Tag Archives: चाँदनी शाह – Chandani Shah

गीत : आऊ न आऊ तिम्रो खुशी

~चाँदनी शाह~ आऊ न आऊ तिम्रो खुशी म त सधैं पर्खि रहुँला आए पनि म हेरी रहुँला गए पनि हेरी रहुँला कहिलेकाहिं दृष्टि पनि मुवाई भन्दा मिठो हुन्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आँसु र सुस्केराका बाचाहरु

~चाँदनी शाह~ आँसु र सुस्केराका बाचाहरु त्यहाँ हुन्नन् त्यहाँ हुन्नन् हाँसो र खुसिका कसमहरु (त्यहाँ हुन्नन् त्यहाँ हुन्नन्)X2 माया र विश्वासमा कहिले ( बाचा बाँधिन्नन्)X२ साक्षी चाहिन्नन् त्यहाँ किरिया खाइन्न आँसु र सुस्केराका बाचाहरु हाँसो र खुसिका कसमहरु (त्यहाँ हुन्नन् … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यति ठुलो संसारमा

~चाँदनी शाह~ यति ठुलो संसारमा मेरो भन्नु एउटै बास – तिम्रो मन यति धेरै मानिसमा मेरो भन्नु एउटै आफ्नो – तिम्रो माया कहाँ गई सुनाऊँ म मनभरिका कुरा तिमीले नसुने कहाँ गई बिसाऊँ म मुटुभरिका माया तिमीले नदिए मन मानिसको … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : किन हो यती भरोसा बसेछ

~चाँदनी शाह~ कहिले यो माया बिर्सिने भुलेर दिनमा घुमी त यही आउँछौ फर्केर बासमा सुन्नेछु तिम्रै आवाज गोधुँली याममा (किन हो यती भरोसा बसेछ तिमीमा)x2 अतितका खुशी बन्दछौ अरुका सामुमा केही छ बाँकी अवश्य साँचेको आफुमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीले दिएका मायालु कोसेलीहरुले

~चाँदनी शाह~ तिमीले दिएका मायालु कोसेलीहरुले मान्छेलाई माया प्रति अास्था जन्माएछन् । तिमीले दिएका खुशी र उमङ्गहरुले मान्छेलाई खुशी प्रति आशा दिलाएछन् ।। हुन त यो तिम्रो मेरो घरायसी माया हुन पर्ने हो तर आज हाम्रो मायाले तिमी र म … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : शान्तिको ध्वनि छर्दै जाऊ

~चाँदनी शाह~ पुस माघ महिनाको जस्तो पारिलो घाम बनेर यो आकास धरतीबिचको कुहिरो हटाइदेऊ तिमी ध्रुवतारा जस्तै सधैं सत्य अटल अमर बनेर विकासका लक्ष्य र बाटाहरू पहिल्याइदेऊ तिमी यी पाइलाहरू तिम्रा सधै बढिरहून यसरी नै हर गाउँ गोठ आगन पँधेरीमा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमीलाई हाँसेर

~चाँदनी शाह~ तिमीलाई हाँसेर बिदा मात्र दिइसकेथें आशु झरिसकेछन् (म तिनलाई पुछ्न थालें) २ तिमी मलाई छोडी गैसकेको मात्र के थियौ तिमी फर्कने दिन (म हतारिदै गन्न लागें) २ (यो दुई दिनको विछोड पनि कति नमीठो के बिर्सिए जस्तो हराए … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : उकाली ओरालीहरुमा

~चाँदनी शाह~ उकाली ओरालीहरुमा भन्ज्याङ अनि चौतारीहरुमा सुन्दर ती दहहरुमा हिमालका विशाल छातीहरुमा जहाँ जहाँ जान्छौ तिमी म पाइला बनी पछ्याइरहन्छु ती छहरा खोला खहरेहरुमा सम्झना बनी बगिरहन्छु उकाली ओरालीहरुमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आमा भएर

~चाँदनी शाह~ आमा भएर बोकिहेर सन्तानका पीरहरू आमा भएर बाँढिहेर सन्तानका खुसीहरू आफ्नो लागि त सबै बाँच्दछन् यस लोकमा अरूको लागि बाँचिहेर सन्ताप अनि दुःखमा एकपल्ट नियाली हेर आमाका दुवै आँखामा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिम्रा पाउहरूमा

~चाँदनी शाह~ तिम्रा पाउहरूमा म सँधै झुकिरहन्छु तिमी उठाइरहू माया र आषिस थपी तिमी भरिरहू सिउँदो म नुहिरहन्छु नटुटोस् अब सिलसिला कहिले पनि सगरमाथालाई छुने उषाको लाली झैँ तिम्रो मायाको सृङ्गार सँधै सजिरहोस्

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : घाममा पनि माया

~चाँदनी शाह~ घाममा पनि माया लागेको छ पानीमा पनि माया परेको छ फूलमा पनि माया फुलेको छ रुखमा पनि माया झुलेको छ हामीले सायद देख्न सकेनौँ कि देख्नुमै मायाको माने लुकेको छ आँखाले पनि माया हेरेको छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीले जति नै

~चाँदनी शाह~ तिमीले जति नै माया दिए पनि मेरो माया मुटुको तिर्खा मेटिने छैन यो जुनी भरिमा तिमीलाई जति दिउँ यो मुटुबाट झिकेर माया यो मेरो सिद्धिने छैन सयौँ सय जुनीमा आँसुका झरीले ब्यथाका बादलले आएर कहिले सक्नेछैनन् पखाल्न धमिल्याउन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : एउटा मान्छेको मायाले कति

~चाँदनी शाह~ एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा एउटा साथीको साथले कति फरक पार्दछ जिउनुमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : शुभकामना भरी

~चाँदनी शाह~ शुभकामना भरी हरेक स्वासमा तिम्रो दिर्घायुको कामना गर्न सकुँ म शुभकामना भरी हरेक पलमा तिम्रो जीवनमा सुवास छर्न सकुँ म

Posted in नेपाली गीत | Tagged | Leave a comment