Tag Archives: मधुवन पौडेल – Madhuban Paudel

कथा : चैत हूरी

~मधुवन पौडेल~ हिजो रातभर र आज झन्डै बिहानसम्म हाहु गर्दै बसेकोले दिनभरि सुतेर घरबाट निस्कन पाएको थिइनँ― चैते हुरीको चपेटामा पो परें। फाटफुट एक–दुई थोपा पानी पनि झर्दै थियो तर धूलोको मुस्लो मडारिएको देखिने आकाशबाट त्यही एक–दुई थोपा पनि कताकता … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तन्द्रै तन्द्रा र एउटा उराठ लाग्दो दिन

~मधुवन पौडेल~ एक दिन दुई दिन भन्दाभन्दै फर्कने दिन पनि आइसक्यो । फर्कने अर्थात् उही आफ्नो संसार उही कोलाहलपूर्ण वातावरण र उही परिवेश र छरछिमेकमा फेरि आफुलाई निर्धक्क हराउने डुबाउने दिनका निमित्त फर्कने ! यसमा पनि त आनन्द छ अझ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनिर्णयको पीडा

~मधुवन पौडेल~ अविनाशलाई दोहा महानगरमा आएको दिनदेखि नै निस्फिक्री बाँच्न सजिलो भएन ! नयाँ देश, नयाँ शहर, ठूलो ठाउँ, आफुले सोचेभन्दा वेग्लै हावापानी, सबै थोक नयाँ ! उसले यता आउने निर्णय गर्दा कहिल्यै यो ठाउँको जीवन, रहन सहनवारे केही जान्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समुद्र, अरक् र अरूणी

~मधुवन पौडेल~ समुद्र ! मलाई समुद्र भन्नासाथ केटाकेटीदेखि नै निकै मन पथ्र्यो र समुद्रका कुरा चाखले सुन्न मन लाग्थ्यो । त्यो समयमा आफुले समुद्र देख्न पाउने कुरा पनि भएन ! एकाध पल्ट आमाले कान पाक्दा समुद्रको फीँज भनेर एउटा केही … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर फर्केको ज्यानमारा

~मधुवन पौडेल~ आज पनि मालिकले नलीले हिर्काएको नीलडाम लिएर देवदास घर फर्किरहेको छ । ऊ मनमनै सोचिरहेको छ, घर पुग्नासाथ आफ्नी स्वास्नी गोमतीलाई तातो पानीले सधैँ झैँ सेकाउन लगाउनेछ । जमिन्दारको घरमा उसका बाबु–बाजेले पुस्तौँदेखि चाकरी गरिआएका हुन् । त्यसैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अपराध र राजनीति

~मधुवन पौडेल~ नयाँ प्रहरी अधिकारी पहिलो अपरेसन सकेर आफ्नो सिटमा बस्न पनि भ्याएका थिएनन् फोनको घण्टी बज्न थाल्यो,  ‘हजुर’ ‘ए ! तपाईँले त हाम्रो पार्टीको कार्यकर्तालाई विनासित्ति थुन्नुभएछ! छाडिदिनोस् नत्र तपाईँ नयाँ मान्छे, भोलि नै हिँड्नुपर्ला फेरी !’ ‘हिँड्ने बस्ने … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अवतरण अर्थात् फिर्तीको छट्पटी

~मधुवन पौडेल~ कपाल पट्ट फुट्ला जस्तो भएको छ । हिजो राति (आज) अबेलासम्म बस्दा थाहै नपाई खाएको कौसीको शीतले त होला नि ! छ महिना पहिले रामेश्वरले पठाएको अल्कासेत्जर पनि सकियो । अब कपाल समाएर बस्नुको बिकल्प पनि त छैन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नलिनी भाउज्यू

~मधुवन पौडेल~ एघार बजिसक्दा पनि जताततै टम्मै कुहिरो लागेको थियो । बस स्टपमा शनिबार भएर होला, पशुपतिको दर्शन गर्न जाने यात्रुहरूको भीडले गर्दा खुट्टा टेक्ने ठाउँसम्म पनि थिएन । शनिबार ढिलोसम्म सुत्ने बानी भएर पनि म त्यो दिन पशुपति जाने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाबु मेरो चिन्ता नगरेस्

~मधुवन पौडेल~ भित्तामा अडेस लागेर आफनो बाबुको जीर्ण शरीर र शुष्क अनुहारमा नियालिरहेको थियो वसन्त ! उसका आँखा अगाडि खाटमा लम्पसार परिरहेका ८४ वर्षीय वृद्ध पिता अनि खाटमुनि मलिनो अनुहार लिएर बसिरहेका अन्य थुप्रै गाउँले र प्रियजनहरु थिए । बाबु जीवन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भीडमा एक्लो मान्छे

~मधुवन पौडेल~ ओहो ! कति भीड ! कहाँबाट आउँछन् मान्छे पनि ! त्यो दिन भोटाहिटीबाट इन्द्रचोक छिचोल्ने बाटो हिँडिनसक्नु थियो । रिक्सा, साइकल, गाडी अनि त्यसमा बाटोका दुवै छेउछाउमा नाङ्ले पसल ! अफिस छुटेर घर फर्केकाहरूको भीड, असनमा तरकारी किन्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धरोधर्म इराक जान्नँ

~मधुवन पौडेल~ ‘एकजना नेपालीको लास आइपुगेको छ रे एयरपोर्टमा !’ ‘कहाँबाट नि ?’ ‘इराकबाट भन्छन् !’ ‘हाम्‍ले हेर्ने हो र ? चूप लाग्‍नोस् ! थाहै नपाएजस्तो गर्ने नि !’ अफिसभित्र छिरेको मात्र थिएँ, सेक्रेटरी मसँग गलफत्ती गर्दै थियो। प्रखर गर्मी

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : जापान जाने धुन

~मधुवन पौडेल~ मेरो डेरा अगाडि एउटा सानो घर थियो चिटिक्क परेको। त्यो सानो घरमा दुई जोईपोइ र उनीहरूका दुई वर्षकी छोरी बस्थे। एक्कासी लोग्नेलाई धेरै पैसा कमाउने धुन चल्यो। स्वास्नी भन्ने गर्थी, ‘धेरै पैसा भएर के गर्नु? दुई जनाको जागिरले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मोनोटोनस दैनिकी

~मधुवन पौडेल~ एकछिन आरोप र प्रत्यारोप अनि भलाकुसारीपछि मात्र थाहा भयो, उनीहरूको प्रमेविवाह नै भएको रहेछ । गाडीबाट ढोकासम्म छिर्दा पनि गर्मीले जीउ धपक्कै बलेको अनुभव भइरहेको थियो । कोठा पस्नुअघि बाहिर वेटिङ लाउन्जमा दुईतिर फर्केर बसेको एउटी बच्चीसहितको जोडी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पलायन को पिडा

~मधुवन पौडेल~ इस्ट नदीपार िम्यानहटन सहर धपक्क बलेको छ । कहालीलाग्दो लोडसेडिङ् खपेर आएको उसलाई यो झिलीमिली र वैभव्यले अनौठो लागेको मात्र होइन, एउटा बेग्लै अनुभूति पनि भएको छ । तब न सबै जना यहाँ आउन लालायित हुने होलान् ! … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो अधूरोपन

~मधुवन पौडेल~ पुराना कागजपत्र केलाउँदा चार–पाँच पानाको पाण्डुलिपि भेट्टाएँ । मैले त्यसमा आफ्नै जीवनको कथा लेखेको थिएँ । गर्भे टुहुरो अनि दाजुले आफ्नै सन्तानजस्तै गरी हुर्काउनुभएको म । मैले दाजुको छहारीको सौभाग्य पनि धेरै वर्षसम्म पाइनँ । सधैँकी बिरामी भाउजूले छाडेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : Freedom Fighter

~Madhuban Paudel~ As I pass by that corner My eyes are struck on him ! A lonely man under that lamp post On a torn wheel-chair He laments every day He lost his both legs long ago struggling as a … Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कथा : अमृताकी छोरी

~मधुवन पौडेल~ “आमा ! मेरो आई–पड् ल्याप्टप्मा जोडिदिएको हो ?”छोरीको फोन सुन्नासाथ अमृता झसङ्ग भई । दिउँसो तीन बजिसकेको थियो, पाँच बजे त छोरी आइसक्छे ! ऊ हतारहतार छोरीको कोठातिर लागी । बिहान अफिस जाने बेला छोरीले भनेको सम्झी उसले—“आमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अर्काले लेखिदिएको नियती

~मधुवन पौडेल~ पासपोर्टमा उसको फोटो देख्नासाथ मेरा आँखा अगाडि मुरलीधरको अनुहार नाच्न थाल्छ विभिन्न मुद्रामा ! मैले तीन महिना अगाडि उसलाई भेट्दा बेग्लै विस्मात् र पीडा पढेको थिएँ उसको अनुहारमा । उसको कथा र व्यथा सुनेको जो कोहीले पनि मुरलीधरलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment