कथा : रे !

~हिमाल घिमिरे~

एकदम भीड थियो, साँझको समय । मान्छेहरू कताबाट कता गइरहेका हुन्, थाहा पाउनै कठिन थियो । गन्तव्य हराएझैँ लाग्ने अनुहार बोकेका मान्छेहरू यताउता हिँडेकाहिँड्यै थिए । बजार घुमेपछि हामी दुईवटा पसलबाट निस्किसकेका थियौँ ।

दशैँको बेला थियो । हामी दुई जोर सर्ट-प्यान्ट किन्न भनेर घरबाट निस्किएका थियौँ ।

मैले दृष्यमलाई पटक-पटक सम्झाएको थिएँ, ‘एकै खालको कपडा सधैँ लगाउनु हुँदैन । लगाउने लुगाहरूको परिवर्तनले पनि मान्छेमा केही नयाँपन दिन्छ । हौसला जस्तो केही दिन्छ ।’ तर उसको यो सबै बुझ्ने सायद बेला थिएन । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : तातेसिना पढेपछि

~कृष्णादेवी शर्मा श्रेष्ठ~

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरबाट प्रकाशित तातेसिना (हाइकु संकलन, २०७४) मेरो हातमा छ । प्रकाश पौडेल ‘माइला’ बाट सम्पादन गरिएको यो हाइकु संग्रहमा ९९ पृष्ठ छन् । पहाडको काखमा अत्यन्त आकर्षक आकारको वृक्ष राखिएको पुस्तकको पृष्ठ भाग नीलो र सेतो रङमा पोतिएको छ । ९७८९९३७०३३९३० आइएसबीएन नम्बर रहेको यो संग्रहको मूल्य ने.रू. २५५।– र जापानी यन ५०० छ । सन् २०१८ (वि.सं. २०७४) मा प्रकाशित यो कृति हाइकु सम्राट माचुओ बासोलाई समर्पण गरिएको छ । १००१ प्रति प्रकाशित यो संग्रहको सर्वाधिकार प्रकाशकमा राखिएको छ । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

लोक कथा : कल्पबृक्ष

~प्रस्तुति : श्यामसुन्दर श्रेष्ठ

नेपालको कुनै एक गाउँमा भरखर विवाह गरेको एक जना केटो भदौको चर्काे घाममा पहाडको बाटो हुंदै धन कमाउन भनी लाहोर जान एक्लै हिंडिरहेको थियो । प्रचण्ड गर्मीको कारण केही बेर हिंडेपछि उसलाई खुब थकाई तथा तिर्खा समेत लाग्यो । पहाड नांगो भएकाले बाटो वरपर शीतल छहारी दिने कुनै रुखबिरुवाको नाम निशाना थिएन । नांगो डांडामा कतै पानीको स्रोत पनि थिएन । गन्तब्य अनिश्चित टाढा भएकाले ऊ थकाई लागे पनि हिँडन बाध्य थियो । त्यसैले सकी नसकी ऊ गैरहेको थियो । ४ कोस हिंडे पछि उसले बाटो माथि एउटा विशाल बृक्ष देख्यो । लामो चौतारामा साधु झैं बसी रहेको त्यो बृक्षको शीतल छायाँमा एकछिन बिश्राम नगरी ऊ अगाडि बढने कुरै थिएन । त्यसैले त्यो केटा पनि बिस्तारै दुई खुट्किला चढेर त्यो बृक्षको छाहरी मुनि पुग्यो । मन्दमन्द शीतल हावाको स्पर्शले पुलकित एवं रोमाञ्चित भएको त्यस केटाले आनन्द बिभोर हुंदै भन्यो अहा क्या शीतल, कस्तो आनन्द यस बेला एक गिलास चिसो पानी पिउन पाए कस्तो हुँदो हो । Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कविता : माफ गर प्रिय ! आज फेरी पिए

~बच्चु विक~

प्रिय ! पिउन त पिए
उहिले पिए अहिले पिए
कुन्नी के के हो पिए ।
ठूले झै खुट्टा लरखराउन पिए,
काले झै जिब्रो लरबराउन पिए ।
स्कुल जादा बजारमा देखेर पिए,
घर फर्किदा गाउँलेसंगै पिए ।
साँचो प्रिय ! पिउन त पिए,
एक चम्चा सिको गर्दै पिए ।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक अंश : हेडसरकी छोरी

~बच्चु विक~

सदीक्षासँग म धेरै बोल्न सक्दिँन । ऊ मलाई सधैँ जित्छे, बोल्ने कुरामा । मलाई वादविवाद प्रतियोगितामा जहिले पनि हराउँछे । उसले वादविवाद प्रतियोगितामा भाग लिएदेखि म कहिल्यै पहिलो भएको छैन । दोस्रो, तेस्रो हुँदै पछारिन थालेको छु । उसलाई देख्नेबित्तिकै हारिहाल्छु भन्ने डर लाग्न थालिहाल्छ । मसँग भएको कुरा पनि त्यसै हराउँछन्, बोल्नै नपाई भित्रभित्रै बालुवाको पानी झैँ । कुनै कुरामा दोधारमा परें भने बोली नै फुट्दैन । अझ उसको अगाडि त ओठ मात्रै चल्छन् । भकभकाउँछु ।

९ कक्षामा पढ्दा ताकाको कुरा । मङ्सिरको पहिलो साता वार्षिक परीक्षा हुँदै थियो । दशैँ-तिहारको विदापछि स्कूल खुलेको थियो । कात्तिकको दोस्रो साता होला । Continue reading →

Posted in पुस्तक अंश | Tagged | Leave a comment

Translated poem : Procession of Coloured Voices

~Tulasi Diwas~
Translated by Abhi Subedi

Blue voices
Jumping down the sky
Float over the blue ocean
Red voices
Emitted by martyr’s blood
Drying steadily
Spillover rhododendron petals
Yellow voices
Descending from the evening horizons
Are nesting
In the ordered layers of marigold
White voices
Melting out of the barricades of clouds Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

Translated Poem : River and the Bodhi Tree

~Tulasi Diwas~
Translated by Abhi Subedi

Nights, crest fallen
in the fight with the light,
jumping out unexpectedly
from the latticed windows and doors
opened up to welcome the light
have descended hurriedly to the street,
bands of darkness becoming–
now a black coat
now a gray coat Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

Translated Poem : ‘Tree: A Mental Picture’

~Tulasi Diwas~
Translated by Abhi Subedi

In the heart of Tapovan*
Standing for sometime
With the trees in ecstasy of meditation
And talking to them in the trees’ idioms
Like a tree myself
A revelation came to me –
Eternal and ancient is the relationship
Between trees and mankind!
Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

Translated Poem : Nepal Calling You

~Suresh Jung Shah~
Translated by Sangita Swechcha

Glaciers of the mountains
Whistles of the green hills
Calling you
Oh my darling
Where are you?

Melodies of the singing birds
Art of the dancing peacocks
Calling you
Oh my darling
Where are you? Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

Translated Poem : On a beautiful rainy day

~Viplov Pratik~
Translated by Sangita Swechcha

Clouds are making noise, heavily
As if the heart of the sky is about to burst with pain.
A strong beat she feels in her chest
The first shiver of the thunder
Moves into her softly.
She gets up, walks to the window and stands there.
Opening the curtain,
She feels life is breathing into buried old pain. Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

Translated Poem : Come with your friends and beloved!

~Komal Malla~
Translated by Bhagirath Yogi

My country is the country of Mount Everest
Please come to view the tallest peak in the world
My country is the country of Gautam Buddha
Please come to breathe peace
Come, with your friends and beloved
My country is the country of Mount Everest!
The snowcapped Himalayas
Terraces of the Mountains
Flat fields of the Terai Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

स्वदेश गान : जय जय नेपाल

~डिल्लीराज आचार्य~

जयजय नेपाल
जय नेपाल
जन्मभूमि कर्मभूमि,
पूण्यभूमि नेपालीको
मेची र काली तराई पहाड Continue reading →

Posted in स्वदेश गान | Tagged , | Leave a comment

कविता : चाहे म जहाँ बसे पनि

~जसु पुन~

चाहे म जहाँ बसे पनि, जता रहे पनि
तिम्रो याद हरदम-हरपल मेरो साथ छ,
चाहे म अहिले तिम्रो नजरमा, नरहे पनि
तिम्रो हर धड्न मेरो साथ छ।

जिन्दगीको यो सुनौलो यात्रामा
हरबखत तिम्रो माया, मेरो साथ छ,
तिमीलाई भनुँ या नभनु,यो मेरो भाबनामा
तिम्रो न्यानो माया मात्रै मेरो साथ छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : फुलौ झै लाग्छ

~कुलबहादुर तामाङ~

तिम्रो मनको फूलवारीमा फुलौ झै लाग्छ,
शितल तिम्रो छहारीमा झुलौ झै लाग्छ,

सपनीमा झै विपनीमा तिमी संग,
तिम्रै नजर भित्र भित्रै डुलौ झै लाग्छ, Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : विदेश

~सुरेन उप्रेती~

हजुर हाकिम भएर पनि यस्तो । हाम्रो चैं एउटा घर पनि छैन । मुखिया र खर्दार त के त्यो दलबहादुर भन्सारको पिउन अरे । उसको पनि घट्टेकुलामा कस्तो राम्रो दुई तले घर छ । भुइँ तलाको भाडा मात्रै पचास हजार उठ्छ रे । त्यसको पनि पहाड घर त हजुरको सँगै हो अरे नि । श्रीराम पनि त एउटा मुखिया त हो नि । उसका त काठमाडौमा मात्रै तीन ठाउँमा घडेरी छन् अरे । उसका छोराछोरी कहाँ पढ्छन् हजुरलाई थाहा छ ? रातो बंगला स्कूलमा गोराका छोराछोरीसँगै पढ्छन् रे । रातो नम्वर प्लेट भएको प्राइवेट गाडीमा श्रीमती सपिङ गर्न जान्छे । आफ्नो चैं श्रीमान् हाकिम रे । हजुर अधिकृत भएर काम गरेको पनि डेढ दशक पुग्न लाग्यो । कहिलै बढुवा पनि हुँदैन । जहिले पनि बढुवामा मलमास लागेको लाग्यै मात्र छ । हाम्रो चैं बसाइ पनि डेरामा छ। छोरा छोरी पढ्ने पनि सरकारी स्कूलमा । कतै Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : शोक

~धर्म सापकोटा राजु~

सांहिली साह्रै आत्तिईन । सांहिली मात्र हैन । रत्यौली खेल्न लागेका सबैजना आत्तिए । रत्यौलीको माहोल नै बदलियो । अघिसम्म नाचिरहेका आईमाई केटीहरु एकाएक रोकिए । कारण थियो कसैले समाचार ल्याएको थियो- “जन्ती बस दुर्घटनामा पर्यो” ।

भोलीपल्ट गांऊ नै शोकमा पर्यो । कतिको घटनास्थलमा नै मृत्यु भयो । कति अस्पताल लांदा लांदै अनि कति अस्पतालमै । कतिको उपचार हुदै । कसैका त परीवारका सबै जना । जन्ती गएका धेरैको मृत्यु भयो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

अनूदित कथा : मेजाईको उपहार

~ओ. हेन्री~O Henry
अनुवाद : सरिता तामाङ

ओ हेनरी- एक डलर र सतासी सेन्ट। सबै गन्दा जम्मा तेति थियो । र साठी सेन्ट चाहिँ पेनीमा थियो, टन्नै खुजुरा । किराना पसले, तरकारी पसले र कैलेकाहिँ कसाईलाई दिक्कै लागुन्जेल मोलभाउ गर्दा-गर्दा “कति कन्जुस!” भन्ने मौन अभियोग धेरै पटक खपेर पाइपाइ गरि जम्मा गरिएका पेनीहरू। तिनपटकसम्म डेलाले त्यो पैसा गनी, जति गने पनी एक डलर सतासी सेन्टभन्दा बढेन। भोलिपल्ट क्रिसमसको उत्सव थियो।

खासै गर्नुपर्ने काम केही थिएन। डेला दिक्क मान्दै जिर्ण भइसकेको सानो सोफामाथि भ्यात्त बसी र रोई। जीवन रोदनहरू, मुस्कानहरू र अझ प्रचुर मात्रामा स्याँकस्याँक सुँकसुँकहरू मिलेर बनेको हुँदोरहेछ । डेला सुँक्क Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

तामाङ लोककथा : पेङदोर्जे र डम्फू

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~

सिकारी युगको कुरा हो । पेङदार्जे जङ्गल घुम्दै खेल्ने गर्दथ्यो । उसको जीवन यसरी ने बितिरहेको थियो । कहिले सिकार फेला पर्थ्यो भने कहिले त्यत्तिकै फर्कनु परेको उसले बिर्सेको थिएन । यसै बीच एक युवतीसँग उसको प्रेम भयो । एक दिन सिकार खेल्दै जाँदा डाँफेचरीले आफ्नी प्रेमिकालाई नाच्दैनाच्दै फकाएको दृश्य एकोहोरिएर हेर्न थाल्यो । यत्तिकैमा उसको ध्यान भङ्ग भयो । एक्कासि उसको सामुन्ने एउटा घोरल देखा पर्यो। उसले त्यसलाई धनुषबाणले हानेर मार्र्यो । Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

Story : Dreams

~Kamesh Regmi~

The sound of my hoarse breathing was plainly audible in the stark silence of the night. I glanced over my shoulders. The rapidly advancing silhouettes that I could see in the dim moonlight struck me for the time of the impending danger. My lungs were burning and my heart pounding like a gong. Yet my legs were running. I was running for my life-the Maoists were after me. I would not have given up running if I hadn’t tripped over a stone. Continue reading →

Posted in Story | Tagged | Leave a comment

यौनकथा : सर्वज्ञ र सेक्स

~किशोर पहाडी~

कोठा सानो छ।
अँध्यारो हुनुपर्ने हो, तर …
झ्यालबाट घाम आइरहेको हुनाले उज्यालो छ अलिकति ।
चारवटा भित्ता छन्‌ । सेता छन्‌ ।
एउटा भित्तामा यस वर्षको क्यालेन्डर छ । अर्को भित्तामा गत वर्षको पनि छ।

एउटा भित्तामा दराज छ किताबहरू राखिएका । अर्को भित्तामा वायरिङ नगरिएको बिजुलीको तार छ – तुन्द्रङ्ग एउटा चालीस वाटको बल्ब लिएर झुन्डिएको ।

ढोका खोल्दा जहिले पनि ठ्वाक्क बाकसहरूमा ठोकिन्छ खापा । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जीवनको अन्तिम पल

~प्रमोद चाम्लिङ~

जीवनको अन्तिम पल
तिम्रो सामु मेरो निर्जिव शरीर
अलपत्रै पसारिएर ढल्यो भने
बाँकी रहेका मेरा पाहुनाहरु
त्यो शरीरको प्रत्यक पत्र खोतल्नु है
किनकी, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रातो गुलाफ

~विमला तुम्खेवा~

मायाले मेरो आँखामा नियाल्दै भन्यो-
गहिरो पीडा छ तिमीसँग सबै सपना भत्किएको
समुद्र
हिमाल
र महादेशहरु नाघ्दै
आइपुगेको एक्लो मान्छे तिमी
कुनै देशको एक्लो राजा जस्तै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : नखुलेको आकाश खुलेर आयो

~रवि प्राञ्जल~Ravi Pranjal

नखुलेको आकाश खुलेर आयो
उ सायद यो बाटो भुलेर आयो

झर्यो त के भो त्यो जुई र जाइ
त्यो पलास मनमा फुलेर आयो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : विघठन र आरम्भ मान्यताहरुको

~डा.मधु माधुर्य~

बगरमा भेटिएको बान्किलो लाम्चो ढुङ्गो –
येतिखेर दोबाटोको चौतारीमा विराजमान छ
बटुवाहरु आउँछन् चढाउँछन्
फूल, स्याउला, चन्दन र फलफूल
हुने खानेले चढाउँछन्
बोका, भाले र भेंडाहरू !
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : देशको क्यानभासबाट पोखिएका बिरंगहरु

~डा.मधु माधुर्य~

देखिरहेछु : माघ-८ को सतही व्याख्यामा –
ढुंगा- मुढा, टाएर-आगो , लाठि-मुङ्ग्रो, बन्दुक… र फेटाहरु
सल्बलाई रहेछन्

जिन्दावाद-मुर्दावादको
आदिम आवाजहरु ‘फर्मालिटि”को घन्किरहेका छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : रहर नै रहरमा

~रवि प्राञ्जल~Ravi Pranjal

बित्यो आधी जीवन, रहर नै रहरमा
चलेको छ आँधी, यो मनको शहरमा ।

यता यो नजरमा छ कुवा जमेको Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~सुधीर छेत्री~

यदि तिम्रा तिलस्मी कोखिलाहरूमा विकासका प्वाँखहरू उम्रेका भए
धुलो हटाउँदै, तुवाँलो चिर्दै, खेतहरू उफ्रँदै
माटोले लिपेको गाउँमा नाङ्गै उफ्रिरहेको भोको बालकलाई छाम्न जानू।
उसका सुकेका आन्द्राभित्र शीत भएर पस्नू। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : निरीह

~इश्वरवल्लभ~

केही विम्ब देखिन थालेका छन्
पानीमा घाम अल्झेको छ,
कतै गीत जस्तो
नदीको किनार
फेरि मनमा बल्झेको छ ।

बिराना बादल Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यात्रा

~इश्वरवल्लभ~

क्षोबको आकाश
साँझजस्तो आकाश
किनारहरू छुँदै पहाड र पर्वत पनि
त्यो, गइरहेछ त्यसतिर क्षितिजमा
– शब्दहरू बन्दै
– दूरन्तमा स्वरहरू बन्दै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरिजुआनाको लत

~इश्वरवल्लभ~

पानी रोकिदिएकै हो
तलाउले, दहले कि पोखरीले
आखिर सागर पुग्नु भनेको त हो त्यसैले
बादल भएकै हो
शिखरमा परेका साँझ र सखारका किरणहरूसित
पानीले भिजेकै हो
शीतमा थोपा-थोपा परिणत भएकै हो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले सुनें– विष पिउने रहर रहेछ

~इश्वरवल्लभ~

विष पिउने रहर रहेछ,
मैले सुनें तिमीले विष पिएछौ,
सायद समाप्त गर्न यो जिन्दगी र यो वैंसहरू
कुनै शून्यकोखोजी
या निस्तारका लागि तिमीले गरेको अभूतपूर्व
व्यक्तिगत आयोजना

पलायन गर्ने आयोजना, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा प्रेम–गीत

~इश्वरवल्लभ~

अब म अलिकति आराम गर्नेछु
बिहानपखका शून्यता र साँझको आकाशसित मेरो कुनै सम्बन्ध रहनेछैन,
तृष्णारहित तिनीहरुका सबै जीवनलाई वास्ता हुनेछैन,
केही क्षोभका र केही विश्वासका समर्पणलाई सच्याएर
केही बिग्रेका जस्ता रेखाहरुलाई पनि सच्याएर
कति युगदेखि थकाइ लागेको छ ।

हिँडिरहेका र गइरहेका यात्राको कुरा थाहा छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment