~सङ्कलक: शिवकुमार श्रेष्ठ~
लाङ्सोदिङ भन्ने कुनै किरात देशमी एक दम्पति थिए । लोग्नेको नाम खेसेवा थियो भने स्वास्नूको नामचाहिँ मेन्दाङ्ना थियो । उनीहरू ओढारमी बस्दथे । उनीहरू जङ्गलबाट तरूल, भ्याकुर, गिठा ल्याई आफ्नो जीविका चलीउँथे । उनीहरू सिस्नको मुन्टी पनि पकाई खान्थे ।
एक दिन उनीहरूको एउटा छोरो जन्मियो । छोराको नाम सेल्लोक राखियो । छोरो जन्मेकाले खेसेवा र मेन्दाङ्ना साह्रै खुसी थिए । छोरो जन्मेपछि उनीहरू जहाँ गए पनि नाच्दै गाउँदै हिँड्ने गर्दथे । एक दिन दुवै जना दाउरा, सिस्नु, तरूल, भ्याकुर, गिठा आदि खोज्न जङ्गलमा गए । उनीहरूले आफ्नो छोरालाई ओढारमा नै छोडेर गएका थिए । बालक सेल्लोक त्यस बेला वामे सर्न थालेको थियो । आमाबाबु जङ्गलमा गएकोले उसलाई हेर्ने कोही भएन । ऊ वामे सर्दैलसिस्नुको झ्याङमा पुग्यो र उसलाई सिस्नुले पोल्यो। उसको शरूरभरि फोकाहरू उठे । ऊ रून -कराउन थाल्यो । बेलुका आमाबाबु जङ्गलबाट फर्के र छोरीको त्यस्तो हालत देखेर Continue reading →