कविता : गुगल बर्ष

~प्रेम राई परिक्षित~

साथी शहरमा
नयाँ बर्ष हैन
आज गुगलवर्ष मनाइदैछ
ग्राफिक डिजाईनका
सुन्दर कलाहरुले
फेसबुकका भित्ताहरु Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रयोग

~प्रेम राई परिक्षित~

तिमीले बोलेका
मिठा नमिठा
हर शब्दहरुलाई
मैले आफ्नै सम्झी
ओँठभरी बोल्ने कोसिस गरेँ
तिम्रा हर निर्देशनहरुलाई
मेरो कर्म हो भनेर
आँखा चिम्लेर समर्थन गरेँ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ऐना

~गोविन्दराज विनोदी~

जसै हेर्छु छाया म तृष्णा जगाई
तँ बूढो भइस् भन्छ ऐेना मलाई

अनेकौँ मुजा हेर् तँ गाला दुवैमा
उड् यो रङ्ग ती ओठ प्याला दुवैमा
दुवै नेत्र खाल्डाहरूमा पसेझैँ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : काँडा

~प्रेम राई परिक्षित~

अनाहकमा कहिले घोचेको छु र ?
मैले तिमिलाई बिनासित्तै
तिम्रो खुसी कहिले खोसेको छु र ?
मैले तिम्रा लक्षहरुमा
कहिले रोकेको छु र ?

तिमिले मेरो झाङहरुमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देह र अङ्ग

~गोविन्दराज विनोदी~

हुन्छ नाम र अस्तित्व
प्रत्येक अङ्गको तर
सबै अङ्ग मिलेमात्र
देह बन्दछ सुन्दर !
‘द्रष्टा हौं’ भन्दछन् आँखा
‘श्रोता हौँ’ कान भन्दछन्
‘म वक्ता’ मुखले भन्छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : काली

~रुजन न्यौपाने~

मैले जाने मन्दिरहरुको
तिमि नयाँ काली
नयाँ मन्त्र र भाबहरुमा
पुकार्दैछु ए मेरी काली।

हेर बाटोहरु हुनेछन
यसैगरि सँधै खाली Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : सजाउने सुन दिन्छु

~पल हिरा~

गला कानमा सजाउने सुन दिन्छु
मनै उज्यालो बनाउने जुन दिन्छु

जन्तीको लावालस्कर मात्रै होइन Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो देश

~पल हिरा~

छाती भरी कुदी बसेको छ सुन्दर धर्ती
बनपाखा भरी फुलेको छ सुगन्ध लालिगुँरास

संसारको शिर बनी हास्ने हाम्रो सगरमाथा
शान्तीको सन्देश बाडने बुद्धको तपो भुमी Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मुटु भित्र माझै छ

~पल हिरा~

गाँजल पुस्यो नयन र नजर उही छ
खुशी खोस्यो मन र माया त उस्तै छ

आसुले बगायो होला सपनाका दृश्य Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बन्ध नै त तिम्रो खुशी हो

~पल हिरा~

रङिदै जानु म रङयाउदै जाने छु
भर्दै जानु म रित्याउदै जाने छु
मातिदै जानु म मिल्किदै जाने छु
तिमी मातिनु र म मिल्किनु को
सबन्ध नै त तिम्रो खुशी हो Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सिङ्गो जिवन

~पल हिरा~

जिवनको डोरीले डोरयाको जिन्द्गी
गोरेटोको तरपयाहरुमा कम्जोर पोयाहरुले
दिनहरुलाई गाँस्न प्रयत्नरत छन

सिङो स्वरुप ढाक्न केही मिटर Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्देशीको तिहार

~पल हिरा~

नकोर्नु दिदी मण्डल खुशी खिचेर
नगाँस्नु दिदी माला आसुँ उनेर

नबिछ्यौउनु आँखा आशाको दिप जलाएर
नलाउनु भाग मिठाइ र मसला सजाएर Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नव बर्ष आउ

~विश्वास दीप तिगेला~

नव बर्ष तिमी आऊ
प्रत्येक घर आँगनीमा आऊ
यस बर्ष तिम्रो इमान्दारिता देखाऊ
यही सम्झौता-पत्रमा हस्ताक्षर देऊ

आऊ नव बर्ष तिमी आऊ
रोल्पा रुकुमबाट वेपत्ता सबैलाई फर्का Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : उतैतिर खलबल भयो

~इन्द्रकुमार ‘विकल्प’~

जता गयो उतैतिर खलबल भयो
जिन्दगीको लेन—देन गलमल भयो

तिमीलाई देख्नु पनि तलबल भयो
यताउता कताकता अलमल भयो Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : उसैले फालेको हो

~सुजन बुढाथोकी ‘कान्छा’~

सुरुमा सङ्गकेत त्यस्तो उसैले फालेको हो
यसैले त्यो रात मैले कपडा फुकालेको हो

अर्कैको भैन सफलता उनि आफै पर गैन Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : कसैलाई राम प्यारो

~इन्द्रकुमार ‘विकल्प’~

कसैलाई नाम प्यारो कसैलाई राम प्यारो
किन—किन हाम्रा नेतालाई भने दाम प्यारो

कसैलाई घाम प्यारो कसैलाई गाम प्यारो
किन—किन हाम्रा नेतालाई भने साम प्यारो Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : मुल्याङ्गकन हुदैन

~सुजन बुढाथोकी ‘कान्छा’~

हुदै हुदैन यहाँ कदापी मुल्याङ्गकन हुदैन
जब सम्म तिम्रो प्रसस्त श्रोतसाधन हुदैन

त्यो बेला अर्कै थियो त्यसैले रामले जित्यो
यो कलियुग हो ऐले सत्यको समर्थन हुदैन Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : डुबिरहेछ डुङ्गा

~सुजन बुढाथोकी ‘कान्छा’~

डुबिरहेछ डुङ्गा सुतिरहेछ माझि हारगुहार के गर्नु?
जति नै चिच्याए पनि यहाँ हुदै हुदैन उद्दार,के गर्नु ?

यो देसमा कोरोनाकै कारण नौजवान मरेर जान्छन
अनुसन्धान गर्दै चिहानमा आउँछ पिसिआर,के गर्नु?
~
बिन्ती गर्यो करायो र उ राहत भन्दै भुँडी फुटेरै मर्यो, Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : ई–भिक्षा

~कृष्ण बजगाईं~

करीब बीस वर्षपछि पहिलोपटक नेपाल फर्केको एक एनआरएन सुटकेस र ब्याग होटलमा राखेर पशुपतिनाथको मन्दिर पुग्यो । पशुपतिनाथ मन्दिरमा पासपोर्ट देखाएको केही महिनामै विदेश जाने भिसा लागेकाले भगवान् शिवप्रति उसको ठूलो श्रद्धा र विश्वास थियो ।

उसले मन्दिर दर्शन गरेपछि बाहिर निस्कियो । वरपर कुनै माग्ने नदेखेर अचम्म मान्यो । के माग्नेहरूलाई Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : महँगीको हत्या

~कृष्ण बजगाईं~

महँगीको हत्यापछि सनसनी मच्चियो । टिभी च्यानलहरूले ब्रेकिङ न्युज दिन थाले । तर, महँगीको हत्या कसले गरयो भनेर समाचारमा भनिएको थिएन ।

महँगीपीडितहरू खानलाउन अलिक सजिलो हुने भो भन्दै त्यस हत्याको तारिफ गर्दै थिए । तर, एकछिनमै टिभीमा विचित्रको दृश्य देखिन थाल्यो ।

‘महँगीको हत्यारालाई कार्यबाही हुने छ ।’ शान्तिसुरक्षाको जिम्मा लिएका गृहमन्त्रीले आश्वासन दिए । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

नियात्रा : तुफानी हवाई दौडाहा

~डा. रामदयाल राकेश~

मलाई हवाईयात्रा मन पर्छ र यसमा मलाई थकाइ पनि लाग्दैन। सर्वप्रथम जीवनमा म दिल्ली गएको थिएँ हवाईजहाजद्वारा। यो मेरो जीवनको पहिलो अन्तर्राष्ट्रिय हवाई उडान थियो। यो डाइरेक्ट उडान पनि थिएन। काठमाडौबाट बनारस र बनारसबाट दिल्लीको उडान भर्दै म दिल्ली विमानस्थलमा अपरान्ह ३ बजेतिर पुगेको थिएँ। मलाई साह्रै मजा लागेको थियो। दिल्लीको तीन वर्षे प्रवासकालमा म कहिले पनि हवाई भ्रमण गर्न पाइँन। जब मैले आफ्नो शोधप्रबन्ध दिल्ली विश्वविद्यालयमा बुझाएँ तब दिल्लीदेखि काठमाडांैको डाइरेक्ट हवाई भ्रमण गर्ने अवसर पाएँ।

भाइभा जाँचका लागि म फेरि जहाजद्वारा नै दिल्ली पुगें र म भाइभापछि दिल्लीदेखि काठमाडौ हवाइजहाजमा Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

यौनकथा : लोग्ने

~कमला सरूप~

‘सिरुपाते जोवनजस्तो मायाँ नमार’ रेडियोबाट लगातार घन्किएको यो आवाज मन पर्न थालेको छ । उसै त मायाँप्रीतिका कुरा गर्न घरमा त्यति सहज वातावरण भने हुँदैन । धार्मिक गानामा मस्त हजुरबुबाका अगाडि मायाँप्रीतिका कुरा गर्दा त घर नै उचाल्ने गरी उहाँले राम-राम भन्नुहुँदा गाउँको भेला नै बस्छ ।

त्यसैले झ्याल खोलेर माथि उदाइरहेकी चन्द्रमा हेर्दै म मायाँप्रीतिका कुराहरूलाई र अनुभवहरूलाई मुटुभित्र नै दबाउन खोजिरहेकी छु । मनको बह गाउँमा कसैसँग पनि पोख्न सकिँदैन । आमा सधैँ धार्मिक कार्यमा व्यस्त हुनुहुन्छ, मेरो बैँस नचढ्दै मुग्लान पस्नुभएको फर्केको कुरा अहिलेसम्म कसैले सुनाएको थाहा बन । घर जताततै टाल्दाटाल्दै काम नलाग्ने र भत्किन लागेको जीर्ण भैसकेको छ तर मन त चन्द्रमा देखेर रमाउन खोजिरहेको छ । अभावमा पनि रमाउन खोज्ने भो मन; जुनेली रातको शीतलतामा बहन खोज्ने यो मन; शान्त र Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : वैँश नै स्वादिलो !

~जीर्ण भागेदार~

छन्द : स्रग्विणी

फूलझै फुल्दिने धानझै झुल्दिने
लाखमा चम्किने लाखमै खुल्दिने ।
जूनझै बल्दिने चाँदनी पोख्दिने
बाँसुरी बज्दिने दीलमा बोक्दिने ॥

ढल्किदै पाइला चाल्दिने चालले Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : तड्पिएँ तिमीलाई भनेर

~जीर्ण भागेदार~

दिनरात तड्पिएँ तिमीलाई भनेर
जिन्दगी नै अर्पिएँ तिमीलाई भनेर

कोपिला नै थियौ हिजोसम्म तिमी Continue reading

Posted in गजल | Tagged | Leave a comment

शास्त्रीय गजल : खोज्दिएँ तिमीलाई

~जीर्ण भागेदार~

तिमी त दूर भयौ खोज्दिएँ तिमीलाई
दिएर प्रेम अहो ! रोज्दिएँ तिमीलाई

छ भोक प्यास बुझ्दा छैन फेरि मायामा
मबाट सिक्छु भन्यौ बोक्दिएँ तिमीलाई Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : मन पर्न थालेको ।।

~राजन रुचाल~

तिमी मलाई किन मन पर्न थालेको ।।
मैले तिम्लाई किन माया गर्न थालेको ।।

कतै म पागल त भाको रैन छु । Continue reading

Posted in गजल | Tagged | Leave a comment

जीर्ण भागेदारका चार रुबाईहरू

~जीर्ण भागेदार~

१. चित्त बुझाएँ
नदुख्ने मुटु बेसरी दुखाएँ
के–के सोचेँ, आँसुले भिजाएँ
उनले मलाई नहेरे पनि
मैले हेरेरै चित्त बुझाएँ । Continue reading

Posted in रुबाई | Tagged | Leave a comment

रुबाई : ओखलढङ्गा

~दीपक कालिकोटे~

म सँङ्केत गुलावको थुङगा मन पर्छ ।
समुन्द्रपार गरिदीने डुङ्गा मन पर्छ ।
ताते बोली Continue reading

Posted in रुबाई | Tagged | Leave a comment

कविता : आइज निँदरी आइज ………

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~

सानैमा
झोलुङ्गामा हल्लाउँदै
सूरिलो राग मेरी आमा अलाप्नुहुन्थ्यो ः
“आइज निँदरी आइज … …”
र म हाऽऽई गर्थें
आँखा मिच्थें
र निँदरी आउँथी ।

सानैमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : नारी

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~

शक्तिको पूजा अर्चना गर्ने हाम्रो प्रचलन छ । तर शक्ति अर्थात् नारीको जति नै पूजा गरिएतापनि नमिठो कुरा के छभने अहिले हाम्रो समाजमा नारीहरुको स्थिति सन्तोषजनक छैन । यो लुकाउने र छोपछाप पार्ने कुरो होइनकि यहाँ वर्षेनी हजारौं चेलीहरु वेश्यालयका कोठीहरुमा बेचिनेजस्तो कलङ्कपूर्ण स्थिति छ; घरेलु िहंसाले पिडित हुनु परिरहेछ नारीहरुले; आधारभूत स्वास्थ्य सुविधा समेत नपाएर अकालमा धेरै नारीहरुको ज्यान गुमिरहेको छ । नारीहरुलाई अपमान र तिरस्कार गरिएका घटनाहरु धेरै संख्यामा घटित भइरहन्छन् । Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : युग चाहन्छ एक चाणक्य

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~

एक विशाल साम्राज्यको संस्थापक सर्वशक्तिमान् व्यक्तित्व भएरपनि ‘पर्णकुटी’को बास र सत्तामोहबाट पूर्णतया मुक्त ! उनको एक इशारामा संसारका सब ऐश-आराम वैभव भौतिक सुख हाजिर हुने भएतापनि ती सबलाई त्याग्न सक्ने उनको जीवनचरित देख्दा आश्चर्य लाग्छकि यस्तापनि थिए हाम्रा राजनीतिज्ञ कुनै जमानामा । अहिले त एकादेशको कथा भइसकेको छ ।
आचार्य विष्णुगुप्त चाणक्यको सान्दर्भिकता आजको परिप्रेक्ष्यमा झन् बढेर गएको छ । Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : प्रेमबाद अबिस्वास र अस्तित्व

~सुजन बुढाथोकी ‘कान्छा’~

सुन्दर युवती राधाको चाहा थियो
कि जिवनमा एउटा इमान्दार
केटासङ्ग प्रेमबिवाह गरेर।
परिवार बसाउने ।

असङ्गख्य पुरुषहरु आए
नारिबादी कुराहरु सुनाए
अनि उन्लाइ फकाए फुल्याए
र बिस्तारै उन्लाइ आफ्नु
मायाजालमा फसाए ।
Continue reading

Posted in कविता | Tagged | Leave a comment