लघुकथा : अभियुक्त संघ

~कृष्ण बजगाईं~

अदालतमा अभियुक्तका बारेमा बहस चलिरहेको थियो । अभियुक्तलाई निर्दोष सावित गर्न उनका वकिल गतिलो तर्क प्रस्तुत गर्न सकिरहेका थिएनन् । नामुद र चर्चित वकिल भए पनि मुद्दाको प्रकृति र अभियुक्तविरुद्ध उपलब्ध प्रमाणले गर्दा बहसमा उनी प्रतिरक्षात्मक स्थितिमा पुगेका थिए ।

दुवै तर्फको बहस सकिएपछि आफ्नो निर्णय सुनाउनुअघि न्यायाधिशले अभियुक्तलाई आफ्नो तर्फबाट केही भन्नु छ कि भनेर सोधे । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : तिमी मेरि तिम्रो म भन्थें

~शम्भुप्रसाद ढुङ्गेल~

तिमी मेरि तिम्रो म भन्थें अगाडी…
भयें कर्मले धमै छाड्ने पछाडी ।
भयेको छु यस्ले म पाल् समान
वियोग्ले जली तैपनी जान्न ज्यान ।।१।।

तिमी मेरि तिम्रो म भन्थें अगाडी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नाथ

~शम्भुप्रसाद ढुङ्गेल~

अनाथ पारीकन नाथ ! यो घडी
विदा लिनूहुन्छ हरे ! कसो गरी ।
सँगै बरु लानुहवोस् सँगै रहूँ
परे जती दुःख दुवै मिली सहूँ ।।१।।

हजूरका साथ रहे हुँदामहाँ
थियेन हेर्ने बलतक कसैमहाँ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिये

~शम्भुप्रसाद ढुङ्गेल~

मुसुक्क हाँसीकन नेत्र तर्की
सुटुक्क मेरो लियि चित्त फर्की ।
फुरुक्क पछर्यौ तिमी विध्न प्यारी
मलाई वाधा हुनजान्छ भारी ।।१।।

शरद्शशीतुल्य प्रिये ! मुहारले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हे सुन्दरी !

~शम्भुप्रसाद ढुङ्गेल~

तिमी असल प्रेमकी चिज भयेर ऐले प्रिये ।
मलाइ यसरी यहाँ विपत प्रेमले नै दिये ।
कसो भनुँ कसो गरुँ नभनुँ के नबोलूँ यहाँ
अभागि मसरी अरु अब हुनेछ को लोकमहाँ ।।१।।

तिमीसित छ प्रेमको कमल पुष्प खुस्बू दिने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सँगिनि

~शम्भुप्रसाद ढुङ्गेल~

सँगिनि किन भयौ अती मलीन
तिमिकन कुन् विपत् नवीन ।
अधर दुइमहाँ छ चोटचाट
किन सखि ! बिग्रनगो समस्त छाँट ।।१।।

दुइतिर पसिना चुहीरहेछन् ।
नयन समेत गुराँस झैं भयेछन् ।
किन सखि ! तिमि बस्तछयौ नबोली Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : शकुन्तलाबाट

~शम्भुप्रसाद ढुङ्गेल~

जान्छिन् आज शकुन्तला घर भनी उठतो छ चिन्ता प्रति
प्रीतीका मनमा प्रवाह बहँदा रोकिन्न आंसू रती ।
हामी झैँ वनवासिको पनि भयो यो गत् भने यो घडी
बस्छन् धैर्य गरी गृहस्थ कसरी छोरी बिदाई गरी ॥
(१)

जो प्यूछिन् तिमिलाइ सेचि पहिले आफू पछाडी पनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्राभातिक प्रवोध

~चक्रपाणि चालिसे~

विचित्र चातुर्य चरित्रमा भरी अमन्द आनन्द दिलाउने गरी ।
उठे शकुन्तादिक, मञ्जुलध्वनि सुनिन्छ, जागा अब होउ सुस्तनि ।।१।।

प्रभातकालीन हवा मनोरम चली रहेको छ हुरी रतिश्रम ।
सुनिन्छ उच्चैस्तर कुक्कुटध्वनि प्रवुद्ध होऊ अब हे नितम्बिनि ।।२।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : उद्योग

~चक्रपाणि चालिसे~

उद्योगमै छ सचराचर नित्य सक्त ।
प्राब्रह्म कीटतक उद्यमके छ भक्त ॥
उद्योग नै छ सुखको परिपूर्ण वास ।
उद्योग गर्दछ नयाँ युगको विकास ॥१॥

उद्योगबाट नहुने चिज भन्नु के छ?
उद्योगमै भुवनकोष जमीरहेछ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नीतिशतक

~चक्रपाणि चालिसे~

विद्वानमा गुण नै हुन्छ, मूर्खमा दोष नै सब ।
तस्मात् मूर्ख हजारैाँमा विद्वान यैाटै विशेष छ ।। १ ।।

विद्वान हुनु नृप हुनु कसै हुन्न बराबर ।
राजा स्वदेशमा पूज्य हुन्छ, विद्वान सबैतिर ।। २ ।।

गुण छैन भने ठूला कुलमा जन्मि हुन्छ के ?
अकुलीन पनि विद्वान भए पुजिन्छ लोकले ।। ३ ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : विजुलीको असर

~सोमनाथ सिग्देल~

क्या हो यो सन्मुखमा अति चित्र चलाक चालको सुषमा ।
यो तेजीलो जोडा दौडाउँछ दिव्य दीप्तिको घोडा ।।१।।

टाढा छ बादल-दल स्पष्टै छन चन्द्रमा पनी विमल ।
जोडा बिजुली गोला विचमा झल्कन्छ किन होला ?।।२।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मन् हर्न लागे

~मोतिराम भट्ट~Motiram Bhatta
इ सानै उमेर् देखि मन् हर्न लागे
इनै सुन्दरीले जुलुम् गर्न लागे

कहाँसम्मको आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे Continue reading →

Posted in गजल | Tagged | Leave a comment

Translated Satire Essay : God’s Work

~Shankar Lamichhane~
Translation : Manjushree Thapa

“What work does your father do, dear?”
“He does god’s work.”

My five-year-old daughter gives a simple answer to the question her teacher puts to her. Those who don’t have any knowledge about my personal life or who don’t know me through my writings would immediately envision a priest. My daughter has seen, in truth, a variety of statues of many gods in my shop. How could she know the vast difference between doing god’s work and selling statues of the gods? Continue reading →

Posted in Translated Essay | Tagged , , , | Leave a comment

Translated Satire Essay : The peace rally is about to begin

~Bimal Niva~
Translation : Manjushree Thapa

I got nervous seeing policemen all over, but no sooner did I try to leave the place, a staff-wielding policeman said, almost in reprimand, “Did you come to take part in the peace rally?”

Not understanding him, I stayed where I was.

“Go there. There.” He pointed with his staff. Continue reading →

Posted in Translated Essay | Tagged , , , | Leave a comment

Translated Poem : New Year

~Shailendra Sakar~
Translation : Manjushree Thapa

This new year too in those same eyes
the same stamp of theatricality
I wanted to learn and I’m going to see
each moment of time passing by a unit of time
I wanted to understand and I’m going to hold onto Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

Translated Song : It will not be as easier to die

~Tirtharaj Tuladhar~
Translation : Manjushree Thapa

It will not be as hard to die-
I just cannot kill my love for you

The greenery of springtime withers with the flowers
The white clouds of the blue ground fly away with the wind Continue reading →

Posted in Translated Song | Tagged , , | Leave a comment

Translated Poem : Time

~Shailendra Sakar~
Translation : Manjushree Thapa

Hanging an x-ray of a friend’s fractured hand
like a frame in the center of a room’s clean wall
I look at it and see an illusion-
It’s a carved lattice window
It’s possible to see the open sky through it Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

लघुकथा : चिसो जून

~खेमराज पोखरेल~

पाँच वर्ष प्रेम गरेर भागी बिहे गरेका थियौँ हामीले । उनी तल्लो जातकी भएकाले भाग्नु मात्र होइन आसाम भासिनु परेको थियो हामीले । आसाममा पनि हामीले जात लुकाउनु परेको थियो । हामी गरिव थियौँ । समस्या यति थियो कि पर्गेल्न धौधौ थियो । तर पनि उनी थिइन् । म थिएँ । हाम्रो संसार थियो । सन्तान भएनन् र पनि हामी पूर्ण थियौँ । प्रेम साथ थियो । प्रेमको ज्वालामा सबै समस्या डढेका थिए । तमाखुको ट्वार्रट्वार्र आवाजमा पिरती हाँसेको थियो । यस्तै हो, हाम्रो समय प्रेमिल थियो। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सुरक्षा

~खेमराज पोखरेल~

मेरो घरमा चोरी भयो ।

आफ्नो भुइँतले कम्पाउन्ड नघेरिएको घरलाई देखाउँदै श्रीमतीले भनिन्– ‘हाम्रो घर पनि दयारामको जस्तो भएको भए सुरक्षित हुन्थ्यो ।’

मसँग उपाय थिएन । चुप लागेर सुनिरहेँ। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गाडीघर

~खेमराज पोखरेल~

ऊ तेस्रो पुस्ताको नेपाली हो रहेछ अमेरिकामा । मैले भेट्दा ऊ यस्तै ४५ वर्षको हुँदो हो ।

मैले उसलाई सोधेँ– ‘नाम के हो तपाईँको ?’

उसले छोटो उत्तर दियो– ‘डायमन पउकर्याल’ Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : धनशराहरू

~विज्ञान राज~

मध्यरातमाः निकै सर्तकताका साथ
अलग्गाई रहेकी छे धनशरा क्षेत्री
बाँकी जीवनलाई जैसे दलितको अँगालोबाट ।

निकाली रहेकी छे आफुलाई मनबाट,
त्यही मनबाट, जुन मनका लागि
उसले जलाएकी थिइ सपना र घर !
लताएकी थिइ जात !
भत्काएकी थिइ रुढि !
र हिडेकी थिइ गोधुलीमा ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अपिल

~डा. जीवेन्द्रदेव गिरी~

साथीहरू, दरा खुट्टा टेक्नोस्
गन्तव्यतिर पाइला उचाल्नोस्
ससाना कुण्ठालाई डँढेलो लगाउनोस्
आफ्नै ‘म’का विरुद्ध जाइ लाग्नोस्
स्वार्थी खेलका पुलिन्दा तयार गर्ने
र द्वेष क्लेशका ब्याड बनाउनेलाई
भस्म पार्नोस् ! भस्म पार्नोस् ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

यौनकथा : पाइप

~भवानी भिक्षु~

“ आदिमानव र आदि–मानवीको सृष्टि भएदेखि नै संयम र स्वैरिताका निबन्धन पनि आविष्कृत भएका हुन् । तपाईँको प्रश्न भने राम्ररी बुझन सकिएन । थाहा पाउन चाहनुभएको कुरा अलिक प्रस्ट पार्नुस्न ।” युवकलाई हच्कनै पर्यो । सामुन्ने  बसेकी नारीसित यस्तो भाष र यस्तो प्रश्नको आशा उत्तरमा थिएन । केही पैसा लिएर आफ्नो शरीर व्यापार चलाउने आइमाईले पनि त्यस्तो प्रशन गर्ने कल्पना नै उउसले गरेको थिएन ।

अलिक हच्किँदै युवकले भन्यो,“तपाईँ बिहा गर्नु सट्टा कसरी लाग्नुभयो भन्ने कुरामात्र थाहा पाउन चाहेको हुँ । अरू केही होइन ।” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : ठूलाको संगत

~चोपनारायण बन्जाडे~

पम्फाले आफ्नो हैसियत नभए पनि दुखजिलो गरेर छोरालाई बोर्डिङ स्कुलमा पढ्न पठाईन् । आफ्ना दिदिबहिनीको आफ्नोभन्दा हुनेखानेमा बिहे भएकोले उनीहरूको कत्रो ठूलो सान छ ।  त्यसैले पटकपटक छोरा राजेशलाई “छोरा संगत त ठूलैको गर्नुपर्छ है, मेरो संगतले गर्दा यो हाल भयो” भनेर सम्झाउँथिन्,  “ठूलो रूखको ओत लागेपछि एक झर पानी ओत्छ । सोच नै ठूलो बन्छ ।” राजेशको बाल मस्तिष्कमा पनि त्यस्तै लाग्न थालेको थियोे । आफ्नै क्लासका साथीहरूले कति धेरै सुबिधा भोगिरहेका छन् । आफ्नो घरमा भएका विलासी सामानहरूका कुरा गर्छन् ।  कसैका बाउले दुईबर्ष चढेको गाडी बेचेर नयाँ मोडेलको किनेको त कसैकोले थप अरू विजनेसमा प्रवेश गरेका कुरा गर्छन् । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सुलेमानी र चाइना भाइरस

~चोपनारायण बन्जाडे~

“साम्राज्यवादीहरू खासगरी अमेरिकन साम्राज्यवादले संसारलाई चुसिरहेको छ । नेपाल जस्ता तेस्रो मुलुकहरूलाई कहिल्यै उठ्न दिदैनन् । यिनीहरू भाषिक, धार्मिक, साँस्कृतिक, आर्थिकरुपले अधीनमा पारिरहन्छन् । भारतीय विस्तारवाद, अमेरिकन साम्राज्यवाद र घरेलुु सामन्तवाद हाम्रा प्रमुख दुश्मन हुन् । यिनका विरुद्ध सम्झौताहीन संघर्ष जरुरी छ ।”  विद्यार्थीहरूलाई पार्टीको तर्फबाट क्लास लिन खटिदा शर्टका बाहुला खैचिएर छातीका बटन खोलेर अहिले नै उठ्लान् कि जस्तो गरेर जुरुकजुरुक पार्थे हुमानन्द कामरेड ।

           कम्युनिष्टहरू अन्तर्राष्ट्रियवादी हुनुपर्नेमा जोड दिँदै , “साम्राज्यवादीहरूको विरोध र समाजवादी पूर्वी युरोपका मुलुकहरू, क्युबा, उत्तर कोरिया र छिमेकी जनवादी गणतन्त्र चाइनाको पक्षमा ऐक्यबद्धता जनाउनु जरुरी छ,” भन्थे । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सबैभन्दा ठूला डाक्टर

~चोपनारायण बन्जाडे~

पारेश्वर साहुका चार भाइ छोराहरूमध्ये तीन भाइ सहर पसे । समयमै सहर पसेका हुनाले प्रशस्तै सम्पत्ति जोडे पनि । धनपैसाले किन्न नसक्ने के छ र अहिले ! धन,पद, प्रतिष्ठाको रजगजमा डुबेका थिए तीनै भाइ । नपुग्दो केही थिएन । अलि सोझो माइलो चाहिँ गाउँमै आमालाई पालेर बसे । पछी छोराहरूले कमाएपछि उनलाई पनि सहर नै लान त खोजेका थिए तर उनले मान्दै मानेनन् । छयानब्बे बर्षको उमेरमा आमा बित्दा काजकिरिया गर्न सबै भाइ गाउँ आए । भरखरै बनेको बाटोमा एकसेएक गाडीले धुलो उडाउँदै प्रवेश गरे र उनीहरूलाई त्यहीँ छोडेर लिन आउने गरि फर्किए । त्यस्ता राम्रा Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

नियात्रा : विस्मृतिमा वानिरा

~डा. रामदयाल राकेश~

भारतको साहित्य अकादमी दिल्लीले नेपालका लोकप्रिय उन्यासकार वानिरा गिरीको उपन्यास ‘कारागार’ को हिन्दी अनुवाद ‘कारा’ नामले प्रकाशित गरेर साह्रै सराहनीय काम गरेको छ । यसका अनुवादक हुनुहन्छ, प्रदीप विहारी । ‘कारागार’ उपन्यासका बारेमा मैले नेपालको कुनै दैनिक पत्रिकामा समीक्षा लेखेको छु, जुन मलाई अहिले पटक्कै याद छैन । प्रसिद्ध कवियित्री तथा उपन्यासकार वानिरा गिरीको जन्म ११ अप्रिल १९४६ मा भारतको पश्चिम बंगाल अन्तर्गत खर्साङमा भएको हो, तर उहाँले नेपाललाई नै आफ्नो कर्मस्थल बनाएर नेपाली साहित्यको भण्डारलाई सतत सम्पन्न एवं समृद्धशाली बनाउने प्रयासमा संलग्न हुनुहुन्छ । काठमाडौंलाई नै आफ्नो साहित्य साधनाको मुख्य केन्द्र बनाउनुका पछाडि दुई कारण स्पष्ट रूपमा देखिन्छ । पहिलो उहाँले खर्साङबाट त्रिभुवन विश्वविद्यालयको Continue reading →

Posted in नियात्रा | Tagged , | Leave a comment

नियात्रा : बालुवाको देश घुम्दा…

~डा. रामदयाल राकेश~

सैर कर दुनिया की गाफिल, जिन्दगानी फिर कहाँ,
जिन्दगानी हो भी जाए, नौजवानी फिर कहाँ?

नेपाल एयरलाइन्समा कार्यरत ज्वाइँ तारिणीराज दाहाल र छोरी पुनमको सौजन्यबाट म र श्रीमती तारादेवी पहिलो पटक दुबई जाने अवसर जुरेको थियो । हुनत अघिल्लो वर्ष जर्मनीको राजधानी बर्लिनमा जाने क्रममा कतारको दोहा हवाई अड्डामा ट्रान्जिट पेसेन्जर हुने अवसर मिलेको थियो । तर, हवाई अड्डामा बसेर घुम्ने र हेर्ने अवसर कहाँ प्राप्त हुन्छ ? दोहा एयरपोर्ट विशाल र विस्तृत तथा सबै सुविधाहरू सम्पन्न भएकोले विश्वको पाँच तारे एयरपोर्टमा सूचीकृत भइसकेको छ, जुन खाडी देशहरूको ज्यान र सान मानिन्छ । साथीहरूले दोहा र दुबईको बारेमा धेरै जानकारी दिएका थिए । दोहाभन्दा दुबई सुन्दर सहर भएकोले दुबई नै भ्रमण गर्ने योजना बनाएका थियौं । सोही अनुसार भ्रमण कार्यतालिका पनि बनायौं। Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : पर्खालहरु भत्काउन फुलमाया

~हरि बहादुर भुजेल ‘विभास’~

कसरी अडेको छ पर्खाल
यति ठुलो ?
के मा जमेका् छ पर्खाल
यति साह्रो ?
कसरी खडा हुन्छ पर्खाल
र छुट्टाउछ सिमा
फुलमाया Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : फुलमाया अव रुन्न ।

~हरि बहादुर भुजेल ‘विभास’~

अव फुलमाया एक्लै हुदै हुन्न
अव फुलमाया
विनाकारण
आशुमा डुब्दै डुब्दीन
फाटिएर पनि सुख नपाएको
उसको चोलिले
परेलीको सोकेश पुछ्नु छैन
अव फुलमाया Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : रक्सी र तिमी

~जीर्ण भागेदार~

छन्द : शशिवदना

जबजब भेटेँ
तबतब हाँस्यौ ।
हिमगिरिजस्तै
मन-मन गाँस्यौ ॥

अलमल पार्दै
नव नव हेर्यौ ।
ढलमल भा’थे
दिलसित बेर्यौ ॥ Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

बज्जिका गजल : भार सहजतई ऊ !

~सञ्जय साह मित्र~

विजयजी, तोहर भार सहजतई ऊ !
विजयजी, तोहर मार सहजतई ऊ !

तोहर डाँटसे ही लोग डेरालई खुब
विजयजी, तोहर झार सहजतई ऊ ! Continue reading →

Posted in बज्जिका गजल | Tagged , , | Leave a comment