हरिभक्त सिग्देल ‘महेश’का पाँच मुक्तक

~हरिभक्त सिग्देल “महेश”~


डोको तिमी बोकी हिँड नाच्न सिकाई दिउँला
घाँस काटी डोकोभरि हाँस्न सिकाई दिउँला ।
चौतारीमा भारी बिसाई काखमा सुस्ताएर
जोरीपारी आखा छल्दै बाँच्न सिकाई दिउँला ।।
****************

मेरो माया लाग्छ भने रुवाएर नजाऊ
मन्दिरमा पुजेको छु दुखाएर नजाऊ।
मुटुभित्र राखी सकेँ जुनी जुनीलाई Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : पश्चातापको भुमरी

~कृषा के. सी~

सुरज र अस्मिता एउटै स्कुलको एउटै क्लासमा पढ्ने क्लासमेट हुन। ऊनीहरु प्रत्येक दिन एक घण्टा हिडेर स्कुल पढ्न आउने र फर्किने गर्दथे। उनीहरू स्कुलको क्लासका साथी मात्र नभई आउदा जादा बाटोका पनि साथी थिए। उनीहरुको घर २०/२५ मिनेटको दुरीमा थियोे। त्यसो त तिनीहरू छिमेकी पनि हुन। सुरज पुराना परम्परा र सस्कारको निरंतरता दिने क्रममा जातिगत विभेद गर्नु हुँदैन भन्ने बिचार राख्थ्यो। त्यसो त सुरजका हजुरबुबा पुजा आजा गर्ने बाह्मण हुन। पुर्ख्यौली काम जजमानीलाई सुरजका बाबुले पनि निरंतरता दिएकै छन। छोरा सुरज जात भातमा विश्वास गर्दैन। जात छ भने महिला र पुरुष दुई जात छ। उच्च जात र निम्न जात छैन भन्ने सोच्थ्यो। आफू बाहुनको छोरा भए पनि क्लासका दलित साथीको खाजा खाने गर्दथ्यो। कहिलेकाही खाजा साटेर बाडेर पनि खान्थ्यो।

अस्मिता जातले तल्लो जात सुनार (कामी) को छोरी थिइन। उनका बुबाले पेशाले सुन चादिको काम अर्थात Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ओइलाएको रहर

~कृषा के. सी~

सामान्य परिवारमा जन्मिएको एक्लो छोरा म। त्यसो त म एक्लो होइन बहिनी पनि छ। हामी दाजु बहिनी हाम्रो बाल्यकाल हास खेल दुख सुखको बिच बित्यो। गाउँको स्कुलबाट +२ सकिएपछि उच्च शिक्षाको लागि काठमाडौ झरेको म पढाई सङगसङगै काम गर्नु मेरो बाध्यता थियो। बर्षदिन काम गरेर खान पुग्ने मेरो परिवारले काठमाडौमा बसीबसी पढाउन सक्ने हैसियत थिएन। जागीर पाए जिन्दगीमा नयाँ बिहानीको सुरु हुनेछ। जिन्दगी नै एउटा नयाँ मोड आउनेछ यस्तै सोचेथे। जागीरको खोजीमा भौतारिदा भौतारिदा बल्लतल्ल जागीर मिलेको थियो। अब जागीर मिल्यो पढ्न बस्न समस्या हुँदैन भन्ने सोचाइले रमाइरहेको थिए। खुशीले रातभरि निद्रा परेन। छट्पटीमा बिहानीको चिसो हावा चल्यो वरपरको घरमा भाले बासेको पनि सुनियो। उठे कलेज जाने तयारी गरे। खाजा बनाए खाए खुशी हुँदै कलेजको झोला बोकेर हिडे। समय समयमा टाइम हेरिरहे। कलेज सकियो त्यतैबाट अफिस तिर लागे। काम खोजेर काम Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कठपुतलीको मन

~कृषा के. सी~

म तिम्रो हरेक कुराहरुलाई मायालु नजरले एक प्रेमिकाको नजरले हेरे किनकी तिम्रो भनाइ सुन्दा र छोटो समयको व्यबहार हेर्दा तिम्रो हरेक ब्यहहारले मलाई प्रेमिका ठानेको छ। तिम्रो म प्रतिको व्यबहार सकारात्मक छ। अहिलेको जमानामा सहि गलत आफुले छुट्य्टाउने आफुले हो। तिमीले आफैले भन्थ्यौ आफ्नो जीवन को सहयात्री आफैले खोज्ने हो आफ्नो कुरा बुझ्ने सहयात्री खोज्नुपर्छ भनी अनि यो मेरो उमेर उस्तै हो कि मेरो सोचाइ म कतिबेला अन्योलमा पर्छु । उमेर अनि युवाबस्थाको चाहना हो प्रेम त्यही प्रेमको बिज रोपिएको छ मेरो जीवनमा तिम्रा ती प्रेमिल शब्दहरुमा लठ्ठिएर लहरिए म सायद त्यो बेलासम्म तिमी पनि मेरै वरिपरि थियोे जस्तो लाग्छ।

यदि चरीले जस्तै गुड छोडेर गएको भए त पक्कै पर्किएर आउँछौ भन्ने आशा गर्न सक्थे र फर्किन्थ्यौ पनि होला तिमी एकदिन फर्केर आउछौ भनेर आशाको त्यान्द्रोको सहारामा बस्थे होला तिमीले बल्दै गरेको थियो भने त्यो Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नाटक : स्वप्नसंवाद

~रविकिरण निर्जीव~

(सङ्ग्रामपुरका पूर्वअध्यापक, वर्तमान लेखक, शिलादीप पलङमा सुतिरहेको छन्, कलापूर्ण मस्त निन्द्रामा । मत्र्यमण्डल साप्ताहिक, शिवघाटका प्रधानसम्पादक गगनदीप आफूलाई भुसुनोमा परिणत गरी सुटुक्क ढोकोको चरबाट छिरेर उनको सयनकक्षमा आइपुग्छन् र शिलादीपसँग सम्वादमा जुट्छन् ।)

दृश्य–१
गगनदीप : कविजी ! कविजी ! आच्या किन बिउँझाउन लागेको हुँला ! म त उहाँको स्वप्न अन्तर्वार्ता पो लिन आएको हुँ त ।
शिलादीप : ङर ! ङुर ! ङर ! ङुर ! ङुर्र…ङुर्र….।
गगनदीप : कत्रो घुरन हो ! जत्रै भए पनि काठमाण्डुको जस्तो घुरान त होइनन् हुन त । न्यूयोर्कसिटीको न्यूटन Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : धनले बिर्साएको बुढ्यौली

~रविकिरण निर्जीव~

दृश्य–१ (बूढा बूढी बात–रुममा)

बूढी– वडा कार्यालयमा गयौ हिजो ?

बूढा– अहँ !

बूढी– कहिले जाने हो त ?

बूढा– भोलि जाम्ला !

बूढी– भोलि भोलि भन्दैमा सव घर बिती गो !

बूढा– भोलि ल्याइदिउँला ।  Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : मातृभूमि

~रामसुन्दर देउजा~

(बिहानको समय घाम डाँडामाथिबाट चिहाइसकेको छ । भीमनाथ मुख धुन करुवा लिएर आँगनको डिलमा आइसकेका छन् । पातली बाख्रा सार्दैछिन् । )

पात्रहरू

भीमनाथ : बलेका बा
पातली  : बलेकी आमा
बले : ३८ वर्षको अधबैँसे युवक
चम्पा : बलेकी श्रीमती
अरुण : बलेको छोरो
दीपा : बलेकी छोरी
माधव : बलेको गाउँको युवक (गाउँलेहरू उसलाई माधे भँन्छन् )
मखमली : माधवकी श्रीमती
बेली : माधवकी छोरी
सन्तोष : माधवको छोरा
श्याम : बलेको दौंतरी
गोपालसाहु : गाउँका साहु महाजन
शिवः बलेको दाइ
र गाउँका केटाकेटीहरू

पहिलो दृश्य Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

कथा : मेरो प्यारी स्टेल्ला

~ध्रुव थापा~

मेरो फोनको मेसेज बक्समा “मेरी प्यारी स्टेल्ला सिकिस्त छे, आज अफिस आउन सक्दिन” लेखेको पड्दा मलाइ अचनाक पिडा भयो र मानवताको नाताले उसलाई भेट्न र यस दुखको घडीमा उसलाई हौसला दिन जान उचित लागेर आफ्नो गाडी स्टार्ट गर्दै उसलाई मेसेज पठाउछु “text me your address I will be there” उ आज सम्म कहिले पनि यसरि लास्ट मिनटमा काममा आउन नसक्ने जानकारी दिएको थाहा छैन, करिब सात बर्ष भयो हामि संघै काम गरेको।उ म भन्दा उमेरले करिब दोब्बर हुनु पर्छ। मैले उसलाई काका , वा बा भने पनि हुने हो तर यहाँ सबैले सबैलाई नामले बोलाउने भएकोले उमेरको ख्याल कसैलाई हुदैन। सबै सहकर्मी सबै साथी यो अमेरिकाको एउटा राम्रो पक्ष पनि हो तर हामीलाई यसको बानि पर्न समय लाग्दो रहेछ। धेरै पल्ट उसलाई सर भनेर बोलाउदा उ रिसाएको पनि थियो। “ हेर मलाइ सर नभन मेरो जे नाम हो त्यहि नामले बोलाउ।” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पानीको कुनै रंग हुदैन

~ध्रुव थापा~

समुन्द्र देखि धेरै टाडाबाट आएकोले होला अमेरिका आएदेखिनै समुद्रको छालले जीवनलाई लोभ्याउने गरेको छ। उसले समुन्द्रको रंग निलो हुन्छ भनेको सुनेक थियो। तर यहाँ आएर हेर्दा कहिले निलो कहिले कालो देखि लालिमा युक्त रातो र पएलो सम्म देख्दा उ छक्क परेर हेर्थ्यो। कस्तो अचम्म हो यो प्रकृतिको लिला ? एकै ठाउँबाट एकै ठाउमा विभिन्न समय र कालमा हेर्दा किन एस्तो देखिन्छ ? धेरै दिनको गहिरो सोचपछी एक दिन उसले एउटा निस्कर्ष निकाल्यो कि समुन्द्र भनेको त पानी न हो जसको कुनै रङ हुदैन। उसले बल्ल बुझ्यो पानीको जसरि आकार हुदैन, त्यस्तै समुन्द्रको पानी पनि आकासको रंगबाट प्रभावित हुन सक्छ। बल्ल उसले बुझ्न थाल्योकि पानी समय, मौसम र Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्युलाई जितेको त्यो पल !

~ध्रुव थापा~

रातको एघार बजी सकेको थियो, र ११.५ मा अन्तिम ट्रेन थियो उसको रुटको, नत्र फेरी दुइवटा ट्रेन फेरेर जानुपर्ने बाध्यता थियो। एकै स्वासमा उ स्टेसन पुगेर ट्रेन चड्ने लाइनमा खडा भयो, हतार हतार मा उ झन्डै एकजना केटिसित ठोकिन पुग्यो, हडबडीमा उसले सोसियल डिस्टेन्स समेत भुलेर अघि बढेको थियो । उसलाई त्यस केटिले कर्के नजरले सांकेतिक नजरलेनै तिरस्कृत तरिकाले हेरी र आफ्नो फोनमा टाउको लगाई। त्यतिनै खेर ट्रेन आइपुग्यो र सबै दौडिए आआफ्नो सिटतिर।

उसलाई आज सामान्य भन्दा धेरै थकित महसुस भएको थियो। कारण एकजना कर्मचारीले सिक (बिरामी) कल गरेको थियो र उसले बाध्यताबस केहि दिन एता उसको काम गर्ने ग्रोसरी स्टोरमा १४ देखि १६ घण्टा काम गर्नु Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कसरि भनौ अमेरिकामा दशैँ रमाइलै हुन्छ भनेर?

~ध्रुव थापा~

कृष्णहरि सर अमेरिकाको सन् फ्रान्सिको सहर आएको पनि अब त छ महिना बित्नैलागेछ । उ एक्लै अतितमा रुमालिदै कफीको चुस्की लिदै आफनै गाउ घरको सम्झनामा हराउछन । दिनभरी एक्लै कोठामा बसेर कफी पिउनु, ल्यापटपमा नेपालको समाचार पड्नु र सुन्नु बाहेक उनको कुनै दिन चर्यानै हुदैन। प्राय सधै जस्तो तीन बजेपछि नाति नातिनी स्कुलबाट आएपछि संगै माइक्रो वेबमा खाना तताएर खाने बानि बसी सकेको छ। आज पनि उनि एक्लै कफी पिउदै दशैको मुखमा नेपाल र त्यो गाउ छोडेर हिडेको दिनको कल्पनामा हराउछन। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डलरले कमाएको स्टाटस्

~ध्रुव थापा~

“साथी म त बरबाद भए”, अचानाक सेल फोन उठाउन भ्याएको थिईन उताबाट आवाज आयो, मैले सोधे, “हैन के भो एति विहानै ? तिमी कसरी वरवाद भयो मित्र, हिज मात्र हामी फोनमा कुरा गरेको हैन तिमी त धेरै खुशी थियौ त, एति धेरै वर्षपछि सपरिवार भएकाछौ भरखरै परिवार नेपालबाट आएको, के भयो मित्र ? भनन्” । साथी फोनमा भक्कानिदै भन्न थाल्छ, “हैन मित्र तिमी एकक्षण मेरोमा आउन म त केहि सोच्नै सकिन , यहि आएर तिमीलाई सबै कुरा सुनाउछु” उस्ले फोन राखिदियो । मैले केहि बोल्नै पाएको थिईन फोनको लाईन कट । मनभित्र थुप्रै प्रश्नहरु आउन थाले , आखिर के भयो त उस्लाई? हतार हतार नुहाएर गाडी निकालेर सोझै उस्को डेरातिरलागे ।

यो अमेरिकामा खै के के हुन्छ हुन्छ? थाहै पाउन गाह्रो । मनमा चस्स चिसो पस्यो कतै स्टोरमा काम गर्दा गोली त Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कन्चनजङ्गा मुस्कुराई रहेको थियो !

~ध्रुव थापा~

“हाय फ्रेन्ड, हाउ यु डूयिंग ?

तिमीलाई मन पर्ने बिषय न्यु योर्क टाइम्समा प्रकाशित भाको रहेछ र तिमीलाई दिन भनेर फोटो कपि गरेर ल्याएको छु, आशा छ तिमि यसलाई पढ़न मन पराउने छौ।”

जर्जले आज फेरि न्यु योर्क टाइम्सको एउटा कटिंग बोकेर आएछ र मलाइ दिदै भन्छ। उसलाई थाहा छ यस बिषयमा उसको र मेरो धेरै पल्ट बहस समेत भएको छ।

“ओह थांक्स , म पडन मन पराउछु तर अहिले फुर्सद छैन पछिहेरौला ” उसको बाट पेपर लिएर राख्छु।

यसको साटो उसलाई मैले मेरो रेस्टुरेन्टको केहि खाने कुरा नभएपनि एक गिलास चिया वा लस्सी दिनु पर्नेछ, Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कति ताप्छौ बलेको आगो मात्रै ?

~ध्रुव थापा~

कति ताप्छौ बलेको आगो मात्रै
कहिले काहिँ आफै सल्काएर त हेर
बर्खामा भिजेको दाउरालाई
कालो मुस्लो धुवाको रापमा
एक फेर स्वास फेरेर त हेर
अनि थाहा पाउछौ
कस्तो हुन्छ बाल्न दाउरालाई !

कति सजिलो छ यहाँ
अरूले बालेको आगोलाई ताप्नु
कत्ति सजिलो छ यहाँ
अरूले हिडेको बाटोलाई नाप्नु Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : .. फेरि बैँस फर्की आउने छ !

~ध्रुव थापा~

वसन्त ऋतु सँगै फेरि हासेको छ जीवन
ऋतुहरु संगै फेरि बाचेको छ जीवन
लाचार र विवश भई झरेका पातहरू
मक्किएर ,गलेर फेरि उर्बर मल बनेर
फेरि त्यहाँ नयाँ जीवन यौवन बनेकोछ
मेरो घर नजिकको एउटा मेपलको रुख।

हरेक ऋतुहरु संगै जुझ्दै लड्दै Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा अनुतरित प्रश्न

~ध्रुव थापा~

अहिले म प्रशान्त महासागरको किनारमा उभिएर
आस्ताउनै लागेको लालिमय घामलाई हेरी रहेछु
दिनभरी सबैलाई भत भति पोलेको यो घाम
निरिह र उदाश भएर प्रशान्त महासागरको गर्वमा लुक्दैछ
पारि छितिजमा माझीहरु आफ्नो डुंगा किनारा लाउदैछन
चरा चुरुंगी गुडमा फर्कने हतारमा आकासिदै छन्
म भने चुपचाप समुन्द्रको क्षालमा आफ्नो अस्तित्व खोज्दैछु Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हो बा तिमीले रोकेर अब रोकिन्न

~ध्रुव थापा~

जनताको अधिकार अब खोसिन्न्
जनता आफै बुझ्ने र जान्ने भइसके
कसलाई काखा र कसलाई पाखा लाउने
यसको ज्ञान अब जनतामा पलाई सके
त्यसैले तिम्रो बमको प्रहारले पनि रोकिन्न
तिम्रो आतंक र बिद्रोहले पनि रोकिन्न
चक्का जाम र टायरको धुवाले पनि रोकिन्न
हो बा तिमीले रोकेर अब रोकिन्न !!

सिद्धान्तको नाममा इमान बेच्नेहरु Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : के सबै भत्किएकै हो त

~तारानाथ शर्मा~

के लेख्नु? मनको घाउ कोट्ट्याऊँ अति दुख्तछ
नलेखूँ? मनको घाउ भित्रैदेखि चिलाउँछ
समस्या भित्र मनमा गाँठा पर्दै उदाउँछन्
समाधान कहाँ खोज्नु? रिँगटा नै छुटाउँछन् (१)

नेपाली भई जन्मेँ म ठूलो गौरव मान्दछु
इतिहास उज्यालो छ वीरताको म ठान्दछु
तर आज अहो हाम्रो हिमालै ढुन्मुनाउँछ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : खदग भण्डारी हराउद

~प्रदीप नेपाल~

बर्खायाममा उपत्यकाबाट देखिने काला पहाडहरुमा हिउँ परेको यस अघि कहिल्यै देखिएको थिएन। तर यसपालि बिचित्रै भयो। बर्खाको हिउँ हेर्न दामनको त कुरै छोडौँ, नगरकोट पनि जानु परेन। पुल्चोकमा उभिएर हेर्दा पूर्वउत्तरको कालो पहाड हिउँका छिर्काहरु छरिएपछि बिरालीबुट्टे भएको थियो। बेमौसममा झरेको बर्खाको हिउँले सबैको मनलाई रमाइलो पारेको बेला एक्कासी खड्ग भडारी हरायो। उ त्यसरी हराउन सक्छ भनेर कसैले कल्पना समेत गरेको थिएन।

पेशाले च ालक थियो खड्ग भडारी। दश वर्ष बितिसकेको थियो उसले उपत्यकामा गाडी चलाएको। जस्तासुकै गाडीको पनि कान निमोठेपछि सहजढङ्गले गुडाउन सक्ने शीप भएको हुनाले कार्यालयका सबै हाकिमहरु उसले हाँकेकै गाडीमा गुड्न मन गर्थे। स्वभाव पनि विछट्टकै थियो उसको। तीस वर्षे उमेरको खाइलाग्दो ज्यान, गोरो अनुहार, ज्यान र लुगा दुबैलाई सफा राख्ने स्वभाव थियो खड्ग भडारीको। उसको ज्यान Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शान्तिरामका दुइ अध्याय

~प्रदीप नेपाल~

समय : २०६२ जेठ १२–१९

पोहोर साल, अर्थात २०६१ साल जेठ महिनाको कुरो हुनुपर्छ। होला त्यस्तै अठार बीस गतेको।

बिहानै मन्दिरको घटी बजे जसरी टेलिफोनको घटी बजिरह्यो। पाँच बजे सहजरुपमा ब्युँझने मेरो आँखालाई त्यो घटीले खलबल्याएको थियो। मलाई झस्काएर बिउँझाउने त्यो घटी पाँच बजेभन्दा अगाडि नै बज्न थालेको थियो। एकछिन त अब बज्न छोड्ला भन्ने आशा मनमा पालेर ओछ्यानमा तेर्सिइरहेँ। तर घटी बज्न छोडेन। उठ्नै पर्‍यो।

मैले दक्षिणी झ्यालका पर्दाहरुलाई कुना कुनामा स्याहारेँ। रात चन्द्रागिरीको टुप्पोतिर गैसकेको थियो। पूर्वी आकासमा देखापरेको एकटुक्रो उज्यालो मेरो कोठाको भुईंमा पनि छिर्‍यो। मैले पर्दा सर्सर्ती तान्दा कोठाभित्र एक लर्को चिसो बतास सरसरायो। मैले अहिलेका सुविख्यात स्वामी रामदेवलाई सम्भि्कएँ। उनी पाँच बजेको Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आकाशमा राहुको चलखेल

~प्रदीप नेपाल~

दुइ हजार उनान्साठी सालदेखि मैले दशैँ मान्न पाएको थिइन परिवारसँग रमाएर। त्यो साल आमाले चिठी पठाउनु भएको थियो, “तिमीहरु यसपालि दशैँ मान्न नआउनु। बुहारीलाई माइत पठाइदे, तँ त्यतै पशुपतिमा गएर निधारमा टिको थाप। हाम्रातिर दशैँ नमान्ने उर्दी जारी भएको छ। मान्छेको ज्यान कतिखेर तलबितल पर्ने हो भन्ने त्राहिमाममा बाँचेका छौँ हामी सबै। काठमाडौमा बस्ने यता आए भने यतै राख्छौँ भनेर हप्कदप्की गर्छन्। ज्यान रहे यो सालको दशैँ अर्को साल पनि मनाउन सकिन्छ … …” आदि आदि।

छोरा बुहारीलाई दशैँ मान्न घर नआउनु भनेर लेख्नु अघि आमाको आँखाबाट कति पिखुवाहरु बगे होलान्! हामी बुढाबुढीले एकअर्काको अनुहारमा हेराहेर गरेर आमासँग सुस्केरा साट्यौँ। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रुपान्तरण

~प्रदीप नेपाल~

सेल्मेको टाउकामा घाम बास बस्नै आँटेको थियो। त्यो रातो भैसकेको थिएन, तर त्यसको रङ्गलाई पहेँलो मात्र भन्न पनि सकिँदैनथ्यो। अब बाटो तेर्सो थियो। त्यसैले भञ्ज्याङ्ग घर माथिको चौतारोमा एकछिन बसौँ भनेर मैले आफ्नो ज्यानको भारलाई चौतारोको ढुङ्गा माथि बिसाएँ।

म बसेपछि गीता र सन्तोष पनि बस्ने नै भए।

चार वर्ष नाघिसकेको थियो म घरमा आउन नसकेको। त्यसै त्यसै मेरो मनले लामो सास तान्न माग्यो। धाप्पिएको थिइन म। स्याँ स्याँ पनि भएको थिइन। र पनि मनको इच्छा पुरा गर्दै मैले लामो सास तानेँ। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : तिम्लाई रजाएर लगे

~ममता मृगतृष्णा~

मैले राजी खुशी गरे तिम्लाई रजाएर लगे ।।
तिमी सजिएर गयौ मलाई सजाएर लगे ।।

म माल्किन झैँ बसिरहेँ लाटी अनी बहिरी भै
तिम्लाई भने स-साना काम कजाएर लगे ।। Continue reading

Posted in गजल | Tagged | Leave a comment

Poem : My ethics

~Grishma Poudyal~

If you love me, I love you double.
And if you hate me, I hate you double.
These are my ethics, you don’t need anything to say,
I will double the things and return you in the same way.
Pandemics come
And pandemics go
One year with loved ones
is blessing though. Continue reading

Posted in Poem | Tagged | Leave a comment

गीत : नौडाँडा नाघ्दै बेउला आयो

~लक्ष्मण लोहनी~

नौडाँडा नाघ्दै बेउला आयो
लैजान तिमीलाई
पञ्चै बाजा अघिलाई आयो
लैजान तिमीलाई

छातीमा पिरती लुकाइ ल्यायो Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : सोचे जस्तो छैन अमेरिका

~ध्रुव थापा~

केबी, हो यहि हो उसलाई चिन्ने नाम, सायद थोरैलाई थाहा होला उसको असली नाम, केशब बहादुर भनेर तर अमेरिका आएको केहि दिनदेखिनै उसका साथिहरु र उ पदने कलेजका प्रोफेसर समेतले उसलाई केबिनै भनेर बोलाए र यहि नामले उ आज परिचित छ। सेक्सपियरले भने जस्तै नाममा के राखेको छ र ? आखिर देश गुनाको नाम हुनु पर्छ सबैले बोलाउन सक्ने हुनु पर्छ र सबैले एकै पल्टमा स्मरण गर्न सक्ने हुनु पर्छ, यहि जवाब दिन्छ कसैले केविलाई उसको नामको बारेमा सोध्यो भने।

केबी ओकल्याण्डको ट्रेन स्टेसनमा सन् फ्रंसिस्कोबाट आउने बार्ट (यहाको मेट्रो ट्रेन ) मा कसैलाई प्रतीक्षा गरेर Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

एकाङ्की : मैले भुल गरें

~राधिका राया~

(दार्जीलिङको सानु रेल मन्दगतिमा दुगुरिरहेछ । घरिघरि सिटी बजेको चर्को आवाज सुनिन्छ । घरमा विदा बिताएर फौजमा फर्किरहेका आनन्द रेलको डब्बाभित्र लामो सीटको एक छेउमा बसेको छ । भर्खरै भर्ती भएर फौजमा गइरहेको कमल त्यही सिटको एक छेउमा उभिएको छ । उसका गलाभरि फूलका माला र खादा छन् । आँखा आँसुले भरिएका छन् ।)

आनन्द : (आफू बसेको छेउको खाली ठाउँतिर सङ्केत गर्दै) कमल ! …. यहाँ ठाउँ खाली नै छ । यता आएर बस न । कति बेर उभिरहन्छौ । हुन ता तिमीलाई आफ्नो घरको र जहानको खूबै याद आइरहेकोले दु:ख होला । तर के गर्नु ? पल्टनेको भाग्य नै यस्तो हुँदो रहेछ । हामी धावामा जाने जातलाई मायाप्रीतिको के जोर लाग्छ ! उहिले–उहिले ता युद्धभूमिमा जान लागेका पुरुषलाई तिलक र पुष्पले आभूषित गराई स्त्रीहरू तरबार पनि भिराइदिन्थे रे ! तर आजभोलि त कस्तो युग आयो ! हामी पुरुषहरू नै स्वयं कायर भएका छौं । Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

कविता : कविको निमित्त एउटा कविता

~मनप्रसाद सुब्बा~

ऊ कवि हो । त्यसैले उसलाई
उसका कविताहरूमा कहिल्यै नखोज्नू ।
त्यहाँ हुँदैन ऊ । बरू तिमी हुन्छौ, म हुन्छु
र हामीजस्तै थुप्रै अरूहरू हुन्छन् ।
ऊ त आफूलाई आफ्नो कोठाभित्रै छोडिराखेर
निस्कन्छ कवितामा – तिमी-हरू अनि म-हरू भएर । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यस धर्तीको पानीमा

~विजय मल्ल~

एक अँजुली पानी
उठाएर ओठसम्मन्
जब जब लान्छु बागमतीको
अकस्मात् बज्र गिरेझैँ आकाशबाट
या नजिकैबाट कसैले
फू गरेर मन्त्र फुकेझैँ,
या छली रामले बालीलाई हानेझैँ वाण
या शकुन्तलालाई दिएझैँ श्राप दुर्वासाले
परिवर्तित हुन्छ त्यो पानी
रातो बाफिलो रक्तमा ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले जीवन देखेकी छु

~कृषा के. सी~

कथा सबैको हुन्छ
भोगाइ आफ्ना आफ्नै
ब्यथा सबैको हुन्छ
कोहि बोल्छ भन्छ सुनाउँछ
कोहि चुपचाप रहन्छ!!
म भन्छु आफ्नै कथा
सपना सजाएको
आरती गर्छु जीवनको
साम्राज्यमा रमाएको
परिवर्तनै परिपर्तनको!!
कयौँ भोटाहरु च्यातिएर गए
कयौँ हन्डर भित्र हराइयो Continue reading

Posted in कविता | Tagged | Leave a comment

नेपाली लघु-उपन्यास : टुटेको सपना

~कृषा के. सी~

जन्म ठाउँ सुगम होस वा दुर्गम सुबिधासम्पन्न होस वा बिपन्न किन नहोस तराईको समथर भुभाग होस वा पहाडको अनाकन्टार किन नहोस बिजुलीबत्ती पुगी उज्यालोले धपक्क बलेको होस वा टुकी मुनिको उज्यालो नै किन नहोस् सुबिधाको लागि गाडी प्रयोग गर्ने होस पनि खुद ज्यानले भरीयाको काम गर्दै भारी बोक्ने ठाउँ नै भए पनि वरिपरिको समाज शिक्षित भए पनि अशिक्षित नै भए पनि खेल्नका लागि पुतली होस वा गाडी होस वा माटोको भाडाकुडा नै किन नहोस तर सबै सबैको लागि जुन ठाउँमा जन्मियो त्यो ठाउँ प्राण भन्दा प्यारो हुन्छ। आफू जन्मिएको ठाउँलाई माया नगर्नेहरुले देशलाई नै माया गर्न सक्दैनन यो प्राय लागू हुन्छ जस्तो लाग्छ। मलाई मेरो गाउँ ठाउँ मुटुको टुक्रा जस्तो प्रिय् लाग्छ।

मान्छे जन्मनु पनि समयको खेल हो, चक्र हो त्यसलाई प्रकृतिको नियम भन्नेहरु पनि छन यहि भनाइलाई सत्य माने हो हामी पनि प्रकृतिको उपज हौ। सबैले भन्ने गरेको बाल्यकाल रमाइलो भन्छन मेरो पनि रमाइलो थियो। Continue reading

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

कविता : जीवन यो वरदान हो

~हरिभक्त सिग्देल “महेश”~

मुक्तिकाे धाम हाे काँशी आफैँ समाधिमा कठै
सद्गतार्थ छ यो पानी शवयात्रा जताततै ।।

टाेलमा छन् अझै डुङ्गा शहर जलले भरी
स्रष्टा छन् हर बन्ने यी मृदङ्ग ठाेक्दछन् हरि ।।

उत्तराखण्ड त्यस्तै छ पाकिस्तानतिरै पनि
इन्दु नद छ उर्लेकाे हिन्दुका सृष्टिका मुनि ।। Continue reading

Posted in कविता | Tagged | Leave a comment