~वासु शशी~
सबभन्दा एक्लो जीव रूख हो
जो कसैसित भेटन जाँदैन !
के आफ्नो छायाको मान्द्रो विद्याउँछ
जो उसकै हावाले च्यातिदिन्छ !
अरूहरू उसका कोही छैनन्
ऊ आफूबाट उडेर जाने चरासित जतिकै निशंग छ ! Continue reading
~वासु शशी~
सबभन्दा एक्लो जीव रूख हो
जो कसैसित भेटन जाँदैन !
के आफ्नो छायाको मान्द्रो विद्याउँछ
जो उसकै हावाले च्यातिदिन्छ !
अरूहरू उसका कोही छैनन्
ऊ आफूबाट उडेर जाने चरासित जतिकै निशंग छ ! Continue reading
~वासु शशी~
पछि जति निहुरन परे पनि रूख
धरतीलाई छुदैनन ! !
कुतूहलले उठेका थिए यिनी
प्रभात आउने बाटो हेर्न !
हाँगाहरू फैलिएका छन यिनका
किरणहरू संगाल्न !
पात पात छन् प्यासा हेर
आफूमा आकाशको रङ्ग उतार्न ! Continue reading
~वासु शशी~
रूख उभिरहन्छ
निरूपाय
ऊ लाचारीग्रस्त छ !
संपूर्ण आकाश खुला छ
उसका अगाड़ि
किन्तु ऊ उड्न सक्तैन !
आफूजस्ताहरू धेरै भए पनि
आसपासमा
ऊ बहुत एक्लो छ ! Continue reading
~वासु शशी~
मेरो भागको मेरो बिहान
मैले सित्तै फालिदिएँ ।
दुइजना तरुणीहरू दुइ-दुइ पल्ट मकहाँ आए
मैले उनीहरूको वास्तै गरिनँ ।
यो मेरो मन
मैले यसमा मनपरी कुरा खेलाएँ !
रूखबाट झरिरहेका थिए फतफती पातहरू
मलाई त्यही हेरिरहन मनलाग्यो, हेरिरहे !
मलाई मन परेन-
मैले कुनै पनि बालकलाई कोठाभित्र आउन दिइनँ !
कुनै अखबार पढिनँ, कुनै गीत सुनिनँ Continue reading
~वासु शशी~
यहाँ यस बस्तीमा श्री जो रूखहरू खड़ा छन्
सो यही भन्छ कि धरती यहाँ पनि बाँकी छैन,
कि प्रकृति यहाँ पनि निथ्रिसकेकी छैन !
र यहाँ पनि यी रूख रूख नै हुन्
सो शायद यही सावित गर्छ
कि यो ठाउँ पनि जंगल बन्न सक्छ !
Continue reading
~वासु शशी~
हाज त्याग्न सकोस वासु शशी वासु शशी वासु शशी वासु शशी
देवतालाई चढ़ाइएर प्रसाद बन्ने भाग्यलाई
जो त्याग्न सकोस् मालामा गुँथिने रहरलाई,
म त्यस्को रातो सौन्दर्यलाई आँखाले उठाएर लगी
रगतमा घोलिलिनेछु,
मेरो मुटु र नसामा बगाएर मेरो उमेरभरको आयु दिनेछु,
र त्यसले थाहा पाउने छः
एक पल्ट बिरुवामा Continue reading
~सङ्कलक: शिवकुमार श्रेष्ठ~
गहनाको सृष्टि,मानव जातिको सृष्टि भएपछि सबैभन्दा पहिला राजा सावायुक्फुङकेम्बा भएका थिए भनी लिम्बू बूढापाकाहरू भन्छन् । उनी धनुर्विद्यामा निपुण थिए । उनी वाण हानेर आँधी, हुरी, बतास ल्याउन सक्थे र आकाशबाट पानी पनि पार्न सक्थे । उनी वाण हानी आगो बाल्न सक्थे र जमिनमा पानी पनि उमार्न सक्थे । उनी वाण हानेर सूर्यको तापक्रम पनि बढाउन सक्थे । जब उनले वाणहरू हानी पठाउँथे उनकी रानीले ती वाणहरू लिएर आउनुपर्ने चलन थियो । Continue reading
~मधुवन पौडेल~
हिजो रातभर र आज झन्डै बिहानसम्म हाहु गर्दै बसेकोले दिनभरि सुतेर घरबाट निस्कन पाएको थिइनँ― चैते हुरीको चपेटामा पो परें। फाटफुट एक–दुई थोपा पानी पनि झर्दै थियो तर धूलोको मुस्लो मडारिएको देखिने आकाशबाट त्यही एक–दुई थोपा पनि कताकता उडाएर लगेको जस्तो लाग्थ्यो। मलाई ज्यादै अल्छी लागेकोले त्यसै नै निरुद्देश्य बाहिर निस्केको थिएँ। हुरीको मारबाट बच्न नजिकै कुनै साथीभाइको घर अथवा रेष्टुरेन्टभित्र पस्नुसिबाय अरू उपाय थिएन।
हुरीको गति पनि झन्झन् तेज हुँदै थियो― अन्दाजी असी–पचासी किलोमिटर होला त्यसको गति पनि। पारखी नभए पनि पुर्वअनुभवको आधारमा म लख काट्दै थिएँ। मानिसहरू भागाभाग गर्दै आश्रयथलो खोज्दै दुगुरिरहेका देखिन्थे, त्यसैले सडकमा निस्पि्कक्री मोटर कुदाउन पनि गाहारो थियो। त्यत्तिकैमा रातो नियोन Continue reading
~मधुवन पौडेल~
एक दिन दुई दिन भन्दाभन्दै फर्कने दिन पनि आइसक्यो । फर्कने अर्थात् उही आफ्नो संसार उही कोलाहलपूर्ण वातावरण र उही परिवेश र छरछिमेकमा फेरि आफुलाई निर्धक्क हराउने डुबाउने दिनका निमित्त फर्कने ! यसमा पनि त आनन्द छ अझ विशेष आनन्दको अनुभूति पो हुन्छ !
जतिसुकै भवसागर भए पनि त्यो भनेको आफ्नो संसार हो त्यहाँ बाबुआमा स्वास्नी छोराछोरी इष्टमित्र साथीभाई र अझ शत्रु पनि छन् । अनि आफ्नो एउटा आइडेण्टीटी छ आइडेण्टीटी अर्थात् विशेष पहिचान ! रविराज शर्मा भन्दैमा यो विरानो ठाउँमा कति जनाले पो उसलाई चिन्छन् र तर उसको आफ्नो ठाउँमा त रविराज शर्मा कसैको छोरो लोग्ने बाबु दाजु अनि कतिको साथी अथवा प्रतिद्वन्दी सबैथोक हो नि ! Continue reading
~प्रदीप नेपाल~
यो कथा हो राजारानी गाउँको। राजारानी गाउँ धनकुटामा पर्छ।
यो कथा हो क्षेत्रजङ्ग आङबोहाङको। क्षेत्रजङ्ग एउटा ठूलो ज्यान र फराकिलो छाति भएको मान्छे हो।
यो कथा हो क्षेत्रजङ्गको सौर्यको, उसको पौरखको।
यो कथा हो कसैले कल्पना समेत नगरेको उसको दुखान्तको। Continue reading
~प्रदीप नेपाल~
“नमस्कार, चिन्नु भो?”
कंचनराज गिरीले आफ्नो अघिल्तिर उभिएका डेढ दर्जन केटाकेटीलाई पालैपालो नियालेर हेरे। अहं, उनले कुनै अनुहारलाई पनि चिनेका थिएनन्।
कंचनराज गिरी भृकुटी माध्यमिक विद्यालयका प्रधानाध्यापक थिए। २०४१ सालमा भृकुटी स्कूल भनेर गाउँले पारामा बोलाइने भृकुटी प्राथमिक विद्यालयले सोही साल निम्नमाध्यमिक तहको स्वीकृति पाएको थियो। प्राथमिक विद्यालयलाई निम्नमाध्यमिक बनाउन कंचन सर भनेर चिनिने कंचनराज गिरीको विशेषै भूमिका थियो। त्यतिबेला कंचन सरले नेपालगञ्जमा पढेर आइ.ए. पास गरेका थिए। त्यसैले उनी नै निम्नमाध्यमिक विद्यालयको प्रधानाध्यापक भए। Continue reading
~टङ्क भट्टराई~
प्रिय,
प्रेम भन्ने वस्तु, कति अनौठो र अनन्त रहेछ । नचाहँदा(नचाहँदै पनि प्रेम अचानक भइदिन्छ । चाहँदा(चाहँदै पनि प्रेम अचानक टुटिदिन्छ । यो कस्तो संयोग हो म ठम्याउँदिन । दुई हृदयबीचको यो कस्तो मिलन बिन्दु हो म चाल पाउँदिन । शायद, मनको अनन्त गहिराइसँगै प्रेमको अथाह गहिराइ गाँसिएर होला । प्रेम चाहेर पनि नहुने, नचाहेर पनि हुने यो कस्तो खेल हो ? प्रेम हुने र नहुने यी दुईबीचको सीमारेखा कहाँसम्म छ ? शायद प्रेमको विशिष्ट र विशाल दर्शन लेखिन बाँकी नै भएर होला कि ?
हामी यात्री हौं । प्रत्येक मान्छेको जीवन एक शृङ्खलाबद्ध यात्रा हो जन्म र मृत्युबीचको । यात्रामा अनेक Continue reading
~जलेश्वरी श्रेष्ठ~
आज मेरी छोरी अञ्जुलीको विवाहको कुरा छिन्ने दिन, हामी आमा छोरी बिहानदेखि नै उत्साहित भइरहेछौं । विवाह गर्ने विराटनगरतिरका केटा दीपक, उसका आमाबुबा र मामामाइजू आउने कुरा थियो । दीपक र अञ्जुली रुसमा सँगै इन्जिनियर पढ्थे र त्यतिबेलादेखि नै उनीहरू एक अर्कालाई मन पराउँथे ।
ठीक समयमा उनीहरू आइपुगेपछि दीपकले हामीसँग उसका आमाबुबा, मामामाइजूको परिचय गरिदिए । उसको मामालाई देख्नेबित्तिकै मलाई उसलाई कतै देखेको चिनेको जस्तो लाग्यो । उसलाई पनि सायद त्यस्तै लागेकोले होला उसले मसँग भन्यो (“तपाईंलाई चिनेको जस्तो लाग्छ ।” “होला मलाई पनि त्यस्तै लागिरहेछ” मैले भनें । उसले केहीछिन विचार गरेर सोध्यो (“तपाईंले भद्रपुरका वकिल नरेन्द्रलाई चिन्नुहुन्छ ?” “किन नचिन्नु Continue reading
~लक्ष्मी पौडेल~
बगैंचा विछट्टको राम्रो छ । हरेक जातका फूलहरू छन् । फूलै फूलले बगैंचा ढकमक्क ढाकेको छ । म फूलबारीमा हराइरहेकी छु । चराहरू कराइरहेका छन् । भर्खर घामका रापिला किरणहरू बगैंचामा पर्दैछन् । म प्रफुल्लित छु । मलाई प्रकृतिमा हराइरहन मन पर्छ । नजिकै बगलामुखीको मन्दिरमा हरेरामका आवाजसँगै शङ्ख घण्टाहरू बजिरहेका छन् । यो ठाउँ नजिकैको मन्दिरले गर्दा पनि मलाई मन परेको छ ।
छोरो दौडेर आयो, आमा बाबाले बोलाउनु भो । बाबासँग भ्वाइस मेलमा कुरा भइरहेको छ । ए हो भन्दै म माथितिर हुत्तिन्छु । ‘अत्यास लागेको छैन’ ? भन्छु छैन यहाँ धेरै रमाइलो छ । दिनहु पारिवारिक अड्डा बस्छ, रमाइलो छ । ‘हामीलाई त अत्यास लाग्यो त, तिमीलाई माया नै छैन कि हो ?’ माया त छ तर आत्तिएका छैनौं । Continue reading
~भक्त खपाङ्गी~
केही खस्¥याकखुसुक आवाज आएजस्तो लागेकाले जन्तरीको निद्रा भङ्ग भयो । झिमझिम पानी परिरहेको रहेछ । छानाबाट तपतप चुहेको पानीले खुट्टापट्टि एक छेउमा ओछ्यान भिजाइसकेको रहेछ । बत्ती बाल्न छामछामछुमछुम गरी, सलाई फेला पारी तर सलाई नमज्जाले ओस्सिएछ । दुईचार काँटी कोरिहेरी । पटक्कै बलेन । उठेर अँध्यारैमा ओछ्यानको भिजेको भाग लुँडो पानृ थाली । लोग्ने जन्तरेको खुट्टाले अप्ठ्यारो पा¥यो । खुट्टा ठेल्दै भनी (“अलि पर सार हे तिम्रा खुट्टा । खुट्टा भिजिरा’का छन् तै पनि था’पा’का छैनन् । कस्तो निन्रा लागिदे’को हो त !”
छेउमा सुताइराखेको नानी गुज्गुजाउन थाल्यो । एकछिन थप्थपाई । पर्तिर सुताइएकी छोरीलाई छामी । पैता Continue reading
~गोरखबहादुर सिंह~
गोष्ठीको उद्घाटन कार्यक्रमपछि चियापान कार्यक्रम सुरु भयो । चियापानका सहभागीहरू पङ्क्तिबद्ध भएर चियाका लागि अघि-अघि बढ्दै थिए । सहभागीहरू चिया राखिएको टेबुल अगाडि पुगेर आ-आफ्ना रुचि बताउँथे ।
“चिया, दूध भएको तर चिनी नभएको ।”
“कागती राखेको कालो चिया ।”
“दूध, चिनी राखेको कफी ।” Continue reading
~लेखनाथ ‘शिकारु’~
हाम्रा विभिन्न लोकसंस्कृति, परम्परा एवम् मौलिक पहिचानहरू छन्, जसले सिङ्गो राष्टू र राष्टिूयताको मौलिकतालाई सशक्त र समृद्ध पारेको छ ।
विभिन्न जातजातिको संस्कार र मौलिक संस्कृति नै त्यो जातिको पहिचान हो । त्यही अनुरूप संस्कार र संस्कृतिको विकास पनि भएका छन् । त्यसमध्ये पनि मौलिक संस्कृतिका धनी किराँत(लिम्बूहरूको अति नै लोकप्रिय एवम् महत्वपूर्ण लोकसंस्कृति याः लाङ (धाननाच) अर्थात् याः लाक्मा मुन्धुम हो । यो लिम्बू जातिको प्रतिक वा अस्तित्व नै हो भन्दा फरक नपर्ला । यहाँ प्रकृतिपूजक लिम्बू जातिको संस्कृतिमा पृथक पहिचान र अस्तित्व बोकेको धाननाचका सम्बन्धमा जानकारी प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
धाननाचको उत्पत्ति ः Continue reading
~विन्दु सुवेदी~
नाराका मृगहरू साँच्चै नै भाग्यमानी छन् अति पुल्पुलिएका पनि । नाराको प्रसिद्ध तोदाइजी मन्दिरमा रहेको दाइवोत्सु बुद्धको दर्शन गर्न जाने सबैले यो कुरा थाहा पाउन सक्छन् । निकै तल बजारदेखि नै सडक, हरिया चउर, घाँस भरिएका डाँडा, तोदाइजी मन्दिरको वरिपरि, मन्दिरको सेरोफेरोमा रहेको जङ्गल, ऐतिहासिक मन्दिर सबैतिर ती पुल्पुलिएका मृगहरू निस्फिक्री मस्त घुमक्कड भएर रुमल्लिरहेका हुन्छन् । त्यहाँका प्रायः सबै पसलहरूमा मृगलाई खान दिने विशेष प्रकारको बिस्कुट बिक्री गरिन्छ । सबैले त्यही बिस्कुट किनेर मृगहरूलाई दिनुपर्छ । अन्य खानेकुरा दिन निषेध छ । दिनु पनि पर्दैन बिस्कुट हातमा देखेपछि यो मेरै आहारा हो, यसमा मेरो अधिकार छ भन्ने ठानेर मृगहरू सरासर हातको बिस्कुटतिर आउँछन् । छुट्टीको बेला क्योटो नजिक रहेको नारा पार्कको ठूल्ठूला फैलिएका हरिया चउरमा थुप्रै केटाकेटीहरू हातभरि बिस्कुट लिएर मृग पर्खिन्छन् । मृग बिस्कुट लिन आइपुग्दा उनीहरू Continue reading
~हरि थापा~
भोलि ताजमहल हेर्न लगिदिनुप¥यो मीनालाई । भाइ किरण पण्डितले कुरा निकाले । बाआमा आइराख्नु भएकाले समयानुकूल तीर्थस्थलहरू घुमाउनु नै थियो । मथुरा र बृन्दावनको दर्शन पनि हुने ताजमहल र आगरा किल्ला पनि हेरिने ।
टुटेफुटेको हिन्दीमा कुखुरामोलाइ गर्दै प्रतिव्यक्ति २०० रुपियाँमा झारें र बाआमालाई लिएर म, किरण र उनकी श्रीमती जाने भयौं । टिकटको पैसा भोलि बिहान बसमा तिर्दा हुने भयो । यदि मैले सीधा सम्पर्क नगरेको भए पचास रुपियाँ बढी तिनुपर्ने थियो । सीधा सम्पर्क पनि फाइदा नै हुँदोरहेछ यस ठाउँमा । हुनत यस ठाउँलाई मात्र के भन्नु संसारै यस्तै छ । कमिशन कहाँ पो छैन र ? Continue reading
~प्रबोध देवकोटा~
सानै छँदा मैले एकपल्ट ज्योतिषीलाई हात हेराएको थिएँ । ज्योतिषीले भनेका थिए– म एकदिन ठूलो मान्छे बन्ने छु रे । सबैले मान्ने ज्योतिषी भएकाले म पनि आफ्नो भविष्यप्रति साह्रै आशान्वित थिएँ । एवंरीतले म पढ्दै गएँ र बढ्दै गएँ ।
जब म २० वर्षको भएँ अचानक समयको भेल उर्लेर आयो । यही भेलसँग बग्दे–बग्दै म एउटा त्यस्तो ठाउँमा आउन विवश भएँ, जहाँ मान्छेको कमलो मुटु जवर्जस्ती हथौडाले ठोकेर पत्थरजस्तै साह्रो बन्दो रहेछ । साँच्चै त्यो ठाउँ एकदमै कहालीलाग्दो थियो । तर मेरो आर्थिक विपन्नताको कारण म बाध्य थिएँ । Continue reading
~इस्माली~
अचानक नेपथ्यबाट रोबिलो स्वरमा कोही करायो । तर बोलेको कुरो केही बुझिएन । चारैतिरबाट मलाई घेरेर मेरा वरिपरि बसेका उभिएका उनीहरू सावधान सतर्क मुद्रामा देखिए । उनीहरूमध्ये अधिकांशका अनुहारमा डरको हलुका छाया सलबलायो । किञ्चित डराएको भावभङ्गीसहित परस्परमा हेराहेर गरे उनीहरूले ।
सहसा मेरो मन प्रसन्न भयो । ‘यस्ता अरिङ्गालका गोलामा पनि मेरो तारणहार रै’ छ क्यारे । धन्य मेरो भाग्य !’ भन्दै मनमनै सह्राएँ आफैलाई र अपरिचित अन्जान उसलाई पनि । तर मेरो तारणहार अझै देखापरिसकेको थिएन, नेपथ्यमै थियो । आततायीहरूको भीडमा आँखा नचाउँदै–डुलाउँदै म मेरो तारणहारलाई खोजिरहें ।
अनायास मेरो वरिपरिको भीड एक ठाउँबाट खुकुलियो र त्यहाँ खाली ठाउँ बन्यो । अनि त्यही खाली ठाउँमा Continue reading
~खडकराज गिरी~
बूढो रूख गजक्क–गमक्क परेको छ । अग्लो, मोटो, हाँगा–बिंगा विकासिएकाले डम्म परेको गतिशील छ बूढो रूख । उसका हाँगा–बिंगा त झन् आफूलाई सक्षम अभिव्यक्ति दिन तत्पर भइरहेजस्ता देखिन्छन् । ‘मै हूँ’ को अभिव्यक्ति छ डालाहरूमा र छ अहम्को साम्राज्य विस्तारित । बूढो रूख गन्दैन कसैलाई कारण ऊ जत्रो÷ऊजस्तो छेउछाउमा कोही छैन ।
एक दिन जराले डराउँदो लाचारस्वरमा जदौ गर्दै भने ः ‘ईश्वर, महिनौं भयो न जल पाइएको छ न मल, तपाईंलाई ख्वाउने खुराकसमेत सिद्धियो हामीलाई आफ्नो सुर्ता छैन, तपाईंकै चिन्ता छ‘ तपाईं हुनुहुन्छ र त हामी छौं । मल–जलको व्यवस्था छिट्टै होस् हजुर ‘!’
बूढो रूख गर्जियो– ‘तेरो यत्रो ह्याउ‘ बोल्छस्‘ डर देखाउँछस्, हाम्रा लागि बाँचिदिएको’रे‘ हामी नभए तँ बाँच्ने Continue reading
~बाबुराम लामिछाने~
पैंसठ्ठी हिउँद खाइसकेका बूढा–बूढीले एकदिन सोचे– ‘अब उनीहरूको काल नजिक–नजिक आउँदैछ ।’ यही सोचाइको वशीभूत भएर तिनले आफ्ना नाममा रहेको जाय–जेथा आफ्ना सन्तानहरूबीच बाँड–फाँड गरिदिने निधो गरे ।
‘केही दिनका पाहुना न हौं हामी । जसोतसो गुजारा भइहाल्ला ! आफ्नै सन्तान हुन् । विवेकी छन् । आ–आफ्नो गरी खाऊन् ! अब पनि सबै कुरा आफैं ओगटेर कति बसिरहने ? सन्तानहरू आफैं जिउन सुरु गरुन् न ! उनीहरूको जीवन सधैं ओझेलमा परिरहन पनि त भएन ।’ यस्तो ठाने बूढा–बूढीले । Continue reading
~आशासिंह शाह~
प्रत्येक कालिमाले आपतहरू अनि पछि प्रभातले शीतबिन्दुहरू क्रमशः पग्लँदै‘ पग्लँदै जान्छन् । यसरी दिवसहरूले ताराहरूको गर्भपात गरिदिने गर्छन् । यसरी जन्मनु र तुहाइनुमा नै विश्वक्रम चलिरहेछ ।
त्यसबेला झिसमिसेमा सधैंझैं कुखुराहरू बासिदिन्छन् । ऊ दैलोबाट फुत्त बाहिर निस्कन्छे । पङ्क्तिबद्ध रूपमा राखिएका घ्याम्पा र घल्चाहरू सफा गर्छे । पहिले सान–साना र त्यसपछि बडेमाका घ्याम्पाहरू ऊ क्रमशः माझ्दै जान्छे । माझिसकेपछि एक–एक गरी ऊ आँगनमा जम्मा गरिदिन्छे ।
त्यसपछि पसल उघार्छे । पसल स्यानो भए पनि चिटिक्क नै छ, त्यति फोहर लाग्दैन । त्यो कोठामा सुकुल छ, बेरिएर दुवै कुनातिर अलपत्र भएर मानौं कसैको सहाराको प्रतीक्षा गरिरहेझैं उभिइरहेछन् । त्यहाँ काठका मुढा र पिर्काहरू पनि यताउता देखिन्छन् । अनि अति मैलिएर कहीं–कहीं मक्किएको जस्तो लाग्ने बेञ्च र टेबुलहरू Continue reading
~शोभा के.सी.~
टेलिफोनको घण्टी एकतमासले बजिरहेको छ, ट्रिङ्ग, ट्रिङ्ग । मन नलागी नलागी रिसिभर उठाउँछु । हेलो‘
“हेलो यो कहाँ प¥यो ? चिरपरिचित आवाज वषौँपछि सुन्दा ढुकढुकी बढिहाल्यो ।
बल्लतल्ल मनलाई थामेर सोधेँ– “यो विशालनगरमा प¥यो, यहाँले कसलाई खोज्नु भएको ?”
–“केही अप्ठेरो मानी–मानी बोल्यो ऊ Continue reading
~दिव्य गिरी~
अदालतको इजलास श्रोताहरूले खचाखच भरिएको थियो । कोहीकोही एक–आपसमा खासखुस गरिरहेका थिए ।
फाँटवाला मिसिल अघिल्तिर राखेर बसिरहेथ्यो भने पक्ष–विपक्षका दुईजना वकिल आ–आफ्नो वहस प्रस्तुत गर्न तयारी गरिरहेका थिए । उनीहरू न्यायमूर्ति अर्थात् न्यायाधीशको आगमन पर्खिरहेका थिए ।
न्यायाधीश बेञ्चमा आसिन भएपछि बहस शुरू भयो । Continue reading
~दीपक लोहनी~
“आज पनि तिमीले घरको खोजी गर्न सकेनौ ?” काकीले काकालाई भात थप्दै पुरानो प्रश्न राखिन् । बिचरा काका ! अवाक भई कुपुकुपु गिलो भात निलिरहे । उनीसँग जवाफ थिएन । आश्वासन र भरोसा दिंदादिंदा काकाको मुख नै गलिसकेको थियो । उही पुरानो वाक्य, उही पुरानो सुस्केरा र उही पुराना थकाइहरू पुनः बिसाउन उनलाई मन परेन । समस्याका अप्ठ्यारा उकाली ओरालीहरू मनभरि चढेर किचेन कोठाको एक कुनाबाट उठेर बैठक कोठाको एक कुनामा गएर थ्याच्च बसे ।
**
म काकालाई लामो समयदेखि नै चिन्छु । यहाँ काका र मबीच गोरु बेचेको साइनो जोडिएको भए पनि निरन्तर Continue reading
~किशन थापा “अधीर”~
समय ः अहिले
स्थान ः यही(एउटा व्यक्तिलाई बीचको कुर्सीमा बसाइएको छ । त्यसका वरिपरि चारवटा कुर्सीमा नेताहरू बसेका छन् । अर्को एउटा कुर्सी खाली छ ।)
नेता – १ ः (बीचको कुर्सीमा बसेको व्यक्तिलाई सड्ढेत गर्दै) को हो यो मान्छे ?
नेता – २ ः को हो भन्ने कुरा यसै जान्न सकिएन । अब यसका लक्षणहरू पत्ता लगाउने हो कि बरु‘ अनि जान्न सकिएला, यो को हो ।
नेता – ३ ः तर लक्षण पनि पत्ता लगाउने कसरी, केही उपाय फेला परेन ।
नेता – ४ ः केही उपाय फेला परेन ??
नेता– १ ः सबभन्दा राम्रो कुरा, त्यसैलाई सोधौं न, को हो ?
नेता– ३ ः (दिक्क मान्दै) कस्तो हो तपाईं त ‘ मैले अघि नै सोधिसकें । कुन्नि कुन समस्या परेर हो कि केलाई हो, दौडेर मकहाँ प्रार्थना गर्न आएको थियो ‘ मेरो अघि आइपुगेपछि बोल्नै सकेन ।
नेता – १ ः के भएछ त्यसो भए ?
नेता – २ ः (पूरै बेफिक्रीका साथ) कुन्नि ।
नेता – १ ः नेताज्यूको अघि आइपुग्ने बित्तिकै यसरी बोली बन्द हुनु हाम्रो मुलुकको राजनीतिका लागि कम राम्रो लक्षण हो र ?
नेता – ३ ः कसरी ?
नेता – १ ः यस मुलुकमा यो भएन – त्यो पुगेन भनेर झ्याउँझ्याउँ गर्न आउनेहरू प्रशस्त छन् । यति छन्, बरु हाम्रो देशको असली जनसङ्ख्या गनेर सकिएला, तर तिनीहरू कहिल्यै सकिंदैनन् । ‘ ती सबै झ्याउँझ्याउँ सुन्नलाई वा सुनेर पूरा गरिदिनलाई हामी राजनीतिमा लागेका हौं र ? ‘ अनि आफ्नै झ्याउँझ्याउँको अगाडि मान्छेहरू जतिसुकै वीर किन नहोऊन्, जतिसुकै जोस्सिएर हाम्रो अघि किन नआऊन्, आउनेबित्तिकै बोली बन्द भएपछि त ‘ खेलै खत्तम भइहाल्यो नि । (हाँस्छ)
नेता– २ ः मुख समालेर कुरा गर्नुस्‘ (बीचको कुर्सीमा बसेको व्यक्तितिर आँखाले सड्ढेत गर्दै) जो पायो उसैको अगाडि यसो भन्नुहुन्छ ?
नेता– १ ः कान भएका बहिराहरूको मुलुकमा हामीले जतिसुकै चिच्याई–चिच्याई यस्तो कुरा गरे पनि कसैले सुन्दैन । धन्ना मान्नुपर्दैन ।
नेता– ४ ः (जिस्काएझैं गरेर) हें‘ हें‘हें उल्टा भयो, उल्टा भयो । यहाँके मान्छेहरू त हामीलाई पो बहिरा भनिलिन्छ त । (पान झिकेर मुखमा कोच्छ ।)
नेता– १ ः त्यसो भए ठीकै छ नि । यस देशमा राजनीतिभन्दा अरू ठूलो कुनै उद्योग–धन्धा छैन, यसभन्दा अर्को कुनै राम्रो नीति छैन‘ भने यसैको प्रभाव जताततै पर्नु त स्वाभाविक हो नि (हाँसो)
नेता – ३ ः हरे ! कुरा कता पुगिरहेछ ।
नेता– ४ः (नेता– ३ लाई हेर्दै) अँ‘ कतै तपाईंले यो मान्छेको अगाडि मीठो त बोलिलिनु भएन ?‘ हाम्रो यस देशमा जितना विषेही भइलिए पनि नेताले मुस्कान लिएर हेरिलियो भने पुच्छर लुकाउँदै गोडा चाट्न आइपुगिहाल्छ ।
नेता– ३ ः खासै त केही भनिनँ । तपाईंहरूकै सेवा गर्न हामीले चुनाउ जितेका हौँ, भन्नोस् के प¥यो ? मैले भ्याएसम्म सेवा पु¥याउँछु । यति मात्र भनेको के थिएँ‘
नेता– ४ ः बस् ‘ भइहाल्यो काम तमाम ।
नेता– १ ः कसरी आएछ त तपाईंको मुखबाट हाम्रो देशका कुनै पनि नेताले सपनामा पनि नसोच्ने वाक्य ?‘ तपाईंले मात्र यस्तो बोलिदिनु भएछ कि बिचरा ‘
नेता– २ ः बिचरा सपनाको प्रदेशमा घुस्न पुगेछ ।
नेता – ३ः त्यसो भए जगाऔं न त ।
नेता– २ ः (आश्चर्य) जगाऔं ?
नेता– ४ ः (आश्चर्य) जगाइलिऊँ ??
नेता – १ ः (आश्चर्य) जगाऔं ???
नेता– ३ ः हो, जगाऔं ।
नेता– १ ः यो के भन्दै हुनुहुन्छ तपाईं ? होस् ठेगानमा त छ ?
नेता– ३ ः हैन, के भनिदिएँ र मैले ?
नेता – १ ः यस्तो सुतेकालाई जगाउने काम त आन्दोलनताका पो गरिन्छ । अब त ‘ आन्दोलन सकिएर यस्तो मोजमजा चलिरहेको बेला यस्तो शब्द नै सार्वजनिक अपराध ठहरिन्छ ।
नेता– ३ ः (अप्ठेरो मान्दै) यतिसम्म त हुनु भएन है ? ‘ हामीले मोज गर्न पाइरहेकै छौं, फेरि अर्को चुनाउलाई पनि त हेर्न प¥यो ?
नेता– २ ः अर्को चुनाउ आउनै कति बाँकी छ ‘ हरे नेताज्यू त ! फेरि हाम्रो देशमा एकपटक चुनाउ जितेपछि पुस्तौंसम्म पुग्ने मोज गोजीमा कोचिहाल्ने मौका पाएकै छौं भने‘ तपाईं– हामीलाई केको सुर्ता ?
नेता– ३ ः (मुख बिगार्दै) यस्तो त ज्यादै नराम्रो भयो । ‘ अलिकति नुनको पनि त सोझो गर्नुपर्छ नि ।
नेता– ४ ः यस देशमा आफ्नै नमक उत्पादन भइलिए पो ‘ फिर जताबाट नमक आउँछ, उसको सीदा कसले गरिलिएको छैन हँ ? यहाँके सब पार्टीवार्टीले नई बात के गरिदिएको छ त ?
नेता – १ ः के जे मन लाग्यो, त्यही बोलिरहेको ? सुन्ला, तिम्रा बाजेहरूले ‘ । (एकछिन मौनता)
नेता– ३ ः (सम्झँदै) के त्यसोभए यो मान्छे आन्दोलन अघिजस्तै सुतिरहेको हो त ?
नेता– ४ः आ‘ उस बात त कहाँ हुन्छ ? (फेरि पान मुखमा हाल्छ ।)
नेता– ३ ः नभए के हो त ?
नेता– १ ः अहिलेको वर्तमान सपना हो कि विपना हो, छुट्टाउन आफैंभित्र रुमलिरहेको होला ।
नेता– ३ ः अर्थात् हामीजस्ता नेता सपनामा मात्र पाइन्छ भनेर ?
नेता – १ ः हैन, हामीले जनतालाई सपना बाँडिरहेका छौं कि ‘ के हो भनेर ।’
नेता– ३ ः अनि विपना ‘ ?
नेता– १ ः हिजो र आजमा के फरक छ भनेर ‘ ।
नेता– २ ः त्यस्तो त के होला र ‘ (हाँस्दै) बरु आन्दोलनअघि देखेको सपनामा कतै गडबड त थिएन ‘ भनेर होला ।
नेता– ४ ः आ‘ आन्दोलनअघिको सपनाके सम्बन्धमे सोचिलिन यह मान्छे इधरकै हो र ?
नेता– १ ः तर जहाँको भए पनि मान्छेहरूले के के सपना देखे, के के सोचे भनेर खोजनीति गर्न हामी राजनीतिमा लागेका हौं र ?
नेता– ४ ः तब तो अपना कार्यकर्ताहरूलाई मारेर आफू मात्र उतना रकम गम्म हसुरिलिनु भयो ।
नेता– १ ः (झोक्किंदै) मा¥या छैन हाम्ले आफ्ना कार्यकर्तालाई बुझ्नु भो ? यसो ‘ ल्वाङ सुकेमल हात पार्न पाइने ठाउँमा राखिदिएकै छौं । बरु तपाईंले पो आफ्नो कार्यकर्ताको स्वास्नीलाई पनि ‘ छाड्न मान्नु भएन । आहो‘हाम्लाई मात्र थाहा छैन ?
नेता–४ ः (हातले विशेष सड्ढेत गर्दै) अनि आफूले दुसरेके पत्नीको अड्ढमाल गर्नकौन गइलिएको थियो ?
नेता– २ ः हेर्नोस्, यस्ता नितान्त व्यक्तिगत कुरा किन नि यहाँ ? तपाईंहरू दुवै जनाका यस्ता बहादुरी हामी कसैबाट पनि लुकेको त छैन ।
नेता – १ ः (जङ्गिदै) नकराउनुस् तपाईं‘ तपाईं आफू मात्र चोखो भन्ठान्नुहुन्छ ? हाम्रो पार्टी अध्यक्षको छोरीसित मिलेर कैयौं जिल्लाका चेलीबेटीलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने तपाईं पनि हैन ? अनि एकान्तमा पारेर उनको नोकर्नीको समेत आरती गर्ने को, हामी थियौं ?
नेता– ३ ः हाम्रो अध्यक्षकी छोरी आफैं अन्तर्राष्ट्रिय मुद्रा धमाधम कमाइरहेकी छिन् भने‘ अरू के कुरा गर्नु ? बरु यो मान्छे को हो, त्यो कुरा गरौं न ।
नेता– ५ ः (हातमा स्कचको बोतल र गिलासका साथ प्रवेश गर्दै) यो मान्छे त्यही हो जोहरू बढे भने हाम्रो राजनीति मजाले चल्छ यहाँ ।
बाँकी सबै नेता ः (नमस्ते गर्दै) हो र नेताज्यू ?
नेता– ५ ः (खाली कुर्सीमा बस्छ) कति सोझा छन् बिचरा‘ मुख भएर पनि मुखको काम गर्दैन ।
नेता– १ ः तब त अघिदेखि चूपको चूपै छ ।
नेता– ५ ः यस्तो चूप लागेर बस्ने त उहाँ बिचराहरूको पूख्र्यौली चिनारी नै हो ।
नेता– ३ ः पुख्र्यौली चिनारी ?
नेता– ५ ः अँ । (गिलासमा स्कच भर्दै) कहिलेकाहीं केही बोल्छन् कि हेरुँ न त भनेर बेस्सरी महङ्गी बढाइदिएर हेरेको‘ तैपनि चूप । (स्कचको चुस्की लिंदै) बिचरा धेरै असल छन्‘ धारा, बिजुली, चोरडाँकाजस्तै कुराको असुविधा भए पनि एक वचन फर्काएर नबोल्नेहरू त असल नै हुन् । यसमा कुनै दुईमत हुनु हुँदैन । अझ असलपन त्यतिबेला देखिन्छ, जतिबेला जस्तै जे भए पनि ठूलो उत्साहका साथ हामीलाई भोट दिइदिन्छन्‘ बडा आनन्द छ ! (गिलास रित्याउँछ ।) तिमेरु त भर्खरभर्खर राजनीतिमा आएकाले पो ‘ लक्षण नचिनेको ।
नेता– २ ः यसै भएर पो हो कि क्या ?
नेता– ३ ः के यसै भएर ?
नेता– २ ः के हुनु नि ? यसै भएर होला, हाम्रै पालामा विश्वबैंकले ऋण तिराउन ¥याख¥याख्ती गरिरहेको । हामी नवप्रवेशी राजनीतिज्ञ‘ कहाँबाट जान्नु लक्षणसक्षण‘ तब विश्वबैंकले पनि चौका दाउ हानिहाल्यो ।
नेता– ५ ः झन् केको चिन्ता ? (फेरि गिलास भर्दै) यो त झन् काम देखाउने राम्रो मौका हो नि । ऋण र अनुदान जताबाट आएको हो, उतै फर्काएर आफ्नो खातामा थन्काउने खेल त हाम्रा गुरु नेताज्यूकै पालादेखि चलिआएकै कुरा हो । अब त्यस्ता ऋण तिर्न हामी किन टाउको फुटाउने हँ ‘ ? यतिका जनताका टाउका छँदै छन् नि ‘ लगाइदिने ढुक्कले धारा– बिजुलीको फेटा‘ ! (हाँसो)
नेता– २ ः साँच्चै, विश्वबैंक त छक्कै परिरहेको छ रे नि त ‘ यस देशको गरीबी घट्दै नघटेको देखेर ।
नेता– ५ ः घट्न पनि हुँदैन । घट्यो भने त एड कहाँबाट भित्याउने ? गरिबीलाई जालो बनाएर टङ्ग्याइरहनुपर्छ, एडहरू फुत्रुक् फुत्रुक् नखसे हमीले कहाँबाट मोज गर्ने नि ?
नेता– १ ः तर यी सब प्रसङ्गबाट पनि यो कदापि प्रष्ट हुँदैन, यो मान्छे को हो ?
नेता– ५ ः(अचम्मिंदै) ल‘ अझै चिनिएन ?
नेता– ३ ः कसरी चिन्नु. अझसम्म एकथोपा बोली झरेकै छैन ।
नेता– ५ ः त्यसै भएर त चिनिन्छ भनेको नि ‘ ।
नेता– ४ ः त्यसै भएर त ‘ ?
नेता– ५ ः अँ । आफ्नै आँखाअगाडि जेसुकै भए पनि एकथोपा बोली नझार्ने भएकोले नै (बीचको व्यक्तिलाई देखाउँदै) यिनलाई चिनिन्छ त ।
नेता– १ ः हैन नेताज्यू, चूप लागेर बस्ने व्यक्तिलाई कसरी चिनिन्छ ?
नेता– ५ ः संसारको अर्को कुन कुनामा यस्तो चूप लाग्ने मान्छे पाइन्छ, भन ?
नेता– ४ ः संसारमे पाइलिन्न ??
नेता– ५ ः नभए यसको विशेषता जाँच गरौं न त । ल, तिमी यसको कान निमोठिदेऊ । (नेता– २ ले व्यक्तिको कान निमोठिदिन्छ । व्यक्तिबाट कुनै प्रतिक्रिया हुँदैन । निहुरिरहन्छ ।)
अनि तिमी यसको कपाल भुत्लाइदेऊ ।
(नेता– ३ ले भुत्लाइदिन्छ । व्यक्ति फेरि पनि चूप रहन्छ ।)
तिमीचाहिं यसको गाला चड्काइदेऊ ।
(नेता– १ ले व्यक्तिको गालामा चड्कन हान्छ । व्यक्ति चुइँक्क पनि नगरी चूपचाप निहुरिरहन्छ ।)
ल हेर, म के गर्छु‘ (भन्दै नेता– ५ ले छिर्की लगाएर व्यक्तिलाई लडाइदिन्छ । व्यक्ति भुइँमै चूपचाप बसिरहन्छ ।)
ल तिमी यसलाई घोडा चढ ।
(नेता – ४ आफ्नो धोती अलि माथिसम्म सारेर व्यक्तिमाथि घोडा चढ्छ र लगाम समातेझैं व्यक्तिलाई भुत्लाउन थाल्छ । व्यक्ति केही नबोली घोडा चढ्न दिइरहन्छ ।)
बाँकी सबै नेताहरू ः हैन, कस्तो जीव हो यो ? साँच्चै को हो ?
नेता– ५ ः ल‘ चिनेनौ तिमेरुले ? (मुस्कानका साथ) यही हो‘ यही त हो नेपाली भनेको ।
(बाँकी नेताहरू अनौठो पारामा व्यक्तिलाई हेरिरहन्छन् ।)
(पर्दा)
(स्रोत : मधुपर्क मङ्सिर २०५७ अङ्क ३३ :: No. 7 November – December, 2000)
~डा. महाश्वेता चतुर्वेदी~
म यहाँ बन्दी भए पनि
चैतन्य छु
यो बन्धनमा अल्झे पनि
मुक्त हुनाले धन्य छु ।
विषको बीउ छर्नेचाहिं
अज्ञानी भएर भौंतारिएका छन्
आफ्नै संहार गर्नेहरू
कसरी हुन सक्छन् धीमान ? Continue reading
~भीम विराग~
अस्थिर, आक्रान्त मस्तिष्कको
संस्कार, आचार र सिद्धान्त
बलात्कृत भइरहेछन् अहोरात्र
बाँच्ने बाध्यताको उपक्रमले लखेटिरहेछ मान्छेलाई ।
आडम्बरको खोक्रो खोलभित्र
जत्तिकै अट्टाहास गरे पनि
त्रासको अव्यक्त आहालमा डुबेका छन् मान्छेहरू ।
अरूलाई छेकबार लाएर
दुनो सोझ्याउने खेलाडी भइरहेछ मान्छे
स्वाभिमान ताछिए पनि Continue reading
~उपेन्द्र श्रेष्ठ~
यो देशमा
यो वर्ष पनि
सडक कति भैरहने म ?
मेरोलागि
छैन यहाँ च्यातेको एक टुक्रा सुख
मेरोलागि
छैन यहाँ फाटेको एक टुक्रा शान्ति,
यो वर्ष पनि
यो देशमा
मर्नेहरू मरेकै छन्
मार्नेहरूले मारेकै छन्, Continue reading
~श्यामल~
त्यसै फेदीबाट लागेको थिएँ उकालो
त्यसै फेदीमा आइसकेंछु
पर्वत उक्लनु भनेको त झर्नु हो
शिखरमै, अल्झनु भनेको त मर्नु हो ।
मूसाहरूले खनेर सगरमाथा
ढलेको छैन अहिलेसम्म
फेदीमा नपुगी शिखर कसैले
चुमेको छैन अहिलेसम्म
तिम्रो उचाइ भनेको
महासागरको अतल गहिराइ हो Continue reading