कविता : भाँचिएको सियो

~अनिल श्रेष्ठ~

अचानक
जूठी दमिनीको हातको सियो
भाँचिएको छ

सियो भाँचिएदेखिन्
निकै चिन्तित छिन् उनी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘दाइबुचु’ भित्र भेटिएको जापान

~भारती गौतम~

‘विश्व एउटा पुस्तक हो अनि त्यसको विचरण नगर्नेहरूले त्यो पुस्तकको पहिलो पृष्ठमात्र पढेको हुन्छ ।’ सेन्ट अगस्टिन

विश्व पुस्तकको प्रस्तावनामा नै कोहीकोही अड्किए पनि धेरैजसोले कमसेकम केही पाना छिचोलेकै हुन्छ । हजुरआमा भेट्न मावलदेखि दिदी वा सानीमा भेट्न पल्लो गाउँ अनि साथीकी दिदीको बिहे खान त्यो भन्दा पनि पारि नजाने मान्छे भेट्न मुस्किल छ । कतै जान्न भन्नेले पनि औँसी र पूर्र्णीमाका हाट भर्न चम्पे र देउराली बजार भनौँ या गाउँ वेँसी गर्न दोभान वा खरीवोट भनौँ कुनै न कुनै प्रकारले आफ्नो गतिशीलताको धर्म थामेकै हुन्छन् ।

पुराण, बिहे, व्रतवन्ध, अन्तिम संस्कार आदिको लागि हिँडेको पदयात्रा, धर्म आर्जन गर्न पैताला दर्फर्याउँदै चढेका पहाडी चुचुराहरू अनि शिक्षा आर्जनको लागि टेकेका गुरुजीका पिँढीसम्मको विचरण हाम्रो स्मृतिमा Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

धिमाल भाषी कविता : समयेसाल

~डम्बर धिमाल ‘प्रकृति’~

समयेसाल्ता इस्का हिघाखे
बोमि पार्हालाइहेङ सादुल्लि मापिघाखे
दुल्पानु न्हाँम्खे, बोजात दिर मामानिकाआङ
काथङ्काल दुल्हेपानु साता हान्ति जेङ्का दोका
आजु आजाइको उक्ति परम्परा हि
दुल्का काथा हाइपालि
मानाल्काहेङ सालेङसोङ घुरि पागिल्घाखे Continue reading →

Posted in धिमाल कविता | Tagged , , | Leave a comment

कविता : हिनताबोध

~इन्द्रकुमार ‘विकल्प’~

कुनै अप्रत्यासित/अप्राकृतिक
आफूलाई सम्हाल्न नपाउँदै
कता कताबाट । कसरी कसरी
थिचिदैछ भारी पहाडले “टाउको”
उठाउन नसक्ने गरी ।

टक्क रोकिन खोज्दैछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गन्थन सुभाज्यू संग

~मिजास तेम्बे~

सुभा ज्यू !
यसरी आफ्नो परबेटी कुरा गरेर
हजूरलाई बस्नु न उठ्नुको,
असमञ्जसमा पार्नु नहुने थियो ।

यी सन्तानहरु कहिल्यै मिलेर बस्न सकेनन्
कहिले रोटीमा झगडा गर्छन् ।
कहिले भेटिमा लुछाचुडी गर्छन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रस्थानको तरखर

~इश्वरवल्लभ~

केही असल मानिसहरूजस्तै
पन्छीहरू हाँगाहाँगा जम्मा हुँदै थिए
आज, अझै त्यो पुर्बेली हावा चलेन
सुकेको एउटा पात पनि झरेन
हुन त मनको पीर आँधीजस्तै दुख्छ,
त्यसैले बिर्सिदिए हुन्छ, यस्ता कुराहरू Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्रो सामु बस्दा

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~

उर्वशी के राम्री होलिन् तिम्रो सामु बस्दा
चन्द्रिकालाई डाढो लाग्छ तिम्रो सामु बस्दा

फूलहरु खिल्खिलाऊन् तिम्रै हाँसो राम्रो
ताजमहल फिक्का हुन्छ तिमी त्यहाँ पस्दा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : पहाड र म

~पल हिरा~

पहाड र म
अनी अन्तर दन्द्द
तीनका चर्केका दरार हरु
मेरा भाग्यका हस्तरेखाहरु
कतै समानताले खोर्सेका छन
कतै अहमता ले अग्लेका छन
च्यातिएका टोपी उप्केका भिताहरु देखाएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

किराँती दन्त्यकथा : किराती भाषाको गडबडी

~सङ्कलक: इमानसिंह चेम्जोङ~

सुरुमा किरातीहरू देव–वंशी भनिन्थे । उनीहरूको एक भाषा थियो । किराती भाषालाई देव भाषा भनिन्थ्यो । बस्तारहँदा किरात वंश निकै फैलियो । उनीहरूका नेताले जनगणना गर्नुपर्दछ भनेर सबैलाई प्रत्येकले एकएकवटा ढुङ्गा ल्याउनू भन्ने आदेश दिए ।

प्रत्येक मानिसको एकएकवटा ढुङ्गा ल्याएर आफ्ना नेताको अगाडि राखिदिए । ढुङ्गा थुप्रिँदाथुप्रिँदा त्यहाँ एउटा पहाडजस्तो बन्यो । पछि उनिहरूका नेताले जनगणना गरेको स्मृतिमा त्यो थुप्रिएका ढुङ्गाले त्यहाँ एउटा धरहरा बनाउने प्रस्ताव राखे । उनीहरूले पनि यस कुराको समर्थन गरे तथा तत्कालै धरहराको जग बसाए । Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

गजल : खबर चाहिदैन

~सुजन बुढाथोकी ‘कान्छा’~

के छ कसो छ कुनै हाल खबर चाहिदैन
त्यो कुन मान्छे हो जस्लाइ घर चाहिदैन

बस ! यत्ती एउटा चोट नै काफी छ
जिन्दगी के हो जान्नलाइ टिचर चाहिदैन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : कसको दोष ?

~खेमराज पोखरेल~

ग्रेटर अस्टिन सोसाइटीले गरेको कार्यक्रममा राधासँग चिनाजानी भयो । विदेशको ठाउँमा साँच्चि हामी दाजुबहिनीको साइनोले सम्बोधित भयौँ । नेपाली समाज कन्डापछाडि उनलाई वाइफाले भन्ने गर्थे । मैले एकदिन राधालाई उनका बारेमा सोधेँ । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

समीक्षा : दौलत विक्रम विष्ट र उनको साहित्यकारिताको आकलन

~डा. विष्णुप्रसाद पौडेल~

सार– यस लेखमा दौलत विक्रम विष्टको सङ्क्षिप्त परिचय प्रस्तुत गर्दै उनको साहित्यिक लेखनको थालनी र विकास कुन कुन विधामा के कस्तो रहेको छ भन्ने कुरा सघन सर्वेक्षणात्मक र अनुशीलनद्वारा देखाइएको छ । यस अनुसार विष्ट बहुमुखी साहित्यकार भए पनि उनको साहित्यिक लेखनमा आख्यानकारिता नै मुख्य विधाका रूपमा देखिएको छ । आख्यानमध्ये पनि उपन्यासमा उनको विशिष्टता रहेको छ । उनका नौ वटा उपन्यासमध्ये महत्त्वपूर्ण उपन्यासहरूमा ‘एक पालुवा अनेकौँ याम’, ‘चपाइएका अनुहारहरू’, ‘थाकेको आकाश’, ‘भोक र भित्ता’ र ‘ज्योति ज्योति महाज्योति’ देखिन आएका छन् । यिनका संरचनात्मक कलेवरमा नेपालको राष्ट्रियदेखि अन्तर्राष्ट्रिय परिवेश, त्यहाँको विसङ्ग स्थिति वा अमानवीयता, व्यक्तिका जिजीविषा, मनोवैज्ञानिक व्यथा, सांस्कृतिक सघनता र दार्शनिकता जस्ता कुरा संश्लिष्ट भएर आएका छन् । त्यसले विष्टलाई सक्षम नेपाली उपन्यासकारका रूपमा स्थापित गरेको छ । Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

सुधा मिश्रक दस मैथिली हाइकु

~सुधा मिश्र~

1
प्रेम दिवस
विवाहक प्रस्ताव
लाल गुलाब
2
शीतलहर
सिरकँक अभाव
वृद्ध बेहाल
3
अनुशासन
गेल अछि हेराय
दंगा मचल Continue reading →

Posted in मैथिली हाइकु | Tagged , | Leave a comment

कथा : मुर्दाहरू जागौं

~राजव~

ह्वाइट हाउसको मध्यरात्रीको जुलुसमा आजबाट म पनि भाग लिँदै छु ।

मेरो खुसी बतासमा छचल्किँदै छ  ।

एक महिनासम्म म अस्पतालमा थुनिएको थिएँ । आजबाट मुक्त भएँ । मेरो अपराध थियो बारमा पस्नु ।बारमा म पेस्तोल लिएर पसेको थिइन । न त्यहाँ कसैलाई  मुक्का नै मारेको थिएँ । न कुनै झगडा, न कुनै भनाभन । केही पनि भएको थिएन । जस्तो अरू बेलामा हुन्थ्यो त्यस्तै आनन्दमय थियो बार, त्यस्तै  शान्त थिएँ म । बियर सुर्कंदै बिलकुल मग्न बसेको थिएँ । तर, परिणाममा मृत्यु भोग्नु पर्‍यो  । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : साहित्यमा ज्ञानदिलदासको देन

~विमल लामिछाने~

परिचयः
नेपाली कविताको प्राथमिक कालको उत्तराद्र्ध वा दोस्रो चरणतिर देखापरेका जोसमनी सम्प्रदायका सन्त कवि ज्ञानदीलदास हुन् । ज्ञानदिल दास जोसमनी धार्मिक–आध्यात्मिक जागरण र अभियानका एक सशक्त सन्तकवि हुन् । उनको जन्म सन् १८२१ मा नेपालको इलाम जिल्लाको आमचोक जोरधार (हाल फाकफोकथुम ३) भन्ने ठाँउमा लामिछाने उपाध्याय ब्राह्मण परिवारमा भएको हो । उनको वाल्यकालको नाम श्रीकृष्ण लामिछाने हो ।

श्रीकृष्णको प्रारम्भिक शिक्षा दीक्षा घरमा नै गुरुकुलिन पद्धतीबाट भएको थियो, जव उनि पाँचथर नांगीनस्थित जरिङ्गे गाउँमा जोसमनी सन्त गुरु श्यामदिलदासको आश्राममा पुगेर गुरुबाट दिक्षित भए तब उनको नाम ज्ञानदिलदास भयो । उनलाइ यो नाम गुरु श्यामदिलदासले दिएका थिए । गुरु श्यामदिलदास जोसमनी सन्तसाहित्यका प्रकाण्ड विद्धान थिए ।

उदय लहरी, ‘टुङ्ना भजन ’ र ‘झ्याउरे भजन’ Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

लघुकथा : साउँकोभन्दा ब्याजको माया

~चोपनारायण बन्जाडे~

मनीरामले चित्त नबुझेको कुरामा झट्टै कुरा उठाई हाल्थे  । अझ कहिलेकाहीँ त अप्रासंगिक कुरा उठाएर हाँस्यपात्र पनि बन्थे । तर पनि कुनै प्रवाह गर्दैनथे । यस्तै हठी र हक्की स्वभावले उनलाई क्रान्तिकारी भनिने पार्टीको नजीक पुर्यायो ।

क्रान्तिकारी पार्टीलाई मशाल जूलूस निकाल्न सानै निहुँ मात्रै भए पनि पुग्छ । यसपालि सिमा अतिक्रमण विरुद्धमा उक्त पार्टीले मसाल जूलूसको आयोजना गर्यो । उनी पनि सक्रिय भए जुलुसमा । जूलूस निस्केको मात्रै के थियोे, पुलिस आईहाल्यो । सबै जुलुसमा सहभागीहरूको भागाभाग भयो । तर मनीरामलाई हातको मशाल Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : कट्टु हराएको देशमा

~डा. मधुसूदन गिरी~

‘चपला अबलाहरू एक सुरमा/गुनकेशरीको फूल ली शिरमा ।’ उहिले भानुभक्त बाजेले मुक्त कण्ठले आरती उतारेकी आराध्या अलकापुरी, आज आएर या मानको विशेषण महा लगाएकी महानगरी, मेरी प्यारी सपनाकी रानी अमरावतीको रूप र लावण्यको बयान सुनेका दिनदेखि यस मोरा लम्फुको भोक र रातको नीद हराम भइसकेको थियो । “आङभरि नाना पेटभरि दाना कहिल्यै भएन÷ दुःखैमा कति काटने दिन नगई भएन ।” मन्दिरै मन्दिर र देवतैदेवता अनि आराध्य श्री पशुका पतिको यस पावन धर्तीका महास्वर्गमा पुगुँ मात्र, जाई, जुही, चम्पा, चमेली फुलै फूलका डसनामा घुगुत्ती वासुत्ति खेल्छु खेल्छु, यो मोरो तीन ठाउँमा भेन्टीलेसनयुक्त बुढो कट्टुलाई फालेर यामानको टाइसुट गलामा Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नाटक : कुच्चिएको गाग्रो

~दिवाकर भट्टराई~

पात्रहरू।
१) धुर्बे ( एक युवा)।
२) मङ्गली।(धुर्बेको आमा)
३) साने।(धुर्बेको साथी)
४) सान्नानी।(गाउँकी चेली, )
५) धतुरे।(जँड्याहा , गजेडी)
६) वीरबहादुर।(भु पु सिपाही)
७) बूढी बज्यै।(गाउँले मुखिनी)

दृश्य – १

 बूढी बज्यै : धुर्बे..!! धुर्बे..!!! धुर्बे आऊ नानी, मिस्री राखिदिएको छु । Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

कविता : मनोद्वेगप्रवाह

~मोतिराम भट्ट~Motiram Bhatta

यसरि मकन तिम्ले बिर्सनू धन्य छाती ।
अझ कति घोचूँ विघ्न निष्ठूर जाति ।।
कउन अकल गर्नू लाग्छ हज्जार ठक्कर ।
न त रहनु नजानू क्या पर्योर आज अक्कर ।।

जति जति तिमि मेरो चित्त चोरेर लिन्छयौ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : खण्डिताको गुलाबी छेड

~चक्रपाणि चालिसे~

नाथ ! नाथ ! भनि विसमयसाथ, कष्टले वितिसक्यो सब रात ।
बल्ल दर्शन मिल्यो कुनचार्ही, काममा भुलनुभो र-त-पाई ।।१।।

रातमा घुमि घुमीकन अन्न हन्त !! भो-कि-तब(ब) भारि लडन्त ।
छैन तेज मुखमा, अति खिन्न चेहरा पनि छ आज विभिन्न ।।२।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Perhaps!

~Momila~
Translation: Manjushree Thapa

Perhaps!

The young girl draws a border
by the pond beside the house
This is my home, Father!

The young girl draws a border
in the translated distance of passion Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

नियात्रा : आबुधावीमा आनन्द

~डा. रामदयाल राकेश~

संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी रहेछ आबुधावी। यो रमाइलो देश रहेछ। एकातिर बालुवा नै बालुवाको मरुस्थल र अर्कातिर समुद्र। अरब सागरको सौन्दर्य विस्तार हेरेपछि म आश्चर्यचकित भएँ। मेरो भौगोलिक ज्ञानको क्षितिज त्यति विस्तृत रहेनछ। यो त भरुमूमि तथा समुद्रको सुन्दर देश रहेछ। म काठमाडौंमा बस्दा कहिलेकाहीँ सोच्थें– कसरी मरुभूमि र समुद्र एक अर्काको विरोधाभासी भएर पनि सँगसँगै अवस्थित रहन सक्छ। तर, यो देशलाई मरुभूमि र समुद्र प्राकृतिक वरदानको रूपमा सहजै उपलब्ध छ। मरुमूमिलाई गुलजार बनाएको देश इजरायलबारे धेरै पहिलेदेखि सुनेको थिएँ। तर, त्यहाँ पाइला टेक्ने अवसर पाएको छैन। जब दुवईको माटोमा पाइला टेकें, त्यस बखतदेखि नै यी दुइटैको अहसास समान रूपमा हुन थालेँ। रातिको अन्तिम प्रहरमा विमानको अवतरण भएपछि मात्र यस्तो महसुस हुन थाल्यो। तर, आकाशमार्गबाट राति भएको हुनाले केही स्पष्ट अनुभव हुन पाएन Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

पुस्तक समीक्षा : दुलारी उपन्यासको संक्षिप्त चिनारी

~डा. रामदयाल राकेश~

मिथिलाञ्चलका महिला लेखिकामा मुना चौधरी एउटा मुर्धन्य उपन्यासकार हुन्। उनको यो दोस्रो उपन्यास हो। उनको प्रथम उपन्यास ‘जयवर्द्धन सलेहस’ले सफल र चर्चित उपन्यासका रूपमा आफ्नो औपन्यासिक स्थान सुरक्षित गरिसकेको छ।

जय सलहेसको औपन्यासिक चर्चा परिचर्चा नेपाली साहित्यमा त्यति गरिएन, तर यो उपन्यास ‘दुलारी’भन्दा सशक्त उपन्यास रहेछ। यसको भाषाशैली पनि परिमार्जित र विशिष्ट रहेको छ। ‘दुलारी’ उपन्यासको कथावस्तु ऐतिहासिक नभएर सामाजिक भएकाले यसको लोकप्रियता अवश्यमेव बढ्नेछ। Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : एन्टी-एजीङ् क्रीम

~चोपनारायण बन्जाडे~

अम्बिकाको सौर्न्दर्यमा कोही पनि तटस्थ बस्न सक्दैनन् – धेरैले ईर्ष्या गर्छन् त केहीले प्रशंसा । सौर्न्दर्यताकै दवावले हो उनले १५ बर्षमा नै बिहे गर्नु परेको । उनलाई थाहा थियो, मेकअप बिनानै उनको सौर्न्दर्य खुल्छ । त्यसैले त उनी खासै मेकअप गरिनन् कहिल्यै ।

पैंतालीस बर्षको उमेरसम्म पनि प्रशंसकहरू र ऐनाले उनका सौन्दर्यमा कुनै कमी देखाउन सकेनन् । तर केही दिन यता जब उनले ऐना हेर्थिन , घाँटी र गालामा केही रिंकल देख्न थालिन् । हैरान पार्यो र त उनलेे ब्युटी टिप्ससँग संबंधित युटुवहरू हेरिन् । केही च्यानलले सुझाए जस्तै केही घरेलु उपायहरू अपनाईन तर खासै सुधार भएन । अब उनी ढुक्क भइन् अब बुढौंलीले समात्यो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

याैनकथा : ज्वरो

~सीता पाण्डे~

‘मम्मी, आज जाने भन्या होइन ?’ऊ दौडिँदै छेउमा आउँछे र पढ्दै गरेको मेरो हातको पत्रिका थुत्छे । अनि मेरा औँलाहरु समाउँदै तान्न थाल्छे । उसको भर्खर आज जाँच सकिएको छ । ऊ खुसी र चञ्चल देखिन्छे । धेरै दिनदेखी ‘रमाईलो मेला’हेर्न जान भनेकी थिई। जाँच सकिएपछि जाऔँला’ मैले टार्दै आएकी थिएँ । तर आज भने ऊ मान्ने छैन, मैले उसको जिद्दि प्रष्टै बुझिरहेकी थिएँ । त्यसैले अल्छी लागे पनि आफुलाई तयार गर्न डेसिङ टेबुलअघिल्तिर उभिन्छु । केश कोर्दाकोर्दै ठूलो ऐनाबाट अचानक देख्छु, छोरी फ्रक बदल्दै छे । उसको छातीका स–साना दुई विन्दुहरु गोलाकार गुलाफी हुँदै केही उचालिएका पनि रहेछन । म उसलाई ऐनाबाट नियाल्छु । सोच्छु, उसलाई मैले सधैँ देखेर पनि अहिलेसम्म कस्तो यादै नगरेकी । कता , उसलाई पनि थाहा छैन कि ! म पनि आफ्नो त्यो बेला अचानक पहिलोपल्ट आभास पाउँदा अचम्म र लाजले कस्तरी खुम्चेकी थिएँ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : अन्तिम भोजमा चपाइएका अनुहार !

~गोविन्द गिरी प्रेरणा~

दौलतविक्रम विष्ट नेपाली आख्यानका धरोहर हुन्, ध्रुवचन्द्र गौतमअघिको पुस्ताका। उनी आख्यानकै लागि जन्मेका थिए र जीवनभर आख्यानमै आफूलाई समर्पित गरे। उनको पहिलो उपन्यास ‘मञ्जरी’ प्रतियोगिताका लागि लेखिएको थियो र पुरस्कृत पनि भयो। त्यही उपन्यासले उनलाई उपन्यासकारको परिचय दिलायो। त्यसपछि ‘एक पालुवा अनेकौँ याम’ले उपन्यासकारको उचाइ बढायो। अनि ‘चपाइएका अनुहारहरू’ले शिखरमा चढायो।

सुरुमा त उनको कलम नाटकमा खुब चलेको थियो। उनी आफैँ मञ्चमा कलाकारका रूपमा उत्रेका थिए। महिला कलाकार रंगमञ्चमा पुग्ने अनुमति नभएकाले पुरुषहरू नै महिलाको भूमिका खेल्नुपर्ने जमानाका कलाकार थिए, उनी। उनले पनि महिला कलाकारका रूपमा रंगमञ्चमा अभिनय गरेका थिए। Continue reading →

Posted in संस्मरण | Tagged , | Leave a comment

पुस्तक अंश : त्यो स्वास्नी मान्छे हाँसिदिन्छे

~दौलतविक्रम विष्ट~

हिलो माटोको लेपले माछालाई भुंग्रोभित्र घुसार्दै जान्छु म । त्यो माछा बाफिन धेरैबेर लाग्दैन । केहीछिनपछि भान्सा तयार भइहाल्छ । अनि, म त्यो स्वास्नीमान्छे र किमरिखलाई खुवाउन त्यसैगरी तम्सेको छु, जसरी केटाकेटी छँदा आफ्ना साथीहरुलाई पोल्टाको मकै-भटमास खुवाउन तम्सन्थेँ ।

मेरो यही बानीलाई लिएर बा हप्काउनुहुन्थ्यो ‘मेरो टाउकोमा गीर खेल्ने होइन’ भनेर । तर, मेरी सौतेनी आमा मुखमा बुजो लाएर बस्थिन् । बाको अगाडि उनले बोल्नु र नबोल्नुमा केही अर्थ राख्दैनथ्यो । अर्कालाई खुवाउँदा एक किसिमको आनन्द अनुभव हुन्थ्यो मलाई । त्यो गुन वा बैगुन, मलाई थाहा छैन । त्यसबारेमा विचार पनि गरेको छैन मैले । Continue reading →

Posted in पुस्तक अंश | Tagged | Leave a comment

कथा : डमी

~कृष्ण ढुङ्गेल~

जागिरमा मनोजको पहिलो दिन । काम हार्डवेयर पसलमा पाएको छ, तीनकुनेमा । त्यही पनि टाढाका नाता पर्ने एकजना दाइले खोज्देको ।

ती दूरका दाइले चाहेका भए मनोजलाई आफ्नै अफिसमा काम दिन सक्थे । वा, राम्रै ठाउँमा काम लगाइदिन सक्थे । तर उनले खै किन हो, त्यसो गरेनन् !
हुन त मनोजसँग न राम्रो पढाइ छ, न त कामको अनुभव नै । ऊ यो सहर नै पहिलोपटक आएको– काम गर्दै पढ्नका लागि । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उस्तै नियत, उस्तै नियती

~रामकुमार एलन~

थाहै छ सानू, क्षमतावानहरु पछि पारिन्छन् ।
लखेटिन्छन्, खेदाइन्छन्, उस्तै परे मारिन्छन् ।
यी सबै सहेर, नदीजस्तै बगेर
पुग्यौँ भने गन्तव्य, दिउँला मन्तव्य
यसपालि भो हामी मौन बसौँ हो
यसपालि भो हामी यहाँ नबसौँ हो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

रुबाई : छरेर आत्मका कुरा

~लकाश पौडेल~

हजज/पंचचामर )

छरेर आत्मका कुरा नपार बिस्कुनै सरी
सुनेर सम्झने कहाँ उडाउँने थरी-थरी Continue reading →

Posted in रुबाई | Tagged | Leave a comment

कविता : ग्राउन्डेड जहाज मर्मत भएको छ

~डा. जीवेन्द्रदेव गिरी~

बर्सौं मर्मत नपाएको मेरा फोक्साले
छेलोखेलो अक्सिजन पायो
नाकभित्र पाइप घुसारेर
पठाइयो मनग्गे प्राणवायु
फोक्सोको रौनक बढेको छ
मसिनमा औँला घुसारेर हेरिरहन्छु म
हान्दिन्छ ९४- ९५ – ९६ र अझ बढी पनि
बालकको खेल झैँ घरि घरि प्रक्रिया दोहोर् याउँछु म Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तिम कविता

~विमला तुम्खेवा~

यो हावाको तेज गति भन्दा निष्ठुर
मरुभूमिमा एक्लै उभिरहेँ…
मसँग
न तिम्रो माया छ
न कुनै गुनासो।

जीवन भन्नु मृत्यु रहेछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment