पुस्तक समीक्षा : तातेसिना पढेपछि

~कृष्णादेवी शर्मा श्रेष्ठ~

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरबाट प्रकाशित तातेसिना (हाइकु संकलन, २०७४) मेरो हातमा छ । प्रकाश पौडेल ‘माइला’ बाट सम्पादन गरिएको यो हाइकु संग्रहमा ९९ पृष्ठ छन् । पहाडको काखमा अत्यन्त आकर्षक आकारको वृक्ष राखिएको पुस्तकको पृष्ठ भाग नीलो र सेतो रङमा पोतिएको छ । ९७८९९३७०३३९३० आइएसबीएन नम्बर रहेको यो संग्रहको मूल्य ने.रू. २५५।– र जापानी यन ५०० छ । सन् २०१८ (वि.सं. २०७४) मा प्रकाशित यो कृति हाइकु सम्राट माचुओ बासोलाई समर्पण गरिएको छ । १००१ प्रति प्रकाशित यो संग्रहको सर्वाधिकार प्रकाशकमा राखिएको छ ।

जन्मभूमि नेपालको भरतपुर–२०, भीमनगर, चितवन भएर पनि विगत १३ वर्षदेखि जापानलाई नै कर्मभूमि बनाई योकोहामा, जापानमा बस्दै आइरहेका युवा हाइकु कवि अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) का केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा नेपाली हाइकु केन्द्रका सचिव प्रकाश पौडेल ‘माइला’को सुन्दर तस्विर सजाउनुको साथै बुकचित्र जापानी भाषामा एक दफा राखिएको पुस्तकको पृष्ठ भाग अझै लोभलाग्दो देखिन्छ । ३९ जना हाइकुकारका ११७ वटा हाइकुहरुको संयुक्त सँगालो तातेसिना शीर्षक ज्यादै अर्थपूर्ण छ ।

तातेसिना हाइकुका नवीन बान्की शीर्षकमा सम्पादकीय लेख्नुहुन्छ युवा हाइकुकार प्रकाश पौडेल । आफ्नो सुन्दर अनुभवमा हाइकुयात्रा, यायावरी सौन्दर्य, यात्राहाइकु शीर्षकमा हाइकुका अनेक उदाहरण दिएर आफ्नो अमूल्य अनुभव पस्कनुभएको छ प्रा. रामकुमार पाँडेले । सन् २०१५ सेप्टेम्बर १८–२२ मा जापानमा टोक्योमा सम्पन्न चौथो सम्मेलन, तातेसिनामा हाइकु गोष्ठी र सौनाबाथ शीर्षक दिएर जापान यात्राको पृष्ठभूमिसहित यात्राको सारा अनुभव समेटेर लेख्नुभएको छ त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग कीर्तिपुर, काठमाडौ“का प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेलले । त्यस्तै हाइकु कवि सुरेन्द्र अस्तफलले तातेसिना ः तत्स्थानिक हाइकु लेखनको ऐतिहासिक दस्तावेज शीर्षकमा हाइकुबारे आफ्नो शिक्षाप्रद अनुभव लेख्नुभएको छ ।

हाइकु साहित्यको इतिहास र विश्वव्यापीकरणबारे २५ पृष्ठमा हाइकु कवि प्रकाश पौडेलले हाइकुबारे अत्यन्त शिक्षाप्रद कुराहरु पस्केर आजका नवोदित हाइकु कविलाई आवश्यक र ज्ञानवद्र्धक कुराहरु दिई ठूलो गुन लगाउनुभएको छ । जापानी हाइकु सम्राट माउओ बासोका बारेमा विस्तृत जानकारीमाथि प्रकाश पार्दै हाइकु साहित्य, ऐतिहासिक स्थल जापान भएको र आज विश्व नै हाइकुमय हुँदै गएका कुरामा ज्ञान गराउँदै हाइकुको ऐतिहासिक दस्तावेजबारे हाइकुका कवि तथा पाठकहरुलाई समेत प्रेरित गरी लेखिएको यो लेखले हाइकुबारे लगाइएको पर्दालाई उदाङ्ग पारिदिनुभएको छ । १७ अक्षरीय हाइकुबारे मात्र नभएर ३१ अक्षरीय जापानी, ३१ अक्षरीय तान्का कविताबारे पनि हामीलाई छर्लङ्ग पारिदिनुभएको छ ।

अब यो तातेसिना हाइकु संकलनमा संकलित ३९ जना हाइकुकार कविका हाइकुले पाठकलाई के सन्देश छोडेका छन् भन्ने मुख्य कुरामाथि जानी–नजानी प्रकाश पार्न चाहने मेरो अभीष्ठलाई यहाँहरुसमक्ष पस्कने अनुमति माग्दछु ।

३९ वटा हाइकुकार सबैको सुन्दर (फोटो) तस्विर समावेश गरी पस्किएका हाइकु एक से एक अर्थपूर्ण भएको कुरा पाठकसामु जानकारी दिन चाहन्छु । हाइकु यस्तो एउटा साहित्यको महत्त्वपूर्ण विधा हो, जुन विधा आजको युगको आवश्यकता र माग पनि हो । मात्र १७ अक्षरबाट एउटा सुन्दर अभिव्यक्ति पस्किन्छ हाइकुमा । जस्तै ः

१) तातेसिनामा
हाइकुको माहोल
नेपालीपन ।

२) जापानी स्थल
नेपालीको बसाइ
हाइकुसृष्टि ।

यसरी ५, ७, ५ अक्षरमा रचना गरिने हाइकुले आज नेपाली साहित्यका वरिष्ठ स्रष्टाहरुलाई लोभ्याइरहेको छ । स्थापित पुराना स्रष्टाहरुदेखि नवागन्तुक युवा स्रष्टाहरुसम्म हाइकुका प्रभावकारी पहुँचले नेपाली साहित्यलाई लोभ्याइरहेको छ । यस्तो अवस्थामा नेपाल आमाका आदर्श सपूत प्रकाश पौडेलले जापानमा रहेर जापानी हाइकुको इतिहास र त्यहाँका हाइकु कविहरुको अनुसन्धानसमेत गरी जापानीको साथै नेपाल र नेपाली साहित्यको शीर उँचो बनाउने कार्य गर्नुभएको छ । जापानी र नेपाली साहित्यलाई एकाकार गरी हाइकु–कविताको माध्यमबाट नेपाली साहित्य क्षेत्रमा पु¥याएको अतुलनीय योगदानका लागि प्रकाश पौडेलजीको जति नै प्रशंसा गरे पनि नपुग्ने कुरा ध्रुवसत्य हो ।

यसरी यो सङ्ग्रहमा उल्लेख भएका ११७ वटा हाइकुमा प्रकृति चित्रण, राष्ट्रियता, डायस्पोरिक भावना, प्रेमप्रसंग, अनेसासको मूल अभिप्राय, कर्मभूमि तातेसिनाको प्रशंसा र जापानी हाइकु सम्राट माचुओ बासोको उच्च मूल्यांकनजस्ता अभिव्यक्तिले सजिएको यो हाइकु संग्रह नेपाली हाइकुकारका लागि अति नै लाभप्रद सिद्ध भएको छ । तातेसिनामा समाविष्ट भएका हाइकुहरु यसप्रकार छन् :

तातेसिनामा प्रयोग भएका हाइकुहरुमा धेरैजसो प्रकृति वर्णनका भावना अभिव्यक्त भएका छन् । जस्तै :

१) प्रकृतिवर्णन :

आकाश खस्यो
रमणीय प्रकृति
नागानो भेला । (अजिता गौतम, पृ. ६५)

पानीको थोपा
रमाइलो साँझमा
बगै“चाभित्र । (अरूण पौडेल, पृ. ६६)

२) डायस्पोरिक भावनाको अभिव्यक्ति:

सगरमाथा
चढ्ने हाम्रो चाहना
नयाँ नेपाल । (गङ्गाप्रसाद उप्रेती, पृ. ६८)

नागानो हेर्दै
मेरो देश सम्झिएँ
साहित्य छटा । (जीवन अर्याल, पृ. ७३)

थुप्रियौ“ हामी
भूगोल फड्किएर
तातेसिनामा । (भूमिका अधिकारी, पृ. ८६)

१०) प्रेमप्रसंग :

तिम्रो मुहार
लोभलाग्दो यौवन
म त बेहोस । (रामलाल, पृ. ९२)

बिहेघरमा
पुतलीको जोडी छ
आफू छ एक्लो । (राधेश्याम लेकाली, पृ. ९३)

यहाँ आउँदा
झ्याप्पै फुल्यो साकुरा
प्रीतिलाउँदा । (लकाश पौडेल, पृ. ९५)

११) राष्ट्रियताको अभिव्यक्ति :

भारत नाघ्दै
जापान आइपुगे“
नेपाल पाएँ । (विन्ध्या सुब्बा, पृ. ९७)

गुनियो चोली
लगाएकी मायालु
कस्ती सुन्दरी । (पुष्पा घिमिरे, पृ. ८०)

गुनियो चोली
कम्मरमा टमक्क
कति सुहायो । (डिल्लीराम सिटौला, पृ. ७४)

मिर्मिरे घाम
सिताम्य दुबोहरु
भिजेकी तिमी । (प्रकाश पौडेल ‘माइला’, पृ. ७८)

मेरो नजर
उनको अधरमा
शीत भै झ¥यो । (विष्णुप्रसाद घिमिरे, पृ. ९८)

त्यस्तै अनेसासको प्रशंसा :
सूर्यको देश
अनेसासको भेट
भानु–मोती हो । (लतिका जोशी, पृ. ९६)

चौथो प्रस्तुतिमा जन्मेको तातेसिनामा यसरी विविध विषयमा रचना गरिएका यी हाइकुहरु अत्यन्त स्वादिला र भावपूर्ण छन् । जापानी हाइकु साहित्यकी नारी स्तम्भतावारा माची र शारदा किनेन्वीलाई समेत हामीले चिन्ने सुनौलो अवसर पायौ“ यही हाइक ुसंग्रको माध्यमबाट । यो हाइकु संग्रहले नेपाली हाइकु कविहरुलाई अझै प्रेरणा थप्नेछ भन्ने विषयमा आशावादी बन्दै मेरो मनमा लागेका कुराहरुलाई यहीनेर बिट मार्न चाहे । धन्यवाद !

(स्रोत : कायाकैरन डट कम)

This entry was posted in पुस्तक समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.