~पोषण पाण्डे~
चीसो बतास चल्यो । अलि अलि गरेर संसार अँध्यारो देखिन थाल्यो । रामे निरुद्देश्य मालिकको ढोकामा उभिइरहेको थियो । कता जाने, के गर्ने भन्ने समस्याले उसको मन र मस्तिष्कलाई गोलमाल गर्न थाल्यो । आज उसको मालिकले उसलाई चोर दोष लगाएर घरबाट निक्लने आज्ञा दिएका थिए । वास्तवमा रामे चोर थियो वा थिएन, यो कुरो अलग्गै रहोस् । ऊ त्यही घरमा जन्म्यो, बढ्यो र एक मानो खानवर्न मजासित पुगेकै थियो । चोर्नुपर्ने जरुरत त फेरि केही थिएन । तर के गर्नु र ? उसलाई दोष लगाइहाले !
मानिस त शंका गर्दा हुन् नै, हेर्दा ठिटो छ, टप्प टिप्यो होला पनि, के बेर ! तर रामेसित आफ्नो चोरीको सबूत माग्ने हौसला थिएन । त्यो पनि मालिकको अगाडि । उसलाई आमाले भनेको कुरा अझै याद छ, ‘बाबु, मालिक भनेका देउता हुन् । आफ्नो हर्ताकर्ता सब उनै हुन् । त्यसैले उनले भनेका एक दुई वचन हामीले सहनै पर्छ । हो न हो, रामेले पनि आफ्नो चोरीको सबूत माग्ने कुनै चेष्टा गरेन । सरासर शिर निहुर्याएर मालिकको अगाडि Continue reading →