कविता : शान्तिको ध्वनि छर्दै जाऊ

~चाँदनी शाह~Chandani Shah

पुस माघ महिनाको जस्तो पारिलो घाम बनेर
यो आकास धरतीबिचको कुहिरो हटाइदेऊ तिमी
ध्रुवतारा जस्तै सधैं सत्य अटल अमर बनेर
विकासका लक्ष्य र बाटाहरू पहिल्याइदेऊ तिमी

यी पाइलाहरू तिम्रा सधै बढिरहून यसरी नै
हर गाउँ गोठ आगन पँधेरीमा पुगिदेऊ तिमी
त्यो उत्साह अनि जाँगर सधैं रहिरहोस् यस्तै नै
हर बाधा हाँक र चुनौती पन्छाई बढिदेऊ तिमी

ज्ञानको ज्योति जस्तै गरी चहकिलो र दिगो बनेर
एउटा एउटा गर्दै दियालो सल्काउँदै जाऊ तिमी
हरेक नेपालीको मुटुको स्पन्दन स्पन्दन छोएर
देशभक्तिको सङ्लो मायाप्रीति गाँस्दै जाऊ तिमी

यो मातृभूमिको भूगोलको रेखा रेखालाई खोजेर
पहाडका गर्खा अनि खेतका गरा टेक्तै जाऊ तिमी
यो जन्मभूमिको इतिहास शब्द शब्द पिच्छे रचेर
संसारका कुना-कुना शान्तिको ध्वनि छर्दै जाऊ तिमी

(स्रोत : महेन्द्रमाला कक्षा १० पुस्तक)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.