Tag Archives: भीष्म उप्रेती – Bhishma Upreti

Translated Poem : Worthiness

~Bhisma Upreti~ Translated by Meenu Minocha Afore leaving home in the morn Detach did I my face from my body And placed it in the frame on the wall Next extracted my heart from my chest Depositing it in the … Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : कवितामा पहाड (दुई)

~भीष्म उप्रेती~ मेरो घर पहाडमा छ पहाडकै ढुङ्गा फुटार गाह्रो लगाएको पहाडकै रातो माटोले टालेको कमेराको रङ र ढुङ्गाकै छानो मेरो घर सानो तर पहाडजस्तै छ । पहाडजस्तै दु:ख पनि छ यहाँ

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी

~भीष्म उप्रेती~ म यहीँ छु तर तिमी छैनौ । मैले निरन्तर माया गरेको अगाध श्रद्धा गरेको अनन्त तपस्या गरेको तिमी, मेरो स्वतन्त्रता मेरो लक्ष्य

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : The Newspaper

~Bhisma Upreti~ Translation: Mahesh Paudyal Every day I am doomed to read on newspapers titles I always dreamt of averting. Profound rivers of tears flow, hewing the banks of letters; letters come all smeared in blood of maids molested just … Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

नियात्रा : स्वर्ग जाने बाटो

~भीष्म उप्रेती~ चामेको बिहान निकै जाडो थियो। सबेरै आँखा खुले पनि ओछ्यान छोड्न मनै नलाग्ने। तर, उठ्न ढिला हुँदा बाथरुम पाउन पालो कुर्नुपर्ने सम्भावनाले सुत्न दिएन। नुहाउन चाहन्थेँ। पानी छोएपछि त्यो उत्साह पनि मरेर गयो। कपालसम्म नुहाएँ जसैतसै। हिजोअस्तिजस्तै आज … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : धेरै माछाहरू

~भीष्म उप्रेती~ जाजरकोटको रिम्ना पुगेपछि गाडी लैजान मिलेन । सानी भेरी नदीको झोलुंगे पुल तरेर हिँड्न थाल्यौँ सानो ब्याकप्याक बोकेर । खोतारे पुगेपछि जीप पाइयो । जिपले हामीलाई चिसापानी बजारसम्म लगिदियो । त्यसभन्दा अगाडि जान हिँड्नुपर्ने रहेछ । नदीको किनारै … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

निबन्ध : सत्य र भ्रम

~भीष्म उप्रेती~ हामी कति सत्य बाँच्छौँ र कति भ्रम बाँच्छौँ जीवनमा ? अथवा हामीलाई बाँच्न कति सत्य र कति भ्रम चाहिन्छ ? म यिनै प्रश्नहरूको वरपिरि घुमिरहेको छु कति दिनदेखि । यसै प्रश्नको अल्झोमा अल्झन पुगेको छु र यो प्रश्न … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

नियात्रा : मस्र्याङ्दी नदीको पानीजस्तै

~भीष्म उप्रेती~ हामी हिँडिरहेका थियौँ । जीवनको अर्थ पनि हिँड्नुमा नै छ । जीवनमा अर्थ खोजिरहने र अर्थकै वरिपरि घुमिरहन चाहने मान्छेले त झन् नहिँडी सुखै छैन । उसमाथि पनि हामी त जीवनका भागदौडका यावत् कुराहरूलाई थाँती राखेर हिँड्नकै लागि … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

निबन्ध : भोक

~भीष्म उप्रेती~ ‘जीवन सधैँभरि सोझो बाटोबाट मात्र हिँड्दैन’- जीवनमा चालीसौँ वर्षसम्म हिँडेपछि ज्ञानको एउटा झिल्को झिलिक्क बलेको छ मभित्र । यस्ता झिल्काहरू सधैँ बलिरहुन् र जीवन जाज्ज्वल्य भइरहोस् भन्ने चाहन्छु सधैँ तर चाहनु र हुनु दुई अलगअलग कुराहरू हुन् । … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

नियात्रा : अतिथि देवो भवः

~भीष्म उप्रेती~ हामी दिपायलमा थियौ“ । हाम्रो लक्ष्य कपलदेही गाउ“ विकास समितिमा पुगेर सा“झ पुनः दिपायल नै र्फकने थियो । त्यसैले बिहानको कलिलो घामस“गै हि“ड्न थाल्यौ“ । २०५८ जेठ १५ गते सोमबारको कुरा हो यो । बाटो उकालो थियो । … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : कसरी कवि भयौ त ?

~भीष्म उप्रेती~ सेमिनार सुरु हुनै लागेको रहेछ। ढोका खोलेर म सुटुक्क भित्र पसेँ र सबैभन्दा पछाडिको लाइनको खाली सिटमा गएर बसेँ। यहाँ गैरमातृभाषामा लेखिएको साहित्यसम्बन्धी आफ्ना अनुभवहरू दुई जना साहित्यकारहरूले सुनाउने कार्यक्रम थियो। ताइवानका अल्पसंख्यकभाषी लेखकको अनुभव ज्यादै रोचक थियो। … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

निबन्ध : तपाइँको पहाड कहाँ हो ?

~भीष्म उप्रेती~ ‘तपाइँको पहाड कहाँ हो ?’ मैले धेरैपल्ट जवाफ दिइसकेको प्रश्न हो यो । कतिपल्ट यस प्रश्नलाई मैले अत्यन्त सामान्यरूपमा लिएको छु र जवाफ पनि त्यत्तिकै सामान्यरूपमा नै दिएको छु । यस प्रश्नको जवाफमा मैले सामान्यतया भन्ने गरेको कुरा … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : कवितामा पहाड

~भीष्म उप्रेती~ पहाड पहाडजस्तो रहेन अब । त्यहाँ वरपीपल हुनुपर्छ सियाँल ताप्न आस्थाहरू चुलिएर मन्दिर बनेको हुनुपर्छ र घण्टहरूको ध्वनि, चराहरूको आवाज र खोलीको कुलकुल एउटा जिउँदो सङ्गीत हुनुपर्छ मान्छेहरू हिँडेको हुनुपर्छ निर्धक्क र छायाँजस्तो अघिपछि सँगसँगै हिँड्नुपर्छ प्रेम

Posted in कविता | Tagged | Leave a comment

कविता : तस्वीर

~भीष्म उप्रेती~ तिमीले भन्यौ – म तिम्रो तस्वीर खिच्न चाहन्छु । मसँग त दुःखका कोर्राले निर्मम पिटेको उदास र थकित अनुहार पनि छ भोकको नङ्ग्राहरुले त्रुूरतापूर्वक चिथोरेको

Posted in कविता | Tagged | Leave a comment

कविता : आकाश खस्यो भने के हुन्छ ?

~भीष्म उप्रेती~ मलाई सानो छोराले सोध्यो – ‘बाबा, आकाश खस्यो भने के हुन्छ ?’ मैले पहिला उसलाई हेरेँ र पछि हेरेँ आकाशलाई । आकाश जसलाई म आस्था मान्छु पवित्र आस्था, आकाश जसलाई म विश्वास मान्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : पदचिन्ह

~भीष्म उप्रेती~ बादलका झुप्पाहरूजस्तो सेतो हिउँमा मैले आफ्ना पाइतलाका छापहरू बनाएँ । जान्दाजान्दै पनि कि मायाजस्तो अलिकति न्यानो पाउने बित्तिकै

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : जब तिमी शब्दहरुको गर्भधारण ग-र्यौ

~योङ्ग उइ चोइ~ अनुवाद : भिष्म उप्रेती जब तिम्रो आफ्नै किताब निकाल्ने तीब्र इच्छाको गर्भधारण ग-र्यौ र तिमीभित्रै शब्दहरुले लात हानेको अनुभव ग-र्यौ र तिम्रो साधनाको तल्लो पेट बढेको स्पष्ट देख्छ्यौ तिमी त्यो शिशुलाइ तिम्रो सपनाको गर्भभन्दा पनि ठूलो बृहत्तर … Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : मस्र्याङ्दी नदी

~भीष्म उप्रेती~ मस्र्याङ्दी नदी हिउँ पग्लेर मात्र बगेको होइन तिलिचो ताल बगेर मात्र बनेको होइन । पिसाङ, तिलिचो र गंगापूर्ण हिमालहरू र तीसँगै जोडिएका अन्य पहाडहरूसँग भन्नलाई अनेक कथाहरू छन् कसरी तिनीहरू उभिए दृढतापूर्वक र बेसहारा मानिसहरूलाई बास दिए मानिसका … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सूर्यास्तअघि

~भीष्म उप्रेती~ जीवन त साह्रै सुन्दर रहेछ । सिङ्गै उमेर तँछाडमछाडमै बित्यो खेदो खनेर अर्कालाई गाली गरेर अर्कालाई काटेर रुखहरू नासेर मूलहरू अहंको कालोले धमिल्याएर प्रेमको निर्मल पोखरी सिङ्गै जीवन त

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : ५४१६ मिटर

~भीष्म उप्रेती~ बिहान चार बजे उठ्ने सल्लाह भएको थियो हिजो तर जाडो असाध्यै धेरै भएकाले उठ्न मनै लागेन । फेरि होटेलभरि विदेशी पर्यटकहरू रहेका र पहिला उनीहरूलाई ब्रेकफाष्ट गराउने जानकारी पाएकाले पनि यस्तो जाडोमा उठेर सास्ती पाउनुको अर्थ पनि देखिनँ … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

सिजो : रात र दिन

~भीष्म उप्रेती~ रात र दिनलाई एकै गरेर बसिरहेँ फूलको छेउमा काँडासँगसमेत

Posted in सिजो | Tagged | Leave a comment

नियात्रा : यार्सा जिन्दगी

~भीष्म उप्रेती~ नेपालगञ्जमा जेठको महिना । घाम हुर्हुरी बलेको आगोको डल्लो बनेको थियो । त्यसमाथि अव्यवस्थित शहरमा अव्यवस्थित यातायातका साधनले उडाएको धूलो, धूवाँ र हर्नको चर्को आवाज । दिउँसो बाहिरफेर निस्कन सकिने अवस्थै थिएन । चिसो वातावरण एउटा प्यास बनेको … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : जापान कतिपल्ट आएका छौ ?

~भीष्म उप्रेती~ विमान परिचारिकाले ‘अब हामी नारिता विमानस्थलमा अवतरण गर्दैछौँ’ भन्ने सन्देश प्रसारण गर्दा मेरो मनभित्र एक किसिमको चिसो पस्यो । एउटा विपन्न देशको मान्छे अति सम्पन्न मुलुक जापानको राजधानी टोकियो अवतरण गर्न लाग्दा एकदम रोमान्चित, उत्साहित र उत्सुक हुनुपर्ने … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment