Tag Archives: Bishwaraj Adhikari

अनुदित खण्डकाव्य : मेघदूत 

~कालिदास~ अनुवाद : विश्वराज अधिकारी पूर्व मेघ कश्र्चित् कान्ताविरह्गुरूणा स्वाधिकारत्प्रमत्त: शापेनास्तङ्गमितमहिमा वर्षभोग्येण भर्तु:। यक्षश्र्चक्रे जनकतनयास्नानपुण्योदकेषु स्निग्धच्छायातरुषु वसतिं रामगिर्याश्रमेषु।। १।। आफूले गर्नु पर्ने कार्य उचित किसिमले नगरेको दण्डस्वरुप कुनै सेवक यक्षले मालिक कुवेरले दिएको दण्ड  भोग्नु पर्ने हुन्छ। दण्ड बापत उसले … Continue reading →

Posted in अनुदित खण्ड-काव्य, खण्ड-काव्य | Tagged , , | Leave a comment

साहित्यिक भलाकुसारी : पितृसत्तात्मक समाजले विधवालाई पुनर्विवाहको निर्णय गर्न भयभीत बनाइदिएको छ

~भारती गौतम~प्रस्तुती : विश्वराज अधिकारी धनकुटाको पहाडी गाउँ, फँलाटेमा जन्मिएकी साहित्यकार भारती गौतम हाल अमेरिकास्थित फ्लोरिडा राज्यको जेक्सनभिल सहरमा बस्नुहुन्छ । प्रवासमा रहेर नेपाली साहित्यको विकासमा अति सक्रिय उहाँ विभिन्न सङ्घ-संस्थाहरूसँग आबद्ध हुनुहुन्छ । ‘आकाशमाथिको सहर’ (कवितासङ्ग्रह), ‘स्मृतिमा भीमू’ (संस्मरण), … Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

कथा : माटो

~विश्वराज अधिकारी~ आइतवारको दिन थियो । हामी, म र महेश अड्ढल, ओक्लहोमा सिटी जाँदै थियौं । ओक्लहोमा सिटी अर्थात् अमेरिकाको ओक्लहोमा राज्यको राजधानी । हाम्रो स्वादसँग एकदमै मिल्दोजुल्दो खाद्य सामग्रीहरू त्यस शहरका केही पसलहरूमा पाइने हुनाले ती खाद्य सामग्रीहरू खरिद … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : किन हेर्न नजानु, डोमकच ?

~विश्वराज अधिकारी~ म भौजीलाई भेट्न नगएको त के कुरा, भौजीको गाउँसम्म पनि नगएको पाँच वर्षभन्दा बढी भइसकेको थियो। त्यस हुनाले यो पटक निधो गरेर हिंडेको थिएँ, चन्द्रनिगाहपुर पुगेर त्यहाँको काम सकिने बित्तिकै भौजीको गाउँ अवश्य जान्छु। अँ, मैले भन्नै बिर्सें, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : प्रेम वा अभिमान प्रदर्शन ?

~विश्वराज अधिकारी~ मैले दाइलाई भनें– “भाउजूले तपाईंलाई अति नै माया गर्नुहुँदो रहेछ। जहिले पनि मेरो पति यस्तो, मेरो पति उस्तो भनेर हजुरको बयान, गुणगान गर्नुहुन्छ।” मैले थपें– “हजुर त भाग्यमानी हो दाइ। साँच्चै, यति प्रशंसा गर्ने पत्नी पाउनु भाग्यको कुरा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कैलशिया

~विश्वराज अधिकारी~ भदौ महिनामा गाउँका सबै बाटाहरू हिलोले गर्दा हिंड्न नसकिने हुनु गाउँका मानिसका लागि अप्रत्यासित भने थिएन । अप्रत्यासित थियो भने गाउँका चौकीदारले साँझ सुनाएको खबर । चौकीदारले सारा गाउँ घुमेर भनेको थियो– आज राति मुखिया साहेबको दुरामा जम्मा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : के म नायक हँु

~विश्वराज अधिकारी~ गोकुलले मतिर हेर्दै भने,“जे कुरा देखेर आयो अन्त कतै, त्यो आफ्नो घरमा पनि हुनुपर्ने। नयाँ कुनै कुरा देख्यो, किन्नै पर्ने। कसैले कुनै कुरा गर्‍यो, मैले पनि त्यो गर्नुपर्ने। कसैले कार किन्यो मैले पनि किन्नुपर्ने। नकिने, मैले जिन्दगीमा केही … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म आकाशबाट खसेझैं भएको थिए

~विश्वराज अधिकारी~ मैले पच्चीस वर्षपछि कान्ता दिदीलाई भेटेको थिएँ, वीरगंजमा, गीता मन्दिर नजिक । कान्ता दिदीलाई पच्चीस वर्षपछि भेट्दा मैले कस्तो अनुभव गरें, त्यो बेलिबिस्तार लगाउनुभन्दा पहिले म त्यो बेला, त्यो समय–बिन्दुमा तपाईंलाई लग्न चाहन्छु जुन समय–बिन्दुमा कान्ता दिदी बि. … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वेल्सी स्ट्रीटका जर्दारी

~विश्वराज अधिकारी~ सन् २००५ जनवरी महिनाको पहिलो हप्तामा म डन मिल्स रोडको बसाइँ सारेर वेल्सी स्ट्रटीमा आएँ । तर डन मिल्स रोडको बसाइ भने मलाई निकै मन परेको थियो । म बसेको डन मिल्स रोडको त्यो अपार्टमेन्टबाट मल र अरू … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्रान्तिकारी विमला दिदी

~विश्वराज अधिकारी~ सरला दिदीसँग मेरो निकै लामो समयको अन्तराल पछि भेट भएको थियो, यस्तै अठार बीस वर्षपछि, काठमाडौंको नयाँ सडकमा, एउटा गहना पसल नजिक, २०५३ र ५४ साल तिर । मेरी पत्नी, निशाले गहना छान्न अति नै समय लाएकोले म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कीर्ति सिनेमा हल

~विश्वराज अधिकारी~ राम, मेरो प्रेमको कथा सुनाउन तपाईंलाई इतिहासको एउटा त्यो कालखण्डमा लग्न चाहन्छु जुन मेरो लागि ज्यादै नै रोचक छ । म तपाईंलाई आजभन्दा चालीस पैंतालीस वर्ष पहिलेको वीरगंजमा पुर्‍याउँदै छु । हिंड्नुस मसँगै आजभन्दा चालीस–पैंतालीस वर्ष पहिलेको वीरगंज … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र कथा : मेरो यो कथा सुनाइदिनू

~विश्वराज अधिकारी~ साथी हेमन्त, म चालिस वर्ष पहिलेको वीरगंजमा पर्कंदैं छु । हामी दुईजना, म र जुनैद अंसारी वीरगंजको श्रीपुरस्थित हाई स्कूलमा पढ्थ्यौं । दुवैजनाले एउटै वर्ष एसएलसी दियौं । म प्रथम श्रेणीमा पास भएँ तर जुनैद फेल भयो । … Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged | Leave a comment

कथा : अनौठो सजाय

~विश्वराज अधिकारी~ अड्ढितले भने–“मैडम, म एक किसिमले पागलजस्तो भएको छु, न ठीकसँग बाँच्न सकिरहेको छु, न मर्न सकेको छु, आत्महत्या गरेर । तपाईंले मलाई केही पनि नगरेकोले त झनै विचलित तुल्याएको छ मलाई । मैले त विचार गरेको थिएँ, तपाईंले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : गाउँको ढुकढुकी छाम्ने जमर्को “मधुर मिलन”

~चन्द्र किशोर~ “मधुर मिलन” एउटा यस्तो कथा सङ्ग्रह हो, जसले गाउँको कथाको माध्यमबाट मध्य तराईको जीवनलाई अनावृत गर्ने चेष्टा गरेको छ । यो एउटा यस्तो कथा सँगालो हो, जसले गाउँको परिवेशलाई सहज तरिकाले पस्किदिएको छ । यसका कथाहरूमा डुबुल्की लगाउँदा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : अन्तिम निर्णय

~विश्वराज अधिकारी~ क्यानडा बसेको दस वर्ष भयो तर यो बितेको दस वर्षमा उसले थाहा पाउन नसकेको कुरा केही छ भने त्यो हो उसले यहाँ सुखमय जीवन बिताइरहेको छ वा उसको जीवन स्वदेशमा भन्दा झन् बढी दु:खमय हुन पुगेको छ, यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : स्वाभिमान

~विश्वराज अधिकारी~ मैले उसलाई सोधें– बाबू तिमीलाई शहर लाने अंकलले खाने लगाउने राम्रो व्यवस्था मिलाइदिएका थिए, होइन? उसले उत्तर दियो–एकदमै राम्रो व्यवस्था गरिदिनुभएको थियो । आफ्नै सन्तानजस्तो गरेर राख्नुभएको थियो, मलाई । आफ्ना सन्तानहरू र मबीच उहाँबाट कुनै किसिमको भेद … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : हामी विदेशमा पनि विभाजित

~विश्वराज अधिकारी~ रमेश दाइ मेरो कोठामा पस्नुभएको मात्र के थियो, मतिर हेर्दै भन्नुभयो–“के यस्तो अचम्म देख्नुपरेको होला ? एक दिन दुई दिन हो, आज छैठौं दिन भइसक्यो माओवादीले अनिश्चितकालीन नेपाल बन्द गरेको र जुलुस प्रदर्शनका लागि हजारौ मानिसलाई ल्याएको, देशभरिका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विवाह वस्तु होइन

~विश्वराज अधिकारी~ मैले प्रस्टगरी भनेको थिएँ, पहिलो भेटमा नै, कुनै कुरा लुकाएको थिइनँ । खुलस्त पारेको थिएँ– शर्मिला, म एक विवाहित पुरुष हुँ । मेरा सन्तानहरू पनि छन्, तर तिनीहरू मसँग बस्दैनन्, हामी एउटै शहरमा बसे तापनि । मैलै उनीहरूलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नेता मोहनप्रसादले देखे डरलाग्दो सपना

~विश्वराज अधिकारी~ भगवानको अप्रत्याशित आगमनबाट प्रसन्न हुँदै तर अलि डराएर नेता मोहन प्रसादले भने–“प्रभु, मेरो घरमा बडो कृपा गरिपाल्नु भयो, म धन्य भएँ, हजुर यसरी आउनुहोला भनी मैले कहिले चिताएको थिइनँ। नेताको कुरा सुनेर भगवानले हाँस्दै भन्नुभयो–“नेता मोहनप्रसाद, तिमी त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पार्टी चलिरहेछ

~विश्वराज अधिकारी~ “पार्टी चलिरहेछ, तिमी एक्लो यहाँ ?” नीताको यो प्रश्नले रविलाई झस्क्यायो । “किन एक्लै बसेको?” यो अर्को प्रश्नले अलि असहज स्थितिमा नै पुर्‍यायो, रविलाई । आफूलाई अलि व्यवस्थित पार्दै रविले भने–“त्यता अलि हुने खानेहरूको मपाइँ गफ सुन्न मन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बिचारको भारी

~विश्वराज अधिकारी~ हिँड्न सक्दैन एक्लै खोज्दै हिंड्छ आफूलाई डोर्याउने गोठालो सँधै मान्छे टाउकोको भारी बिसाए पनि बिचारको भारी बोकिरहन्छ मान्छे लाख कोशिश गरेर पनि

Posted in कविता | Tagged | Leave a comment

कथा : सागरमणि दाइ फर्किनुभयो

~विश्वराज अधिकारी~ नित्यानन्द अंकलले नेपालबाट पठाउनुभएको चिठ्ठी भर्खरै पढेर सक्याएँ । तर पन्द्र दिनदेखिका जम्मा भएका मेल (चिठ्ठी पत्र) हरू अहिलेसम्म पढ्न भ्याएको छैन । अर्को पन्द्र दिन यसै गरी नपढ्ने हो भने एक महिनादेखि थुप्रिएका यी मेलहरूमध्ये काम नलाग्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सानो एउटा घर

~विश्वराज अधिकारी~ शान्ति नै शान्ति छाएको एउटा सानो घर थियो त्यसमा बस्ने जति सबैको नेपाली मात्र एउटा थर थियो अलिकति भोक थियो अलिकति प्यास थियो आफ्नै पाखुरीले अन्न पानी जुटाउने तर अटुट एउटा विश्वाश थियो

Posted in कविता | Tagged | Leave a comment

कथा : अब कहिले शहर जान्नँ

~विश्वराज अधिकारी~ “अँ हँ, म त कहिले अब शहरतिर जान्नँ, बरु यै गाउँमा जीवन बिताउँछु। यै चिया पसलमा, यसरी नै चिया बेचेर । कति आनन्द आउँछ यो बाटो हिंडेर शहर पस्नेहरू र शहरबाट गाउँ झर्नेहरूको कुरा सुन्न, यो चिया पसलमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अनौठो सजाय

~विश्वराज अधिकारी~ अंकितले भने “मैडम, म एक किसिमले पागल जस्तो भएको छु। न त ठीकसँग बाँच्न सकि रहेको छु, न त मर्न सकेको छु, आत्म हत्या गरेर। तपाँईले मलाई केही पनि नगरेकोले त झनै विचलित तुल्याएको छ मलाई। मैले त … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मेरो बलात्कार भयो

~विश्वराज अधिकारी~ डियर स्नेहा, काठमाडौं आएको एक महिनापछि यो इमेल लेख्दैछु । डिसेम्बर महिनाको दोस्रो हप्ता भइसक्यो । केही हप्तापछि नयाँ वर्ष २०१५ शुरू हुन्छ । ओक्लहोमाले त सेतो सिरक ओढ्न शुरू गरिसकेको होला । चिसो निकै बढेको होला । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : स्वाभिमान

~विश्वराज अधिकारी~ मैले उसलाई सोधें– बाबू तिमीलाई शहर लाने अंकलले खाने लगाउने राम्रो व्यवस्था मिलाइदिएका थिए, होइन? उसले उत्तर दियो–एकदमै राम्रो व्यवस्था गरिदिनुभएको थियो । आफ्नै सन्तानजस्तो गरेर राख्नुभएको थियो, मलाई । आफ्ना सन्तानहरू र मबीच उहाँबाट कुनै किसिमको भेद … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : नाम नपाएको सम्बन्ध

~विश्वराज अधिकारी~ मेरो अन्तरङ्ग मित्र दिवाकरकी पत्नी, राधाको बारेमा मेरी छोरी ग्रीष्मालाई मैले विस्तारमा यति धेरै कुरा बताएको थिए“, उनको भद्रताको, उनको बौद्धिकताको, उनको सुन्दरताको बारेमा यति प्रशंसा गरेको थिए“ कि ग्रीष्मा पनि तयार भएकी थिइन्, राधालाई भेट्न । ग्रीष्मा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : दु:खदायी सफलता

~विश्वराज अधिकारी~ बाबुले छोरातिर हेर्दै भने– “हेर, तैंले बीएसम्म पनि पास गर्न सकिनस् । कलेजहरू च्याउझैं जताततै उम्रेको यो समयमा पनि उच्च शिक्षा हासिल गर्न सकिनस् । तर हाम्रो समयमा जब हामी कलेजका विद्यार्थी थियौं, ठूला–ठूला शहरहरूमा मात्र कलेजहरू हुन्थे … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : नेताहरूको शरीरमा मृतात्माहरू

~विश्वराज अधिकारी~ अमेरिकामा नोभेम्बर महिना शुरू हुनुको अर्थ चाडपर्वहरू आउन शुरू हुनु हो । नोभेम्बर महिनाको अन्तिम बिहीवार थैंक्स गिभिङ पर्दछ । जोड, बिजोड जस्तो वर्ष होस् हरेक वर्षको नोभेम्बर महिनाको अन्तिम बिहीवार थैंक्स गिभिङ पर्छ नै । बिहीवार हुने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : समवेदनाको मलामी

~विश्वराज अधिकारी~ मेरो एक वयोवृद्ध छिमेकीको अन्त्येष्टिमा भाग लिन म पशुपतिनाथ मन्दिरनजिक रहेको आर्यघाटमा पुगेको थिएँ । मृतकका पाँच छोराहरूसहित करिब ३० या ३५ का सङ्ख्यामा मलामीहरू उपस्थित थिए, त्यहाँ । चिता जलिरहेको थियो, अर्कोतिर मलामीहरू कुराकानी गर्दै थिए । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

Story : The Cruel Rule of Economics

~Bishwaraj Adhikari~ My friend and I were riding horse while the owner of the horse was holding the bridle and walking behind us. It wasn’t a pleasant journey for me. As a soft hearted person, I could barely tolerate the … Continue reading →

Posted in Story | Tagged | Leave a comment