कविता : गुगल बर्ष

~प्रेम राई परिक्षित~

साथी शहरमा
नयाँ बर्ष हैन
आज गुगलवर्ष मनाइदैछ
ग्राफिक डिजाईनका
सुन्दर कलाहरुले
फेसबुकका भित्ताहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रयोग

~प्रेम राई परिक्षित~

तिमीले बोलेका
मिठा नमिठा
हर शब्दहरुलाई
मैले आफ्नै सम्झी
ओँठभरी बोल्ने कोसिस गरेँ
तिम्रा हर निर्देशनहरुलाई
मेरो कर्म हो भनेर
आँखा चिम्लेर समर्थन गरेँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ऐना

~गोविन्दराज विनोदी~

जसै हेर्छु छाया म तृष्णा जगाई
तँ बूढो भइस् भन्छ ऐेना मलाई

अनेकौँ मुजा हेर् तँ गाला दुवैमा
उड् यो रङ्ग ती ओठ प्याला दुवैमा
दुवै नेत्र खाल्डाहरूमा पसेझैँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : काँडा

~प्रेम राई परिक्षित~

अनाहकमा कहिले घोचेको छु र ?
मैले तिमिलाई बिनासित्तै
तिम्रो खुसी कहिले खोसेको छु र ?
मैले तिम्रा लक्षहरुमा
कहिले रोकेको छु र ?

तिमिले मेरो झाङहरुमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : देह र अङ्ग

~गोविन्दराज विनोदी~

हुन्छ नाम र अस्तित्व
प्रत्येक अङ्गको तर
सबै अङ्ग मिलेमात्र
देह बन्दछ सुन्दर !
‘द्रष्टा हौं’ भन्दछन् आँखा
‘श्रोता हौँ’ कान भन्दछन्
‘म वक्ता’ मुखले भन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : काली

~रुजन न्यौपाने~

मैले जाने मन्दिरहरुको
तिमि नयाँ काली
नयाँ मन्त्र र भाबहरुमा
पुकार्दैछु ए मेरी काली।

हेर बाटोहरु हुनेछन
यसैगरि सँधै खाली Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सजाउने सुन दिन्छु

~पल हिरा~

गला कानमा सजाउने सुन दिन्छु
मनै उज्यालो बनाउने जुन दिन्छु

जन्तीको लावालस्कर मात्रै होइन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो देश

~पल हिरा~

छाती भरी कुदी बसेको छ सुन्दर धर्ती
बनपाखा भरी फुलेको छ सुगन्ध लालिगुँरास

संसारको शिर बनी हास्ने हाम्रो सगरमाथा
शान्तीको सन्देश बाडने बुद्धको तपो भुमी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मुटु भित्र माझै छ

~पल हिरा~

गाँजल पुस्यो नयन र नजर उही छ
खुशी खोस्यो मन र माया त उस्तै छ

आसुले बगायो होला सपनाका दृश्य Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बन्ध नै त तिम्रो खुशी हो

~पल हिरा~

रङिदै जानु म रङयाउदै जाने छु
भर्दै जानु म रित्याउदै जाने छु
मातिदै जानु म मिल्किदै जाने छु
तिमी मातिनु र म मिल्किनु को
सबन्ध नै त तिम्रो खुशी हो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सिङ्गो जिवन

~पल हिरा~

जिवनको डोरीले डोरयाको जिन्द्गी
गोरेटोको तरपयाहरुमा कम्जोर पोयाहरुले
दिनहरुलाई गाँस्न प्रयत्नरत छन

सिङो स्वरुप ढाक्न केही मिटर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्देशीको तिहार

~पल हिरा~

नकोर्नु दिदी मण्डल खुशी खिचेर
नगाँस्नु दिदी माला आसुँ उनेर

नबिछ्यौउनु आँखा आशाको दिप जलाएर
नलाउनु भाग मिठाइ र मसला सजाएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नव बर्ष आउ

~विश्वास दीप तिगेला~

नव बर्ष तिमी आऊ
प्रत्येक घर आँगनीमा आऊ
यस बर्ष तिम्रो इमान्दारिता देखाऊ
यही सम्झौता-पत्रमा हस्ताक्षर देऊ

आऊ नव बर्ष तिमी आऊ
रोल्पा रुकुमबाट वेपत्ता सबैलाई फर्का Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : उतैतिर खलबल भयो

~इन्द्रकुमार ‘विकल्प’~

जता गयो उतैतिर खलबल भयो
जिन्दगीको लेन—देन गलमल भयो

तिमीलाई देख्नु पनि तलबल भयो
यताउता कताकता अलमल भयो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : उसैले फालेको हो

~सुजन बुढाथोकी ‘कान्छा’~

सुरुमा सङ्गकेत त्यस्तो उसैले फालेको हो
यसैले त्यो रात मैले कपडा फुकालेको हो

अर्कैको भैन सफलता उनि आफै पर गैन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : कसैलाई राम प्यारो

~इन्द्रकुमार ‘विकल्प’~

कसैलाई नाम प्यारो कसैलाई राम प्यारो
किन—किन हाम्रा नेतालाई भने दाम प्यारो

कसैलाई घाम प्यारो कसैलाई गाम प्यारो
किन—किन हाम्रा नेतालाई भने साम प्यारो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : मुल्याङ्गकन हुदैन

~सुजन बुढाथोकी ‘कान्छा’~

हुदै हुदैन यहाँ कदापी मुल्याङ्गकन हुदैन
जब सम्म तिम्रो प्रसस्त श्रोतसाधन हुदैन

त्यो बेला अर्कै थियो त्यसैले रामले जित्यो
यो कलियुग हो ऐले सत्यको समर्थन हुदैन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : डुबिरहेछ डुङ्गा

~सुजन बुढाथोकी ‘कान्छा’~

डुबिरहेछ डुङ्गा सुतिरहेछ माझि हारगुहार के गर्नु?
जति नै चिच्याए पनि यहाँ हुदै हुदैन उद्दार,के गर्नु ?

यो देसमा कोरोनाकै कारण नौजवान मरेर जान्छन
अनुसन्धान गर्दै चिहानमा आउँछ पिसिआर,के गर्नु?
~
बिन्ती गर्यो करायो र उ राहत भन्दै भुँडी फुटेरै मर्यो, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : ई–भिक्षा

~कृष्ण बजगाईं~

करीब बीस वर्षपछि पहिलोपटक नेपाल फर्केको एक एनआरएन सुटकेस र ब्याग होटलमा राखेर पशुपतिनाथको मन्दिर पुग्यो । पशुपतिनाथ मन्दिरमा पासपोर्ट देखाएको केही महिनामै विदेश जाने भिसा लागेकाले भगवान् शिवप्रति उसको ठूलो श्रद्धा र विश्वास थियो ।

उसले मन्दिर दर्शन गरेपछि बाहिर निस्कियो । वरपर कुनै माग्ने नदेखेर अचम्म मान्यो । के माग्नेहरूलाई Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : महँगीको हत्या

~कृष्ण बजगाईं~

महँगीको हत्यापछि सनसनी मच्चियो । टिभी च्यानलहरूले ब्रेकिङ न्युज दिन थाले । तर, महँगीको हत्या कसले गरयो भनेर समाचारमा भनिएको थिएन ।

महँगीपीडितहरू खानलाउन अलिक सजिलो हुने भो भन्दै त्यस हत्याको तारिफ गर्दै थिए । तर, एकछिनमै टिभीमा विचित्रको दृश्य देखिन थाल्यो ।

‘महँगीको हत्यारालाई कार्यबाही हुने छ ।’ शान्तिसुरक्षाको जिम्मा लिएका गृहमन्त्रीले आश्वासन दिए । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

नियात्रा : तुफानी हवाई दौडाहा

~डा. रामदयाल राकेश~

मलाई हवाईयात्रा मन पर्छ र यसमा मलाई थकाइ पनि लाग्दैन। सर्वप्रथम जीवनमा म दिल्ली गएको थिएँ हवाईजहाजद्वारा। यो मेरो जीवनको पहिलो अन्तर्राष्ट्रिय हवाई उडान थियो। यो डाइरेक्ट उडान पनि थिएन। काठमाडौबाट बनारस र बनारसबाट दिल्लीको उडान भर्दै म दिल्ली विमानस्थलमा अपरान्ह ३ बजेतिर पुगेको थिएँ। मलाई साह्रै मजा लागेको थियो। दिल्लीको तीन वर्षे प्रवासकालमा म कहिले पनि हवाई भ्रमण गर्न पाइँन। जब मैले आफ्नो शोधप्रबन्ध दिल्ली विश्वविद्यालयमा बुझाएँ तब दिल्लीदेखि काठमाडांैको डाइरेक्ट हवाई भ्रमण गर्ने अवसर पाएँ।

भाइभा जाँचका लागि म फेरि जहाजद्वारा नै दिल्ली पुगें र म भाइभापछि दिल्लीदेखि काठमाडौ हवाइजहाजमा Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

यौनकथा : लोग्ने

~कमला सरूप~

‘सिरुपाते जोवनजस्तो मायाँ नमार’ रेडियोबाट लगातार घन्किएको यो आवाज मन पर्न थालेको छ । उसै त मायाँप्रीतिका कुरा गर्न घरमा त्यति सहज वातावरण भने हुँदैन । धार्मिक गानामा मस्त हजुरबुबाका अगाडि मायाँप्रीतिका कुरा गर्दा त घर नै उचाल्ने गरी उहाँले राम-राम भन्नुहुँदा गाउँको भेला नै बस्छ ।

त्यसैले झ्याल खोलेर माथि उदाइरहेकी चन्द्रमा हेर्दै म मायाँप्रीतिका कुराहरूलाई र अनुभवहरूलाई मुटुभित्र नै दबाउन खोजिरहेकी छु । मनको बह गाउँमा कसैसँग पनि पोख्न सकिँदैन । आमा सधैँ धार्मिक कार्यमा व्यस्त हुनुहुन्छ, मेरो बैँस नचढ्दै मुग्लान पस्नुभएको फर्केको कुरा अहिलेसम्म कसैले सुनाएको थाहा बन । घर जताततै टाल्दाटाल्दै काम नलाग्ने र भत्किन लागेको जीर्ण भैसकेको छ तर मन त चन्द्रमा देखेर रमाउन खोजिरहेको छ । अभावमा पनि रमाउन खोज्ने भो मन; जुनेली रातको शीतलतामा बहन खोज्ने यो मन; शान्त र Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : वैँश नै स्वादिलो !

~जीर्ण भागेदार~

छन्द : स्रग्विणी

फूलझै फुल्दिने धानझै झुल्दिने
लाखमा चम्किने लाखमै खुल्दिने ।
जूनझै बल्दिने चाँदनी पोख्दिने
बाँसुरी बज्दिने दीलमा बोक्दिने ॥

ढल्किदै पाइला चाल्दिने चालले Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : तड्पिएँ तिमीलाई भनेर

~जीर्ण भागेदार~

दिनरात तड्पिएँ तिमीलाई भनेर
जिन्दगी नै अर्पिएँ तिमीलाई भनेर

कोपिला नै थियौ हिजोसम्म तिमी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

शास्त्रीय गजल : खोज्दिएँ तिमीलाई

~जीर्ण भागेदार~

तिमी त दूर भयौ खोज्दिएँ तिमीलाई
दिएर प्रेम अहो ! रोज्दिएँ तिमीलाई

छ भोक प्यास बुझ्दा छैन फेरि मायामा
मबाट सिक्छु भन्यौ बोक्दिएँ तिमीलाई Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : मन पर्न थालेको ।।

~राजन रुचाल~

तिमी मलाई किन मन पर्न थालेको ।।
मैले तिम्लाई किन माया गर्न थालेको ।।

कतै म पागल त भाको रैन छु । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

जीर्ण भागेदारका चार रुबाईहरू

~जीर्ण भागेदार~

१. चित्त बुझाएँ
नदुख्ने मुटु बेसरी दुखाएँ
के–के सोचेँ, आँसुले भिजाएँ
उनले मलाई नहेरे पनि
मैले हेरेरै चित्त बुझाएँ । Continue reading →

Posted in रुबाई | Tagged | Leave a comment

रुबाई : ओखलढङ्गा

~दीपक कालिकोटे~

म सँङ्केत गुलावको थुङगा मन पर्छ ।
समुन्द्रपार गरिदीने डुङ्गा मन पर्छ ।
ताते बोली Continue reading →

Posted in रुबाई | Tagged | Leave a comment

कविता : आइज निँदरी आइज ………

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~

सानैमा
झोलुङ्गामा हल्लाउँदै
सूरिलो राग मेरी आमा अलाप्नुहुन्थ्यो ः
“आइज निँदरी आइज … …”
र म हाऽऽई गर्थें
आँखा मिच्थें
र निँदरी आउँथी ।

सानैमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : नारी

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~

शक्तिको पूजा अर्चना गर्ने हाम्रो प्रचलन छ । तर शक्ति अर्थात् नारीको जति नै पूजा गरिएतापनि नमिठो कुरा के छभने अहिले हाम्रो समाजमा नारीहरुको स्थिति सन्तोषजनक छैन । यो लुकाउने र छोपछाप पार्ने कुरो होइनकि यहाँ वर्षेनी हजारौं चेलीहरु वेश्यालयका कोठीहरुमा बेचिनेजस्तो कलङ्कपूर्ण स्थिति छ; घरेलु िहंसाले पिडित हुनु परिरहेछ नारीहरुले; आधारभूत स्वास्थ्य सुविधा समेत नपाएर अकालमा धेरै नारीहरुको ज्यान गुमिरहेको छ । नारीहरुलाई अपमान र तिरस्कार गरिएका घटनाहरु धेरै संख्यामा घटित भइरहन्छन् । Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : युग चाहन्छ एक चाणक्य

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~

एक विशाल साम्राज्यको संस्थापक सर्वशक्तिमान् व्यक्तित्व भएरपनि ‘पर्णकुटी’को बास र सत्तामोहबाट पूर्णतया मुक्त ! उनको एक इशारामा संसारका सब ऐश-आराम वैभव भौतिक सुख हाजिर हुने भएतापनि ती सबलाई त्याग्न सक्ने उनको जीवनचरित देख्दा आश्चर्य लाग्छकि यस्तापनि थिए हाम्रा राजनीतिज्ञ कुनै जमानामा । अहिले त एकादेशको कथा भइसकेको छ ।
आचार्य विष्णुगुप्त चाणक्यको सान्दर्भिकता आजको परिप्रेक्ष्यमा झन् बढेर गएको छ । Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : प्रेमबाद अबिस्वास र अस्तित्व

~सुजन बुढाथोकी ‘कान्छा’~

सुन्दर युवती राधाको चाहा थियो
कि जिवनमा एउटा इमान्दार
केटासङ्ग प्रेमबिवाह गरेर।
परिवार बसाउने ।

असङ्गख्य पुरुषहरु आए
नारिबादी कुराहरु सुनाए
अनि उन्लाइ फकाए फुल्याए
र बिस्तारै उन्लाइ आफ्नु
मायाजालमा फसाए ।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment