कविता : प्रश्न

~प्रेमराजेश्वरी थापा~

सङिनी, कसले अनजानैमा आकर्षणको खोल्यो द्वार ?
कुन पीडाको बीणामा यो बजीरहेछन् करुण पुकार ?
यी बीणामा यसरी सङिनी निक्ल्यो यस्तो झंकार ?
भावुक हृदय द्रवित भइ बग्दछ बेसुधजस्तो भइ उवसार ।

आँखामा भरि मौन वेदना उरमाथी यो जीवन-भार
निशि दिन एकृ बितीरहेछन सङिनी, मेरो यो संसार ।
मन-मन्दिरको भित्रि कुनामा कल्पित टाँगेँ जुन तस्वीर
सङिनी, भाषा मौन हुनाले बुझला ‘त्यो’ आँखामा पीर ?

…………………………………….
शारदा, ७|६, आश्विन १९९८

(स्रोत : ईश्वर बरालद्वारा सम्पादित साझा प्रकाशनबाट वि.सं. २०१२मा प्रकाशित कविता सङ्कलन ‘हिमालचुली’ बाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.