Tag Archives: भाउपन्थी – Bhaupanthi

कथा : एउटा मान्छे फोसामा

~भाउपन्थी~ घटना भइसकेपछि पहिलो प्रतिक्रियामा मृतककी श्रीमतीले भनी, “उहालाई आज अफिस जाने मन थिएन ।” परिवारका अरू सदस्यले यसमा अनभिज्ञता प्रकट गरे । मृतक त्यस दिन अफिस जान मन गरेको थिएन भन्ने जनकारी उसको मृत्यु हुनुको कारणको अन्वेषणमा सहायक थिएन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सत्ताच्युत

~भाउपन्थी~ अहिले उसलाई यति नजिकबाट पनि चिन्न गाह्रो भयो । मैले उसलाई हजामको पसलबाट निस्कंदा देखेको हुं । पहिले जस्तै हजामलाई उसले घरमा बोलाउनुको साटो ऊ आंफैं हजामको पसलमा आएको छ भनेपछि ऊ सत्ताच्युत हुनुको यो पहिलो लक्षण हो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मर्यादाहीन

~भाउपन्थी~ जुम्रा मार्दै गरेकी तरुनी हाँसी। माथि काछसम्म उचालिएको धोतीले गर्दा नाङ्गिएका उसका तिघ्रामा कुनै अश्लीलता थिएन। धोती उसले जुम्रा मार्न उचालेकी थिई। यसरी नै दिनहुँ म यो बाटो हिँड्छु तर यो माग्ने तरुनीले आजै हो धोतीका जुम्रा मारेकी। हुनसक्छ, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खाडलभित्र

~भाउपन्थी~ उनीहरू आठ-दस जना एउटा राजनीतिक भोजबाट फर्किरहेका थिए । उनीहरू मस्त पनि थिए किनभने सबै कुरा उनीहरूकै अधीनमा छ । राज्य, सत्तँ र ढुकुटी । राजनीतिक भोज भनेपछि बेहिसाब भव्य नै हुने भयो । उनीहरूले भोजमा गिलास उचालेर देशको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गणतन्त्रको छोरो

~भाउपन्थी~ मुलुकमा गणतन्त्र आइसकेको छ तापनि मैले त्यस दिनलाई बिर्सिन सक्दिनँ । चारैतिर अश्रुग्याँस र टायर बालेको दुर्गन्ध अझै पनि सघन नै थियो । पहिलो कुरो, जब फुच्चेले चिच्च्याएर भन्यो, ‘साप, १४ गते गायब छ ।’ फुच्चेको जन्मदिन नै गायब … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नयाँ नेपाल ! नयाँ नेपाल !!

~भाउपन्थी~ “नयाँ नेपाल ! नयाँ नेपाल ! नयाँ नेपाल !” यस्तो सुनियो बिहानै सडकमा चिच्याउँदै हिँडेको । के रहेछ भनेर हेरेको त टाउकोमाथि डालोमा बदाम लिएर बेच्ने पो रहेछ । “आयो आयो नयाँ नेपाल !” उसले फेर िचिच्याएर भन्यो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : उदाहरणीय लघुकथासङ्ग्रह

~भाउपन्थी~ डा. रवीन्द्र समीर नेपाली लघुकथालेखनका क्षेत्रका एक परिचित र चर्चित सर्जकको नाम हो । उनका यसअघि चार वटा लघुकथासङ्ग्रह प्रकाशित छन् । डा. समीरको प्रस्तुत लघुकथासङ्ग्रह ‘अर्जुनदृष्टि’ मा पूर्वप्रकाशित तर अप्राप्य भइसकेका र नयाँ गरी १०८ वटा लघुकथा समाविष्ट … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कथा : अघोरीहरू

~भाउपन्थी~ राति कतिबेला हो, त्यो थाहा भएन। तर, त्यो एउटा मुसो पानीको बाल्टीमा खसेर मरेछ। छप्ल्यांग आवाज आएको पनि सुनिएन। सायद पानी ‘साइलेन्ट किलर’ बनिदिएछ। पानीले भरएिको बाल्टी ढाक्नुपर्ने थियो। प्रचार पनि यही गरन्िछ अर्थात् स्वास्थ्यका लागि पानी ढाकेर राख्नुपर्छ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निरावृत्त

~भाउपन्थी~ ऊ मर्निङ वाकमा निस्केको छ र एक्लै छ । ऊ एक्लै मर्निङ वाकमा निस्केको छ भने पनि हुन्थ्यो । तर भनाइको यो एउटा छोटो शैली हुने थियो र त्यसले उसको मानसिक द्वन्द्वलाई प्रतिनिधित्व गर्ने थिएन । कारण थियो, आज … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लाइफ इज ब्युटीफुल !

~भाउपन्थी~ नत्र हामी, म र मेरी श्रीमती राधा अझै निकै बेरसम्म सुत्ने थियौँ । धेरै सुत्ने र कम खाने अभ्यासमा हामी लागेका छौँ । जागिरको तलबले पूरै महिना धान्न धौधौ मात्र होइन पुग्दै नपुग्ने भइरहन्छ । त्यसैले धेरै सुत र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यात्रा जंगलभित्रभित्रै

~भाउपन्थी~ खोला पनि त्यस्तै न छन्, बगुवा बालुवाको, जति चलमलायो उतिउति भासिँदै जाने। थामिने पीँध त कता हो कता! म एकपटक त्यस्तोमा फसेको छु। कसोकसो गरेर निस्कन सफल भएँ। त्यो कुन खोलो थियो, तै नाम बिर्सेछु। तर होइन, त्यै स्याली … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : संक्रमण काल

~ भाउपन्थी ~ यो तस्बिरमा जुन मान्छे देखिइरहेको छ, यद्यपि त्यो तस्बिर यहाँ छाप्न सकिएन, त्यो मरिसकेको छ । गोपाल त्यो तस्बिर खल्तीमा राखेर हिँड्छ र उसको यो बानी भइसकेको छ, कहिलेदेखि हो त्यो भन्न सकिन्न, तर मैले उसलाई भेटेदेखि, चिनेदेखि भनौँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment