कविता : मतदान

~हरिभक्त सिग्देल “महेश”~

मतदान छ यो देश दान नै आत्मा ठान्दछु
सधैँ झुठ सधैँ ढाँट कत्ति खप्नु म जान्दछु ।
बाँडेर सपना सारा देश स्वर्ग बनाउने
जनताका सधैँ चिन्ता नेता दुस्ख बढाउने ।।

हौँ अमर म मर्दिन लान सक्छु सबै धन
भनी अकुत यो हेर सम्पति गर्छु आर्जन ।
तर सत्य सबै मृत्यु मुखबाट नगैकन
छैन सुख तिलसम्म शक्दैन लान त्यो धन ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

चिन्तन/खोजपत्र : बुद्धको बाटो

~हरिभक्त सिग्देल “महेश”~

महामानव बुद्धको जन्म ई.पू. ५६३ मा वैशाख पूर्णिमाको दिन लुम्बिनीको बनमा एउटा शाल वृक्षको मुनि भएको थियो । शाक्य क्षेत्री सूर्य वंशमा उनी जन्मेका थिए । उनका हजुरबुवाको नाम सिंह र हजुरआमाको नाम कञ्चना हो । राजा शुद्धोदन र रानी महामया देवीका कोखबाट उनको जन्म भएको थियो । उनको गाँउ, कोशलराज्य कपिलवस्तु हो । मामाघर र ससुराली पनि देवदहनै हो । उनको श्रीमतीको नाम यशोधरा र छोराको नाम राहुल हो । राजा शुद्धोदन ५७ वर्षको हुँदा सिद्धार्थ कुमारको जन्म भएको थियो । जन्मेको पाँचौँ दिनमा उनको नामाकरण गरियो । ८ जना ब्राह्मणहरुले उनलाई भविश्यमा बुद्ध हुन्छ भनि भविष्यवाणी गरेका थिए । उनी जन्मेको ७ दिनमा आमा आहामाया देवी परलोक भईन् । त्यसपछि सिद्धार्थलाई कान्छीआमा प्रजापति गौतमीले हुर्काईन ।

बुद्धको जन्म संगै निम्न सात कुराहरु पनि जन्म÷उत्पन्न भएका थिए । मंगल हात्ती, यशोधरा, कालुदायी मन्त्री, छन्दक सारथी, कन्थक घोडा, बोधिवृक्ष र सुनका ४ घडाहरु । वोधिसत्व सिद्धार्थ कुमारको बिवाह १६ वर्षको Continue reading →

Posted in खोजपत्र, विचार मन्थन|चिन्तन | Tagged | Leave a comment

निबन्ध : सारै जेठा–जेठीहरू

~श्यामप्रसाद~

एकजना साथीकहाँ नब्बे वर्ष नाघ्नुभएका बासँग भेट भयो । उहाँको स्वास्थ्य राम्रै रहेछ । हिंडडुल–कुराकानी आदि आवश्यक काम जति जम्मैजसो गर्न सक्नुहुँदोरहेछ । मलाई निकै खुसी लाग्यो । सारै बूढो भैसक्ता पनि मानिसले यस्तै निरोगी र हँसिलो–रसिलो रहिरहन सक्ने उपायहरू हामीले गर्दै जानुपर्छ । ती बाका छोरा रहेनछन् । एकजना छोरी रहिछन् । उनले आफ्नै परिवारमा राखेर बाको हेरविचार गर्नेगरेकी रहिछन् । हाम्रो समाज पुरुषप्रधान भएकोले प्रायः छोराले नै आमा–बाबुलाई पाल्ने चलन छ । तर, छोरा नराम्रो नियतको रहेछ भने त उसले पालेजस्तो गरिटोपले पनि बाबु–आमालाई नानाभाँतिका दुःख दिइरहन सक्छ । मैले आफ्नो किशोरावस्थामा नै एकजना छोराले आफ्नो बाबुको टाउकोबाट र जीउको अरू भागबाट पनि तररर रगत चुहुने Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : राप

~पुरुषोत्तम सुवेदी~

टेलिफोनको तारमाथि
नाचे भँगेरा, काग र धोबिचरा
अनि बगे आवाजहरू भित्रभित्र
प्रेम, करुणा र कोमलताका
सहअस्तित्वको सद्भावसाथ
अर्कातिर बगे पूरै दम्भसाथ
दलाली, व्यभिचार र पतनका
विषालु झुसिला डकारहरू पनि ।

भोका मान्छेको पेटभित्र Continue reading →

Posted in कविता | Tagged | Leave a comment

खोजपत्र : कर्णाली साहित्यमा चराचुरुङ्गी र कीट पतङ्गको स्थान

~रत्नाकर देवकोटा~

नेपालको भाषिक, ऐतिहासिक, सांस्कृतिक क्षेत्रमा कर्णाली प्रदेशको महत्वपूर्ण स्थान हुनुका साथै प्राकृतिक र भौगर्भिक क्षेत्रमा पनि यस प्रदेशको उत्तिकै गहकिलो स्थान छ भन्ने कुरामा कर्णाली प्रदेशमा पाइने विभिन्न जीवजन्तु, चरा–चुरुङ्गी र कीट–पतङ्गसम्बन्धी उखान, गाउँखाने कथा, लोककथा, लोकोक्ति र लोकगीत आदि यहाँको लोकसाहित्य नै साक्षी छ ।

कर्णाली प्रदेशभित्र हाल कर्णाली, सेती, महाकाली, भेरी र राप्ती अञ्चलका २४ जिल्ला पर्दछन् । प्रस्तुत लेखमा प्रयुक्त सामग्री कर्णाली, सेती, महाकालीका पूरै र भेरी र राप्तीका आंशिक सामग्री जुटाइएका छन् । यहाँ प्रस्तुत अधिकांश सामग्री कर्णाली अञ्चलकै छन् भन्नुपर्दा उचित होला ।

कर्णाली साहित्यमा चरा–चुरुङ्गीको समष्टिगत वर्णन Continue reading →

Posted in खोजपत्र | Tagged | Leave a comment

संस्मरण : पशुपति दर्शन, जुत्ता चोर र खाली खुट्टा

~फणीन्द्रराज खेताला~

म सधैंजसो, बिहान चार(साढे चारको बीच उठेर आफ्नो नित्य क्रिया स्नानबाहेक सबै सकेर केवल दश मिनेट धूप बालेर गुरुले दिएको मन्त्र जप्छु र आफ्नो कोठामा राखेको तस्विरमा घुमाउँछु, नमस्कार गर्छु अनि लुगा लगाई पशुपति दर्शनको लागि घरबाट निस्कन्छु । आज पनि त्यही सिलसिलामा घरबाट निस्कने बेलामा, जुत्ता लगाउँदै गर्दा ‘आज केही लेख्नुपर्छ’ भन्ने र ‘के लेख्ने ?’ भन्ने कुरा मनमा खेल्न लाग्यो । म निस्केँ । आज हिजोअस्तिभन्दा अलि जाडो अनुभव हुँदै थियो । समय पनि अलि चाँडो, सायद पन्ध्र मिनेट जति चाँडो थियो, Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : च्यान्टीको अधिकार

~मञ्जु काँचुली~

फागुनको बेहद शीतल र शान्त रात थियो त्यो । पोखरा शहरको माझ बस्तीको एउटा आधुनिक बङ्गलामा उसकी स्वास्नी च्यान्टी मगर्नी गहिरो निद्रामा मस्त निदाइरहेकी थिई ।

यो बङ्गला उसको लोग्नेको हवल्दार काका (उमेरमा ऊभन्दा निक्कै कान्छो) ले किनेको थियो । एक दिन काका ऊकहाँ आएको थियो । काकाले यहाँ आई बस्ने अनुमति दिँदा र आग्रह गर्दा उसकी स्वास्नी च्यान्टी खुशीले फट्याँङ्ग्रोझैं उफ्रेकी थिई । उसको काका बाईस तेईस वर्षको नौजवान थियो याने कि ऊभन्दा पन्ध्र वर्षले कान्छो अथवा भनौं च्यान्टीकै उमेरको । उसको काकाको शरीर गठिलो थियो । गहुँगोरो अनुहार, यौवनले भरपुर चम्किलो चेहरा, दुवै आँखामा खुशीको चमक, प्राय लुङ्गी र गन्जीको पहिरन थियो । त्यतिबेला च्यान्टी Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : लमजुङ्ग, ठाडो भाखा र द्यौबहादुर !

~बद्रीनाथ भट्ट~

नेपाल अधिराज्यभित्र केवल लमजुङ्ग जिल्लामा परम्परागतरूपमा रहँदै आएका दुरा जनजातिको बारेमा थोरै मात्र अध्ययन अनुसन्धान भएको छ । जसले गर्दा दुरा संस्कृतिभित्र लुकेका महत्वपूर्ण प्रतिभाहरू ओझलमा परेका छन् । हुन त नेपालको शाहवंशीय राजाहरूको पुर्खाहरूमध्ये यसोव्रह्मा शाहलाई कास्कीबाट ल्याएर राजा बनाई दुरा डाँडाको सिन्दुरे ढुंगामा अविरजात्रा गराउनमा खजे दुरा (दुरा डाँडा को च्यान्पाटामा सालिक निर्माण भएको) को साहसी र बहादुरीपूर्ण योगदानको उल्लेख इतिहासमा पाइन्छ । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

चिन्तन : ज्ञानीहरू संभव भएसम्म अर्काको उपकार गर्छन्

~रत्नबहादुर बस्नेत कुरूपी~

भनिएको छ, ‘जसरी अन्धाका लागि यो जगत् अन्धकारमय छ, स्वस्थ आँखा हुनेका लागि प्रकाशमय छ ।’ त्यसरी नै अज्ञानीका लागि यो जगत् दुःखको समूहमय छ र ज्ञानीका लागि सुखमय छ । यसबाट ज्ञान नै सुखको कारण हो र जीवनमा सुख प्राप्त गर्न सर्वप्रथम ज्ञानीबन्नु आवश्यक छ, अर्थात ज्ञानवान् व्यक्ति नै सुखी जीवनको निर्माण गर्न सक्षम हुन्छ भन्ने स्पष्ट हुन्छ । तर मानिस जति सुकै पठित, शिक्षित र विद्वान भए तापनि तबसम्म वास्तविक ज्ञानी कहलाउँदैन जबसम्म उच्च मानवीय गुणहरूलाई अपनाउँदैन । गुणशील स्वभावबाटै मानिस Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged | Leave a comment

अनुभूति : प्रेमको हत्या

~श्री कृष्ण श्रेष्ठ ‘साँखु’~

कुरा थियो ०५४ साल मंसिरकोः– म साथीहरुसित एकदिन चाँगुनारायणमा घुम्न गएको थिएँ । घुम्ने क्रममा कत्तिको नजर ममा र मेरो नजर कत्ति मानिसमा यसको केहि लेखाजोखा नै छैन । तर यत्तिकैमा मेरो नजर एउटी युवतीको नजरमा ठोकिन जान्छ । जसको नजर पनि मतिर रहेको थियो । यसरी केहि बेरसम्म हामी दुईको हेराहेर भैइरहे । त्यतिकैमा मेरा साथीहरुले उनीहरुलाई जिस्काउन थाले र उनीहरुपनि हामीहरुसित Continue reading →

Posted in अनुभूति | Tagged | Leave a comment

कविता : जीवन

~श्री कृष्ण श्रेष्ठ ‘साँखु’~

बरदान हो हाम्रो जीवन
जसरी पनि जिउनुपर्छ ।
मुस्कान मात्र होइन जीवन
आँशु पनि पिउनु पर्छ ।।

ढुंगा, माटो हो जीवन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : रातो ओढारको फूल

~प्रदीप नेपाल~

साँझभर गज्याङगुजुङ भैरह्यो। त्यसैले पनि पासाङ रामरी निदाउन सकेन। मनको दुखाइले उसको निद्रालाई त्यसै पर पर भगाइरहेको थियो, त्यसमाथि दुर्वासा गड्याङ गुडुङ गरेर वर्षिन थालेपछि उसलाई निदाउनै मन लागेन।

पल्लो खाटमा दुर्वासा सुतेको थियो। पासाङलाई डाहा लाग्यो दुर्वासाको निद्रासित। घरी घरी नाक बज्थ्यो दुर्वासाको नत्र एकनाससँग सुरेली खेल्दै मदनपोखरातिर ओरालो लागेको बतास जसरी स्याँ … स्याँ … गर्थ्यो उसको नाक। बादललाई लाग्यो – धर्तीको सबै प्राणवायु दुर्वासा भित्र छ र त्यो कालीगडकी बगे जसरी एकनासले बगिरहेछ।

बादलले किटिक्क स्वीच थिचेर कोठाको बत्ती बाल्यो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आधुनिक नेताको अवतरण

~प्रदीप नेपाल~

२०६० सालको वैशाखको कुरो हो यो। मौसम नराम्ररी बिग्रिएको थियो। चैतमा पनि नचलेको हावा हुडरीले धर्तीलाई तहसनहस पारेको थियो। मडारिएको बतासले मान्छेलाई फनफनी घुमाएर मार्ने, ठिङ्ग उभिएको रूखलाई मर्याक मुरूक पारेर लडाइदिने अनि ओतमा बसेको बेसहारालाई कच्याक किचिक पारेर मारिदिने काम गरिरहेको थियो।

“यस्तो मौसम त यो असी वर्षमा कहिल्यै देखिएन,” काका भुयुमानले लामो सुस्केरा तानेर भने। काका अरू पनि केही बोल्ने कोशिश गर्दैथिए, हठात् आइलागेको माइकको हल्लाले उनलाई अर्को वाक्यमा टेक्न दिएन। माइक कराउदै भुयुमानकै छेउमा आयो। भुयुमानले पुलुक्क माइकलाई हेरे। त्यो भन्दै थियो, “अनुरोध, Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माओवादीको लस्कर

~प्रदीप नेपाल~

टाँकिचौरको ओरालोमा घामले बेस्सरी हानेको छ। रूखहरू पनि प्याक्प्याक् परिरहेका छन्। अहं, एक पित्को हावा चलेको छैन।

उहिले केटाकेटीमा पढेको एउटा कथालाई ओरालो झरिरहेकाहरूले पालैपालो सम्भि्कए। घाम र बतासको कथा …

एकादेशमा एउटा घाम थियो र अर्को एउटा बतास थियो। दुबै असाध्यै घमडी थिए। कोही कसैसँग हार्न मान्दैनथे। बतास आफूलाई सबैभन्दा ठूलो ठान्थ्यो, घाम पनि आफू भन्दा कोही माथि छैनन् भनेर अहङ्कार गर्थ्यो। घामकी आमाले भनी, “नानी अहङ्कार गर्नु हुन्न। विनम्रताले साथी बनाउछ। अहङ्कारले दुश्मन थप्छ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : झुसिल्किरे ताराहरू चबाइरहेछन्

~वासु शशी~Basu Sashi

झुसिल्किरे ताराहरू चबाइरहेछन
रातका तिमिरे पातहरू !
म अनुभव गरिरहेछु
मलाई भोली बिहानको कुनै जरूरत छैन !

यो धमिलो चन्द्रमा
केही बेर मेरो जुत्ता लगाएर जानेछ !
वर्तमान सिध्दिँदै जानेछ मेरो मुटुबाट Continue reading →

Posted in कविता | Tagged | Leave a comment

जातक कथा : घमण्डी बँदेल

एउटा सिंह हिमालयको गुफामा बस्थ्यो । गुफा नजिकैको वनमा बँदेलको बथान पनि बस्थ्यो । एक दिन सिंह जानवर मारेर पेट भरिएपछि नजिकैको पोखरीमा पानी खान गयो । पोखरीको नजिकै एउटा मोटो बँदेल चरिरहेको उसले देख्यो । पेट भरिएको हुनाले सिंहलाई त्यो दिन सिकार खेल्ने मन थिएन । भोलि त्यो बँदेललाई मार्ने बिचार गर्दै ऊ त्यहाँबाट बँदेलले थाहा नपाउने गरी चाल मारेर बनतिर गयो । Continue reading →

Posted in जातक कथा | Tagged , | Leave a comment

कविता : उदास जिन्दगी

~राजेन्द्रप्रसाद अर्याल~

आगोमा फ्याकिएको रवरझैँ खुम्चिएको
नीमको मन्जनभन्दा तीतो
पिठ लागेको खच्चरझै अरर्रिएको
ऐनासरी झर्लम्म फुटेको
हुरीले उँडाएको पत्कर बनी
कोलमा निबुवा झैँ निचोरिन बिवस
दु:खी र उदास जिन्दगीमा पनि
जीजीविषा पलाउँदो रहेछ।

दमको रोगिलेझैं हर पल सुसाउँदै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : दाउ चाल्यौ तिमीले

~ममता मृगतृष्णा~

आफ्नै बाजी जित्ने दाउ चाल्यौ तिमीले
प्रेमको आगो झोसी झोसी गाल्यौ तिमीले

सपना सारा मिठा थिए बुनिएका सजिएका
इच्छा माथी वासनाको दिप बाल्यौ तिमीले Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : धन्य शहर

~नेकी धनेन्द्र~

धन्य शहर
वर्षौ देखिको मेरो रहर
आज पुरा हुँदैछ
चितुुवा जस्तै सिकारका लागि
निर्दोष मान्छेलाई दोवेर बसेका
अपराधिहरु पालेको रैछस
धन्य शहर
वर्षौ देखिको मेरो रहर
आज पुरा हुँदैछ
बकुल्ला जस्तै माछा मार्ने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : चिताको ज्वाला

~गुरुप्रसाद मैनाली~

“शशी ! बिहे गछ्र्यौ ?”

“अनुहार नपरेको मुख !” शशीले चोसो पसारेर भृकुटी खुम्च्याएर आँखा तर्दै भनिन् ।

“भन्दिनौ पोक्ची ! ल्याऊँ गँगटो ?

“सानुदाइ ! बिन्ती छ, भन्छु ।” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चन्द्रवदन

~विश्‍वेश्‍वर प्रसाद कोइराला~

चन्द्रवदनलाई आजकालका त्यस्ता गुण्डादेखि रिस उठ्यो । कात्दाकात्दै छोडी, “हरे हरे, के गरेको, पशु !”, भन्दै छोरीलाई तान्दै कोठाभित्र लगी । “कति चाँडै लेगा मैलाउँछेस्, जानु पर्छनी धुलामा !” भन्दै छोरीको लुगा फेरिदिन थाली । लुगा लगाई फेरि त्यो केटी बार्दलीमा आएर खेल्न थाली । चन्द्रवदन शीतलपाटीमा लडीकन दलिनतिर हेर्दै सोच्न थाली । बाहिर बार्दलीबाट कतुवा ल्याउन बिर्सिछ, नत्र त्यही बसी कात्ने थिई । अहिले जाऊँ भने त्यो मान्छे हुँदै होला ! बीम (दलिन)को कुनामा एउटा बूढो माकुरा अचल भई बसेको थियो । यताउती माकुराका जाला पनि थिए । यसलाई साफ गर्नुपर्ने रहेछ, तर अहिले त जाँगर छैन । एउटा भँगेरो भूँ…. भूँ… गर्दै कहिले कोठाभित्र आउँदथ्यो फेरि बाहिर जान्थ्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दोधार

~माधव सयपत्री~Madhab Sayapatri

म आफ्नो काममा तल्लीन थिएँ । उसले कुन बेला यो पत्र मेरो ब्युटिपार्लरअगाडि छाडेर गयो, मैले पत्तो पाइन् । पत्र मेरी बैनी प्रतिभालाई सम्बोधन गरी लेखिएको छ । यो चिठी भेटेपछि म एकदमै दोधारको स्थितिमा छु । के गरूँ के नगरूँ भएको छ । यहाँ मलाई अपरिचित त्यो मान्छेले छाडेर गएको चिठी जस्ताकोतस्तै राख्न मन लाग्यो ।

– – – – – – – – – – – – – – –

‘मेरी विगतकी आत्मीय मित्र प्रतिभा ! म तिम्रो सहरमा सडकपेटीमा भ्रान्त पथिकझैँ डुलिरहेछु । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जालन्धरी प्रेमी

~अप्सरा लावती लिम्बू~

हप्तादिन अघिदेखि उपहार बेच्ने पसलहरू रातो रंगले सजीसजाउ भएकाछन्। फुल बेच्ने दोकान अंगालो भरीभरीका गुलाबका गुच्छाहरूले भरीभराउ छ। मुटुका आकारमा फुलाइएका बडेमानका राता बलुनहरू हावामा झुलीरहेका छन्।

व्यस्त सडकमा तछाडमछाड गर्दै हुँइकिरहेको एउटा बसको झ्यालबाट कार्यालय ओहोरदोहोर गर्दा देखीरहन्छु यी सब दृश्यहरू। मन अमिलिएर आउँछ र तिमीलाई सम्झन्छु,—“हाम्रो सम्बन्ध आजसम्म यथावत रहेको भए, यी मध्येका कुनै एउटा गुलाफ तिमीलाई प्रेम उपहार भनेर साइबर तरंगहरूबाट टक्राउने थिए । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भार

~सुविन भट्टराई~

एक अर्धपठित ग्राम युवक, आफ्नो सपनाको दौड गाउँको सुष्कता र सुस्ततामा पूरा नहुने देखेपछि अन्ततः सहरको रेलोपेलोमा अवतरित हुन आइपुग्छ । भर्खर थामिएको बर्षा पश्चात् देखिएको स्‍निग्ध आकाशमुन्तिर हिलैहिलो बाटो छ । बाटोबाट हिलोका केही छिटाहरुलाई एक जोडी चप्पलको एकोहोरो भट्याकभट्याकले कालो पाइन्टमा निरन्तरसित टिकटिक दाग बनाइदिरहेको छ ।

एकै दिनमा देखिएको दुई भिन्न परिदृश्य पार्थक्यलाई म मनमा पाइतालासँगै चलाइरहेको छु । गाउँ गोठमा बाँधिएको भैँसीजस्तै लाचार देखेर आएको म सहर उन्मुक्त घोडाजस्तो गतिवान्, बेगवान् देख्‍न थाल्छु । बिरानो Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : कालो चस्मा

~विजय मल्ल~

सिमसिमे पानी परिरहेको छ । मैले स्वास्नीलाई आज राति घर फर्कन्नँ भनेर साँझपखै बाहिर निस्केको थिएँ । तर निशिचत समयभन्दा अगाडि नै काम सिद्धियो । म रातको दुई बजेतिर घर फर्केँ । मलाई थाहा थियो, घरको सामुन्नेको ढोका बन्द रहन्छ । त्यसैको पछाडिको ढोका, जो कहिलेकाहीँ बिर्सिएर खुलै रहन्छ या खुला नरहेको खण्डमा जोडले हल्लायो भने खुल्न सक्दछ । छेस्किनी उत्तिको मजबुद थिएन । निन्द्रामा मस्त भएका कसैलाई कराएर ब्यूँझाउनु मलाई अप्ठ्यारो लाग्दछ । वातावरणमा अनावश्यक गोलमाल सिर्जना गरेजस्तो मलाई भान हुन्छ ।

सिमसिमे पानीमा म रुझे नै हालेँ । नभन्दै पछाडिको ढोका खुल्लै रहेछ । म पसेँ, भरेङ बिस्तारै उक्लिँदै दोस्रो तल्ला, तेस्रो तल्लामा पुगेँ । ढोका बन्द छ । बिस्तारै थपथपाएँ, बन्द छ । त्यसैले बरन्डातिरबाट पछाडिको कोठामा गएर पल्टने विचार गरेँ, त्यही गएँ । कोठा अध्यारो छ । स्विच दबाएँ – बिजुली बत्ती धपक्क बल्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

याैनकथा : रतेली

~दौलतविक्रम विष्ट~

त्यो मान्छेको जब्बर अँगालो खुकुलो भयो । कान्ति मानौँ बिउँझिई । ऊ लरखराउँदै भुइँबाट उठी र भयले त्रस्तझैँ छिनभर जहाँको त्यहीँ उभिरही । त्यो मान्छेको घरमा रतेलीलाई रमाइलो तुल्याउन बसेकी उसकी आमा र भाउजुको थगीतको स्वरले उसको कानमा ठक्कर दिइरहन्छ तर ऊ कुनै अदृश्य आँधीले घचेटिएझैँ अन्धाधुन्ध गतिले अगाडि बढी । अँध्यारोले छोपेको गोरटो छाटिँदै रह्यो । ऊ एकपल्ट पनि पछाडि फर्किन ।

आफ्नो घरको सङ्घारलाई नाघेर ऊ सरासर माथि उक्ली । जन्त गएका उसको बा आमा फर्किसकेका थिए । उनको कोठामा ढोका खुल्लै थियो । भित्र उनी बत्तीको उज्यालोमा कसैसँग खासखुस गरिरहेका थिए । तर ऊ बाबु चाहिनेको कोठालाई छाडेर एक सासमा कोैसीमाथि पुगी । फेरि तरक्क आँसु काटेर के गरुँ के गरुँ, भएझैँ फरियाको सप्कोलाई त्यसै मडार्न थाली । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : थोरे

~चोपनारायण बन्जाडे~

दिनानाथ साहूको पछिसम्म पनि बच्चा भएनन् । देवी भाके, देउरालीमा पाठी चढाए, जान्नेलाई हेराए । हरिवंश यज्ञ लगाए तर पनि बच्चा भएनन् ।

चिना हेर्नेले तिम्रो त तीन बिहा लेखेको छ भन्यो । तेस्रोबाट मात्रै बच्चा हुन्छ भन्यो, त्यसैले ढिलाइ नगरी दोस्रीपछि तेस्री श्रीमती भित्र्याए । बिहे भएको छ महिनामै तेस्रो श्रीमतीबाट बच्चा भयो र छोरै भयो । गाउँमा ‘साहूले सधैँ ब्याजको चिन्ता गर्थे, त्यसैले ब्याजसहित भित्र्याएका रहेछन् कान्छी’ भनेर कुरा काटिरहे तर बुढाले ‘आफ्नो सम्बन्ध उनीसँग पहिलेदेखि नै थियो, जायजन्म रहिहाल्यो त्यसैले भित्र्याएको हो, नत्र के मेरो घरमा भित्र्याउने खालको कुलघरानकी हो र त्यो ?’ भन्दै गाउँगाउँ हिँड्थे । ऊसँग आफ्ना रोमान्सका कथाहरू पनि बुने । घरमा श्रीमती बाहिर प्रेमिका राख्ने खालको हुँ भन्ने देखाउने प्रयत्न गरिरहे । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घाम

~डा. रामदयाल राकेश~

मधेशको घाम कति चर्को हुन्छ त्यो सबैलाई थाहा भएको कुरा हो । त्यसमा पनि मध्य जेठको घाम कति उखरमाइलो हुन्छ कुरा गरेर साध्य छैन । सम्पूर्ण मधेशको धरती धप धप बलि राखेको हुन्छ । चराहरू पनि आकाशमा उड्न आतंकति हुन्छन् । गाइवस्तुहरू आ–आफ्नो गोठमा पनि बस्दा गर्मीले हायल कालय हुन्छ । मानिसहरू तम झन त्रस्त हुन्छन् । यस्तो त्रासबाट त्राण पाउनका लागि सबैको आँखा आकाश तिर एकएक हेरिराखेको हुन्छन् र प्राण पाउन कहाँ हो कहाँ एक टुक्रा बादल पनि देखा पर्दैन । गर्मीले उकुस मुकुस भइराखेको हुन्छन् । सम्पूर्ण मधेशका जीव जन्तुहरू यस्तै त्रासमय वातावरणमा नीला एक्लै आफ्नो आँपको बगैंचामा आँपको रखवाली गर्न पुगेकी हुन्छिन् । उनी सेतो साडीमा सजिएकी छिन् । उनी तन्वंगी छिन् । गहुँ गोरी होइन सम्पूर्ण सृष्टिको अनुपय सृष्टिको अनुपय उपहारको रुपमा सृष्टि कर्ताले उसलाई फुर्सतको बेलामा बनाएर यस पृथ्वीमा पठाएको छ जस्तो । उसलाई विश्वास के छ भने सेतो रंगको साडी लगाउँदा गर्मीको अनुभव कम हुँदो रहेछ र हो पनि । ऊ रजस्वला भएको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नैकापे सर्किनी

~पारिजात~

यो तीन महिनाभरिमा मैले अध्ययन गरेको उसको जीवनमा- कति नीरस, कति पट्याइलाग्दो ? ऊ त्यो त्यही नैकापे सर्किनीको जीवन मरूभूमिको दुस्कर यात्रा जस्तो जीवन, अझ त्यो भन्दा कठिन । मरूभूमिमा त कम भन्दा कम कतै ‘ओएसिस’ हुन्छ भन्ने आशा हुन्छ, यहाँ त्यो पनि छैन । नैकापे सर्किनीको निम्ति जीवन खाली बाँच्दै जानु, बाँच्दै जान्‌ जवसम्म मर्दैन । यो बाँच्दै जानुभित्र उसका केही दैनिक क्रियाकलापहरू रुटिनबद्ध छन्‌ । बिहान अँध्यारैमा उठ्नु, दुःखको मानु पकाउनु र आफूमाथि आश्रित अपाङ्ग लोग्नेलाई खुवाउनु त्यसपछि विष्णुमतीको बगरमा बालुवा झिक्न जानु, साँझ आउनु, पकाउनु, लोग्नेलाई खुवाउनु अनि सुत्नु मुर्दा जस्तै ।

यस अवधिभर ऊ कसैसँग बोल्दिन सिवाय त्यो बालुवा अर्डर गर्ने साहुसँग उही पनि चार शब्द त्यसपछि संवाद सिद्धिन्छ। उभित्र मान्छेको भाषा एक किसिमले मरिसकेको छ, जति ज्यूँदो छ त्यसको कुनै अर्थ छैन । भाषा मात्र होइन उभित्र मान्छेप्रति हुने सहानुभूति र मान्छेबाट आउने त्यसको प्रतिदान दुवै मरिसकेको छ । उसको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिहार

~हरि कंडेल~

घर-अगाडि आँगनमा सयपत्री र मखमलीका फूलहरु फुलेका थिए। आकाशबाट कालो बादल हराएर आकाश कंचन र सुन्दर निलो देखिन्थ्यो । हिलो बाटो सुकेर सुख्खा र सफा भएको थियो । खेतमा धानका बालाहरु सुन जस्तै पहेँलो भएर लहलह झुलेको थियो । दसैं सकिएपछि लट्टाईमा बाँधेर राखेको पिङ बल्ल खोल्न थालीएको थियो । केटाकेटीहरुको पिङमा भिड उस्तै थियो । आमा भित्रबाट बोल्दै हुनुहुन्थ्यो, ” आज लक्ष्मी पूजा , पर्सि भाइटीका बजार जानू पर्ने टीकाको सामान लिन । यी केटाकेटीले पनि मलाई केही कुरामा सघाउने होइन।”

दिदी बोल्नु भयो ” आफ्नो छोरालाई केही भन्नू छैन ?तपाईं कराउने मलाई मात्र त हो नि “? Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : यस्तै

~गोपाल पराजुली~

– यो ऐँठेको कति ?
– एक सुका ।
– यो तितौराको नि?
– पाँच पैसा ।
– यसको नि?
– त्यसको पनि पाँच पैसा ।
– अनि त्यसको नि?
– कसको ?
– त्यसैको त हो नि। (खिसिक्क हाँस्छ)

साहिँली त्यो हाँसोमा बिग्रन्छे जुन हाँसोमा एउटी १२/१४ की केटी आमाबाबुले ‘पखन तेरो यो साल बिहे नगर्दी नछोड्ने’ भन्दा बिग्रन्छे।

अँ होला ! छि: तपाईं त कस्तो ! Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

तामाङ लोक कथा : उँधौली, उँभौली र तामाङ सेलो

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~

उहिले उहिले बुद्व भगवान् मधेस (ग्यागर)मा बुद्व धर्मको प्रचार गर्दै हिँडेको थिए । यस्तैमा उनलाई अत्यन्त गर्मी लाग्यो । त्यो गर्मी हटाउन हिमाल (भोइगर)मा डुल्न मन लागेछ । अनि उनी गुरू रिम्पोर्छे भएर घुमफिर गर्न थाले । गुरू रिम्पोर्छे हिमाली (बाई) क्षेत्रमा बुद्व धर्म प्रचार गर्दै जाँदा त्यहाँकी एउटी भोटेनीसँग उनको माया बस्यो । उनले त्यसै भोटेनीसँग बिहे गरे । उनले भोटिनी श्रीमतीलाई गोमोस्या भन्ने नाम दिए । Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment