कथाः बेग्लै म

~उषा शेरचन~

मेरो अप्रेसन सफल भयो ।

मैले नयाँ जीवन पाए । बाबा भने पुनः बैदेसिक रोजगारीमा फर्किनु भयो । तर आमा र म त छाया सरी सधैँ सँगै भयौँ । उहाँको खुसीको सिमा थिएन मैले पाएको नयाँ जीवनमा । म त उहाँ भन्दा कति हो कति बढी खुसी । सिमाहीन खुसी । त्यसै बीच मैले अल्मलिएको पढाइ सम्हाले, दिलोज्यान दिई पढेँ । अन्तमा नतिजा अब्बल आयो ! घरमा खुसीको फरक रौनकता फैलिन थाल्यो । हिजोबाट त हाम्रो खुसी डबलिएको छ । कडा प्रतिस्पर्दाका बीच कम्पनीले मलाई नै छनोट गरी म्यानेजेरियल जिम्मेवारी थमाइदिएको छ । अकल्पनीय जस्तै लाग्छ, आजको मेरो उपलब्धि । तय गर्नु पर्ने यात्रा लामो छ अझै तर यतिखेर अनायासै उघ्रिदै छन् स्मृतिका ती पानाहरु । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : मनका विषाणु

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~

छन्द : उपजाति‌

बसी घरैमा म त लड्न सक्छु
यो बाह्यको कोरन जित्न सक्छु ।
मभित्रकै कोरनले सतायो
क्वारेनटाईन भए म बस्छु ।।१।।

म सेनिटाईजर नै घसूँ कि ।
वा आइसोलेसनमा बसूँ कि
ए वैद्य बा साबन छैन त्यस्तो ?
जाओस् मनैको सब कल्मषै पो ।।२।। Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : खालि हात गए

~नेकी धनेन्द्र~

लोभ गर्ने अनकनाए खालि हात गए ।।
कोही आफैलाई खनाए खालि हात गए ।।

कति आए बास बस्न यो बाटोम यात्री
सुनकै दरबार बनाए खालि हात गए ।। Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : दशरथको व्यथा

~पोषण पाण्डे~

तिमीले हान्यौ हात्ती ठानेर
तर पर्‍यो ठहरै श्रवणकुमार
प्यासले छटपटाउँदै, छटपटाउँदै
उसका अन्धा बाबु र आमा
एउटै चितामा जले

त्यो चिताको लपलपाउँदो ज्वाला
त्यो त्यस्तै थ्यो Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : क्रूर मौन

~राजव~

अब उसको दृष्टिको भविष्य राता पुलिसको हातमा छ  । यो वाक्य ‘ऊ कुन चीज हो ?’ शीर्षकको मेरो कथाको अन्तिम वाक्य थियो ।

राजधानीको एक प्रतिष्ठित त्रैमासिकमा निकै पहिले यो कथा छापिएको थियो । प्रतिक्रियामा पाठकहरूले प्रयोग गरेको शब्दमा भन्ने हो भने यसलाई निकै पावरफुल कथा मानिएको थियो । तर, यो कथाबारे पाठकको जिज्ञासा सकिएको थिएन । विशेषगरी हरिसिंह कार्कीबारे उनीहरू निकै कौतूहलमा थिए । हरिसिंह कार्की कथाको नायक थियो । पाठक, दर्शकहरूको सहानुभूति नायकतिर नै हुन्छ । खलनायकतिर के हुनु ? Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : एक कप चिया

~क्याथरिन म्यान्स्फिल्ड~
अनुवाद :राजनारायण प्रधान

रोजमरी साह्रै सुन्दरी त थिइनन् तर तिनी आकर्षक भने थिइन् । तिनी तरुनी नै थिइन् । तिनको अनुहार कान्तिमय थियो । तिनी आधुनिक लुगाहरु लगाउँथिन्, नयाँ–नयाँ साहित्यिक पुस्तकहरु पढ्थिन् ।

रोजमरीको विवाह भएको दुई वर्ष मात्र बितेको थियो । पति तिनलाई खुबै माया गर्दथे । यी दम्पती खुबै धनी थिए । रोजमरीले केही किन्न परे तिनी सोझै पेरिस गएर माल सामान किन्दथिन् । यदि तिनलाई फूल किन्न इच्छा लाग्यो भने तिनको मोटर सोझै रिजेन्ट स्ट्रिटको एक सुन्दर पसलमा गएर अड्दथ्यो अनि रोजमरी पसलभित्र पसेर प्रशन्न दृष्टिले चारैतिर हेरेर भन्दथिन्– ‘मलाई त्यो फ”ल पनि चाहियो । यस फूलको चार गुच्छा देऊ है !’ Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : “नटुङ्गिएका कथा” का दृश्यहरु र थप कथाहरु

~डिल्लीराज आचार्य~

जलेका झुप्राहरु देखें
ढलेका लासहरु देखें
रुँदारुदै मैले रुकुमको कविता लेखें
(कवि नदीराम के.सी. कलम अङ्क ३०)

शैली मन प¥यो । त्यसैले मैले पनि द्धन्द्धकालमा यही शैलीलाई पछ्याउदै “जे देखें त्यही लेखें” शिर्षकमा कविता लेखेर दाङ्गमा सञ्चालित हुने साहित्य सौजन्य माला कार्यक्रमको एक बसाईमा बिच त्यो कविता सहभागीहरुका सामु राखेको थिएं । सुन्नेहरु केही डरले जिब्रो टोके सरहको भएका थिए । किनकी कविताको भाव तत्कालिन राज्यसत्ताको ज्यादतीको बिरोधमा केन्द्रीत थियो ।

द्धन्द्धकालिन साहित्य द्धन्द्धको सेरोफेरोमा नै रहनु स्वभाबिक थियो । द्धन्द्धकालमा पनि धेरैले कलम चलाए । Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

Translated Poem : Mother

~Govinda Giri Prerna~
Translated by Mahesh Paudyal

Here’s a chilling instance of taming a daughter-in-law.
A woman—ready to deliver any moment
goes out to gather fodder
fills her basket with utter difficulty
gathers turfs,
added to the burden inside the belly
is the load of grass on the back
a surge of perspiration drips
down the earlobes
the load of sweats from the back
flow down, towards her petticoat
the feet are bare; there’s no slippers Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

अनूदित लामो कथा : नाक

~निकालाइ गोगल~
अनुवाद  : डा. बलराम अर्याल

सेन्ट् पिटर्सबर्गमा मार्च् २५ मा एउटा अत्यन्त असाधारण र अचम्मको घटना घट्यो । भज्निसेन्स्कीइ एभिन्यूमा बस्ने एकजना हजाम इभान याकभ्लेभिछ् (उसको थर हराएको छ, र उसको साइनबोर्डमा पनि – जहाँ रहेको छ गालामा साबुनको फिँजै – फिँजले भरिएको एकजना सज्जनको तस्वीर र एउटा लेखोट – “यहाँ रगत पनि खोलिन्छ” – अरू बढी केही छैन ।), हजाम इभान याकभ्लेभिछ् एक दिन बिहान सखारै उठ्यो, र सुन्यो नाकमा तात्तातो रोटीको वासना । बिछ्यौनामा यसो अलिकति उठेरै देख्यो उसले, उसकी श्रीमती, जो निकै सम्मानित महिला थिइन्, र कफी बेहद मन पराउँथिन्, तन्दुरी – अगेनाबाट ताजा पोलेको रोटी निकाल्दै थिइन् । Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : त्यो रात पनि यस्तै थियो

~शंकर लामिछाने~

एउटा कालो ओढ्ने ओढे झैं यो मीठो रात बादलको घुम्टोमा लुकेको छ । चिसो-चिसो बतास आएर जिउलाई अँगालिरहेछ । एकतमासको सिरिङ्ग गर्छ मेरो शरीर । कसैले सुम्सुम्याए झैं प्यारले ! … … कसैले ? यो ‘कसैले’ भन्दा मेरो आँखामा एउटा मुख झल्किन्छ !

म चाहिँ संसारैलाई बटुलेर, सयलाई एकमुष्ठ लिएर, मुछी, भन्न चाहन्छु- कसैले ! तर, त्यो कोही संसारभन्दा छुट्टा भएर ‘म’ भन्दै मेरो आँखामा नाच्न थाल्छे । कस्ती शक्तिशालिनी छ ! आफ्नो मुटुको रगत निचोरी-निचोरी मैले उसलाई हुर्काएँ । उसलाई ठूलो पार्ने मैं हुँ । नत्र त, त्यो एउटी साधारण नारी हो । मेरा आँखामा अरु जस्ता छन्, ऊ पनि त उस्तै होली नि अरुका आँखामा । उसलाई ठूली देख्ने दोष त मेरै आँखाको न हो । दोष मेरै हो ।
मैले किन उसलाई प्रेम गरेँ ? किन ? किन मैले उसलाई भनेँ- ‘तिमी भइनौ भने त… ….’ त्यस दिन । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लेख : सात्त्विक आहार

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~

आहार भनेको सम्पूर्ण प्राणीहरूलाई जिउनका लागि नभइनहुने तŒव हो । आहारबाट नै प्राणीहरूले शक्ति वा कुनै पनि कार्य गर्ने क्षमता प्राप्त गर्दछन् । संसारमा विभिन्न प्राणीहरूका लागि विभिन्न प्रकारका आहार्य वस्तुको निर्माण भएको छ । एउटै वस्तु एउटा प्राणीका लागि अमृतसमान हुन्छ भने त्यही वस्तु अन्य प्राणीका लागि खान अशक्य÷अयोग्य पनि हुन्छ ।

विशेष गरी भोजन मनुष्यमात्रले साधना वा भगवद्भक्ति गरेर आफ्नो इष्ट प्राप्ति गर्ने कार्यमा होस् वा स्वस्थ रहने सम्बन्धमा होस् जुनसुकै विषयमा पनि भोजन नभइनहुने र अत्यन्त प्रभावकारी तŒव पनिे भएकाले विचारणीय विषय बन्न पुगेको छ । Continue reading

Posted in लेख | Tagged | Leave a comment

कविता : फूलहरु

~नेकी धनेन्द्र~

हिमालका फेदीहरुमा, पहाडका टुप्पामा
तराइका फाँटहरुमा फुलेका फूलहरु
एकै वर्णका हुदैनन्
तर,
भिरपाखामा फूलेका फूलहरु
सजिलो ठाउँमा फूलेका फूलहरु
जुनसुकै ठाउँमा फूलुन फूलहरु
एउटै लक्ष बोकेर फूल्छन्
तराइमा फूलेका फूलहरुले
तराइको शोभा बढाइदिएका हुन्छन् Continue reading

Posted in कविता | Tagged | Leave a comment

यौनकथा : पिशाचिनी

~माया ठकुरी~

आजभन्दा झन्डै चौवालीस पैँतालीस वर्षअघिको कुरो हो, त्यसबेला म एघार वर्षकी बालिका थिएँ। म आमाको गर्भमा छँदै मेरो बुबाको मृत्यु भएको कुरो मैले आमाको मुखबाट सुनेकी थिएँ। हाम्रो तीनओटा स-साना कोठा भएको एउटा घर थियो जसमा म, मेरी आमा र दाजु कर्णवीर बस्ने गर्दथ्यौँ। एउटा कोठामा म र आमा सुत्दथ्यौँ भने सँगैको कोठामा दाजु सुत्ने गर्दथे ।

म र मेरी आमा सुत्ने कोठामा पूर्वपट्टिको भित्तामा काठको फलेक ठोकेर त्यसमा शिवपार्वतीको सानो फोटो राखिएको थियो । मेरी आमा हरेक साँझबिहान त्यो फोटोको अघि चोखो पानी, फूल राखेर दियो बत्ती बाल्ने गर्नु हुन्थ्यो । त्यतिमात्र होइन उहाँ धूपौरोमा बलेको कोइला राखेर त्यसमा धूपको धूलो छर्कंदै सबै कोठामा डुलाउने गर्नु हुन्थ्यो ।

धूपको सुगन्धित वासना घरभरि फैलिन्थ्यो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : आकार बनाउनु पर्छ

~नेकी धनेन्द्र~

यो जिन्दगीको आकार बनाउनु पर्छ
समय अनुसार बनाउनु पर्छ

इच्छा आकांक्षा असिमित भएपनि Continue reading

Posted in गजल | Tagged | Leave a comment

अनूदित कथा : मानिस केले बाँच्ने गर्छ ?

~लियो टोल्सटोय~
अनुवाद : प्रकाशकुमार शर्मा

रूसको कुनै गाउँमा आफ्नो नाउँमा एकबित्ता पनि जग्गाजमिन नभएको सिमोन नाउँ गरेको एउटा गरीब सार्की बस्थ्यो । त्यसैले उसले आफ्नी श्रीमती र छोराछोरीहरू राख्नलाई एउटा किसानको छाप्रो भाडामा लिएको थियो र ज्यालादारीबाट पेट पाल्थ्यो । ज्याला सस्तो थियो तर रोटी महङ्गो थियो त्यसैले उसले कमाएजति सबै खानामा खर्च भाइहाल्थ्यो । हिउँदमा लगाउन भनेर सिमोन र उसकी श्रीमती दुवै जनाका लागि भेडाको छालाको एउटामात्रै कोट थियो; त्यही पनि पुरानो र ठाउँठाउँमा फाटिसकेको । नयाँ कोट सिलाउन भनेर सिमोनले भेडाको छाला किन्नखोजेको पनि दुई वर्ष भइसकेको थियो । यसपल्ट भने हिउँद लाग्नुअघि नै केही पैसा जोगाउन सिमोन सफल भयो । तीन रूबल स्वास्नीको कन्तुरमा लुकाइराखेको थियो अनि गाउँका गाहकीहरूबाट उसले पाँच रूबल र बीस कोपेक उधारो उठाउन बाँकी थियो ।

एक बिहान उसले भेडाको छाला किन्न गाउँतिर जाने तयारी गर्‍यो । कमिजमाथि उसले श्रीमतीको ज्याकेट लगायो अनि त्यसमाथि कपडाको कोट पनि लगायो । स्वास्नीको कन्तुरबाट पैसा निकाल्यो र खल्तीमा हाल्यो र बिहानको नास्ता खाएर लठ्ठी टेक्दै गाउँतिर निस्कियो । “उठाउँन बाँकी पाँच रूबल त उठाइहाल्छु,” उसले सोच्यो, “आफूसित भएको तीन रूबल थप्छु । यति पैसाले त जाडोको कोट सिलाउन भेडाको छाला किन्न जत्ति Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कविता : हाम्रो संघर्ष

~नेकी धनेन्द्र~

चट्टानहरु फोरेर उदाउँदैन घाम
चिलगारी जस्तै
माथी माथी आउँछ
माथी माथी जान्छ
यो घामले पनि
संघर्ष गर्न पटक्कै सिकाएन !!
बरु, Continue reading

Posted in कविता | Tagged | Leave a comment

यौनकथा : विराग

~मोहनराज शर्मा~

यो कथा मिश्रीलाल र चिनीमायाको हो ।

त्यस बखत मिश्रीलाल झ्यालमा बसेर टाढाटाढासम्म पसारिएको बेवारिसे चौरमा आँखा दौडाउँदै थियो । चौरभरि निर्धक्क उम्रेका दूबाका टुप्पाटुप्पाले शीतका सग्लासग्ला थोपा उचालेका थिए । बिहानीको कलिलो घाममा पनि टलक्कै टल्केका तिनै थोपाभित्र ऊ आफूलाई घरी लुकाउने र घरी खोज्ने खेल खेल्दै थियो ।

प्रकृतिमा यसरी रतिएको देखे पनि मिश्रीलाल प्रकृतिप्रेमी वर्गमा पर्ने प्राणी होइन । प्रकृतिको पुजारी भएर होइन, आफ्नै मनको मरुभित्र चर्कदो असीम तीर्खा मेटाउन ऊ दूबो र शीतको मरीचिकामा अल्झेको थियो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : भग्नकुण्ड र माछो

~विवश पोख्रेल~

उफ्‌ । फेरि अस्पताल । उही फोहर ओछ्यान, उही दुर्गधित कोठा । ऐया, आत्थाको आर्तनाद । कहिले मुक्ति पाइने हो यो सिलसिलाबाट । कृतिका ओछ्यानमाथि पल्टिएकी छे र सम्झिरहेकी छे आफ्नो जीवन, दुःख-सास्ती । सुस्त घुमिरहेछ उसको कष्टप्रद जीवनजस्तै ऊमाथिको सिलिङ पढ्खा । “हरे ! सबैधोक मलाई नै हुनुपर्ने” खिन्नतासँगै ऊ आफैंलाई प्रश्न गरिरहेकी छे । यसो सोच्दा हो पनि अब मलाई के चाहिँ हुन बाँकी छ र ! पित्ताशयमा पत्थरी, एपेन्डिस्‌ । यसपल्ट फेरि थप अर्को अप्रेशन । त्यसमा पनि उच्चरक्तचाप र मधुमेहको रोगी । तर धन्य भगवान्‌, यसले अहिलेसम्मको अप्रेशनमा भने बाधा पुर्याएको छैन । रोगी शरीर साइकलको थोत्रो ट्यूब र जुटको बोराजस्तो भएको छ । यता टाल्यो, उता सियो । कहिले यता उध्रिन्छ, कहिले उता भ्वाङ पर्छ । कहिले यता दुख्छ, कहिले उता – सधैँको पन्तरोगी । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : यो कस्तो व्यथा हो

~इश्वरवल्लभ~

यो कस्तो व्यथा हो,
लिएर मनमा हिँडिरहेछु हिँडिरहेछु

यी भत्किरहेका पाइलालाई सोधेँ
के भो भनेर, केही हैन भन्छन् Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

यौनकथा : हेल्लुस

~डा. धुवचन्द्र गौतम~

चितुवा एक्कासी बुर्लुक्क उफ्रयो र केटीबाट उछिट्टिएर अलग्ग भयो । चितुवा स्वाँस्वाँ गरिरहेको थियो । केटी पनि । त्यो विज्ञापनको अथवा डिजिटल थिएन । केटी चितुवासित पहिले डराउँदिन थिई, तर उछिट्टिएर पर गएपछि उसमा एउटा भय र विरत्ति भरिन्थ्यो।

ऊ चारैतिर हेर्दैथिई, कोही हेरिरहेको छ छैन ? त्यस्तो हुँदैन थियो । त्यस बखतसम्म त चितुवासमेत अदृश्य भइसकेकी थियो ।

वास्तवमा त्यो चितुवा पनि थिएन । त्यो हेल्लुस नाउँ गरेको जनावर हुन्थ्यो । स्थानीय वासिन्दाले त्यसको नाउँ त्यही राखेका थिए । चितुवासित केही मिल्दाजुल्दो देखिन्थ्यो । हेल्लुसका पनि पञ्जा र नङ्ग्रा थिए । जुङ्गा थिए । सबभन्दा मिल्ने कुरा थियो हेल्लुस पनि त्यत्तिकै बलशाली र फुर्तिलो थियो । हुनसक्छ कैयौँ गुना बढी पनि होस् । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कथा लेख्न गाह्रो छ

~पारिजात~Parijaat

एउटा फुच्चे धेरैबेर मेरो अघि बसेर गुलेली बनाउँने प्रयास गरिरहन्छ । अनि म झल्याँस्स संझन्छु-बर्ष७, पूर्णकैँ २२ उत्साहको एउटा कथा पढ्न बाँकीछ -मोहनराज शर्माको गुलेलीघर । हत्तपत्त पत्रिका निकालेर कथा पढ्न थाल्छु । यसै पनि नाउँ चलेको लेखक ।

सँधै एउटा गुलेली र केही मट्याँग्रा बोकेर दुर्जनहरुको उछित्तो पार्दै हिँडने कथाको नायक गुलेलीघरलाई लिएर कथा अघि बढ्छ । शैली प्रस्तुतिकरण, भाषिक सौन्दर्य केही छैन कथामा । मलाई लाग्छ कथामा त्यसो भए विचार जरुरै सशक्त होला, यसै आशाले म पनि अघि बढ्छु र मोटर दुर्घटना भएको ठाउँसम्म पुग्छु । घायल ठिटोको अघि हातमा गुलेली बोकेको न्यायप्रेमी गुलेलीघर उपस्थित छ । यतिखेर म सोच्छु-अब यस न्यायप्रेमीले गुलेली चखाएर भएपनि ड्राइभरलाई रोक्छ र ठिटोलाई अस्पताल पुर्याउँछ र यथार्थ पनि यही थियो। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शुक्रराज शास्त्रीको चस्मा

~राजेन्द्र पराजुली~

अचानक खस्यो सहिद शुक्रराज शास्त्रीको चस्मा उनको सालिकबाट । चस्माहीन उनको आँखा अनौठो देखिन थाल्यो । नाकको डाँडीमा अडिएको चस्मा अकस्मात गायब हुँदा उनको नाक पनि असामान्य देखिएको थियो । उनको आँखा कहिले चिम्सा देखिन्थे त कहिले विस्फारित । नाक कहिले थेप्चो प्रतित हुन्थ्यो भने कहिले लाम्चो । अनुहारको रङ्ग पनि कहिले गोरो, कहिले कालो त कहिले गहुँगोरो देखिन्थ्यो ।

मार्बलमा खसेको उनको चस्मा टुक्राटुक्रा भयो । सडकबीच चोकमा राखिएको दशकौँ पुरानो त्यो सालिक निश्चल उभिरहेको थियो । एक्ला शुक्रराजको सालिकमा कुनै परिवर्तन आएको थिएन । हरेक सालको फागुन ७ को छेउछाउमा एक हुल मान्छे जम्मा हुने र बासी भाषण गर्ने क्रम भने जारी थियो । फागुनको पहिलो साता राजनीतिक दलका केही नेताहरु आउँथे र शुक्रराजको सालिक वरिपरि झुम्मिन्थे । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : शुभ-कामना

~नेकी धनेन्द्र~

यतिखेर सोचिरहेछु
सौर्यले पृथ्वीलाई
पृथ्वीले सौर्यलाई
आज सम्म कति फन्का
लगाए होलान् ?
अनुमान बाहेक
यसको उत्तर
को सँग छ होला ?
पृथ्वीले तिनसय पैंसट्ठी Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथाः रामेछापको श्रवणकुमार

~राजेन्द्र विमल~

म पुराणकालीन श्रवणकुमारको कथा होइन, आधुनिक सरबनको कथा भन्दै छु । हुन त पञ्चायतको मतदातासूचीमा यिनको नाउँ पनि श्रवणकुमार नै हो । श्रवणकुमार नं. १ को काल म भन्न सक्दिनँ, नं. २ को चाहिँ जन्मतिमि हो – २००७ साल वैशाख ३ गते । अघिल्लाका आमा-बाबु पनि अन्धा थिए, पछिल्लाका पनि । हो, पछिल्लाका अन्धै भइसकेका त थिएनन्‌ तर मोतियाविन्दुले गर्दा देख्दैनथे ।

दरिद्रताको जाँतोमा दुवै श्रवणकुमार गहुँ झैँ पिसिएका थिए । दुवै श्रवण जङ्गलमै जन्मिएका थिए । श्रवण नं. १ भारतीय नागरिक थिए भने श्रवण नं. २ वंशजका नाताले खाँटी नेपाली थिए | नम्बर एकलाई अंशबण्डको झन्झट थिएन, नम्बर दुईका एक जना भाइ थिए- दर्शनकुमार अर्थात्‌ दरसे । अर्थात्‌ दुवै श्रवणकुमारहरूमा धेरै Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनि… ?

~भवानी भिक्षु~

हो, कथा भन्ने त म, तर तपाईँ सुन्ने, पढ्ने–कथाको मजा, स्वाद वा य यस्तै अरू जुनसुकै कुरा पनि पाउनेले अलि मलाई सहायता दिनुभो, कहानी भन्दा भन्दै थाकेको वा कतै रिक्त स्थानमा भन्न नसकिने अक्षमताले कथाप्रवाह थामिन जाला कि जस्तो बेलामा दुई चार वाक्य जोडिदिनुमा तपाईँ पनि सहायक हुनुभो भने, कुनै बाधा पर्न त जाओइन !

सुन्न्होस, त्यही तपाईँको छिमेकमा नै तपाईँको घरभन्दा चार–छ घर, परको घरमा बिहा हुने तरखर भैरहेको छ । भैरहेको के, बिलकुल तयारी ने भैसकेको छ । अर्थात् बाँकी छ भने, त्यही शास्त्रीय क्रिया, सामाजिक घोषणा, पाणिग्रहण र भोज–उत्सव । घरपट्टीलाई चिन्नुभएकै होला ! अलिक परै भए पनि छिमेकी त हुँदै–हुन् । उनै, साहू भने पनि वा जे भने पनि– ‘रामध्वज नाउँ भएको, मझ्यौला जीउडालका र ती Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पखिलासित त्यो एक दिन

~मिङ लिवाङ~Ming Liwang

अक्टुबर महीनाको अन्ततिरको एउटा रमाइलो साँझ………ब्रह्यपुत्रको बगरमा स्थित ओपन एयर रेस्टुराँ अल्फ्रेस्कोको एउटा टेबुलमा मन्द मन्द वायुको मजा लिंदै ब्रह्यपुत्रको पारि क्षितिजमा डुब्दै गरेको घाम हेरिरहेको छु। गत दुई महीनादेखि प्रायः आफ्नो प्रत्येक एकान्त साँझ मैले यही रेस्टुराँमा बिताएको छु। आज गुवाहाटीको मौसम मनमोहक बनेको छ…….त्यसै पनि जाड़ो यामको यो आरम्भ हो अनि आज मध्यान्हपछि परेको हलुको छिटाछिटीले वातावरणलाई केही शीतलता प्रदान गरेको छ त्यसमाथि झन् बेलुकीपखको अलिअलि केश उड़ाउने चिसो बतासले यसलाई अझ रूमानी बनाइदिएको छ। खुला Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमाको चिहान र वाइन पार्टी

~खेमराज पोखरेल~

ऊसँग मेरो यो परदेशको ठाउँमा गहिरो दोस्ती भएको छ। ऊ सबै आफ्नो मन खोतलखातल पार्छ मसँग। म पनि मेरा डायस्पोरिक पीडा ऊसँग सेयर गर्छु। हामी असाध्य मिल्ने साथी भएका छौँ।

ऊ मलाइ परेको बेला सहयोग गर्छ। परदेशको ठाउँमा सहयोग गर्ने मान्छे पाउनु भनेको निकै महत्त्वपूर्ण कुरा हो।  उसले हिजो मलाइ भनेको थियो – किम, भोलि मेरी आमाको श्राद्ध छ। तिमी आऊ है बिहानै।’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : क्रिसमसको उपहार

~ओ. हेनरी~
अनुवाद :राजनारायण प्रधान

एक डलर र सतारी सेन्ट । त्यत्ति थियो । उसले यो पैसा एक-एक सेन्ट गर्दै बचाएकी थिई । चिजबिज किन्दा दोकानदारहरूसित मोलतोल गरेर यो पैसा बचाएकी थिई । डेलाले तीन पल्ट गनी । एक डलर र सतासी सेन्ट अनि भोलिपल्ट क्रिसमस थियो ।

ओछ्यानमा पल्टेर रूनुबाहेक अरू केही उपाय थिएन । अनि डेलाले त्यसै गरी । उसले सोची जीवन रूवाइ, आँसु र हाँसोले बनेको छ र यिनमा रूवाइकै मात्रा अधिक छ ।

घरकी श्रीमती शान्त हुँदै जाँदा हामी उसको घरको घरलाई हेरौँ । हप्ताको आठ डलरको भाडामा लिइएको यो घरमा कुर्सी, टेबुलहरू थिए । घरको अवस्था त्यति राम्रो होइन । Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कविता : तिम्रा यादहरु

~बिनोद खड्का~

तिम्रा ती चन्चल चालहरु भित्र मैले आफैलाई हर्राईदिए
तिम्रा मन्द मुस्कानहरु भित्र मैले आफैलाई बिर्सिदिए ।

तिम्रा ती टम्म अनारदानाहरु भित्र मैले एउटा चमक पाएँ
मृगनयनी मदहोश तीर लाग्दा मैले आफैलाई घायल पाएँ । Continue reading

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : The Ugly Verse

~Bhupeen~
Translated from Nepali by Manu Manjil

how does a parliament smell differently
from the way a crematorium does?
what difference really is there
in the cold blood of a court
of law and that of a butcher’s?
just outside their walls stand
poetry
in the pristine garb of honesty.

today I so strongly long to Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कथा: सरको डर

~प्रोल्लास सिन्धुलीय~

‘चिनेनौ ? ऊ रवि क्या ।’उसले मलाई शीरदेखि पाउसम्म बडो गहिरोगरी हेर्‍यो । मानौँ, म कुनै आफन्त हुँ । अथवा, त्यो आत्मीय हुँ, जो वर्षौंअघि बिछोडिएको थियो । परिचय गराइदिनेले पनि उस्तै उत्साहका साथ हामी दुईको नाम सुनाएको थियो । सुनाउनेको उत्साहयुक्त लवज र हेर्नेको अर्थपूर्ण हेराइसँग बेखबर रहन मलाई असहज भयो ।

‘अँ, एऽऽ, चिनेँ, चिनेँ !’ त्यो अन्योलबाट जसरी होस्, निक्लनु थियो, यत्ति भनेर निक्लिएँ । तर, चिनेको चाहिँ पटक्कै थिइनँ । उसको अनुहार एक पटक राम्रोगरी ननियालेको त हुँदै हैन, अहँ कहीँकतैबाट चिनेजस्तो लाग्दै लागेन । सोचेँ, त्यतिबेला थुप्रै थिए साथीभाइ । तिनैमध्येको कुनै एक हुनुपर्छ यो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : चिन्ता

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~

छन्द : भुजङ्गप्रयात

कतै छैन खाने कुराको र चिन्ता
कतै हुन्छ धेरै र छान्ने छ चिन्ता
कसैमा छ सम्पत् र कोही विपद्मा
मिलेमा त हामी नि हट्ला कि चिन्ता ।।१।।

कसैले त फुर्सद् नपाएर चिन्ता
छ कोही त कामै नपाएर चिन्ता ।
छ बेफुर्सदी जो र कामै विनाका
मिलौँ आज हामी, र हट्ने छ चिन्ता ।।२।। Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment