महाकाव्य : भानुभक्त रामायण : अयोध्या काण्ड

~भानुभक्त आचार्य~

(१) बाल काण्ड
(२) अयोध्या काण्ड
(३) अरण्य काण्ड
(४) किष्किन्धा काण्ड
(५) सुन्दर काण्ड
(६) युद्ध काण्ड
(७) उत्तर काण्ड


अयोध्या काण्ड


एकान्त स्थलमा सितापति थिया सीता हजुर्मा रही।

हात्मा चामर ली प्रभू कन तहाँ हाँक्थिन् समीप्मा गई॥

आकाश्मार्ग गरी बहुत् खुसि हुँदै नारद्जि ताहीं गया।

नारद्जी कन दण्डवत् गरि तहाँ राम्जी बहुत् खुस् भया॥1॥ Continue reading →

Posted in महाकाव्य | Tagged , | Leave a comment

महाकाव्य : भानुभक्त रामायण : बाल काण्ड

~भानुभक्त आचार्य~

(१) बाल काण्ड
(२) अयोध्या काण्ड
(३) अरण्य काण्ड
(४) किष्किन्धा काण्ड
(५) सुन्दर काण्ड
(६) युद्ध काण्ड
(७) उत्तर काण्ड


बाल काण्ड


एक् दिन् नारद सत्यलोक् पुगि गया, लोक्को गरूँ हित् भनी।

ब्रह्मा ताहिं थिया पर्या चरणमा, खूसी गराया पनी॥

क्या सोध्छौ तिमि सोध भन्छु म भनी ,मर्जी भयेथ्यो जसै।

ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती गर्या यो तसै॥1॥ Continue reading →

Posted in महाकाव्य | Tagged , | Leave a comment

युगल गीत : आँखैमा कसैको तस्बिर बसेछ

~नीर शाह~Neer Shah

केटी :
आँखैमा कसैको तस्बिर बसेछ x2

केटा
तस्बिर बनेकोछ मायाको नमेटिने रङ्गले

केटी
यो मन त कसैको रूपमा फसेछ

केटा
यो मन त कसैको रूपमा फसेछ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बिर्सूँ तर भन, बिर्सूँ कसरी ?

~प्रेमराजेश्वरी थापा~

बिर्सूँ तर भन, बिर्सूँ कसरी ?
जीवन सानो नियम पुरानो
लघु, महानका प्रतिनिधि मानो
पाउनै निम्ति त पुग्न सकेन
अनि यस लघुले छोडूँ कसरी?
बिर्सूँ तर भन, बिर्सूँ कसरी ?

छुनुमा पनि जब कोहि नआयो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लेख : अनुसन्धान तथा प्रतिवेदन लेखन संक्षीप्तमा

अनुसन्धान, अनुसन्धाता र निर्देशक

  • अनुसन्धान, गवेषणा, शोध, अन्वेषण, खोज, खोजी सबै शब्द उस्तै अर्थमा प्रयोग भइरहेका हुन्छन् ।
  • ज्ञान आर्जनका पाँच प्रक्रिया (अनुभव, आप्तवाक्य, निगमन,आगमन र अनुसन्धान) मा पछिल्लो चाहिँ सर्वोत्तम हो ।
  • अनुसन्धानलाई विषय (भाषा,साहित्य,दर्शन,विज्ञान,आदि) समय ऐतिहासिक,समसामयक), अनुसन्धाता (एकल, सामूहिक), स्थल (पुस्तक, प्रयोगशाला, क्षेत्र), तर्कपद्धति (निगमन, आगमन), लक्ष्य (सैद्धान्तिक, प्रायोगिक) र प्रयोजन (उपाधि, परियोजना), आदि विभिन्न आधारमा वर्गीकरण गर्न सकिन्छ ।
  • अनुसन्धातामा केही विशेष गुण छन् । तिनीहरुमा प्रमुख हुन् – आवश्यक अध्ययन र प्रशिक्षण, सत्यान्वेषणको प्रवृत्ति, चिन्तन, पूर्वाग्रहको अभाव, वस्तुनिष्ठता, धैर्य, इमान्दारी, कर्तव्यबोध र गुरुपरम्पराप्रतिको निष्ठा ।
  • असल निर्देशकका पनि केही विशेष गुण छन् । ती हुन – सिकारुहरुप्रति सामन्जस्य र सहयोगी भावना, नियमित र योजनाबद्ध निर्देशन, रचनात्मक प्रोत्साहन, नवीनतम् जानकारी दिने र नवप्रवर्तनप्रति रुची राख्ने ।

Continue reading →

Posted in लेख | Tagged | Leave a comment

गीत : यसरी कोही रिसाउँदैन जसरी तिमी रिसाउँछौ

~मिलन शाह~

ओड्लेई युड्लेई युड्लेई युड्लेई ओड्लेई
ओड्लेई युड्लेई युड्लेई युड्लेई ओड्लेई

यसरी कोही रिसाउँदैन
जसरी तिमी रिसाउँछौ
बोल्दा पनि नबोल्ने के भो है मेरी मायालुलाई ।।

ओड्लेई युड्लेई युड्लेई युड्लेई युड्लेई

ल भै’गो दुई हात जोड्छु मेरो गल्ती भो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

ईतिहास : किरातकालीन कला

~मुकेश मल्ल~

नेपालको किरातकालीन कला किंवदन्तीका आधारमा स्थापित भएको देखिन्छ। किरातकालीन भनिएको एउटै कलाको पनि कलाविद्ले झन्डै ५–६ सय वर्षको अन्तरमा विभाजित गरी व्याख्या विश्लेषण गरिदिँदा कहिलेकाहीँ यसले अन्योल पनि कायम गरेको छ। संस्कृतविद् सत्यमोहन जोशीले युनानी वा गान्धारको प्रभावको प्रसंग निकाल्दै आर्यघाटको ब्रह्मनालनजिकै रहेको विरूपाक्षको मूर्तिलाई इसापूर्वको उल्लेख गरेका छन्। त्यस्तै, कलाविद् लैनसिंह वाङदेल र डा. पालले यसलाई इसाको चौथो वा छैटौँ कालको हो उल्लेख गरेका छन्, यसबाट यथेष्ट मात्रामा अन्योल थपिएको छ। Continue reading →

Posted in ईतिहास | Tagged | Leave a comment

नाटक : लिभिङ टुगेदर

~प्रवीण पुमा~

रोहोमा र मुवाहाङले लिभिङटुगेदरमा बस्थ्यो । केही वर्षपछि मुवाहाङ बेखबर भयो । रोहोमाले मुवाहाङलाई खोज्यो, तर भेटिएन । रोहोमा एक्लै भइन । पछि रोहोमाले बच्चा जन्माइन् । रोहोमाले मुवाहाङसँगको नाता प्रमाणको लागि धेरै प्रयास गरिन् । तर सफल भइनन् । उनी बेसाहारा भइन् । तर मुवाहाङ फर्किएर आयो । रोहोमाले मुवाहाङलाई मार्नु खाज्यो तर छिमितमाले बचाइन् । पछि बुभ्mदा रोहोमा र मुवाहाङको बाउ एउटै भएको थाहा पाएपछि मुवाहाङ गायव भएको तथ्य खुल्यो । सबैजना अचम्मै भयो ।

पात्रहरु

१. रोहोमा : मुवाहाङको प्रेमीका
२. छिमीतमा : रोहोमाको साथी
३. मुवाहाङ : रोहोमाको प्रेमी
४. योङमा : रोहोमाको आमा
५. प्रिन्सिपल : कलेजको प्रिन्सिपल
६. पियन : कलेजको स्टाफ
७. याङमी : मुवाहाङको आमा
८. भ्mयाङगो : मुवाहाङको छुवा
९. नाकपमा : वकिल
१०. बच्चा : रोहोमा र मुवाहाङको बच्चा ।

दृश्य : पहिलो
स्थान : रोहोमाको कोठा
समय : साँझ
पात्रहरू : रोहोमा र मुवाहाङ Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

गीत : कवि अली मियाँ

~हेमराज पहारी~

लेख्छन् गीत झुपडीमा पिउँदै कालो चिया
विरह र वेदनाका कवि अलिमियाँ ।

सुन्छौं हामी जब उनको अश्रुपूर्ण गाथा
धुरु–धुरु रुन थाल्छ मनको सगरमाथा
यो मन हुन्छ आकुल–व्याकुल छाती छिया छिया
मन फकाउन सिपालु छन् कवि अलिमियाँ । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : परिभाषा

~प्रकाश सायमी~Prakash Sayami

धेरै कुरा बद्लिएको छ
यो मानवशालामा ।
नबद्लिएको एउटा कुरा छ यो
त्यो हो परिभाषा ।

परिभाषा,
सबैका दुइटा भएको छ ।
नयाँ र पुरानो ।
दरबार नयाँ
सडक नयाँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नेवारी कविता : छन्त लुमंका

~अलका मल्ल~

नुगःया दुघालय्
छ वया सिचुका बिल
हिउगु लनिला मखु, अयनं
छ वया तिवः बिल

छम्ह मतिनामी यल नुगःया
नुगःया झ्यातु क्वबिया वनी
गुबलें जुई वयंथें
गुबलें मिखाँ ख्वबि लःल धाई Continue reading →

Posted in नेवारी कविता | Tagged | Leave a comment

कविता : मैनबत्ति

~नबिन कार्की~

चिरेर निष्पट्ट अँध्यारो,
बोकेर छाँयाहरूको लस्कर
पोखिन्छ एउटा आकृति,
भित्ताभरी,
भुइँभरी । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : American River

~Kuma Raj Subedi~

Dried debris washed onshore
contrasts to playful life in the water
with the seagulls, black swans and green herons.

The first sailors called it a river
but it is rich with sea life,
gentle breeze creates
sonorous calming whistles,
none could escape the sailors Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कविता : माया बैगुनी

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

जतनले राखेको थिएँ पोल्टामा ।
हेर्दा हेर्दै खसेछ खाल्टोमा ।
माया बैगुनी
साऊने माझेरीमा
रुझ्दै रुझ्दै मर्‍यौ नि खोल्सिमा

एकबारको जनममा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मात्र एक प्रश्नै “प्रश्न” आमा

~लक्ष्मी बिष्ट~

सुन्न सक्छौ भने सुन
किन यति छिट्टै
बनायौं छट्टुै संसार किन
यो विरानो धर्तीमा
अल्झिने बनाई गयौं किन
के नै थियो र
आखिर गल्ती मेरो भन
दुई दिनको घाम छाँया Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो जन्मदिन

~रितिक दास~

मध्यरात थियो
चारैतिर सुनसान थियो,
आमाको आँखाभरी पिडाका आँसु
अनि ओठमा मन्द मुस्कान थियो,
किनकी हातमा ईश्वरको उपहार
अनि परिवारभरी हर्षोंउल्लास थियो,
त्यो रात! त्यो समय!
मेरो जन्मदिन थियो ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाको तस्वीर

~प्रकाश सायमी~Prakash Sayami

झोलामा बोकेर आएका थिए
उनीहरूले आफ्नो आँखाको तस्वीर ।
दरबार पस्नु अगि नै झोला खोसियो द्वारमै ।
के के थिए झोलामा
के के हराए झोलाबाट
उनीहरू आफैँ अल्मलिए ।

झोला खोज्दाखोज्दै बितेको रात Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : च्यात्न देऊ मलाई तिम्रो लालमोहर

~बुद्ध सायमी~
अनुवाद: इन्द्र माली

आफ्नो बाबुको मृत्युमा प्रफुल्लित हुन
म राजकुमार होइन ।

हो, म असन्तुष्ट
धुवाँले भरिएको मेरो कोठासित
हो, ममा विद्रोह छ
देखेर पनि नदेखे जस्तै गरी
गुपचुप बस्ने प्रवृत्तिसित ।

बलात्कारका पीडा
वा लसपसका स्वीकारात्मक चिह्न
मेरी आमाको म ! Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : बुद्धको ज्ञान

~श्रेया चौधरी~

हत्या, हिंसा र अहिंसालाई त्यागेर
सत्यको मार्गमा हिड्न सिकाउने
हे बुद्ध तिमी नेपालमा जन्मेकोमा गर्व छ।

तिम्रै काममा तिम्रो शिष्य हुन नपाएनि
आज तिम्रो सामिप्यले मन रमाएको छ
शान्त नेपालको पवित्र धर्तीमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो बूढा र म

~दीपक लोहनी~

तिम्रो बूढा मेरो घर आउँदै थिए ।
मैले झट्पट तिमीलाई थाहा दिएँ ।
तिमीले भन्यौ –
“मैले दिएका सम्पूर्ण उपहारहरू लुकाउ ।”
मैले तिमीलाई अप्ठ्यारोमा पार्नु थिएन । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

स्रस्टा वैयक्तिक विवरण : पोषण पाण्डे

पोषण पाण्डे


नाम – पोषणप्रसाद पाण्डे
जन्म – वि.सं. १९८९, माघ १ गते, इन्द्रचोक, काठमाडौँ,
निधन – वि.सं. २०४८, बैशाख ७ गते, काठमाडौँ,
सेवा – बिद्युत प्राधिकरण, शिक्षा – स्नातक,
विधा – कविता / कथा, अन्य

संलग्नता – Continue reading →

Posted in स्रस्टा वैयक्तिक विवरण | Tagged , | Leave a comment

लघुकथा : स्वतन्त्रता

~धर्म सापकोटा राजु~

राती १० बजेसम्म पनि छोरा घर नफर्केपछि कमलालाई मनमा भित्र डर लाग्न थाल्यो । डराउदै लोग्नेलाई भनि -“हेर्नुस न दश बजिसक्यो छोरा अझै आएन । कहॉं गएहोला आज यतिबेलासम्म ?”

“ह्या तिमी पनि के नचाहिने कुरा गर्या ? आज भ्यालेन्टाईन डे थाहा छैन ? बाहिर रमाईलो गर्दै होला नि साथीहरुसँग एकैछिनमा आईहाल्छ नि । ‘डन्ट वरी’” लोग्नेले खासै वास्ता गरेन ।

आमाको मन के मान्थ्यो ? एकचोटी बरन्डामा पुगी । टाढा सम्म हेरी कोही आउदै छ कि भनेर अनि फेरी आएर Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जुक्ति

~प्रभादेवी पौडेल~

समिर पढ्न भनी गाउँ छाडेर सहर गएको थियो। उसले बाबा आमाको काख नछाडेकोले एक्लो अनुभूत गरेको थियो। उ हेर्दा सुन्दर देखिन्थ्यो र चलाख पनि थियो। तर केटीहरू गाउँबाट झरेको भनेपछि उसलाई त्यती वास्ता गर्दैनथे।

प्राय जसो साथीहरू जोडी मिलाएर हिड्थे समयको परिवर्तनसंगै उसमा पनि केटीहरू प्रति आकर्षण बढ्दै गयो। उसले पनि एकतर्फी पाराले कसैलाई मन पराउॅथ्यो। माघ महिना जाडोको समय सबै घाम तापेर बसिरहेको बेलामा उसले आफ्नो जन्म दिन भनेर कक्षाका साथीहरूलाई लड्डू र चकलेट बाँड्यो।सबैले शुभकामना दिए । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

अनुदित उपन्यास : अक्लान्त कौरव

~महाश्वेता देवी~
नेपाली अनुवाद : इस्माली

अक्लान्त कौरवकी रचयिता महाश्वेता देवी भारतीय बँगाली साहित्यकी महानायिका हुन् । बँगाली साहित्यमा रवीन्द्रनाथभन्दा भिन्न प्रवृत्ति समाजवादी यथार्थवादी आख्यानका क्षेत्रमा उनको मूर्धन्य स्थान छ । १४ जनवरी १९२६ मा अंग्रेज उपनिवेश कालमा हालको बंगलादेश ढाकामा जन्मेकी महाश्वेताका ८ वटाभन्दा बढी उपन्यास बंगाली र हिन्दी भाषामा प्रकाशित छन् । उनका पिता मनिष घटक आफै पनि प्रसिद्ध कवि तथा उपन्यासकार थिए भने आमा धरित्री देवी पनि लेखक तथा समाजसेवी थिइन । उनको प्रारम्भिक शिक्षा ढाकामै भएको भएपनि पश्चिम बँगाल बसाइँ सरेपछि त्यहाँको मिशन कन्या स्कुल र महात्मा गान्धीको शान्ति निकेतन स्कूलमा थप अध्ययन भयो । महाश्वेता देवीको मृत्यु २८ जुलाई २०१६ भयो । Continue reading →

Posted in अनुदित उपन्यास, नेपाली उपन्यास | Tagged , , | Leave a comment

कविता : बुधनीको पसल

~गण्डकीपुत्र~

जीबनजस्तै भारि छ
टाउकाको ढाकी
निधारमा उम्रिएको छ सीम
अनुहारमा देखिन्न पीडाका छायाँहरु
मानौ बुद्धत्व प्राप्त गरेकी छ उसले
ढाकी टाउकोमा लिए पछी |

यहि ढाकीमा अटाएको छ
चाडबाड आए जस्ता परिबारका खुशीहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : नजन्मेको छोरो

~उपेन्द्र सुब्बा~Upendra Subba_1

‘काँठे हो ! मेरो छोरा त ठूलो भइसक्या रै‘छ रे ! बाह्र-तेह्र वर्षको । नाक मुख त ढ्याक्कै मेरै फोटोकपी ।‘ म सानो छदाँ यस्तै देखिन्थे हुँला ।

मुल खम्वानेर उभेको छोराले बोलायो- ‘बुवा आउनू । हातखुट्टा नकमाइ- नडराई आउनू ।‘

म चुल्हानेर हुँदा चुल्हामाथि झुण्डेको फुर्लङमा चढेर छोराले भन्यो -‘मेरो पछि पछि आउनू है ।‘

कसरी चड्ने होला फुर्लुङ ? सोच्दै थिए । छोराले माथिबाट लिस्नु झारी दियो । लिस्नुको खापा उल्टोतिर फर्केको थियो ।

कसो कसो गरेर हामी बाउ- छोरा फुर्लुङ झुण्डेको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

खोजपत्र : देउडा लोकगीत: एक विवेचना

~नारायणप्रसाद तिमिल्सेना~

देउडा लोकगीतको परिचय

मूलत: मध्यपश्चिम तथा सुदूरपश्चिमका केही जिल्लाहरूमा प्रचलित लोकगीतको एउटा स्वरूपलाई देउडा लोकगीत भनिन्छ । नेपाली लोकगीतजगत्मा नेपाली भाषाको आदिकालदेखि होस या मानवले सामाजिक प्राणीको मान्यता पाएदेखि,अझै भन्नुपर्दा लेख्य साहित्यको बीजारोपणपूर्वदेखि नै आफ्नो अस्तित्व र वर्चस्व कायम गर्दै आएको देउडा लोकगीतले कर्णाली प्रदेशको लोकजनजीवनको सेरोफेरोमा महत्त्वपूर्ण स्थान ओगटेको पाइन्छ ।

कुसुम कोपिलाले देउडाको परिचयका क्रममा व्यक्त यी भनाइले देउडाको वास्तविक स्वरूपको परिचय गराउँछ डयौडाको अर्थ एकातिर दोहोरी भन्ने लगाइन्छ भने अर्कोतिर घुम्ने प्रक्रिया भन्नेलगाइन्छ, ड्यौडाको शाब्दिक अर्थ घुमाउरो (दोहोरो) नै हो। अहिले आएर देउडा लोकगीत विशाल स्वरूपमा फैलिएको पाइन्छ । उठेर गाइने गीतदेखि डाँडापाखा, रोदी, रत्यौली, मेलापर्व आदिमा यसले आफ्नो स्वरूपलाई फैलाएको छ । Continue reading →

Posted in खोजपत्र | Tagged | Leave a comment

कविता : जिन्दगीहरु

~मधुराज केरुङ~

अक्करे भिरमाथि
मुस्किलले जीवनयात्रा खोजिरहेको
बनलहराजस्तै
या पत्थरहरू फुटाएर
जर्बजस्त उम्रिरहेको पीपलको रुखजस्तै
म त संघर्षको महामैदानमा निस्किएको छु ।
अझै अनवरत बगिदिन्छु
अरुण, तमोरझैँ झन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

खोजपत्र : तमोर खोलाका मिथकहरू

~मधुराज केरुङ~

१. परिचय

ताम्वा खोलाको खस नेपाली नाम तमोर खोला हो । लिम्बू भाषामा ताम्वा भनेको फराकिलो भनिएको हो । यसलाई मुन्धुमी भाषामा इम्बिरी याङधाङवा भनिन्छ । मुन्धुम अनुसार उहिले उहिले सर्वशक्तिमान इश्वरले यो पृथ्वी सुन्दर देखियोस् भनेर आकासमा जूनतारा टाँस्नुभो, पहाडपर्वत, पशुपंक्षि र देउरालीहरू बनाउनु भो । पृथ्वीलाई सुहाओस् भनेर विभिन्न प्रजातिका रङ्गिविरङ्गि फूलहरू रोप्नु भो, तामोर नदी र काबेली, मेवा र मैवा नदीहरू, फेङवा, फेमे आप्ताङवा, तिदाङवा नावा र निबु खोलाहरू बनाउनु भो । मुन्धुममा भनिएको छ :

ए– थो : ताम्वामु चोगु काङवामु चोगु

मेवामा यङघङ मैवामा यङघङ

यो – हेवामु चोगु फेमेमु चोगु Continue reading →

Posted in खोजपत्र | Tagged | Leave a comment

किराँती दन्त्यकथा : खे: सुङ

~सङ्कलक: शिवकुमार श्रेष्ठ~

सर्वप्रथम मानव जातिको सृष्टिका क्रममा स्त्री जातिको सृष्टि भयो भनी लिम्बू बूढापाकाहरूले भन्छन् । यस जातिलाई मुजिङ्ना खियोङ्ना भनिन्थ्यो र यस जातिका आइमाईहरू फट्याङ्ग्रा जत्रा थिए । तरूनी भएपछि कामदेवले उनीहरूलाई सताएका हुनाले उनीहरू लोग्ने खोज्न स्वर्गलोक र मर्त्यलोकको चारैतिर डुले तर उनीहरूले कहीँ पनि लोग्ने पाएनन् । यसरी लोग्ने नपाएपछि पातहरू बजाउँदै विरहका गीतहरू गाउँदै उनीहरू जङ्गल- जङ्गलमा घुम्न थाले ।

सर्वव्यापी परमात्मा तागेरा निङ्वाफुमाङले उनीहरू पीरमर्का बुझेर वायु देवता पठाए । वायु देवताले सबै मुजिङ्ना खियोङ्नाहरूलाई गर्भवती बनाए । दश महिनापछि हजारौं हजार स्त्री, पुरूष मानवहरूको जन्म भयो र केही समयपछि उनीहरूले संसार नै ढाके । त्यस बेला उनीहरूमा ज्ञान तथा बुद्वि विवेकको विकास भई नसकेकाले उनीहरू पशु सरह थिए । उनीहरूलाई खाम्जिरी खाम्बोङ्वा सा, लुङ्जिरी लुङ्बेङ्बा सा जातिका मानव भनिन्थ्यो, अत्यन्त पुड्का थिए । Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

गजल : म एक भूल

~ममता मृगतृष्णा~

दुवै मिली चुडाँइदिए तिनैलाई जोड्ने पूल थिएँ
काँडा सोचें छन् कि कुन्नी म त केवल फूल थिएँ ।

भन्ने थिए होलान् सब्ले कति सुन्दर उपहार यो
उपहार नी फाल्छ कोही, धत् म त भूल थिएँ। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : यो रूख यतिमात्रै होइन

~वासु शशी~Basu Sashi

यो रूख यतिमात्रै होइन
जति कि देखापरेको छ !
योसँग आफू सुकेर जाने अवस्था छ
आगामी वसन्त पनि छ !

यसलाई उताबाट हेर
यसको अर्कोर्को आकारलाई हेर ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment