Tag Archives: दन्त्यकथा – Dantya Katha

तामाङ दन्त्यकथा : मोक्तान चङरी बोन र सगोत्री

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~ उहिलेको कुरा हो । परिश्रमी व्यक्तिहरूको देश थियो । जहाँ मोक्तान थरी चङरी बोन (झाँक्री) बस्दथे । जसका दुईवटी स्वास्नीहरूमध्ये एक थिङ थरी र अर्को ब्लोन थरी थिए । कान्छी गर्भवती हुँदाकै बखत … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , , | Leave a comment

किराँती दन्त्यकथा : न्याहुली चरी

~सङ्कलक: शिवकुमार श्रेष्ठ~ लाङ्सोदिङ भन्ने कुनै किरात देशमी एक दम्पति थिए । लोग्नेको नाम खेसेवा थियो भने स्वास्नूको नामचाहिँ मेन्दाङ्ना थियो । उनीहरू ओढारमी बस्दथे । उनीहरू जङ्गलबाट तरूल, भ्याकुर, गिठा ल्याई आफ्नो जीविका चलीउँथे । उनीहरू सिस्नको मुन्टी पनि … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

किराँती दन्त्यकथा : खे: सुङ

~सङ्कलक: शिवकुमार श्रेष्ठ~ सर्वप्रथम मानव जातिको सृष्टिका क्रममा स्त्री जातिको सृष्टि भयो भनी लिम्बू बूढापाकाहरूले भन्छन् । यस जातिलाई मुजिङ्ना खियोङ्ना भनिन्थ्यो र यस जातिका आइमाईहरू फट्याङ्ग्रा जत्रा थिए । तरूनी भएपछि कामदेवले उनीहरूलाई सताएका हुनाले उनीहरू लोग्ने खोज्न स्वर्गलोक … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

किराँती दन्त्यकथा : गहनाको सृष्टि

~सङ्कलक: शिवकुमार श्रेष्ठ~ गहनाको सृष्टि,मानव जातिको सृष्टि भएपछि सबैभन्दा पहिला राजा सावायुक्फुङकेम्बा भएका थिए भनी लिम्बू बूढापाकाहरू भन्छन् । उनी धनुर्विद्यामा निपुण थिए । उनी वाण हानेर आँधी, हुरी, बतास ल्याउन सक्थे र आकाशबाट पानी पनि पार्न सक्थे । उनी … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

किराँती दन्त्यकथा : तन्डोङ पहाड

~सङ्कलक: इमानसिंह चेम्जोङ~ ‘फिरु लाप्चा’को कथनअनुसार सिक्किमस्थित एउटा पहाड एकताका संसारको सबभन्दा अग्लो पहाड थियो । यसको कथा यस प्रकार छ – आजकाल सिक्किम नामले प्रसिद्ध देशको नाम उहिले मयेल नेल्याङ थियो । पल्लो किरातमा पर्ने यस प्रदेशमा दुईवटा पहाडहरू … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

किराँती दन्त्यकथा : स्याङ्ग्री बूढीको नाति

~सङ्कलक: इमानसिंह चेम्जोङ~ अघि नेपाल देश घना जङ्गलले ढाकिएको थियो। मानिसहरू कम थिए, ठाउँठाउँमा दानवहरू बस्दथे। तिनीहरू मानिसको मासु खान्थे। वृन्दावन नामको एक ठाउँको छेउमा स्याङ्ग्री नाम गरेकी एउटी बूढी आइमाई बस्थी। ऊसँग दस बर्ष पुग्न आँटेको एउटा नाति थियो। … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

किराँती दन्त्यकथा : किराती भाषाको गडबडी

~सङ्कलक: इमानसिंह चेम्जोङ~ सुरुमा किरातीहरू देव–वंशी भनिन्थे । उनीहरूको एक भाषा थियो । किराती भाषालाई देव भाषा भनिन्थ्यो । बस्तारहँदा किरात वंश निकै फैलियो । उनीहरूका नेताले जनगणना गर्नुपर्दछ भनेर सबैलाई प्रत्येकले एकएकवटा ढुङ्गा ल्याउनू भन्ने आदेश दिए । प्रत्येक … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

किराँती दन्त्यकथा : हिमालय पर्वत कसरी बन्यो ?

~सङ्कलक: इमानसिंह चेम्जोङ~ सृष्टिको सुरुमा पृथ्वी थिएन अरे । पानी मात्र थियो अरे । अनि भगवानले पोरोमियोम्फमीलाई पृथ्वीको सृजना गर्ने शक्ति प्रदान गरी भगवान्को चित्त बुझ्दो पृथ्वी बनाउनू भनी आदेश दिए अरे । पोरोमियोम्फामीले आफ्नो शक्तिद्वारा पानीको फेदमा मुसेखा सेखानानामक … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

किराँती दन्त्यकथा : फूलको उत्पत्ति

~सङ्कलक: इमानसिंह चेम्जोङ~ अघि संसारको सृष्टि भइसकेपछि क्रमश : भीर, पहरा, डाँडाकाँडा, पहाडपर्वत तथा नदीखोलाहरू पनि बग्दै गए । पोरोमियोम्फनी महादेवलाई त्यत्तिले पनि साह्रै सुनसान लाग्यो । तिनले पृथ्वीलाई गुञ्जायमान बनाउने इच्छाले समुद्रको खस्रो बालुवा जम्मा गरेर आफ्नो महाशक्तिद्वारा सानो, … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

किराँती दन्त्यकथा : लाप्चा पुरोहित

~सङ्कलक: इमानसिंह चेम्जोङ~ भगवानकाे काम सृष्टिमा मात्रै सीमित हुन सकेन । उनलाई सृष्टि गर्नुका साथै आफ्नो सृष्टिको सुरक्षाका लागि अरुअरु काम काम गर्ने गरुरत पनि पर्यो । यसका सम्बन्धमा रुचिकर कथा पाइन्छ । सुरुमा आकाश, पृथ्वी, समुद्र, सूर्य, चन्द्रमा, तारा, … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

किराँती दन्त्यकथा : आगो र पानी

~सङ्कलक: शिवकुमार श्रेष्ठ~ सृष्टिको प्रारम्भिक कालमा सर्वव्यापी परमात्मा तागेरा निङ्वाफुमाङले पृथ्वीका सम्पूर्ण प्राणीहरूका भलाइका लागि आगो र पानीको सृष्टि गरे । एक दिन आगो र पानीका बातचितमा तँ ठूलो कि म ठूलो भन्ने कुरामा ठूलो झगडा भयो । आगोले पानीलाई … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

किराँती दन्त्यकथा : धाननाचको उत्पत्ति

~सङ्कलक: शिवकुमार श्रेष्ठ~ प्राचीनकालमा लिम्बू किरातीहरू जङ्गलमा फलफूल तथा कन्दमूल खोजेर पशुपन्छीको सिकार गरेर आफ्नो जीविका चलाउने गर्दथे । खेतीपाती गर्न नजानेको हुनाले उनीहरूलाई अन्नका बारेमा केही पनि थाहा थिएन । सधैँ जङ्गलमा फलफूल तथा कन्दमूल खोज्न जानुपर्ने र सिकार … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

लोक दन्त्यकथा : राजकुमारी प्रियम्बदा

~सङ्कलन : प्राञ्जल प्रेम~ एकपटक पाटलीपत्तनमा सत्यविक्रम नाम गरेका राजाले राज्य गर्थे । उनी वीर, पराक्रमी र प्रजावत्सल थिए । परचक्रीहरुको आक्रमणबाट आफ्ना प्रजाहरुलाई रक्षा गर्न उनले आफ्नो देशको सीमालाई अग्लो र बलियो पर्खालले घेरेका थिए । सीमाका नाकानाकामा उनका … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

थारु लोक दन्त्यकथा : मचान

~अज्ञात~ सत्ययुगको कुरो हो एउटा किसान राति आफ्नो मच तिर सुत्न गएछ. सधैँ झैँ मचलाई जगाउनलाई गेदाही (मचको खम्भाहरु बिच राखेको काठको लौरो )लाई आफ्नो लट्ठीले हल्का ठक ठक पारेछ. त्यसपछि मच माथि चढेर निदाएछ.

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

दन्ते कथा : एक देशमा

~निशा खनाल अर्याल~ तेल अभिव चैत्र ११, एउटा गाउँ नजिकैको जंगलमा लामकाने गरेको राक्षसहरु बस्दा रहेछन, । डाडा पारीको जंगल देखि केहि किलो मिटरमा सर्बसाधारण मानिसहरुको बस्ति थियो त्यहा केहि घर जोगी तथा बाहुन ब्राह्मणहरुका पनि थिए,। सधै अरुको घरमा … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

किराँती दन्त्यकथा : सुम्निमा र पारुहाङ्

~सङ्कलक: इमानसिंह चेम्जोङ~ हिमालयको सृजनापछि भगवानका अगाडि एउटा नयाँ समस्या उपस्थित भयो । हिमालय त्यति विस्तृत, उच्च औ सुन्दर भए तापनि त्यसको उपयोग गर्ने तथा अन्य कुनै जीवात्मासँग त्यसको सम्बन्ध स्थापित गर्ने त्यहाँ कुनै व्यक्ति थिएन । तसर्थ भगवानले त्यस … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment