~जीर्ण भागेदार~
बोल्न नि डराउने बानी बस्यो
कल्पनामा हराउने बानी बस्यो
जो होस् जस्ती Continue reading
~जीर्ण भागेदार~
बोल्न नि डराउने बानी बस्यो
कल्पनामा हराउने बानी बस्यो
जो होस् जस्ती Continue reading
~जीर्ण भागेदार~
कहिले पाक्ला पेन्शन
त्यो थाहा छैन ।
अर्काको आकांक्षा धुतेर
आफ्नो इज्जत लुटेर
दिनहुँ लठेतहरु
जागिर खाइरहन्छन् । Continue reading
~जीर्ण भागेदार~
जति माया दियो उति टाढा हुँँदो रै छ
छुटेपछि पिरती झन् गाढा हुँँदो रै छ
देउरालीमा उसैगरि नपर्खे भयो अब
धाँजा–धाँजा मुटु लिई नफर्के भयो अब Continue reading
~जीर्ण भागेदार~
चिठी पठाएँ भन्छ्यौ मैले पाएको छैन
तिमीबाहेक अन्त माया लाएको छैन
तिम्रै मुटुमा बस्छु, तिम्रै सपनी देख्छु
तिमी छाडेर अरु मैले चाहेको छैन Continue reading
~जीर्ण भागेदार~
लाज, घिन, इज्जत फाली अरुतिरै सल्केकी छे
हुँदोखाँदो लोग्ने छाडी अरुतिरै पल्केकी छे
लिपिस्टिक, क्रिम, पाउडर लगाई–लगाई ढल्केकी छे
नाठो पोईका अगाडि टिलिक्कै टल्केकी छे ।
एकमिटरको कपडाले शरीर बेर्न पुगेकै छ Continue reading
~जीर्ण भागेदार~
हेप्ने र धुत्ने सब काम देख्छु
अश्लील बोल्ने सब राम देख्छु
अर्ती नदेऊ, किन आज मान्छु
कौडा पछारी वनवास जान्छु ।
प्रगत्ति देखी थुक झार्नु झारे
घाऊ बनाई चुक हाल्नु हाले Continue reading
~जीर्ण भागेदार~
छन्द : चौबोला
चिठ्ठी मात्रै लेखेको छु
भेटघाटै भा’को छैन ।
कस्ती होली थाहा छैन
फोटो पनि पा’को छैन ॥
देखेजस्तै लाग्दो रै’छ
नदेखे नि उसलाई त । Continue reading
~जीर्ण भागेदार~
पहिले पहिले ढल्केर हेरियो
नहेर्नु हेरेपछि सल्केर हेरियो
हेराइको मज्जा तब पो आयो
जबदेखि झन् पल्केर हेरियो
तिम्रो वैँशले ढल्नेहरुले, तिमीलाई मजाकै लागि छोलान्; Continue reading
~जीर्ण भागेदार~
प्रेमपत्र त कत्ति लेखियो–लेखियो तर लेखाइको कुनै लेखाजोखा छैन,
रुपैका राम्रा कत्ति भेटियो–भेटियो तर भेटाइको कुनै लेखाजोखा छैन,
वैँशमै दुनियाँ रङ्गीन लाग्छ, वैँश नै जीवनको रङ्गीन हुन्छ,
यौवनको प्यास कत्ति मेटियो–मेटियो तर मेटाइको कुनै लेखाजोखा छैन ।
घर तिम्रो टाढा पर्छ कि क्या हो ?
माया पो गाढा पर्छ कि क्या हो ? Continue reading
~नयराज पन्त~
सानो क्षुद्र लिएर भित्र मुटुमा उद्देश्यको नीचता,
नाच्ने दुच्छर यो स्वभाव मनको हट्तै गए दूरता ।
हामी सत्ययुगी प्रपञ्चतिरको सारा कुरा बुझ्दथ्यौं,
सच्चा त्यो इतिहासको पनि सबै पत्ता त्यसै लाउँथ्यौं ॥
(१) Continue reading
~कृष्ण बाउसे~
ज्ञानी भई पढ्नेको
झोलाभित्र पस्दछु
अनपढलाई चिन्दिन
बरु निदाई बस्दछु।
थरीथरी अक्षर
पानाभरि कुँद्दछु
धेरै पाना मिलेर
चाङ भई सुत्दछु।
हिउँ धेरै थुप्रेर
बन्छ हिम–आलय
मेरा आफ्नै घर हुन्
सबै पुस्तकालय।
हाम्रा भेट्ने चौतरी
किताबका पसल
तिमीलाई भेटेर
ज्ञान दिन्छु असल।
-कृष्ण बाउसे
-सुनसरी, हालः काठमाडौँ
(स्रोत : नागरिक न्यूज डट कम)
~कृष्ण बाउसे~
मूल भै फुट्छु
तलतिर कुद्छु
सिमसारमाथि
उँघीउँघी सुत्छु।
दहमा बस्छु
नदी भै बग्छु Continue reading
~कृष्ण प्रधान~
महाकाव्य : परिचयाङ्कन
संस्कृतको ‘महाकाव्यम’ बाट नेपाली भाषामा आएको ‘महाकाव्य’ शब्द ‘महा’ र ‘काव्य’ (महा+काव्य = महाकाव्य) बीच समास भएर बनेको हाे । ‘महाकाव्य’ शब्दको लक्षणअनुसार कथानकयुक्त चरित्रलाई सर्गबन्ध रूपले कवितामा रचिएको ठूलो काव्य भन्ने बुझिन्छ । याे साहित्यको सर्वप्रचीन विधा हो ।
ग्रीस भाषाको ‘एपोसा’-बाट आएको शब्द अङ्ग्रेजीमा ‘एपिक’ भई महाकाव्य अर्थबोध गराउँछ । महाकाव्य प्राचीन युगको सृष्टि हो भन्ने कुरो सर्वजनविदित छ । यो कुरा पनि स्वीकार्नुपर्छ, महाकाव्य सामूहिक सिर्जना होइन । समष्टिगत रूपमा बाल्मीकिले ‘रामायण’ रचना गरेको होइनन् न कि होमरले ‘इलियड’ र ‘ओडिसी’ नै । एबरक्रोम्बिले स्पष्टै भनेका छन् – “….artistic creation can never be anything but the production of an individual mind”१ । साहित्यले व्यक्तिसापेक्षता स्वीकार गर्दागर्दै पनि व्यक्तिनिरपेक्षको गोरेटो Continue reading
~कृष्ण बाउसे~
१.
न त विदूषक भएर आपसमै लडिरहेको डफ्फालाई
न त पुरातन वा हिंस्रक अथवा पराईपोषक जत्थालाई
मेरो चाह हो मेची-महाकालीका सबैको साझा बनाउने
बाँदरको हातपरेको मेरो देशको सार्वभौमसत्तालाई ।
२.
दुईखुट्टेहरू तँछाड-मछाड गर्दै मार्न गइरहेछन् Continue reading
~नेकी धनेन्द्र~
यो देश विग्रिएको कारण देखाउँछ ।
उ नेताहरुको उदारण देखाउँछ ।
सत्ता, शक्ति र सम्मान खोज्नेहरुलाई
फोटोले पनि आफ्नो न्वारण देखाउँछ Continue reading
~कृष्ण बाउसे~
बाटोमा काँडा नलगाउनू
मूल ढोकामा आग्लो नकस्नू
पर्खाललाई नअग्ल्याउनू
बरू
खाँवाहरू भत्काएर दलिनहरू निकाल्नू
काँटीहरू उखेलेर छानो फुकाल्नू
ईटा– ईटा निकाल्नू ।
त्यसपछि Continue reading
~टंक वनेम~
दमाई चरो,भरियाका लस्कर,सुरिलो सिमलको रुख अनि तल…तल …मैवाखोला सुसाइ रहेको अव्यक्त वेदना …… जब कञ्चनजङ्घा हिमालको काखमा रातो सूर्य तिरमिराउन थाले पछि लाली पोखिएको बिहानीसँग दमाई चरोले एक प्रकारको वैराङ्ग लाग्दो स्वरमा चिरबिराउन थाल्थ्यो । भरियाका लस्करहरु पञ्चमी डाँडाको बिसौनीबाट एक टेकनमा सुरिलो सिमलको रुखनेर पुगेर सुस्केरा हाल्दै भारीको टेकन लगाउथे ।
धेरै तल मैवाखोला सुसाएको स्वरले विह्ल मनको क्यानभासमा भावनाका अनौठा रङहरु पोति दिन्थ्यो । त्यहीँ सम्झनामा करिव चार दशक अघिको लङ् प्लेकार्ड रिवाइण्ड हुन थाल्छ । अहा ! जीवन त नजानिदो पाराले पो घस्रिन्दो रहेछ त । चाल पाएर पनि चालै नपाए जस्तो । कसो कसो के के नमिलेको बेमौसममा पलाएको मुना Continue reading
~रवि प्राञ्जल~
फूलझैं वासना छर्नु पो जिन्दगी ।
गर्वले वन्दना गर्नु पो जिन्दगी ।
भोकमा, शोकमा, पर्छ जो कष्टमा
स्नेहले कष्ट त्यो हर्नु पो जिन्दगी । Continue reading
~कृष्ण प्रधान~
१ ➽ कविता भनेको सुत्रमै लेखिन्छ । यो कथा,कुथुंग्रीजस्तो गल्प होइन न निबन्धजस्तो छड.्छड.् छहरा बगेको नदी ।
कतिपय बिम्बले कतिपय प्रतीकले र कतिपय अन्दाजले पनि बुझ्न सकिन्छ कवितालाई । संक्षिप्तता, सुत्रवद्धता कविताका अनिवार्य आचार हुन् । रह्यो अरुकुरा, छन्द मिलाउने वा भंग गर्ने सरल वा जटील बनाउने कविको कर्म हो । मोहन कोइराला वा ईश्वर वल्लभ वा द्वारिका श्रेष्ठका जस्तै वा बैरागी काँइलाका कतिपय कविताजस्तै वा नयाँ पुस्ताका महेश प्रसाईं वा फणिन्द्र नेपालका जस्तै अलिकति बुझिने अलिकति नबुझिने केही जटील र केही सरलबीचको रेखा पहिल्याउँदै हिड्नु पर्ने अवस्था ल्याउने जिम्मेवारी कवि स्वयम्को हो ।
२ ➽ यसै प्रसंगमा कुरा गर्दा सडक कविता क्रान्ति २०३६ को स्मरणकविहरुलाई जनतासामु जान केही सरल Continue reading
~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~
उजाड बनेको छ पृथ्वी
नीरस र फूङ्ग नेपाल –
कतै नदीमा बगरै-बगर टल्कने त होइन,
मानिसहरुको जीजीविषा धप्धप् बलेर
खरानी त हुन्न हाम्रो संसार ! Continue reading
~राजव~
यी जनता हुन्
यी जनता हुन्
यी जनता हुन्
जनता हुन् यीसँग
पर्याप्त दुःख छ
यी जनता हुन्
यी जनता हुन्
यिनको घरभित्र छिर्नुस् Continue reading
~कृष्णराज सर्वहारी~
थारुभाषा नेपालको चौथो ठूलो भाषा हो। २०२८ सालमा आधुनिक कविता, गीत, कथा, लेख समेटिएको ‘गोचाली’ पत्रिकाको उदय भयो। यसले साहित्यमार्फत् पञ्चायत व्यवस्थाविरुद्ध आन्दोलनको हुँकार गर्यो। यो नै थारुभाषाको पहिलो पत्रिका थियो। यद्यपि, गोचाली प्रकाशन हुनुअघि नै २००७ सालमा बढ्वा थारुको ‘बढक्क जोर्नी’ पुस्तक प्रकाशित भएको देखिन्छ। त्यस्तै, ०११ सालमा जीवराज आचार्र्यको ‘हम्र ओ हमार बन्वा’ पुस्तक प्रकाशित पाइन्छ। यो पुस्तक वनसम्बन्धी महत्वबारे कविता हो भने बढक्क जोर्नी गीतसंग्रह हो। Continue reading
~पुष्कर लोहनी~
१
सिउने बानी
मुजा पार्दै सपना
मुठी बटार्दा ।
२
धुजा नपार्दै
च्यात्तिएको सपना
आँखामा फुलो ।
३
टुक्रुक्क बस्छ
सपना खेलाएर
फोहोरी हात । Continue reading
~सुजन बुढाथोकी ‘कान्छा’~
खानका लागि एक गेडो चामल छ न दाल छ
उ गरिब हो जस्को घरमा केवल अनिकाल छ,
बाटोमा रोएको देखेर पनि हेर्दै नहेरी गयो
होला सायद छिमेकी जो Continue reading
~ओ. हेन्री~
अनुवाद : सरिता तामाङ
ओ हेनरी पिचर, जो हार्भी म्याक्सवेलको अफिसमा काम गर्दथ्यो, धेरैजसो आफ्नो अनुहारमा कुनै भाव देखाउँदैनथ्यो। सधैँ भावहिन उसको अनुहारमा रुचि र आश्चर्यको भाव देखियो जब म्याक्सवेल आफ्नी जवान महिला सचिवसँग आइपुग्यो। त्यतिबेला साढे नौ बजेको थियो।
“शुभ प्रभात, पिचर!,” म्याक्सवेलले भन्यो र पिचरको जवाफ पनि नपर्खिकन टेबुल नै नाघौँला जस्तोगरि हाम Continue reading
~चक्रपाणि चालिसे~
काली नागिनिले समान कवरी मालाहरुले भरी
चम्पा बेलि चमेलि जेलि शिरको शोभा बहूतै गरी ।
लाई गाजल लोल लोचनविषे, टीका डटी मालमा
शम्पा र्झै अति चम्किलो बदन ली बस्छयौ खुला झ्यालमा ।।१।। Continue reading
~Siddhicharan Shrestha~
Translation : Manjushree Thapa
Wounded bird, what can I say your bruises are gathering still
The world wants to snatch from you even your soul
This is the way perhaps of the foundation’s desire to hear
the song that you sing kneading your chest, drawing your blood
Speak poet, sing, parching your vitality: What have you received here?
Have you seen anyone so much as melt in this arid land? Continue reading
~Yadav Kharel~
Translation : Manjushree Thapa
From time to time in life things like this seem to happen
I made a mistake in loving someone. Things like this seem to happen
There must be thousands who would give you love like mine Continue reading
~सुधा मिश्र~
बागबोन हरियर गाछ वृक्ष हरियर
माटिक हरियरी सँ नभ भेल हरियर
हरियर नुवामे मोन मोर हरियाल अछि
हरियर पियर चुरीक खनक कमाल अछि
पियाके रानी बनलौ नैहरक दुलारी
लएला बेसाहिक पाजेब बड भारी Continue reading
~पोषण पाण्डे~
रजस्वलाबाट चोखिने चौथो दिन । रजस्वालावतीको फुकुवा दिन ।
नुहाइवरी सकेपछि शरीरका अङ्ग अङ्ग स्निग्धि, मुलायम र कामवासनाको चहचह चापल्य ।
तल, बारीको पर्खालमा चारदिनसम्म लगाइएका लुगाहरू धोईवरी सुकाएका हुन्छन् । चोलो, फरिया, पेटिकोट ।
साधनाको चिल्लो चम्किलो केशको झाङ । त्यो झाङिएको हुन्छ । ऊ माथि कौसीमा बसेकी छ कलिलो घाममा । केशका चिल्ला केस्राहरु कुनै कीमती कालो रेशमजस्ता चम्चमाएका हुन्छन् । Continue reading