वरन्डामा थुनिएको र भाञ्जा अफिसमा गोप्य मिटिङमा बसेकाले सम्पर्क हुन नसकेर मेरो विचल्ली भएको कुरा बताएर भाइलाई किन चिन्तित पार्नु भन्ने लागेर त्यस्तो केही भनिन।

हुन्छ, त ..चिन्ता न ले। भोलि खुट्टा प्लास्टर भएपछि तेरी भाउजूलाई डिस्चार्ज गर्योि भने पर्सी यहाँबाट हिँड्छु। साँझ हेटौंडा बसेर भोलिपल्ट दिउँसो म आइहाल्छु। त्यसपछि तँ आफ्नो कलेजको पढाईका लागि जालास्। हुन्छ अहिले फोनमा किन धेरै खर्च गर्नु र मैले साँझतिर एक पटक फोन गरुला। स्कूलका महेश सरहरुको तलव निकासा गर्न एक दुई दिन ढिला हुन सक्छ भन्नु। भेट भएन भने पनि चिन्ता नगर्नु। मैले भोलि महेश सरलाई फोन गरेर सम्झाउँला, भनेँ।

हुन्छ दाई, भन्दै उसले फोन राख्यो।

यता भाञ्जाले खबर पाएर मलाई फोन गर्दा मेरो लामो कुरा गराइले फोन इङ्गेज भयो कि भन्ने डर लाग्यो। एक मनले फेरि त्यो भान्जकी पिएलाई फोन गरेर सोधौैँ कि भन्ने पनि लाग्यो। तर फेरि झल्यास्स सम्झेँ र भाञ्जाका मोवाइलमा फोन गरेँ …

माफ गर्नुहोला, तपाईले डायल गर्नुभएको फोन बन्द छ ..। सुनेर लाइन काटेँ। फोन कम्पनीले पनि कति नमिठो रेकर्ड बनाएको होला जस्तो लाग्यो। अघिपछि पनि फोन कम्पनीका यी रेकर्डेड आवाज नमिठो त लाग्थ्यो। तर, आज विलखवन्धनको आफ्नो अवस्थाले होला झनै झर्को लाग्दो लाग्यो। अलि सुरिलो स्वरमा मिठासका साथ रेकर्ड गरे पनि हुने नि जस्तो भान भयो।

घरको फोनमा घण्टि बज्यो। तर फोन घरभित्र म घरबाहिर भएकोले त्यो घर भित्रको बाघको डरले ढोका खोेलेर फोन उठाउन जान सकिन। भान्जले गरेका होलान् भन्ने लागेर भान्जको मोवाइलमा फोन गरेको उनको फोन व्यस्त रहेको सूचना त्यही नमिठो रेकर्डेड स्वरमा सुनियो। पक्कै भान्जले नै ल्याण्ड लाइनमा मलाई फोन गरेको हुनुपर्छ भन्ने लाग्यो र भित्रको घण्टि बज्न छाडेपछि फेरि भान्जको मोवाइलमा फोन गर्छु भन्ने सोँचेर पर्खन थालेँ। आत्तिएको समय भएर हो कि किन हो त्यो घण्टि त आधा घण्टासम्म बजेको बजै गरेजस्तो लाग्यो।

भान्ज र म दौतरीजस्तै हो नातामा मामा भान्ज भए पनि उमेरमा खासै फरक छैन। भिनाजूको रक्सी खाने नराम्रो लत बस्यो। दिदी र भिनाजू दुवै जना जागिरे भएकोले भिनाजूको सरुवा जहाँजहाँ हुन्छ त्यहाँ त्यहाँ दिदी जान सम्भव पनि हुन्थेन त्यसैले एक्लै हुँदा झन रक्सीको मात्रा बढ्दै बढ्दै गयो। हुँदा हुँदा भिनाजूले रक्सी खाने होइन, रक्सीले भिनाजूलाई खान थाल्यो। आखिर त्यही रक्सीले यी भान्ज कक्षा ५ मा पढ्दा भिनाजूको ज्यान गयो। दिदी प्राइमरी स्कूलकी मास्टर भएकीले अरु त खासै समस्या थिएन। तै पनि ६ कक्षादेखि त भान्ज र मसँगै हाम्रो गाउँको स्कूलमा एसएलसीसम्म पढ्यौँ। भान्ज पढ्नमा जेहेन्दार थिए। अनि टुहुरो भएकोले पनि होला पढ्नमा निकै मन गर्थे। म भने अल्छी, पास मात्र भए भै हाल्छ भन्ने सोँच्थेँ भने उनी चाँही फस्ट हुने गरी पढ्थे।

त्यसैले उनले लोकसेवा समेत पास गरेर अहिले उपसचिव भएका छन्। मेरो पनि गाउँकै स्कूलको हेडमास्टरी जागिरले जिविका चलेकै छ।

एक दिन बुढी (रीता) डिगाँवाच्छालाई घाँस झार्न कुटमेराको रुखमा चढेका बेला रुखबाट खसेकाले उपचारका लागि अस्पतालमा ल्याएको हो। भान्जले पनि आफ्नी माइजूलाई अति सम्मान र माया गर्छन्। नभन्दै माइजू रुखबाट लडेको सुनेपछि। को साथीको हो कुन्नी जीप मागेर हाम्रै घर पुगेर ल्याएर नर्सिङ होममा सिधै पुर्या एर उपचार सुरु गराए। मैले त उतै हेटौंडातिरै उपचार गराउने भन्दा भन्दै मेरो कुरै सुनेनन्।

सरकारी काम त्यस्तै त हो। जिम्मेवारी निभाउनै पर्ने भएर नगई नहुने भएर विचरा अफिस गए। भान्जी बुहारी चाँही एक हप्तालाई कता जागिरकै शिलशिलामा विदेश भ्रमणमा गएकी रहिछन्। यी भान्ज फेरि वालअधिकारको पक्षमा र श्रम शोषणको विरोधमा कट्टर छन्। त्यही भएर घरमा नोकरचाकर चाँही राख्दैनन्। लोग्ने स्वास्नी नै आफ्नो काम आफै गर्छन्। दुःख सुख गरेर बचाएको रकमबाट सानो भए पनि चिटिक्कको घर पनि काठमाडौंमा बनाएकाले अहिले मलाई पनि काम लाग्यो। तर, यो घर भित्रै बाघले झम्टने यो के हो मैले मेसोभाति केही बुझेको होइन …

यत्तिकैमा भित्रको फोनको घ48टी बज्न छाड्यो र हत्त पत्त भान्जको मोवाइलमा डायल गरेँ। तर मैले भान्जको नम्वर मिलाएर डायल स्वीच थिच्न नपाउँदै भान्जको फोनको घण्टि बज्यो ..

मैले ..हेलो भन्नासाथ भान्ज आत्तिंदै, माइजूलाई कस्तो छ, किन तुरुन्तै फोन गर्न भन्ने खवर छाड्नु भएको? घरको फोन किन नउठाएको? म त एकदम आत्तिएर हत्तपत्त फोन गरेको। भन्ने प्रश्नको तांतीमा मैले कहिले पालो आउला र आफ्नो समस्या बताउँला भन्दै बीचैमा उनको कुरा काट्दै भने..

हेरन म त लुङ्गी र सर्टमा यहाँ वर48डामा छु। खाना खाएर एस्सो आराम गरेर बैठक कोठामा बसेको थिएँ, अगाडिपट्टिबाट एक्कासी एउटा बाघले झम्टियो। त्यसपछि म त बाकिर वरण्डामा आएर ढोका बन्द गरेको सम्झन्छु, अरु केही सम्झन्न। अनि तिमीलाई फोन गरेको तिमीसँग भेटै भएन। म यहाँ अलपत्र परेको छु। ल छिटो केही उपाय लगाउ त!

उता भान्जले चाँहि लामो सास तान्दै भने.. म त माइजूको बिरामी वढी भयो कि भनेर डराएको। ल ल … नआत्तिनुस् म अव यहाँबाट हिडिहाल्छु एक छिन नआत्तिएर बस्नुस्। छिमेकीको विरालोसिरालो केही पसे होला। के को बाघ हुनु। नडराउनुस्, ढोका खोलेर भित्र बस्नुस् भन्न थाले ..

आफुले बाघै देखेको हो। कसैले पत्याउने होइनन्। अहिले आए पछि आफै भाग्लान् नि भान्ज पनि आफैले बाघ देखेपछि भन्ने लाग्यो र तर्क वितर्क गर्न नथाली ल ल चाँडै आउ, अनि थाहा पाउला भनेँ।

त्यत्ति भन्दै फोन काटेर भान्जलाई पर्खन थालेँ। आफुले प्रत्यक्ष आँखाले देखेको बाघलाई बिरालो भनेर बेवास्ता गरिदिनेसँग के लाग्यो र। हुन त अव यो शहरको ठाउँमा कोठाभित्र बाघ आयो भन्दा भान्जाको ठाउँमा म, मेरा ठाउँमा भान्जा भए पनि मैले पनि त पत्याउने कुरै थिएन। तर आफ्नै आँखाले देखेपछि यहाँ आफुलाई यति डर लागेको छ।

अघि बल्ल तल्ल कसै गरी बाँचे अव त रिस्क लिन हुन्न्। यो झ्यालको पर्दा पनि कस्तो टन्न भित्र सबै ढाक्नेरहेछ। झ्यालको कुनै कुना काप्चाबाट पनि भित्र चियाउन मेल्दो रहेन छ। भित्र त्यो बाघले के गरेको छ, केही मेसो नै आएन। अहिले एक छिनमा भान्जा आइपुगे पछि देख्लान् नि आफ्नो घरभित्रको बाघको चर्तिकला। अनि पुलीस, आर्मी बनपाले कलाई डाँक्दा रैछन् हेरमला नि।

एकछिनपछि फेरि मोवाइल वज्यो। ..भान्जाकै रहेछ। रिसिभ स्वीच थिचेर कानमा लगेर हेलो .. भनेँ। उताबाट उत्तर आयो …

हजुर मामा, हेर्नोस् न यहाँ ट्राफिक जाम रहेछ। नआत्तिनुस् अव एकैछिनमा आइपुग्छु ..

हुन्छ .. हुन्छ, मेरो अरु उपाय नै के छ र? भन्दै फोन राखेँ।

यही बेलामा फोनको ब्याट्री पनि सकिन थालेछ। भान्जाले अफिस जाने बेलामा अब एक छिन पछि लाइन आउँछ, मोवाइल चार्ज गर्न नविर्सिनुहोला भन्दै गएका थिए। तर, बाघले झम्टेपछि चार्ज न सार्ज भयो। अहिले भित्र लाइन छ। मोवाइल चार्ज गर्न पाएको होइन। चार्जर भित्र छुट्यो नत्र प्लग त यहाँ वर48डामा पनि रहेछ। तर, चार्जर नभई भएन के गर्नु।

झ्यालमा कान जोडेर भित्रको चाल बुझ्ने प्रयास गरेँ तर बाघको कुनै साईसुइको छैन। टिभीमा के के कार्यक्रमको आवाज बाहेक भित्र कुनै आवाज झाईझुई छैन।

बाहिर बाटोमा गाडी रोकियो। भान्ज गेट खोल्दै भित्र पसे। म तर्सेर वर48डामा बसेको देखेर पनि उनमा घरभित्र बाघ छ भन्ने कुरामा विश्वास नभएको देख्दा अलि रिस पनि उठ्यो। अनि भित्र बाघ भएको र सतर्कता अपनाउन पुलिस, आर्मी वा फरेष्टरलाई बोलाउन भन्दा पनि भान्जाले एकछिन पर्खनुस् न भन्दै अगाडि बढे। वर48डाको ढोका खोल्नासाथ त्यही बाघले मलाई झम्टेको कोठा छ। भान्जाले चाही मेरो कुरालाई महत्व नै नदिई अगाडि बढेर ढोका खोल्न थालेँ। म चाँही भित्रबाट बाघले झम्ट्यो भने रोलिङ चढेर छतमा पुग्ने योजना सोँचन थालेँ।

भान्जाले ढोका उघारे तर भित्रबाट बाघले झम्टिएन। भित्र त टिभीको आजाव बाहेक केही थिएन। ढोका खोलेर भित्र पसेर भान्जाले पर्दाहरु खोले कोठा उज्यालो भयो तर भित्र बाघ त के कुरा बिरालोको पनि कुनै संकेत छैन। तर, मेरो मनमा त्यो झम्ट्याइको डर भने हराएको होइन। अर्को मेरो मनमा बाघले झम्टेको विषयमा तर्क वितर्क आउन थाल्यो।

भान्जा कहिले म सपनाएको तर्क गर्थे, म सपनाएको होइन भन्थेँ। उनी भ्रम भन्थे होइन बाघले झम्टेको हो भन्ने म जिद्दि गर्दै गएँ।

त्यसपछि उनले म बसेको कुर्चीको अवस्था त्यसको वगलमा टेवुल, पल्लोपट्टि दराज र अगाडिपट्टिको भित्तामा राखिएको प्लाज्मा टिभीको अवस्थामा ममाथि बाघको झम्ट्याई कसरी भएको हुन सक्छ भन्ने पत्याउने, नपत्याउने, सम्भव, असम्भव आदि तर्क वितर्क गर्न थाले।

मैले बाघले झम्टेकै हो भन्ने उनको भ्रम हो भन्ने दोहोरी चल्दै गयो। त्यसपछि उनले ठीक कुन समय र त्यसबेला मेरा मनमा के कुरा खेल्दै थिए भन्ने सोध्न थाले।

त्यत्तिकैमा मेरो मोवाइलले ब्याट्री सकिएको आवाज गर्योस। यो मोवाइलफोन पनि भान्ज अफिसबाटै विदेश गएका बेला ल्याइदिएका थिए। उनको र मेरो उस्तै मोवाइल छ। मोवाइलमा ब्याट्री सकिएको आवाज सुनेर मलाई मोवाइल किन चार्ज नगरेको भनेर सोधे।

पहिला लाइन नभएकोले मोवाइल चार्ज गर्न नपाएको र लाइन आउँदा बाघले झम्टेकोले आफु बाहिरै भएकोले चार्जर नभएर चार्ज गर्न नपाएको बताएँ।

त्यसपछि भान्जाको प्रश्न लाइन आउनु र बाघले मलाई झम्टनु एकै पटक भएको विषयमा केन्द्रित थियो र वास्तवमा भएको पनि त्यस्तै थियो।

त्यसछि भान्जाले गरेको बाघको विषयको तर्कमा दम थियो। मेरो मनले डर मानेकै भए पनि भान्जाको तर्क मान्नमा मेरो मस्तिष्कले स्वीकृति जनाइसकेको थियो।

उनको तर्कमा नेपालको लोडसेडिङ, टेलिभिजन र बाघको सम्वन्ध जोडिएको थियो। हुन पनि म रातभरिको अनिदो, थाकेको र एकोहोरो भएर बसेको समयमा एक्कासी बाघले झम्टेको देख्दा आत्तिएको मस्तिष्कले त्यो तर्कसम्म नपुग्नुलाई खासै अन्यथा ठान्नुपर्ने जस्तो पनि मलाई लाग्दैन।

वास्तवमा राति भान्जले टिभी हेर्दाहेर्दै लाइन गएको रहेछ। लाइन गएर बन्द भएको टिभी उनले बन्द नगरी सुत्न गएछन्। सधैजसो त उनले बिहान अफिस जाने समयमा टिभीसिभी बन्द भए नभएको चेक गरेर जान्थे तर आज म घरमै भएकोले उनले टिभी बन्द गर्नुपर्ने नठानेर गएछन्। संयोग भन्नु पर्योन हिजो लाइन जाने बेलामा उनले जोग्रफि च्यानल हेर्दै रहेछन्। त्यसैले लाइन आउनु र ज्योग्रफी च्यानलको बाघ टिभीमा झम्टिनुले मेरो एकाग्र मनस्थितिमा उथलपुथल ल्याएको भन्ने भान्जाको तर्कमा म सहमत भएको छु ।

(लेखक नेपाली साप्ताहिक वेलायतका सम्पादक हुनुहुन्छ)

(श्रोत:-  Sanjaal)

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समर्पण

~गीता केशरी~Geeta Keshari

हरिलाई आजभोलि निकै कविता पढ्ने सोख चलेको छ । त्यसमा व्यक्त भावना र विचारमा डुबुल्की मार्दै हराउन चाहन्छन् । आफ्ना अरू साथीहरूलाई पनि उनी भन्दै हिँड्छन्, “कविता पढ अनि मन शान्त हुन्छ । कविता लेख मन समालिन्छ ।” साथीहरू भने उनलाई उल्काउँदै भन्छन्, “त्यो पढ्ने तैँले हो । भरखरभरखर विवाह गरेको छस् । यही बेला हो कविता लेख्ने र पढ्ने अनि भावुक हुने । हामीले त्यस्ता समय बिताइसक्यौँ । अब त छोराछोरी आएर भन्छन्, बाबा देखाउनुहोस् न तपाईँले पढेको त्यो किताबमा कस्तो तस्बिर छ ।”

उनीहरू जति हाँसे पनि हरिले कविता पढ भन्न छोडेन र आफू पनि कविताका पुस्तकहरू किन्दै पढ्दै गरिरहन्छन् । एक साँझ उनी घुम्दैघुम्दै उही किताब पसलभित्र छिर्छन् र यताउति हेर्न थाल्छन् । पारखी पसलेले कुरो बुझ्छ र ऊ एउटा कविताको किताब हातमा लिँदै त्यसको धूलो पुस्दै हरि नजिकै आइपुग्छ र त्यो किताब ‘बिर्सिएका ती पाइलाहरू’ उनलाई दिँदै भन्छ “यो हालसालै विमोचित कवितासङ्ग्रह हो । साह्रै Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : हतियार

~डा. ऋषिराज बराल~

पार्टीमा शुद्धीकरण र फौजीकरणको अभियान चलेको थियो । सबै क्षेत्रका कार्यकर्ताहरू जनमुक्ति सेनामा जाने निर्णय भएको थियो । मोर्चाबाट सेनामा जानेहरूको सूची, पद र कामको विवरणको जानकारी पनि गराइएको थियो । लामो अवधिसम्म सांस्कृतिक मोर्चाको विभिन्न पदमा बसेर काम गरिसकेको कमरेड प्रवीणको नाम पनि जनमुक्ति सेनामा जानेमा परेको थियो । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

घोडचढी

~डा. ऋषिराज बराल~

नयाँ सरकार बनेपछि गाउँ पुग्ने इच्छा, उत्सुकता र आवश्यकताबोध गरेर एक जना पत्रकार सहरबाट गाउँतिर लाग्यो । गाडीबाट झरेपछि उसले एक जना गाउँलेलाई पनि साथमा लियो ।

दिनभरिको हिँडाइपछि गोधुलीमा ऊ एउटा भञ्झ्याङ अर्थात् नेटोमा पुग्यो । चौतारी थियो, पसिना ओभाउन , Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

क्यान्टोनमेन्ट नम्बर ३७३०

~डा. ऋषिराज बराल~

हातमा लिनेबित्तिकै उसको मुखबाट लामो सास निस्कियो, थाहै नपाई निस्कियो । यो सास पनि होइन, यो त तातो वाफ हो । अझ भनौँ-उसको छातीबाट ज्वालामुखीको लाभा निस्कियो । एक हातले पुगेन उसलाई । दुई हातले च्याप्प समात्यो यसयलआर र माथिदेखि तलसम्म सुमसुम्यायो । उसका आँखा कतै केन्दि्रत भए । कतै हराएजस्तो, कतै टोलाएजस्तो देखियो ऊ । सायद ऊ केही सोच्न थाल्यो । हातमा पर्नेबित्तिकै ऊ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : निषेधको राजनीति

~डा. रवीन्द्र समीर~

Dr Rabindra Sameer

सानो चिटिक्कपरेको सुन्दरघर, घरको वरिपरी सप्तरंगी बगैचा, चिसो झरना, अद्वितीय प्राकृतिक एवं गौरवशाली इतिहास…अवर्णनीय परिवार थियो, त्यो । एकले अर्कालाई सहयोग, सम्मान, माया, सहिष्णुता तथा एकताको थुङ्गाले बुनेको सहअस्तित्वको माला साँच्चै उदाहरणीय थियो । छिमेकीहरूमध्ये Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बुबा र बुबाहरु

~डा. रवीन्द्र समीर~Dr Rabindra Sameer

‘बाबु ! उँहा तिमो बाबा होइसिन्छ ।’ उसले आर्श्चर्य मान्दै गोरो तथा लजालु युवकको खुट्टामा ढोगिदियो ।
* * *
‘बच्चु ! तिमो पिता आउनुभयो ।’ रातिको पिल्पिले बत्तीमा गहुँगोरो तथा प्रौढ देखिने व्यक्तिको खस्रो काखमा ऊ निधार खुम्च्याउँदै बस्यो । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नेपाल कि सेकुवा ?

~डा. रवीन्द्र समीर~

दिउँसोको २ बजेको छ ।

म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतीक्षालयमा थचक्क बसेको छु । बारबार घडी हेररिहेको छु र आँखाहरू आगन्तुकको हूलतर्फ निर्निमेष बिछ्याएको छु । मेरा हातमा दुईवटा सुकिला खादाहरू र दुई झुप्पा ताजा र सुन्दर फूल फुलेका छन् । छेउमै रहेका पानीका बोतल र झोला मेरोे साथी बनेर बसेका छन् । थाइल्यान्डकी मित्र डा प्रानी र उसकी प्राध्यापक मित्र झोला गुडाउँदै बाहिर निस्कँदै छन्, अनुहारभर Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : ढुङ्गाको देवता

~डा. रवीन्द्र समीर~Dr Rabindra Sameer

लेउ लागेको हेर्दै घीनलाग्दो ढुङ्गो देखेर उसलाई सनक चढ्यो । अनि अलिकति अविर, अलिकति फूल, अलिकति अक्षता, दुई चारवटा सिक्का र रंगिबिरंगी ध्वजाहरु बााधेर बिरामी छोराको निम्ति भाकल गर्‍यो- हे प्रभु ! मेरो छोरोलाई निको बनाउ, सके कालो बोको नसके लोकल कुखुरो चढाउला । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : टाउको पचास लाखको

~कबिताराम श्रेष्ठ~Kavita Ram Shrestha

ऊसँग खबरपत्र किनेर पढ्ने क्षमता थिएन । जति कमाइ थियो त्यसले आफ्नो परिवार पाल्नसक्दैन ऊ । कसैले भनिदियो खबर छ रे अतङ्कवादीको टाउको ल्याएमा पचास लाख पाइन्छ । यसको पनि घटीवेसी मूल्य छ रे अलिसानो आतङ्कवादीको ३५ लाख अरे र झनै सानोको बीस लाख रे । आतङ्कवादी मास्न विदेशबाट ठूलै रकम आएकोछ रे त्यसैले यो खबर सही हो रे । बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : तामा

~डा. दिनबन्धु शर्मा~dr-dinbandhu-sharma

मुडुलो बाच्छो ओसेपिलो कान्लाबाट घाँसका बुजा निकालिरहेको छ । पुच्छर डोलाउनसम्म बिर्सेर गाडिएको गाडिएकै छ ।

‘यस्तो घाँस त यो कान्लामा ठामठामै रैछ’, नन्दुको अगाडि खुर्पा लिएर उभिएको दाजुचाहिँले बाच्छोलाई हेरेकै उभिएर भन्यो । बाँसको झ्याङमुनि आइपुग्दा अहिले घाम अस्ताइसकेको छ ।

‘चिसो छ, माटे लाग्छ कहिले त वस्तुलाई यस्तो घाँसले,’ बोकेको बाक्लो झार सिरुको बीचबीचमा गुथ्थगुथ्थ परेको रहेछ । तल कान्लामुनि सानो पानी ठाउँठाउँ लुक्तै र निक्लँदै तलपट्ट िचिसो बग्दै गएको हरियो सितलो छ । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गोप्य सूचना

~ध्रुव सापकोटा~Dhruba Sapkota

मसँग अहिले एक लाख छ । त्यो एक लाख मेरो होइन अर्काको हो । त्यो अर्को व्यक्ति मरिसकेको छ । त्यो रकम पचाउन मसँग तर्कहरू छन् । म भन्नसक्छु, यो देशमा इमानदार मान्छे को छ र मैले हुनुपर्ने । त्यसमाथि यो रकमको मालिकको मृत्यु भइसकेको छ । कुनै लिखत पनि छैन । तर्कभन्दा पनि यसलाई कुतर्क भन्नुपर्ला । मेरो आसय अहिले अर्कै छ । म कुतर्क झिकेर रकम पचाउने कसरत गर्ने पक्षमा छैन । अहिलेसम्म सोझो बाटो हिँडेर आएको छु । अहिले म बाङ्गो बाटो हिँड्न चाहन्न । सोझो बाटो हिँड्दा कतै पुगिँदैन भने पनि मलाई पछुतो हुने छैन ।

त्यो मृतक केही दिन अघि मेरो कोठामा आएको थियो । मलाई आश्चर्य लाग्यो । त्यो मान्छे अर्काको घरमा प्रायः जाँदैन । मान्छेहरू ऊ बसेको ठाउँमा नै जान्छन् । कसैलाई उसको आवश्यकता परेमा बोलाउन पनि Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कटहरे बुढी

~देवेन्द्र कोइराला~

अंगेनाको डीलमा अर्धनिन्द्रमा रहेको पाटे बिरालो झसङ्ग भयो र बुर्लुक्क उपे्रुर भकारीको धान चोर्न िहंडेको मुसो समात्न दौडियो । दुई फड्का मार्नासाथ मुसोले चारैतिर गुहार माग्दै चिच्चाउन थाल्यो । पाटे मुसो बोकेर लिस्नुतिर उक्लियो र हर्केको खाटमुनी लगेर खेलाउन थाल्यो । त्यहि हल्लीखल्ली बीचमा थुन्सेले छोपेर राखेका २ दिनको जुम्ल्याहा पाठापाठीहरु भाका फिराउंदै कराउन थाले । उता खोरभित्र निदाएर बसेकी िसंगारी जुरुक्क उठेर खोरको ढोकामा आएर प्रत्युत्तरमा आफ्ना बच्चाहरुलाई बोलाउंदै फलाक्न थाली । एवं रीतले घरको शान्ति भङ्ग भयो । कटहरे बुढी आंखा मिच्दै फत्फताउंदै उठ्न थालिन । ढोकाको आग्लो खोलिन र आगनमा ओर्लिइन ।

बुढीले आकाशतिर हेरिन् । पाखुरे डांडाबाट आकाशमा तीनतारे ताराहरु ओर्लन लागेका थिए । बिहान मिर्मिरे उज्यालो हुन लागेको थियो । चन्द्रमाको उज्यालो बिस्तारै हराउंदै थियो र पूर्वबाट सूर्यले आफ्ना लालीका तीखा बांणहरु क्षीतिजतिर फाल्दै थियो । टौवाको टुप्पोमा बसेर काग मुण्टो हल्लाउंदै कराइरहेको थियो । घर Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मन बाढी हो, बाढी मन हैन

~दीपक जडित~Deepak Jadit

मनेकि आमा चिच्याउँदैथिई, ‘ए मनेका बा, उठन भन्या । बाख्राको कटेरो त बगाईसक्न ला’गो । हन कति सुत्न सकेका हौ तिमी त?’, र छाप्राको यौटा प्वालबाट बाख्राको कटेरोतिर पनि चियाउँदैथिई जो उनिहरुको झुप्रो देखि अलि मुन्तिर दक्षिणतिर थियो । त्यसदेखि दक्षिणतिर पूर्वबाट पश्चिमतिर बगेको जोगीखोला थियो । त्यसो त अरु जस्तै यो खोलापनि उत्तरबाट आएर दक्षिणतिर नै गएको थियो, केवल मनेको घर मुनिमात्र झण्डै तीनसय मीटर जति पूर्व पश्चिम बगेको थियो ।

यहि जोगीखोलाको किनारैमा उत्तरपट्टि मनेको बाउले आफ्नो बारीको सबैभन्दा अग्लो थुम्को परेको साँघुरो भागमा बाँसका खाँवाखुट्टी गाढेर सानो चिटिक्क परे Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रोगी घाम

~दीपक जडित~Deepak Jadit

कत्रो मुर्खता! कत्ति न बिधी माया गर्छे मलाई भनेर मख्ख परेको रहेछु म । आज सम्झन्छु, कता कता सपनामा पो भेट भएको थियो कि अथवा कथामा पो पढेको थिएँ कि जस्तो लाग्छ । साँच्चै मान्छे त मैले माया पाएको छु भन्ने भ्रम पालेर पो बाँच्दो रहेछ । अझ मैले माया गरेको छु भन्ने भ्रम फैलाउन त झन खप्पिस हुँदो रहेछ ।

आज बुझ्दा मान्छेले माया पाएको अनि माया दिएको त मैले कहिँ पनि देखिंन, आफ्नै जिन्दगीमा पनि ।

एकदिन, एकझर दर्के पानी परेर आकाश सफा भएको थियो । साँझको बेला पहेँलो घाम टिलिली लागेर रमाईलो पारेको वातावरणमा असारे फूलको फूलैसँग लत्रेको हाँगो सम्हालेर तह लाउँदैथिई उ । उसको Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment