कविता : अझै त्यो आएन

~इश्वरवल्लभ~

कति दिनदेखिन् पर्खें,
अनुहारलाई आउँछ कि भन्दै यहाँ हिंड्दै
मसित बोल्छ कि भनेर नयाँ सूर्यको भाषा
किरण लिएर,
अरु आनन्दका युग पनि छुन सक्लान्,
अरु प्रसन्नताको जगत पनि,
मैले अनुहार पर्खें | Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म झोला फेक्न लागेको थिएँ

~इश्वरवल्लभ~

म भाँचिदै गरेको क्षणहरु जोड्न लागेको थिएँ,
र तिनलाई एक एक गरी जोड्दै झोलामा भर्न लागेको थिएँ
मेरो यो जिजीविषा देखेर उनीहरु हाँसे,
उनीहरु भन्न थाले – ” कस्तो बाँच्न मन लागेको यसलाई
क्षणहरु कस्तो साँच्न मन लागेको यसलाई ”
मेरा पनि उपक्रमहरुको लामो इतिहास भएको तथ्य उसलाई भन्न सकिनँ ,
उनलाई यो अनि भन्न सकिनँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

विचार मन्थन : भक्ति-योग

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~

मोक्ष प्राप्त गर्ने विभिन्न उपायहरु छन् । तीमध्ये सबैभन्दा सहज उपाय हो- भक्तियोग ।

भक्तिमा यस्तो गुण छकि यसको आत्मसातताले मानवलाई तथा उसको जीवनलाई सार्थकता प्रदान गर्दछ ।

जब मानव बुद्धिले सही बाटो पक्डन्छ तब त्यसले भक्तिको ढोकासम्म डोर् याउँछ मान्छेलाई । केबल ढोकासम्म मात्र; त्यसपछि त बुद्धिको आत्यन्तिक लय हुन्छ र भक्तिले जीवलाई पराभक्तितर्फ लैजान्छ र पराभक्तिले मोक्षसम्म पुर् याउँछ । Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

कविता : विधिको बिडम्वना

~अर्जुन उपाध्याय~

कती उज्यालो छ यो संसार
फेरी किन यती अन्ध्यारो छ ?

जलले छ्याप्त छ यो संसार
फेरी किन यती प्यासी छ ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

धिमाल भाषी कविता : धेमालाइको भासिङ सोच्याइने

~डा.सोमबहादुर चातेला~

ना हि धेमालाइको चाअ्का थामे
ना हि धेमालाइको जाअ्का थामे
ना ह्रुता हि, ना लेता हि
ना केपाहा, ना दाङपाहा

राजनिति ते पाहि केलाइको वाराङगेलाइ Continue reading →

Posted in धिमाल कविता | Tagged , , | Leave a comment

निबन्ध : उज्यालोतिर

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~

पूर्व : सूर्योदय उज्यालोको प्राप्ति ।
पश्चिम : सूर्यास्त अन्धकारमा पतन ।

पूर्व हुनु र पश्चिम हुनु बीचको भेद नै यस्तो छ कि प्रत्येक चेतनशील व्यक्ति पूर्वतिर अभिमुख हुन उत्पे्रित भइहाल्छ ।

जीवनलाई जगतका असल पक्षहरुले सुवासित पार्दै विशिष्ट आयाम तर्फ लम्कनुमा जीवनको सार्थकता छैन भनेर कसैले भन्छ भने ऊप्रति टीठ मान्न मात्र सकिन्छ ।

अहिले आधुनिकताको परिभाषा गर्ने ठेक्का लिएकाहरुमध्ये कतिपयले भन्नेगरेको आधुनिकतासँग ठाडो विमति Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : माफ गर्नुहोला मेडम

~बि कुलुङ रंगबुले राई~

आउनु होस् याहाँ
चाहे सौदागार बनेर
चाहे भ्रमणकारी बनेर
चाहे पर्यटकको नैं रूपमा
निर्धक्कसितले यहाँ
आउनु होस्
मेडम !
सदैव हाम्रो
न्यानो स्वागत छ हजुरलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : उ डक्टर म चाँही लाहुरे

~सोनु कुमार सुनार~

हतेरी आज स्कुल जान अलि ढिलो भए जस्तो छ । नौ बजेर ४५ अहो स्कुलमा दशबजे पुग्नु छ । आज त फेरी स्कुलमा शुक्रवारिय कार्यक्रम पनि हुन्छ साथिहरु सँग कार्यक्रममा भागलिने बारे सल्लाह गर्नु पर्ने कस्तो खेल्दा खेल्दै समय वितेको थाहै भएन ।आमा आमा खाना तयार छ ? स्कुल जान ढिलो भयो अरु साथि हरु गइ सके होलान । ओहो बल्ल पो खाना सोध्छस लाटा धेरै ढिलो भइ सक्यो,आइज छिटो खाना खान । आमा ले खाना खान बोलाएपछि म भित्र गएँ र खाइवरी गरेर म स्कुल तिर लागेँ । आज ढिलो हुनाले झक्कले पनि स्कुल गइसक्यो त्यसैले म एक्लै स्कुलमा हतार हतार पुगेँ । स्कुलमा पुग्दा शारीरिक ब्यायाम सकेर पनि पहिलो घण्टी पढाउन रेवन्तराज सर कक्षा भित्र गइसक्नु भएछ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रसव गराउने ड्राइभर

~सुरेन उप्रेती~
विदेश जान भनेपछि के नै होला भनेर आइयो, आखिर भनेर रहिमले खुइय गर्यो । लामो सास तान्यो । उसका अनुहारमा नैराश्यका ज्वारभाटाहरू आन्ध्रमहासागरका छालहरूझैं दौडिरहेका देखिन्थे । उसले क्यानडा आउनुअघि क्यानडाबारे देखेका सपनाहरू सुनाउन थाल्यो । ऊ आफ्नो विषयमा देशभरमै एकदुई नम्बरमा पर्दथ्यो । आफ्नो विषयमा पोख्त भएकाले राम्रै पदप्रतिष्ठा प्राप्त गरेको थियो । यीनै कारणले उसलाई क्यानडा आउन कुनै आइतबार भएन । आफ्नो क्षमता र दक्षता हेरेर छनोट गरेको हो भन्ने उसलाई विश्वास थियो । नत्र भने हजारौंले निवेदन दिएका थिए । एकै लटमा निवेदन हाल्नेहरूमा पाँच जनालाई मात्र भिसा अफिसले पासपोर्ट पठाउनु भनेको थियो । ती पाँच जनामा उसको नाम देख्दा उसलाई ठूलो युद्ध जितेजस्तो भएको थियो । उसका आफन्त र चिनेजानेका Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : कवि सिद्धिचरण र जूनकीरी

~विष्णुप्रसाद शर्मा~

जस्तै हओस् प्रकृति नूतन, स्वच्छ ताजा
जन्माउँछे सरस भार र स्नेह साजा
बाँझो रहन्छ, नभए मनभित्र प्रेम
हो प्रेेम नै सब कुरा मधु-दिव्य धाम ।

कवि सिद्धिचरण श्रेष्ठको उत्कृष्ट नव्यकाव्य जूनकीरीभित्रका कैयन कलात्मक सुन्दर श्लोकमध्येको एउटा श्लोक हो, यो । यसमा कविले सच्चा प्रेमलाई सृष्टिकर्ता ब्रहृम मानेका छन् । सिद्धिचरण श्रेष्ठद्वारा सृजित स्वच्छतावादी सामाजिक आदर्शोन्मुख यथार्थवादी काव्यधाराको अनुपम छटा हो ‘जूनकीरी’ खण्डकाव्य । धार्मिक आडम्बर, जातीय विभेदमाथि सच्चा मानवीय प्रेमको विजयको जयगान हो यो । जुरे क्षेत्री र जूनकीरी लमेनीका पवित्र प्रेमको घामछाया र घामको अनुपम सङ्गम यसमा पढ्न पाइन्छ । हिंसत्वमाथि बुद्धत्वको विजय देखाइएको धार्मिक सहिष्णुताको कालजयी रचना हो, यो । Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

कविता : आखिरी

~नयराज पन्त~

प्यारा दौंतरि इष्टमित्रहरुका अाशामुखी बन्धन,
मेरो जीवनको कठोर पथ यो लाग्यो सखे ! सिद्धिन !
यो यौटा धुकधुक छ बाँकि यसले चेष्टा अझै गर्दछु,
केही पारि पुयाउने चिज भए देऊ सखे ! थाप्तछु ॥
(१)
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : उनकै भयो जीत!

~कृष्ण बाउसे~

मन्दिर घुम्न जाँदा
आइन् बाँदर सानी
खै-खै हेरौँ भन्दै
लगिन् पोको तानी।

रूख चढी पोको
खोतल-खातल पारिन्
कति मीठो स्याउ
टोकी-टोकी झारिन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : परिवेश तर शब्दका

~इश्वरवल्लभ~

रजनी गन्धाले
(कुनै फूलझैं एउटा चीजले)
मलाई अहिल्यै-अहिल्यै त भनेको हो –
एउटा रूखको टोड्कामा
एउटा फूल
फुलेको छ – सुनाखरी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भोलीबाट बगान लक आउट !

~बि कुलुङ रंगबुले राई~

ब्रिटिशको बुद्धिको उपज हो यो
चिया बोटहरु
त्यसैले त अाज पनि
शोषित यी हातहरुबाट
केवल रहर चुडिन्छ
थुन्से भरीभरी सपनाहरु खाँदिन्छ
बास्ना छर्दै फिका बन्छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कवि

~राजव~

यी जो चाप्लुस छैनन्
यी सब कवि हुन्

यी धर्तीको हावा, पानी, वन, ताल, तलैया, प्रकाश, प्राण, पखेरु, तरुवर र
जीवनको कुरा लेख्छन्
यी सब कवि हुन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

यौन कथा : उत्तेजित घेरा

~पुषकर लोहनी~

डरलाग्दो एउटा आवाज कोठाभित्र घुसेपछि आत्तिएर म बिउँझेँ । ओछयानसँगैको टेबुलल्याम्प बालेर ढोकातिर जान खोज्दा पिसाबले ढाडिएको मेरो शरीरभित्रको अङ्ग ज्यादै नै कडा रुपमा बाहिर निस्कन खोजेको थियो । आफ्नो कोठाको ढोका खोलेर म ट्वाइलेटभित्र पसेँ । पिसाबले बेसरी चापे पनि पिसाब फेर्न सकिनँ । धेरै बेरपछि आफूलाई सम्हालेर बल्लतल्ल पिसाब फेरेँ । फर्केर आउँदा घडी हेरेँ । भर्खर विहानको चार मात्र बजेको रहेछ ।

उत्तानो परेर ओछयानमा पल्टेँ । झ्यालको पर्दा सारेर सिरकविना नै सुत्ने प्रयास गर्दा पनि निद्रा लागेन । मनमा विभिन्न कुराहरु खेल्न थाले । दुईचार दिनको लागि पुष्पा माइत गएकी – हुनेले कोठामा म एक्लै मात्र थिएँ । निदाउन खोजेँ, तर निदाउन सकिनँ । कमिज र पाइजामा फुकालेर सुत्न खोज्दा पनि सुत्न सकिनँ । ओछयानबाट उठेर एउटा चुरोट सल्काएँ र आफ्नो मनलाई जित्न किताब पल्टाउन थालेँ । दुई-तीनवटा चुरोट लगातार खाइसकेपछि अलिअलि कपाल दुख्न थालेजस्तो लाग्यो र चुरोट निभाएर ओछयानमा पल्टेँ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : खै के भनौ ककनी तिमीलाई

~सिद्धिचरण श्रेष्ठ~

 वि.सं २०१९ सालको पौष महिनामा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट म लैनसिंह बाङ्देल कृत्रिमताबाट वाक्क भएर केही समयका लागि प्रकृतिको छटाले सुसज्जित ककनीतर्फ लाग्यौँ । वास्तवमै ककनी प्रकृतिको क्रीडास्थल रहेछ । निकै दिन हामीले त्यहीँ बसेर प्रकृतिको छटा हेर्‍यौँ । हामी त्यहाँ रहँदा लैनसिंह बाङ्देलजी आˆनो कलाशिल्पको कुचीले रङ्ग्याई हिमालयको विशालतालाई उतार्ने चेष्टा गर्नुहुन्थ्यो भने म प्रकृतिको विशालतामा मख्ख पर्थें र त्यसलाई कलमले उतार्न खोज्थेँ ।

ककनी काठमाडाँै उपत्यकाबाट उत्तरतिर पर्छ । विशेषगरी हिमालयको भव्यतालाई नियाल्नका निम्ति पर्यटक त्यस ठाउँमा आउने गर्दा रहेछन् । श्री ३ चन्द्रशमशेरको पालामा काठमाडाँैस्थित बि्रटिस Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : प्रेमको होली, म र प्रेयसी

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~

केहि मैले आफै राखें
केहि तिमी संग मागें
तिम्रो रंग मेरो रंग
मिसाई होली खेलें ॥

एक अक्षर मैले लेखें
एक अक्षर लेख्ने तिमी
रंगारंग फागुबिच
मैले माया लेखें ॥ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : म्याग्दे खोला बग्यो सललल

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~

म्याग्दे खोला बग्यो सललल
मायालुको मुहार् झललल

फागुपूर्णे मेला भर्न थर्पु झेरकी
पानी खेल्न होकि किन खोला तरेकी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मेरी आमा

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~

महिनौंसम्म गर्भमा तिम्रो बसें र म जन्में
तपस्या ठूलो तिमीनै आमा पाएर म जन्में

हे मेरी आमा काखमा राखी तिमीले मलाई
सेकेकी थियौ कुनामा बसी दाउरा जलाई

भोकले आँत हर्हर भयो भोकाइनौ तैपिन
दुःखले कति रुवायो मलाई रुवाइनौ तैपनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : व्यथा

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~

बोलुँ –
बोलिपासो,
नबोलुँ –
नबोलिपासो;
जब म चूप हुन्छु
चिच्याउँछौं तिमीहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन यो

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~

सम्झेजस्तो हुन्न जीवन
देखे जस्तो हुन्न जीवन
– एक गीतको टुक्रा

जीवन कस्तो छ
यसलाई भोगेर हेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सुखी यो संसारैमा

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~

को होला र म जत्तिको सुखी यो संसारैमा
तिमीलेनै बनाइदियौ आनन्दी यो संसारैमा

निवेदन प्रणयको तिम्रो मैले पाएँ
आज त झलमल्ल देख्छु यो संसारैमा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रशान्त महासागरलाई

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~

प्रशान्त !
आज भोली तिमी
बिरामी परेका छौ कि कसो
कतैपनि अचेल
ज्वारभाटा छैन
आँधी तूफान चलेको छैन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~

माया माया भन्दाभन्दै सुकिसक्यो काया
आफैलाई छोडूँ छोडूँ भन्छ आफ्नै छाया

मन उड्यो कता कता सिमलको भुवा
रुँदारुँदै रित्तिन्छ कि आँसूको यो कुवा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झना छ मनभित्र

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~

न त केहि चिनो न छ साथमा फोटो
दिन साह्रै लामो लामो रात साह्रै छोटो

एक झलक् पाउनपनि नसकेको धेरै भयो
मनको कुरो खोल्ने इच्छा हाय मनमै रह्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आजै आए जस्तो

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~

मधुयाम जिन्दगीमा आजै आए जस्तो
कोइलीले तिम्रै हाम्रै गीत गाए जस्तो

बहारले हाम्रै निम्ति सजाएको जस्तो
लज्जावती हामीसँगै लजाएको जस्तो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमीलाई कस्तो लाग्छ

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~

मलाई त यस्तो लाग्छ तिमीलाई कस्तो लाग्छ
पश्चाताप त तिमीले पो गर्नुपर्ने जस्तो लाग्छ

कहानीको आरम्भ र अन्त्य दुबै तिमी थियौ
अनायाशै साथ दिई उसरीनै टाढा भयौ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : यसो भन्छु उसो भन्छु

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~

यसो भन्छु उसो भन्छु जसो तसो भन्छु
दिलको बात आज चािहं खसोखास भन्छु

दायाँ हेर्छु बायाँ हेर्छु आँखा जुधाउँछु
मृदु मुस्कान शुरुवात कुरो फुकाउँछु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : प्रेम-रोग भन्ने गर्थें पैले

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~

कस्तो होला प्रेम-रोग भन्ने गर्थें पैले
आफैलाई संझाउने कोही पाइनँ ऐले

कस्ता होलान् बेकारमा माया गर्छन् भन्थें
पर्खि बस्ने भइएछ आउँछिन् उनी कहिले Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : नयाँ वर्ष!

~राम विक्रम थापा~

नयाँ बोतलमा
पुरानै रक्सी भरेर
किन ल्यायौ तिमीले
रक्सी पिउने मान्छे
म कहिल्यै बोतल खाँदिन,
बिना आमन्त्रण
तथाकथित पाहुना भएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : छौ मेरो काखमा

~सदानन्द अभागी~

छौ मेरो काखमा
प्रेमी को मातमा

मीठो हो वासना
फूलै को साथमा Continue reading →

Posted in गजल | Tagged | Leave a comment