समीक्षा : विश्वेश्वरप्रसाद कोइरालाको ‘सान्नानी’ कथामा प्रजातीय अध्ययन

~राजेन्द्र गिरी~

लेखसार

प्रस्तुत आलेखमा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ‘सान्नानी’ कथामा प्रजातीय अध्ययन गरिएको छ । यो समाजशास्त्रीय सिद्धान्तको मान्यतामा आधारित अध्ययन हो । समाजशास्त्रले साहित्यको समाजसँग रहेको वा रहने सम्बन्धको खोजी गर्दै त्यसको व्याख्या विश्लेषण गर्दछ । कलासाहित्यलाई व्यक्तिगत प्रतिभा र चिन्तनको उपज मानिन्छ । ती उपजहरुले सामाजिक मूल्य र मान्यता, परम्परा, विश्वास र आस्था प्राप्त गर्दछन् । त्यसैले, साहित्य व्यक्तिद्वारा सृजना गरिए पनि ती सामाजिक अभिव्यक्तिका रुपमा देखा पर्दछन् । साहित्यको समाजशास्त्रीय सिद्धान्तका विभिन्न आधारमध्ये प्रजाति, क्षण र परिवेश रहेको छ । तसर्थ, यस लेखमा विश्वेश्वरप्रसाद कोइरालाको ‘सान्नानी’ कथामा प्रजातीय अध्ययन गरिएको छ । प्रजातीय अध्ययनका विविध आधारमध्ये सहज आनुवंशिक गुण, समान सांस्कृतिक विशेषता, जलवायु र भूगोल, खानपान र शारीरिक संरचनालाई मुख्य आधार बनाई व्याख्या विश्लेषण गरिएको छ । Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : ‘नरेन्द्र दाइ’ उपन्यासका पात्र

~कृष्णप्रसाद कोइराला~

प्राज्ञिक जगत्मा नदीको जलप्रवाहको गति झैं निरन्तर चर्चा र सम्झना भइरहने नाम हो, विश्वेश्वरप्रसाद कोइराला (१९७१ : काशी, भारत – २०३९ : काठमाण्डौं ) । नेपाली साहित्य र राजनीति दुबै क्षेत्रमा समुज्वल नक्षत्र भएर चम्किरहने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफल व्यक्तित्वका रूपमा कोइरालाको नाम अग्रपङ्क्तिमा आउ“छ । पिता कृष्णप्रसाद र माता दिव्या कोइरालाका सुपुत्रका रूपमा उनको जन्म भारत निर्वासनका बेला बनारसस्थित विश्वेश्वर गल्लीमा भएको हुनाले भगवान् विश्वनाथको प्रसाद मानेर विश्वेश्वरप्रसाद नामकरण गरिएको हो । बी.ए. बी.एल.सम्मको अध्ययन गरेका कोइरालामा प्रसिद्ध मनोचिकित्सक सिग्फण्ड फ्रायड र Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

यौनकथा : राइटरबाजे

~विश्‍वेश्‍वर प्रसाद कोइराला~

मानवसमाजबाट यति टाढा पृथ्वीको एउटा कुनामा बसेर म आफ्नो शरीरलाई यसो निहार्छु । अब यसमा, यसका रेशा-रेशामा- महारोगका कीटाणु स्याउँ-स्याउँ गर्दै रङमगिरहेका छन्‌ । यो डुँडो खोरण्डो शरीर पटपट फुद्दैछ । कतिसम्म टलपल गरिरहेको पीप, पापको घडा फुटेको जस्तै ठाउँ-ठाउँबाट बगिरहेको छ । दृष्टि पनि क्षीण हँदै आएको छ । शायद यो शरीरको अन्तिम दिन पनि हो- यो शरीरको आरक्षण जसलाई मैले एकान्त मनले राइटरबाजेलाई अर्पिएर पनि उनको एकलौटी हुन सकिनँ । धेरैको उपभोगमा यसले अविराम किसिमले आफूलाई विमुक्त गरिरह्यो ।

पाप-पुण्यको लेखाजोखा मैले गर्न जानिनँ । जसले शायद यसको बास्तविक कुरो मलाई बताउन सक्थे, तिनी अब छैनन्‌ । राइटरबाजेलाई यही हातले- जो आज डुँडो छ- धेरै पहिले सेलाइसकेको छ । हे भगवान्‌ तर भगवान्‌ पनि त मेरो विश्वास र अविश्वासको द्विधामा केही फझलक्क भएझैं केही देखिया झैं- लाग्ने हो कि होइन Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सान्नानी

~विश्‍वेश्‍वर प्रसाद कोइराला~

सृष्टिमा सबभन्दा असहाय प्राणी त्यो कृशकाय पीतवर्ण बालक हो जो एक्कासि शहरबाट चुँडिएर कुनै गाउँमा रोपिन आइपुग्छ । शहरमा जन्मेर शहरकै वातावरणमा त्यो हुर्किन्छ, तर एक दिन त्यो आफूलाई मध्यदेहातको एउटा क्षुद्र गाउँमा पाउँछ । निरीह भएर दुब्लो निर्वर्ण अनुहारमा चम्किने केवल दुई चक्षुले यो देहातको विराट् संसारलाई हेर्छ । स्थानको कत्रो फैलाव नीलो आकाशको कत्रो विस्तीर्णता । मन टुहुरो हुन्छ, घबडाहटले आमाकहाँ टाँस्सिन पुग्छ, त्यो भयभीत बालक ।

जे भए पनि शहरमा चारैतिर आधारका वस्तुहरू थिए; पर्खालहरू भित्तैभित्ता र अल्गा-अल्गा घरहरू । यहाँको यो ह्वाङ्ग खुला विराटतामा जसमा आधारका लागि केही कुरा पाइँदैन- दृष्टिसम्म कहीँ अड्किन पाउँदैन, हराइएला जस्तो भय हुन्छ । शहरका सडकमा, जसका दुवैपट्टि पर्खाल र महलजस्ता घरहरू छन्, निर्दिष्टता छ, Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिमी भेटिएपछि-२

~रीता अधिकारी ” ऋतु”~

समय गतिशील छ
अनन्त छन् चाहनाहरु
र, बदलिरहन्छ
चाहनाको तस्बिर !
जसरी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हवाईजहाज मन

~सुरेश राई~

भर्खरै भुइँ छोडेको यो जहाज
एयरपोर्टको गेटमा
भर्खर भर्खरै छुटेको
प्रियसीको न्यानो हात
म कुन पंखा हम्काई सुकाउँ यी आँसु
म कस्तो भविष्य सम्झेर हाँसु !
यो नाथे हवाई जहाजको वेग के वेग ?
यी.. म अहिलेको अहिलै मेरी आमाको छेवैमा छु
म एकै पटक मेरो घरको भान्छामा छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : यौनिक लेखनमा लहसिए लेखकहरु

~लोकनाथ भुषाल ‘घायलश्री’~

कुनै बेला थियो, जतिखेर नेपाली पाठकहरु सुवास घिसिङको ‘नीलो चोली’मा उल्लेखित यौनिक सन्दर्भ पढेर रोमान्चित हुन्थे । टेलिभिजन र मनोरन्जनका अन्य साधनहरु सर्वसुलभ नभइसकेको तीसको दशकमा प्रायः पाठकहरुको सिरानीमुनि घिसिङ र युधिर थापाका उपन्यासहरु भेटिन्थे । उनीहरुका उपन्यास पढेर प्रेरणा लिनेहरु थुप्रै पाठकहरु अहिले स्थापित स्रष्टा बनेका छन् । अहिले तिनीहरुमध्ये कतिपयले सुवास र युधिरका उपन्यासलाई तल्लोकोटिमा राख्छन्, त्यो मनोरोग बेग्लै पाटो हो । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : नास्तिक

~दीक्षा भट्ट~

यदि
ऊ तिम्रो मात्र हो भने,
मेरो कसरी हुन सक्छ ?
हामी दाजुभाइलाई लडाउने
ईश्वर कसरी हुन सक्छ ?
तिमी आस्तिक हुनु
म नास्तिक हुनु
उसको मर्जी होइन भने, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

तामाङ लोककथा : बाँदर र डासिन डोल्मो

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~

उहिले सुरुमा संसारमा मानव नै थिएन । सर्वप्रथम बुद्धले आफ्नो चमत्कारपूर्ण शक्तिद्वारा बोधिसत्त्वको रूपमा एउटा बाँदरको सृष्टि गर्नुभयो ।

सो बाँदर डाँडाको गुफामा ध्यान गरी बस्दथ्यो । बुद्धलाई यो जानकारी हुन आयो कि बाँदर शीतको थोपा मात्र खाएर बाँचेको छ । त्यसपछि बुद्धले ङासिन डोल्मा (बोधिसत्त्व तारा) लाई बाँदरको जीवनको बाँच्ने आधार के होला भन्ने बुझ्न पठाउनुभयो । डासिन डोल्माले शीतका थोपाहरूमा

मादक पदार्थ ब्रामा छरिन् । ध्यानमा बसेका बाँदरलाई शीतका थोपामा कसैले ब्रामा मिसाइदिएको थाहा भएन Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कविता : यस रातलाई सोरेर मुछिदिएँ मैले तिम्रो केशमा

~वासु शशी~Basu Sashi

यस रातलाई सोरेर मुछिदिएँ मैले तिम्रो केशमा
र एउटा यस्तो क्षण उत्पन्न भयो
जब तिमी तिमी रहिनौ, म म रहिनँ
ती म र तिमीको एउटा हामी बन्यो
हामी अर्थात् एउटा आजु जिन्दगीको तेलकासामा
हामी अर्थात् एउटा बिहान पर्वत र आकाशका बीचमा

साउनले एक वर्षा पानीजस्तै
मैले अलिकति आफू तिमीलाई दिएँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो रात, मेरा सपनाहरूबाट

~वासु शशी~Basu Sashi

मेरो रात, मेरा सपनाहरूबाट
मुक्ति देऊ मलाई !
म केवल सुत्नलाई पल्टेको हुँ
लछार पछार नगर निद्राभित्र मलाई !
म कुनै शिकार खेल्दिनँ
यस वापलाई हटाइदेऊ !

सित्तै गए जाउन मेरो आँखाहरू
निभाइदेऊ यो क्यै देखानपार्ने बत्तीलाई ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटी वेश्ये चाहिनेजस्तो यो रात

~वासु शशी~Basu Sashi

एउटी वेश्ये चाहिने जस्तो यो रात,
बुद्धले घर छाड्दाकोजस्तो यो रात
मलाई के हेर्नु छ र मैले यो बत्ती बालिराखेको छु
यो कोही एक्कासि चिच्याएर ल्याउला जस्तो रात
यो कसैले घाँटी थिच्न आउला जस्तो रात

आत्महत्या मानिसहरू यस्तै रातमा गर्दा हुन
यो मरीचको पीरोजस्तो रात, Continue reading →

Posted in कविता | Tagged | 1 Comment

तामाङ लोककथा : याक र तामाङ थर

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~

धेरै पहिले तामाङ पुर्खा दोङ छेन्पो थिए । उनका पाँच वटी स्वास्नीहरू थिए । यिनै स्वास्नीहरूबाट उनका अठार जना छोराहरू भए । यिनै छोराहरू विभिन्न दिशामा छरिएर बसे । केही कालपछि उनले आफ्ना मान्छेहरू छोराहरूलाई भेट्न पठाए । भेटेपछि “बुबाले तपाईँलाई के थर दिनुभएको थियो” भनी सोधे । यसरी भेट्दा कसैले पनि आफ्नो थर, नाम बताउन सकेनन् । त्यसपछि उनीहरू बुबा दोङ छेन्पो समक्ष उपस्थित भएर आ-आफ्नो थर सोधे ।

उनले केहि बताएनन् । तर भर्खरै जङ्गलबाट मारेर ल्याई काटिएको याकको अङ्गप्रत्यङ्गमध्ये कुनै एक Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

ऐतिहासिक तामाङ लोककथा : गोसाइँकुण्डको उत्पत्ति

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~

उहिलेको कुरा हो । महादेउ र छोना दुई दाजुभाइ थिए । दाजुको नाम छोना (भैरव) र भाइको नाम महादेउ (महादेव) थियो । दुवै जना रहनबस्नका लागि मात्र नभई तप गर्न योग्य जमिन खोज्दै भारत (ग्यागर) बाट हिमाली क्षेत्र (बोई) तिर हिँडे । उनीहरू काठमाडौँ (याम्बु) आइपुगे । त्यसपछि साँढेको रूप धारण गरेर उनीहरू नमोबुद्ध (तामोलोजेन) पुगे । पाँचपोखरी (ङाग्योई) पुगे । आफूले खोजे जस्तो बस्ती नपाएकाले उनीहरू पश्चिम नुवाकोटतिर लागे र बेत्रावती पुगे | नदीमा आफूले बोकेर ल्याएको त्रिशूल चढाए । यसै कारण सो नदीको नाम त्रिशूली रह्यो । त्यसपछि उनीहरू रसुवाको भार्ख भन्ने ठाउँमा पुगे । त्यहाँ उनीहरूले खोजे जस्तो नभए पनि ठिकै स्थान पाएकाले एउटा पोखरी बनाई बसे । गाईवस्तु, मानव र कुकुरहरूको कारण उनीहरूले निर्माण गरेको कुण्ड शुद्ध भएन। Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कविता : खोज्दा खोज्दा मैले यो बिर्सेँ

~वासु शशी~Basu Sashi

खोज्दा खोज्दै मैले यो बिर्से
कि म के खोजिरहेको छु –
मलाई बत्तीहरू देऊ
मैले आफ्नो स्मृतिलाई देख्नु छ
आफूलाई हेर्नु छ
र यस रातलाई उज्यालो पार्न छ !

जो पाइएन त्यसले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो निमित्त यो संसार ठूलो छ

~वासु शशी~Basu Sashi

मेरो निमित्त यो संसार ठूलो छ
त्यसैले म एउटा घर बनाउँछु ।
यो सानो शरीरले
यत्रो विशालतालाई कसरी सहोस ।
यो एउटा मनले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अवतार

~प्रकाश सायमी~Prakash Sayami

कुनै दिन तिमी मुसा थियौ,
त्यो पहिलो सत्य थियो
पछि तिमीले मुसाको मासु खान बिरालो भयौ …
स्वभावैले तिमीलाई बिरालो भन्दा शक्तिशाली बन्नु थियो
तिमीले रूप फेरेर कुकुर भयौ …
कुकुर भएर तिमीले दासता बाहेक केही स्वीकारेनौ
फेरि तिमीले रूप परिवर्तन गर्यौ
तिमीलाई कुकुर भन्दा बलियो बन्नु थियो
तिमीले अवतार परिवर्तन गरेर बाघ भयौ ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

ऐतिहासिक तामाङ लोककथा : कोको राजा र चोखो फूल

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~

उहिले कोको नामक एक तामाङ राजा थिए । उनी बुद्ध धर्मावलम्बी थिए । त्यसैले हरेक साँझ-बिहान आफ्ना आराध्य त्रिदेवका सामु चोखो पानी चढाई धुप-बत्तीहरू बाल्दथे । तर आफूले चढाएको पानी माछाले बिटुलो पारेको ठानेर दुखी हुन्थे । उनी सधैँ आफ्ना त्रिदेवलाई चढाउने वस्तु अत्यन्त पवित्र होस् भनेर सोच्दथे ।

मन्त्रीहरूले पनि सैनिकहरूलाई डफ्फा बनाएर खोज्न पठाउँथे र राजाले भने जस्तो पवित्र होस् भनी आदेश दिन्थे । अनि दरबारमा बैठक बसाएर आफ्ना कुरा मन्त्रीहरू र भाइभारदार सामु राख्थे । तर राजाले भने जस्तो पवित्र वस्तु उनीहरूले पाउन सकेनन् । त्यसको कारण राजा चिन्तन गर्न थाले । बिस्तारै-बिस्तारै दुब्लाउँदै गए । तैपनि आफ्ना त्रिदेवको आराधना र ध्यान गर्दै रहे । ऐतिहासिक तामाङ लोककथा Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

गीत : रानी तलाउ किनारा

~रवीन्द्र शाह~Rabindra Shah

रानी तलाउ किनारा
चम्की रहेथ्यो नील नभमा सितारा
रानी तलाउ किनारा
चम्की रहेथ्यो नील नभमा सितारा
रानी तलाउ किनारा

पन्छी ती जोडी मिलेर, घुम्दै थिए चमनमा
पन्छी ती जोडी मिलेर, घुम्दै थिए चमनमा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : ई सलाईका काँटीहरू

~प्रकाश सायमी~Prakash Sayami

बट्टामा थुनिएर
अँध्यारोमा लुकेर
लामबद्ध भएर
सलाम पर्खेर
कैद यातना सहेर बसेका
एउटै वेशमा
एउटै देशमा
एउटै मुद्रामा
एउटै मुद्दामा
सैन्यशक्ति जस्तै तथस्थ भएर बसेका Continue reading →

Posted in कविता | Tagged | Leave a comment

युगल गीत : एक फेर हाँसेर बोलिदिए पो

~रवीन्द्र शाह~Rabindra Shah

केटा- एक फेर हाँसेर बोलिदिए पो
यो दिल दिनेछु राखिदिए पो
केटी- म त तिम्रै हुँ नि किन रोएको
छातीमुनि तिम्रै तस्वीर लुकाइराखेको

केटा- कोइलीको मीठो बोली सुनिदेऊ आज
एकैफेर चिम्लिदेऊ नजरको लाज Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : कुनै एउटा यस्तो दिन

~प्रकाश सायमी~Prakash Sayami

घामसँग बोलेर हामी कविता पढ्दैछौँ
घामसँग खेलेर हामी कविता लेख्दैछौँ
घामसँग हिँड्दै हामी कविता बाँच्दैछौँ
घामसँग
हाम्रो साइनो छ,
कविताको ।

घाम पर्खालमाथि चढ्छ, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यो फूलसँग सम्पर्क एकपल्ट राखे पुग्ने

~वासु शशी~Basu Sashi

यो फूलसँग सम्पर्क एकपल्ट राखे पुग्ने
अधिकार छ भने देऊ
पृथ्वीका प्रत्येक भविष्यलाई
म सपनाबाट औंलाहरूमा उतारिदिनेछु
त्यसपछि न कुनै धोबी हुनेछ न अग्नि परीक्षा
र स्वास्नीमान्छेले लगाएका आलिङ्गनका चूरी
हिरोशिमाहरूमा गएर फुटने छैनन्, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म यस रातलाई कोठाभित्र थुनेर राख्न सक्तिनँ

~वासु शशी~Basu Sashi

म यस रातलाई कोठाभित्र थुनेर राख्न सक्तिनँ
यस टेबुललाई जस्तै, यी बालबच्चालाई जस्तै
यो अवश्य धरतीमा हराएर जानेछ,
मभित्र सुकेर जानेछ ।

चाहे म झलमल्ल उज्यालो पारेर राखूँ
चाहे चिम्झिरहूँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : कुखुरा बास्यो बिहानी हाँस्यो

~रवीन्द्र शाह~Rabindra Shah

कुखुरा बास्यो बिहानी हाँस्यो
फेरि प्रीति लाउँछ्यौ कि लाउँदिनौ ?
फूल फुल्यो बासना चल्यो
फेरि माया आउँछ्यौ कि आउँदिनौ ?

लेक बेँसी ढाकिहाल्यो लहराले आज Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : तिमी हाँसे

~विजय मल्ल~

प्रिये, त्यो दिन सम्झँदा
तिमी नै यस खोलाको तरंगबाट लहरिँदै आउँछ्यौ।

अहिले चीसो हावाले कानमा सरसराएर भनेको
तिमीले बोलेजस्तो लाग्छ ।
पर्वतको अविच्छिन्न मालालाई हेरेर
विस्मयलाई अँगालेजस्तो हात बाँधेर
भनेकी थियौ – यसको पार पाइन्छ ?
मैले भनेथेँ-पाइन्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीलाई देखेको समय

~प्रकाश सायमी~Prakash Sayami

तिमीलाई देखेको समय
मभित्र मौन उज्यालो खस्छ
अथाह वेग लिएर
तिमी समक्ष मेरो सामुद्रिक मनले
कविताको
भूगोल बनाउँछ
यत्र तत्र ।

चूपचाप तिमी कतै
चूपचाप म कतै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पीडा

~भुवन ढुङ्गाना~

आत्मबोधको पीडाले
अचेत
एक मध्याह्रनमा
पीडा
म तिमीसँगै सुतेकी थिएँ
कतै लाग्यो
पीडा खुर्केर
बोक्रा ताछेर
पहेँला आलुसरह Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : च्याटको मान्छे

~सन्ध्या आचार्य~

“जीवन साँच्चिकै गहिरो छ नि हौ!” अलिक नोस्टल्जिक बन्दै उसले लेखिपठाई यता ।

“आऽऽऽ, आफ्नो बुताअनुसार डुब्दा भैहाल्यो त !’

म लेखिदिन्छु, – ‘जत्तिसम्म पौडन सकिन्छ उत्ति पौढिने नि’, पनि थपिदिन्छु ।

“म केही हदसम्म उसको अतितसँग परिचित छु नि त ।’- भनिरही।

“को हो उ ?”- मैले सोधेको ! Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

 निबन्ध : सन्काहा युवा 

~अन्वेश राई थुलुङ्ग~

 आज ऊ बिच्केको छ । मैले उसको हात समातेर रोक्न धेरै प्रयास गरेँ । तर आफ्नै मनसँग असहमत रहने एउटा मानिसको प्रयास सिर्फ प्रयास मात्र होला, मैले उसलाई मनाउन सकिन । मेरो प्रयासले ऊ अझ आन्दोलित भएर निस्कियो । अझ उग्र भएर निस्कियो । कहिलेकाँही प्रयास भनेको सिर्फ प्रयास मात्र हुन्छन् भन्ने कुरालाई मैले फेरी बुझ्न पर्ने भयो । म प्रयास गर्न गएको थिएँ । र, म प्रश्नमा गएर अडिएको छु । थाहा छैन यो प्रश्न के हो, सुरुवात कि अन्त्य ? ‘‘म उसलाई रोक्न किन प्रयास गरिरहेको थिएँ ?’’ मेरो मनोभावमा उठेको यो ज्वार एकदमै अग्लो छ एकदमै सुनामी । Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : नयाँ युग

~मनोज न्यौपाने~

सन् ४०५६ ईर्वाइन

”अहो ! कस्तो गर्मी भएको त ? पोहोर त यती धेरै गर्मी भएको जस्तो लाग्दैनथ्यो भन्या ।” दुईजना बसिरहेका थिए कंक्रिटले बनेको प्रतिक्षालयमा । तिनै दुईजना मध्ये एउटाको आवाज थियो त्यो । अर्को एकजना नबोलेरै पर सहरतिर हेर्दै टोलाइरहेको थियो । “आज त १४७ डिग्री नै पुगेछ क्यारे ”, फेरी पहिलो नै बोल्यो, आफ्नो देब्रे हाततिर हेर्दै । दोस्रो व्यक्ति अझैपनि केही प्रतिक्रिया नजनाएरै सहरतिर हेरेरै बसैको छ । उसले के सोच्दै छ, अर्को व्यक्तिलाई थाहा छैन । उसलाई पर्वाह पनि छैन, बस् ऊ आफैं बोलिरहेको छ । उसलाई लागिरहेको हुँदो हो दोस्रो व्यक्ति उसको सबै कुरा सुनिरहेको छ । ऊ फलाक्न थाल्छ फेरी, “साँच्चै ! Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : आधुनिक नेपाली कविता र कवि : एक चर्चा

~शरद प्रधान~

आधुनिक नेपाली कवितालाई सर्वेक्षण गर्दा यसको इतिहास विस्तृत पाउँदैनौं । तर यस लेखको उद्देश्य आधुनिक नेपाली काव्यको इतिहासलाई केलाउनु होइन आधुनिक नेपाली कवि र उनीहरुको काव्य प्रवृतिलाई चर्चा गर्नु हो । चर्चा गर्नु पूर्व म आधुनिकताको परिचय दिन चाहन्छु । आधुनिकता व्यापक अर्थमा आर्थिक, सामाजिक राजनैतिक र नैतिक स्थितिमा परिवर्तन आउनु हो। तर आधुनिक कविताको अर्थ हुन्छ परम्परागत रुढी र संस्कारहरूलाई तिलाञ्जलि दिएर नयाँ मूल्यहरूको स्थापना गर्नु हो । स्वचेतनता. बौद्धिकता, वैज्ञानिकता, धर्मनिरपेक्षता अनिभाषिक सृजनात्मकतामा विशेषता दिनु आधुनिक कविताको मूल तत्व हो, जसको प्रभावले अमूर्तता र परिमित कथनको विकाश हुन्छ । बद्लँदो परिवेशका जटिल अनुभूतिहरू, नयाँ यांत्रिक सभ्यताको संग्राममा विच्छिन्न भएका सामाजिक, आर्थिक र राजनैतिक मूल्यहरूको विरुद्ध ठोस अभिव्यत्ति, दिनु आधुनिक कविताको प्राप्ति हो । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment