यौनकथा : उन्मत्त भैरव

~जलेश्वरी श्रेष्ठ~

उसले आफ्नो कथा यसरी सुरु गरी –
“म काठमाडौंमा जन्मेँ, हुर्के र बढेँ। मेरो विवाहपछि पनि त्यही टोलमा एउटा कोठा लिएर बसेँ । एउटा गाउँबाट सहरमा पढ्न आएको र हाम्रै घरमा डेरा गरी बसेको केटासँग मेरो प्रेम-विवाह भयो । …

उहाँ अमेरिकामा उच्चशिक्षाका लागि जानु भएको छ । मैले उहाँलाई पढाउन सबै गहना बेचेर नपुगेको अरूसँग सापट मागी बन्दोवस्त गरिदिएकी थिएँ। हुन त दुई वर्षका लागि जानु भएको हो, तर दश वर्ष भयो फर्कनु भएको छैन । म एक किसिमले स्वतन्त्र पङक्षीजस्तै छु र पनि दश वर्षदेखि म आफैभित्रका कृण्ठाहरूमा कैदी जीवन बाँचिरहेकी छु । जीवनका महत्पूर्ण क्षणहरूलाई एक्लै बिताउनु मेरो बाध्यता हो ।” – उसको अनुहार केही कठोर हुँदै आयो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कृष्ण बाउसेका पाँच मुक्तकहरू

~कृष्ण बाउसे~


कुरीकुरी लाग्ने तमासा देखाउँदैछौ बाटोमा
लाग्छ, तिमीलाई कुनै गौरव छैन यस माटोमा
सायद ‘तमासे बन्नू’ भनेरै लेखेको हुँदो हो
सधैँ सिउँडी उम्रने तिम्रो निधारको पाटोमा ।।


न त हो सुम्पने मञ्चस्थ विदूषक वा खलनायक डफ्फालाई
न त भूत भइसकेका वा पराइ–पोषित स्वत्वहीन जत्थालाई
मेरो चाहना त हो पूरै तीनकरोड हकदारकै साझा बनाउने
भूलवश बाँदरको हातपरेको मेरो देशको सार्वभौमसत्तालाई ।। Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : सृष्टिको दियो

~पोषण पाण्डे~

लडाइँ त देव–दानवको थियो
लडाइँ त समुद्र–मन्थनको थियो
लडाइँ त अमृत–हलाहलको थियो।

किन त्यो फिरन्ताले
जानाजान
हलाहलजति सप्पै आफैले पिउनुपरेको… ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

लामो कथा : पुनरागमन

~सुरेन्द्र कार्की~

उफ !! बिहानै देखि पानी, छि ! कस्तो दिक्क लाग्दो । मलाई यो पानी परेको उति निको लागेन । उसो त पानीमा भिजेर हिंड्न मेरो हार्मोनले मान्दैन ।

मैले सिल्भियालाई फोन गरेँ – सरि आज भेट हुदैन हाम्रो अरु कुनै दिन समय निकाल ।

हा हा हा हा ….

किन यस्तो अट्टाहस ? Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो अपरिचित अनुहार

~महेश पौड्याल~

सप्तकोशी उर्लिएको थियो । माथि हिमालमा निकै पानी परेका हुनुपर्छ, नदीमा उफान थियो डरलाग्दो । धमिलो पानी, पानीको माथिल्लो सतहमा वाफ उडेजस्तो पनि देखिन्थ्यो । विशाल नदीको कर्कश सुसाइ — कुनै शोकगीत जस्तो । लाग्थ्यो, आकाशले यसै नदीको छातीमाथि आफ्नो कुनै मृत सन्तानको देह भर्खरै विसर्जन गरेको छ, र अहिले ऊ शोकमा आँसुका धारा खसाइरहेको छ ।

यो बेला कोशीमा कोही थिएन । बेफ्वाँक बगिरहेको थियो नदी, सागरतिर । किनारमा माझीका दुईचार डुङ्गा बाँधिएका देखिन्थे, तर मान्छेको छावासम्म पनि देखिँदैनथ्यो । तल कोशी ब्यारेजमा भने केही चहलपहल थियो, Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

किराँती दन्त्यकथा : तन्डोङ पहाड

~सङ्कलक: इमानसिंह चेम्जोङ~

‘फिरु लाप्चा’को कथनअनुसार सिक्किमस्थित एउटा पहाड एकताका संसारको सबभन्दा अग्लो पहाड थियो । यसको कथा यस प्रकार छ –

आजकाल सिक्किम नामले प्रसिद्ध देशको नाम उहिले मयेल नेल्याङ थियो । पल्लो किरातमा पर्ने यस प्रदेशमा दुईवटा पहाडहरू छन्, जसलाई मानिसहरू दिदी र भाइ भन्छन् । दिदीको नाम मनोम र भाइ चाहिँको तन्डोङ हो ।

एक समय यी दिदीभाइका बीच आपसमा को बढ्ता अग्लो हुन सक्छ भन्ने प्रतियोगिता चल्यो । दुवै जना Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

यौनकथा : प्रेम

~शङ्करप्रसाद गैरे~

म भर्खर खर्बारीमा पुगेर एक सप्को घाँस काट्न मात्र भ्याएकी थिएँ, फोनको रिङटोन बज्यो । हतपत हँसिया भुईँमा फ्याकेर फोन भएनजिक पुगेँ र मोबाइलको स्क्रिनमा हेरेँ । उनको मुस्कुराएको फोटो देखेँ । हतपत फोन हातमा लिएँ ।

जहिलेसुकै रातिको खाना खाएर सुत्ने बेलामा फोन गर्ने मान्छेले आज यति बेला किन फोन गरे ? मनमनै प्रश्न गर्दै फोन उठाएँ, “हजुर ऽऽ !”

“के गर्दै छौ ?” उनले सोधे ।

“के गर्नु छ र ? जे गर्न भनी छोडेका थियौ…” मनमा लाग्यो भनिदिऊँ । हिँड्ने बेलामा उनले भनेका थिए “मीरा बुबाको मन नदुखाउनू, भने अराएको गरी बस्नू ।” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : Shaky Pears

~Nirmal Kumar Thapa~

Living in letters is not as cold as you lived in the body
Images of ages changes
hence your sainthood is the same
An immortal sense you left behind is alive.

I can listen to your footsteps
Silence bloomed in the riverside
Felt cold to see the dancing ducks
And lifted the rainy days.
Continue reading

Posted in Poem | Tagged | Leave a comment

Translated Peom : Old-age Home in the Countryside

~Prollas Sindhulia~
Translated by Mahesh Poudyal

We, the old couple, are alone in the village
Our kids are away
There are no grandchildren
That chirp like birds at daybreak

There are flowers
At the edge of the front yard
But we no longer have the juvenile eyes
To pick them;
Fruits hanging on this guava tree
Where, together with birds, the kids swung and grew Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

छन्द कविता : मन मनुजको लोभनगरी

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~

छन्द : शिखरिणी

मरेका देख्दैछन् प्रतिदिन कयौँ जीव जगमा
हरेका छन् आफै मनुज अरुको प्राण भवमा ।
अझै सोच्दैनन् खै म पनि यसरी मर्दछु भनी
यहाँभन्दा धेरै छ अझ कुन आश्चर्य-धरणी ।।१।।

कहाँ सोच्ला भोगी गरुडमुखभित्रै छ र पनि
म मर्दैछु आफू अब त नमरोस् मूषक भनी ।
सिकारीका सामू हरिण जसरी खोज्दछ तृण
गरौँला भोग् भन्दै मनुज पनि खोज्दै छ नि ऋण ।।२।। Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : वासुदेवको ‘वसन्तवृक्ष’: हाइकु साहित्यको कल्पवृक्ष

~वासुदेव गुरागाइँ~

हाइकु ५–७–५ को वर्णसंरचनात्मक ढाँचामा तीन हरफमा १७ अक्षर समावेश गरी लेखिने जापानी साहित्य विधा हो । यो विधा शुरुमा होक्कुको रूपमा परिचित भए पनि पछि होक्कुबाट हाइकु बन्न पुगेको हो । छैठौं शताब्दीबाट लिखित इतिहास भेटिएको जापानी साहित्यमा हाइकुको आरम्भकाल भने आठौं शताब्दीलाई मानिन्छ । तथापि शुरु भएको करीब एक हजार बर्षसम्म यो विधा अन्य नामबाट नै परिचित थियो ।

हाइकु खासगरी भ्रमण गरेर लेखिने विधा हुनाले पनि यसको लेखनमा लाग्नेहरु विशेषगरी जापानीहरु भ्रमणमा बढी निस्कन्थे । यही क्रममा हाइकुको प्रचार–प्रसार पनि भएको मान्न सकिन्छ । नेपालमा भने हाइकुको लेखन प्रक्रिया साढे पाँचदशक लामो मात्रै भेटिएको छ । Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

लघुकथा : देश नचिन्नेहरु

~नेकी धनेन्द्र~

नेपालगंजबाट सुर्खेत सम्मको यात्राको क्रममा गाडीले राँझा एयरपोर्ट काटिसकेपछि एक ठाउँमा अकास्मक बेगको गाडी रोकियो । झटपट सिटबाट उठेर के भयो भनी अगाडी हेरेको त ट्राफिक प्रहरीले पो रोकेछ ।

ड्राइभरलाई लाइसन्स निकाल्न लगायो ,ड्राइभरले पनि सोही अनुसार लाइसन्स सानो मनिब्यागबाट झिकेर देखायो तर प्रहरीले गाडी रोक्दा आफूलाई अपमान हुने गरि ब्रेक लगाएको कारण देखाएर गुरुलाई बाहिर बोलायो । करिव १५ मिटर पर हातमा ठेली समातेर बाइकमा बसेको प्रहरी कहाँ पठायो । उसले त्यहा पुगेपछि Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

समीक्षा : मनोवैज्ञानिक साहित्यस्रष्टा : पोषण पाण्डे

~डा. नारायण चालिसे~

हामी अहिले अतीतलाई बिर्सेर वर्तमानमा रमाउने यान्त्रिक समयमा उभिएका छौं । हिजोका गौरवमा भन्दा वर्तमानका सुगन्धहीन फूलका रमझममा आफूलाई हराउँदै लैजाने आत्मघाती यात्रामा छौं कि झैँ पनि लाग्छ घरि घरि । निश्चय पनि हिजोको भरमा मात्र उभिएर वर्तमानमा अडिन नसकिएला तर अतीतले दिएको आड र भरोसा नै हाम्रो सम्बल पनि हो । एकजना साहित्यस्रष्टा बन्न धेरै समय लाग्छ । व्यक्तिको लगन, अध्ययन, अनुभव, घरपरिवार, भित्री बाहिरी परिवेश, समाज, समय र परिस्थिति इत्यादि धेरै मिलेर एकजना स्रष्टा जन्मिन्छ । समाजका राम्रा आँखा, नराम्रा आँखा, इष्र्या र द्वेष, घृणा, तिरस्कार वा मान सम्मान इत्यादि पनि एकजना स्रष्टाका परिपोषक तत्व हुन् । परिवार र समाजको लगानीबाट जन्मिएको स्रष्टासँग उसको व्यक्तिगत रहर, इच्छाका अतिरिक्त उत्तिकै सामाजिक Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कथा : भिनाजुको स्वेटर

~पोषण पाण्डे~

सविता उफ्रँदै–उफ्रँदै आई र शान्तिलाई भनी, “दिदी, ए दिदी ! भिनाजुले भन्या सिनेमा हेर्न जाने रे ?”

“जान्न भन्दे जा,” शान्तिले सानो स्वर तर आवाजमा कठोरपना ल्याएर जवाफ दिइन् ।

सविता एक छिन अबोध चेहरा लिएर उभी, उभिरही । उसलाई लाग्यो, उसकी दिदी कस्ती नीरस छिन् ! रसरंगको कुरापट्टि पटक्कै चाख लिन्नन् । उभन्दा कति वर्षले जेठी हुन् र ! पाँच वर्षको त फरक छ नि ! सविता दिदीको मुख्र्याइँप्रति मनमनै खिसी गरेर गई ।

पर पुगिसकेकी सवितालाई बोलाएर शान्तिले सोधिन्, “तैँले जाऊँ भनेको कि भिनाजुले हिँड् भनेको ?” यसो भन्दा शान्तिको अनुहारमा बनावटी खुसीको झलक थियो । सवितालाई आश्चर्य लाग्यो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथाः चाेइटिएकाे कप

~क्यामुना प्रधान~

चिया पिउने कप धेरै पुरानो भएपछि एक दिन बजारबाट नयाँ कप किनेर ल्याएँ । हेर्नेबित्तिकै नयाँ डिजाइनको त्यो कप मलाई मन पर्यो । चिया पिउँदा पनि अरू बेलाभन्दा छुट्टै अनुभूति भइरहेथ्यो । कपको आकर्षणले चिया मात्र होइन पानी पनि त्यसैमा पिउन थालेँ । पुरानो कपले त नयाँ कप आएकै दिन बिदा लिइहाल्यो ।

आद्दतले मजबुर, घरमा मैले प्रयोग गर्ने हरेक कुरा मेरो आफ्नै छ । थाल, गिलास, चम्ची, कप, लुगा धुने बाल्टीधरि मेरो आफ्नै छ । साबुन, तुथपेस्ट, नुहाउने झुस, तौलिया आदि यदि कसैले भुलले चलायो र मलाई थाहा भयो भने त्यो चिज म मरिगए चलाउँदिनँ तर अर्को प्रयोग गर्छु । लागेको बानी कसैगरी नहट्ने रहेछ तर नआत्तिनुहोस्, तपाईंको घर आउँदा म मेरो आद्दत घरमै छोडेर आउँछु । यति समझ त मेरोमा पक्कै छ कि घरबाहिर यो कुरा सम्भव हुँदैन भन्ने । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

​ कविता : आकाश

~मन्जुल~

एक दिन
आकाश मेरो चियाको कपमा लुक्न आयो
मैले त्यसलाई हृदयभित्र राख्न खोजेँ
र छिटोछिटो चिया पिएँ
तर कप रित्तो भयो र आकाश फेरी उडेर माथि गयो ।
फेरि मैले कपमा चिया भरें
आकाश फेरी कपमा झर्यो
कसैले भन्यो, ‘ ए गोजीमा हाल, Continue reading

Posted in कविता | Tagged | 1 Comment

कविता : सरकार ??

~नेकी धनेन्द्र~

कलिला हातहरुले
घाँस दाउरा काट्दै
गोबर सोर्दै
कुटो कोदाली चलाउँदै,
कुना कन्दरा
भीरपाखा चहार्दै
गाई भैंसीको
आहार खोजेर Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : मेरो छोरो घुस खाँदैन

~मनु ब्राजाकी~

हिजो ऊ स्वास्नी र छोरो लिएर काठमाडौँबाट आएको थियो, आजै महाभारत सुरु भइहाल्यो ।

“गधा … गोब्रे कीरा… अफिसर रे ! यस्ता छुसी अफिसर ! सबै काँबाट काँ पुगिसके, लिन्ठिङलिन्ठिङ हल्लनदास अफिसर ! सत्यहरिश्चन्द्र बन्न खोजेको होला… पाजी ! के मुख देखाउन आएको यो बूढो बाउलाई ?”

“तपाईंलाई सन्चो छैन बा, आराम गर्नुभए हुन्थ्यो नि !” उसले स्वास्नीतिर हेर्दै भन्यो । स्वास्नीको अनुहार निर्विकार थियो- तटस्थ अर्थात् स्वास्नीको मनस्थिति पनि लोग्नेपक्षतिर होइन ससुरापक्षतिर नै थियो अर्थात् Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ठुटा

~पुण्य खरेल~

उनको सबैले बोलाउने नाम ठुटा हो । उनी त्यस्तै साढे चार फुट अग्लो होलान् । उनका हातगोडा मोटामोटा, डबल नारीको भन्छन् नि मान्छेहरु, हो त्यस्तै । कुनै रुखको टुप्पो भाँचिएर वा काटिएर रहेको छोटो, मोटो भाग ‘ठुटो’ भनिन्छ । सायद ‘ठुटा’लाई त्यही उपनाम दिएको हो कि ! सानैदेखि उनी अलिक अजिर, अलिक ज्याद्रो, अलिक निडर, बलियो । अब त सोर सत्र वर्षका भए । हेर्दा लाग्छ उनी बञ्चरो चलाउनकै लागि, कुटे–गैंती चलाउनकै लागि जन्मिएका हुन् कि ! हलो जोत्नकै लागि जन्मिएका हुन् कि भन्नु जस्तो ! ढाकर बोक्नकै लागि जन्मिएका भन्नु जस्तो । स्कुल पढ्ने उनको आर्थिक अवस्था थिएन । न उनका बाबुआमाले फिससिस तिरिदिन सक्थे, न नयाँ लुगा किनिदिन सक्थे, न त कलमकापी नै किनिदिन सक्थे ! यो त्यति बेलाको कुरा हो, जति बेला निर्वाहको साधन कुटो, कोदालो, बञ्चरो, हँसिया, खुर्पा, खुकुरी, डोको, ढाकर आदि मात्र थिए । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : केही खन्चुवाहरू

~होम सुवेदी~

मेरी पूज्या स्वर्गीय माताश्रीका अनुसार खन्चुवाहरूका उदाहरण यो दुनियाँमा मनग्गे छन् । उहाँ सबैभन्दा बढी खन्चुवाको उदाहरण दिनुपर्दा अगस्ति नै हो भनेर ठोकुवा गर्दै भन्नुहुन्छ । तर अगस्ति ऋषिले समुद्र सुकाएरै तरल पदार्थ धोक्र्याए पनि ठोस पदार्थ त्यसरी बुत्याएको कुरा देखिँदैन । तैपनि उहाँ बढी खाने खन्चुवाहरूलाई उसको अघिपछि कुनै बेला कस्तो अगस्तिरहेछ भन्नुहुन्छ । उहाँ अँझै भन्नुहुन्छ– ‘ताप्लेजुङ् अथवा पाँचथर कताको हो एक जना मान्छे एक पाथी चामलको भात, एक ठेकी दही, एक कराही दाल र अचारसँग हसुरेर हिंडेको ७ दिन लाग्ने बिजनबारीबाट केही नखाई १ मुरी नून बोकेर आइपुग्थ्यो अरे । घर आइपुगेपछि उसै गरी भात खाएर अर्को ७ दिनसम्म भोकै बस्तथ्यो अरे ! यस्ता नामुुद खन्चुवा ता मैले उति धेरै फेला पारिन तापनि माना चारेक धानका चामलको भात लतार्नेलाई भने मैले पनि बेहोरेको छु । आखिर उनै आमाको छोरो न भएँ । Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : कान चिरेका जोगीहरु

~कुबेर काका~


यो व्यासको जन्म भूमि
जन्मना साथ सालनाल सहित 
आत्मनिर्भर बन्न हिडने
नवजात शिशुहरुको हो यो माटो
यो सिध्दार्थको ज्ञान भूमि
बृद्ध भएर मृत्यु बरण गर्नु भन्दा
मृत्यु टार्न अग्रसर हुने
नवयुवकहरुको हो यो माटो Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : देश बन्नु किन पर्यो!

~अर्जुन पराजुली~

आँगनमा बसेर छिमेकीले सुन्ने गरी
धारामा पानी आएन किन भन्नु पर्यो?!

रिनको ब्याज कति लाग्यो भन्दै
दिनका दिन औँला भाँचेर गन्नु किन पर्यो?!

बिरामी हुँदा सिटामोल पाइएन Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : रात

~दोभान राई~

दिनभरि भाग्दा भाग्दा,
यथार्थलाई ढाक्दा ढाक्दा ,
जब घाम डुब्छ,
सन्ध्याको रक्तिम आकाश अध्यारिन्छ र रात पर्छ,
तब ऊ खुल्छ ।
मान्‍छे नाईटफ्लावर हो।
घाम डुबे पछि नै,
रात परे पछि नै, Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : नूनको ढाकर बोक्दै गर्दा

~सदानन्द अभागी~

कविता चापागाई पेशागतरूपमा शिक्षिका भए पनि उहाँ एक बहुप्रतिभाकी घनी साहित्यकार, समाजसेवी ,हुनुहुन्छ । उहाँ करीव दुई दर्जन संस्थामा आजीवन सदस्यको साथै संस्थाप सदस्य हुनुहुन्छ । २०७०मा वेदना कविता (आत्म बृतान्त सहित) लिएर कृतिकारको रूपमा देखिनु भएकी कविताज्यूले योगमाया शक्तिपीड तापोभूमि (२०७१), हलेसी महादेव मन्दिर एक परिचय(२०७२), स्मृतिको झोला (२०७४) र नूनको ढाकर (२०७७) गरी पाँचओटा कृति नेपाली साहित्यको भण्डारमा थप्नु भएकोछ । यो पाँचौं कृति कथासङ्ग्रह हो । यस कथासङ्ग्रहमा १६ओटा कथाहरू छन् ।

अदृश्य शक्ति–पहिलो कथासङ्ग्र हो ।यो कथासङ्गहको भावसार यसप्रकार छ र सोनु र उनको श्रीमान दशैकोृ आशीर्वाद थाप्न माइत जान्छन् । सोनु ब्रतमा हुन्छिन् । अदृश्य शत्तिःले उनलाई छोप्छ । उनी लडीबुडी गरेर कराउन थालिन् । डा.कोमा लाँदा कमजोरीले भन्दै दवाइ दिएर पठाउनु तर विमार बढ्दै जानु,हरिचण Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गीत : मैले भगबान सँग प्राथना

~गोबिन्द ओझा~

मैले भगबान सँग प्राथना गरि तिम्रो साथ मागे
यो मन बाट मैले तिमिलाई जिवनसाथि चुने

मेरो मनमा तिम्रो बास भयो तिम्रो मनमा के भयो
जे भए पनि तिमि भेट हुदा मेरो दिलमा हलचल भयो Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : रारालाई भेट्दा

~दमन बहादुर सिंह~

रारा स्मरणीय छ
रमणीय छ
मननीय छ
स्वर्गको
उपमा दिए हुन्छ
शिरमा लिए हुन्छ
विश्वको आश्चर्यमध्ये
एउटा अर्को आश्चर्यको
उपमा दिए हुन्छ

क्या अलौकिक Continue reading

Posted in कविता | Tagged | Leave a comment

थामी भाषी कविता : गन्तव्या

~डम्बर थामी ‘अनुपम’~

तो बेरेङ
उन्मुक्तिको गन्तव्या भेटाईसाकाई
दोङ्पालीनामा पुटु कडेङ्ते चावाङान
उभो-उभो लिपेन कडेङ्ते
चालाको सिराक बुसिताङाले आमिङान
गाइको अन्तरमाधा त्यै थाथ्यो Continue reading

Posted in थामी कविता | Tagged | Leave a comment

कथा : वेश्यासँगको रोमान्स

~यकिना अगाध~

हाफ छुट्टि भएकाले विद्यार्थीहरु गईसकेका थिए । आज महिनाको पहिलो हप्ता, त्यसमाथि शुक्रबार थियो । शिक्षकहरु प्रिन्सिपलको कक्षाकोठामा लाईन लागेर आ–आफ्नो तलब थापिरहेका थिए । प्रिन्सिपलले सबैको हरहिसाब गरेर पालैपालो तलब बुझायो र अन्तमा भन्यो, ‘सरहरु सबैलाई मेरोतर्फबाट गुडफ्राईडे….।’

‘प्रिन्सिपलज्यूलाई पनि हाम्रो तर्फबाट स्वागतम्… ।’ सबैले एकै स्वरमा भन्यो ।

शिक्षकहरुको ओंठमा हाँसो थियो र आँखामा रनौक, किनकि आज तलब थापेको दिन थियो । सदा स्कूल छुट्टि भएपछि आ–आफ्नो मेसोमा घर फर्कने शिक्षकहरु चिया खानको लागि आज एउटै दोकानको कुर्सिहरु ढाकेर बसे । चिया पाक्दै थियो । उनीहरुको गफको मेसो चल्दै थियो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जे गरे नि हुन्छ यहाँ

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~

जे भए नि होस् भित्र खोल राम्रो भए हुन्छ यहाँ
यस्तै छ संसारको हाल मित्र समूह हाम्रो भए हुन्छ यहाँ ।

योग्यताको कदर हुन्न चाप्लुसी गर्न सके हुन्छ यहाँ
झुठो कुरा बदर हुन्न साँचो रुन्छ यहाँ ।

समुद्रमा आगो लाग्यो भने साँचो हुन्छ यहाँ
हत्या हिँसा आतङ्क त कहिले खाँचो हुन्छ यहाँ । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नियति

~नेकी धनेन्द्र~

चट्टानहरु फोरेर
उदाउँदैन घाम
बन्जड धरती च्यातेर
आउदैनन जुनतारा

पसिना नबगाएरै
कुनै संघर्ष नगरेरै
किन चिल्ला चुपुल्ला
सुकिला मुकिला
देखिन्छन तिनका मुहार Continue reading

Posted in कविता | Tagged | Leave a comment

यौनकथा : विभ्रम

~भागीरथी श्रेष्ठ~

बिहानीले सुकोमल आँचल फैलाउँदा पनि हामीलाई उठ्न पटक्कै मन छैन । शरद ऋतुको चिसो स्याँठमा लोग्नेको तातो स्पर्श, न्यानो सिरक – त्यसमाथि मीठो-मीठो गफका टुक्राहरू कसलाई छोड्न मन लाग्दो हो ? अझ आज त शनिबार किन छिटो उठ्न पर्यो र? तर कोही भेट्न आउने पो हुन्‌ कि भन्ने त्रास पनि भित्र घरीघरी उठ्छ । नआवस्‌ बिहानै कोही पनि – राम्ररी सुत्न पनि पाइँदैन – गुनगुनाउँदै लोग्नेको खुकुलो स्पर्श पनि अझै खँदिलो पार्छे ।

बाहिर ढोकामा कलिङ बेलको आवाज सुइँकदै भित्र आउँछ कानै खाने गरेर । हामी दुवैजना जुरूक्कै उठ्छौँ – मन नलागेर पनि । सोच्छु – को आयो यति सबेरै, माइतबाट भाइ पो लिन आयो कि ? आयो भने त ठीकै छ भयो – खाना खान दुवैजना उतै जाउँला ! होइन, किन बिहानै आउँथ्यो र भाइ ? बोलाउन मन लागे फोन थिएन Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लाचारी

~राजेन्द्र चोथाले~

 उनले विवाह गरे । उनले विवाह गर्नै पनि पथ्र्यो र अझ भन्ने नै हो भने उनको विवाह केही ढिलो  भएको भन्नुपर्छ । यस उमेरमा पनि उनले विवाह नगरेको भए कहिले सन्तान जन्माउने ? कहिले  हुर्काउने ? यस्ता धरै प्रश्नचिन्हहरू आउन सक्दथे । वर्तमानमा विवाह उनको लागि अपरिहार्य नै  थियो । उनले विवाह गरेकोमा मलाई किञ्चित दुःख छैन तर मेरो आफ्नो स्वार्थले मलाई उनको  विवाहमा हर्सोल्लास मनाउन दिएको पनि छैन । मान्छे कति स्वार्थी हुँदोरहेछ, म आफैँलाई हेरेर  बुझ्दैछु । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment