Tag Archives: राजेन्द्रप्रसाद अर्याल – Rajendra Aryal

कविता : उदास जिन्दगी

~राजेन्द्रप्रसाद अर्याल~ आगोमा फ्याकिएको रवरझैँ खुम्चिएको नीमको मन्जनभन्दा तीतो पिठ लागेको खच्चरझै अरर्रिएको ऐनासरी झर्लम्म फुटेको हुरीले उँडाएको पत्कर बनी कोलमा निबुवा झैँ निचोरिन बिवस दु:खी र उदास जिन्दगीमा पनि जीजीविषा पलाउँदो रहेछ। दमको रोगिलेझैं हर पल सुसाउँदै

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो हेडसर

~राजेन्द्रप्रसाद अर्याल~ दुर्भाग्य ! जे नहुनुपर्ने थियो त्यही भयो विवेकहीन र निर्दयी कालले पनि असल मान्छे नै छान्दोरहेछ अफसोच ! अन्यायपूर्वक अनि बलजफ्ती जिन्दगीको जागिरबाट मेरो हेड सरलाई मृत्युले अल्पायुमै छिनेर लग्यो

Posted in कविता | Tagged | Leave a comment

कथा : अठोट

~राजेन्द्रप्रसाद अर्याल~ विछ्यौनामा पल्टिइरहेको बेला चमेलीको आगमन हुन्छ। मैले विरामीको अभिनय गर्नु परेको थियो। उनले मेरी श्रीमती भएर मलाई माया गरेको देखाउनु थियो। विछ्यौनाको एक छेउमा वसिन् र मेरो निधारमा छाम्दै “कस्तो छ हजुरलाई ?” भनिन्। मैले केही नभनिकन उनको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : लिटिल इन्डियामा एक दिन

~राजेन्द्रप्रसाद अर्याल~ हामी बेलायत त पुग्यौ त घुमफिर गर्ने प्रशस्त समय थिएन । यस समस्यासँग परिचित विमल, विकल र विनयले न्यून समयको अत्यधिक उपयोग गर्ने कार्यक्रम तय गरें । एक बिहान हामी लन्डन सहरको साउथलतर्फ लाग्यौं । हामी जति अगाडि … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : आत्मीय अँगालोमा बाँधिएको  वृहत् साहित्यिक यात्रा

~राजेन्द्रप्रसाद अर्याल~ ड्यासबाट बोल्दाबोल्दै कवि मञ्जुलको गला अवरुद्ध भयो । वाक्य फुट्न सकेन अनि द्रविभूत हुनुभयो । दर्शक दिर्घातर्फ मौनता छायो । सबै स्तब्ध देखिन्थे । तीस सेकेण्ड जतिको यो दृष्य तथा अवस्थाबाट मञ्जुल सम्हालिनु भयो । एक्कासी यथावस्थामा आई … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

पुस्तक समीक्षा : विजय कुमारको खुसी पढेपछि

~राजेन्द्रप्रसाद अर्याल~ विजय कुमारको खुसी पढिसकेको धेरै नै भयो । यस पुस्तक हेरेपछि केही कुरा नलेखि हँुदैन है भन्ने हुटहुटी मेरो ब्रम्हदेखि बारंबार उठीरहेछ । पत्रकारिता पेशामा कार्यरत वा संलग्न ब्यक्तिहरुबाट सृजित कतिपय पुस्तकहरु बास्तविक तौलभन्दा भरपुर प्रचार प्रशाारको अधिक … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

नियात्रा : सिकागोसँगका अनुभूतिहरू

~राजेन्द्रप्रसाद अर्याल~ सन् २०११ को जुलाई २, ३ र ४ तारिख । अमेरिकीहरूका लागि बिदा र बेग्लै महत्त्वका दिनहरू । यी दिनहरूलाई अमेरिका निवासीहरूले निकै रमाइलो र उमङ्गका साथ मनाएको देखियो । जुलाई ४ तारिख अमेरिकी स्वतन्त्रता दिवसको दिन भएकाले … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : थाई विमानमा तीन घण्टा एउटी परीसँग

~राजेन्द्रप्रसाद अर्याल~ सामान्यतया मैले आफ्नो झोला अघिल्लो दिन बेलुका नै तयारी गरेँ। छोटो भ्रमण भएबाट धेरै सामान त के थियो र नै। आफ्ना लुगा कपडामा भन्दा कागजपत्रहरूको सर्न्दर्भमा म विशेष सचेत र र्सतर्क थिएँ। मैले नेपालको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नु … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : जीवन : उत्तरार्धमा पुगेपछि

~राजेन्द्रप्रसाद अर्याल~ तिसौँ वसन्त पनि पार नगर्दै वैधव्य जीवन अँगाल्न बाध्य निरक्षरी मालतीले दुखजिलो गरेर भए पनि एक्लो छोरालाई एस.एल.सि.पछि काठमाडौँमा राखेर एम.ए.समेत गराइन् । गाउँमा उनको मुक्तकण्ठले प्रशंसा भयो । उदाहरणीय बनिन् । छोराले पनि क्रमशः प्रगति गर्दै गयो … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : थाई बिमानमा तीन घण्टा एउटी परीसँग

~राजेन्द्रप्रसाद अर्याल~ सामान्यतया मैले आफ्नो झोला अघिल्लो दिन बेलुका नै तयारी गरेँ । छोटो भ्रमण भएबाट धेरै सामान त के थियो र नै । आफ्नो लुगा कपडामा भन्दा कागजपत्रहरूको सन्दर्भमा म विशेष सचेत र सतर्क थिएँ । मैले नेपालको तर्फबाट … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : अविवेकी बर्तमानहरु

~राजेन्द्रप्रसाद अर्याल~ म विश्वस्त छु जन्मदैमा मलाई आशङ्का हुनु पर्छ काल क्रमसँगै आशङ्का शङ्कामा परिवर्तन हुन गयो हेक्का उच निचको बृध्दि हुने क्रममा शङ्का यथार्थमा परिणत भयो हाम्रो प्यारो गोरखा प्रत्येक वर्तमानका शोषणबाट पिल्सिईरहेको पो रहेछ ।

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : सेनमा देखिएको वागमतीको मायालु प्रतीच्छाया

~राजेन्द्रप्रसाद अर्याल~ “जब तिमी पेरिस पुग्छौ, सेनमा रोमान्टिक जलयात्रा गर्न नभुल्नू” । यो लोकोक्ति व्यापक प्रचारित छ जसले सेनको महत्ता उजागर गर्न खोजेको बुझिन्छ । सेन, याने कि नदी । हो, सेन नदी (Seine River) । पेरिस यौवना पुष्प हो … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : दसहजार तालको साम्राज्य

~राजेन्द्रप्रसाद अर्याल~ आकाशमार्गबाट विमानस्थललाई हेर्दा विद्युतीय उज्यालोले रात्रिकालीन सौन्दर्यको जलप थपिरहेथ्यो । मिनियापोलिस विमानस्थल ठूलै रहेछ । अमेरिकाको उत्तर दिशामा अवस्थित मिनिसोटा राज्यमा रहेको उक्त विमानस्थल त्यस क्षेत्रको महत्वपूर्ण अन्तर्राष्ट्रिय विमानस्थल हो भन्ने अवगत भयो । स्वदेशबाट उडेको चालीस घण्टापछि … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment