नियात्रा : गुण्टा गुडाउँदै जुरिकतिर

~डा. रामदयाल राकेश~

हामी २२ अक्टूबरको नाइट बसबाट जुरिक पुग्दा विहानी उज्यालोको संकेत पाइसकेका थियौं। एकजना भारतीय सहयात्री बसबाट ओर्लेर चुरोटको चुस्की लिइराखेको थियो तर त्यसले जाडोलाई के चुनौती दिन सक्थ्यो ! तैपनी आत्मसन्तुष्टि लिँदै थियो। ऊ मुम्बई निवासी थियो। मैले आफ्नी साथीलाई ऊसित परिचय गराई दिएँ। उनी ऊसित वार्तालाप गर्न थालिन्।

होटल रिजर्भेसन गराइसकेकाले ऊ ढुक्क थियो तर हामीलाई त्यो होटल महँगो लाग्यो। उसको होटल बस स्टेशन नजिक थियो। उसको एउटा साथी पनि रहेछ। उनीहरु बसबाट ओर्लेर सडक पारि होटलमा जाँदा हामीले उभिएर हेरिराख्यौं। होटल रिजर्भेशनको पीरबाट पीडित छँदैथियौं त्यसमाथि साथीको अभद्रं व्यवहारले मलाई चिन्तित तुल्याइराखेको थियो। खैर हामी आ–आफ्नो गुन्टा बोकेर आफ्नो गुँडतिर गुन्टोलाई गुडाइराखेका थियौं। हुनत बोसनियाका केही शरणार्थीहरुको दशा बर्लिनको सडकमा भीख माग्दाको दृश्य Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

भलाकुसारी : वास्तविकताहरुको सहज र यथार्थ चित्रण गर्न डराउनु हुन्न

~प्रस्तुती : शरद प्रधान

सुश्री पारिजात नेपाली साहित्यिक वाङ्मयको निम्ति कुनै नौलो व्यक्तित्व होइन । विगत तीन दशकदेखि अनवरत साहित्य सेवा गर्दै आउने सृजनशील जिजीविषाको नाम हो, पारिजात । जीवन र मृत्युको दोसाँधमा उभिएर संघर्षरत भई जीवनका विभिन्न पक्षलाई अवलोकन गरी सचित्र सजीव रुपमा प्रस्तुत गर्नु पारिजातको विशेषता हो । २०२३ सालमा ‘शिरिषको फूल’ लेखेबापत मदन पुरस्कार प्राप्त गर्नुहुने पारिजात एक दर्जन जति उपन्यास, आधा दर्जन जति कथा संग्रह, दुई वटा आत्मकथा, दुई वटा कविता संग्रहका स्रष्टा हुनुहुन्छ । Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

कविता : हामी साहित्यकार हौं

~हरि कंडेल~

हामी अपराधको
विरुद्ध बोल्छौं,
अन्याय
विरुद्ध बोल्छौं,
देशको राजनीति खिचातानी
विरुद्ध बोल्छौं,
किनकि हामी साहित्यकार हौं । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बहरवद्ध गजल : बित्दैछ आज मेरो

~जीर्ण भागेदार~

खाएर मोज गर्दै बित्दैछ आज मेरो
… छाती तिमीबिनाको रित्तै छ आज मेरो

जो हेर पाउँदैनन् यस्तो अपार माया
लाखौँ छ मूल्य खोज्दा सित्तैँ छ आज मेरो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : युगकविको तुलना अरु कसैसित हुन सक्दैन

~कालीप्रसाद रिजाल~

हाम्रो रिजाल परिवारमा उच्च अध्ययनका लागि काठमाडौँ आउने म पहिलो व्यक्ति हुँ । पूर्वी तराईका प्रायः सबै उच्च अध्ययनका लागि त्यसबेला भारत जाने गर्थे । त्यसमा पनि हाम्रो हजुरबुबा-हजुरआमा काशीबास गरिरहनु भएकाले मेरा काका, दाइ सबैले वनारसमा अध्ययन गर्दै आएका थिए । तर, मैले विद्रोह गरेँ ।

काठमाडाँैबाहेक अरू ठाउँ गएर म पढ्दै नपढ्ने भएँ । लाख सम्झाउँदा पनि कसैको केही चलेन । आखिर २०१३ सालमा म काठमाडाँै आएरै छाडेँ । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : जवानी पानीजस्तो….

~कृष्ण बाउसे~

जवानी पानीजस्तो पोखे निख्रिजाने
जतन गर्यौ, जोगाऊँ भन्यो , एकदिन बिग्रिजाने !

गोधूलीको घामजस्तो उसै झुकिदिने
मध्यान्हको छायाँजस्तो आफैँ लुकिदिने
छोडिदिऊँ मात्र भने सधैँ उडिजाने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्ति

~नेकी धनेन्द्र~

शब्दहरुले क्रान्ति हुँदैन
भाषणहरुले क्रान्ति हुँदैन
क्रान्तिकारी नारा लेखेर
भोका, नाङ्गाको ढाडमा टेकेर
कुर्सिका महत्वकांक्षि भएर
कुर्सिकै विरोध गरेर
जनतालाई थाहा नभए जस्तै गरि
दश गजाको कुरा गरेर
कसैको भाग खोसेर, मारपिट गरेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : महाभिनिष्क्रमण

~नयराज पन्त~

थाकेका दुनियाँहरू सब सुते विश्रामका खातिर ।
बढ्दै गो क्रमले मनुष्यहरुमा सुन्सान चारैतिर ॥
केही नन्द र सुन्दरीहरु यता आनन्द भोग्दै थिए ।
योटा भावुक राजपुत्र त उता अर्कै कुरा गुन्दथे ॥

सानो बालखरूपमा अगि थिएँ ऐले चढयो यौवन ।
केही नै दिनमा म पुग्दछु अहो! बुढयाईमा जाक्किन ॥
कस्तो यत्न गरी सगन्धहरुले यी केश सम्म्याइए ।
केही नै दिनमा यिनै पनि हरे ! सेता हुने नै भए ॥ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : के बर मागी फर्क्यौ

~रमेश पौडेल~

के बर मागी फर्क्यौ भन तिम्ले पुज्ने देउतासित
दुनियालाई नभने नि भन्न हुन्छ एउटासित

मन्दिरबाट फर्किएकी हातमा फूलको थाली रै’छ
निधारको टीकामाथि सिउदो त्यसै खालि रै’ छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

संस्मरण : मेरो प्यारो ओखलढुंगा (जननी जन्मभूमीश्च स्वर्गादपि गरियसी)

~डा.कवितारम श्रेष्ठ~

तपाईलाई अवश्यै लाग्यो होला कि यी शव्द त युगकवि सिद्धिचरणका हुन् जसलाई उनले आफ्ना अमर कृति मेरो प्यारो ओखलढुंगा नामक कवितामा कैद गरेका थिए ।

तिम्रै सुन्दर हरियालीमा
तिम्रै शीतल वक्षस्थलमा
यो कविको शैसवकाल वित्यो
हाँस्यो खेल्यो वनकुन्ज घुम्यो
मेरो प्यारो ओखलढुंगा
-सिद्धिचरण श्रेष्ठ Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : अऋणी हुन्छ

~कमल दीक्षित~

कविपुत्र रविचरण र मेरो उमेरमा ठूलो अन्तर छ तर त्यसले हाम्रो मित्रतामा कुनै आँच आएको छैन । हामी दुवै साथी-साथी छाँै । रविजीसँग मेरो मित्रता गाँसिएको ५० वर्ष भयो होला- उनी बुबाको बुई चढ्ने उमेरदेखि नै । पिता सिद्धिचरणको फोटो खिच्न म उहाँको घर पुगेको बेला कविजीलाई एउटा फोटोचाहिँ छोरालाई बोक्न लगाएर पनि खिचेको थिएँ । त्यसलाई मैले कविजीकै ‘यो मेरो छोरा’ भन्ने कविताको एक पङ्क्तिको क्याप्सन दिएका थिएँ- ‘महाकालको दुलोमा अनन्तको पुच्छर’ भन्ने त्यही प्रकरण हो रविजी र मेरो मित्रताको शुभारम्भ । त्यही क्षण सम्झन्छु म रविचरणलाई जहिले भेटे पनि ।

त्यस्ता मेरा तन्नेरी मित्रले ‘बुबाको शतवाषिर्कीका लागि तपाईंको एउटा लेख चाहियो भनेपछि नलेखी Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

समीक्षा : गीतमा युगकवि मेरो प्यारो ओखलढुङ्गा

~दीपक विहीन~

कविहरुको भीडमा गीतकारहरु हेपिने समय थियो, त्यो बेला । आफू ठूलो देखिन अरुलाई होच्याउने संस्कार ‘राल्फा’ आन्दोलनमा लागेहरुलाई पचेन । त्यसैले पनि उनीहरुले थालेका थिए, कवितालाई नै गीत बनाउने अभियान । यद्यपि, राल्फाले खासै अर्थ नदिने अमूर्त शब्दहरुमा पनि गीत गाउँदै थिए । इतिहासको बिद्रोही साङ्गीतिक समूह ‘राल्फा’ का नायक रामेश भन्छन्-“हो, त्यही क्रममा कवितालाई गीत बनाउन थाल्यौं । अनि जन्मियो सङ्गीतमा, मेरो प्यारो ओखलढुङ्गा….।” Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

संस्मरण : मेरो साहित्य-यात्रामा शिरोमणिको स्थान

~सिद्धिचरण श्रेष्ठ~

आफ्नो किशोरावस्थादेखि कवि बन्ने धोखो लिएको म सिद्धिचरणका निम्ति कवि शिरोमणि लेखनाथ पौड्याल महान् छन्, पुज्य छन् । म दरबार स्कुलको विद्यार्थी छँदा उहाँलाई नेपालको त्यस समयको सर्वश्रेष्ठ कविका रूपमा लिइन्थ्यो । शिक्षकहरूले प्रायः उहाँकै चर्चा गर्ने गर्थे । म तेस्रो कक्षामा पढ्दा उहाँद्वारा रचित ‘पिँजडाको सुगा’ नामक कविता निकै चर्चित थियो । त्यस कवितालाई कण्ठ गरी लयबद्ध रूपमा ठूलो स्वरले पाठ गर्नु हामी विद्यार्थीका लागि प्रायः दिनचर्या नै थियो । म पाँचाँै कक्षामा पढ्दा मखनटोलस्थित एउटा पुस्तक पसलबाट शिरोमणिको ‘सत्यकलि संवाद’ मेरी स्वर्गीय आमाको थैलीबाट चोरेको पैसाले किनेर ल्याएको सम्झन्छु । मलाई Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : ‘मेरो प्रतिविम्ब’ प्रति

~बालकृष्ण शम~

क्यै जितेझैँ क्यै सम्झेँझैँ
को त्यो पथमा गाइरहेको ?

मानिसजस्तै सुरु-सुरु हिँड्दै
सवलताले ती निखन्दै
को त्यो पथमा गाइरहेको ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : कविताबाटै विद्रोह

~चित्तरञ्जन नेपाली~

नेपालको काव्यजगत्मा सर्वप्रथम ‘क्रान्तिविना यहाँ हुँदैन शान्ति’ -मूल नेपाल भाषामा : क्रान्तिविना थन ज्वीमखु शान्ति)ं भनी हुँकार गर्ने अग्रणी क्रान्तिकारी कवि हुन्- युगकवि सिद्धिचरण श्रेष्ठ । यसरी नेपाल भाषाको कवितामा सबैभन्दा पहिले उनले ‘क्रान्ति’ शब्द प्रयोग गरे, त्यो पनि राणा शासनको जमानामा भने नेपाली भाषाको कवितामा ‘हडताल’ शब्दको प्रयोग पनि उनैले गरेका थिए । ‘आज नखाऔँ नसुताँै आओ सब मिली हड्ताल मचाआँै’ उनका यिनै अभिव्यक्ति एवम् तत्सम्बन्धी क्रियाकलापका कारण सम्वत् १९९७ सालको नेपाल प्रजापरिषद्सम्बन्धी राजनीतिक काण्डमा राणा सरकारले उनलाई पक्राउ गरी १८ वर्षको जेल सजाय दिएको थियो । तर, पछि सम्वत् २००२ सालमा तत्कालीन Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : तिम्रै लागि हो लेउन प्रिय

~दीपक कालिकोटे~

मेरो मुटु तिम्रै लागि हो लेउन प्रिय ।।
साच्चै माया गर्छौ उत्तर देउन प्रिय ।।

मेरो आँखामा हेरन तिम्रो प्रतिविम्ब छ ।
अमर मायाको अमृत पेउन प्रिय ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : धेरै कुरा गर्न बाँकी छ

~राजन रुचाल~

जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ ।।
चाखो माया पियारी माझ् छर्न बाँकी छ ।।

संगै जिउने संगै मर्ने बाचा कसम खाँदै । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : माया मारेपछि

~कुलबहादुर तामाङ~

किन हेर्नु माया मारेपछि
तिम्ले कतै माया सारेपछि।।

तिम्रै निम्ति डुङ्गा खियाएँ
गईछेउ डुङ्गा तारेपछि ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : लाहुरेकी छोरी

~जीर्ण भागेदार~

छन्द : विद्युन्माला

काली-काली गोरी रै’छे
कस्ती राम्री मोरी रै’छे
मौरी भुल्ने तोरी रै’छे
लाहूरेकी छोरी रै’छे !

जुत्ता हेर्दा जुत्तै राम्रा
खुट्टा हेर्दा खुट्टै राम्रा Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

नाटक : कालो पर्दा

~मोहनप्रकाश~

पृष्ठभूमि

स्थानः एउटा पुरानो घरको कोठा, छेउमा पुरानै डिजाइनको पलङ, पलङमाथि सिरक, तन्दा, सिरानी र केही लुगाहरू अस्तव्यस्त देखिन्छन् । पलङको देब्रेतिरको भित्तामाथि परिवारको श्यामश्वेत फोटोफ्रेम झुण्डिएको छ ।

फोटोमा श्रीमान्, श्रीमती सहित ६/७ वर्षकी लाग्ने एउटी छोरी र २/३ वर्षको लाग्ने एउटा छोरोसहित चार जना छन् । कोठा अस्तव्यस्त देखिन्छ । कुनै सामानको ठाउँ ठेगान छैन । ढोका छेवैमा सानो किचन र्‍याक र त्यसको वरिपरि भाँडाकुँडाहरू छरपष्ट छरिएका देखिन्छन् । भर्खरै भात खाएर फिँजिएका चारओटा थाल र थालमा खाँदाखाँदै छोडेको केही भात तरकारी देखिन्छ । भुँइमा जुठो छरिएको छ । ढोका पछाडिको ह्याङ्गरमा केही Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

नेपाली लघु-उपन्यास : छाँयासँग प्रेम

~वेद प्रसाद कंडेल ‘युबराज’~

लघु उपन्यास : छाँयासँग प्रेम | वेद प्रसाद कंडेल ‘युबराज’


समर्पण

“तिमीलाई” –

जसले प्रेमको पवित्रतामा पैसासँग तुलना गरी धोका दियौ ,
जसले प्रेमको नाउँमा फोहरी खेल खेली जीवन समाप्त ग¥यौ ,
जसले जीवनलाई रसमय बनाउने बाचा गरी कलङ्क फैलायौ ,
जसले तुच्छ भौतिक सम्पत्तीलाई जीवनमा सर्वेसर्वा ठान्यौ ।

– “तिमीलाई”

यो प्रथम प्रयास तिम्रो लागि सप्रेम समर्पित छ ।


Continue reading →

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

बज्जिका लघुकथा : वातावरणके भोज

~सञ्जय साह मित्र~

मुखियाजी वातावरण दिवस मनएलन । प्रमुख प्रशासकीय अधिकृत, उपप्रमुख, प्रमुख सभी मिलके वडा कार्यालयमे थाला रोपलन । सयकडो लोग फोटो खिचलक । सामाजिक संजालमे अपलोड कएलक । कुछ पत्रकारके भी समाचार मिलल ।

वातावरण दिवसके खूब निमन प्रतिवेदन तैयार होगेल ।

सब अतिथि लौटगेल । कुछ देरमे तनिकादेर पहिलेके रमझम शून्य होगेल । भल रोपल थाला सब टुगर होगेल । Continue reading →

Posted in बज्जिका लघुकथा | Tagged , , | Leave a comment

कथा : हरिदत्त

~विश्वेश्वरप्रसाद कोइराला~B P Koirala

हरिदत्त मेरो सहपाठी थियो । त्यसको चेहरा उसिनेको आलु जस्तो रक्तहीन थियो । तर गालाको सबभन्दा उठेको स्थानमा दुईचार चायाका दाग थिए । त्यसको अनुहारमा डन्डीफोरले जति उपद्रव गर्न सक्थे, गरेर गएका थिए । त्यसो हुनाले त्यसको अनुहारभरि खाल्डा थिए( कसैले रिसमा हजार चोटि आक्रमण गरेको जस्तो ।

आाखा सानासाना थिए र त्यसले कसैतिर एकाग्रताले हेर्‍यो भने ती झन् साना हुन्थे र तिखा वाणजस्ता लाग्थे १ त्यो दुब्लोपातलो थियो र म जस्तो थिएन । त्यसको लुगा लाउने विषयमा सार्वभौतिक मत थियो । त्यसो हुनाले आज धोती र अलखा लाएको देखियो भने भोलि ठिक्क अङ्ग्रेजले लाउने लुगा लाएको देखिन्थ्यो । आफूलाई Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आमाको पुकार

~हिम कला राई~

बिजयी भए लाउनु है छोरा शिरैमा शिर फूल
नभए दुःखी भएर फेरी नजाउ है जंगल ।

रितीनुसम्म रितीयो आँशु दश महिने कोख पनि
सुन्दउ है पुकार नत्र जाने छ बाँकी यो सास पनि । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : छेउबाट

~मनप्रसाद सुब्बा~

गाउँका मुखिया बूढा भन्थे-
हिँडे छेउ लाग्छ….

अरे ! यहीँ त बसेको छु म
शताब्दी शताब्दीको भुइँमुनि पैताला रोपेर
बसेको बसेकै बसिराखेकै छु
आमाको सालनालसितै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मौन प्रतिध्वनी

~डा.मधु माधुर्य~

डाँडा-पाखा र पर्वतको श्रृङखलाहरुमा
आकाससम्मै चुलिएको हिमाल हुँ म
पहिरो देखाउंदै
भूकम्प
मलाई जिस्क्याई रहन्छ
तर्साई रहन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मौन शोषकको कला हो

~राजव~

मिलियन डलर, बिलियन डलर,
ट्रिलियन डलरबीच
सिर्फ बीस डलरले
निर्धन जर्ज फ्लोयडको ज्यान
धर्तीबाट खोस्यो
म आफ्नो आक्रोश पोख्न कला पर्खिरहन्न
चिच्याउँछु
ब्ल्याक्स लाइफ म्याटर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

धिमाल भाषी कविता : झेङफुरु

~अजितकुमार धिमाल~

फुरु झेङफुरु जेङ्नु कि
फाइसालाम पुखे,
तालि फाइसालाम नु कि
तालि जेङ्खे ।

एन्साङ,
धेमालाइता चेतना लोनु कि
संघर्ष जेङ्खे, Continue reading →

Posted in धिमाल कविता | Tagged , , | Leave a comment

कार्यपत्र : नेपाली साहित्यिक पत्रकारिताको विकासमा बनारसको योगदान

~डि.आर.पोखरेल~

१. विषय प्रवेश

पूर्वीय सभ्यता र संस्कृतिको केन्द्रका रूपमा अति प्राचीन कालदेखि नै परिचित सुन्दर नगरी वाराणसी (बनारस) वा काशी नेपालीहरूका निम्ति सहज र सोद्देश्य गन्तव्य थियो भन्ने कुरालाई ‘विद्या हराए काशी जानु …’ भन्ने भनाइले पुस्टि गरेझैँ लाग्छ । अशिक्षा, गरिबी र अभावले छटपटिएका सर्वसाधारण नेपालीले काशीमा धर्म, संस्कृति, शिक्षा, साहित्य र कलाको क्षेत्रमा आफूलाई समाहित गर्ने अवसर पाएका थिए । शिक्षार्जनको अवसर, तीर्थाटनको अवसर, काशीवास (कल्पवास) को अवसर, रोजगारीको अवसर आदि अवसरहरूको प्राप्तिबाट उनीहरूलाई ठूलो त्राण मिलेको थियो । त्यहीँबाट शिक्षित, बौद्धिक र जागरूक नेपालीहरूको पुस्ता तयार हुन थाल्यो । यसरी धार्मिक, सांस्कृतिक र शैक्षिक उन्नयनद्वारा शिक्षित, बौद्धिक र जागरूक नेपालीहरूको पुस्ता Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कविता : विश्व पूँजीवाद र स्वतन्त्रता

~हरि बहादुर भुजेल ‘विभास’~

म चाहान्छु स्वतन्त्रता
स्वीकार छैन मलाई
भुगोल माथी कोरीएका
राजनीतिक सिमाहरु
देश विदेशका नाममा ठडाइएका पर्खालहरु
थन्काउन चाहन्छु म राजनीतिक नक्सालाई
कुनै संग्रालयको भित्तामा । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : पश्चाताप

~वेद प्रसाद कंडेल ‘युबराज’~

दिउँसो साथीहरूसँग घरबाट बाहिर निस्केको राजिव घर फर्किंदा झमक्क भइसकेको थियो । घरमा राजिवलाई आमाले खाना कुरेर बसिरहेकी थिइन् । राजिवलाई त्यति खाना खाने मन त थिएन तर आफूले नखाए आमाले पनि खाना नखाने हुँदा मन नभए पनि राजिव भान्सामा जान्छ । आमासँगै बसेर राजिवले थोरै भएपनि खाना खान्छ र सुत्ने कोठामा जान्छ । सँधैजसो खाना खाएपछि १–२ घण्टा अध्ययन गरेपछि मात्र सुत्ने राजिवलाई अध्ययनतिर मनै जाँदैन । राजिव विस्तारामा पल्टिन्छ, निदाउन खुबै प्रयास गर्छ तर निद्रा लाग्दैन । त्यसपछि राजिव जुरूक्क उठ्छ । स्वीच अन गर्छ बत्ती बल्छ । यताउता हेर्छ, कम्प्युटरका तारहरू मल्टीप्लगमा जोड्छ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

ईतिहास : विक्रम तथा नेपाल सम्वत्को ईतिहास

~दीर्घराज प्रसाई~

हिमवत्खण्ड नेपाल विश्वकोनैं प्राचीन सभ्यताको केन्द्रस्थल मानिन्छ । पूर्वमा ब्रम्हप’त्र, पश्चिममा हिन्द’क’श, उत्तरमा कैलासमानसरोवर–हिमालय र दक्षिणमा गंगासम्मको भ”भाग हिमवतखण्ड हो भने गंगादेखि हिन्दमहासागरसम्मको भ”भागलाई भारतखण्ड भनिन्छ । हिमवतखण्ड नेपालको जेठो सम्वत्कोरुपमा विक्रम सम्वत् चलिआएको छ । मीन रासी समाप्त भई मेष राशी प्रारभ्भ ह’नासाथ वैशाख महिना श’रु ह’न्छ । शक सम्वत् जहिले पनि चैत्र श’क्ल प्रतिपदादेखि प्रारम्भ ह’न्छ । ‘अथ स”र्यवंश प्रभावान्नेपाले किराँत राजन निजित्य लिच्छवि वंश प्रवर्ततेः।” अर्थात् स”र्यवंशी लिच्छवि राजाकोे प्रभावले किराँत राजालाई जिति लिच्छविवंश श”रु भएपछि लिच्छविवंशका पहिला राजा धर्मपाल, भ”मिवर्मा विक्रमादित्य आदि नामवाट प’कारिने स”र्यवंशी पराक्रमी चक्रवर्ती राजाले विशालनगर र वत्तीसप’तलीमा राजधानी स्थापना गरेर शासन गरेको बेलादेखि बिक्रम सम्वत् चाल’भएको मानिन्छ । लिच्छवी Continue reading →

Posted in ईतिहास | Tagged | Leave a comment